अब तपाईँको पालोः सरकारी कर्मचारीको तलब कति ठीक ?

महँगी बढेको छ। त्यसैले तलब पनि बढ्नु पर्‍यो। कर्मचारीहरुको यही माग छ। पुग्ने गरी तलब भएन भने झन् बाङ्गो बाटोबाट पैसा कमाउनेतिर लाग्नु स्वभाविकै हो। तर तलब कति बढाउनु पर्ने हो त ? सरकारी कर्मचारीहरुको तलब कति बढाउने भन्ने बारे उनीहरुका संगठनहरुबीच नै मतभिन्नता छ। कोही के भन्छन् कोही के। तीन थरिका संगठनहरुले तीन वटा उपाय सुझाएका रहेछन्। तपाईँलाई चाहिँ कुन ठीक लाग्यो ? अब तपाईँको पालो- आफ्नो विचार राख्‍नुस्।

उपाय नं १: तलबको अनुपात १:१० गर्ने। अर्थात् तल्लो तहका कर्मचारीको तलब जति छ, त्यसको १० गुणा बढी माथिल्लो तहकाले पाउने। यो सुझाव नेपाल निजामति कर्मचारी युनियनको हो। युनियनले तल्लो तह अर्थात् पिउनको तलब अहिलेको ४ हजार ६ सयबाट बढाएर १५ हजार र मुख्य सचिवको अहिलेको २२ हजारबाट बढाएर १ लाख ५० हजार पुर्‍याउनु पर्ने सुझाव दिएको छ।

उपाय नं २: तलबको अनुपात १:५ गर्ने। अर्थात् तल्लो तहका कर्मचारीको तलब र माथिल्लो तहका कर्मचारीको तलबको अनुपात पाँच गुणा राख्‍ने। यो सुझाव दिने चाहिँ नेपाल निजामति कर्मचारी संगठन हो। यस अनुसार पिउनको तलब ८ हजार र मुख्य सचिवको तलब ४० हजार हुन आउँछ।

उपाय नं ३: सबैको तलबमा ३ हजार थप्ने। यो सुझाव दिने नेपाल राष्ट्रिय कर्मचारी संगठन हो। उसले यसरी तलब दिँदा असमानताको खाडल पुरिने तर्क दिएको छ। उसले दुर्गम भत्ता शत प्रतिशत बढाउन पनि माग गरेको छ।

तीनै संगठन एउटा एउटा राजनीतिक दलसँग नजिक छ। जान्नेहरुलाई भनिरहनु पर्दैन होला, कुन युनियन वा संगठन कुन दलसित नजिकका हुन् भनेर। दलसितको आवद्धताको कुरालाई पर राखेर तपाईँलाई कुन युनियन वा संगठनले दिएको सुझाव ठीक लाग्यो ? आफ्नो विचार राख्‍नुस्।

83 Comments

  1. कर्मचारीको तलब बधुनु पर्दैन मह्ङी घटाऊ

  2. मलाई साह्रै दु:ख लागि रहको छ कर्मचारीको तलब बदयपची सम्सय समाधान हुन्छ भन सोचन सरकार मुर्ख हो । यो कुराले साह्रै दु:ख लगको छ कर्मचारीको तलब बढाउनु भन्दा बजारको भाउ कसरी हुन्छ कन्ट्रोल गर्न सकिन्छ तसमा Dhan diyako bhaya kati hunthy hola

  3. Only salary increase is not solution. You Decrease salary but control market price. every day market price is high. All production come from overseses. Government must make national production. Like electricity. Bio gas, agricultura etc Nepal is not poor country this county make poor by loose policy. Nepal Governent also study how to control market prict? Why our market price is High? How to control????? Nepal Government Study is must necessary? If this type of situation is not stoped one day our county is going to like somaliya. depend other country this is to much bad.

  4. Best option will be
    1 Kick out 50 % employees
    2 With the resulting savings you can increase salary by 100%.
    3 Make salary increse conditional on the performance efficiency
    4 Set organizational key performance indicators and if the indicators show no improvement in the performance, dont pay additional salary to anybody in that organization

  5. Many poeple and specially the employee unions and associations think that Nepal has unlimited financial resources. Where does the additoanl money come? And what will these employee deliver with increased salary?
    Will they start working (which currently they are doing hardly). will they stop taking bribes? Will less people do the job i.e. will they increas productivity? Otherwise why should tax levied on poor people be spent on these unproductive guys?

  6. तिनवटै सस्था को १ आवाज भएर तलब भत्ता बड्दो महंगी ध्यानमा राखेर समय अनुसार जादा राम्रो

  7. No need to increase their salary at all. first thing they are very greedy even 100% increase they never stop cruption.2nd thing 90% people are job less so what about them ?Stupid gov service people,greedy and they want only for them not for other poor.

    NMJli

  8. No 2 is the best method in the present context. No 1 method is more ambitious. And, the no 3 method is PRATIGAMI.

  9. Solution No. 3 is the best, Thula padaka karmachari le Bhanda Sana Ohadako Karmachhari le Dherai Kam Garchhan Tiniharu ta, Hawa Guff ma Matri pani Bhatta Khanchhan ra Kantipur TV ko Kantipur Aaja ma Dekhai Jhai Office ma Tas Khelchhan.

  10. no 3 is very best for me because increse the price of all things in nepal that so now must need grow salary for all section service man in nepal.gov have limited the salary according to qualification so now not need the increse according to qualification.

  11. I think from three options 3rd option is ok, but the matter is not of salary. In my opinion, the basic salary should be almost same and there should be differences in allowances and benefits as the grade of civil servants increases. This will motivate lower grade civil servants to give more outcome and as country is becoming federal republic so it will send message to all the people that there will be equality for basic needs.

  12. पहिलो उपायले अति नै हाँस्यास्पद र अव्यवहारिकजस्तो लाग्यो । माथिल्लो र तल्लो तहमा धेरै नै भिन्नता भो । कहाँ १५ हजार र कहाँ १ लाख पचास हजार । एक त तलब अति नै बढी भो र अर्को, अनुपात पनि अव्यवहारिक छ । यसले धनी र गरीबबीचको खाडल अझ बढाउनेछ । यसर्थ यो अति नै ‘नीच’ उपाय हो ।
    दोस्रो उपायको अनुपात राम्रो छ । यो त तलब मापदण्डमात्र भो, तलब बढाउने वैज्ञानिक तरीका हैन । यसो गर्दै जाने हो भने पछि गएर माथिल्लो र तल्लो तहको अन्तर अति नै बढी हुँदै जान्छ ।
    तेस्रो उपाय अलि वैज्ञानिक छ । कुरा तलब बढाउने भन्ने हो तलबमान हैन । त्यस अर्थमा वर्तमान तलबमानमा सबै तहलाई समान वृद्धि दिनु राम्रो हो । तर व्यवहारिकरूपमा माथिल्लो तहकालाई अलि अमान्य हुन सक्छ । तसर्थ वृद्धिको प्रतिशत तहगतरूपमा केही मात्रामा बढाउन सकिन्छ । जस्तै हाललाई ३ हजारलाई आधार मानेर तलब वृद्धि गर्ने हो भने पियनलाई ३ हजार, र तहअनुसार ३ हजारमा ५, १०, १५ …. प्रतिशतका हिसाबले वृद्धि गर्न सकिन्छ ।

  13. Salary should be equal to the representatives of constitutional assembly. it should be not less than of NGO/INGO. There should be provision of additional one grade every year where one grade is equavalent to 5% of the salary. Then there won’t be any demand of increase in salary in every year.It will also save the government expenses indirectly in many way. Can you find them?

  14. तलब त जिम्मेवारि अनुरूप पो हुनु पर्छ त, हैन? सचिब को एउटै सहि ले देश को भाग्य पल्टौन सक्छ, सोच बिचार, अध्ययन गरेर मात्र उस्ले काम कारबाही गर्नु पर्ने हुन्छ। नत्र बेकार मा अख्तियर धाउनु पर्छ। बिदेशी सँग काम गर्नु पर्छ, लाज बचाउनै पर्‍यो। नत्र देश कै बेइज्जत हुन्छ। एस्तो पद सम्हल्नेलाई अली बढी नदिये के जागर ले काम गर्ला? तेसैले पद अनुरुप नै तलब हुनु पर्छ । भ्रस्तचर पनि रोक्ने हो भने एक नम्बर को प्रस्ताब नै ठीक छ । पिउन लाई आठ हजार, सचिब लाई डेढ लाख। साम्सद लाई पनि डेढ लाख र मन्त्री लाई दुई लाख , प्रधान मन्त्री लाई सवा दुई लाख र राष्ट्रपती लाई ढाइ लाख। चित्त सानो पारेर भुत्रो देश बन्छ? संसार कहाँ पुगी सक्यो हामी चाँही सधैं कुवाको भ्यागुतो नै रहने?

  15. Why do we need peons? I think Govt. should remove all the peons from Govt. job and give them training for more productive work. Paying 30,000 peons at Rs 8,000 a month X 12 months = Rs 2.9 Arab. Instead, this money can be used to resettle tens of thousands of sukumbasis, or build 2,500 schools, or bring drinking water to 3,000 villages.

    So no pay increase for Govt. workers instead we need to cut the number of Govt. workers to save money for development.

  16. tyo maathi ko madhye kunai pani malai thik laagena. aba nayaa nepal banyo. testai aba talab maa pani naaya niyam laagu garnu parla jasto laagyo malai.

    hijo samma raaja ko saasan thiyo. aaja janata ko saasan aayo . testi aba mukhya sachib ko 8 thousand ra piun(bell boy) ko 40 thousand banaune.

    ani balla thulaa thaala neta bhanauda haru lai thaaha hunchha mahangi ko maar garib haru lai katti ko pardo rahechha bhanera.

    ki kaso saathi bhai haru ho.

  17. karmachhariko talab mahangiko anupatma badhaunu upukta hunchha kinaki thula karmachhari thula thula bhartachhar garchhan tara shana karmachharile kaha bata bharstachhar garnu ni. hatma kehi parne hoina. ys karanle talabmahngiko anupatma badhaema bharsthar kam hunthyoki?

  18. pahila kam garnu paryo ani talab badainu paryo. sarkari kam kahile jala gham bhanera kam garneko ke talab badaune.

    there is no point in increasing the salary.

  19. tatkal ko lagi no. 3 thik chha tara mahangi ko ratioma talab badhaunu yupayukta huncha. arthik bhar kam garna ra naya rojagari sirjana garne ho bhane karmachari haruko sewa abadhi 30 ra umer ghatayera 58 bata 55 garnu parcha naya abakas yojana layunu parcha.

  20. सुंगुर जति मोटायो त्यति …….साँगुरो हुन्छ भन्थियो साँच्चिकै हो रहेछ/भ्रष्टचार गरेको पैसा ले नपुगेर अझै तलव बढाउने तर्फ कम्मर कस्दै छन,कस्तो अचम्भ देशको दुर्दशा हेर्नु पहिला/जंहाँ सम्म बिदेशीको सहयोग रोकिन्दैन तव सम्म भ्रष्टचार रोकिन्दैन/त्यसैले बिदेशी सहयोग सत प्रति सत नै बन्द गरी आफ्नै खुट्टामा उभीने बानी बसाल्नु पर्दछ र पुराना कर्मचारिमा ब्यापक छाँट काँट गर्नु पर्छ /देशमा दिन प्रति दिन सिक्क्षितहरुको शंख्या बढ़ी रहेको छ /उनीहरुलाई रोजगारको ब्यबस्था सरकारले मिलाउना सक्नु पर्छ जहिले नि त्यही पुरानो अनुहारलाई एकै स्थानमा राख्न उचित देखिंदैन/अहिले कर्मचारिहरुको तलव बढाउनु भन्न खोजेको चंही बिदेशमा दुःख गरेर काम गर्ने हरुको पैसले देशको रेमिटेंस मा बढ़ी भन्दा बढ़ी टेवा पुर्याएको हुनाले त्यस माथी नेता र कर्मचारीहरूले आँखा गाढेका हुन सक्छ/ साथै नेपाली युवा र सिक्क्षित ब्यक्तिहरु बिदेश पलायन हुनको मुख्या कारण प्रसासनिक शोषण,राजनैतिक शोषण,नाताबाद र कृपा बाद को कारणले जागीर नपाउने,आदि ईत्यादी/तलव कुनै पानी हालतमा बढ्नु हुँदैन ,बिदेशी सहयोग रोक्नै पर्छ/

  21. राष्ट्र को परिस्थिती ( घाटी ) हेरेर व्याबहारिक बन्ने हो भने ( हाड निल्ने ) नम्बर ३ मा जे लेखियको छ त्यो उत्तम लाग्छ । अहिले नै अन्तरराष्ट्रिय स्तर को हाराहारिमा तलब बनाउदा भुक्तान गर्ने रकम त राज्यकोस बाट नै बेहोर्नु पर्ने हुन्छ त्यो जनता को कर बाट आउछ , अहिले जनता को आर्थिक स्थिती नाजुक छ , यस्तो परिस्थिती मा कसरी तलब तुरुन्त अत्यधिक मात्रामा बढाउन सकिन्छ ?
    त्यसैले हाल को अवस्थामा न३ नै व्याबहारिक लाग्यो ।

  22. यि सरकारी कर्मचारीहरु काम साम गर्ने होइन। के को तलब बढाउने? बरु आधा भन्दा बढी कर्मचारिलाई काम बाट निकाल्नु पर्छ। अनी कर्मचारी काटेर बचेँको पैसाले देश बिकासमा खर्छ गर्नु पर्छ। राम्रो काम गर्ने, जनतालाई सुबिधा दिने कर्मचारीको मात्र तलब बढाउनु पर्छ।

  23. नेपालको ताल यस्तै नै हो सधैं । ८० हजर कर्मचारीमा ३३ हजार त श्रेनी बिहीन कर्मचारी, पुग नपुग १० हजार अधिक्रित स्तरका होलान। बाँकी रहेका हरु जती खरिदर, सुब्बा र मुखिया स्तरका । त्यस मध्हे पनि सम्पूर्ण जस्तो (कारीब ९९ प्रतिसत) अर्थ, गृह, राजास्व, यातायात, हुलाक (बैदेशिक मात्रै), नयायका कर्मचारी हरु लाई खसै तलब को उती चसो रहन्न, किन भने उनिहरुको घर खर्छ लगयत अन्य खर्छ अन्य कुर्सी मुनी कै आम्दनी ले चलेको हुन्छ। उक्त मन्त्रालय बकेक जस्ताइ त्य्थ्यन्क, कृषि, बन, सवस्थ, शिक्षा जस्ता बिकास अड्डा को कारीब कारीब ५० प्रतिसत कर्मचारी (हकिम लगयता उस्का असेपसे, स्टोर कीपेर, लेखा)देशको लागि धमिरा नै भन्दा फरक पर्दिन होला । अब बाँकी रह्केको त्य्स बहेकका कर्मचारी को हालत ( लग्भग सम्पुण निजामती कर्मचारी को ५० प्रतिसत) भने बिसुद्द तलब म बाचान र उनी हरु को आए अर्जन को अरु स्रोत केही हुन्न।
    म पनि एक त्य्स्तै बिशुद्द तलब म बच्ने कर्मचारी म पर्छु ( पर्छु भनु या पर्थे भनु त्यो समय ले बताउला)। म निजामती सेवा को १ अद्धयन मुखी संस्थामा झन्नै १० बर्ष काम गरी हल खानै नपुगेको करण ले बिदेसिन वाध्य भए। १० बर्ष को नोकरी अवधी म छ पटक सरुव वयो, जस्मा हिमाल देखी मधेस सब तिर काम गरे , माओवादी देकी तेरै मुक्ती मोरच को चन्द अत्तन्क पनि तय्ही तलब ले बेहोरे। अब खान त पुग्दै पुदैन थियो त्यो तलब ले, घर बाट चामल ल्यएर, अनी राजनीतिक पार्टी लाई चन्दा दिन्दा दिन्दा अजित भएर अब शान्ति सम्जौता पछी ठीक होल बनेको झन क् को हुनु? जुन जोगी आए पनि कनै चिरेका झोली भिरेका ।
    महगी बदेको सरकार ले हेर्ने होइन, उत महानगी को मार, सङ्सङै छोरा छोरी हुर्किएर स्कुल हल्न र उचित अध्य्यन गराउन पनि मेरो समर्थ्य ले भएन । खान त सदहै तरकारी र भात खाएर बाचान सकिन्थ्यो तर बच्चा लाई एउटा साखा अधिक्रित को तलब ले काठमाडौंमा देर वडा तिरेर मैले भने पदहुन सकिन । साह्रै दु:ख लाग्यो र आज लेक्दै छु यो कुरा तपाईं साथी हरु को मज्ज। म हल क्यानाडा म ८ महिन देखी स्टुडेन्ट को हैसियता म अध्ह्यन गर्दै छु, तर निजामती सेवा को जागिर छोडेको पनि छैन । मेरो तिब्र इच्छा भनेको अध्ययन सकेर फेरी नेपाल औने नै हो तर सम्जान्छु फेरी उही तलब ले तरकरी भात् चलाऊन गाह्रो अनी छोरा छोरी को भविस्या। अज्जै सम्मा मैले निर्कयुल गरेको त छैन तर यहाँ २ बर्ष अध्ययन पछी पेर्मनेन्त रेसिदेन्शिप दिन्चन अब पछी मेरो अद्ध्यानन सकिने बेला ।
    अब रह्यो कुन संघ संगठन ले प्रस्तव गरेको कुर ठीक भन्ने। यि तीन वतै सँग संगठन वनेको काम नगरने र फजुलमा राजनीति गर्ने कर्मचारी हरुको झुन्द हो । सब कर्मचारी हरुलाई त्यहाँ छ यिनी हरुको समर्थन बिना कसै को सरुवा, बिदेश, अद्ध्यान म नोमिनेशन केही हुन्न। यिनी हरुलाई पहिला राजनैतीक दल को दलली गर्न बन्द नवइ निजामती प्रशासन ले केही माखो मर्ने वल छैन।
    तलब समयओजन को लागि अस्त्र भनेको देश म भएको ढुकुती र महानगी लाई हेरेर गरिने कुरा हो, अब देश सँग पैसा नै छैन वने के को बद्नु तलब? आफ्नै प्रयासमा बिदेसिनु बहेक अर्को केही देक्दिन उचित उपाय। छोड्नुस् यो खोक्रो नरा, सक्नु हुन्छ भने भस्तचर काम गर्ने उपाय निकल्नु अर्को भनेको महानगी रोक्नु हो । एस्ता कुरा हल्को सरकार को कानमा बतास लग्ने भये त हो नि । कस कस लाई के धन्दा, घर ज्वाँई म खानको धन्दा भने झै हल्को सरकार लाई त कुर्सी तन्त्र म ठीक्क छ, कहिले बालुवाटार, कहेले बल्कु त कहेले सोर्खुत्ते अनी संबिधान सवसद जती रबर स्तम्प, जनता गोरु अनी कार्यकर्त नतमस्तक कुकुर बनाउन्दैमा ठीक्क छ उपरोक्त स्थान क बैठक हौले कसो?

  24. Salary should be increased in real term at 1974/75 price. One third class officer should get 11gm gold equivalent money..

  25. ऐ मोरा हो घाँटी हेरेर हड्डी निल्नु /गरीव देशको कर्मचारिहरुको तलव एक लाख पचास हजार क्या हाँश उठ्दो/
    आखिरी उही गरीव जनताको रगत पसीना ता हो / तलव मुला जति बढाए पानी के गर्ने घुस खाना छोड़ने होइन /
    नेपालको नेता कर्मचारीहरुको तलव जति बढाए पनि देशको दुकुट्टी रित्याउने काममा कम हुने होइन र गरीव जनता हरु बाट बिना सित्ति मा दुःख दिएर भ्रष्टचार गर्न छाड़ने होइन /बेकारमा किन बदाउनु परयो यी भ्रष्ट्चारिहरू लाई तलव /यदि सबै मिलेर देशको बिकाश गर्ने हो भने सबैले लागी पर्नु पर्छ तलव बढायेर मात्र देश र जनता को पक्क्ष काम गरिन्छ भन्ने कुनै ग्यारेन्टी छैन र हुने पनि होइन/कुरा बुझ्नु भीर तीर
    नकुदनु /

  26. नेपालको भ्रष्टचारी गद्दारी कर्मचारीहरुको तलव जति बढाए पनि के गर्ने आखिरी नानी देखि बसेको बानी कहिलेनी छाड़ने होइना/नेताहरूलाई भ्रष्टचार गर्न सिकाउने पनि यिनीहरु नै हुन भने किन यी भ्रष्टचारी हरुको तलव बढ़ाउनु परयो / नेपाल देश डूबाउनेमा सब भन्दा बढ़ी हात कर्मचारीहरुको रहेको छ/देशको अर्थतंत्र डामाडोल पार्ने पनि यिनै जन्तुहरू हुन / यी जन्तुहरूले सीधा साधा नेपालीहरुलाई दुःख दिएर एक मिनेट्मा हुने काम घुश नदिए सम्म गरी दिन्दैनन /एक हप्ता सम्म झुलाई राख्छन/त्यसैले तलव बढाए पनि के गर्ने घुश खाना छाड़ने होइन / त्यसकारण मेरो बिचारमा यी भ्रष्टचारिहरुको तलव बदाउने कुरामा मेरो सहमत छैन/

  27. karmarchari ko ta talab badhne re thikai cha…kisan ko chahi k badhne ni…kisan bhokkai marne..sabai tira sochnu paryo..and btw talab badhaunda..yesari bhanda…location herera badhaunu paryo..ktm ma bachna gaharao cha..tesaile ktm ko scale 1:10 hunu paryo ani bahira 1:5 thikai cha..

  28. No 3 is the best but Rs 3000 is not sufficient to cope with high market price. It should be increased to Rs 8000 at least.

  29. For equality why do we think of differential salaries? Irrespective of levels in job, they have to pay for their kids in school, bills from hospitals and groceries.So lets raise our voice to have employees to be in same ranking in new Nepal.Why to support no.3 option?

  30. प्रथमत देश को तरल अवस्था लाई नीयन्त्रन गर । राष्ट्रपती को बन्ने भन्ने चाडै निर्णय गर।
    देशलाई भारत को चूङुल बाट रक्षा गर। भस्त्राचार नियन्त्रन गर। बेरोज्गार लाई रोज्गार को
    बन्दोबस्त गर। अनी मात्रा ………………

  31. We can pay OPTION NO 1 to all and it is not a big deal if and only if we have some mechanism to take the output from them.. Mechanism i mean here is that for example we have some surveliance system(Monitoring through camera),Strict punishment to corrupt and time bound explicitly required. Reduce public holidays and increase the working hours.

  32. mero bichar ma ta market ma jati percent saman ko muallay badako chha tati percent sabai ko salarry badauda ramro hunchha hola haiiiiiiii

  33. हैन हाम्रो चाँही मुख छैन कि क्या हो खाली कर्मचारी को मात्र तलब बढाउने गरीब किसान सुकुम्बासी ले चही के खाने खै तीनीरुको बारेमा राज्य ले सोछेको

  34. महङि मजासग बढाये भो, अर्थ मन्त्रीले सरुवा मा घुस मजा सग खाय भो, बन्मन्त्रिले गोरु कुट्द घै कुटय् भो, आरचन गरी आपङ्हरुलाई पास गराय् भो,कख पढन नजाअनिहरुलाई सासद बनाय भो, सिप भयका कर्मचारीलाई पलायन गरी समानुपातिक बाट नव निउक्क्ती गराय् भो
    ताय्सैलय् मेरो विचारमा माथि उललय्ख भयका माग देस र जनत का माग भयकोले तलब भर्स्ताचर समेत काम हुने भयकोलए तलब nabadhuna सान्दर्भिक daykhadachu

  35. The issue here is not the salary scale but of the outdated structure of the civil service. With near abut 30,000 peons what can you expect from this service? Civil service is totally infested by useless thugs, kamchors and political chamchas. Is not it shame to have a Chief Secretary coming up with albums? What can you expect from these bhramins?

  36. I went through some comments as well. I have found that people are against the point number 1, they do not like to raise the salary drastically. Most of them have agreed in the point number 2, in this case a peon gets around 8 thousands and the highest level officer gets around 40 thousands. This point seems logical among three. But there are many things to be considered before you decide this issue. You know there is a big gap between 8 and 40. It should not happen. On the other hand,salary can not be equal through out the nation. It has something to do with the place as well. One peon of Dhankuta and one peon of Kathmandu should not get the same salary. And what about the people who do not have any kind of job?

    Please think many thing before we do it!

  37. welll all suggestion are good on there position as they think
    first pieon ko post wipe out hunu paryo why officer need pieon in office ? we have to restructured whole staffing system in gvt ofice so we can save budget and then fix salary.i hope if they go for 1:4 is great for all.thanks

  38. Karmachari ko talab Bhadhayeko ta yekdam ramro ho
    tar office hour ma swetar bunne
    ani officema dhila aaune kam chani
    banda hunu parcha hai.

  39. नेपालको कर्मचारीतन्त्र आ का अर्थात आवश्यक कारबाही गर्ने भन्ने माथिल्लो तह खासगरी उपसचिव र त्यसभन्दा माथिको आदेशबाट सन्चालित भएको कुरामा सबै सहमत छन्। प्रशासनिक केन्द्र जस्तो कि विकाश क्षेत्र र राजधानीमा शाखा आधिकृत सम्मले केही काम गर्छन प्रमोशनको लोभमा नत्र अरू सबै राजाको काम कहिले जाला घाम भनेर बस्ने हुन्। त्यसैले मुखिया खरदार नायब सुब्बा देखि मुख्य सचिव सम्मको तलब मान एकै हुनुपर्छ। माथिल्ला तहका अधिकृतहरूको जिम्मेवारी र कार्य दक्षता हेरी केही भत्ताको व्यवस्था गरे हुन्छ। जस्तो कि कार्यालय समय भन्दा बाहिरी समयमा उनिहरूले कार्यालयको कामको लागि गर्नुपर्ने काम बापत अन प्रेडेक्टिबीलिटी अलाउन्स युपिए जसलाइ करमुक्त गरेर दिए हुन्छ। नेपालमा जहाँ पनि पियनमाथि ठुलो शोषण हुनेगर्छ । त्यसैले उनिहरूको पद खारेज गरि योग्यता पुगेकालाइ स्वत खरदार र नपुगेकालाइ पढ्ने वा वृत्ती विकाशको अवसर दिएर अन्य सरकारी पदहरूमा विस्तारै हाल्नु पर्छ र त्यो पनि गर्न नसक्नेहरूलाइ गोल्डेन ह्यान्सेक स्वरूप एकमुष्ठ रकम दिएर विदा गर्नुपर्छ वा पेन्सन हुने अवधी पुगेकाहरूलाइ पेन्सन दिएर पठाउनुपर्छ। मनपरी तलब बढाएर ठुला बडालाइ पोषण र साना तहकालाइ शोषण गर्ने पुरानो सत्ताको तरिका नयाँ नेपालमा कसैगरी लागू गरिनु हुन्न। यो कुरा हामी नयाँ नेपालका युवा संवाहकहरूले जोडदार रूपमा उठाउन सक्नुपर्छ।

  40. तलब बढायर मात्रा समस्याको समाधान हुँदैन । पहिला देशमा एउटा परिवार बाट १ जन ब्यक्ती लाई रोजगार्को ब्यबस्था हुनु पर्छ। कर्मचारीको तलब चाँही बढेको बढेइ गरेपछी बेरोजगार् चाँही भोकै मर्ने।

  41. मेरो विचारमा कर्मचारीको तलब त १० गुणा भढाए पनि फरक परदैन किन भने तिनिहरुको पनि बाल बच्चा हुन्छन, पढाउनु पर्‍यो, बढाउनु पर्‍यो, भने कर्माचारीले पनि काम पनि इमान्दर भएर गर्नु पर्‍यो, कार्यलए पुग्ने बितिकै घाम ताप्न जाने, बदाम खान जाने, कुहिएको राजनीति गफ पिटेर बस्ने, काम नगर्ने गर्नु भएन ।

  42. उपाय नम्बर ३ बहुत उपयोगी छ नेपाल को धुकुटी लाई हेर्दा हो तलब्मा पनि कसै लाई पक्ष पत गरेजस्तो पनि हुन्न र महानगी को बेला सर्खार को सहयोग जस्तो पनि हुन्छ यो उपाय नम्बर १ चाँही नेपाली कङ्रेस्स सग आबद्द छ जस्तो लगेउ मग हेर्दा यिनी हरुले भने झै १:१० गर्ने हो भनेत नेपालको धुकुटी ले ६_७ महिन पनि धान्न मुस्किल छ तरमलाई चाँही कुन संगठन कुन पर्ती सग आबद्द छ भन्ने कुर तेती थाहा भएन है साथी हो एदी नेपाल म नै ४००००- १५०००० सम्मा तलब पहिन्छ भने चाँही म पनि बिदेशी भुमी म रगत्पसिन बगौनु भन्दा नेपाल म नै आएर ४००००-५०००० हजार् को जागिर खानु पला ल है उपाय नम्बर १ को मग पुर भयो भने तुरुन्तै खबर गर्नु होल उमेश जि हामी बिदेश मा बस्ने लाई …..

  43. कर र भन्सार लगायत राजस्वमा काम गर्ने भ्रस्टहरुको कमाइ जम्मा गरेर अरु सबै कर्मचारीको तलब बधाये हुन्छ नि । कसो डा महत जी तपाईं पनि सरुवा का नाम मा निकै खानु हुन्छ रे । मार्केट हल्ला त यस्तै छ नि ।

  44. देशको आर्थिक आब्स्था राम्रो भएको अवस्था मा जती तलब भए पनि म्यानेज गर्न सकिन्छ । तर देशको बिग्रदो आर्थिक आबस्स्था भएको हुँदा जती तलब बडाए पनि पुग्दैन / तेस्कारण तलब बडाएर महगी बडाउन सहयोग गर्नु उप्युक्ता हुँदैन / तलब बडाएर बहुसख्यक गरीब जनताको ढाड सेक्ने काम गर्नु भन्दा कसरी जनतालाई राहत दिन सकिन्छ भनेर सोच्ने बेल्ला आएको छ । कसरी उप्भोग्य बस्तुको भाउ घटाऊने वा जनताको आर्थिक स्तर बडाउने तिर चै ध्यान दिनु पर्ला मलाई त तीन वटा प्रस्ताव् हल्लाइ कल्पना नै गर्न मन लगेना /

    शर्मा जि झापा

  45. ह न सबै कर्मचारीलाई एक पटक अर्थ मंत्रालयमा एक वर्षको लागि सरुवा गर्ने ब्यवस्था गरे तलबै बढाउनु पर्दैन, कि कसो ?

  46. I never drop my comments, but I do prefer to read this block and some comment too.
    Looking this matter I need to jot down some of my words too. I am in Australia and I know somewhat about Australia. The range of salary is not too much different between junior staff and senior staff as compared too Nepal. So, I think the best way to increase the salary is to decrease the salary difference between those so called senior and junior staff.

  47. Nishant sharma ji ko bhanai ekdum thik ho.
    Mangai ta sabai lai barabar lageko cha bhane Salary chahi kina ratio ma increase garne????
    Ki tallo level ma ra mathillo level ko manche lai chutta chuttai cha mahangi???
    Sabai lai barabar ta hunai paryo ni.
    Kam ta aakhir kam nai ho.
    Bholi tallo level ma kam kasaile gardina bhane bhane tehi mathilo level ka haru le nai garnu parla ni aafu nasuhaudo kam.Ki kaso?

  48. तलब त महङ्गीको हिसाबले बढाउनै पर्छ । तर पहिले आफ्नो ढुकुटी पनि हेर्नु पर्‍यो नि ??????

  49. सबै आ-आफ्नै मात्र हेर्छन। तलब बढाउने भन्दा पनि महङ्गी नियन्त्रण गर्नका लागि दबाब दिनु पर्ने हो। सबैलाई थाहा भएकै कुरा हो; एसरी तलब बढ्यो भने बजार भाउ फेरी एक चोटि बढ्छ। कर्मचारीको तलब त बढाउने; बेरोजगार चै भोक्-भोकै मर्ने अवस्था आउछ।

  50. महङगी बमोजिमको सुबिधाहरु दिनु पर्छ । प्रतेक तहमा समान मात्रामा तलवको ब्यबस्था हुनु उपयुक्त हुन्छ ।

  51. I think 2nd option is most suited becouseof it mathes the financial and also the growth rate of daily usable foods in nepal

  52. move5

    राम हरी सापकोटा धादिङ धुवाकोट ,हाल नयाँ दिल्ली

    यि ३ वटै संस्था हरू लाई सरकारी कर्मचारी हरू ले घुश खुवाका छन

  53. move5

    राम हरी सापकोटा धादिङ धुवाकोट ,हाल नयाँ दिल्ली

    सरकारी काम चोर् हरू लाई अझ तलब बढौने लौ हाम्रो देश धेरै धनी छ क्यार

    हल्ला मात्रै हो कि सान्चै हो सान्चै हो भने
    म पनि नेपाल गएर घुश सुस खुवायेर सरकारी जागिर खान पर्‍यो

  54. mahangi ko aadhar ma badhaunu percha,dynamik hunupercha,talla level ka ko badhi % badnupercha.

  55. mero bichar ma,talab badhai dinu abasya jaruri cha.kinabhane,kam gare pachi aram sanga jindagi jiuna paunuparcha.ra pariwar ko jimmewari pani ta pura garnu cha ni.teskaran,talab bachana ko lagi pugne hunu jaruri cha,yedi talab ramro paune bhae pachi ghush line pratha pani nahola.ra kam wa mehenat anusar ko talab hunu jaruri cha.kinabhane,jasle dukha ko arthat jokhim ani mushakil kam garne lai dherai ra halka wa sajilo arthat kam jokhim ko kam garne lai ali kam hunu parcha jasto malai lagcha.yo hoina ki guf matra hakne ra fataha lai dherai talab tara mari mari dukha ko ra jokhim purna kam garne lai thorai chai pakkai hunu hudaina.dhannebad merosansar,

  56. khana pugne,education dina sakne,health maa government lay expense gerne garera salary badhaunu percha.natra karmachari ko matra salary dherai badhema, bazar bhau jhan bedne cha & 95% janata lay kata bata tetro kharcha dhanna sakchan.auta kura k bhane sachikai karmachari ko salary dherai kam cha & khana & family palnai garo cha.corruption ghataune & salary badhaune.tara salary tala dekhi mathi samma autai ratio maa badhaune.subba ko 30% increase bhayo bhane,sachib ko pani 30% nai increase hune percha, kinaki mahangi sachib lai & subba lai utinai badhne hoo???

    Important kura salary badhaune & tyo anusar responsible bhayara afno duty gerna bhane kada kanoon nai banaunu percha.

  57. अहिलेको मन्हगी, कर्मचारीको परिवार (कम्तीमा ४ देखी ५ जाना), 2 जाना बच्चाको पढाई तथा त एउटा अफिसरको खर्च बिचार गर्दा अफिसरको तलब कम्तीमा २५ हजार हुनु पर्छ ।।

  58. कसैको पनि तलब एक पैसा नबढाउने । महगी घटाऊने

  59. malai chai, third numbr ko solusion man paro. yas bata khoi khosi lai mataved bhayana ni ta. sabai barabar. yedi barabar na badhaune ho bhane teso ta taalo taha ko karmachari la hela garako ani usko ta kuni valu nai na bhaya jasto huncha ni.

  60. What i can say is Minimum sallary should be atleast Rs 1,00,000 per annum.

    Can u believe drivers of INGOs and UN get more paid than Chief Secreatary( highest post of Nepal government) of Nepal.

  61. जे गर्नु छ गर नेपाललाई हरिकङाल भनाइहाल्यो अब सम्सद भात्ता पनि बदअौने हो कि एसो कर्मचारीको निहु पारेर अफनै दुनु सोजाउने विचारमा छन नेता हरु . खोइ साथी हो देस बिगारनेहारु नै नेत्रित्व मा छन ,कसरी हुन्छ र नयाँ नेपाल को सपना साकार ।कामना गरौ छिट्टै नयाँ नेत्रित्व को सरकार बनोस , सुशिल यूरोप

  62. यो तीन वटा कर्मचारी संगठनहरुले दिएका सुझाब कहाँ, कहिले र कसरी दिएको सुझाबहरु हुन? के यो सत्य समाचार हो? वा कुनै संगठनलाई राम्रो देखाउन गरिएको खेल? मैले बुझ्न सकिन । कृपया कसैले प्रस्ट पारीदिनुहुन्छ कि? यदी ३ वटा मध्ये एउटा रोज्नु परे दोश्रो राम्रो छ ।

  63. ल जागिरेहरुको लागि त भयो अनी बेरोजगारहरुको हितमा चाँही के गर्नेनी कि उनिहरुलाई महङि लागेको छैन? पहिला बेरोज्गरिहरुलाई रोजगारको ब्यबस्था गर अनी तलब बडा।

  64. उपाय नं. ३ नै ठीक लाग्यो मलाई त । कम्तिमा यी जुंगामुठेहरुले समानताको कुरा त गरे ।

  65. उपाय नं ३ यकदमै ठिकछ। किनकी तल्लो तहको कर्मचारीले जस्तो खान्छन माथिल्लो तहको कर्मचारिले पनि त्यस्तै खानुपर्छ। तल्लो। कामको आधारमा दिनेभनेको अहिलेसम्म जति फरकछ त्यहिभए पुगीहाल्छनी नयाँ नेपालमा पनी भेदभाव गर्नपाइन्छ?

  66. दोश्रो उपाय अर्थात् नेपाल निजामती कर्मचारी संगठनको सुझाव बढी व्यवहारिक छ जस्तो लाग्छ । किनभने यो प्रस्ताव अनुसार कर्मचारीहरुको तलबमानमा त्यति ठूलो अन्तर छैन र राज्यलाई धेरै आर्थिक भार पनि पर्दैन ।

  67. सबैको तलबमा ३ हजार थप्ने। यो सुझाव दिने नेपाल राष्ट्रिय कर्मचारी संगठन हो। उसले यसरी तलब दिँदा असमानताको खाडल पुरिने तर्क दिएको छ। उसले दुर्गम भत्ता शत प्रतिशत बढाउन पनि माग गरेको छ।

    talab dherai farak huna hunna , asaman huna hunna, talab ta japan ko jasto saman type ko huna par 6 hai..

  68. The amount is not great thing. First, government should have oveall plan about its staff. How much staffs are necessary and why? Don’t thing about input only, what about out put? Government should think about its cosequences after the increament other than service holder who pays for them and unfortunately paying extra money to get services.
    The government staffs are low paid, it is necessary to increase their sallary, here is not doubt but after this who can guareenty that there will not be corruption.
    I think, first of all, CA has to pass death penalty to corrupt person before increasing sallery.

  69. यो हचुवा को भरमा बढाउनु भन्दा महँगी सँग तलबलाई जोड दिये भन्ने मात्रै स्मश्या को समाधान हुन्छ , उप्भोक्ता मुल्य सुच्कान्क सँग महँगी भत्ता बढने गरयिओ भन्ने राम्रो हुन्छ

  70. योग्यता र छमतामा फरक भये अनुसार तलब पनि फर्क हुनु पर्छ र साथै श्वास्थ बिमा, कर्मचारी को सन्तान को पढाए खर्च (आम्सिक भये पनि) सरकार ले ब्यहोरे कसो होला?

  71. I do not care affiliation But I think, the 2nd option is practical in current scenario.

    तलबको अनुपात १:५ गर्ने। अर्थात् तल्लो तहका कर्मचारीको तलब र माथिल्लो तहका कर्मचारीको तलबको अनुपात पाँच गुणा राख्‍ने। यो सुझाव दिने चाहिँ नेपाल निजामति कर्मचारी संगठन हो। यस अनुसार पिउनको तलब ८ हजार र मुख्य सचिवको तलब ४० हजार हुन आउँछ।

    Raj

Comments are closed.