एक जनाबाहेक सबै भन्छन्: नजाउ सरकारमा

काँग्रेसको केन्द्रीय कमिटीको बैठकमा बोल्ने ३९ जना मध्ये एक जना बाहेक सबै ३८ जनाले माअ‍ोवादी नेतृत्वको सरकारमा जान नहुने बताएछन्। सरकारमा जानुपर्छ भन्ने त्यो एक जना को रहेछन्, त्यो त थाहा भएन। तर के तपाईँलाई लाग्छ सभापति गिरिजाको बोली नै अन्तिम ब्रह्मवाक्य हुने काँग्रेसमा यी ३८ जनाको कुराले केही अर्थ राख्छ ? तपाईँलाई के लाग्छ आगामी सरकारमा काँग्रेस जाला कि नजाला ?

72 Comments

  1. There is not most necessry to look after either Nepali congres will take part in upcoming a new nepalese federal government or not. But the recent needed principle things that for Nepal is to make the consitution. However, I would like to say about the new formation of new Nepalese Government that could be better if NCM, UML, NC & JMM would be participate. Because those four parties have been involved for to created as a new Nepal providing their valuable struggle.
    I would like however, such suggest to political leaders of those parties please, take seriously to make a new government, Its becaming too much late. International socities are looking you very negatively regarding this childrens= play that intending only power sharing issues, not for the sake of people,s intrested mater & National isues why this is remaining untill this long ?…there is not an exact answer with out only selfish an individual power that leaders intended to recieved for their future relax personally like previously leaders has taken this currupted oppertunities to the name of inocents nepalese in several times is prove by self nepalese pol. history that every knows.
    So,You are very inteligents, matuared & dedicated politicians in Nepal are not to seeing as in this dirty an atmosphere. Nepalese have today big hope with you.. I urge pls. Make motherland peace,secure, & extend people to their rights to live them in their land as acording to the rules of human rights & civilrights as you pormissed as per civilrights principle while you were in election camping..
    Thanks. Ananda Lamichhane (Bhaktapur ) Now, Norway.

  2. There won’t be any development amongst the parties in Nepal untill Nepali Congress stay in power. Thereofre they should understand and let the other party run for atleast couple of year for the of God shanke. Nepali people are fad up with Nepali Congress mongkey business in the country. They do nothing apart from bias to their won family in order to coruption thats all nothing expectation from them and they put the country on sale.

  3. I think Congressites can not stay out of power. If they are outside, they will just go mad: they will not be able to amass wealth thru corruption which is their inbonrn habit. What they say now is just for bargaining for key post in the ministry.

  4. mr ayesh बटमलाइन त बटम को तल खोजे भेटियला नभेटे माओबादिले देखाइदिन्छन

  5. कांग्रेस र सरकार भनेको पानि र माछो हो कांग्रेसिहरु सरकार बिना बाच्न नै सक्दैनन् यिनि हरुले महत्वपुर्ण मन्त्रालय मागे भने यिनिहरुलाइ त माओबादिले खोलेर देखाइदिनु पर्छ।

  6. ओ बिनोद जि काँग्रेसले अहिलेसम्म हालिमुहालि चलायर देस ध्वस्त पार्न हुनि माओबादि ले बनाउछौ भनेर पनि जान नपाइने?

  7. यो ‘गिरिजाले माओवादीलाई बुइ चढाए’ भन्ने मदनजीको कुरा सुनेर हाँस उठ्यो भन्या, कता कता ‌……ला‌ई भन्दा देख्नेलाई लाज भनेझैं, भन्नेलाई भन्दा सुन्नेलाई लाज भनेझैं लाग्यो । यो कुरा उहाँबाट मात्रै आएको हैन, अरू महाकांग्रेसीहरूबाट पनि सुनिएकै हो ।

    यस्तै कुरा गर्ने हो भने मेरो प्रश्न के राजाले पनि सबै जनता अनि राजनीतिक दललाई बुइ चढाएका थिए, जसका लागि उनले आजको दिन भोगिरहनुपरेको छ ? बरु कांग्रेसका केही राजावादीहरूले चाहिँ उनलाई पक्कै बुइ चढाएका थिए, जसका लागि जनताले राम्रै ‘उपहार’ दिएका छन् ।

  8. काग कराउँदै गर्छ पिना सुक्दै गर्छ – ‘महानायक’ गिरिजाको प्रिय वचन । उनले यसै कुर्सी छाड्लान् भन्ठानेका होलान् ! खै कुरो बुझेको ? जनमतको कदर उनलाई न कहिल्यै थियो, न छ, न मृत्युपर्यन्त रहनेनैछ । कोइराला राजनीतिको समाप्तिको चिन्ता उनको अनुहारमा प्रष्ट देखिन्छ अनि व्यहार त्यसको साक्षी हो । जो जति कुर्ले पनि लछारपाटो केही लछारपाटो लाउनेवाला छैन । र ती ३८ जना पनि के थाहा देखाउनका लागि मात्र सरकारमा सामेल नहुने कुरा गर्या हो कि अलि ठूलै कुर्सी हात पार्न माओवादीलाई तर्साउन खोज्या हो बुझ्न सकिएन । यदि साँच्चिकै लाज लागेकै हो भने सरकारमा नजानु राम्रो हो, तर बाहिर बसेर अनावश्यक कुर्लन पाउँला र पहिलाझैं खुट्टा तानुँला भनेर नसोचे हुन्छ । जनताले एउटा गालामा मात्र थप्पड हानेको छ, अर्को गालामा हान्यो भने होस् हराउला । कृपया नाटकबाजी नगरौं है !

  9. Congress sarkar ma janu parchha. gayena bhane pani ramro support garnu parchha jasto lagchha. badar ko jasto afu pani kehi nagarne arulai pani garna nadine byabahar garnu hunna yaspali ta.

  10. Its not the question of Will or Won’t? As regards to the words they gave to people before Election, they’ve said that they all will work in mutual coordination. Now what the heck they’re showing this silly act…??
    Work for Nation, not for your Party.
    Nepali Congress is proving that NC alike UML is the selfish party who thinks about their own party and give damn about the nepali people. Shame on Nepali Congress! Shame on United Marxists-Lenninists..

  11. it’s very hard not to agree with the posting of satelite above. very to the point.

    postings of anujbabu always carry around a ‘disease’ – and it’s called ‘superior complexity’. isn’t it about time we wash it off, anujbabu?? but some of the points u raise sometimes (thou always a biased and negative), i respect (thou it occurs once in a blue moon).

  12. युबा जी
    सबै जनाले वाई स्याल भंथे तपाई पनी काम ब्याभार चै त्यस्तई देखाउनु हुदो रहेछ | हुनत प्रदीप नेपाल मलाई ब्याक्तिगत रुपले उनको चारित्रिक रूप मन पर्ने ब्यक्ति होइन | तर राम्र कुरा कोरीको पनी सुन्नू पर्छ भन्ने कुरा खै तपाई ले बुझेको की बुझेर पनी बुझ पचायेको | किनकी प्रदीप नेपाल को त्यों लेखमा त मंडले म हुने गुण त देखिदैन त | की तपाई लाई मन नपर्ने जति सबै मंडले हो ? तै पनी उनी हारेर सुधरियेछ्न क्यारे , येथार्थ नै लेखेछन | तर त्यसलाई रुवाई भन्नु चै तपाई नै रुनु हो है |
    प्रकाश

  13. मित्रहरू !
    नेपाली कंग्रेसमा सरकारमा जानु पर्छ भनेर भन्ने नेता बल बहादुर राइ नै हुन | येस्मा दुबिधा हनु पर्दैन तर मेरो बिचारमा को जाने को नजाने भन्दा पनी सबै जना अर्थात सबै पार्टी ब्यक्तिहरु जानू नै पर्छ | कसले कसरी चलाउछ भन्ने कुरा त बेगालाई कुरा हो तर चलाउनलाई उपिन्द्रेलाई दिए पनी उसले चलाउछ | त्यता तीर हामी नजादै ठीक होला किनकी हाम्रो मुख्य कुरो त सम्बिधन बनाउने हो | त्यसका लागी ठुलो सहकारिता, सहभागिता, समर्थन चाहिन्छ | त्यसैले दीर्घकालीन र सर्बमान्य सम्बिधन बनाउन सबै एक ठाऊ हुनै पर्छ | त्यसैले सरकार मा जानेले पनी जानै पर्छ र सरकार बनाउनेले पनी ल्याउनै पर्छ | घमण्ड कसैले पनी पाल्नु हुन्दैन | किनकी यो सम्बिधन जनता को रगत पसीनाबाट जनता ले जनाताका लागी नै बनाउन लागेका हुन | येस्मा कसैका दंभ का कारणले खेलबाड़ नहोस | – प्रकाश

  14. मदन जी,
    यहा नीर कुरो मिल्यो,
    भगवानले नब-रास्ट्रीय नेता उर्फ प्रचंडलाई सही बाटोमा हिडन प्रेरणा प्रदान गरुन …!
    जदौ ..!

  15. स्याट्लाइट जि !
    तपाईंको गजब को कमेन्ट प्रती सम्रर्थन भयो मेरो पनि ।
    (गोले दाई धन्यवाद दिपक जि को कबिता राखिदिनु भयको मा । कत्ती राम्रो सन्देश है त्यो कबिता मा ? हुनु पर्ने त त्यस्तो थियो नि । हामी पनि दिपक जि सँगइ कामना गरौ । )

  16. हेल्लो परदेशमा बस्ने मित्रहरू यता नेपालमा त मंडले हरुको रुवाबासी चलेको छ|आज प्रदीप नेपालको रुवाई नया पत्रिकाले छापेको रहेछ हेरौ है |

    कसरी गरौँ संविधानसभाको सम्मान
    मुक्त आकाशः प्रदीप नेपाल

    संविधानसभाको निर्वाचन सकिँदै गयो । मत परिणाम पनि प्राप्त हुँदै गयो । एकजना माननीयज्यूको नाम निर्वाचन आयोगले घोषणा गर्‍यो- बबन सिंह । काठमाडौंमा बम पड्काएर निर्दोष विद्यार्थीको हत्याको अपराधमा प्रहरीद्वारा खोजी गरिएका बबन सिंह रातारात ज्यानमारा अपराधीबाट माननीय सदस्यमा बहाल हुन पुग्नुभयो ।
    त्यो बम-हत्याकाण्ड फगत आरोप थिएन, स्वयं बबन सिंहले आफ्नो आपराधिक चरित्रको खुलासा दिनुभएको थियो । त्यसैले निर्वाचन परिणामको पूर्वसन्ध्यासम्म भारततिर लुकेर बसेका बबन सिंह एक्कासि भैरव अवतार लिएर देखापर्नुभयो । बम पड्काएर मान्छे मार्ने बबन सिंह साँच्चै माननीय सदस्य हुनुभयो भने नेपालको संविधान आतंककारी क्रियाकलापमा संलग्नहरूले बनाएका हुन् भनेर इतिहासमा लेखिने भयो । बबन सिंहका निधारमा खाली काठमाडौंका निर्दोषहरूको हत्याको टीको मात्रै लागेको छैन, त्यो टीकोलाई लपक्कै पोत्नेगरी गौरमा मारिएका २७ जना माओवादी कार्यकर्ताको रगत पनि मिसिएको छ । नरसंहार र बमकाण्डका यस्ता खलनायकलाई माननीय भनेर सलाम गर्न कसरी हाम्रा हात उठ्लान ! हाम्रो स्वाभिमानले तिनलाई सलाम गर्न दिँदैन ।

    ‘कुनै पनि मानिस स्वतन्त्रताको विरोधी हुँदैन । हदै भए ऊ, अरूका स्वतन्त्रताको विरोधी हुन्छ । त्यसकारण, स्वतन्त्रता सधैँ अस्तित्वमा थियो, एक समयमा केहीको विशेष सुविधाको रूपमा, अर्को समयमा विश्वव्यापी अधिकारको रूपमा । हामी ती कम्युनिस्टभन्दा भिन्न छौँ, जो व्यक्तिगत स्वतन्त्रतालाई नष्ट गर्न लागिपरेका छन्, जो संसारलाई एउटा ठूलो ब्यारेक या भीमकाय गोदाम बनाउन चाहन्छन् ।’
    अर्का माननीय भेटिनुभयो रुपन्देहीमा श्रीमान् ओमप्रकाश यादव ‘गुल्जारी’ । दुईजना नेपाली नागरिकको हत्या गरेर, भारतको गोरखपुरतिर लुकी बसेका अपराधी गुल्जारीलाई पनि अब हामीले संघीय गणतान्त्रिक नेपालको संविधानसभाका माननीय भनेर सम्मान गर्नुपर्ने रहेछ । बाँचिवर्ती रहँदा कस्ता-कस्ता घीनलाग्दा दृश्य देख्नुपर्दोरहेछ ! छ्या !
    तेस्रा माननीयको नाम पढियो- श्रीमान् खोभारी राय । उहिले प्रतिनिधिसभामा ‘स्लिपिङसुट’ र रक्सीको गन्ध बोकेर आउने गरेका, चारित्रिक रूपमा त्यतिबेलै घीनलाग्दै दुर्नाम कमाएका ती माननीयले प्रतिनिधिसभाकै अपमान गरे भनेर हामी तिनलाई तिरस्कार गथ्यौं । यो कुकर्मले मैदान मारेको निर्वाचनले तिनै तिरस्कारयोग्य रायलाई माननीय बनाइदियो र उनलाई तिरस्कार गर्ने हामीजस्तालाई अमाननीयमा थन्क्याइदियो । तिनको जित र आफ्नो हारका बारेमा लेखिएको वाक्य होइन यो, यो हो संविधानसभामा कस्ता चरित्र भेला भए भन्ने तथ्यको जानकारी ! कामना गरौँ जाँडमा डुङडुङती गन्हाउने मानिसलाई विशेष सम्मान दिनेगरी नयाँ संविधान नलेखियोस् ।

    संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान लेख्ने महासभाका अर्का विचित्रका माननीय सदस्य देखापरे, ती हुन् तत्कालीन श्री ५ बडामहाराजाधिराज ज्ञानेन्द्रवीरविक्रम शाहदेव सरकारको कृपाबाट टीकेमन्त्री बनाइएका श्रीमान् गोविन्द चौधरी । मुलुकको इतिहासमै कुख्यात शाही शासनका मन्त्रीले लोकतान्त्रिक गणतन्त्रको संविधान लेख्ने काममा कस्तो सार्थक भूमिका निर्वाह गर्दा हुन् ! कत्ति घीनलाग्दो देखिनथाल्यो संविधानसभाको तस्बिर !
    एउटा राजनेताका हैसियतले, एउटा पार्टीको नेताको हैसियतले यो संविधानसभालाई म सम्मान गर्न बाध्य छु । तर, म प्रदीप नेपाल, जो सधैँ मुक्त आकासको खोजीमा भौँतारिइरहन्छ, आत्मैदेखि घोषणा गर्न चाहन्छु- म यो संविधानसभालाई सम्मान गर्न सक्दिनँ । हिंसालाई जीवनको एक मात्र लक्ष्य ठान्नेहरूलाई प्रदीप नेपाल मान दिन सक्दैन ।
    दण्डहीनता ! यो खुबै चलेको शब्द हो नेपालमा । तर, सायद त्यसको पनि राजनीतिक प्रतिशोधसँग सम्बन्ध थियो होला । विधिको शासनलाई सम्मान गर्ने हो भने शान्तिपूर्ण राजनीतिमा समावेश भएपछि माओवादी पार्टीका वाइसिएलले गरेका मारकाटका अपराधपूर्ण गतिविधि दण्डनीय हुनुपर्ने होइन र ? वर्तमान होइन, विगतकै कुरा गर्दा पनि एकातिर नेपाली सेनालाई भैरवदल गुल्मले दण्डहीनताको कालो छाप लगाएको थियो भने यदु गौतम, चक्रबहादुर डगौरा, मुक्तिनाथ अधिकारी, मणि अधिकारी जस्ता नेपाली नागरिकलाई बिनाकारण मार्नेहरूको निधारमा पनि दण्डहीनताकै कालो टीको लाइदिएको छ । आफ्नो घरभित्र सबैका आ-आफ्ना सहिद होलान् । तर, सहरी र जंगली दुवै सत्ताबाट मारिएका दस हजार बढी नेपाली इतिहासको विस्मृतिमा हराउने खतरामा रहेका छन् ।

    त्यस्ता निर्दोष नागरिकलाई मार्नेहरू, चाहे सरकारी हुन् चाहे गैरसरकारी सबैले आफूले गरेको हत्याकर्मको फल नपाउने हो भने दण्डहीनता, सत्यनिरूपण आयोगजस्ता शब्दको कुनै अर्थ रहने छैन । राजनीतिको जोड घटाउमा जित्नेका अपराध छोपिने, पराजितले मात्रै दण्ड खेप्ने कुरा फोहोरी, छली, जाली राजनीतिमा सही होला । तर, एउटा इमानदार नागरिकको मनमा दण्ड र दण्डहीनताको एउटा मात्रै परिभाषा हुन्छ । त्यो हो, गल्ती गर्नेले सजाय पाउनुपर्छ ।

    माओवादीले गरेका मारकाट सबै छोपिए । ज्यान नमार्ने पनि त थिए होलान्, माओवादी पार्टीमा । तर, धेरै गाउँलेले हत्यारा भनेर चिने/जानेका र निर्वाचनको घडीमा पनि ‘कि अहिले दुई देऊ, कि पछि दुई देऊ’ भनेर जीवनकै धम्की दिनेहरू ‘निर्वाचित’ भएर आएको देखियो । कि अहिले दुई देऊ भनेको हाम्रो चुनाव चिह्नमा दुई छाप लाऊ कि पछि दुई bmेउ भनेको ‘हामी फेरि युद्धमा जान्छौँ, त्यतिबेला तिम्रा दुईवटा छोराछोरी हामीलाई देऊ’ भन्ने नै थियो । नेपालको ग्रामीण क्षेत्रमा कुनचाहिँ बाबुआमाले मतपेटिकामा खसालिने कागजसँग आफ्ना हलक्क बढेका छोराछोरी साट्नसक्छ ? त्यति मात्र होइन, माओवादीले ‘आफ्नो चुनाव चिह्नमा मत नखसालेमा पहिलेका माओवादीविरोधीलाई जसरी नै सफाया गरिदिने, विस्थापित गरिदिने’ धम्की पनि दिएकै पाइयो । नाथे कागजमा लाउने छापसँग कसले आफ्नो मृत्युको सम्झौता गर्नसक्छ ? नेपालको कुन नागरिक आफू बसेको थातथलो छाडेर राजमार्गको आडमा प्लास्टिकको छानोमुनि रात गुजार्न चाहन्छ ?

    स्वतन्त्रताको एउटा पुजारी, जीवनलाई स्वतन्त्रताको अर्थमा बुझ्ने यो प्रदीप नेपाल राजनीतिका नाममा गरिएका हत्या र हिंसालाई पनि फौजदारी अपराध नै मान्छ । यो प्रदीप नेपाल महान् मनिषी कार्लमाक्र्सको यी दुई भनाइमा कुनैखालको ग्रहण लागेको पनि देख्न चाहँदैन, ‘कुनै पनि मानिस स्वतन्त्रताको विरोधी हुँदैन । हदै भए ऊ अरूका स्वतन्त्रताको विरोधी हुन्छ ।
    त्यसकारण, स्वतन्त्रता सधैँ अस्तित्वमा थियो, एक समयमा केहीको विशेष सुविधाको रूपमा, अर्को समयमा विश्वव्यापी अधिकारको रूपमा ।’ (प्रेस स्वतन्त्रताका बारेमा) र ‘हामी ती कम्युनिस्टभन्दा भिन्न छौँ, जो व्यक्तिगत स्वतन्त्रतालाई नष्ट गर्न लागिपरेका छन्, जो संसारलाई एउटा ठूलो ब्यारेक या भीमकाय गोदाम बनाउन चाहन्छन् ।’
    (समाजवादका आत्मा) ।

    माननीय संविधानसभासद्हरू, नेपाली नागरिकको सम्मान पाउने हो भने हत्या, हिंसा, मारकाट, अपहरण, लुटपाट, डकैती, अनाचारको राजनीतिलाई, त्यसका बाहकलाई तिरस्कार गर्नुहोस् । नत्र एउटा सडेको आलुले बोराभित्रका सबै आलुलाई सडाउँछ भन्ने आहान यो संविधानसभाको परिणाम बन्नेछ । सडेको आलुलाई नमिल्काउने चरित्रलाई नागरिकले मान्नैपर्छ भन्ने कुनै संविधान संसारमा कतै बनेको छैन । व्यक्तिको नैतिक चरित्र नै विजयको चिह्न हो । जनतालाई धम्क्याएर, तर्साएर, कुटेर, काटेर तानिएको मतलाई कुनै पनि स्वतन्त्र व्यक्तिले सम्मान गर्नुपर्छ भन्ने विधि यो संसारमा छैन । चरित्रहीन व्यक्ति चाहे सांसद हुन्, चाहे मन्त्री या प्रधानमन्त्री, तिरस्कार नै तिनका लागि कालो फूलको माला हुनुपर्छ ।

  17. I think maoist and their blind supporters gonna be crazy,let them go,peoples are watching carefully.

  18. स्याटेलाईटदेखि युबासम्मका वाइस्याल बन्धुको कुरा सुनेपछि लाग्यो , उनीहरू कसरी सम्झौताको राजनितिमा रहने अनिवार्य सहकार्य भन्ने कुरा नबुझेर नदारद छन् । उनीहरूलाई लागेको छ , अहिले माओवादीले सत्ता क्रान्तिको बलमा जितिसक्यो र उसले अब कम्बोडियाको खमेर रूजको शैलिमा स्वतन्त्र बढ्न सक्छ । यस्तो लाग्छ , उनीरूको विचारमा माओवादीले अनेक ज्यादति र वाइस्याल आतंकको छायाँमा ल्याएको ३०% जति जनमत नै सबै कुरा हो र उनीहरूले सम्पूर्ण नेपाल जितिसके । यस्तो सोचले माओवादीलाई अहिलेसम्म हात र औँला समातेर हिँड्न सिकाउने कांग्रेस र एमाले अब नचाहिएको हो र माओवादी यही दम्भको बाटोमा लोकतन्त्रको मुखुण्डो उतारेर एकाधिकारवादी शैलिमा हिँड्न चाहन्छ भन्ने प्रष्ट पार्छ । तर उसको यो इच्छा पूरा गर्न ऊ भारतसंग कति हदसम्म लम्पसार परेर शरण पर्छ भन्ने कुराले मात्र तय गर्नेछ ।

    तर कुरा यस्तो हैन । अहिलेसम्म नेपालमा जे जति राजनैतिक घटनाक्रम विकसित भए, तिनीहरू एउटा वृहद शान्ति प्रकृया अनुरूप भएका हुन । अहिलेको मुख्य कार्य संविधान निर्माण गर्न सहकार्य गर्नु हो र जुन काक्तालीले ठूलो दल हुनपुगेको भए पनि , अब माओवादीले अलिक जिम्मेवारपूर्ण भूमिकाका साथ काम गरेर मिलिजिलीको प्रपञ्च जुटाउने पर्ने हुन सक्थ्यो । तर उसलाई अचानक आँफू ठूलो हुन पुगेको ज्ञानको आभाष भए जस्तो पाइएको छैन । ऊ जंगली साँढे कै शैलिमा आफ्ना बन्धन बिनाका आवार भिजिलान्तेहरलाई फुक्काफाल मुलुकभरि नचाएर भीडन्त निम्ताउन र चुनाबी आतंकको पोष्टमार्टम पर्व मनाउन कस्सिएको छ । माओवादीका नेतादेखि तल्लो स्तरका लठैतहरूलाई यो हेक्का पनि छैन कि न त उनीहरूले बहुमत नै प्राप्त गरेका छन् न त अहिलेको संवैधानिक व्यवस्थाले अहिले गिरिजालाई सत्ता छाड्न नै वाध्य पारेको छ । यस्तोमा फेरि दलहरूको बीच सहकार्य र सहमतिबाट मात्र , सरकारको नेतृत्व परिवर्तन हुन सम्भव छ भन्ने कुरा समेत नबुझेर माओवादीका नेतादेखि कर्यकर्ता बर्बराउनु एउटा बुझि नसक्नु पहेली भएको छ ।

    अनि त्यो जीवीत लोकतन्त्रमा ऐंजेरू रूपको वाइस्यालाई मण्डले तन्त्रको अवशेषको रूपमा छाडेर लोकतान्त्रिक संस्कारको खिल्ली उडाउनु तथा दलहरूको सम्बन्ध बिच दरार ल्याउनु भन्दा , यसलाई सदाको लागि बाग्मतिमा बिसर्जन गर्दिए राम्रो हुन्छ । किनभने माओवादीलाई चुनाब जिताएर यसले आफ्नो काम फत्ते गरेको छ, अब यस्तो वीर मशान मुलुकमा चाहिन्न ।

  19. हर्के जी
    म सदैब कांग्रेस कई समर्थक हूँ ,म लाइ कहिले पानी कुनै पार्टी संग फैदा लिनु पानी छैन तर हाल लाइ जनताले मओबादीलाई म्यांदेत दिएको हुनाले उसैले सरकार चलाउन पाउनु पर्छ भन्ने मेरो मान्यता हो ,नेपाल को माथिल्लो स्तर को नेताहरू को आचरण हेर्नु भो भने तपैलाई सायद म यो पार्टी को भन्न पानी लाज लाग्छ ?
    तैपनी इतिहास को काल खंड ले नेपाल माँ प्रचंड हाल लाइ (भोली पद्म रत्न,रूप चन्द्र,मदन,को बातो गए भन्न सकिन्न )एक मात्र सक्ष्यम नेता बनैदिएको छ ?अब प्रचंड रास्ट्रीय नेता हुन?
    जसरी गिरिजा ले कांग्रेस न भनी शान्ति ल्याउनु माओबादी लाइ बुई चडाये,तेस्तई प्रचंड ले पानी बाध्य भएर कतिपय त्याग गर्ने पर्छ ???

  20. यि भरस्टचारी नेताहरुलाई जनताले तिरस्कार गरिसके अझैपनी सरकारमा जानेकि नजाने भनेर गीत गाइरहनुको कुनै अर्थ छैन। मेरो विचारमा सरकार माओबादिले एक्लै चलाऊनु पर्छ जहासम्म संबिधानबनाउने कुर छ अनी तेस्को हरेक बुदाहरु पारीत गर्नलाई दुइतिहाइ चहिने प्र्बधान छ तेसैको लागि ९७% नेपाली जनताले मत गणतन्त्रको पक्स्यमा दिसकेको छ अब सानोतिनो कुराहरुमा बार हालेर निहुखोजेर पारीत नगर्नेहोभने त्यस्तो पाटि या नेताहरुलाई जनताले फेरी कहिले मौका दिनेछैन।

  21. tyo Januparcha bhane Bal Bahadur Rai hun, Samsad ma sutne ra 20 patak karyabahak Prime Minister bhayaka.

  22. Hey No Mercy??? who are you? don’t try to be smart ok. Kasle kati padheko chha bhanne kura your words le batai raheko chha ni. Nepali hunu ko parichaya bhulera “No Mercy” re. kasle sikayo? Think positive and act positive (EXCEPT HIV), so the world in your eyes appears positive.
    Khagen

  23. हो मदन जी हो, प्रचंड लाई केही नहोस,
    शारीरिक मत्त्रै होइन मानसिक रूपमा पनी केही नहोस !
    प्रतिबन्धित कांग्रेस नैतिकबान थिए, २०४६ मा कांग्रेस ठुलो दल बन्यो तेस्पछि खत्तम…….!
    भूमिगत एमाले अच्छा थियो र प्रतिपक्षको रूपमा पनी, तर २०५१ साल को चुनाब पछि सरकार त के पार्टी नै नियंत्रणमा राख्ना सकेन !
    अब, माओबादी नया ठुलो दल बन्यो, इतिहास दोहोरिने हो भने के होला ? तेसो त हिजोका मंडले, कांग्रेस र एमाले का चैतेहरु को बाढ़ी पनी अहिले माओबादी तिरै सोझिएको छ…! तेसैले प्रचंडलाई केही नहोस, चैते बाढ़ी नियंत्रण गरेर नहर र कुलो हुदै धनाबारी पुर्यौने हिम्मत आओस !!!
    नत्र त्यों “खोलाको बाढ़ीले हतियार मत्त्रै होइन, अब हतियार बोक्नेलाई” पनी बगौछा !!!

  24. कांग्रेस सरकारमा जानू पर्छ भन्ने साथीहरुले कांग्रेस ले २-४ वटा मंत्रालय लिएर नेपाल र नेपालीलाई के दिन सक्छ भन्ने सोच्नु भएको हो कुन्नी ?
    यो चुनाब सम्बिधान बनौना को लगी भयेपनी, माओबादीले सरकार बनौनाको लागी भोट मागेको थियो र ठुलो पार्टी पनी बन्यो ! फेरी नेपालीले कांग्रेसको सरकार धेरै पटक देखे ! तेसैले एक पटक माओबादिको बैधानिक सरकारको स्वाद पनी चाखने हो की (जन-सरकारको र कंगारू कोर्टको स्वाद त कतिले चाखी सक्नु भयो होला)?
    सहमतिको राजनीतिको लागी दलका केही नेताहरुलाई भत्ता नै चाहिने हो भने, बिना मंत्रालय भत्ता दिए हुन्छ, सरकारको नेतृत्व गर्ने पार्टीको जाने होइना क्यारे !

  25. कांग्रेस ले सरकार बहिरा जम्मा १०० दिन मात्र बस्न
    सक्छ अनि त्यस पछि सरकार ढालने कम सुरु हुन्छ . माओबदिले यो गर्यो त्यों गरेन के के भन्दै अरु पार्टी लाई समेट्दै त्याही क्या उही शेरे ले दिन खुट्टे चार खुट्टे के के सरकार चलाएको थियो नि उही हुन्छ .

  26. No Mercy लाइ युबाको प्रश्न

    मैले मेरो राष्ट्र लाइ मुटुमा राखेर मन खुसी जिन्दावाद भन्न किन नपाउने ?
    मेरो देशका कुलङ्गारहरुको बिरुद्धमा मुठ्ठी उचालेर मुर्दावादभन्न किन नपाउने?
    :-कृष्ण सेन ‘इच्छुक’

  27. त्यहि हो, सबै कुकुरहरुको दिन आउँछ|

    कसैको चाँडो आउला, कसैको ढिलो आउला| कसैको पालो सकियो होला, कसैको पालो मुखमा झुण्डिरहेको छ होला|

    तर यथार्थमा हेर्ने हो भने जस्ले जस्तो काम गर्छ त्यस्तै फल पाउँछ|

    शाह बंशले नेपालमा त्यत्रो राज गरे तर आहिले ज्ञानेको त्यो हविगत छ| जनताले अब राजतन्त्रको जरा समेत उखेलेर फाल्न लागि परेका छन र फालिन्छ पनि|

    तर त्यो भन्दैमा माओबादी पनि उछितो छैन| १३००० को हत्या, १२ बर्षको बिनास, आतङ्क, अपहरण त्यति सजिलै जनताले बिर्सने छैनन्| प्रचण्डे, भट्टेराई जस्तालाई भोली कानुनको कठघरामा उभ्याउनु पर्ने हुन्छ|

    अब हेर्दै जाउँ कस-कसको पतन हुन्छ| यो त सुरुवात मात्र हो|

  28. अई युवा,

    के हो तँ त उम्रिदै प्रचण्डेको हनुमान? ल ल मोज गर|

    बाउले कति दुख गरेर S.L.C सम्म पढाएको होला, छोरो भने नेताको पुच्छर |

    जाबो S.L.C. गर्दा तेरो येत्रो फुर्ति छ भने तैले Bachelor/Masters गरिस भने के गर्लास्?

    त्यहि हो आँडो देशमा गाँडो तन्नेरी|

    जा.. दुध खान सेलायो होला|

  29. मदनलाई गोले दाईको तर्फबाट जवाफ यो छ कि – दुबै उस्तै विचारका हुन क्यार । चिनाजाना भएका हुन सक्छन । एकै हुनु र फरक हुनुले फरक नपार्ला कि ? म चाहीँ गोले दाई हुँ माई संसारमा कमेण्ट लेख्ने ।

  30. hi satelite ji

    aafu ta teti milayera lekhna jaandina tara ma tapain sanga 100% samartha chu…..inka natak herera basne fursat chhaina maobadi lai, forum sanga milera sarkar banaunu cha ani yinai bhrasta harule barsaun chuseko desh lai saparnu pani cha nee….

  31. tyo ek jana bhaneko tehi marnebela ma pani lobh gari basne, sabai kanda le muchiyeko tara chokho bhai baseko tehi bahun Girija nai hunu parchha.
    Kati din samma tyo bahun ko mukh herna parne ho ajhai????????

  32. Satelite,
    Wonderful analysis. Change is inevitable. Those who are resistant to change will be buried under the sand of time. Whether of not to join the upcoming government is of secondary importance.

  33. don,t worry they(congress) will join the government. girija is still alive……,
    otherwise maoist will make the gov alone
    it,s dosen,t matter who will join and who not.
    aasish
    swiss

  34. Congressi without power, never but this time they wont get any chance.

    We can imagine fish without water…………ki kaso ho sathi haru.

  35. sabailai mantri tyo pani grihaa, artha, pararastha kina malai lagcha ti manralaya ma dharai ghus kamisan khana paincha hola khabar dar maobadi kangres amale aaba 40 hajar talab le na pugera ghus ra kamisan ko khal vhayo vhane aarko maobadi ko ganma hune chh aab pani desa ma kanoon ko raj navhayara, chakadi,natabad,kamisan vhayo vhane thika hune chhaina hai

  36. अब प्रश्न यो छ की यो ‘दीपक जडित”र ”गोले दाई ”दुई फरक ब्यक्ति हुन की एकै ?

  37. स्याट्लाईटजी
    तपाई को कम्मेंट सारै चित्त बुझ्यो |युग ले हामी सारा नेपाली लाइ यो मोड़ माँ ल्याई पुरयाएको छ की प्रचंड सिबय देश माँ बिकल्प छैन आज को मितिमा !!!
    {{{{{{{डर!!! छ प्रचंड लाइ केही नहोस}}}}}}}}}}}}

  38. शुभकामना !

    -दीपक जडित

    बनोस नेपाल नयाँ भएर समुन्नत सदा अगाडी बढोस
    हरेक नेपाली पाईलाहरु एकैसाथ शिखर तिर चढोस ।
    खनेर धमिरे खाडल देश डुबाउने कुबुद्धि सारा सडोस
    जो जो छन देशलाई छिर्के हान्ने दाउमा अल्झेर आफैं लडोस ।।
    एक एक नेपालीको मुटुले एकैसाथ शान्तीको मंत्र पढोस
    हुंदैन है आपसी कलहले उन्नती नेपालीमनमा गढोस ।।। १

    भेट हुंदा नेपाली भाई भाई चोकमा एउटै खुशीमा हाँसुन
    हातेमालो गरिगरि हिंड्दै आफ्नो आफ्नो मनको धमिलो नासुन ।
    नारीपुरुष ठुलो र सानो भुलेर माला समानताको गाँसुन
    बराबरी आपसमा मानेर उँचनिचको असत् खेती मासुन ।। २

    सबै बन्द ढोकाहरु विकाशका गजबार निकासका खुलोस
    शुख शान्ती संमृद्दीका आँकुरा नेपाली घर आँगनमा झुलोस ।
    बुद्धको संदेश बोकेर आत्मा सहिदको वस्ती वस्तीमा डुलोस
    रक्तपात हिंसा काटमार झै झगडा नेपाली दिलले भुलोस ।।
    हिंसा प्रतिहिंसाको खेल रगत प्युँने यहि घडीबाट सुलोस
    शुभकामना हामी नेपालीलाई नेपाल गुराँस जस्तै फूलोस ।।। ३

    तेरो अनि मेरोको भावना मेटिएर नेपाल अब हाम्रो होस
    मेचिकाली सम्मै नेपाली मच्चिने सारा नेपाल अब काम्रो होस ।
    फुटाई फाईदा लुट्ने बाहिरी जगत्मा नेपाल अब चाम्रो होस
    जे जे भयो त्यो भयो सकियो आजसम्म नेपाल अब राम्रो होस ।। ४

    दलिय स्वार्थ भन्दा माथी हामी कैले उठ्ने ? के नेपाल माथी कवितामा उल्लेख गरे झैं होला ? मेरो पनि शुभकामना सहमतीमै सरकार बनोस । छेपाराले घ्याम्पा अंगालेजस्तो सबै मै गर्छु , मै मात्र सक्षम छु भन्ने भावना हाम्रा नेताहरुमा नआओस ।

  39. चैत २ को आन्दोलन पछीको मिली जुली सरकारमा चाही राष्ट्र प्रमुख , प्रधान मन्त्री , अर्थ , गृह , रक्षा मन्त्रीको कुर्सी ओगोट्दा हुने रे । अहिले चुनावमा जितेर ठुलो पार्टी बनेको माओवादीलाई चाही यो पद चहियो त्यो पद चाहियो भन्दै मोलमोलाई गर्ने यो काङग्रेस पार्टी को बुढो नेताहरुको जिब्रो काट्नु मनलगिरहेको छ । mero bchharma yo budo kangresi neta haru sarkarma nagayeko jaati

  40. युबाजीको खाटी कुरा मलाई चित्त बुझ्यो / सरकार भीतर कि इतर, भन्ने कुराले खासै महत्व रख्दैन / सदासयता प्रमुख कुरा हो /

  41. Poor country, rich leaders and poor mentality!
    why they don’t bargain in the point of corruption, development of nation, unemployment? Have you seen these leader has rise those issues at any time for bargaining?
    Why they care about the YCL or bla bla? Even if maoist dissolve that organization, why they don’t think they can form another origination in other name? Why congress and UML don’t bargain about the right point? if they do, I think majority of people support them.
    This is right time to change their attitude. At least until the completion of the writing constitution, all the major parties should go together. Let’s develop the culture for accepting any result (no matter loss or win election).
    If congress will be in opposition, this might also help to develop the culture of being opposition among its supporter, So far the congress never been in opposition in the history? Being in opposition is much harder for politician than to be in power. But at least they can go door to door of people with thier thought than money and power. This good sign for congress leader. I think the leader has never been the country side for several years, this will be right time to go to the countryside, experience the problem of people closely.
    Jayami, Nebraska

  42. Opinion of 38 congress does’nt make any sense.Its like a dog-bark. Girija has the final verdict.Congress can not breathe without power. Whatever happening in Nepal after the CA result is totally drama. Both Congress and UML will join the government.Its my prediction.

    Sasang Lama
    New York

  43. वाइ सि ऐल सुधिय राम्रो, नसुध्रे झन राम्रो हाहाहा

  44. CONCGRESS IS SUCH SHAMELESS AND VALUE LESS PARTY THESE DAYS THAT IT HAS NO PRINCIPAL AND HENCE, MOVES ACCORDING TO MAOIST AGENDA FOR SIKIMIZATION. SO WHTS MATTER OF GOING TO GOVERNMENT UNDER NEW DRAMA THEN ???????????????

    BUT LARGELY DEPENDS ON INDIA. SINCE CONGRESS IS CONTRIBUTING SUCH LARGELY TO MAKE NEPAL SIKKIM.THEN INDIA WILL UNDOUBTLY PUT CONGRESS TO GOVERNMENT AGAIN. THIS QUESTION IS TO BE ASKED TO SO CALLED INDIAN AMBASSADOR SOOOOD.

    DOWN WITH INDIAN EXPANISM!!!!!
    END BLOODSHAHDE IN NEPAL!!!

  45. माथिका’मावोवादि नसुध्रियसम्म कांग्रेस सरकारमा जानु हुँदैन’ भन्ने कमेन्टहरु आफ्ना ठाँउमा कति जायज छन भन्नेकुरा छुट्टै बहसको बिषय बनाउला तर मित्रहरुलाइ म एउटा सानो प्रश्न गर्न चाहन्छु -२०४६ पछिका लगभग उन्नाइस बर्षसम्म सत्ता हातमा लियर हामिलाइ यो कुशासन दिने ति पार्टिहरुका कस्ता मान्छेहरुले मावोवादिको सरकारमा जानु हुँदैन भनेका छन,बुझ्नु भयको छ ? के तपाइहरुलाइ अझैपनि लागेको छ-यि आफ्ना सिद्दान्त र अधिनायकवादितालाइ रोक्नका निम्ति सरकारमा नजाने बिचार ब्यक्त गरेका छ भन्ने ? मान्छे भयर मुर्ख हुनु सामान्य हो तर बारम्बार मुर्खता देखाउनु पक्कैपनि नालायकिपन हो ! ति भ्रष्ट अनुहारहरु जो निर्वाचनमा प्राय बढारियका छन यिनको यो कोकोहोलो त केवल अव मावोवादिको सरकारमा सामेल भयर बिगातमाजस्तो लुट्न नपाइने भो अनि यदि मावोवादि सँच्चै शक्तिशालि भयभने बिगतका भ्रष्टचारका हिसावकितावहरु निकालेर आफ्नो अस्तित्व नै संकटमा पर्छ भन्ने निरिह रोदनमात्र हो !

    आज कान्तिपुरमा पुर्णबहादुर खडकाको राजिनामाका कारणहरु पढेर एउटा टिठलाग्दो हाँसो छोड्न बाध्य भयँ ! जनता शहिदपरिवारहरुको त्यति ख्याल राख्ने खड्काबन्धुहरुलाइ हिँजो सत्ताको मह चाटिरहँदा जनता र शहिदपरिवारहरुको पटक्कै संझना आयन ! अहँ पटक्कै आयन ! अहिले मावोवादिको अपुर्व र अनपेक्षित बिजयपश्चात अचानक सबैकुराहरु झलल संझनुभयो अनि कान्तिपुरमा आफ्नो रोदन प्रश्तुत गर्नुभयो ! मित्रहरु हामि सबै पक्कैपनि सु-शासन र बिकास चाहन्छौ देशमा तर यि भ्रष्ट र कलुषित अनुहारहरुबाट अब हाम्रा आवश्यकताहरु पुरा हुनेछ भनेर यिनका भजन गाउनु भनेको समयलाइ नबुझ्नु हो !

    मावोवादिको सरकारमा सामेल हुनुहुँदैन भनेर शब्दजालका बुट्टा भरेर बक्तत्ब्य जारि गर्नेहरु यि जनताबाट पुर्णत तिरष्क़ृत अनुहारहरु हुन जसलाइ अझैपनि सत्ताको मह चाटेर बिभिन्न खाडि र संवेदनाहिन कु-मुलुकहरुसँग श्रम सम्झौता गर्दै होनहार युवाहरुलाइ कौडिको भाउमा बिदेशिन बाध्य बनाउनेहरुको भिडमात्रै हो ! मेरो बिचारमा त गिरिजाप्रसादको उच्च मुल्यांकन गर्दै उचित स्थान दियर यि बाँकि नैतिकताहिनहरुलाइ बाहिराउनुपर्छ ! पद नपाउने त्रासको यो रोदनको कुनै सुनुवायि भैरहनु जरुरि छैन !
    केलाइ अधिनायकतावादि र कतिसम्मलाइ निरंकुशता भन्ने ? के हामि अझैपनि उदघाटन मन्त्रि पण्डित रामचन्द्र पौडेलहरु अनि भ्रष्ट खुमबहादुरहरुबाट शासित भैरहने ? नयाँ नेपाल बनायर दिनेछन यि भारतपरस्तहरुले ! मित्रहरु सपनामा जिउन छोडौँ !

    मावोवादिको एकल र शक्तिशालि सरकार बन्नु जरुरि थियो तर त्यो हुन नसक्ने भयपछि साथ दि आउनेहरुलाइ साथमा लियर सरकार बनाउनु नै बिकल्प हो अहिलेको तर बिभिन्न सर्तहरु तेर्सायर अप्रत्यक्ष्यरुपमा पदको बार्गेनिङ गर्नेहरुलाइ साइड लगायर फोरमहरुसँग मिलेर भयपनि माओवादिले सरकार बनाउनुपर्छ ! भित्रिकारण जे भयपनि पछिल्ला दिनहरुमा उपेन्द्र यादवले मावोवादिसँग देखायको सहकार्यको म स्वागत गर्दछु ! तर यि बिभिन्न समयमा सत्तामा रहेका बुढाखाडा अनि हामिलाइ युगौँपछि धकेलेका बिकृत मष्तिस्कहरुका दुइ पैसे धम्किहरुका सामु मावोवादि झुकिरहनु जरुरि छैन !
    न त YCL नै बिघटन गरिरहनु जरुरि छ न यि भ्रष्टहरुको रोदनलाइ सुनिरहनु जरुरि छ !YCL लाइ समयसापेक्ष परिमार्जन गर्दै देश र जनताको हितमा प्रयोग हुने युवाशक्ति बनायर यि भ्रष्टहरुका बिगतका कुकृतिहरुको छिनोफानो गर्दै कडाभन्दा कडा सजाय दियको हेर्न र सुन्न अनि आर्थिक क्रान्तिको भाग आफुभयको महशुश गर्न जनता आतुर छन !

    जनताबाटै बढारियका यि स्वघोषित काइतेहर निरिह रोदन र अर्थहिन धम्किहरुमा घोत्लियर समय नाश गर्नुको कुनै माने छैन !

  46. कांग्रेस सरकारमा जानुपर्छ र जान्छ पनि यो कांग्रेस भित्र रहेको एक जनाको भनाई होइन न कि सभापति गिरिजाको । यो त समपुर्ण नेपाली जनताको चाहना हो।
    प्रचण्ड र गिरिजा बिचको understanding र leadership ले नै नया नेपाल बन्छ । this is the bottom line.

  47. I guess NC will go to the government. They will get either cash generating ministry/ministries or head of the state position. UML will satisfy with whatever they get from Maoist. Madhesi party will create some problems in the beginning and later keep quiet as they get the ministries.

    I am interested to see the result.

  48. girija prasad ………………………………………………………… jindabad……………Prachanda………………????

  49. Jati jana congress ko central member le bhane pani kehi hune haina, Girija le chahyo bhane hune ho Girija bahek ko 100% central member harule bhane pani kehi hune chhaina, congress ma Girija ko tanashahi chalchha, budha bole pachhi kohi bolna sakdaina Girija le sarkar ma januparchha bhane pachhi aru ek shabda boldainan. khela khattam! malai lagchha congress ko katile govt. ma janalai ryaal chuhairakheka holan, pakkai janchhan.

  50. यो गिरिजा बाजेको कुरा होइना होला मलाई लाग्छ यो रामचंद्र पौडेल होकी जस्तो लाग्छ!!! पहिला पानी कही कुरा आयको छ पक्का होला हो पौडेल काका सराई अगादी छ सत्तामा बसने कुरा गर्नु मा!!!

  51. काँग्रेस सरकारमा जाँदैन र जान हुँदैन पनि । कार्यकर्ता यसै भन्छन् तर काँग्रेस पार्टी पछिल्ला दिनमा काँग्रेस कम र कोइरालेँग्रेस बढि भएको छ । यसमा कार्यकर्ताको भन्दा पनि कोइराला परिवार र तीनका आसेपासेको कुरा बढि बिकिरहेको छ । त्यसैले पार्टी नेता तथा कार्यकर्ताको मन नभएपनि कोइराला क्लबका सदस्यहरु जाने संभावना चाहीँ छ है ।

    गिरिजाप्रसाद कोइराला जसले नेपाली काँग्रेसको कमान सम्हालेर बस्नुभएको छ उहाँको प्रजातान्त्रिक आचरणको इतिहाँस हेर्दा काँग्रेस भन्दा पनि उहाँको भजनमण्डलीको खेमा चाहीँ सरकारमा जाला । कोइरालाहरु पदका लागि के मात्र गर्दैनन् । यि तिनै गिरिजा हुन जो हिजो राजालाई झुकाउन र सत्ता हातमा पार्नका लागि माओवादीलाई प्रहरी कार्यालयमा आक्रमण गर्न र र्सवसाधारणमाथि आक्रमणमा उत्रन आग्रह गरेका थिए । त्यसैले काँग्रेस सरकारमा जाओस् नजाओस् काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला सरकारमा जानुहुन्छ । ओ हो जानुहुन्छ होइन उहाँले त सरकारै नछाड्ने पो मनस्थितीमा हुनुहुन्छ त उहाँ त प्रमोशन हुने होला नि हैन । प्रधानमन्त्रीबाट राष्ट्रपतिमा । तर त्यसो भए मुलुकको गणतन्त्र प्रति ठूलो कालो धब्बा लाग्ने छ । किनकी प्रधानमन्त्री कोइराला को नैतिक धरातल कमजोर छ मात्र होइन धरातल नै छैन । टनकपुर देखी जनकपुर सम्म भारतलाई सुम्पने अनि लाउडा देखी चेज एयर सम्म निल्ने छविका राजनीतिक कवि कोइराला नेपालका भ्रष्ट महाराज हुन उनलाई प्रथम राष्ट्रपति बनाउनु हुँदै हुँदैन ।

  52. Hey:

    It is better for the country if ye ma le and kangres harness the maobadi government, if not I mean if they do not stick to the power again and again, it is best for the Nation !!
    Raghu

  53. Agreed 100% with Thulo Kanchha. यदी Nepali Congress सरकार मा जादैन र गएन भने Nepali Cogress पतन भएर जानेछ पछी गएर भविश्य मा आगामी चुनावमा यती भोट पनि पाउने आशा नगरे हुन्छ। यो जमाना मा गिरिजातन्त्र को काम छैन।

  54. कांग्रेस सरकारमा जानु पर्दछ । कांग्रेस मात्र होइन ६०१ जना सभासद नै जानु पर्दछ । जाहासम्म कांग्रेस का ३८ जनाले सरकारमा नजानेर १ जनाले सरकारमा जाने भनेका छन ति एक जान्न भाग्यमानी मलाई लाग्छ गिरिजा प्रसाद कोइराला नभयर बल बहादुर राइ हुन। सरकार सहमती को आधारमा बनाउनु नै सबैको र नेपाल माता को कल्यान होला ।

  55. काङ्रेस सरकारमा जानु हुँदैन र् जदा प्नी जादैन
    सरकारमा हैन राष्ट्र प्रमुख्का रुप्मा गीरीजा बाबु पक्कै जानुहुने छ्
    उमेशji अहिलेको नेपालको राज्नीतीमा गीरीजाको ब्र्म्ह वाक्य पार्टी भित्र मात्रा हैन सारा राष्ट्रमा लागु भएकै छ् त्
    र् अर्को कुरा मओबादीले ख्याल गर्नु पर्ने कुरा की हो भने उस्ले जितेको चुनाव( त्यो प्नी दुई तीहाइ वा बहुमत प्नी हैन केबल एक तिहाइ )मात्त्रै हो
    उस्ले राज्य जितेको हैन
    तेसैले म् भन्छु सम्बीधान सभाको प्रमुख प्नी अाफै
    सरकार प्रमुख आँफै
    अनी राष्ट्र परमुख प्नी आँफैलाई चाहिने
    माओवादीको यो कस्तो अधीनायबादी चरीत्र हो मैले बुझ्न सकीन
    मीत्रहरु मलाई यो बाताइ दीनोहोस
    माओ बादीले एक तिहाइ जितेर लाटो देशमा गाडो तन्देरी भएको हो की
    सारा राज्य जीतेर नारायणहीटी र् सीन्ह दरबार कब्जा गरेको हो?
    यस्तै हो भने नेपाली जनाता लागी माओवादी गल्गाड साबीत हुने देख्दै छु म् त् मीत्रहरु !
    आशा गरौ यस्तो हुने छैन माओबोदीले देशमा बीकास्को मुल फुटाउनेछन

  56. अहिलेकै अवस्थामा नेपाली कांग्रेस माओवादीको सरकारमा जानु हुँदैन, हुँदैन, हुँदैन । तर माओवादीले आफ्नो सोचाइ र आचरणमा सुधार गर्‍यो र वास्तविक सहकार्य गर्न खोज्यो भने जादा हुन्छ । तेस्को लागि माओवादीले यि कुराहरु गर्नु पर्छ:
    १) वाइसियलको कार्यशैलिमा सुधार ।
    २) प्रचन्डलाई उनिहरुको सेना प्रमुखबाट हटाउने ।
    ३) कब्जा गरिएका घर जग्गा नि:शर्त फिर्ता गर्ने ।
    ४) अन्य दलका कार्यकर्ताहरुलाई कुटपिट रोक्ने ।
    ५) जबर्जस्ती चन्दा, अपहरण बन्द गर्ने ।

  57. I agree with Binod,s points. Maosists ahve clearly domonstrated dictaroship even wehn they have jsut 30% popular votes. Actually it is 18% of publics’ votes.
    rest 70% ( acutally 42% of population)voes were given to nonmaoists where NC has 13%, UML 12% of peoples’ volte and rest other parties) are with others. Just tell who should rule us?
    Consensus of parties is must not dictatorial run by maoists.

  58. गृह, अर्थ, रक्षा जस्ता ठुल ठुला मंत्रालय भेट्टाए किन छाड्थे ती सत्तामुखी कॉग्रेसी नेताहरुले, र्र्याल काडेर बस्ने सत्ताको स्वाद चाखेर नअघाउनेहरुदेखि सावधान !!! राजेश के. सी. को कार्टून जस्तै कॉग्रेस होइन, कोईरालाङ्ग्रेस हो त्यो पार्टी । बुढाले जे चाह्यो त्यो हुन्छ त्यो पार्टिमा, त्यसैले त धेरै नेपाली काग्रेसका नेताहरूले चुनावको मुखमा आएर पार्टी परित्याग गरेको । पहिले पार्टी फुट्नुमा पनि कोइरालाको हालिमुहाली कायम रहेकोले नै हो । अब बुढाको अबसान पछि के हुने हो थाहा छैन ।

    :-)>

  59. jogi ko gharma sanyasi.
    Exactly Congress,UML, and MPRF bargaining with Maoist to share the power.HA–HA–HA—HA——–

  60. काङ्रेस सरकारमा जानु हुँदैन र् जदा प्नी जादैन
    सरकारमा हैन राष्ट्र प्रमुख्का रुप्मा गीरीजा बाबु पक्कै जानुहुने छ्
    उमेशji अहिलेको नेपालको राज्नीतीमा गीरीजाको ब्र्म्ह वाक्य पार्टी भित्र मात्रा हैन सारा राष्ट्रमा लागु भएकै छ् त्
    र् अर्को कुरा मओबादीले ख्याल गर्नु पर्ने कुरा की हो भने उस्ले जितेको चुनाव( त्यो प्नी दुई तीहाइ वा बहुमत प्नी हैन केबल एक तिहाइ )मात्त्रै हो
    उस्ले राज्य जितेको हैन
    तेसैले म् भन्छु सम्बीधान सभाको प्रमुख प्नी अाफै
    सरकार प्रमुख आँफै
    अनी राष्ट्र परमुख प्नी आँफैलाई चाहिने
    माओवादीको यो कस्तो अधीनायबादी चरीत्र हो मैले बुझ्न सकीन
    मीत्रहरु मलाई यो बाताइ दीनोहोस
    माओ बादीले एक तिहाइ जितेर लाटो देशमा गाडो तन्देरी भएको हो की
    सारा राज्य जीतेर नारायणहीटी र् सीन्ह दरबार कब्जा गरेको हो?
    यस्तै हो भने नेपाली जनाता लागी माओवादी गल्गाड साबीत हुने देख्दै छु म् त् मीत्रहरु !
    आशा गरौ यस्तो हुने छैन माओबोदीले देशमा बीकास्को मुल फुटाउनेछन

  61. पत्रकार सूर्य थापले राजदरवार सम्बन्धी एउटा पुस्तकमा लेखेका थिए ” युवराज पारस सुध्रीए राम्रो नसुध्रिए झन राम्रो ” | My sansar मा कांग्रेसको बारेमा यो समाचार पढेपछि मलाई यसो भन्न मन लाग्यो “नेपाली कांग्रेस सरकारमा गए राम्रो नगए झन राम्रो ” |

  62. yedi congress sarkar ma jane ho bhane naya soch bokera janu parcha purano soch bokera hoina

Comments are closed.