अब तपाईँको पालो : संविधान सभामा को छुट्नु हुँदैन?

कांग्रेस र एमालेले समानुपातिक तर्फ पाएको ७३ र ७० सीट हो तर माग भने ७५ वटै जिल्लाबाट कम्तिमा एक-एकजनाको प्रतिनिधित्व हुनु पर्ने छ। सीट संख्या नै कम भएको अवस्थामा अब थप सीट कहाँबाट ल्याएर दिने? त्यति सीट मध्ये पनि महिलालाई आधा गर्नु नै पर्यो। उता आदिवासी-जनजातिहरूको माग छ, कुनै पनि जात-जाति नछुटुन्। अपाङ्ग, तेस्रो लिङ्गीहरूलाई पनि छाड्नु भएन। कानुनविद अलि-अलि पढे-लेखेका भनाउँदाहरूलाई पनि सविधानसभामा पुर्याउनु नै पर्ने होला। पार्टीमा २०-३० बर्षदेखि खटिएकालाई छाडेर जात, धर्म वा समुदायको नाममा विरोधी पार्टीको मान्छेलाई सदस्य पनि बनाउनु भएन। केही आफ्ना नजिकका सहयोगीलाई पनि ठाउँ दिनु नै पर्यो। बाहुन-क्षेत्री, ठाकुर, यादवहरू त हुँदै भए, उनीहरूले वर्षौदेखि भोगचलन र रजाइ गर्दै आएको थाक-थलो त्यसै छाड्नु भएन।

अब बाँकी रहेको त्यहीँ २६ सीट हो त्यसमा हक दावीगर्नेहरू प्रशस्तै छन्। धानुक, अपाङ्ग, वादी महिला, मेचे, कुसुण्डाको प्रतिनिधित्व नभएको गुनासो त छँदैछ, जिल्लाबाट कोही भएन भनेर रौतहटमामा ओवादी अध्यक्षको पुत्ला नै जलाइयो, झापामा पनि माओवादीसँग कम गुनासो छैन मेचे समुदायको। सुनसरीबाट एमालेका लागि त्यस्तै गुनासो छ। मधेशी जनाधिकार फोरमका अध्यक्षको पनि बाँकेमा पुत्ला जल्न छाडेन। कांग्रेसको के कुरा गर्नु? के संविधानसभाको सीट नै थोरै भएको हो? वा पार्टीहरूले नै गलत तरिकाले सदस्य छानेका हुन्? अथवा, ताल न वेतालका मागहरू उठीरहेका पो हुन् कि? यहाँहरूको विचारमा कहाँ, कसरी गल्ति भयो र कसरी समाधान होला?

17 Comments

  1. Dear Friends,

    Do good be good, be serious. We are going not only to give birth to a constitution, we are going to make our future. Your every good suggestion will be a mile stone for this constitution making endeavor.

    Thanks to all,

    Khem, Ktm,Nepal

  2. एकपल्ट हाम्रा प्राणभन्दा प्यारा हाल डेट एक्सपाएर भैसकेका राजा ज्ञानेन्द्रलाइ पो मनोनित गर्ने हो कि । अरु जातजाति र समुदायझै अब त शाह वंश पनि लोपोन्मुख पो हुन थालिसको त्यसमाथि झन यो माइला भन्ने प्रजाति त अब भेटिनै मुस्किल हुन थालिसक्यो । यो परिवार नियोजनले विचरा माइलाहरुलाइ त डाइनसोर पो बनाउन थाल्यो भन्या । एक अहिले पछाडि पारिएको शाह वंश त्यसमाथि लोपोन्मुख माइला प्रजाती उनैलाइ किन मनोनयन नगर्ने त गाँठे । मधेशी आदिवासी जनजाति जस्तै शाहवंशलाइ पनि आरक्षणको व्यवस्था गर्नुपर्छ लोकतन्त्रमा । माओवादीले मारेका त्यत्रा १४ हजार त माफ हुन्छ भने १९ जना प्यारा देशवासी मार्ने राजालाइ किन माफ नगर्ने। उनको पनि १९ खुन माफी हुनुपर्छ नेपालमा सरी नयाँ नेपालमा । कि त उनलाइ यो देशको नागरिकै होइन भन्नुपरो हैन भने उनलाइ २६ जनामा पार्नुपरो त्यसो गरे कसो होलाः मेरो प्रस्तावमा समर्थन जनाउने साथीहरुले यसैमार्फत सहमति जनाउनु होला असहमत हुनेले पनि यसै गर्नुहोला

  3. Bhaktapure Ji,

    I like your comment. What would you say if somebody ask for representative for street animals? Don’t be surprised if they got one.

    I guess if we start making list, we need more people than entire polulation.

  4. भक्तपुरे मित्र ले बडा राम्रो सँग ब्यङ हान्नु भयो । हुन पनि हो अहिले जस्ले जे मागे पनि हुन्छ भनेर सबैले माग गर्न थाले अहिले को यो ताल देख्दा त मेरो दिमाग नै ढुस हुन थालि सक्यो । हैन किन एती बिदी गरेका हुन अहिलेका सभासद ले त देसको मूल कानून पो बनाउने हुन नि होइन जो पायो जस्तो पायो त्यस्तो मान्छे गएर कस्तो कनून बन्ने हो यो देशमा हे भगवान के के देख्ना अनी के के सुन्न पर्ने हो अझै । अहिले त पढे लेखेका कानून को ज्ञान भएका मान्छे पो सभासद भएर जानु पर्ने होइन र ? कि कसो हो यो बिचरा सदिक ले त कुरै बुझेन लौन साथी हो कसो हो कुरा , लुना जी एउटा कबिता जाहोस् न

  5. Satelite जिको”सबैलाइ नेता बन्नु पर्ने जनता भएर कोही पनि बस्न नसक्ने सबैलाई बोल्नु पर्ने कोही पनि सुन्न तयार नहुने” कुरो अति नै चित्त बुझ्यो ।

  6. Following persons must be included eventhough they have lost the election

    1. Krishna Prasad Sitaula (NC)
    2. Dr. Shekhar Koirala (NC)
    3. Chitra Lekha Yadav (NC)
    4. Madhav Kumar Nepal (CPN-UML)
    5. Bharat Mohan Adhikari (CPN-UML

    Following members from Civil Society
    1. Laxman Prasad Aryal
    2. Daman Nath Dhungana
    3. Shyam Shrestha
    4. Rajendra Maharjan
    5. Dr. Birendra Mishra

    Following menbers from university professors
    1. Professor Guna Nidhi Sharma – Economics
    2. Professor Pitambar Sharma – Geograpy
    3. A. Professor Om Gurung – Sociology
    4. Professor Daya Nanda Bajrachrya – Sciene
    5. Professor Krishna Khanal – Political Science
    6. Professor Gib Raj Pokhral – Engineering

    and some others experts and females

  7. मलाई अस्तिनै कुकुर ले टोकेको थियो, म कुकुर टोकाइबाट पीडित मान्छे हुँ । तसर्थ एक सभासद चैं कुकुर टोकाइबाट पीडित भएको लाई पार्न पर्छ है ।

  8. नेपाल का ३ करोड़ जनता का देबता त तेत्तिस करोड़ छन भने ६०० को सम्बिधान सभाले जनाताई कसरी पुग्छ यार ???अब बनाउनु पर्यो नि तुलेलाल,झूलेलाल,प्रोफेसर प्यारेलाल,हीरो हीरालाल ,नटबरलाल ,बाबू पन्नालाल,दम मस्त कलंदर , ,अंतरे,जन्तारे कोही छुत्नु भयेन!!!!!

  9. The extreme of bilogical representation is wrong. What is good is about serving the interest of target group. Extreme ethno-centrism does not take us anywhere!

  10. आब सबै भाषा भाषी समुद्यालाई पुर्यौने हो भने २६ हैन १२६ नै चाहिंछ बचेको २६ आब 1अब्हित तस्करिलाई २ अबाहित देहाबयपार ३ मुंद्रे जगालते ४ दलाली लाई बाद्धा हुनछ बचेको अरु मिलीजुली खाया हुनछ कम गर्ल जस्तो छैना खानाता हात मुख भय जाती लाई…

  11. उमेश जी
    जो आए पनी जो नआयेपनी पनी खासई फरक पर्दैन किनकी धेरै थोरै सम्बिधन बिद , कानून बिद, जातीय प्रतिनिधि, तथ्य संकलन गर्न सकने देखि लेखन सकने अनी ताली पिटन सकने सबै गएका नै छन | असल ब्यक्ति लाई सम्बिधन बनाउन लागि जहा बसे पनी सहयोग गर्न सकी हाल्छ | त्यसैले अबा २६ जनाको मनोनीत मा चै देश ले सन्मान दिनु पर्ने ब्याक्तिहरुलाई पठाउनु पर्छ | जो ब्याक्तिले देशमा देश जनता लोकतंत्र प्रजातंत्र का लागि बिना स्वार्थ लागेको होस | जस्तो मह जोड़ी आदि आदि |
    प्रकाश

  12. HOPE ले भनेनुसार आउने सबै आए अब को आउन बाँकी होला ….. उउउउउ ……..त्यही गोल्ठ्याङ्ग्रो (ज्ञाने) त बाँकी भो । त्यसलाई पनि बोलाए गजबको संबिधान बन्ने थियो । तेश्रो लिंगि जिहरुले (हिजडा) हरुले त सहभागी पाए भने ज्ञानेले किन नपाउने ।

  13. बबन सिंह ,प्रचन्ड ,बाबुराम ,बादल ,गछदार ,जयप्रकाश , आउनै पर्ने अधिकान्श आइहाले , दीपक मनाङे , चक्रे मिलन ,पप्पु यादव ………………..मलाई त नाम नै आएन भन्या ,अरु कोही छन त साँच्चि ?? कि प्रहरि फाइल नै पल्ताउनु पर्ने हो ह योग्य ब्यक्ती खोज्न ??

  14. अन्य समुहबाट हाली मुहाली गर्नेहरूले के सोच्नुपर्छ भने अादिवासी जनजाति समुदायको कुसुन्डा जातिबाट १ जनामात्र जिवित रहेको अवस्थामा कसरी सवैलाइ प्रतिनिधित्व गराउने हो ?
    -*-
    यत्रो संविधानसभाको चुनाव गरिसक्दा पनि पार्टीका टाउकेहरूले कुरा नबुझी या बुझ पचाइबस्नु भनेको त ठीक भएन नी । अहिले उठीरहेको मागहरू भनेको ताल न बेतालको नभइ त्यसलाइ उचित सम्बोधन गर्न नसक्नेहरू चै ताल न बेतालका कुरा गर्दैछन् । हामीले यो कुरालाइ चै सोच्नुपर्ने हो ।
    -*-

  15. कांग्रेस को त जे सुकै गरुन तर य; मा ;ले ;ले चाइ हरेको छेत्र बाट समानु पातिकमा मिलायर नेत्रित्व गराउनु पर्छ ।किनकि बाग्लुङ को झैं कार्यकर्ता ले पार्टि कार्यालय तोडफोड गर्ने स्थिति नाअोस है ।

  16. यि सब ताल न बेतालका माग हुन ! संविधान बनाउने सभालाइ खाइ न पाइका मान्छेहरुको भिड बनायरमात्रै उत्कृष्ट संविधान बन्ने हो र ??
    जनताहरुलेपनि बुझ्नुपर्छ समय र अवस्था ! यतिजनालाइ छान्दा छान्दै भिडमै हराउने छ सयको जम्बो बनिसकेको छ अब अझ थपेर के बिधि उत्पात गर्ने हो र ?

    पर्खौँ न केहिसमय !! सबैलाइ नेता बन्नुपर्ने कोहि जनता भयर रहन नसक्ने ! सबैलाइ बोल्नै पर्ने कोहि सुन्न तयार नहुने !
    कमसेकम केहि समय धैर्य गरौँ न यार ! यि छ सयलाइ संविधान बनाउने जिम्मा दिउँ न किन सधै अवरोधै अवरोध तेर्साउने हो ?

Comments are closed.