अब तपाईँको पालोः पाँच विकल्पमा कुन ठीक ?

अहिले इमेलहरुमा एउटा गजबको होड चलेको छ मानिसहरुबीच। केही ‘गौतम’ हरु इमेल गर्दै राष्ट्रपति कुलचन्द्र गौतमलाई बनाउनुपर्छ भन्दै मास मेल गरिरहेका छन् भने कोही चाहिँ हस्तलिखित लेख भएभरका सञ्चारसंस्था र अनलाइनमा पठाउँदै बेलायतमा रहेका आफ्नै प्रोफेसर सूर्य सुवेदीलाई राष्ट्रपति बनाउनु पर्छ भनिरहेका छन्। यता, केही नेवारहरु चाहिँ इमेलमा ‘म पद्यरत्‍न तुलाधरको नाम प्रस्ताव गर्छु’ भन्ने अनि त्यसको जवाफमा ‘म समर्थन गर्छु’ भन्दै इमेल गरिरहेका छन्। देशबाहिर रहे पनि देशको उच्च पदका विषयमा उनीहरुको चासोको सम्मान गरिनुपर्छ। भलै त्यो आत्मरतिमा नै सीमित किन नहोस्। किनभने राष्ट्रपति चुन्ने काम उनीहरुको क्याम्पेनले गर्ने नभई तीन ठूला दलको आपसी कुरा मिलेपछि हुने गर्छ। तपाईँ-हामीले भनेर हुने भए त यो देशमा धेरै कुरा भइसक्थ्यो।

पछिल्लो पटक एमाले र माअ‍ोवादीबीच राष्ट्रपति र प्रधानमन्त्री पदका लागि गठबन्धन हुने संकेत देखा परेको छ। केही दिनदेखि यी दलका बीच भइरहेको गोप्य वार्ताले संभावित पाँच विकल्पभित्रैबाट राष्ट्रपति चुन्ने सहमति गरेको बताइएको छ। तपाईँको विचारमा यी पाँच विकल्प मध्ये कुन ठीक हो।

विकल्पहरु

१) रामराजाप्रसाद सिंह
नेपालका प्रथम गणतन्त्रवादी नेता, समावेशीको नाराका लागि मधेसी

२) सहाना प्रधान
४६ सालको आन्दोलन गर्ने संयुक्त वाममोर्चाकी नेतृ, समावेशीको नाराका लागि महिला

३) नरबहादुर कर्माचार्य
नेपाल कम्युनिस्ट पार्टीका एकमात्र जीवित संस्थापक नेता

४) पद्मरत्‍न तुलाधर
नागरिक आन्दोलनका अगुवा, समावेशी नाराका लागि जनजाति नेता

५) दमननाथ ढुंगाना
नागरिक आन्दोलनका अगुवा

रामराजालाई माअ‍ोवादीले प्रस्ताव गर्ने र मधेसी दलहरुले समर्थन गर्ने निश्चित छ। सहाना प्रधान एमाले उम्मेदवार हुन्। एमाले माअ‍ोवादीबीच सत्ता साझेदारीका लागि समेत गठबन्धन भएमा उनलाई माअ‍ोवादीले समर्थन गर्न सक्छ। रामराजाले समेत महिलालाई राष्ट्रपति बनाए हुन्छ भनिसकेका छन्। कर्माचार्य वामपन्थी वरिष्ठ नेता हुन्। वामपन्थीहरुबीच स्वतन्त्र वामपन्थी उम्मेदवारका लागि सहमति भएमा उनको पक्ष बलियो हुन सक्छ। तुलाधर र ढुंगाना नागरिक आन्दोलनबाट तानिएका नाम हुन्। तुलाधर जनजाति नेता समेत हुन् भने ढुंगाना काँग्रेस पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्।

त्यसो त राष्ट्रपति हुने इच्छा गरिरहेका गिरिजाप्रसाद कोइरालालाई उनीहरुले कसरी पन्छाउन सक्दा रहेछन्, त्यो हेर्न भने बाँकी छ। गिरिजाको हातबाट शक्ति खोस्न गार्‍हो भएकोले उनीहरुले आफ्नो पाँच विकल्पमा नाम नराखेका भए पनि उनको नाम पनि सूचिमा सामेल नै रहेको मानौँ। यद्यपि उनीहरुले र फोरमले समेत गिरिजालाई कुनै पनि हालतमा राष्ट्रपति बन्न नदिने बताइरहेका छन्। तर कोइराला कै शब्दमा “पोलटिक्समा भन्ने र गर्ने कुरा फरक हुन्छन्”

153 Comments

  1. पिर्ती ज्यु तपाईंको प्रस्ताव मलाई साह्रै चित्त बुझ्यो साचै नै यो राष्ट्रपती पद राकेश सुदलाई नै किन नदिने? जबकी नेपालअको राजनीतिमा त्यो चोरले खुलेआम हस्तक्षप गरी रहेको छ ,नेताहरु दिनरात लुते कुकुर झै तेस्को आगे पिछे घुमी रहेका छन। जब यिनिहरुले सबै निर्णये भारत कै ईशारामा गर्छन् भने किन अर्को राष्ट्रपती चाहियो आज राजा ज्ञानेन्द्रले बुझाउनु भएको श्रीपेच थपक्क् लगेर तेही सुदको टाउकोमा हाली दिये हुने नि?

  2. पिर्ती ज्यु तपाईंको प्रस्ताव मलाई साह्रै चित्त बुझ्यो साचै नै यो राष्ट्रपती पद राकेश सुदलाई नै किन नदिने? जबकी नेपालअको राजनीतिमा त्यो चोरले खुलेआम हस्तक्षप गरी रहेको छ ,नेताहरु दिनरात लुते कुकुर झै तेस्को आगे पिछे घुमी रहेका छन। जब यिनिहरुले सबै निर्णये भारत कै ईशारामा गर्छन् भने किन अर्को राष्ट्रपती चाहियो आज राजा ज्ञानेन्द्रले बुझाउनु भएको श्रीपेच थपक्क् लगेर तेही सुदको टाउकोमा हाली दिये हुने नि?

  3. गिरिजा प्रशाद कोइराला ले धेरै लामो राजनितिक जीवन ब्यतित गर्नु भएको छ यस् दौरन्मा वहाँन्ले धेरै गल्तिहरु पनि गर्नु भयो होल तर वहाँन्को गल्ती भन्दा धेरै सही निर्णय गर्नु भएको छ । त्यसैले राष्ट्रपती जि पि नै हुनु पर्छ .

  4. jo bhae pani girija chai hunu hudaina.. tyo chor ho rastaghati ho.. girijako prajatantrale desh kaha pugyo.. hamro desh garib no. one bhaisakyo yo sabai kangres ra vision less kangresi netako karan ho.. tesaile no one should come from Nc..

  5. THe Saha dynasty is over now, the Koirala dynasty is rotten and old, its time for The Dahal dynasty to rule. PUSPAKAMAL DAHAL is only the undoubted president of Nepal.

  6. कृष्ण जि !
    म राष्ट्रपती भयको भय तपाईंलाई प्रधान मन्त्री बनाइ दिन्थे ! हे ! हे ! ( देश चलाऊन गार्हो हुन्छ ,त्यसैले त अहिले सम्म देश लाई बाङो टिङो हिडाउने लाई नरोजी सिधा हिडाउन सक्ने लाई रोज्या नि !
    )
    पुष्प जि !
    तितो नै लागे पनि मेरो धन्यवाद लाई स्बिकारी दिनु भय आभारी हुने थिय ।

  7. Girija is the best and only candidate for the post of first president of Nepal.
    Because:

    None could abolish monarchy without Girija.
    None could bring Maoists to the peace process and give up arms politics except Girija.
    Girija is the only person, who has struggled and sacrifiiced his life for democracy- so he is the only suitable candidate.
    Girija does what he says- others say onething do just opposite.
    Others are dwarfs in front of the towering figure of Girija. Not only in physical height but also in political height.
    We need strong president otherwise, Gyanendra can raise his head like during the time of Sher Bahadur Deuba and UML’s half corrected regressive rule.
    Who trusts Tuladhar? Dhungana? Sahana?Kulchandra?Ramraja?
    If Maoists want real democracy then they should accept Koirala. Give up opportunist politics Maoist friends otherwise, your fall is very short.
    U r doing the politics of opportunity, remember without Girija you would be in the jungle as a terrorists.
    Why did you forget that so quickly?

  8. नेपाल मा “गाइ काट्न पाउनु पर्छ” भनेर वकालत गर्ने पद्मरत्न तुलाधर लाइ रास्ट्रपति बनाउदा जनता को प्रतिनिधित्व हुन्छ?

  9. Hi Gemmi,

    I read your comments and agreed with you. I am in favour of supporting Ramraja as president.
    I neither support to Padmaratna, damannth who ran away of their responsibilities when democracy was not in good condition.

    We need a couragious man like Girija who although is old but he is only the suitable as per the situation.

  10. No padamratna tuladhara, no damannath dhungana who escapped of the party when democracy was in trouble.

    No ramraja, no other people other than GPKoirala.

    Yes, Kulchandra Gautam can be considered as an alternate of GPK.

  11. Guys, comments have been read throughly. Even base on the above comments, majority seems in fav of GP Koirala. I personnaly vote for him and say there is no alternate to him at this situation.

    Lets not go back who did what, Let ramraja go to hell. He can do nothing.

    The only way to get int;l support for federal democratic nepal is to appoint GPK as president. If someone is appointed, prachanda will regret and maoists will be in the history only.

    if any comments, common. i have clarification why i support gpk.

  12. Guys, comments have been read throughly. Even base on the above comments, majority seems in fav of GP Koirala. I personnaly vote for him and say there is no alternate to him at this situation.

    Lets not go back who did what, Let ramraja go to hell. He can do nothing.

    The only way to get int;l support for federal democratic nepal is to appoint GPK as president. If someone is appointed, prachanda will regret and maoists will be in the history only.

    if any comments, common. i have clarification why i support gpk.

  13. गिरिजा ॥ गिरिजा ॥ गिरिजा ॥
    गिरिजा हजुरबुवा नै हुनुपर्छ पहिलो राष्ट्रपति ॥

  14. Until and unless Girija is alive no one has chance I bet you guys. Forget about the lists, Girija will only die when he become president of Nepal. Yamraj will not invite him until he becomes president of Nepal. Thats why yamraj has been waiting for him to drag into the boiling oil in yamlok.

    Girija you will never give us peace. I believe if you did not get president post, then you will turn into ghost and continue giving suffer to Nepal people.

    Jai corruption free Nepal.

  15. Bachelors or Masters Degree should be among one of the criterias to become a candidate for the President… don’t you think so? How can one represent the country and its people without having a solid education background? We should also set a minimum education requirement for politicians who want to become a member of the parliament rather than some of those who are in the politics because they have no other options in life due to the lack of education.
    WE NEED EDUCATED LEADERS TO LEAD NEPAL!

  16. गिरिजा बाहेक जो भएपनि केही फरक पर्दैन, किनभने गिरिजा भनेको शक्तिको भोको हो र अहिलेको राष्ट्रपति सम्बैधानिक हुनेछन जो राष्ट्रीय एकताको प्रतीक हुन्छन र राज्य संचालनमा कुनै हस्तक्षेप गर्दैनन् । अब गिरिजा राष्ट्रपति भएभने केही न केही बखेडा पक्कै गर्छनहोला अनावश्यक पावर एक्सरसाइज गर्ने चक्करमा कि कसो मित्र हरू?

  17. थोत्रो, फाटेको लुगा नलाउने। शक्तिको लुगा मात्र लाउने। ईस्पातको शरीर भएको गिरीजा बाहेक को हुने भन्या??? हा। हा। हा।

  18. आज नयाँ कुराहरु Admin को हरफहरुमा थपिएछ जस्तै – ‘इमेलहरुमा एउटा गजबको होड चलेको छ मानिसहरुबीच। केही हरु इमेल गर्दै राष्ट्रपति कुलचन्द्र ——” । जुन कुरो हिजो मैले आफ्नो कमेन्ट राख्दा थिएन । यहाँ कुल्चन्द्रलाई गौतमहरुको मान्छे हो भन्नु कत्तिको सान्दर्भिक छ, एउटा प्रश्न । के पद्मरत्न नेवारका मात्रै मान्छे हुन र ? ईमेल जो सुकै को आओस तर मुखप्रिस्ठमा कुलचन्द्र, सुर्य, र पद्मरत्न को नाम किटेर राख्नु भएन । मलाई लाग्दैन यी कुनै पनि ब्यक्ती मुख्प्रिस्ठ्मा राखिएका ५ जना भन्दा गएगुज्रेका छन र उनिहरुलाई केबल जतियगत मात्रले चाहना राख्छन । यस्ले पाठकबर्गमा जतिय, समुहगत, ब्यक्तिपरक यानेकी नजानु पर्ने कुरा संचार हुन्छ जस्तो लाग्छ मलाई । यहाँ सिंहहरुले रामराजालाई, कङ्रेशले गिरिजालाई, एमालेले सहानालाई, ढुंगानाले ढुंगानालाई, कम्युनिस्ट र कर्माचार्यले नरबहादुरलाई पनि जोड गरिरहेका होलान, तर त्यो कुरो किन Admin बाट आफ्नो मुख्प्रिस्ठमा जिकिर भएन । मेरो अभिप्राय सोधिएको कुरो स्वोच्छ रुपमा राखिनु पर्छ । धुलो, मैलो र कसिङर राख्नु हुँदैन जो साधारणतया कमेन्टस् हरुमा देखिने गर्छन् , जुन कुरो अनौठो होइन । यो मेरो सानो सुझाब हो, म पनि गलत हुन सक्छु । धन्यवाद ।।

  19. Hi

    If someone deserves to become president of nepal that is – Jhakku Prasad Subedi- ho that is because he is popular than all communists in Nepal, MAKUNE laai football hani gol garne tyo matra euta suro manchhe ho jasle kehi garna sakchha.

    If Ram Raja is made President, it will hurt all nepalese because he really does not have any contribution in nepal.

    The decade long fight was not and is not for the Republic, Republic is incidental result. people voted for maoist is not because of the king or Congress , it is because they want change in the country impacting upon their life which is hope in people , like a dream that will never be fulfilled.

    There is nopthing wrong with prachanda to be president. why not support him rather than a ‘Ram Raja Prasad Singh”

  20. शाहान प्रधान लाई त हुन्न हौ केही दिन आगिदी राष्ट्रपती शब्द ठीक न भएको प्रस्तव पनि महिला सभासद बाट आएको थियो कि त शाहअनप्रधान ले आफ्नी लिङ बादलनु परेउ कि कसो साथी हो किन भने नेपाल मा राष्ट्रपतिनी पद त सम्भिडन्सभा बैठक म पनि कुर उठेको चाइना र सम्भिधन म पनि चाइना

  21. खै गिरिज बाबु फलाम ले बनेको हुँ भन्छ फेरी सक्तिको लुग लगौछु पनि भन्छन मलाई त गिरिज बाबु को कुर पनि बेकम्फुशे लगेउ आखिर फलाम ले बनेको मान्छे लाई बलियो लुग लगैबस्न नै किन परेउ र आखिर तेसाइ फलाम को मान्छे बलियो भाईहाल्छ नि र यी फलाम को मान्छे को प्रतिपक्छ्य म ५ आरु बिकल्प हरु पनि हामी नेपाली को कल्पना मात्र त हुने होइन आखिर भएछ रे भनेपनी यी ५ पनि कुन दाङ का मुल हुन र न दिद नै राम्रो लाग्छ मलाई त एदी दिनु नै छ भने त पद्मा रत्न तुलधर वा दमन नाथ ढुंगाना मध्हे को कुनै १ लाई दिन बेस हुन्छ जस्तो लाग्छ मलाई त कि कसो साथी भाई हो ई मधे कसैलाई हुन्न भने मलाई नै दिये पनि हुने हो हुन त

  22. लुना को बुद्दी र नेपाली राजनीति एुउटै हो।
    नेपाली कांग्रेस माओवादी र एमाले को गोद्फादर त ज्ञाने नै हो नि उसैलाई राष्ट्रपती बनाय कसो होल?
    नेपाली जनता रोग भोक ले ग्रस्त हुँदा मानबिय भाबना नदेख्ने गोरु नेता हरु ज्ञाने को लागि खुब मानबिय भए का छन्।यी सबै ज्ञाने का नोकर हरु हुन। अस्तु।

  23. मेरो बिचारमा राजा राम सिंह नत्र शाहाना प्रधान .यो गिरिजा नामको जन्तु लाई चाही दिनु हुदैन .

  24. 100% agree with Kishor, Canada. Padmaratna tuladhar ko bishaya ma bhannu parda auta cartoon ko yaad auncha. Panchayat ko, UML ko, Swatantra ko coat jhundayeko thau aghadi Padmaratna ubhiraheko.

    Ahile to awastha ma maoist lai check and balance garne GP Koirala matra cha. Birami/budho bhaye pani Girija ko alternative nai dekhdina ma ta. Mathi ko 5 watai manche haru lai Maobadi le hallaidinchan…

  25. अनुजबाबुजी, लुनाजी,

    बल्ल तपाईंहरूको घैंटोमा घाम लागेछ, माओवादीलाई एकचोटी सत्ता दिनुपर्नेमा समर्थन दिनुभएछ । जनमतको समर्थन गर्नुभएकोमा खुशी लाग्यो ।

    अनुजबाबुजी, तपाईं साँच्चिकै ठिमाहा हुनुहुँदो रहेछ, एकातिर नागरिक समाज भन्ने अनि उनीहरूलाई राजनीतिक बिल्ला पनि भिराउन खोज्ने ?! त्यो पनि अतिहास्यास्पद् तर्क – ‘नेपालको नागरिक समाज भनेको कि त कांग्रेस वा कम्युनिष्ट वृत्तमा बाँडिएको छ’ रे ! सुन्दै गन्हाउने तर्क ।

    अनि ‘संसारमै अफाप भएर फालिएको हिंस्रक माओवाद’ रे । अनुजबाबुजी, तपाईंले देख्नुनै भएको छ अरूवादको परिणामहरू पनि अफगानिस्तामा, इराक अनि यस्ता थुप्रै देशमा भएका अस्थीरता । को दोषी छ यसका पछाडि, नैतिकरूपले को जिम्मेवार छ, संसारलाई थाहा छ । अतिपूँजीवादीहरूका कारण नै अहिले विश्वमै अस्थीरता कायम भएको छ, शायद यही ‘फालिएको हिंस्रक माऔवाद’ले गर्दा होला, हैन ?

  26. Gririja lai chinnuhos ani bhannus “syal le kan lagyo bhanera kan nachhami syal ko pachhi bhagne” Nepali ko bani. Congress ma Ganatantra ko nara uthaune Narahari Acharya ra Gagan Thapa lai punished garne Girirja chor asti Khulamanch ma ganatantra ko bhasan dinthyo Jeet bhayo re congressssss ko essssssssssss!!!!!! bhayo jeet. Tyo din ma Narahari lai ra Gagan lai nai nimta pathayako thiyena tara Congress ko beijjat garne SUSHIL chor tyahan thiyo hahahhahah congressss mato kha!!!!!!!!!!!!! kunai din ma congress lai support garthen aja Pachhuto bhayo

  27. Kina discus gari ra ko…aba hami nepali bhaeyera bachna garo 6…so that ..kurukaa bharat lai …..des sumpae bhai halyo ni…..all netas r bladdy…..they hav own ….selfishness……
    if…..hey hav really ….des ko maya..pls…..
    dont discus..theses things….theres is nothin in post…just do it fair….4 nepal ama….

  28. ramraja prasad singh should be the first priority, 2nd should be for Daman nath Dungana; not for other dirty political leaders

  29. नेपाली नागरिकको हैसियतले म पनि राष्ट्रपती पद्को दाबी गर्दछु र आजका मिती देखी आफुलाई गणतन्त्र नेपालको नयाँ राष्ट्रपती घोसित गर्द्छु ला जा, जसले जे सुकै भना,

    तमु मेक

  30. Luna जि तपाईं राष्ट्रपती भयको भय के गर्नु हुन्थ्यो नि!!! अहिलेको परिस्थितीमा भन्नु र गर्नुमा धेरै फरक छ। सोचे जस्तो सजिलो भने पक्कै छैन । comment लेख्दा भन्दा त धेरै गार्हो हुन्छ देश चलाउन Luna जि।

  31. It’s a really bad idea to propose somebody residing and working outside Nepal for decades as a prospective candidate for the post of President. If somebody would want to have an academician or an administrator as the President, then I don’t see any reason why s/he has to look for someone in Leeds or New York. There are a large number of such persons working in the country itself. The first President should be a Nepali living and working in Nepal.

    It would not be a good idea to choose somebody without a marked involvement in political/social organizations and without any commentable achievement in life.

    I really don’t know what Ram Raja’s contributions to our society are, apart from the fact that he bombed some buildings in the capital when the congress party had started civil movement against the Panchayat regime. Ram Raja was a no-man in the 1st and 2nd mass movements and once the contry has become a republic, people seem to be popularizing his name with some unjustified claims of great contribution to the Republican setup of the country. In my opinion, there might be better candidates from the Terai if we want to look for that kind of inclusion.

    Sahana could be a good candidate, but how is her health? If we’re not letting Girija on grounds of his old age, can Sahana be a better candidate? We should not want a wrangling for President again before two years.

    The maoist idea of parallel power centers in case of a better known President is a real nonsense. The post of the first president of the country deserves to be filled by a well-known and respected figure. It might be difficult to find one aggreable to everyone, but lets hope that the main parties will settle for a suitable candidate who can be proudly regarded as our first President.

  32. Jaba samma nepal ma Girija Prasad Koirala hunchhan taba samma kunei parti pni bolna sakdainan chahe ti Jhalanath Khanal hun chahe ti Prachanda nai kin nahun so hamile nepal bhanda bahira basera 15 tharika kura garnu bekar chha . Girija is the 1st president of Nepal that’s all………..

  33. म भन्चु के भन्चु यो छनौटले अरु गल्नेचन तर Iron Man गल्ने चुइन ।
    मोइले जे बोल्छु अब चाँही त्यो गर्चु अईया सिलिन्डर होइन ….त्यो पहिला को थेगो ..

    हा हा हा कस्तो बिडम्बना !!!!

    जे सुकै भय पनि गिरिजा नमरुन्जेल जम्मा दुइवटा छनौट राख्न पर्छ जस्तो गिरिजा कि बाँकी नत्र कहिले Iron Man त कहिले Terminator बन्छ के गर्ने यो मरेको दिन चाहि नेपालीले शोषित हुन पर्दैन लास्टैई थाङ्ने मान्छे रहेछ देशको लागि

    गिरिजा कुर्सी लिप्सा भयरै मर्ने
    माकुने कुर्सी नपायरै मर्ने
    कठै बरा माकुनेको जुनी गो आसै आस्मा
    बरालाई भगवानले कुर्सी पाउने बारादान चाँही दिन बिर्सेंछन

    यध्यपी कुक्कुरले हड्डी छोड्छ तर गिरिजाले कुर्सी छोडदैन।

    राष्ट्रपती देसमै सेवारत अनी नागरिक समाजको हुँदा धेरै राम्रो हुन्छ ।
    रामराजा प्रशाद अनी पद्मरत्न पनि योग्य ब्यग्ती हुन ।

  34. गिरजा प्रजान्त्रिक? उस्ले माओवादी को प्रजातन्त्र बीरोधी कार्य रोक्ने? २०४६ पछी देश ले जे भोग्नु पर्‍यो त्यो सब गिरजा को करणले हो। उस्को प्रजातन्त्र मात्र उस्का आफ्ना हरु – गोबिन्दे, खुमे, सुजता, जे पि गुप्ता, खुर्सनी माइल, गछेदार् र केही अरु कांग्रेसहरु का लागि पनि हो। मात्र देशको सम्पत्तिमा लुट मच्चाउनेहरु का लागि हो। राष्ट्रपती को लागि माओवादीका ५ प्रस्तव हरु उपऊक्त्य छन।
    एक जना मात्र भन्नु पर्दा राम राजा प्रसाद सिंह नत्र सहना प्रधान। तेस्रो रोजाइ पद्मरत्न तुलधर।
    sraj

  35. साहाना प्रधान सवै भन्दा उपयुक्त व्यक्ति हुनुहुन्छ है साथी हो ।

  36. अनुज बाबु !
    तथ्य लेख्नु भो । यसै हुनु पर्ने हो । यतिका जनताले सघर्स गरेर चुनेर बिजय गरेर पठायको माबोबादिले अर्थात प्रचन्ड जि को पार्टिले यस् पटक शासन सम्हालेर जनता लाई देखाउन मौका पाउनु पर्ने हो तर बिडम्बना यहाँ त माछा माछा भ्यागुता को खेल पो भाईराख्या छ !
    यस्ले के गर्छ भने नि अन्तगोत्बा राजनीतिक अस्थिरता मात्रै कायम गर्छ , जनतालाई भन्ने मौका पाउनु भन्दा जनतालाई गरेर देखाउने मौका दिय पो दिगो शान्ती र बिकास तर्फ राष्ट्र लम्कन सक्छ ,यहा त बिस्तार बा दि र साम्राज्य बादी हरुको जालोमा बेर्न पो सघाइ होला जस्तो भयर पो अनौठो मान्नु पर्या छ ।
    कम्तिमा पनि राष्ट्र लाई माया गर्ने हरुले यक पटक तपाईंले यो कमेन्ट सो चे जस्ताइ सोचिदिय !!!

  37. मेरो बिचार मा, पहिलो ब्यक्ती रामराजाप्रशाद सिंह हुनुपर्छ। यदी यसमा सहमती हुनसकेन भने अर्को बिकल्प साहाना प्रधान, धेरै द्रीश्टीकोण बाट एक उत्तम र सक्षम ब्यक्ती ।

  38. Grija bhnda aru manche le nepal lai aile ko situation ma chalauna pani sakdaina ra aru sabai neta le ek patak grija le chalako herra kehi trainning lea pachi matra prez ko lagi ready hunu parcha hoina bhane nepal ma jhan arajak niskana sakcha yo manche esto teo manche esto bhanera hudaina des hakna sakne manche chaincha ek dam experienced teo grija bahek aru chainnan nepal aile aru sbai hawa ma chawa bhane jasti ho sathi

  39. I would love to see Girija Prasad Koirala as first prez of Nepal. The peace work has been in this stage only because of this great human. He deserves and rest all are useless people.

  40. अहिले बन्ने राष्ट्रपती शक्ती सन्तुलनको बिषय मात्रै हो र लिनु पर्छ । उस्को नाम नेपालको ईतिहासमा पहिलो राष्ट्रपतीको रुपमा रहन्छ त्यती मात्रै हो । कार्यकारी भूमिका PM प्रचण्डकै हुने हुनाले राष्ट्रपती ठप्पा मात्रै हुनेछ । तेसैले केही बलियो राष्ट्रपती बनेमा PM लाई गलत दिसामा जानबाट रोक्न सक्ने थियो भन्ने हो । तर संबिधनसभाको सामान्य बहुमतले PM चुन्ने तथा हटाउन सक्ने भएपछी भने PM निरंकुश हुनसक्ने अवस्था नभएकाले अब कुनै पक्ष पनि डराउनु पर्ने अवस्था छैन ।

    जहाँसम्म राष्ट्रपति को हुने भन्ने बिषय छ त्यो सबै योग्य नेपालीको अधिकारको कुरा हो, जो पनि उठन पाउनु पर्छ । तर सबै कुरा दलहरुकै सहमतीबाट गर्दा छिटो र राम्रो संबिधान बन्ने थियो कि भन्ने स्वतन्त्र जनताले आशा लिएका हुन । यस परीप्रेक्षमा माथिका ५ मध्ये रामराजा र कर्माचार्य बाहेका अरु ३ मा सहमती हुन सक्ला । तर राजनैतीक हिसाबले चाहीं पहिलो गिरिजा र दोस्रोमा माकुने नै उपयुक्त ब्यक्ती हुन अहिलेलाई ।

    धेरै साथीहरु पार्टिहरुको पुरानो गतिबिधीको आधारमा अल्ली पूर्वाग्रही/ महत्वाकांक्षी देखिनु भएको छ । तर अब कांग्रेस र एमाले यथास्थितिबाट र माओवादी हत्याहिंसाबाट माथि उठनेछन भन्ने सोचलाई केन्द्र बिन्दु बनाइ बिचार राख्नु उपयुक्त होला । सबै पार्टीले (हामी सबैले समेत)सुधार्नु पर्ने, गर्नुपर्ने बिषय धेरै छन । तत्काल जो सरकारमा भए पनि काम गर्न गारै छ । यसैले अहिले सहमती नै ठुलो कुरा हो । यसबाट एउटा system र त्यसको आधार तयार गर्न सकिन्छ ।

  41. रकेश सुद ले छान्दैछ । उस्ले जम्मा 6 भोट् मध्एबाट चुनाव गराउनेछ ।

  42. समाचारको लागी धन्यबाद
    नेपालको बिसम परीस्तिथी अनुसार अरु पार्टी लाई पनी संतुलन म राख्ने नेता त गिरजा नै हो अंतरास्टिय नेता लाई य़क पटक चांस दिनु उचित होला आज मंत्री मंडल गठन न हुदा त पाखण्डि पारा लायौचन प्रचंड सत्ता पाय पछी कस्तो हुनेहो सबै लाई चिंता को बिसय हो त्यस कारन गिरजा नै उपौक्त्य हुन्छ गिरजा लाई यमाले को पनी समर्थन छ यमाले मात्रेँ होइना अरुपार्टी को पनी समर्थन छ सम्बिधान लेख्दा सम्म्न गिरजा नै उचित होला
    त्यस पछी जनता अफ्नै बिबेक ले रोजने छन राज निति छबी हेर्दा सक्तीसंतुलन मिलौना सकने ब्यक्ति को रुपमा देख्यको नेता गिरिजा नै हो

    ज्ञान हरी

  43. Padma Ratna Tuladhar.

    Among several civil society leaders, Padma Ratna Tuladhar is the most prominent human right activist. During Panchayat autocratic rule, he joined the anti-panchayat struggle in the late 1970s that culminated in the 1980 referendum, setting in a motion the beginning of the end of autocratic panchayat rule by calling for multi-party democracy inside the chamber of the Rastriya Panchayat (then, National Assembly) itself, a rare courage someone of his caliber couldn’t show. He carried on a relentless campaign for democracy, and his mass meetings drew unprecedented crowds. In 1986, having got elected to the Rastriya Panchayat with a landslide victory, he astounded the nation by demanding multiparty democracy from the Rastriya Panchayat itself. His public meetings drew awesome crowds. People taped his stirring speeches and sold the cassettes all over the country. He was instrumental in facilitating peace talks with the Maoists and ending the decade-long bloody conflict. He deserves our gratitude for the end of war and paving for a successful Constituent Assembly giving us the present peace.

  44. I think that most of the name are mentioned only. it doesnt give the answer of the recent politic. GP koirala is only one candidate for the post of president. he has driven the countrery in this transtitionl period. Power must be check and balance between president and primeminister. If the President is weak Thsp priminister may rule without autocracy. Gp is ths onlyu leader not for congress but aloso the leader of neapl so it gives the chance fro the koirala.we must be realized and evulate athe whole activites to scarifice for the nation. He may have some weakness but these are neglible i stronlgy recommend to the koirala

  45. Giriza claims that he made up of Steel. Is he the lost son of STALIN? Then he can be as harsh as STALIN in the name of power, which he is proving by the acts he is committing these days. The atrocities of STALIN for the sake of sticking in power always defeated that of HITLER’s. GIRIJA is becoming STALIN the bro of HITLER.

  46. सबै बेठीक रामराजा त झन् हुनै हुन्न । फोरमले मधेशी राष्ट्रपति हुनेछ भन्ने दावी गरेको कुरा साँचो होलाजस्तो छ, यस्तो हुनदिनुहुन्न है । यसो भएमा नेपाल पनि सिक्किम हुने पक्का छ । यो रामराजा भारतको पुरानो गोटी जो माओवादीको आँखामा छारो हालेर माओवादीप्रिय भएको होजस्तो लाग्छ । होशियार ! आलंकारिक राष्ट्रपति दिने नै भए माथिको विकल्पमा साहना प्रधान नै राम्रो । तर उमेशजीले माथिको नाममात्र किन विकल्पमा राख्नुभयो ? माथिका विकल्पभन्दा त हाम्रा मह जोडी बौद्धिकतामा धेरै माथि छन् । उनीहरूमध्ये एकलाई दिए कसो होला ?

  47. If nepali congress want to president Daman Nath Dhungana and Narahari Acharya is better otherwise Prachanda will be president in future Nepal.
    Suresh chamling
    New york

  48. Jo bhaye pani thikai chha. Tara maile Ramraja prasad singh lai maobadi le propose gareko thik lagen. 042 sal ma mahendra lai bomb handai ma u rastrapati banna suhaudaina. 046 sal u kaha thiyo? janyudhha ra o61 sal ko andolan ma kaha thiyo? 15-20 barsha ko yo andolan ma usko ke bhumika thiyo? India baser aram gareko hoina.Ramraja hunu bhanda Girija nai thhik.

  49. धन्यबाट सम्पादक ज्यु ! हजुरले हामीलाई कमेन्टस लेख्ने मौका दिनु भएको मा। नेपाल को प्रथम राष्ट्रपत्तीको लागि प्रकाशित ५ नाम haru मध्य मैले सेलेक्ट गरेको ( क ) पढ्मरन्त तुलाधर ( ख ) सान प्रधाननै हुनु पर्छ अरु मेरो लागि अन्य तीन नामहरु मान्य छैनन । नत्र म त त्यह नाम्नै नभएनी सभामुख नेम्बङ्लाई बनाए कसो होल भन्छु ?

  50. GIRIJA PRASHAD KOIRALA IS THE BEST POSSIBLE OPTION FOR PRESIDENT AT THE STAGE.
    ARU KOI AYEE PANI KEHI HUNE WALA CHAINA……
    NEPAL NEEDS GIRIJA……..

  51. एसो हेर्दा त कुलचन्द्र नै राम्रो होला जस्तो देखिन्छ हो!
    कुनै पार्टी सँग असम्बद्ध, नेपालमा जनतन्त्र र शान्तिको चाहक,
    प्रशासनमा दक्ष, सुशिक्षित, नेपालबाट यू एन को उच्छ ओहदामा पुग्ने पहिलो ब्यक्ती,
    सर्ब साधारण नेपालीको छोरो! संसारका धेरै भाषा बोल्ने!

    नेपालबाट आइए पास गरेर अमेरिकि छात्रब्रिति पाएको केटो पञ्चायत कालमा चिनेको मान्छे
    (भन्सुन गर्ने) मान्छे काठमाडौंमा नभएर पहिलो पटक अमेरिका जान नपाएको!

    पछी ईंग्लिश राम्रो भएकोले usis मा अनुवादकको काम गर्दा गर्दै कस्लाई चिनेर पास्पोर्ट
    बनाएर झन राम्रो छात्रब्रिती पाएर अमेरिका (prinston) पढ्न गएको!

  52. होइन नेपालमा जे तन्त्र आएपनि गिरिजा नै चाहिने के भाको हो नेपालीहरुलाई? त्यसो भए गिरिजा मरेर गएपनी उनको फोटोलाई थपना राखेर देश चलाउनु पर्ने भयो। हिसाब गर्नुस न गिरिजा नेपलमा सर्वेसर्वा भएको कती भयो र देश कुन हालतमा छ? अझै कति गिरिजा भन्ने? होइन गिरिजा नभै देश नचल्ने भएकै हो त? अरुलाई पनि मौका दिनु पर्‍यो नि गाठे! अरुले गर्नै नपाए राम्रो गर्छ कि नराम्रो कसरी मुल्यङ्कण गर्ने ?

  53. Aru jo bhaya pani thik cha tara Girija lai chahi banau nu hunna. Girija tehi president ko lagi tatera baseko cha aru jastai Ram raja , shahana pradhan haru nai thik chan girija chahi hunnna
    .

  54. अज पनि गिरिजा लाई राष्ट्रपती!!!!!!!!
    कती लाज छैन हो यि कांग्रेस जनहरुलाई !! अज हुँदा हुँदा त एउटा बेकुफ राष्ट्रपती फर द गिरिजा अफ द गिरिजा बाइ द गिरिजा भन्दो रहेछ।
    यस्लाई त म सराप दिन्छु।
    त धरातल भन्ने जन्तु गिरिजासङै मरेस। अब त खाइस होला नि खुचिङ !!!!

  55. अनुजबाबु को बल्ल घईटोमा घाम लाग्यो|
    अब देशमा केही हुन्छ|

  56. gagan thapa must be the presidient , abba palo naya pidiko , always boring old people will not make any changes ,

  57. Girija is the “New” King”
    Of course there are lots of “New” Kings of Nepal at the present situation But Girija definitely wants to be the chief amongst them and in the present scenario I don’t believe anyone can stop him from achieving his desires of hanging on to the power and going down in history pages as the first President of Republic Nepal. He IS the so called “THE” NEW king of Nepal right now and I don’t see how it is possible to make his resign until he gets what he wants. Personally, I definitely would have liked someone else to take the responsibility of guiding the New Nepal as I am just tired of these age old political practices of Nepal.
    – Bhoj

  58. GP Koirala is corrupt man. Country’s progress and prosperity is not possible by GP Koirala. He already ruled the country for more than 15 years, but he was not able to give any direction for the country;s progress.

  59. पद्मरत्न तुलाधर बाहेक अरु जो कोही नो प्रॉब्लम 1

  60. I agree GR jee comment.No more girija leader of nepal,It is tooooo~ much。Other any one OK.

  61. Girija president ma?? that will be a big joke and actually a blow to the prestige of presidency. We need somebody with clean image.

  62. There is no dout, only giraga is the canidate of RASTRAPATI. He has lots experiance, all are children infornt of him.

  63. Hera sathi ho, jasle jati birodh gare pani aakhiri ma Girija nai ho, des ko rastra pati hune.

  64. Girija is the best person to be New Nepals president.
    He is the only leader in the country who has been fighting for democracy all his life.Not like Maobadi who believe in communism which is outdated in 21st century.

  65. माओवादीका भजनाटहरूको चाहना रामराजा प्रति देखियो । किनभने उनको कुनै राजनैतिक समूह छैन र भोलि यस्तो जनाधार नभएको मान्छेलाई नाममात्रको राष्ट्रपतिमा राखेपछि उसलाई औँलामा नचाउन पाइन्छ । तर अलिकति राजनैतिक सन्तुलन मिलाउने हो राजनैतिक निकास पनि मिलाउने कुरा हो भने कांग्रेस वा एमालेबाट एउटा गतिलो नेतालाई राष्ट्रपति बनाउनुपर्छ जस्तो कि गिरिजा वा माधव नेपाल मध्ये एक ।

    नेपालको नागरिक समाज भनेको कि त कांग्रेस वा कम्युनिष्ट वृत्तमा बाँडिएको छ त्यसैले यो विषयमा पनि सबैको मतैक्यता हुन्छ भन्न सकिन्न । तैपनि कुलचन्द्र गौतम र लिड्सका प्रोफेसर सूर्य सुवेदी बौद्दिक व्यक्तित्व भने हुन । माने भने एक जनालाई बसाले पनि हुन्छ तर माओवादी मान्लान जस्तो लाग्दैन अरू माने पनि किनभने प्रजातान्त्त्रिक संस्कार र व्यवहारका बुद्दिजीवीहरू यिनलाई त्यत्ति मन पर्दैनन् , तर अन्त्यमा माओवादीले चाहेको नै हुन सक्ला जस्तो लागेको छ किनभने यिनले एमालेको बुद्दि भुट्लान जस्तो छ । हुनत अब एमालेको राजनिति कति नै बाँकि छ र ?

    मेरो विचारमा हब निर्धक्क माओवादीलाई काम गर्न दिनुपर्छ किनभने उसले गर्छु भनेर आएको छ । कसैले हलो नअड्काईकन उसको तजबिजको सांक्षी बन्ने बेला हो यो किनभने हामीलाई यिनको चमत्कार हेर्ने धोको छ । संसार मै अफाप भएर फालिएको हिंस्रक माओवाद र कम्युनिष्टको नेपाली मोडेलले गरेको चमत्कार गरीब मार्ने वा गरीबी मार्ने कुन दिशामा हुने हो नहेरी भ’को छैन ।

  66. I would love to see the curriculum Viate of those person listed above and will decide later on.

  67. I was surprised to see a rather derogatory remarks in this introductory article about my article. I did not send my hand-written article about Prof Subedi to many bloggers or media houses. I sent it only to a handful of people including Umesh jee. There is another wrong assumption in this article. Professor Subedi is not my professor. He teaches at the University of Leeds and I am doing my PhD in London. Leeds and London are 300 kilometres apart. Professor Subedi teaches law but I am not doing my PhD research in law. I am not a lawyer. All I wanted to do was to encourage a healthy debate on the topic and I genuinly beleive that Prof Subedi is one of the best qualified persons for this post. But I think that GP Koirala will become our new President. He, NC and UML would do everything possible to make sure GP becomes president. I am of the view that the time has come to look for new and younger people with certain vision people to lead the nation.

    Sarita
    London, UK

  68. Ram Raja would be the best. He is a man of character. He is qualified for the post. He will be a terrific president. He has never become power hungry like Girija. His presidency will make many oppressed Madhesi’s head up. It will bridge the Madhesh-Pahad devision.

  69. First of all UML is not a communist party, just a name. Most of the UML top party laders are power hungry leaders just as corrupt leader Girija. These leaders will have hard time appointing Padma Ratna or Sahana Pradhan. Second, Padma Ratna and Sahana are newars and would not appoint by UML because their top party leaders are Bahun and Chhetris. Please note that Bahuns and Chhetris in NC and UML would never allow newars on higher position. Third, UML party has division inside the party and they will have hard time appointing thier own candidate as president. Its leader will go where they can get benefit. I do not different between UML and NC party.

  70. महत्वपूर्ण निर्णयहरु गर्नुपर्दा कि त बिरामीको कारण (बहाना वा यथार्थ) अनुपस्थित हुने कि त बक्तब्य अरुलाई पढ्न लगाउने गिरिजा प्रसाद कोइराला राष्ट्रपतीको पद भने पछी त “कस्ले भन्यो म बिरामी छु भनेर” भन्दै आफ्नो थर थर काँप्ने शरीर लिएर रत्नपार्कको खुल्ला मन्चमा भाषण गर्न आउन पनि पछी परेनन/ अझ आफ्नो शरीर स्पातले बनेको छ भनेर भन्न पनि भ्याइहाले/ आफ्नो पार्टीले धुलो चाट्दा पनि रजिनामा नदिएर निर्लज्जताको परकास्टा नाघी प्रधानमन्त्रीको पद समातेर बसेका कोइराला पद भनेपछी राष्ट्र बेच्न पनि पछि पर्दैनन भन्ने अनुमान त उनका बिगत मात्र होइन हालसालकै कृयाकलापहरुले पनि स्पस्ट पारेको छ/ २०४६ साल पछिको १६ बर्ष मध्ये १४ बर्ष प्रधानमन्त्रीको पदमा आसिन कोइरालाले देशलाई यस्तो जर्जर अवस्थामा पुर्याउँदा पनि त्यस्को विस्लेसण नगरी उनलाई नै राष्ट्रपतीको पद दिनुपर्छ भनी वकालत गर्ने साथीहरुको जमात देख्दा अचम्म लाग्छ/ यँहाहरुले तर्क दिने गर्नुहुन्छ गिरिजाले गर्दा नै मओवादीहरु वार्ताको टेबलमा आए/ त्यो सत्य हो/ त्यसलाई स्विकार्नु पर्छ/ तर यो पनि सत्य हो कि माओवादीलाई जङल पठाउने पनि त गिरिजा नै थिए नि/

    आफ्नो पार्टीको स्पस्ट बहुमतको सरकार आफ्नो खोक्रो दम्भको कारण दुई दुई पटक भङ्ग गराएर देसलाई बिनाकारण मध्यावधीमा धकेल्ने, आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाइ आँफै प्रधानमन्त्री बन्ने, ज्ञानेन्द्रले पारसलाई रातारात युवराज घोषणा गरे जस्तै रातारात आफ्नो छोरी सुजातालाई मन्त्री बनाउने ब्यक्तिलाई राष्ट्रपती बनाएर फेरी गल्ती गर्नुहुँदैन/ ज्ञानेन्द्रले कु गर्ने बातावरण पनि गिरिजाकै कुशासनले गर्दा तयार भएको थियो(यदी बहुमतको सरकार गिरिजाले नढलाएको भए ज्ञानेन्द्रले कु गर्ने मौका नै पाउने थिएनन)/ मेरो विचारमा जनआन्दोलनमा कुनै भूमिका नखेलेको कारण रामराजालाई पनि राष्ट्रपती दिनु हुँदैन/ बाँकी ४ जना उपयुक्त छन/

  71. नेपालको राष्ट्रपती हुनकोलागी त नेपाल मै जन्मेको मान्छे चाहिन्छ । जसरी बिदेसी नागरिक अमेरिकाको राष्ट्रपती हुन सक्दैन भारतमा जन्मेको गिरिजालाई नेपाल को राष्ट्रपती बनाउनु हुन्न। राष्ट्रियता को पनि ख्याल गराउन् है मित्र हरु।

  72. गिरिजा बाहेक प्रस्तावित ५ जाना मध्ये जो भए पनी हुन्छ /

    प्राथमिकता : नर बहादुर कर्माचार्य, पद्मरत्न तुलाधर वा रामराजा प्रशाद सिंह

  73. यो अर्को माओवादी को राजनैतीक पासो हो। यस मध्य कोही पनि न हुन सक्दछ। एमाले लाई हरियो घांस देखाएको को। कुरो मिल्यो भने र माने भने माधव नेपाल पनि हुन सक्दछन। नत्र यसै भन्न सकिन्न। दमन नाथ भनेको काङ्रेस लाई देखएको घास हो। एमाले लाई देखाइएको अली बढी हरियो छ। अनी रामराजा मधिशे लाई देखाएको पराल हो। त्यो न हुने बढी संभावना छ। हेरौ भारत को चाकडी जस्ले बढी गर्न सक्दछ त्यो नै राष्ट्रपती हुन्छ। यो र र को ग्र्यान्डडिजाइन मा फालिएको पहिलो राष्ट्रपती को पासो हो। त्यो हामीलाई पासो पल्टिएपछी मात्र थाहा हुन्छ।

  74. Girija Prasad Koirala bahek arko bikalp nai chhaina. ahile ko taral rajneeti lai sahi bato ma hidaune arko neta chhaina. uni bigat ma sabai ko neta thiye ra bhabisya ma nepal ko gantantrtik rajneeti lai sahi bato ma laijane Girija Babu bahek arko kohi chhiana

  75. mathi lekeyeko ma jo vaye pani huncha tara tyo khle surya chinna liyera swatntra bam vanne, sankat kal pachi human right activist vayera maoist sanga najik huna khojne, kahele manka khala: tira bata newa party sanga close hune, ta khahele sabai communist unite hune dhong gardai afai sarb manaya neta huna khojne pipal pate ra ahele katai afno duno katai nosojey pachi nagarik samaj ko sadasya vai topaleko ra ayeko padhma ratna tuladhar chian hunna. Tyo mula ta jata hawa chalyo tytai hidne manche ho.

  76. RAM RAJA PRASAD SINGH IS THE BEST FOR FIRST PRESIDENT OF NEPAL……………

    I VOTE FOR HIM

  77. Grija Prasad Koirala is the best person for the first President of New Nepal.

    Jala Nath Khanal is an alternative for that post.

  78. all the names are political loser. padmaratna extremely sampradaik, sahana pradhan OK but affilaited to UML, daman nath another politcal loser ( is a gentleman though) but he is not a national figure, ram raja- very waihat choice to please terai. If you want to inspire people have some intellectuals from academy, TU professor, scientists, social worker like anuradha koirala but no one who is affilited to party politics! not even daman! but fact is GIRJA bachunjel no chance kasaiko! he is at that age even death threat would not work for him so at the end JAY GIRIJA! ha ha ha

  79. Shahana Pradhan could be the best person for that post because she will be representing the more than half population of nepal…women population. She could be the most supported leader in nepal compare to Girija and other leaders because in our country…women population is more than men. Anyways we don’t mind to see one Madeshi leader “ramraja prashad shigh” but please no Girija..he is in prime position…so give him complete rest…could be the best leader so far in the history…

  80. girija p koirala nai best candidates hun. kina bhane aahele ko all situation milaulai unko nai jimmmebar chha .

  81. 1. RamRaja Prasad Singh

    2. Sahana Pradhan

    3. Padma Ratna Tuladhar.

    and offcourse Anybody but Girija!!

  82. Rajanbabu,

    You are rite. it is the one and only one: Girija

    But why we are making him the President. For name only or for work?

    If only for name, let’s make him honorable President, if it is for work, there should be a vigorous person who can give some direction for the nation.

    I don’t like any of the persons/options given above. If I were to choose, I would go for either Madhav K. Nepal or Prachanda or Ram Chandra Poudel (others in Congress, if there are any to be the President).

    It is my opinion only.

  83. शिर्शक राखेकै / Administrator ले भनेको नै मिलेन।
    कसरी ५ बिकल्प भयो?
    दुई बिकल्प छन जम्मा: गिरिजा वा “अरु जो कोहि”।

    ल भएन ५ नै हो भन्नुहुन्छ भने एसो भन्नु पर्थ्यो “गिरिजा अहिलेको deadlock खुलुन्जेल बाँचेनन भने यी ५ मध्ये कुन बिकल्प रोज्नुहुन्छ?”

    खै इस्पात ले बनेका रे, आयु लामो नै होला…. अरुको चानस छैन।

  84. यि पाचै जना सभासद होइनन । प्रधानमन्त्रिले मनोनयन गरेको खन्डमा मात्र राष्ट्रपतिको उम्मेदवार हुन सक्छन । त्यसैले पाचै जनाको कुनै सम्भावना छैन, किनकी यो सबै गिरिजाबाबुकै हातमा छ, कसलाई मनोनयन गर्ने वा नगर्ने? जती कराए पनि नेपालको पहिलो राष्ट्रपती गिरिजाबाबु नै हो । यस्तो पनि हुनसक्छ, २५ जना मनोनयन गर्नु भन्दा अघी नै राष्ट्रपतिको चुनाव हुन्छ । गणतन्त्र कार्यन्वयन गर्न २५ जना नभै हुन्छ भने राष्ट्रपती छान्न किन चाहियो?

  85. धेरै लामो गन्थन भयो राष्ट्रपती को बारेमा। मेरो बिचार मा अब के गर्नु पर्ला भने (exam लीनु पर्छ। पोसीबल बिषय हरु
    १ हेल्थ चेक
    २ Personality चेक
    ३ Attitude चेक
    ४ नेपाली history and culture
    ५ ईंग्लिश टेस्ट

    जस्को राम्रो नम्बर आउछ उस्लाई बनाउद हुन्छ। कि कसो?

  86. हैन माईसंसारमा राष्ट्रपति हामीले कतिचोटी छान्ने हो ?
    हामीले छानेको राष्ट्रपति त्यो बुढो गिरिजाले मान्ने हो ?

    –हो भने मैले रामराजा प्रसाद सिँलाई नै छाने है ।

    उचाई

    सानै देखि हल्लक्कै बढेको
    उसको शारिरिक उचाई
    उसैको आफ्नालाई बिझायो
    आफ्नैले उसलाई होच्याउन
    सानो दर्जा दिए
    आफन्तले दिएको सानो दर्जा
    उसलाई बिझायो
    बिझेको मनले गमेर उसले
    आफ्नाहरुलाई अवलोकन गर्यो
    देख्यो उसलाई होच्याउने आफ्नाहरु
    सबै फल लाग्ने रुख भए
    सबै निहुरिने , सँधै निहुरिने
    उसलाई त्यो पनि बिझायो
    सोच्यो म निहुरिनु हुँदैन
    सानैदेखि उ बेग्लै भयो
    आफ्नाहरुलाई जित्ने अठोट गरेर
    उ फल नलाग्ने रुख भयो
    निहुरिनु परेन उस्लाई कहिल्यै
    आफ्नाको अगाडी निहुरिएन उ
    परायाको अगाडी निहुरिएन
    केवल अग्लिन जान्यो
    उस्ले कहिँ नझुकि
    कसैसंग ननिहुरिई
    आफ्नो उचाई कायम राख्यो
    अग्लिएरै सर्वोच्चता पायो उसले
    अग्लिएरै सगरमाथा भयो
    आज आफ्नाहरुले भने
    अब अग्लिने ठाउँ छैन
    आज परायहरुले भने
    अब छुनलाई कुनै उचाई छैन
    तर उसले
    आफ्नाहरुलाई सुनेन
    परायाहरुलाई गनेन
    र अग्लिंदैछ अझै
    आफ्नो उचाईको हद नाघेर ।

    स्रोत : http://jaditdeepak.blogspot.com/

  87. मेरो विचारमा राम राजा सिंह सबैभन्दा बेस्ट हो र सहाना पर्धान्लाई बनाएपनी समाबेसिको लागि चाँही ठ्यकैमिल्छ है

  88. None of them…because i am on the favor of a person without any political affiliation. What about Dr. Kul Chandra Gautam?

  89. कुलचन्द्र गौतम । मानेदेखि उहाँलाई बोलाए हुन्छ । छ न त अरु पनि बिकल्प छन । यसलाई राजनैतीक भगवन्डाको रुपमा उम्मेद्वबारको नाम प्रस्तुत गरे जस्तो लाग्यो । माथिका ब्यक्तीहरु महान छन् तर सोचेर मैले अल्ली भिन्न बिचार राखेको हुँ ।

  90. मेरो बिचार चै रामराजाप्रसाद सिंह नै शही ब्यक्ती हुन राष्ट्रपती बन्न को लागि। किन भने उनी नेपाल मा गणतन्त्र को नारा लियर आन्दोलन मा होमिने काम देखी लियर तराइमा बितन्ड मच्चाउन चाहने हरु लाई पनि दर्हो झापड हानेर आयका मान्छे हुन। उनी राष्ट्रपती हुँदा सैदान्दिक रुप ले एमाले ले पनि बिरोध गर्न मिल्दैन (बामपन्थी भयको नाताले)र मधेशी भैया हरु को एक पद मधेसी लाई भन्ने माग पुरा हुने। र यसो हुँदा समझदारी बनेर समस्या को गाठो खोल्न सकिन्छ कि जस्तो लाग्छ मलाई त। नत्र दोश्रो बिकल्प को रुप मा चै नरबहादुर कर्माचार्य हुनु पनि राम्रै हो।
    aasish
    swiss

  91. First democratic republican Nepal’s President is non other than Mr Girija Prasad Koirala.
    He is the most suitable candidate at present context of Nepal.

  92. Ram raja bahek aru jo banaye pani hunchha….aandolan ko bela maa bharat maa lekera basne ram raja prasad ramro ki ratna park maa lathi khayera aanolan ko netritya garne girija babu thhik ??

  93. राष्ट्रपती इज अफ द गिरिजा, फर द गिरिजा, बाइ द गिरिजा। अरु कसैको केहि जोड चल्दैन साथीहरु हो! उसले इच्छा गरिसकेपछि अरु किन जान्ने हुने? ह्व्वा राष्ट्रपती हुन बुढोले कहाँ हो कुनी गएर इस्पातको हड्डी फेरेर ‘आइचन्’, गन्हाउँने बिस्तारा छाडेर दौडन ‘थालिचन्’ अनि ‘उठेरै भाषण पनि गर्न सक्ने ‘भइचन्’।

  94. I think the following priority should be given to select a president:

    1. Nara Bahadur Karmacharya (the oldest communist leader)
    2. Ram Raja Prasad Singh (Republican leader)
    3. Sahana Pradhan (Female communist leader)

    No Girija, no Padma Ranta, no Devendra Raj and no Daman Nath. There must be new face.
    Himal

  95. In the 1980s, Padma Ratna Tuladhar set in motion the beginning of the end of panchayat by calling for multi-party democracy inside the chamber of the
    Rastriya Panchayat itself. That was rare courage.

    He carried on a relentless campaign for democracy, and his mass meetings drew unprecedented crowds. His speeches were recorded live on cassette tape
    and sold across the country.

    He was a true believer in non-violent protest, and he achieved his goals through peaceful means. His reputation is impeccable.

    The political achievements Nepal has made today are the result of the dedication of patriots like him.

  96. यदी ५ जना बाट छान्न पर्ने नै भये मेरो विचारमा साहना प्रधान नै ठीक हुन्छ। राष्ट्रपती जस्तो मान्छे केही पपुलर र राजनीतिक ब्रित्त मा नाम चलेको पनि हुनुपर्दछ। यस्को बिकल्पमा भन्ने हो भने दमननाथ ढुंगाना नै हुन है।

  97. dear frens,

    nice to read allof your comments. thabnks for all the above listed name. i have respect to all of the above listed personalities as they have separate role in the establishment of republic democracy in our country. but what i want to mention here is that our country cannot be a sole and independent natyion with complete communist supremacy like korea or china because of its fragile geoplolitical and eco social nature. hence it will eb difficult to maintain balance on above listed norms if any of the listed leaders are nominated as president. thats why i think there is no other option other than giving president role to g.p koirala.
    thanks

  98. म लाइ पानी पद्म रत्ना ने ठीक जस्तो लाग्छ |किनकी यिनी लोभ ,पाप न भएका महान नेता हुन|

  99. म इस्पातले बनेको हुँ भन्छन गीरीजाबाबु,खै अरु को चानस होला र भन्या !

  100. मैले केही दिन अघी मात्र मैले गिरिजा कोइराला लाई कहिले पनि तेती धेरै मन नपराएको कुरा यही ब्लग को एउटा प्रतिकृया मा लेखेको थिए।

    तर मेरो बिचार मा अहिलेको घडीमा राष्ट्रपती को लागि गिरिजा कोइराला नै हुनु पर्ने मेरो राय छ। यस्को करण एउटै छ। प्रचन्ड ले लोकतन्त्र लाई घमन्ड का साथ् अपह्हेलना गर्न थालेको छ। त्यस्को टक्कर कोइराला बाहेक् अरु ले लिन सक्दैन।

    कोइराला बुढो भये पनि यो अभिभार उस्कै कान्ध् माथि हाल्नु पर्छ।

  101. Girija nai ho bhai. Kina bekar ma time matra lagaune. Dimag ra time ko matra kharcha. Ma thokuwa garera bhanna sakchhu, Girija nai nepal ko Paholo Rastrapati hunchhan.

  102. पद्म रत्न तुलाधर ।
    कारण उनी नागरिक समाज का भयकाले ।
    कम्तिमा पनि नागरिक समाजले देश लाई डुब्न् दिदैन र मानबताको लागि सधैं आबाज उठाउछ ।
    देश लाई शान्ती मार्ग मा ल्यैजान उनिहरुको अग्रणी भूमिका हुन्छ ।
    राष्ट्र र राष्ट्र बासिको प्रथम प्राथमिकअता त शान्ती नै हो जुन नागरिक समाजले दिलोज्यान दियर लागि परेको छ ।

  103. Violent person like Ramraja Prashad can not be the president. We already have so many. This would encourage the violent environment.

  104. jasle je bhane pani ahile ko nepali rajniti ma girija ko jati tyag aru kasaiko chaina..yo sabaile bujnu parne kura ho…only other choice can be Sahana pradhan.

  105. पहिलो प्राथमिकता त रामा राजा प्रशाद लाई दिनु पर्छ २,र ३, मा कर्माचार्य र शाहना प्रधान लाई दिनु पर्छ ।

  106. Daman Nath Dhungana, I think there is no alternative to this name. He should be given opportunity to become first president of Nepal.

  107. गिरिज को अगाडि कसै को केही लाग्दैण । यी माथि का कोही पनि पहिलो रास्टपटी हुन सक्दैन हामी बेकार्मा किन बहस गरी बस्ने ।

  108. GP KOIRALA and Only GP KOIRALA
    Others so called names are very dwarfs in front of KOIRALA and Maoist want to impose autocracy with proposing these dummy figures (dummy in the sense Maoist think these people can not influence on the Maoists barbaric acts, otherwise these are all good people).

Comments are closed.