पूरा हुँदैछ उनको (अनि हाम्रो) सपना


झण्डै ३ वर्षअघि राजाको प्रत्यक्ष शासनकालमा राजाको विरोध गर्दै आयोजित नागरिक सभाका सहभागीहरुको भीडमा एक अनुहार। यी तिनै व्यक्ति हुन् जसले ०४६ सालमा नै बीबीसीलाई अन्तर्वार्ता दिँदै पाटनलाई सरकारी सुरक्षाकर्मीहरुबाट मुक्त गर्दै मुक्तिक्षेत्र गणतन्त्रको घोषणा गरेका थिए। त्यतिबेला गणतन्त्रको घोषणालाई अलि चर्कै आक्रोश ठानिएको थियो। तर समय क्रममा कतिपयलाई उबेला फ्यान्टासी लाग्ने गणतन्त्र अहिले यथार्थको नजिक पुगेको छ। यो ब्लगको बायाँ छेउमा हेर्नुस्, गणतन्त्र घोषणा हुने संविधान सभाको पहिलो बैठक बस्न अब धेरै दिन बाँकी छैन। फाइल फोटोः उमेश/पुरानो ब्लगबाट थप यहाँ हेर्नुस्

गणतन्त्र घोषणाको दिन नजिकिँदै गर्दा उहिलेका दिनमा गणतन्त्रका लागि गरेका संघर्षलाई फर्केर हेर्दा पनि रोमाञ्चको अनुभव हुने रहेछ।


लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको आयोजनामा पाटनको मंगलबजारमा भएको सभामा निरंकुशताको प्रतिकलाई जनताले यसरी पराजित गरेका थिए। दायाँ पट्टी सभाका सभापति कृष्ण पहाडी। आरोहण समूहले यो प्रतिकात्मक नाट्य प्रस्तुति गरेको थियो। थप फोटोहरु यहाँ क्लिक गरी हेर्नुस्।

गणतन्त्र घोषणाको पूर्वसन्ध्यामा भूल्न नहुने अनुहार र आवाज

गणतन्त्र घोषणा हुन लाग्दा दलका नेताहरु हानाथाप गर्न लागिपरेका छन्- हाम्ले गरेर आ’को, हाम्ले गरेर आ’को भन्दै। तर वास्तवमा माअ‍ोवादी जंगलमा रहँदा र दलहरुले रत्‍नपार्कमा एक दर्जनको संख्यामा भीड जम्मा गर्न नसकेका बेला यी अनुहारहरुले संकटकालको चर्को दमनकालमा समेत हाकाहाकी गणतन्त्रको कुरा गर्दै नागरिकहरुलाई आन्दोलित बनाएका हुन्। दलको लेप नलागेका हुनाले उनीहरु अहिले चर्चामा छैनन्, तर यी अनुहारलाई हामीले अहिले भुल्नु हुन्न। यो शृङ्खलामा आज केही अनुहारको मात्र स्मरण गर्दैछौँ।

रुबिन गन्धर्व
निरंकुशता दुई दिनको भए नि लोकतन्त्र जुनिभरीलाई… रुबिन गन्धर्वको गीत सुन्नुस् यहाँ पनि क्लिक गरी सुन्नुस्।
साँच्चै रुबिन गन्धर्वले त्यतिबेला गाएको शब्द-शब्द अहिले सत्य साबित भएको छ। सारंगी रेटेर उनले जनबोली बोलेर आन्दोलनमा आकर्षण थपेका थिए। हाल उनी सरकारको छात्रवृत्तिमा संगीत सिकिरहेको सुनिएको छ।

कृष्ण पहाडी
अहिले चर्का गणतन्त्रवादी कुरा गर्ने नेताहरुभन्दा कति हो कति अगाडिदेखि गणतन्त्रको पक्षमा भाषण गर्दै नागरिक आन्दोलनमा राजाको विरोधमा भीड जम्मा गर्ने व्यक्ति कृष्ण पहाडी हुन्। अहिलेकाहरुले त अ‍ोरालो लागेको मृगलाई खेदेका मात्र हुन्, उनी र उनी जस्ता व्यक्तिहरुले त उकालो लाग्दै गरेको सिंहलाई अगाडिबाटै खेदेर भीरतिर धपाएका थिए। उनको भाषण कस्तो हुन्थ्यो त, एउटा नमूना यहाँ सुन्नुस्

हो, अब हाम्रो साझा सपना साकार हुँदैछ। अब संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोतर्फ अग्रसर हुँदै राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्न पनि हामी सदैव चनाखो हुनुपर्छ। नेताहरुले बाटो बिराए भने उनीहरुलाई बाटोमा ल्याउन सदा चनाखो हुनुपर्छ।

27 Comments

  1. तेसो भए मित्र तपाईंले त् हामीलाई के गरेको मेरो संसार भने वेब ले हामी लाई नलेखन को लागि धम्की दीदै छ किन एस्तो सोच अनी धम्की हाम्रा बिचार लाई किन हामी जनता को सामु पुराउन नपौने सत्य कुरा लाई किन लुकाउने नेपाल महा निरकुस भए जस्तो लगो मलाई अनयथ नलिन म सबै लाई अग्ग्ग्राअह गर्दछु यो मेरो लेख नचपेमा मेरो भोली कान्तिपुर मा लेख जान्छ एओ बेसय मा
    धनेय bad

  2. सिगापुरबाट एउटा मण्डलेले टाइम लाई लेखेको पत्र जस्ताको तस्तै
    A Kingdom in Chaos
    Thank you for your comprehensive coverage of my home nation, Nepal?its failing statehood, the Maoist violence and King Gyanendra\’s political ambitions [April 25]. The so-called People\’s War of the Maoists to liberate the Nepalis from centuries of backwardness, combined with Gyanendra\’s seizing power, has succeeded in sentencing Nepalese democracy to a premature death. The mainstream political parties that represented the people in democratic elections have been effectively eliminated. Sadly, the people of Nepal are being held at gunpoint by both the Maoist rebels and the King\’s army. The political-party leaders were untrustworthy, but who knows how much corruption now resides inside the King\’s fortress palace or in the hierarchy of the Communists? Perhaps it is because my King believes more in fate than in pragmatism and 21st century civilization that he wants to maintain Nepal\’s isolation. Alas, a nation bleeds on.
    Krishna Paudel
    Singapore

  3. गणतन्त्रका योध्दाहरुलाई सलाम !!!

  4. Peoples are again gonna get Dhoka,I don’t think current politicians are capable of knocking the king outside of the palace. We are expecting one thing but there is hidden another thing.

  5. हरेन्द्र जि !
    राष्ट्रियता को सबाल मा तपाईंको कमेन्ट अत्यन्त सोचनिय छ ।

  6. राजा भन्दा पनि राष्ट्र नै महत्वको कुरा हो । नेपालमा राजा चाहिन्न वा चाहिन्छ भन्ने कुरामा व्यापक छलफल अनि परामर्श हुनुपर्दछ । हाम्रै छिमेकका दुइ मुलुक राजाका विषयबाटै भारतमा विलय भएका छन् । सिक्किम र काश्मिर त्यसैले यस्ता कुरामा मुलुक हाँक्ने नेताहरुले पपुलिस्ट भन्दा पनि मुलुकको हित हेरेर निर्णय गर्नुपर्दछ । नेपालमा हाल सक्रिय सबै जसो राजनीतिक दल आजको स्थानमा आउनमा ब्याक फोर्सका रुपमा भारत नै रहेको र नेपालबाट भारतले धेरै हात पार्ने खराब नियत राखेको कारण यसमा बढि ध्यान दिनुपर्छ । गिरिजा बाबुले हिजो नेपाली जनताको नाममा सपथ खाएर भारतलाई नेपाली राष्ट्रिय उद्योग अनि नदीहरु सुम्पेको इतिहासले नेपालको र्सार्वभौमसत्ता पनि नेताहरुले नसुम्पेलान भन्न सकिन्न । केही भनेपनि राष्ट्रवादी देखिएको भनेको माओवादी पनि भारतकै शरणमा परेको कारण नेपालको अस्तित्व नै भोली के हुने भन्ने आशंका उब्जेको छ । हिजै मात्र फोरमका उपेन्द्र यादवले भारतीय राजदूतसँग भेट गरे अनि त्यसको परिणामा आज मधेशका सबै दल एक मधेश एक प्रदेशको नारामा गोलबन्द भएका छन् । त्यसैले सावधान है साथि हो ……..

    राजा रहने नरहने भन्ने कुरा प्रजातान्त्रिक विधिले फैसला गर्नुपर्छ । जनमतसंग्रह नै त्यसको सही निकास हुन सक्छ जसले यस कुराको सही र पर्ूण्ा निदान गर्न सक्दछ । नत्र बल अनि छलमा हुने कामले पछि निक्कै ठूलो समस्या निकाल्छ । मर्ता क्या न कर्ता भने झैं राजाले म भुटानी मोडल स्वीकार्छु भनेर भारतसँग नयाँ सन्धि गरेरे १९५० को जस्तो भने भारतले भोली नै यू र्टन लिएर राजालाई साथ दिने छ । आज भारतले सात दललाई साथ दिएको हामी नेपाली जनताले अधिकार पाएनौं भनेर होइन साथी हो त्यो भ्रममा नपरौं । नेपाली जनताको हितको लागि अहिलले सम्मको नेपालको राजनीतिक विकासमा भारतले साथ दिएको होइन त्यसैले फाइदा भयो भने भारतल जता पनि लाग्छ । बर्मा र भुटानका शासकका कालरात्रीलाई भारतले किन स्वीकार र र्समर्थन गरेको बुझन जरुरी छ ।

    प्रजातन्त्रको आदर्श लिएर गणतन्त्रको भविश्य बनाउन जानेले प्रजातान्त्रिक विधि र पद्दतीको बाटोबाटै मात्र सबै कुराको छिनोफानो गर्नुपर्छ । गिरिजाले जस्तो बोलीको भरमा निर्णयलिने र गिरिजावाणी नै काँग्रेसको नीति हुने जस्तो काम गरे अहिले काँग्रेसको जस्तो हालतमा नेपालको पनि नहोला भन्न सकिन्न । त्यसैले राजालाई पनि अन्तिम पटक जनता सामु जान र उनका पनि धेरै कुरा होलान भन्न दिनुपर्दछ । यो विधि नै सही हुन्छ । माओवादीले यसरी विधिबाटै राजाको छिनोफानो गरेको खण्डमा विश्वले नै माओवादीलाई र्समर्थन गर्नेछ ।

  7. यो sanam भन्ने ज्ञाने को हनुमान जस्तो छ, पारसेको हन्डी खाएर बस्ने यस्ता हरुको दिन अब धेरै छैन।

  8. कृष्ण पहाडी को योगदान धेरै नै छ गणतंत्र ल्याउनु मा/ उनी नेपाल का एक धेरै नै सम्मानित ब्यक्ति मध्ये पर्दछ्न/ कुनै समय राजाको शाशन को बेलामा भाषण गर्दा अब अहिले हो की भरे हो गोली हान्छ्न उनलाई जस्तो लाग्थ्यो/ आख़िर मा उनको सपना पुरा भयेरै छाडयो/ बधाई छ पहाडी लाई पनी/

  9. हामिले कृष्ण पहाडी जस्ता ब्याक्तित्त्व्लाई सम्मान गर्नु पर्छ | उहाँको ठुलो योगदान छ नागरिक आन्दोलन सफल हुनुमा | इतिहांस उन्लाई सम्झने छ|

  10. Sanamjee
    Tapai lai Je ap ni lekhne chhut pani yini Krishna Pahadi jasta le garda bhayeko ho.

    Krishna pahadi ko bare ma tyasto lekhna ali kati ni laaj lagen?

    Salute to all, dedicated to bring republic in Nepal.

  11. NAMASTE !

    15 aaisakyo BHASKAR ji bhanidinubhaye jasto CHIRPAT, KUTE, KODAKO bokera niklaura re tara rajako gharko surakchha ghera majbut banaieko 6n re tyo pani ‘BHAIRABNATH GAN’ ko camando force bata aba k garidinu parlla tapai hami ? BHASKAR JI KEHI SOCHNU PARIDIYO KI…..!

    HRISHKH

  12. Today Republic slogan is spreaded accoss the country. It is very difficult to say which will be good for Nepal between Kingdom and Republic. The word Kingdom is unique than Republic. All the political parties are trying to make Republic. In my view referendom should be essential before announcing Republic.Otherwise Nepali People’s future will not be bright. Different kinds of unpleasent problem may occured in the days to come. So, please think cool mind before announcing republic.

  13. राजा अझै दरवारमै छन के गणतन्त्र आयो भन्नु बरु ,,, राजा र माओबादिको तानातानले गन तन्त्र आउला जस्तो पो लागी रहेछ जस्तै :-
    १-सत्ताको लागी माओबादिले जंगलमा १२ बर्ष गन तन्त्र गर्यो
    २- सत्ताको लागी ज्ञानेन्द्रले जेठ १९ गते दरवारमा गन तन्त्र गर्यो
    भने पछि अब दुबई बिच सत्ताको राम्ररी बाड़फाड़ नभए अर्को गन तन्त्र नहोला र ?

  14. यी छुटाउनै नहुने मान्छे हरुको भिडमा एउटा नाम हो मणि काफ्ले | मणि काफ्लेले लोकतान्त्रिक चोक किर्तिपुरमा आन्दोलन को बेलामा वाचन गर्नुभएको कविताको मैले सम्झिएको अंश याहा प्रस्तुत गरेको छु |

    युवराजले जागीर पाउँदैन

    गणतन्त्रमा मान्छे मार्नु पर्दैन

    गैँडा बिदेशतिर सार्नु पर्दैन

    जे पायो त्यही खानु पर्दैन

    अरबौँ बोकेर बिदेश जानु पर्दैन

    अनि त त्यो मान्छे निश्काम हुनेछ

    ढोका थुनेर भित्रै रुनेछ

    कारण उसलाई कुनै राम्रा काम आउँदैन

    गणतन्त्रमा युवाराजले जागीर पाउँदैन

  15. Guys I think we shouldnt forget Gagan Thapa. He is the leader who brought republic in reallity when he took the street demanding republic at that time all the congress leader whoever it is opposed him. Even Maoist were flexible with the king at that time this shining leader of our country demanded pure republic and made entire leader to think that no compromise will be acceptable to people of Nepal

  16. यस्ता कृष्ण पहाडी जस्ता दलाल हरुले गर्दा नै हाम्रो देश झन झन नर्क हुँदै गयको हो, अब यही दलाल हरुको कारन ले गर्दा नेपाल छितै सिक्किम जस्तै इंडिया मा बिलय हुदै छ, भोली यसको जिम्मा यस्ता दलाल ह्रुले लिन्छ र ? राम्रो भय मैले नराम्रो भय जनाताले
    तेसैले यस्ता इंडिया का दलाल हरुलाई बेलाई मा चिनु है नत्र पछुतौनु परला /

    जय नेपाल

  17. i admire the writer who knows history very well rather than a politican whom we send to government always

  18. * “काम गर्ने कालु, मकै खाने भालु” त नेपालको प्राक्रितिक नियम नै हो नि त…

    * अनि रुबिन गन्धर्बलाई सरकारले महिने भत्ताको रुपमा केहि रकम प्रदान गर्ने गरेको भएता पनि संगीत पढ्नलाई भने म्युजिक नेपालले स्थापना गरेको म्युजिक स्कूल (Nepal Music Center)ले छात्रबृत्ति उपलव्ध गरेको हो /

    धन्यवाद्!

  19. Excellent! रुबी गन्धर्व तथा कृष्ण पहारी दुबैको प्रश्तुती अति नै राम्रो लाग्यो। कृष्ण पहारीजी त पहिले धेरै पटक बिबिध कार्यक्रमहरुमा participate गर्नु हुन्थ्यो। तर आजकल उहाँ त्यति चर्चामा हुनुहुन्न। देशले एैतिहासिक मोड लिन लागेको परिस्थितीमा उहाँको अभिब्यक्ती, सुझाव र comment इत्यदिको देशलाई अति खाँचो छ जस्तो मलाई लाग्छ। जेहोस्, तत्कालिन परिस्थितीमा उहाँले दिनुभएको त्यो अभिब्यक्ती अति सान्दर्भिक र उच्च मुल्याङ्कन गर्न लायक छ। उहाँको योगदानलाई देशले भुल्नु हुँदैन।

  20. मेरो पनि सलाम गणतन्त्रका सेनानीहरुलाई ।

  21. एक जुग मा एक दिन एक चोटि आउ छ
    आज आयर यो सत्य साबित भयको छ
    दुनियाँमा पुरनो को धोन्स र नयाँ को जन्म हुँदै गर्६ ,
    दुनियाँमा नभको निरन्कुस ज्ञाने तन्त्र यह किन रहोस् तनी,,
    वास्तव मा गणतन्त्र ल्याउन त ज्ञाने जत्तिको योगदान कसैको नि 6ina ल

  22. झ्याऊ किरी,
    गणतंत्र आयो अब ,
    एउटा मीठो गीत गाई देऊ न !
    म तिम्रो हूँ झ्याउकिरी ,
    फेरी माया लाइ देऊन !!

    गल्ली हरु सिंगारिये,
    डाबली हरुमा प्रोग्राम छ ,
    जन गणतंत्र नेपाल
    यौटा नया आयाम छ
    गणतंत्र आयो अब
    एउटा मीठो गीत गाईदेऊन
    म तिम्रो हूँ झ्याऊकिरी
    फेरी माया लाइदेऊ न ?

  23. Hats off to Nepalese people for their mile stone acheivement towards true peoples democracy by out striping irrelevant monarchy at this day and age.
    I would also like to thank King G for his support towards the whole peace process by not resisting but instead madating the people’s wish. On behalf of Nepalese people I would like to let the beloved monarch know that we are eagerly awaiting to bid him farewell from Narayanhiti Palce. I also reiterate that we Nepalese will work together (people+ex-monarch)hand in hand to make this country powerful and prosperous. As for the political leaders especially the Maoist we have entrusted our and our childeren’s future in your hand, so we expect you to live up to that expectations. We don’t care what agendas politically you have as long as you work towards the betterment of the people you all have our unconditional support.

  24. God may bless us for achive the result very soon.

    RAMU KHANAL
    KERUNGA-6, AMARAI
    ARGHAKHANCHI

Comments are closed.