प्रचण्ड पराजित पनि हुनसक्छन्

-कृष्ण ढुंगाना/काठमाडौँ १० बाट फर्केर-
पृथ्वीनारायण शाहको फौजले २४० वर्षगाडि तेस्रो कीर्तिपुर आक्रमण गरी नेपालमा राजतन्त्रको विरासत स्थापित गरेका थिए। तर, ज्ञानेन्द्रका पुर्खाले आर्जेको त्यो विरासत अन्त्यको दुहाई दिने माओवादी अध्यक्ष प्रचण्ड ‘राजा-घृणित’ क्षेत्र मानिएको कीर्तिपुर अर्थात् काठमाडौं-१० बाट चुनावी दौडमा होमिएका छन्। १२ वर्षसम्म सशस्त्र युद्धको नेतृत्व गरेका नेताका लागि रोल्पा २ को विजय जति महत्त्वपूर्ण छ, त्योभन्दा धेरै महत्त्व काठमाडौँ १० को छ। उनको विजयले राजधानीमा माओवादीको पकड रहेको सन्देश अन्तराष्ट्रिय समुदायमा जानेछ। काठमाडौंमा विजयको माला पहिरिनुको राजनीतिक अर्थभन्दा कुटनीतिक सन्देश महत्वपूर्ण हुनेछ। तर चुनाव आउन ३ दिन बाँकी रहँदा एमालेसँगको चुनावी तालमेल बिना नै प्रचण्डको प्रचार अभियानले १० नम्बर क्षेत्र तताए पनि परिणाम माओवादीकै हातमा जान्छ भनेर ढुक्क हुन सक्ने अवस्था छैन।

काठमाडौं-१० मा कीर्तिपुर नगरपालिका र १२ गाविस छन्। मत संख्याको आधारमा कीर्तिपुरसँग सबैभन्दा बढी २६ हजार ८ सय मत छन्, जुन यसअघि एमालेको झन्डामुनि बढी मात्रामा संगठित थिए। कीर्तिपुरका ७० प्रतिशत मतदाता नेवार समुदायका छन्, जसलाई चितवनको ब्राह्मण पुष्पकमल दाहालभन्दा स्थानीयबासी एमाले उम्मेदवार सानु श्रेष्ठ प्यारो लाग्न सक्छ। तर, स्वतन्त्र मतदाताहरु जातीय राजनीतिलाई अस्वीकार गर्ने बताउँछन्। ‘जातीय राजनीतिलाई प्रोत्साहन दिनु राम्रो हैन’- स्थानीय विद्यालय शिक्षिका उज्ज्वला श्रेष्ठले भनिन्- ‘हामी कुनै जाति विशेषको उम्मेद‍वार मात्र विजयी बन्नुपर्छ भन्ने पक्षमा छैनौं।’ १० नं. क्षेत्रभरिकै मतदातालाई जातीय आधारमा केलाउने हो भने ५७ प्रतिशत मतदाता जनजाति छन्। अरु मतदाताहरुमा पनि दलित मतदाताहरुको संख्या उल्लेख्य छ। उज्ज्वला जस्ता युवा मनहरुले जातीय राजनीतिलाई बेवास्ता गरे पनि चुनावमा जातीय भावनाको असर शून्य भने रहने छैन। किनभने कीर्तिपुरे ढिस्कोका आधाजसो मतदाता नेपाली भाषा नै बुझ्दैनन्।

५६ सालपछि १८ वर्ष नाघेर अहिलेसम्म मतपत्र नदेखेका युवा मतदाताहरुको भोट राजनीतिक सिद्धान्त वा जातीय भावनाका भरमा मात्रै एकोहोरिने देखिँदैन। सशस्त्र द्वन्द्व र कांग्रेस-एमालेको राजनीतिक अपरिपक्वता भोगेर हुर्किएको यो पुस्ता प्रचण्डको जेल हालेको सिल्की केशसहितको व्यक्तित्वदेखि आकर्षित छ। दैनिक काठमाडौं सहर पसेर मेट्रो संस्कारको स्वाद चाख्‍ने यो पुस्ताका लागि राजनीतिक आइडोलोजीभन्दा बजारको ग्ल्यामरस महान् ठहर्छ। यसर्थमा प्रचण्डका अगाडि एमालेका सानु श्रेष्ठ र कांग्रेसका राजेन्द्र केसी होचा लाग्न सक्छन्। कीर्तिपुरको नयाँ बजार, ट्याङ्लाफाँटदेखि मच्छेगाउँसम्मका युवाहरुमा प्रचण्डप्रति देखिएको क्रेज माओवादीप्रतिको सैद्धान्तिक आकर्षण भन्दा व्यक्तित्वको प्रभाव उपज हो।

जनयुद्ध कालमा राजधानी केन्द्रित गतिविधि सञ्चालन गर्दा माओवादीले सेल्टर लिएका गाउँहरु पाँगा, शेषनारायण, छैमले, दक्षिणकाली तथा चाल्नाखेलहरु पनि क्षेत्र नं. १० मा परेका छन्।यी गाउँहरुबाट मात्रै घरबार छाडेरै पूर्ण रुपमा माओवादी राजनीतिमा लागेका व्यक्तिहरु ६० भन्दा बढी छन् भने यहाँबाट माओवादीको काठमाडौं जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुको संख्या १२ छ। सांगठनिक सवलताको त्यही सकारात्मक पक्ष अहिले प्रचण्डको चुनावी अभियानमा देखिएको छ। कम्युनिष्टहरुको राम्रो पकड मानिएको यो क्षेत्रबाट २०५१ सालको चुनावमा एमालेका कृष्णगोपाल श्रेष्ठले २२ हजार मत ल्याएर विजयी हुँदा कांग्रेसले ११ हजार मत प्राप्त गरेको थियो। तर, २०५६ सालको चुनावमा कांग्रेसका तीर्थराम डंगोल १८ हजार ५ सय मत ल्याएर विजयी भए। एमाले १५ हजार ३ सयमा सीमित भयो। यद्यपि एमालेबाट विभाजित माले र नेकपा एकीकृतले ३-३ हजारभन्दा बढी मत ल्याएका थिए। माले र एकीकृतमा रहेका डा. राममान श्रेष्ठ र दीलिप महर्जनहरु अहिले माओवादीमा छन्। जनमोर्चाले सो क्षेत्रमा प्रचण्डलाई जिताउने घोषणा गर्दै उम्मेदवारी फिर्ता लिएको छ।

तर, यी सवल पक्षहरुकै भरमा मात्र प्रचण्ड विजयी बन्न सक्छन् ? कीर्तिपुरका १९ वटा वडामध्ये स्थानीय निर्वाचनमा एमालेले मेयर-उपमेयर सहित १२ वडामा विजयी हासिल गरेको थियो। काठमाडौं-१० मा परेका १२ गाविसमध्ये ९ मा एमालेले कब्जा जमाएको थियो। तर, अहिले माओवादीले आकर्षित गर्ने धेरै भोटहरु पनि एमालेकै हुने सम्भावनाले कांग्रेसलाई फाइदा पुग्ने देखिन्छ। यद्यपि, कांग्रेसले बलियो उम्मेदवार नउठाएका कारण काठमाडौं क्षेत्र नं. १० को चुनाव कसको पक्षमा जाने हो आँकलन गर्न जटिल छ।

140 Comments

  1. १० बर्षे युद्दले प्राय निर्दोष मानिस नै मरेका छन,पाल्पा दरबार जस्तो सरंचना माओबादीको कारणले गर्दा भग्नावासेश भयको छ, हामीलाई २१ औ शताब्दी को प्रजातंत्र चाहियको छ न की १८ औं शताब्दीको माओबादी अधिनायाकबाद /.माओबदिको जंगली चरित्र बाट नेपाली जनता वाक्क भैसके /१० बर्षे माओबादी युद्द ले देशलाई ५० बर्ष पछी धकेलेको छ भने तिनिहरू सत्तामा पुगे भने देश १०० बर्ष पछी धकेलिन्छ/ नेपाल आमा ले प्रचंड र उसका असेपसेहरू लाई सराप्नेछिन / अहिले को कांग्रेस र एमाले ले १२ बर्षमा गर्न नसकेको भ्रष्टचार तिनीहरूले १ बर्ष मा गर्ने छन /
    माओबादीले धाधली गरेन भने १ सिट पनी जित्दैन/
    ए २१ शताब्दी का रगत का पिपासु हरु हो, अरु कती जना काजोल लाई जलाउने कसम खायका छौ ? अरु कती जना येदु गौतम को घटी रेटने कसम खायका छौ ? अरु कती माडी घटना गराउने कसम खायका छौ ?
    जनाताले प्रचंड लाई गोली हान्ने छन/ बाबूराम लाई जलाउने छन अनी बादलको घटी रेटने छन /
    MORNING SHOWS THE DAY
    हिसिला यमी ले गरेको करतूत ले पनी माओबादी को चरित्र लाई उदांगो पार्छ/
    ए कलियुग का दनाब हो / हामी लाई दानबी रूप चाहिदैन / हामी लाई सभ्य प्रजातंत्र चाहिंछ ,
    हामी लाई रगत को खोला चाहिदैन ,माओबादी को अधिनायाकबाद चाहिदैन, हामी २१ सताब्दी का नेपाली हौ/
    सत्ता मा पुगेर १४००००० मानिस को जीबन लीने अधिनायाकबाद चाहिदैन /
    I AM JUST A NEPALI,WHO LOVES NEPAL, I AM NOT A MEMBER OF ANY PARTIES OF NEPAL
    I REQUEST EVERY NEPALI, DO NOT VOTE TO MAOIST WHO DESTROYED NEPAL.

  2. कुन पार्टीको नेताले घुस खाएको छैन, मान्छे मारेको छैन,यी सब काङ्ग्रेस, एमाले, फोरम,मोर्चा,माओवादि, खाओबादीहरुलाइ मेरो भोट जाला भन्ने न सोचेपनि हुन्छ

    जब सम्म नेताहरु सुध्रिन्न तब सम्म हामी यी देशभक्तिको नारा लिएर देश भाड्न खोज्नेहरुलाइ भोट नदिए कसो होला

  3. रुद्र खनाल जि , मान्छे को हत्या गरेको बदला त हत्या गरिनु हुन्न बरु लामो सजाय् दिन सकिन्छ भन्ने यती धेरै मानब अधिकार को कुरा हरु उठेको बेलामा अहिले पनि बल मिच्याइ नै देखाउन खोज्ने, मार्ने , काट्ने बाहेक अरु कुरै नगर्ने लाई के भन्ने? हुनत तपाईंको नातेदार हिन्साका यतिका बर्षमा कहिले नि कोही नि परेन होला र नपरुन पनि, तर बेकारको सशास्त्र संघर्श ले धेरै परिवार उजाडे को छ, समयले मल्हम लगाउला तर निर्दोशका परिवार ले सजिलै भुल्ने छैनन। पुलिसले वा आर्मीले मारेको भन्ने तर्क मा केही छैन किन भने हतियार उठाउन सुरु गरेका उनैले हुन नत्र त पहिले एक जना मर्दा पनि ठुलै हल्ला खल्ला हुन्थ्यो नेपालमा । केही मान्छे मरेका छिन्ताङ अनी पिस्कर कान्ड मात्रै हैन झापामा एक जना बिद्ध्यार्थी लक्ष्मी पाण्डे मर्दा पुरै देशमा हल्ली खल्ली मच्चिने देशमा अहिले मान्छेको मृत्‍यु कती सस्तो भएको छ। सब्भन्दा नराम्रो रोग भनेकै कानून हात्मा लिएर जस्ले जे गरे पनि हुने भन्ने भावना भएर नै हो। त्यसो भनेर काङ्रेस अनी एमाले का चोखा छन अनी दुध्ले धोयिएका छन भन्ने हैन तर रचनात्मक उपाय हैन बिध्वन्सात्मक उपाय् भएका लाई राम्रो भन्न त्यती सजिलै सकिदैन। फेरी अब आएर छोडे नि त त्यसो गर्न भनौ भने एक इन्च पनि पछी हटेको हैन । मैले माओवादी को बिरोध गरेको अरु बिषयमा हैन पार्टी नै कुनै ज्यान मारा को जत्था जस्तो भयो, बिचार को महत्व पनि हुन पर्‍यो भन्ने मात्रै हो। अहिले माओवादी ले राम्रो मुख्ले भोट् माग्न जादा नि सबैले डराएर मात्र भोट् दिने , जनतालाई टाढा बाट हेरिरा हुन्छउ कुन्मा भोट् हालेको भनेर तर्साएर मात्रै हुन्छ र?

  4. yada yada hi dharmasya glani bhabhati bharata abuthanama dharmasya sadatmanam sadamiham paritnaya sadhu nam binasayecha dus kritam dherma sastha panarthaya sam bhayo ni yuge yuge. once the krishna started mahabharat , most of the people stated critisised him, but b4 everybody realised that it was the need of the time. i can’t say that all the person which was killed on mahabharat was bad one but i even can’t say it was wrong decision as well.

  5. मैले एउटा कार्टुन पढेको थिएँ, जसमा एकजना ब्यक्तीले अर्कोलाई लात हान्दै भनिरहेको थियो, “म यस्तो राम्रो किताब पढिरहेको बेला Disturb गर्छस?”। कार्टुनमा उसको हातमा भएको किताबमा शिर्षक हुन्छ, “How to Learn Good Habit?” Norwegian University of Science and Technology मा पढ्ने हाम्रा किरणजीले पत्रकारलाई “पाजी र भाते ” जस्ता आलाङ्कारीक शब्दहरुले अलङ्क्रित गरिदिनु भएछ। क्याबात!

  6. Dear Samarpan Ji

    I can understand your sentiment, why you have doubt about me as Congress or UML appointed TU karmachari. I’ll be very careful when I comment in english in future. Thanks for pointing out my unintentional mistake. By the way I am not in Nepal at the moment, wish I’m in.

  7. Dear Samarpan Ji

    1. I have gone through your comment.
    2. My comment on the issue was on S Shrestha’s comment.
    3. I would like to request you to read the comment from S Shrestha what he writes about leadership and managers. Following that please carefully read my comments. My last question to S Shrestha is indirectly justfies that Prachanda has not only one character mentioned in my comment but all of them according to my views. It’s not against Prachanda.
    4. I feel, its’my english which has misled my real views about GREAT PRACHANDA.
    5. I’m surprised, why do you hesitate to tell you are a fan of Prachanda?
    6. If you like to hear, I am “the fan” of him. He is the only leader of Nepal at this juncture.
    7. Sorry for misleading. Its’just my english.

  8. प्रचंडले १० नम्बर छेत्रमा जीतनत उही हो सथिहरू
    बरु यमाले र माओको लड़ाईमाँ कांग्रेसले जीतन
    बेर छैन.जे होश माओ हरु ले अफ्नो जात जनाउन छोडेको
    छैनन अरु पार्टी को पार्टी ऑफिस तोड़ फोड़ गर्ने,अरु पार्टी को
    झंडा,पोस्टर चयातने गर्दै छन येस्तई हो भने त ई आतंकबादीहरु
    लाई जनताले धुलो चटौनी छन होसिआर १० नम्बरका जनता
    हरु ई लुटेराहरु अनी गाऊ गाउ बाट पैसा लुटेर भूडी भरेर मैं हु
    भन्ने गिद्द हरु लाई धुलो चटौना पर्छ.

  9. Hello,
    Prachanda lai bhetera bhet bha ko kura haru nalekhne tara prachanda baseko thau ko reporting matrai garne paji patrkar timro lekh ko ganda nai ramro chhaina?? Timi kina prachanda lai bhetne gako?? Ki tehi prachanda baseko thau herna??? Bhet bhai sake pachhi ta kehi kuro bho hola ?? tyo ta khoi?? timi mora patrakar ko niyat ramro chhaina?????? Timi mission patrakar hau maobadi lai haraune, ramro sanga chiniyo!!!!!!!!!!!!!!!!!!!!!!!!! Bhate mora!!!!!!

    Kiran

    Norwegian University of Science and Technology
    Hogskoleringen 1
    NO-7491 Trondheim
    [email protected]

    [प्रशंसाका शब्दका लागि धन्यवाद। शीर्षक पढेर कमेन्ट ठोक्नुभन्दा ब्लगहरु ध्यान दिएर हेरेको भए http://www.mysansar.com/?p=2567 मा तपाईँका नेतासितको कुराकानी पनि हेर्न भ्याइन्थ्यो होला]

  10. sorry
    correction
    * that u are at least teaching other
    * that have given a new life
    * i am not a fant of Mr. Prachanda either

    samarpan
    baneshwor

  11. dear pradhan
    after reading your comment, i come in a conclusion that u are a at least teaching others in the field of management. But u simply deceive or flatter the public. If u claim that the leader must have those traits, as u mentioned above, do u think that such traits are in GPK or MKUNE. We have not tested Mr. Prachanda yet. But it is he and his organization, that have give a new life to this sade galeka parti ani netaharulai jaslai gyanele jail ko chiso chidi ma kocheko thiyo ani jasle ruwa basi garda pani tudikhel ma 500 karyakarta utarna sakeko thiyena.
    yo tinai neta haru hun jasle 16 barsa ko democratic period ma desh lai yaha puryayeka. Plane ra koshi gandaki bechne girija ani congress, mahakali bechne makune ani emale, ani desh lai purkhako birta samjhane gyane ani company tapai pradhan ji le kun party ani neta ani raja ma leadership ko real traits dekhnu bhayo ra prachanda sanga compare gardai hunu huncha. i am not fan of prachanda either. Though, i think we should give a chance to a new comer.
    but i once again suggest u though i am not as intellectual as u,dont praise these corrupt leader in the pretext of undermining Prachanda.
    Tapai katai congress or emalele appoint gareko TU ko karma chari or lecture ta hoina.

    malai tapaiko management ko name ma arjan garnu bhayeko corrupt and misleading knowledge ko lagi dukha lagyo.

    samarpan
    baneshwor

  12. Winning or losing in election by Prachanda is not the important thing for Nepal and Nepali, what is really matter is the winning of the candidates who can really represent the people from where he has been elected (all his followers or non-followers). Some people are presenting Prachanda as the savour or magician who can change the backwardnesss of our country in one day. is it possible? a carismatic leader should present him/herself as the server of public not the ruler (declaring as future president). Maoist talk about equility and true representation through inclusion of local represenation. Its really surprising that leader like Prachanda fight in the election not from his birthplace but from some other place in the capital. Isn’t there any local representative who can represent maoist party in kirtipur? can Prachanda represent those people and their feeling with whome he donot have time to spend even for a week in his life. If you are really talking about equility and humanright donot try to dimarket between well educated, so called high caste (Brahmin) citizen like Puspa kamal Dahal and fairly educated, so called low cast local people.
    Isn’t there any other cast who can represent the nation in the party or nation other than dahal, bhattarai, koirala, thapa?
    If we really want to change first of all change within ourself first. If you want to really represent Nepali and Nepal, first of all you must think that you are serving the all the Nepali public not ruling them by guns and lathii.

  13. nation ko hitko lagee ramra yogya sampurna neta haru jitna parcha corrupted and ayogya sab harna parcha

    for nation sake we must use our voting right in proper way

  14. I see a worthwhile discussion on apersonality. Actually we should be discussing about the parties as well. Indeed, Prachanda is a personality who can not be compared with any other political leaders in Nepal for his vision, determinaiton and decisiveness. He is a person who deserves credit for the leadership who has managed to take all us to this point in time that we are three days away from a Republican set up and to plant seeds of New NEPAL in the hearts and minds of majority of Nepalis – something that every other party and people now talk about.

    But it is wrotng even to discuss about his defeat anywhere in Nepal for this simple reason. Those who speak about his defeat would only support those who are against a NEW NEPAL.

    The people of Kirtipur did elect others in the past, they have seen the results… More, they have played historic roles even since Malla era and they will play this role once again. There is no doubt about that. The nation will never forgive Kirtipures, if Prachanda does not win with ovrewhelming majority.

    It is time to review all available personalities, who can becoem a States person for Nepal. Do we want to have Girija, Madhav, Deuba, Surya Bahadur, Marich Man, Lokendra, Ram Chandra as head of the state?

    Without Prachanda, the Constituent Assembly is meaningless.

  15. Hi to all,
    Let me add my note, I would like to say that the top and good leaders of every party should win the election. This will be very good for the country when all the good people gather and draft the constitution.

    Thanks, Leipzig, Germany

  16. Dear Luna,
    I like your views.
    yes really we people want to end the violence and keep up peace.
    We can do whatever we want, if peace prevail in our country. Even Nepalese people doesn’t care which bastard leader is doing what and who will do what after election, we need peace, that’s all.
    May this New year 2065 brings peace in our Country.
    Wish you all “Naya Barsha ko Shuvakamana”

  17. Prachanda will win and offcourse must, otherwise newness may not proceed longer toward progressive nepal.

  18. I want Maoist must win the election with no reason why they should. Because it is one of the parties in Nepal which came into existance by having a tough struggle mainly for Nepal and Nepali. Their thoughts, determination and struggle obviously tell that they are really in need of our country Nepal. Only Maoist can overthrow Gyanendra and his monarchy system. Let’s not talk more, just let us win this party first offering our valuable votes and then let’s see how far it can go forward with its promices.

    VOTE FOR MAOISTS! Ganesh

  19. sorry I couldn’t go through each n every comments. but I think there is the curse of 14000 innocent people killed during the insurgency flowing in his blood .so definitely he is not gonna win.

  20. S Shrestha Ji

    It seems you have no clear idea about leadership and managerial jobs, because of that you have confused others too. Would you please read the followings:

    Leader:
    someone who uses interpersonal skills to influence others to accomplish specific goals.

    Manager:
    an individual employed by an organisation who is responsible for efficiently accomplishing the goals of the organisation.

    Leadership is the activity of influencing people to strive willingly for group objectives (George R Terry, 1960)

    Interpersonal influence exercised in a situation and directed, through the communication process, toward the attainment of a specialized goal or goals (Robert Tannenbaum, Irving R Weschler, Fred Massarik, 1959)

    Leadership is influencing people to follow in the achievement of a common goal (Harold Koontz, Cyril O’Donnell, 1959)

    Commonly observed characteristics of inspiring leaders:
    Strong strategic focus
    Lateral thinkers
    Vision and Communication
    Principled
    Reflective
    Risk takers
    Accessible
    Value attitude

    S Shrestha Ji, does Prachanda have any of the above ?

  21. Dear all Brothers & Sisters ,
    Well its time to use your VOTE to win and bring true LEADERS in Nepali soil….if you guys are stupid ??? Go to VOTE same old faces…..who are the nations blood and sweat sucker….Otherwise B smart and use your VOTE for good value…..OKAY !
    Therefore I rquest you all VOTE and give a win to Prachanda, may he can bring little B change in Nepal soil….Otherwise like a Mr Bhattai election tricky words for win election…..
    Please give VOTE to Maoist and bring some changes in Nation and its people……
    Its too much by former leechs ( which calls ) netas and rajnitik !

    Thats all,

  22. Even Tibet needs someone like Prachanda. Look at the peace loving Dalai lama. He has led the tibetan people to hell.
    Only now that tibet has started to make the world hear them…by giving up the meditations and instead resorting to violence.

    Viloence may not necessarily be the first resort…but sometimes that can be the only last resort.
    As some song says….’Son, sometimes you have to fight to be a MAN’.

    If violence wasnt so imp, there would never be such things like…War and Army .

  23. Even Tibet needs someone like Prachanda. Look at the peace loving Dalai lama. He has led the tibetan people to hell.
    Only now that tibet has started to make the world hear them…by giving up the meditations and instead resorting to violence.

    Viloence may not necessarily be the first resort…but sometimes that can be the only last resort.
    As some song says….’Son, sometimes you have to fight to be a MAN’.

    If violence wasnt so imp, there would never be such things like…War and Army .

  24. ए साने अनी Praladh Thapaliya
    प्रचंड नै हो ग्याने को तलुवा मुनी सेनापती पाएमा जान्छु भन्ने,
    माओबादीले यो चुनाब को लागी मुक्ति भट्टराई देखि बीरेन्द्र शाह सम्मको हत्या गरेको हो भान्न्छोऊ भने तिमीलाई धिक्कार छ ! फेरी त्यों प्रचंड कस्लाई मारेर ठुलो भयो र, तेसले बाकी ७ दल को साथ नापएको भये अझै भूमिगत नै हुन्थ्यो, जो अरू को साथ ले मात्रा अनुहार देखौने हिम्मत गर्छा त्यों त पानी मरुवा हो …! तिमिहरू रंगीन स्याल लाई जंगल को राजा मानेर बसेका छोउ !

  25. हेल्लो सबै नेपाली हरू ,
    येउता कुरा सत्य यो छ कि येदि माओवादी हरू जंगल बाट नफर्केको भये सयेदै यो देश मा आमूल परिवर्तन आउथ्यो । येदि फेरी पनि तेही पुरानो दाचक नेता हरू लाई जिताएर देश लाई अझै खोक्रो पर्ने बिचार छ भने जिताउनूश् भर्स्तचारी हरू लाई जो राजा को वोरी पारी घुम्नेछन। पुरानो नेता हरू ले राम्रो काम गरेआ हून भने जस्तो लाग्छ भने दिनूश उनी हरू लाई vote जस्ले गर्दा तपाईं हामी साधारण जनता ले सास्ती पाउनेछन। तर एदी जन आन्दोलन भाग २ मा तपाईंको अलिकती भएपानी योग्दान थियो भने माओवादी लाई vote हलेर बिजय गराउनू पर्छ । नयाँ नेत्रितो गर्ने बर्ग चाएको छ नेपाल को लागि। हेरौला नि के गर्दा रहेछन उनी हरू ले।। एदी त्यस्तो भएन भने फेरी पार्त ३ निकौला नि।
    अस्तु।।।

  26. I admit with Kanchan Limbu, your opinion is pragmatic and absolutely correct. I really appreciate with you.
    Rudra P Khanal
    Ksa, Dammam

  27. hamiharu le kasari birsanu maoists haru ko tyo katakat ra maramar……tarapani nepali janta harule tyo terror harulai vote dinchha bhane afnai kutta ma bancharo hannu jastai ho.baru aru kunai party lai vote dinuhos tara terror harulai never……..

  28. कृष्ण ढुङ्गानाजी
    अघि मैले लेख्न छुटाएछु ।
    तपाइले कुन अाग्रह या पुर्वाग्रह राखेर प्रचण्डले चित्लान या नजित्लान भनेर भन्नुभयो त्यो त थाहा भएन । समग्रमा तपाइले कुन राजनीतिक पार्टीले कुन एजेण्डाको अाधारमा चै जनमत तान्न सक्लान भन्ने कुरा चै पो महत्वूर्ण हो त । प्रचण्डले जित्लान या माधवकुमारले हार्लान की भन्ने कुरा तपाइहरूले विश्लेषण गर्नुभन्दा पनि अनि जातीय अाधारमा नेवार समुदायकाहरूले भोट दिएर मात्र सानुकाजी डंगोल बिजयी हुन्छन भनेर बिष्लेशण गर्नुहुन्छ भने त्यो सानो चित्तको कुरा भयो । यो ब्लगमा त्यस्तो लिंडे तर्क नगर्नुहोला ।
    -*-
    यो चुनाव संविधानसभाको चुनाव हो । धेरैभन्दा धेरै मतदाताहरू ५६ सालको भन्दा माथिल्लो स्तरमा पुगीसकेका छन् । अव पनि त्यस्तै बिश्लेषण गर्ने हो भने त धेरै नै पुड्को होइन्छ है ।

  29. Here I note one think that, some of the person are talling that Mr. Prachanda is a killer. He kill 13000 people in between 12 year civil war. But I do not this he is resposible for this only. Our Formar PM Shar Bdr, King, whole this political party are the main resposible. Because now they need Republcan Nepal whole party. Mr. Shar Bdr who was the frist man which have royal Army and start the civil war. Now this person are think to become the PM of New Nepal. In civil war time they need head of Maoist leader. This is not killer or crime, Because they are also son of Nepal. This time they no need of republic. After King Ketout whole this party through there powder. This time they are seeing only way to get whole this through Maoist of Nepal. If think that only maoist is resposible is totally wrong. When Prithvi Naryan shah conquaring Nepal this time also kill several people. But his not killer,his was a pupolar King. So Do not forget and do not take easy if you miss this opportunity to elect good candited this CA poll. It never come againe and its take time more then 200 yrs or more.

  30. लुनाजी को कविता सार्है चित्त बुझ्यो। लेख्दै गर्नुहोला।

    क‌ंचनजीले के भन्न खोज्नु भएको बुझिएन नी। के सेनाले भन्दा कम मारेको भन्दै पानी माथीको ‌ओभानो बनाउन खोजेको हो? अनि प्रचण्डलाइ राष्टपति बनाउन शुरु गरेको युद्ब नभएको भए ती मान्छेहरु मर्थे होला र?

  31. prachandalai 10 no bata haraunu parchha mayobadi haru naya nepal nirman garna khojeko hoina uniharu ta power chahanchhan taki soja saja janatali rules garna sakun….

  32. We can’t imagine New Nepal from Old Corrupted people.So Prachanda will win and he must win.

  33. hoeena…… yoo pali kirtipur janta lai local candidate lai nai jitaunuu parcha kin ki he know the main problems and responsibily of kirtipur.

    ani arko kura i wnt to mention here before also we kirtipur people already gave vote those BIG named neta haruu lai n made them won also but wht we kirtipur people got Nothing…. why? did they cameback to us after win the election NO..Never comeback to us WHY??they come back when they need us(election)only WHY???
    kin na ki they r not frm kirtipur.once they won they forgot kirtipur n thr promises 4 kiritpur.only they made kirtipur people foolish and used.They give only word not work for kirtipur.

    but this time kirtipur people not become foolish and they wil not be used by big named netaa.coz they have thr owned Chimeakii in this election as thr candidate.

    AND onething i wnt to mention here tht
    Kirtipur people belives in work not in word.

    and big named neta only gives word not work.so far our experince during this 12 year.

    rakesh doha qatar

  34. जबो YCL लाई त सम्हल्न नसक्ने प्रचन्दे ले देशलाई के सम्हल्ला। काम छैन यस्ता दुई जिब्रे नेता। बरु एमले र कांग्रेस नै ठीक छ।

  35. If Prachanda wins this election, then we might not have another chance to choose our leader in the future.

    If Prachand wins this election, then what kind of autocracy do we have to face, specially looking into the context of what YCL is doing right now.

    If Prachand wins this election, then we might not have the liberty to blog and to discuss.

    If Prachand wins this election, then he might declare himself a “King”

  36. Prachanda may win this Kathmandu 10, They might even win the majority. Congress made a huge mistake by sticking with Khum Bahadur, Joshi and Wagle.

    If Congress wants to win, they need more leaders like Narahari Aacharya!

  37. प्रचण्डले कुनैपनि क्षेत्रवाट हार्नु भनेको राजा ज्ञानेन्द्रले जित्नु हो । यदि कोही गणतन्त्रको वकालत गरेर प्रचण्डले हार्नुपर्छ भन्छ भने उसको इमान्दारितामाथि संका गर्नुपर्छ ।

    मेरो बिचारमा प्रचण्ड अढाइसय वर्षको नेपाली इतिहासमा सवैभन्दा प्रभावशाली आकर्षक र राजनितिक चेतना भएका नेता हुन् । उनलाइ एकपटक नयाँ नेपाल वनाउने अवसर र नेतृत्व दिनुपर्छ । हैन भने मुलुक जंगवहादुरको युगमा फर्कने निश्चित छ ।
    यदि किर्तिपुरको जनताले प्रचण्डलाइ हराए भने उनीहरुले बिश्वभरका प्रगतिकामी जनताले थुक्नेछ र उनीहरुको चेतना अझैपनि १६ ‌औ सताब्दिमा रहेछ भन्ने ठान्नेछ ।

    तर मलाइ थाहा छ जनआन्दोलनमा अग्रगामी भूमीका खेलेका किर्तिपुरेहरुले यस्तो भूल गर्नेछैनन् र प्रचण्डलाइ अत्याधिक मतले बिजयी वनाउनेछन् ।

  38. mero bichar ma yo samai banako des ko lagi sochne haru ekjut bahyera prachanda lai atyadhik mat la jitau nu parcha kin ki nepal ma pariwartan jaruri cha k.p oli ra aru pathaha raja wadi natala aba kahi gardainan nepal ma tasai la aba ek palta sochara mat di pachanda lai jitaunu parcha

  39. No body win nobody loose.All Nepali will win in CA poll. Vote of people is very important . No need to be worry . All candidates are the greatest sons of Nepal.We need to thing about Sustainable peace and Developmet of Nepal. Please acept this historical ca poll as a occosion.

  40. गिरिजा, माकुने र Gyne का अन्धभत्तहरू, Mr.Saurav, BR Shrestha, Bhaskar, Janaki Ghimere, Mr.Sudan & Mr. Hope
    के तपाइ हरुसंग यसको उत्तर छ? यदि यसको उत्तर छ भने tapaiko कलम अगाडी बढाउनुहोला /
    *** किन १४०० जन मारियो भन्ने कुरा पटक पटक ? के सबै माओबादी ले मात्र हो के तत्कालीन सरकार ले र Royal Nepal Army को कुनै पनी हात छैन त ?
    ** १४०० जन मा के सबै सोझा सीधा नेपाली मात्र हुन वा कोही त्यस्ता भ्र्ष्टचारी , अबसरबादी पनी थिय ?
    ** कुनै पनी राजनैतिक परिवर्तन को लागि रगत को खाचो हुन्छ र बल्गर मा कमेंट्स मात्र लेख्दैमा केंहि हुदैन

    हामीहरु पनि Democracy मा पूर्ण विश्वास गर्ने र बिभिन्न नेपाली राजनैतिक पार्टीहरु सग सम्बन्ध राखने पनि गर्दथियो र गर्दछौ पनी तर हामीहरू सबै गरीब नेपाली का छोरा छोरी हरु ले कुनैपनी पार्टी मा सहभागिता जनाउनुं भनेको गिरिजा + माकुने जस्ता स्वार्थी,पाखंडी अबसरबादी नेताहरु लाई काठमांडू भित्रयाउनू र उक्त नेताहरु ले आफ्नो दुनो सोझ्याउने , अकुत संपति थुप्राने तीर मात्र ध्यान दिने र अफ्ना छोराछोरी हरु , नातागोताहरू लाइं अमेरिका , कनाडा र यूरोप तिर पढ्नपठाउने, हामी गरीब निमुखा ज़नता माथि करहरू थुपारी,बिदेशी सहयोग बाट प्राप्त ऋण दुरूउप्योग गर्दै बार्षनिक करोडौ ऋण नेपाली जनता को टाउकोमा थुपार्दे जाने ,, मंत्रलायाका Secretary हरु को अकूत सम्पति रहनू, हरेक मंन्त्रालय का क्रमचारिहरुका छोराछोरीहरु बिदेशमा मात्र पढाउनु ,हरेक सीमावर्ती भन्सार र TIA भन्सार का खडदार देखी प्रमुख सबैले मिली मिली देशको राजश्व को दुरूउप्योगगर्दै 50% भन्दा बढ़ी रकम हिनामिना गर्नुजेल सम्म पनि श्री ५ का सरकार देखी नेपाली कंग्रेस र CPNUML को सरकार देखि हाल को नेपाल सरकार का समय सम्मका मंत्रिहरुले कुनै प्रकार का प्रभाबकारी कदमहरु नाचाल्नू र उल्टै मंत्रालय का कर्मचारी संग मिली % को हिसाब मा भागबण्डागरि खाने प्रब्रृर्ती हाल सम्म पनि रहीरहेको छ/ नेपालका केही सीमित ब्याक्तिहरू जो जसका मान्छेहरू उच्च पदमा छन उनिहरू को मात्र यो देशमा रजाई गर्ने चलन राणाकाल देखी यो प्रजतान्र्तिक परिपाटी का नेताहरूमा समेत पूर्ण रुपले लागु भैरहेको देखिन्छ/
    यो 21th Century को युगमा समेत नेपाल लाई संसार को सबै भन्दा गारींब, अबिकसित, अशिक्षीत बनाउनुमा प्रतेक अबसरबादि नेता हरु को राजनैतिक चालबाजी हो र यसरी नै शासन गर्ने स्वार्थी, पाखंडी, भ्रष्टचारि नेताहरु मा सुर्य बहादुर थापा, क्रितिनिदी बिस्ट, तुलसी गिरी,लोकेंद्र बहादुर चंद, कमल थापा, पशुपति सम्सेर जबरा, देखी लियर हाल का नेताहरू गिरिजा कोइराला,सुजाता कोइराला, कृष्ण प्रसाद सितौला,माधब नेपाल केपी ओली र यिनिहरुका तपाइ जस्ता भारौटे ले समेत हामी हरु गरीब जनता लाई प्रयोग गरीरहेको तपाइ हरु को कुटिल चालबाजी र पुजिपति सोच बाट यो प्रस्ट हुन्छ /
    नेपाल मा जबसंम्म राजतन्त्र वा गिरिजा र माकुने तंत्र रहन्छ तबसम्म हामी निमुख जनातालाई शान्ति, सुरक्षा, शिक्षा, स्वस्थ्य र बिकास देखि बिमुख बनाइने छ र गरीब सोझा नेपाली जनता हरु को रक्त चुसने प्रब्रृर्ती मा कमी आउने छैन /
    देशको बिकस गर्नको लागी यस्तो खाल को गणतन्त्र पनि आबश्यक छ जुन गणतंत्र निस्वार्थ भाबना बोकेको नेताकों खाचो छ, हिजो पंन्च्यात काल देखी राजा को अधिनायाकबादी कालसम्म केही मुठूठिभरिका सीमित ब्याक्तिहरू ले मनोमानी , रज्जाइ गर्दथिय भने यो राजतन्त्र वा गिरिजा + माकुने तंत्र म samet हजारौ को संख्यमा रहेका भ्र्ष्टचारी , अबसरबादी नेताहरु ले मोजमस्ती गर्दै कुर्ची को लागी लुछाचुडी गरिरहेका छन अंतत यिनिहरुले यो नेपाल लाई टुकरा टुकरा पारी हामीहरू लाई बिदेशी को गुलामी बनाउने डरलाग्दो खेल खेलिरहेकाछ्न/
    नेपाल को सही मानेमा बिकास गर्नु छ भने नेपाल को बर्तमान गरीब मारा कानून को आमूल परिवर्तन गर्नु पर्छ/ बर्तमान कानून मा जो जसले सबै भन्दा ठुलो भ्रष्टचार गर्यो, जसले जती धेरै मान्छे मार्यो त्यही ब्यक्ति सबै भन्दा मान्य, पपुलर, र् सुरक्षित रहने बर्तमान कनुनको स्वरूप नै छ , यो कानून सोझा नेपाली का छोरा छोरीहरु लाई मात्र लागु हुन्छ / हामी सबै लाई अबगत नै छ बिगत का भ्रष्ट नेताहरू , क्रमचारिहरू कोही कसैलाइं पनि यो कानून लागु भहिरहेको छैन बरू उल्टै उनिहरू लाई निर्दोश भन्दै सफ़ाइ मिलिरहेको छ/ चाहे ती नेता हरू GP Gupta,Khum B Khadka, Chiringibi Wagle, Bijaya Kumar Gachhedar,Bhim Rawal,Motilal Bohara, Kamal Thapa जस्ता थुप्रै नेता हुन वा Sitaram Prasai जस्ता बिभिन्न बैंक वा संश्थाहरु ढुबायर अरबौ को घोटाला गर्ने भ्रष्ट कर्मचारी हुन वा नेपाल को ऐतिहासिक जनाअंन्दोलन का दमनकारी हुन कोही कसै लाई पनि यो कानुन लागु हुदैन /
    यसर्थं यो असमान, अधुरो र अपाङ्ग कानुन र यही नेपाल को राजनैतिक ढाचा ले हामी जस्ता गाउँले , गरीब , सुकुमबासी असिक्षित बर्गहरु को आंउदो 100 बर्ष सम्म पनि हामीहरू लाई यी अबसरबादी सीमित नेताहरूले ,उच्च तप्काका भ्रष्ट क्रमचारिहरू ले ,नेपाल का अधिनायक राजतन्र्रबादी वा बिगत को मंडले प्रब्रृर्ती का Surya Bahadur Thapa , Kamal Thapa ,ज्वाला सिंग, उपेन्द्र यादब देखि सुजाता कोइराला सम्मका नेता हरुले हामी हरु को अग्रगामी बिकास हुन दिने छैनन /
    हामी हरु लाई आंज पनि जातिगत , भाषागत र क्षेत्रीयगत रुपमा एक आपस मा लडायर हाम्रों कमजोरी को फाइंदा लिदै यिहरू हमिलाई अगाड़ी बढ्न , शिक्षित बन्न , स्वाबलम्बि बन्न र देशको समानुपातिक बिकास गर्न दिने पक्षमा छैनन/
    यसर्थ हाम्रो प्राण प्यारो देशका बाट यी सम्पूर्ण प्रतिगामिहरु, अधिनायक राजतन्र्रबादी, अबसरबादी र विभिधखालका अबरोधहरुलाइं लाई यो देंश बाट निर्मूल र सफाया गर्नु पर्ने दीन हरुको नजिकिदैछ्न.र त्यसको लागी हामी हरुले नौलो र परिवर्तनकारी सोच भयका प्रचंड लाई किन भोट नदिने ?
    रुद्र खनाल,
    कैलाली

  41. Hello Sangita Thapa,

    Nice poem but not true reflect, whole nation is begging to sort out extortion of maoist/YCL, all party are suffering from their excess dismanner. I cant see the point being good for Mao’st!!!
    Sorry!!

  42. Prachanda should win from Kathmandu to make new Nepal.He is great then others leaders of that area.I request all voter of that area to give chance to prachand.
    Check his ability to make new Nepal.U voters of 10 are very lucky to choose good leadership.

  43. I read comments above it. Of course, 14,000 nepalese died in 12 years of war. Maoist had conducted war and Government (NC, UML, and King) had defended. Therefore, here it is not good to blame only maoists. NC, UML, King, and other small parties are also equally responsible for this incident. Because of top leader of NC Girija and UML M.K. Nepal, maoist hide in jungle and war began. If after throwing Panchayat in 2046BS, and these leaders are not being corrupted, maoist could not do this. This is also the fact. Now, what do you want??? I am not supporter of Maoist nor well wisher of NC, UML, King and so called unwanted and opportunist political parties….

    one thing we have to accept, we all know that our country must go with republic not monarchy. Who establised the agenda??? We have to think….

    Mr Saurav, do you have the capability to become a versatile candidate who can win the election??? if so, please raise your hand and stand infront of these good/bad whatever we give the name, I will vote you…otherwise, think wisely about the situation of our country. We are having the chance to vote for new CA not for ministerial post….

    This time my wish goes for Prachanda and his party, however I am not communist…

    japan

  44. Nepal ko Aru khatepate Neta jasto hoina Prachanda usanga Naya Nepal banaune Striong Setemination chhha Tesaile Prachanda le harnu bhaneko Yo Nepal Nai harnu ho.Tesaile hami k bhanchhu bhane jantale bahumat le Prachanda ra usko party lai vote diyera Bijay Garaune chan ani matra naya nepal ko parikalpana garna sakinchha,Khabardar Nepali Janta Congress ra AAmale bata sachet hunu hola…

  45. In my opinion not only from kritipur 10 but most part of the country prachanda and his party surely win the election.

  46. प्रचण्डले हारेपनि बाबुरामले हारेपनि हामीले के बुझ्नुपर्छ भने समग्रमा उनीहरूको हार भनेको नयाँ नेपालको कल्पना गर्ने नयाँ सोच भएका शक्तिहरूको हार हो । गणतन्त्र र संघीयताको मागको अन्त्य हो ।
    -*-
    हो उनीहरू अातंककारी थिए कुनैबेला । जंगल पसेका थिए कुनैदिन । जंगलकै सेरोफेरोबाट गुरिल्ला अाक्रमण गरेर सेना र प्रशासनको पुरानो संरचना ध्वस्त बनाएको हो । यो कुरा त सवैले मान्नैपर्छ । अाखिर उनीहरूले नेपाली धर्तीमा नेपाली समाजसुहाउँदो विद्रोह गरेर अाजको यो संविधानसभाको लागि योगदान दिएका छन् साथीहरू किन प्रचण्डले १४ हजार मान्छे मारेको हो भन्नुहुन्छ । त्यो १४ हजारमा ८ हजरा त सेनाले मारेको हो । बाँकी मात्र माअोवादीले मारेको हो त्यो कुराहरूलाइ पनि त बिचार गर्नुपर्यो नि साथी ।
    अब भन्ने पर्दा प्रचण्डले हारे पनि जिते पनि यो संविधानसभाको चुनावमा केही फरक पर्दैन यदि उनीजस्तै प्रखर ब्यक्तित्वले सो क्षेत्रबाट जितरे जानसक्दा । तर भोली एउटालाइ हराउने हुँदा सवै हराइयो भने चै त्यो राम्रो हुन्न ।
    -*-
    अव हार्नेजित्ने कुरामा झापा क्षेत्र नं ७ मा एमालेका प्रखर नेता खड्गप्रसाद अोलीज्यूको कुरा । वहाँ अाफैलाइ महान मान्नुहुन्छ । एमालेमा मजति जेल बसेको कोही नेता छैन भन्नुहुन्छ । माअोवादीलाइ गाली गर्नुहुन्छ । भेटेसम्म काँग्रेसलाइ राजावादी भन्नुहुन्छ । त्यो वहाँको महात्म्य हो । तर यसपटकको माअोवादी-जनमोर्चा-लिम्बूवान-स्वतन्त्र बामवीचको चाैपक्षीय चुनावी तालमेलले वहाँलाइ वारीपारी बनाउने निश्चित छ । हेराै प्रचण्डले जित्नु र केपी अोलीले जित्नु उस्तै उस्तै हुन्छ ।
    -*-
    तर माअोवादीलाइ गाली गरेर समय खेर फाल्नुभन्दा उनीहरूले गरेको सकरात्मक र नकरात्मक कामहरूको मूल्याँकन गर्नु चै अव जरूरी भएको छ ।

  47. काठमाडौं जस्तो नेवारको बस्तिमा एउटा बहुन्ले जित्नु वनेको लज्मर्दो कुर हो किन कि ऐले को जतिये बातावरण मा नेवार हरुको हार हो किन कि सिद्धन्त भन्दा जातिये कुरा निक्कै सम्बेदनशील कुरा हुन्छ तेसैले जसरी bhaye पनि सानु श्रेष्ठ ले नै jitnu पर्छ नत्र जिन्दगी म नपाएको दु:ख नेवार samudayele पाउछ म भन्छु प्रचन्ड ले jasari पानी नेवारहरुको बस्तिमा harnu पर्छ जित्ने भयता खसान क्षेत्र मा गएर चुनाव ladhnu पर्छ

  48. During Maoists’ ten year war, Maoists need not have to win the war, they were simply better-off by not losing the war. Compared to this Nepali Army had to win the war. Thus the result was: Maoist win the war even when Nepali Army was not defeated. Similar logic is expected to prevail in the coming elections – Maoists need not win the elections, they are better-off by not losing.

  49. “When the water starts boiling it is foolish to turn off the heat.”
    – Nelson Mandela

    “A revolution is not a dinner party, or writing an essay, or painting a picture, or doing embroidery.”
    – Mao Tse-Tung

    “You should never put your best trousers on when you go out to fight for freedom and truth.”
    – Henrik Ibsen

    “I freed a thousand slaves, and could have freed a thousand more if only they knew they were slaves.”
    – Harriet Tubman

    “To make democracy work, we must be a nation of participants, not simply observers. One who does not vote has no right to complain.”
    – Louis L’Amour

  50. ********CHUNABI BICHAR***********

    Yo lekh sahi bishayama sahi samayama sahi tarikale lekhiyeko chha. Tara comment garneharu bhane kunai na kunai dalprati jhukaab bhayeka chhan jasto chha. Ani arko kura ke bhane Aba maun samayema Blog le Nikai Prachar Garla jasto chha…. Kasko ho Kunni?????

  51. Truth is victorious and so are Maoists. Prachanda wins and must win. It’s only the Maoists who have ability to bring a change in the country.

  52. प्रचन्ड र बाबुराम अनी बादल ले हार्नु राष्ट्रले हर्नु हो।। देश २०० बर्ष पछाडि धकेलिनु हो।।। नयाँ नेपाल बनाउने अवियान मा सारा नेपालीले हातमा हात मिलायर यी त्यगी र बिबेक्सिल नेतालाई बिजयी गराउनु हाम्रो दयीत्वो होइन र ?।।।।।सब लाई चेतन भया,,,,,

  53. bharkhar ghar ma kura gareko ta buwa(yemale) aafaile prachanda lai vote dinu bhanera ghar ko sabai lai bhannu bhayeko rahecha. Sunda achhamma lagyo. Ani yemale bata dherai nai manche haru maobadi tira aayeka rahechan. tesari nai congress bata alikati matra bhaye pani maobadi ma vote aayo bhane chahi prachanda le jitne sure nai rahecha. hoina bhane Congress le nai jitcha ki bhanne kura po gardai thiyo mero bhai le pani. Yemale ko chahi chance chaina rahecha kathmandu 10, kirtipur ma.

  54. Maoists certainly deserve a chance and benifit of the doubt. The choice may be “a better amongst the evils” but looking back at the past decade and a half of demoratic parliamentary governance: What have the parites that we voted and sent to parliament delivered ?? Infighting, corruption and irresponsibility towards the people and nation has brought us to where we stand today. Looking at past performance; at this point of time the only alternative are the Maoists.

  55. हे कठोर आत्मा

    सपना धेरै देखायौ तिम्ले बिपना मारेर।
    कल्पना मात्रै जिन्दगी भन्ने भ्रममा पारेर।।
    मीठो बोली र मुश्कान दिन्छौ खुकुरी धारेर।
    फोगटाहरु बनाउदैछौरे गरा चाइँ खारेर।।
    दुनिया दारी फकाउछौ तिमी फुल बुट्टा भरेर।
    घर् भित्र श्वागत् गर्‍याछु भन्छौ ढोकानै बारेर।।
    भ्रमको पोको बाड्दैछौ तिमी घर्घरै चारेर।
    अम्रितको घडा उघार्छु भन्छौ बिष् ब्रिक्ष सारेर।।
    फूलको सट्टा उपहार् दियौ काँडाचै झारेर।
    बेदना संगै पीडाको थुप्रो आशुमा तारेर।।
    कसैले भन्छन् भाग्यको खेल टर्दैन टारेर।
    तैपनी तिमी कठोर हैनौ भन्दैछु हारेर।।।

  56. मेरो घर पनि किर्तिपुर हो। म चाँही कसैको पनि समर्थक होइन। तैपनी मलाई एस्पाली प्रचन्ड ले नै जित्नु पर्छ जस्तो लाग्छ। ऐले को यो चुनाव हुनुमा सबै भन्दा ठुलो हात कसैको छ भने प्रचन्ड कै छ। अरुको होइन। म ऐले एक छिन् मा घरमा फोन गरेर ताजा खबर मेरो संसार को साथी हरु लाई सुनौने छु। र म मेरो आमा बुवा अनी दिदी भाई लाई पनि प्रचन्ड लाई नै vote दिनु भनेर अनुरोध पनि गर्दैछु। एदी मेरो बुवा ले प्रचन्ड लाई vote दिन्छु भन्नु भयो भने त्यहाँ प्रचन्ड ले नै जित्छ होला किन भने मेरो बुवा एउत typical एमाले हुनु हुन्छ अनी वहाँको मनले एमाले लाई vote नदिने भन्नु भो भने शायद अरु पनि एमाले समर्थक ले प्रचन्ड लाई दिने सम्भावना छ। त्यहाँ अरु पार्टी बाट उठेकाहरु खस्सै नाम चलेक अनी किर्तिपुरबासीले मनपरौने खाल् का छैनन। तेइ भएर प्रचन्ड ले नै जित्छ जस्तो लाग्छ र यो किर्तिपुर को लागि राम्रो पनि हुन्छ जस्तो लाग्छ मेरो किर्तिपुरे दिमाग मा।

  57. Lunaji,
    While reading the comments I found your poem multidimentional which addresses the significance of peace.All great leaders like Gandhi,Mandela and MLK won their fight through peaceful means not resorting to violence…… Bravo.. keep it up.

  58. Face herdai Saddam Hussian jasto cha, yesle ke banaula ra Naya Nepal? Naya Iraq chai banaula baru…

  59. Its not important who wins, main important thing is whose policy wins.

    I think Prachanda is good leader but he can’t be a good manager. Our country doesn’t need a leader, but needs a good manager who can manage the country well.

    Giving complex revolutionary speech doesn’t make him smart, but it shows his impotence as he can’t convince people with common words.

    violence may allow him and his party win many sits in forthcoming CA election, but its not necessarily makes him winner in peoples eye.

    So try to speak peoples language, try to be good manager and leave violence.

    In return you may be true winner in this election. Even if you loose the election. People will look you as not only good leader as well as good manager.

  60. I wish all the best to prachandra if janta will not give vote to him janta don’t want change nepal and what i think janta still have old party fasion and old vosion we sould give chance to moist prachanda to make new constitutial. thank u
    Rochak
    BDA

  61. प्रचण्डलाई जिताउनु भनेको भेडाँको बथानमा अर्को भेडाँ थप्नु बराबर हो| हाम्रो देशमा यसै त धेरै भेडाँहरु छन | नं १ भेडाँ ज्ञाने, नं २ गिरिजा, नं ३ माकुन आदि| फेरि अर्को भेडाँ थप्ने हो भने प्रचण्डलाई जिताए हुन्छ|

    भुक्ने कुकुरले टोक्दैन भन्ने उखानको चरितार्थ हुन प्रचण्ड| कति बोल्छन, धारा प्रवाह, मुखमा पखाला लागे जस्तो | न बोलेको ठेगान छ, बोल्दा बोल्दै धोति फुस्केको थाहा हुँदैन|

    अनि यस्ता नेतालाई जिताएर नेपालमा फेरि आतँक फैलाउन सहयोग पुर्याउने हो भने जिताऔं|

    बरु पढेलेखेको कुनै क्षेत्रको बिज्ञलाई भोट दिएर जिताउनु नै बेस होला|

    राजनैतिक ब्यक्ति वा पार्टि भन्दा योग्य उमेद्वारलाई जिताऔं अनि नयाँ नेपाल बनाऔं|

  62. LUNA G TAPA KO KABITA EKKDAM MARMIK LAGYO…..HAMI BIDES MA BASNE NEPALI HARU SAHI RA SACHO AASHA SIBAYE KEHI GARNA SAKDAINAU KEBAL MATRA TAPAI HARU KO BHAAR….. KRIPAYA CONTAKE DETAIL PAU….PLZ REQUEST TO AUTHORITY FOR MY MAIL THANKYOU…

  63. प्रचण्डको हारजीत भन्दा माथी उठेर कुरा गरन नानी हो । ” जनता यदि परविर्तन चाहन्छन् भने तिनको चाहना मतपत्रका रूपमा व्यक्त हुनर्ुपर्छ । पुरानै फोहर उठाएर संविधानसभामा थुपार्ने हो भने जनताले परविर्तन खोज्ने नैतिक अधिकार गुमाउनेछन् । ” http://kantipuronline.com/Nepal/sabhidhansava.php सोह्रै आना सहि कुरा हो यो ।

  64. Dear readers,
    प्रीय पाठक मित्रहरु,
    माओवादीलाई सधैं कुद्रिष्टिले मात्र हर्नु भनेको गणतन्त्रलाई लात हानु मात्र हो।बरु इमान्दारिका साथ सिधा भषामा भने हुन्छ,हामीलाइ शाहि हत्यारा ज्ञानेन्द्रकै जुठोपुरो काफी छ।
    जनताका दुस्मनहरु वा गणतन्र बिरोधी एकाधिकारबादी सामन्ती राज्यसत्ता र उसैको जुठो पुरोमा हुर्केका कांग्रेस,एमाले र यिनका प्रशासनको ईशारामा जनताका पसिनाले साँधे झै भएका बिबेकहिन आर्मी र पुलिसले आजकै संबिधानसभाको चुनाव,गणतन्त्र र स्थानिय स्वायत्त शासनको मुख्य मागलाई आफ्नै आँखाको कसिंङर मानेर अपहरण,हत्या,बलत्कारको
    तण्डाप मच्चाउँदा सम्म नेपालीजनताको रगत र पसिनाले आर्जेको राष्ट्रिय ढुकुती रित्याएर आकाश चुम्ने घरा,पजेरो सुरासुन्दरिमा रमेकाहरु आज माओवादीका अगाडि र पछाडि दुबैतिरबाट र गणतन्त्रबादी नेपाली जनताको धक्का खाँदा लत्रिदै धिस्रिदै राजनैतीक यो बिन्दुसम्म
    अैपुग्न वाध्य भएका छन्।यो उनिहरुको सैद्धान्तिक दृष्‍टिकोण होइन मात्र बाध्यता थियो।यदी सैद्धन्तिक दृष्‍टिकोण हुन्थ्यो भने १२ वर्ष अगाडि भारी बोकेर दाँया बाँया नहेरी हिंडेको गढाले होनाहार आतंकारी माओवादी बनेर तातो गोली खानु पर्ने थिएन।यसले ईशाराको भरमा छल्ने विबेकहिन आर्मी पुलिस कत्तिको साँढेमत्त रहेछन भन्ने प्रमाणित गर्छ। त्यसैले पनि नेपालमा गणतन्त्रलाई संस्थागत गर्ने यदी हो भने माओवादीलाई जिताउन आवश्यक छ।यो नेपाली जनताको लागि युगकै माग हो।जनतालाई दु:ख दिन र माओवादीको बदनाम गर्न नेपाली काँग्रेसको सरकारले गाउबस्तिमा आर्मि पुलिस् पठाएर हत्या,लुतपात्,बलत्कार गरी माओवादीको टाउकोमा सबै दोष थुपार्यो।ती जनताहरुले अझै बिर्सेंका छैनन।वाइसियलको बदनाम गर्न नक्कलि रुमाल टाउकोम बाँढेर आतंक मच्चाउनेहरु आज राजधानिमै हजारौको संख्यामा छन। आज पनि दरबारिया जुथोपुरोमा हुर्केकाहरु पछिपरेका छैनन।यसको मतलव माओवादीबाट गल्ती नै भएको छैन भन्ने पक्कै होइन।प्रतिरक्षा गर्दा र राष्ट्रलाई गण्तन्त्रको अग्रगती प्रदान गर्न जनताको लागि लड ,तानाशाहिको लागि होइन,हतियार देउ,जिउ बचाउ भन्दा भन्दै आईलागदा बाध्यात्मक परिस्थितीमा बाहेक साँढेमत्त भएर गरेको हत्या नभएकोले प्रचन्डलाई हत्यारा भन्नु सौरभ जस्ता बिज्ञ मित्रहरुलाई मेरो केही गुनासो छैन तर उज्यालोमै तिर्मिर्याएको भन्न भने आपत्ति ठान्दैन।
    ज्ञान
    बेल्जियम

  65. हैन यती चाडै सबै कुरा बिर्सन सकिन्छ र? सुराकी भन्दै निर्दोस्लाई मार्ने अनी आफ्नो समर्थन गर्ने बाहेक अरु सबै मुला काटे झै काट्न पछी नपर्ने माओवादी भित्रको हिन्सक जन्तु । गर्न सक्थ्यो भने माओवादीले यतिका बर्षमा एउटा गाउमा एक जना भए पनि स्वछ छबी भएको नेता तयार गर्नु पर्थ्यो जस्ले कुनै हतियार र धम्की बिना नै चुनाव हरुमा भोट्को बाढी नै ल्याउन सक्थ्यो। राम्रो काम जस्तै भनौ एक्पल्ट फोहोर सफा गर्ने काम सुरु गरेको थ्यो YCL ले , एक बर्षा अघी सुरु गरेको त्यो कार्यक्रम हप्ताको एक पल्ट नबिराइ कन बाउन्न हप्ता गरेको भये म पनि अस्तिनै देखी पछी लागि सकेको हुन्थे YCL को , अनी तास खेल्ने र रक्सी खाने लाई उठ्बस गराउने राम्रो चलन, अहिले सम्म गाउमा कायम राखेको भए म YCL भै सक्थे, के गर्नु मान्छे कुट्ने चै र तर्साउने मात्रै कायम राखे । हुनत हामीमा ति काम त सरकारको हो भनेर पंक्षिने चलन छ तैपनी माओवादी भर्खर आउँदा मैले र म जस्ताइ थुप्रैले निकै आशा बाधेका थिए तर हात्ती आयो हात्ती आयो फुसा अब प्रचन्डले हार्दा हुने हैन अस्तिनै भै सक्यो जब माडिमा निर्दोस मारिए, अनी बसमा बसेका साना भुरा जले, जब गुरुलाई हात खुट्टा भाचेर मारियो । प्युठानको झिम्रुक जल बिद्द्युत जलाउन लाग्दा केहीले सोधे किन बनेको जल बिद्युत जलाउने भन्दा हाम्रो पार्टीले तीन महिनामा नारायण हिटी कब्जा गर्छ अनी त्यस पछी यस्ता जल बिद्युत ३ महिनामा बन्छन भनेर देशलाई १५ बर्ष पछाडि धकेले। त्यो त उदाहरण मात्रै हो सब भन्दा ठुलो गल्ती नै भौतिक कारबाही हो चाहे मान्छेलाई होस् वा सम्रचना लाई । माओवादीले नेपालीलाई मर्न सक्ने कुनै उद्देश्यको लागि, तर कानुन आफ्नो हातमा लिने नराम्रो बानी पनि सिकाए। अहिले साझ गाउमा पुग्दा कसैले तपाईंलाई बेलुकाको पाहुना देउता भन्दैन, सबै ढोका थुन्छन, नेपालीको सन्स्क्रिती नै बिगारनेलाई कसरी हेर्लान जनताले अब चुनावले नै देखाउला हामीले के भनी रहन पर्छ र ?

  66. vote for change, vote for prachanda.
    hamile chahae pane nachahae pane yo kura saatya ho ki mawobadi le garda nai yaja nepali janta le yafno sambidan yafi banawo ne chance payaka chan.
    vote for change, vote for prachanda.

  67. danka vanda chor jati hunchha. So current political parties are better than Maoist. However good maoist should win. So Prachnda should win.

  68. सङ्गिता थापा को कबिता राम्रो लाग्यो
    कृपया प्रयास जारी राख्नु होला
    जहाँ सम्म प्रचन्ड को जित्ने र हार्ने भन्ने कुरा छ त्यो अब धेरै टाढा को कुरा भयन। अब धेरै मा २ हप्ता मात्रा हो। त्यस पछी थाहा हुन्छ।
    aasish
    swiss

  69. yo desh ko aamul paribartan ko lagi comred prachanda le jitnu apariharye bhayeko cha feri pani kalo potiyeka bharshachari anuhar naaun bhanne kamana gardachu janata sachet huna abasek cha

  70. Luna Ji,
    Your poem is really heart touching. The last 4 lines carry a genuine and strong message.You have won the battle of poem against Sangita Ji. Anyway keep it up because terrorism wins until people are afraid but the peace always wins at the end.

  71. Nepal needs Prachanda, Baburam and Maoists, not Kum Bahadur, KP Oli, Sujata,Gachhedar,Deuba and RPP.

  72. प्रचन्डले जित्नु पर्छ!
    किर्तिपुर र १० नं क्षेत्रको मतदातालाई एउटा अबसर आयको छ नेपालअको मुक्ती र परिवर्तनअको नायक लाई आफ्नो मत दियर जिताउने तेसैले यो अबसर बाट चुक्न हुन्न मेरो बिचरा मा र यो नै मेरो आग्रह अनी सल्लाह पनि छ किर्तिपुर बासी अनी त्यस क्षेत्र को मतदातालाई।
    अब केही सिमित द्रिस्ट्री अनी द्रिस्ट्री भ्रम भयकाहरुको कुरामा पर्नु भनेको देशलाई फेरी पनि फंदामा पर्नु वा देशको अनी आफ्नो मुक्ती नचाहनु नै हो । प्रचन्ड संघर्श मात्रा होइन् युद्द बाट आयको मान्छेहो जस्ले देशको मुक्तिको लागि युद्द घोस गरी देशलाई मुक्तिको संघरमा ल्यायको छ र जस्ले संघरसम्म ल्याउने हिम्मत गरेको छ र ल्यायको छ भने तेसैले शाही ढंगले अगाडि लैजान सक्छ र लैजान पाउनुपनी पर्छ ।
    तेसैले हे किर्तिपुर बासी अनी १० नं क्षेत्रका मतदाताहरु प्रचन्डलाई मत नदिदां कतै तिमीहरुलाई देशले धिक्कार्नेत छैन ? सोच्नुस् देशले मुक्ती चाहेको छ र त्यो मुक्ती यिनिहरुले ल्यायको छ अनी तिमीहरुले मोहोर लगाउनु परेको छ ।
    प्रचन्डलाई मत दियर जिताउनु नै देशको मुक्तिमा मोहोर लगाउनु हो भन्ने कुरा नभुल्नु ।

  73. माओबादी कमारेड हरु हो,
    चुनाव देखि किन त्रस्त हुनुहुन्छ?
    जनता को स्वतंत्र अभिब्यक्ति देखि,
    न्याय देखि, जनभावना देखि,
    जनतंत्र देखि किन डराउनु हुन्छ?
    हिम्मत गरेर अघी बढ्नुस,
    तपाई हरु ले जे रोप्नु भएको थियो
    तेसैको फल जनता ले भोट को माध्यम ले दिनेछन

    ज्ञानेन्द्र लाइ पनि दिनेछन
    तपाई माओबादी प्रचंड का अन्धोभाक्त हरु लाइ पानि दिनेछन

    यो चुनाव हिन्शाको पराजय हो
    शांति को उदय हो
    न्याय को उदय हो
    डर र त्रास को अन्त्य हो

    कसैलाई कसैले बाध्य नपारऊ
    कसैले पार्छ भने
    तेस्लाई हामी सबै ले मिलेर
    तेस्को यही चुनाव मार्फ़त अन्त्य गरी दीऔ
    हतियार का साथै हतियारधारीहरु को पनि अन्त्य गरी दी औ

    जसले गर्दा हामि हाम्रा संतान लाइ
    “तरवार भन्दा कलम ठुलो भनेर पढाउन पाऔ”

  74. Krishna Dhungana Ji,

    Your prediction: “Prachanda Parajit Pani Huna Sakchhan”

    My Prediction: “PRACHANDA BIJAYI NAI HUNCHHAN”

  75. The prachanda should win the election, there is no alternative to the person who wants positive change in country. lal salam

  76. @sangita thapa
    i read all your GEET, i found almost 90% words and sentences are in same in all songs..
    is there any limitation in your mind?
    hehe,anyway it is nice song from you..

  77. AAAAA,sachee old is gold uhaaa haruko lagee huneechha.jo prachanda jeeko jeel haleko kees ra chiplo vasan suneeyara makhaaa parnu hunchha.tetee bela janta marda uuhako hat kameena ragatko holee khalda uhako deel royeena aahila vasan garda tyo kura aauda uhako chitta dukhachha vanera nautankee garnuhunchha.prasamsa garnus satheeharu prachanda jeeko jeet vayo vanee tapaiharulai panee aauta aauta banduk thamaidenu hunchha.bedasma dukha garna aaunu pardaina nepalma nai sabailai jager lagaidinu hunchha.all best jo prachanda jeeko vasanma lutuputu vayera comments lakhanu vayako chha.

  78. Good luck to Prachand
    He must win and people have to support for the change.
    let see na new people view yer

  79. केशरीवावु,
    जसले राजदरवारको वरीपरी हिड्न पनि डराउने अवस्थामा राजतन्त्रको विरुदमा गणतन्त्रको आवाज उठायो उ सँग हिम्मत नभएको भन्न सुहाँउछ र ? चुनावमा भोट भनेको त विल्कुल प्राविधीक कुरा हो तर एजेण्डाको हिसावले भन्दा माओवादीले चुनाव जितिसके ।

  80. malai jaha samma lagchha prachanda le jitnu vayo vanee naya nepal aabasya bannechha.kinakee uhalee 10barsa vitrama balidan ra tyagle kahako des kaha puryaee saknu vayo.abako khi barsa pachhi uhale 2007 sal pahilako jun samaye thiyo nepalma(nirankus sasan) tahi samaye aabasya lyaunu hunchha.uhale vaneesaknu vayako chha jangabahadurko janma hunchha vanera.but ma nai jangabahadur bannechhu vanna matra bakee chha tyo pani sathee harule chadai nai sunna ani dakhana abasya paunu hunchha.hamra prachanda neta jee nepallai singapur banaunee vasanmatra ho.tyo ta aahila samma kunle vaneka chhainan ra?but nepal lai Old is gold aabasya banaunu hunchha.

  81. हिजो रोल्पा, रुकुमका सोझा मगर, गुरुङ्ग लगायतका जनजातीहरुलाई माओवादीले जवरजस्ती युदमा हिडाएको र माओवादीमा पढेका मानिसहरु छैनन् भनेर भनेर खिसिटीउरी गर्ने गर्दथे, सहरीया कथित वुदिजीवीहरु माओवादीलाई । आज सहरीया मध्यमवर्गमा माओवादीप्रतिको यो आर्कषण प्रचण्डको पार्टर्ीीई अचम्भित पार्ने खालको छ ।

    दर्ुइ महिना अघिसम्म, माओवादीको लागि २०, ३० सिट मिलाईदिनको लागि काग्रेस, एमाले लगायतका दलहरुलाई अनुरोध गरिएका वकपत्र त्यस्ता स्वघोषित वुदिजिवीहरुको नाममा पत्रपत्रिकामा छापिन्थे । तर्क हुन्थ्यो माओवादीलाई सम्मानजनक उपस्थिती भएन भने उनीहरु जंगल पस्छन त्यसकारण उनीहरुलाई फकाउनको लागि पनि दया स्वरुप केहि सिट दिन पर्दछ । तर आज माओवादीप्रति जनताको लहर र चारैतिर माओवादीको माहोल देखेपछि त्रिपक्षिय भिडन्तका खवरहरु छाप्न र लेख्न बाध्य भएका छन् जन्मजात माओवादीका विरोधीहरु पनि । कठै वरा, हाम्रा ठुला मानिएका वुदिजिवी, पत्रकार, नागरीक समाज !

    प्रचण्डको जमानत पनि र्फकदैनन भनेर यस व्लगमा कर्ुलनेहरु पनि उनको जीतप्रति संसकित वन्न थालेका छन् । मेरो विचारमा भोट भनेको विल्कुल प्राविधीक कुरा हो । मुलकुरा त ऐजेण्डा हो । चुनाव प्रचण्डले जितिसकेका छन् । उनीहरुको एजेण्डाले आज किर्तिपुर १० मा मात्र होइन सिंगो मुलुकमा नै जितेको छ ।
    त्यसकारण वलिदानीको कठिन बाटो हिडेर देशलाई आमुल परिवर्तनको संघारमा ल्याईपुर्याउनु भएकोमा महान प्रचण्डलाई अग्रिम वधाई तथा शुभकामना !!!!

  82. murkha party haru ko bhid ma euta patamurkha maobadi ayo.
    rana ra raja jasta nirankusta lai math garne euta prachanda tanashah ayo.
    Nepal janata haru ho aba pati kati tanashah bata sasit hunchau,
    Harau arko tanashah Prachanda lai. tyo aja euta bolne bholi arkai bolne baulaha lai harau.

  83. किन हार्न नहुने प्रचन्ड हरु ?
    किन हार्न नहुने बाबुराम र बादल हरु ?
    के यू द्द नै सत्य जित हो ?
    के यू द्द नै मानबता को मित हो ?
    यहाँ लडाउने हरुको कमी छैन !
    लड्दै मर्दै आफ्नै लाई शिकार किन गर्ने ?
    यहाँ फुटाउने हरुको कमी छैन !
    फुट्दै फुटाइदै आफ्नै निशाना किन मेट्ने ?
    पहाड लेक बेशी ले मुक्त्ती खोजेका छन !
    यू द्द ले मुक्त्ती दिदैन !
    यू द्द मा शक्ती देख्ने ले
    मान्छेको मुल्य चिन्दैन !
    किन शुरुबा त् नगरने नयाँ दिन !
    यू द्द नगरने प्रण लियर
    बिना यू द्द जित हुन सक्छ
    शान्ती को शन्ख ध्बनी फुकेर !
    हारेर पनि जित्न सक्छन प्रचन्ड हरु !
    यदी जङ छोडि बुद्द बनिदिय
    !
    जितेर पनि हार्न सक्छ्न बाबुराम र बादल हरु !
    फेरी पनि जन यू द्द छेडिदिय !

  84. रातो रातो गाला तिम्रो जुंगा तर्बार कट|
    ल्याई हालेऊ गणतंत्र तिमले फटा फट |
    काधामा माँ जिम्बेबारी देस्लाई बनाउने |
    सेर जस्तो तिमिलाई कल्ले चलाउने???

  85. At this moment inhabitant of kirtipur people are on the stage to change new nepal.We all nepalese do hope that people of kirtipur will play great role to be elected to mr.Prachanda incoming election of CA.CONGRATULATION N GREAT SALUTE TO THE PEOPLE OF KIRTIPUR..

  86. BR Shrestha ले सबैलाइ मावोवादिका कार्यकर्ता देख्नुभयछ ! उहाँलाइ चेतना हुनुपर्ने कुरा के पनि हो भने कुनै दलसँग आवद्द नभैकनपनि शु-शासनको आशामा मौन समर्थन गर्नेहरुपनि हुन्छन भन्ने कुरा ! मित्र अरु सबैलाइ कुनै दल या वादको पिछलग्गु देख्नुभन्दा पहिला म यहाँलाइ आफ्नो पुरानो चस्माको पावर बदल्न बिनम्र अनुरोध गर्दछु !

  87. प्रचंड, – येदी ठुला नेता, राजा महाराजा लाई सिध्याई आएको भये भैगो भनौ, तर उनको पृष्ठभूमि हेर्दा १४००० नेपाली जनता (जो अधिकांस निर्दोष होलान); सिध्याई आएको छ; देश को संरचना धोस्त छ, केनै आश गर्न सकिंछ? कोदो को बिऊ बात धान फलने आश गर्न सकिंछ र? जे होस हेर्दै जाऊं !!!!!!!!!!

  88. मलाई लाग्दैन कि एस क्षेत्र मा प्रचन्ड ले जित्लान जती सुकै कबिता र मुक्तक लेखे पनि माओवादी भनेर यहाँ कसैले भोट् हाल्नेवाला छैन यदी प्रचन्ड ले जिते पनि यो जीत ऊन्को ब्यक्तित्व ले जित्न सक्ला माओवादी पार्टी ले हैन, जहिले पनि केन्द्रिय नेता उठ्दा माहोल बडी हुनु स्वभविक हो तेस्मा पनि पार्टी प्र्मुख ले उमेद्व वारी दिदा मावोबादी को लागि फलाम को च्युरा सावित हुने नै भयो, अनी अर्को कुरा एमाले र काङ्ग्रेस को उमेद्वार त्यती राष्ट्रिय राजनीति मा नचिनेको ले पनि कता कता प्रचन्ड आउन सक्छन कि भन्ने भ्रम सबै लाई लाग्न सक्छ तर मेरो बिचार मा शायद एमाले आउछ होला। किनकी उनी लोकल उमेद्वार पनि हुन अनी एमाले को राम्रो पकड भएको क्षेत्र हो।
    अनी प्रचन्ड एउटा न एउटा क्षेत्र बाट जित्नु राम्रै कुर हो तर उनी रोल्पा बाट जित्छन किर्तिपुर बाट हैन। अस्तु

  89. प्रचन्डलाई जिताउनुपर्छ भन्नेहरू बिचरा हुन जसलाई उनले पन्ध्र हजार निर्दोष जनतालाई घाँटी रेटेर मारेको बिर्सेंका छन, स्तालिनको र माओले गरेका रक्तपातहरुको तिनीहरूलाई कुनै पत्तो छैन। प्रचन्ड र बाबुरामअहरु ईतिहासअका डरलाग्दा पिशाछ र छेद हुन। यस्ता समय गुज्रेका भूतहरूलाई जिताउने होइन, डाँडा कटाउनुपर्छ।

  90. Seems like there are many maoist supports in this column. Look at the way Prachanda being hyped. Sounds like die hard maoist supporter. Prachanda will lost election.

  91. शौरभजी ,प्रचन्डको बिरुद्दमा प्रतिस्पर्धा गर्नेहरु ले सम्बिधान सभा को माग गर्ने माओवादिहरुको टाउकोको मोल तोकेका थिय। यदी एमाले र काँग्रेसलाई जनताले सम्बिधान बनाउने कुरा भन्दा राजा जोगाउने कुरा प्यारो नभैदिएको भए १४००० मान्छे मर्नु पर्दैनथ्यो । मान्छे नै मरेको कुरा गर्नु हुन्छ भने साँबिधान सभा माग्ने माओवादिहरुले भन्दा सँबिधान सभा हुन नदिन खोज्ने काँग्रेस एमालेको सरकारको आदेशमा सेना पुलिसले धेरै मान्छे मारेका छन।

  92. उमेश्जी प्रचन्डले चुनाव हार्छ कि जित्छ भनेर यही ब्लगमा एउटा बाजी राख्न लगाउनु पर्ला अनी जित्नेको सावा मात्र फिर्ता गर्ने हार्नेको पैसा चाँही ब्लग चलाऊनलाई अनी ब्लगलाई अझै खोज्मुलक बनाउन लाई प्रयोग गर्नु पर्ला जस्तो लाग्यो मलाई त, यदी कसैले प्रचन्डले किर्तिपुर्बाट चुनाव जित्छ भनेर बाजी थाप्न चाहन्छ भने म १ को २ दिन तयार छु।
    सुरुका दिन्हरुमा मलाई पनि प्रचन्डले चाँही केही गर्छ कि जस्तो लागेको थियो तर यीन्का छीन छीनमा फेरिने कुर सुन्दा चाँही अहिले आएर मलाई एउटा उखानको याद आयो ” बाँदर्को पुच्छर लौरो न हतियार”
    उस्ले रोल्पा बाट त जित्ला क्यारे, तर किर्तिपुरबाट चाँही असम्भव!!! किन कि त्यहा बूथ कब्जा गर्न सम्भब छैन क्यारे।

  93. kkrishan ji jankari mulak samgriko lagi thank tara sirsak ra mattr ta farak 6 tapai ko bislesan anusar ta unle jitne dekhen6 ta.sisir ji lai pani thank hai

  94. किर्तिपुर बाट सम्पूर्ण साथीहरुले जिताउनुपर्छ। अब पनि जस्ले देशको लागि दिन रात नभनेर खटेर कत्ती पनि सम्झौता नफसेर यो स्थान सम्मा ल्याउन ठुलो योग्दान दिएको छ उस्लाई पनि केही व्यक्तिको भड्काउमा लागेर गलत पार्टी लाई भोट् दिनु भनेको ठुलो मुर्खता हो । माथिको कबितामा भने जस्तो प्रचन्ड हरुले कहिले पनि हार्दैनन् र हारेर पनि वा मरेर पनि महान मान्छे हरुलाई ईतिहासले सम्झिरहन्छ । सतिको श्रापलाई बिफल पार्न सबै नेपालीहरु सचेत बन्नु पर्छ। धन्यवाद। प्रचन्डलाई विजयको शुभकामना।

  95. हिम्मत भए प्रचण्डले किर्तीपुरबाट नभै नारायणहिटी दरबार रहेको चुनाव क्षेत्रबाट उम्मेदवारी दिनुपर्थ्यो । शाह राजाहरूको उदगम थलो गोर्खाबाट बाबुराम भट्टराइ उम्मेवार बनेका छन् र उनले त्यहाँबाट चुनाव जितेर देखाउने छन्। पृथ्वी नारायण शाहलाइ किर्तीपुर जित्न कठिन भएको र जितेपछि त्यहाँ उनका सैन्यले अत्याचार गरेको कुरालाइ लिएर बदलाको रूपमा सो क्षेत्रबाट प्रचण्डले जित्नुपर्ने बताउन खोजिएको हो भने माओवादीले नेपालको एकिकरणको विरोध गरेको भन्ने ठहर्छ। प्रचण्डले किर्तीपुर जित्दैमा कुनै पुरूषार्थ गरेको ठहरिन्न जति पुरूषार्थ पृथ्वी नारायण शाहले देखाएका थिए जसले गर्दा नेपाल राज्यको स्थापना हुन संभव भएको थियो र त्यसै भुमिलाइ आज माओवादीले नयाँ नेपाल बनाउने सपना बाँड्न पाएका हुन्। त्तानेन्द्र खराब छन् र उनि त्यस्तो भए भन्दैमा देशको एकिकरणका लागि पृथ्वी नारायण शाहले गरेको प्रयास पनि खराब थियो भन्नु माओवादीको अल्पज्ञान र राजनीतिक धुर्तता बाहेक केही होइन। प्रचण्डले आफु राम्रो र उनको नीति राम्रो थियो भन्ने कुरा बताउन ज्ञानेन्द्र वा पृथ्वी नारायण शाह नराम्रा थिए भनि रहन जरूरी छैन।

  96. के प्रचन्ड लाई जीतएर फेरी रगत को खोलो baagaunu र छ र ऐले नै वाइ शी यल ले मान्छे मारन थाले । चुनाव जीते भने के होल। । अब मान्छे मार्ने काम बन्द गर्नु पर्छ । धेरै मान्छे हरु मर्नु ठीक हुँदै होइन । जे भए पनी यो जीत सानु जि कै हो .

  97. Hey Krishna jee,
    Comrade.Prachanda le Jitnechhan ra jitna pani parchha!Yetra Mahan change haru Desh ma aaesakyou ra ajhai kati aaunai banki chhan yo kura sabaile bujhna jaruri chha! Mahan party Maobadile 12 barse great janayudda ra 14000 janako aahuti bata Nirmana vayako yo aawasta ra huna gaeraheko Mahan Chad CA Election ma yee Mahan Neta harulai Vote Dee Desh Bikash ma tewa puryauna ko lagi ma samsta Desh bashi lai Aagraha garna chahanchhu,LAL SALAM!
    Garchhaun bikash vannelai offcourse we should give chance and vote why not? We already see other party’s activities. Good Luck for Prachanda and Maosists.
    Megh Singh Adhikari
    USA!

  98. प्रचंड भनेको मानिस ले १४००० मानिस को जीबन समाप्त गरेको हो भन्ने कुरा नभुलौ. उसले दिन दिनै बोली फेरेर नेपाली जनता लाई आफू कस्तो खालको नेता हो भन्ने प्रमारित गरेको छ , यो आतंककारी लाई सबै नेपाली जनता मिलेर हराउनु पर्छा .मावोबादी ले जीते भने प्रचंड पोलपोट हुन्छ .कती निर्दोष बालक अनि निर्दोष मनिस को ज्याँ लियको छ भन्ने कुरा हामिले नभुलौ / माडी घटना अनि निर्दोष बालिका खातून लाई जिउदै जलायर मारेको छ तिनीहरुले . प्रचंड लाई पानी जिउँदै जलाउनु पर्छा हामिले /

  99. संगिता थापाको कविताले साँचो बोलेको छ ! हार्नेछैनन प्रचण्डहरु….हार्नेछैनन बाबुराम,बादलहरु !हाम्रै निम्ति दशकौँसम्म लडेका योद्दाहरुले नै नयाँ नेपालको नेतृत्व गर्नेछन !
    दल कुनैपनि खराब हुनसक्दैनन ! सबैका घोषणापत्रमा जनताकै आवाज लेखियको हुन्छ तर केहि भ्रष्ट आचरणका मान्छेहरुले गर्दा समग्र दलप्रति नै बितृष्णा बढिरहेको हुन्छ !
    नयाँ नेपालको रथ हाँक्न र नेपाललाइ शत्रु राष्ट्र भारतबाट जोगाउन प्रचण्डको आवश्यकता आज समयको माग हो जसलाइ संविधानसभाको चुनावले बैधानिकता दिनेछ !
    प्रचण्डलाइ शुभकामना !

    धन्यवाद !!
    SateLite- Houston

  100. यस्तो लाग्यो कि कमेन्टरहरु लगभग सबै नै माओवादीका कार्यकर्ताहरु हुन, मानौ उनीहरु सबै माओवादीका लागि खुब चुनाबी प्रचारमा जुटेका छन। मत यी सबै (candidates) प्रती indifference छु। तर मेरो विश्लेसन के छ भने UML र Maoist को टक्करले काङग्रेसको उम्मेदवारलाई फाईदा पुग्न सक्छ।

  101. People in Kirtipur has great responsibility now. They will be watched and waited by world over. Their verdict would decide:

    1)What people think of the decade old barbaric insurgency??
    2)What people think of all those brutal killings of thousands of innocent men and women and children??
    3)Will people there appreciate a person who has committed a heinous crime in the name of communist war??
    4)Whether it is okay to kill innocent civillians in the name of ‘suraki’
    5)Whether it was the right thing to force people pay the ransom to be spared from thrashing,abducting and eventually killing.
    6)Will it set a bad precedent to take up a violence as a mean to express one’s frustration,’revolution’,dissatisfation,anguish and wish for a “change”??
    7)Will people reward a person who has done somuch to make our life a living hell and pushed us backward as many as 20 years??
    8)Will people pay a tribute to 14000 departed souls by voting a person who has ‘contributed’ a lot for their untimely demise??

    OR,

    1)People will reject the idea of bloodshed outright.

    2)People will send a message; it is not acceptable in any case to kill a human being for whatever demand.
    3)Those people who have comitted a horrible crimes against Nepalese have no place in Nepali politics and of course in CA.
    4)We are sick and tired of the terror tactics by the criminal leagues.
    5)People are rational and will not be intimidated by any threat!!
    6)No matter what is being propogated and circulated, it is people who DECIDE and they are the ultimate source of power.

    7)Those who are thinking of taking up the arms again , think twice, this is what happens when you need people’s support!!

    Common Kirtipur, use your head instead of heart, it’s really a historic opportunity you have to DECIDE once and for all, and to convey a message loud and clear: VIOLENCE WAS, IS AND WILL ALWAYS BE WRONG to fulfill one’s political aspirations!! Good Luck!!

  102. We have to wait and see for the results to come out. Now as a guess I think god will bless him since he has made Nepal to come this stage. Nothing will dare to surprise us if we choose the right direction meant the results whatever comes I very much put doubt in it since people whoever mostly cast votes they are casting by listening others voices like if you are struggling for food and rests no time to think about CA however due to push from so called local leaders one has to take part in CA election otherwise will be isolated from the society.

    Good bless Prachanda and I am sure you will get sweets in your both hands. Vote for him to see if we get any change.

  103. Thank you Saneji,I read Prachanda’s statement.Hami sabai nepaliharule aajadekhi chaitra 28ko bihaan samma sochera matdaan garou.Yugantarma aayeko sambidhan
    sabhaama sahi parti ani sacha umedwarlai bhot diun.Suchnus chaatima haat raakhera natra afno bhot afnai khutta kaatne bancharo bannasakchha,jasko chotle yugantasamma langado hununaparos.
    Sangita thapajilai pani muri dhanyabad.
    Happy new year to every one.

  104. no way, he never lose!

    if prachanda doesnt win it means nepali brothers and sisters still need to fight against the brutal autocracy and foreign interfarence.

    good luck to him.

  105. If u want to be Das ( slave of king ) for few more years, give vote to UML or nepali congress. If not give vote to MAiost. Prachanda

  106. सर्बाधिक चासोको बिषयमा बिश्लेशणात्मक जानकारी दिनुभएकोमा कृष्णजीलाई धन्यवाद। मेरो अनुमान पनि तपाईंको सँग मिल्दो छ। तर चुनावको नतिजालाई मैले प्रचन्डको हारको रुपमा भन्दा उनको नितिको जीत तर शैली र रणनितीको हारको रुपमा बुझ्ने छु। ईतिहासमा बिलाईसकेको संबिधानसभाको मुद्दालाई जबर्जस्त रुपमा राष्ट्रिय राजनीतिमा स्थापित गर्न सक्ने नेताले नेपाली जनताको विश्वाश र माया जित्न नसक्नु उनको डर, धम्की, र जबर्जस्तीयुक्त शैलिगत कमजोरीको अतिरिक्त बहुदलिय शासनपर्णालि प्रती जनताको दह्रो आस्था,तर माओवादीको कमजोर प्रतिबध्धता समेत हो। अत: आफ्ना कमजोरीलाई सुधार्न सके माओवादीको भबिस्य आशालाग्दो हुनेछ, नत्र हात्ती आयो हात्ती आयो फुस्सा।।।।।

  107. we need change and we blive on it. so dear friend vote for Prachand. in my view it will be best.

  108. It does not surprise us if Prachanda Lost the battle. The main goal of the people should be to chose the right person for CA. It does not matter Congress will win or UML or Maoist. But they have to work for people,and listen to the people. What we have seen so far is not what we want to see. YCL acting like gangstor, the credit goes to Maoist. Because they can’t control their own wing. They are shadowing the image of the Party. If Prachanda is lucky enough, he may win. But I do not support the Killer personally. I have not seen any person who can drive our country in right path. We have a lot of hope to the Maoist, recently they are losing their sympathy too. So I do not expect anything from them. They are one of the same.

  109. माओवादीक नेता प्रचन्ड स्पस्त ओक्ता हुन , खरो बोल्६न ठीक बोल्६न ,किर्तिपुर बसिले ए नेतालाई जितयर नयाँ नेपाल बनाउने महान अभियानमा हृदय देखी सहयोग गर्नुपर्छ,यो स्थानीय बासिको गौरबको कुरा हो। बासी मान्छेहरुबाट नयाँ नेपालको कल्पना गर्न सकिन्न तेसैले पनि प्रचन्डले जित्नु राष्ट्रको आवश्यकता हो ।प्रवासी नेपालीको अग्रिम शुभकामना …..

  110. This story means you at least will not vote for Maoist this time and are looking forward to see the Prachanda’s defeat. However, thank you for this analysis.

  111. ढुंगाना जी,
    को बिस्लेसन मलाई राम्रो लाग्यो। बिशेषत, प्रचन्डको जेल रे तेल ले चम्काएको कपालवाला ब्यक्तित्वले १० नम्बरे भोटरहरुलाई आकर्सित गर्दै लागेको बारे। ठीक यही कुरा लेखेको थियो The Economist ले तीन हप्ता अघी, his hair is brushed back in a style that has become popular भनेर (हेर्नु http://www.economist.com/displaystory.cfm?story_id=10881807&CFID=1281056&CFTOKEN=93492130
    तपाईंको कुरामा मदन भण्डारीले २०४८ मा किर्तिपुर क्षेत्र बाट चुनाव जितेको कुरा छुट्यो। मदन भण्डारीले दुई क्षेत्र बाट उठेर दुबइ छेत्रमा जित्नु भयो, कृष्ण प्रसाद भट्टराई लाई समेत हराएर।
    पृथ्वी नारायण को कुरा केही होइन, संगठन को मज्बुती पनि तेती ठुलो होइन। मेरो विचारमा, अहिले एमाले हुने क्रम मा रहेको माओवादीले प्रचन्ड लाई मदन भण्डारी को रुपमा प्रस्तुत गर्न, र उनैले आफुलाई त्यसरी प्रस्तुत गर्न, मदन जी ले उठेर जितेको ठाउँ रोजेका हुन सक्छन।
    शायद तेही भएर, आफ्नो प्रिय नेतालाई उठाएर जिताएको ठाउँ भनेर एमाले ले किर्तिपुर क्षेत्र माओवादीलाई दिन चाहेन। यो नितान्त भावनात्मक तर राजनीतिक कुरा नै हो।
    तर प्रचन्ड को भोट् चाँही आशा गरे भन्दा बढी नै बढीरहेको कुरा सुनिन्छ। हुन सक्छन: जित्लान। तर धेरै सम्भावना: सानु नै ठुलो हिरो हुनेछन, सिंह लाई लडाएर।
    चुनावमा त ठुलै लाई हराउनु मजा आउछ, आफु सरहको सँग त के को लडाईं?

  112. yes, this constituency is the testimony for the Maoist. But, more likely that he will lose the election.

  113. I think youth is not only after Prachanda becasue of only his personality. For years we have seen Nepali congress and UML being too corrupted and just enjoying on people’s money. What new things did they get for us? Unmployment, frustation, insecurity, price hike, load shedding… and many more. People trusted them and sent them to Shigha Darbar and now we know what they did during last 15 years. So, yuva haru lai tha ha chha who is bad and who is good. I think Krishna ji has under estimated Yuva ko bichar hai.

    rokaya

  114. Krishna Ji thanks for your presentation! Of course, Prachanda may lose the election but he and his party have already won the election politically beacuse CA poll and Republic are the agenda of only Maoists. If you return just to few years back, today’s CPN(UML)and other parties were busy to fix the price of Prachanda’s head when Prachanda was in people’s war demanding CA poll and Republic. We should not forget this strong truth of Nepalese political history.
    Congrtulation to Prachanda ! for planting the seedling of Republic in Nepal.
    Prabhat
    Hebrew University, Israel

  115. simply he has to loose for sake of new nepal. so his selfish and proudness would be vanished.

  116. नया नेपाल बनाउन नया नेतृत्वको नै खाचो छ । प्रचन्डको जीत आबस्याक छ ।फेरि पनि उही पुराना भ्रस्टचारि हरुले
    नै जितै भने नेपालको र नेपाली को नै दुर्भाग्यनै हुनेछ ।त्यासैले प्रचंडले जीत्नु आबस्याक छ ।

  117. I WOULD LIKE TO APPEAL TO DEAR VOTERS OF “KIRTIPUR” KINDLY GIVE YOUR VALUABLE VOTE TO MR.PRACHANDA OR PUSPA KAMAL DAHAL…HE MUST BE ELECTED ON COMING CA IN ANYHOW,ANY RATE AND ANY COST AS A STRONG LEADER FOR NEW NEPAL…

  118. When Prithvi Narayan Shah conquered the Kirtipur same way Prachanda is trying to be member of 10 constituency.Those people might be thinking JUn Jogi aayapani Kanai Chireko” It means every party should respect to our great king Prithvi Narayan Shaha.

  119. prachanda ji le kathmadu 10 bat harnu parchha ki sadai nepali janata mukha ma liyar hidne mahan neta lai thaya hunu jaruri chha tarsayar matra janta ko man jitna sakidai na

  120. LETS SEE WHAT HAPPEN IN ELECTION. I AM ALSO FROM KIRTIPUR BUT I WON’T BE VOTTING ANY ONE BECAUSE I AM ABROAD NOW. AS PER HISTORY AND MY EYE WITNESS, IT DOESNOT MATTER TO CIVILIAN WHOEVER COME TO THE PARLIAMENT CHAIR. ALL ARE SAME. ONLY NAME AND FACE IS DIFFERENT SO, ACTUALLY I AM NOT CURIOUS ABOUT THESE ALL. ITS GOVERNMENT POLICY AND PROCESS SO I WILL RESPECT WHOEVER COME. GOOD LUCK TO EVERY CANDIDATE.

  121. ho ho…yo pali prachanda lai jitayera hernu chha..naya Nepal ko derai kura garyo…aaba hernu chha kasari naya nepal nirmand gardo rahechha…tesaile all viewers yo pali prachanda lai chance dinu hos….

  122. really its too difficult to win the battle…….for prachanda.i think people will give good slap to maobadi in the ca election.

  123. कसले भन्यो हार्नेछन प्रचण्डहरु ?
    कसले भन्यो हार्नेछन बाबूराम र बादलहरु ?
    कसले भन्यो हार्नेछ जनयुद्ध ?
    कसले भन्यो हार्नेछन मुक्तियोद्दाहरू ?

    भोली विहानी हुनेछ अवश्य
    नया दिनको सुरुवात हुनेछ
    सोषकहरू, सामन्तहरू, भ्रष्टाचारिहरू, हत्याराहरू
    हो सबै सबैको अन्त्य हुनेछ
    दरबारहरू ढल्नेछन महाराजहरुका
    शिंहाशनहरू जल्नेछन वाद्शाहहरुका
    तेती बेला
    जल्लादहरूले हार्नेछन
    राष्ट बेच्नेहरूले हार्नेछन
    लाउडा खानेहरूले हार्नेछन
    जनता चुस्नेहरूले हार्नेछन
    तर
    ति पहाडहरूले
    ति लेक र वेशीहरूले
    ति गाऊ र बस्तीहरूले मुक्ति खोजुन्जेलसम्म
    थाक्ने छैनन योद्दाहरू
    हार्ने छैनन योद्दाहरू
    जितिरहनेछन प्रचण्डहरूले
    जितिरहनेछन बबुरामहरूले
    अनि जितिरहनेछन मुक्ति योद्धाहरूले

  124. रूपान्तरणको ऐतिहासिक अभिभारा
    प्रचण्ड
    आगामी चैत २८ गते हुन गइरहेको संविधानसभाको चुनाव नेपाली इतिहासमै सबैभन्दा ठूलो जनउत्सव हो । यो गौरवमय क्षणमा नेपाल आमाका ती सर्वोत्तम छोराछोरीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नैपर्छ, जसको साहस, बलिदान र शौर्यमा टेकेर मुलुक आज यो बिन्दुमा आइपुगेको छ ।
    हिजो संविधानसभा, गणतन्त्र र संघीय शासन माग गर्दा हामीमाथि आतंककारीको बिल्ला भिराइयो, संकटकाल लगाइयो, हाम्रा टाउकाको मूल्य तोकियो र नेपाल आमाका दसौं हजार सन्तानको हत्या गरियो । ती को थिए, जनतालाई थाहै छ । राजा वीरेन्द्रको वंशनासपछि पनि मुलुकलाई गणतन्त्र घोषणा नगरेर उल्टै हत्यारा ज्ञानेन्द्रलाई नै धनुष्टंकार दन्डवत्सहित दाम चढाइरहेकाहरूलाई पनि जनताले चिनेको छ । ती सबैलाई हामीले संविधानसभा र गणतन्त्रसम्म ल्यायौँ, अब नयाँ नेपालको महाअभियानसम्म लैजान चाहन्छौँ ।

    संविधानसभाको चुनाव नागरिकले आफ्नो विधान लेख्ने चुनाव हो । आजसम्म संघर्षमा कहिल्यै नहारेको नेपाली जनता संघर्षका उपलब्धिलाई संस्थागत गर्ने अभियानमा भने सधैँ विश्वासघातको सिकार हुँदै आएको छ । ००७ सालमा त्यही भयो, ०४६ सालमा त्यही भयो र नेपाली जनताले मतदानमा विवेक नपुर्‍याए अहिले पनि त्यही हुनसक्छ । भ्रष्ट र अवसरवादी नेतृत्वले ००७ र ०४६ सालमा झैं आन्दोलनका उपलब्धिमाथि व्यभिचार नगरोस् भनेर सतर्क र सचेत हुनुपर्ने सबैभन्दा संवेदनशील घडी यही हो । त्यसैले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्न जनसमुदायले नेकपा (माओवादी) लाई रोज्ने विश्वास मलाई छ ।

    नेपाल अहिले अग्रगमन र क्रान्तिकारी रूपान्तरणको जुन बिन्दुमा छ, यो समग्र प्रक्रियाको सूत्रधार नेकपा (माओवादी) नै हो भन्ने तथ्य स्पस्ट छ । राजधानीका भित्तामा ‘गर्व से कहु हम मधेसी छी, भगौडा नहीँ धर्तीपूत्र छी’ को घोषणा गरेर मण्डले राष्ट्रवादलाई उसकै केन्द्रमा चुनौती दिने र मधेसको आत्मसम्मान स्थापना गर्ने पहिलो पार्टी माओवादी नै हो । दलित चेतनाको दियो बाल्ने, नेपाली महिलाको शक्ति र सामथ्र्य उद्घाटित गर्ने, आदिवासी-जनजातिका लागि आत्मनिर्णयको अधिकार, स्वशासन र संघीय गणतन्त्रको मान्यता स्थापना गर्ने तथा मुस्लिमलगायत धार्मिक-साँस्कृतिक अल्पसंख्यकका हितलाई राज्यले स्वीकार गर्नैपर्ने बाध्यता पनि हाम्रो पार्टीले नै सिर्जना गरेको हो । परिवर्तनको यो इतिहासका एकएक अक्षर नेपाली जनताको रगतले लेखिएका छन् र यसलाई
    संस्थागत गर्ने दायित्व नेपाली जनताकै काँधमा आएको छ ।

    हाम्रो पार्टीले जनतासँग अरू संसद्वादी पार्टीले झैं भत्ता, सत्ता र सुविधा हासिल गर्न समर्थन मागिरहेको छैन बरु सार्थक युगान्तकारी परिवर्तनका लागि समर्थन मागिरहेको छ । मुलुकलाई परिवर्तनको यो बिन्दुसम्म ल्याइपुर्‍याउन जीवनको आहूति गर्ने हजारौं नेपाली नागरिकको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न साथ र सहयोग खोजिरहेको छ । अहिले दोबाटोमा रहेको शान्तिप्रक्रियालाई निर्णायक बिन्दुमा पुर्‍याउन र जनताका छोराछोरीले फेरि आफ्नो अधिकारका लागि बन्दुक उठाउन नपर्ने संवैधानिक प्रबन्धपत्र निर्माण गर्न जनताको समर्थन मागिरहेको छ । अरू संसद्वादी पार्टीका नेताले जस्तो जनमतको सिँढी चढेर महल, पजेरो र बैंक ब्यालेन्स जोड्न होइन, बरु हामीले उठाएको संघीय गणतन्त्रात्मक लोकतन्त्रको झन्डालाई तार्किक निष्कर्षसम्म पुर्‍याउन जनमत मागिरहेको छ ।

    संविधानसभाका माध्यमबाट साँचो लोकतन्त्र स्थापित गर्न र सहिदले सपना देखेजस्तो सभ्य, सुसंस्कृत, सुसम्पन्न र समतापूर्ण नयाँ नेपाल निर्माण गर्न माओवादीलाई नेपाली जनताको मत र साथ चाहिएको छ । स्वाधीन र जनमुखी अर्थतन्त्र, क्रान्तिकारी भूमिसुधार, नागरिकका मौलिक हकको पूर्ण प्रत्याभूतिका लागि मात्र होइन, परराष्ट्र नीतिलाई पुनर्परिभाषित गर्दै राष्ट्रिय सम्प्रभुताको जगेर्ना र आत्मनिर्भर विकासका लागि पनि माओवादीको विकल्प छैन भन्ने तथ्य स्पस्ट भइसकेको छ ।

    पहिले र अहिले पनि सेना र प्रहरीमा रहेका दाजुभाइ तथा कर्मचारीलाई माओवादीविरुद्ध भड्काउने प्रयास भइरहेको छ । तर, हाम्रो जनयुद्ध उहाँहरूकै मुक्तिका लागि पनि थियो र त्यो उहाँहरूका परिवारको पनि मुक्तियुद्ध थियो भन्ने तथ्य कर्मचारी, सेना र प्रहरी दाजुभाइलाई राम्ररी थाहा छ । हामी उहाँहरूविरुद्ध होइन, भ्रष्ट, एकात्मक, केन्द्रीकृत र सामन्ती राज्यसत्ताविरुद्ध लड्यौँ जसले उहाँहरूकै पनि खुन, पसिना र आत्मसम्मान खोसेको थियो । उहाँहरू आफैँ श्रमजीवी हुनुहुन्छ, त्यसैले परिवर्तनको यो घडीमा उहाँहरू हामीसँगै लामबद्ध भएर उभिनुहुन्छ भन्ने विश्वास मलाई छ । मलाई विश्वास छ, परिवर्तन र शान्तिको सबैभन्दा व्यग्र प्रतीक्षा उहाँहरूलाई नै छ ।

    संविधानसभाको यो ऐतिहासिक चुनाव शोषक र शोषितका बीचमा भइरहेको छ । हामी नबिसौं, अहिले मतपेटिकामा वर्गसंघर्ष भइरहेको छ र हामी उत्पीडित, उपेक्षित, पददलित र अपहेलित जनताले आफ्नो वर्चस्व स्थापित गर्नुछ । राजतन्त्र र एकात्मक राज्यव्यवस्थालाई हजारौं नेपाली नागरिकको रगतले बगाइदिएको छ र अब यहाँ सुन्दर, समावेशी र आमनागरिकको आत्मसम्मानको पूर्ण प्रत्याभूतिसहितको लोकतन्त्र स्थापित गर्नुछ । हामीले नागरिकको सर्वोच्चतालाई स्थापित गर्नुछ । हिजो हामी साँचो लोकतन्त्र, संविधानसभा, गणतन्त्र र संघीय शासनका लागि लड्दा हाम्रो उपहास गर्ने र हाम्रा टाउकाको मूल्य तोक्नेहरूले यो परिवर्तनलाई संस्थागत गर्न सक्दैनन् । उनीहरू जनताको संघर्षसँग पराजित भएर र घिसारिएर गणतन्त्र र संविधानसभासम्म त आइपुगेका छन् । तर, आफ्नो अतीतप्रति उनीहरूले अझै कुनै क्षमायाचना गरेका छैनन् । म उनीहरूलाई जनतासामु क्षमायाचना गर्न र अब इमानदारीपूर्वक लोकतन्त्रलाई संस्थागत गर्ने महाअभियानमा हामीलाई साथ दिन अपिल गर्दछु ।

    नयाँ नेपालको नारा हामीले केवल भावावेगमा दिइरहेका छैनौँ । यसका लागि नेकपा (माओवादी)ले आत्मबलिदानको कीर्तिमान नै कायम गरिसकेको छ । नयाँ नेपाल निर्माण गर्न यो देशमा केवल हामी मात्र त्यस्ता शक्ति हौँ, जोसँग आवेग छ, उत्साह छ, नारा छ, विचार छ, नीति छ र नेतृत्व छ ।

    नयाँ नेपालको सपना हामीले आफ्नो रगतमा उमारेका हौँ, अब यसलाई पसिनाले भिजाउन र साकार पार्न हामीलाई आमनागरिकको साथ चाहिएको छ । मलाई विश्वास छ, जनताले परिवर्तनका पक्षमा, राष्ट्रको रूपान्तरणका पक्षमा, नयाँ विचार, नयाँ नीति, नयाँ नेतृत्व र नयाँ नेपालका पक्षमा मतदान गर्नेछन् र सबै जुटेर नयाँ नेपाल बनाउने महाअभियानमा लामबद्ध हुनेछन् ।
    Source: NayaPatrika

  125. असाध्यै तातो पो रहेछ त्यहा चुना बि माहोल !

Comments are closed.