प्रतिक्रियामा अब अझै अन्तर्क्रिया

माइसंसार रोचक हुनुको श्रेय पाठकहरुको प्रतिक्रियालाई जान्छ। कहिलेकाहीँ मूल ब्लगभन्दा पनि प्रतिक्रियाहरु रोचक हुन पुग्छन्। पाठकहरुको प्रतिक्रियामा नयाँ जानकारी, हाँसो ठट्टा सबै पाइन्छ। कहिलेकाहीँ भने प्रतिक्रियामा असम्बन्धित विषयवस्तु, अपाच्य शब्द जस्ता समस्या पनि देखिन्छन्। तर अधिकांश पाठकहरु त्यसलाई सीधै अस्वीकार गर्छन्। अपाच्य कमेन्ट देखिने बित्तिकै पुनः प्रतिक्रिया लेखेर सचेत गराइहाल्छन्। किनभने यो तपाईँको पनि संसार हो। र, आफ्नो संसारलाई स्वच्छ र मर्यादामा बाँध्नु तपाईँको पनि कर्तव्य हो।

पाठक प्रतिक्रियाको यही महत्त्वलाई ध्यानमा राख्‍दै आजबाट माइसंसारले पाठक प्रतिक्रियामा केही थप सुविधा जोडेका छौँ।

थप सुविधा अन्तर्गत अब तपाईँले कुनै प्रतिक्रियाको जवाफ सोही प्रतिक्रियाको मुनि गर्न सक्नुहुनेछ। त्यसका लागि तपाईँले जुन प्रतिक्रिया लेखकलाई जवाफ दिन चाहनु भएको हो, त्यसैको मुनि रहेको “यो प्रतिक्रियाको जवाफ लेख्‍नुस्” मा क्लिक गरी जवाफ लेख्‍न सक्नुहुनेछ।

यो सुविधाका कारण तपाईँले माथि रहेको प्रतिक्रियाको जवाफ तल पुछारमा लेख्‍नुपर्ने छैन। जुन प्रतिक्रियामा जे सहमति वा असहमति छ, तत्काल त्यही ठाउँमा लेख्‍न सक्नुहुनेछ।

यदि केही गरी प्रतिक्रिया तत्काल प्रकाशित नभए धैर्य गर्नुहोला। किनभने माइसंसारलाई स्वच्छ र मर्यादामा बाँध्नका लागि केही आईपीबाट पठाइने प्रतिक्रियाहरु सीधा प्रकाशित नभई मोडरेसन लिस्टमा जान्छन्। ती कमेन्टहरु हाम्रो कमेन्ट जाँच्ने साथीहरुले हेरिसकेपछि मात्र प्रकाशित हुन्छन्।

अडियो कमेन्ट
अब तपाईँ आफ्नै आवाजमा पनि कमेन्ट पठाउन सक्नुहुनेछ। त्यसका लागि सजिलो उपाय SayAndPost लाई ठानेका छौँ। किन गर्ने त अडियो कमेन्ट ?

– किन भने लेख्‍न भन्दा बोल्न सजिलो हुन्छ।
-कति मान्छे शुद्ध नेपाली भाषामा लेख्‍न सक्दैनन्।
-कतिपय मान्छे बोलीबाट अभिव्यक्त गर्ने कुरा लेखेर गर्न सक्दैनन्।
-कतिपय अवस्थामा लेखाइमा भन्दा बोली विश्वसनीय हुनसक्छ।

तर कम्प्युटरमा अडियो रेकर्ड गर्ने काम झन्झटपूर्ण हुन्छ। धेरै मान्छेले bitrates र kilohertz को कुरा बुझ्दैनन्। न निश्चित dll फाइलहरु इन्स्टल गर्ने प्रक्रिया नै बुझेका हुन्छन्। कति मजा हुने थियो यदि ब्लगमा कमेन्ट लेखे जस्तै सजिलोसँग बोलेर पनि कमेन्ट गर्न पाएको भए ! यस्तै सोच्दै इन्टरनेटमा डुल्दा एउटा मजाको प्रोग्राम भेट्टाएको छु- से एन्ड पोस्ट। यसबाट तपाईँ सजिलै आवाज रेकर्ड गरी कमेन्ट पठाउन सक्नुहुन्छ। त्यसका लागि के गर्नुपर्छ त ?

यो प्रक्रिया अपनाउनुस्-

1. सबैभन्दा पहिला यहाँ क्लिक गरी यो प्रोग्राम डाउनलोड गर्नुस् र इन्स्टल गर्नुस्।

२. SayAndPost प्रोग्राम खोल्नुस्। तपाईँले यस्तो देख्‍नसक्नुहुनेछ-

३. आफ्नो माइक तयार गर्नुस् र रातो बटन थिच्नुस् अनि बोल्न थाल्नुस्

४. रोक्नु परे यस्तो बटन थिच्नुस्

५. बोल्न सकिएपछि यस्तो बटन थिच्नुस्।

६. तपाईँको अडियो कमेन्ट रेकर्ड भइसक्यो। अब पोस्ट गर्नुअघि सुन्न चाहनुहुन्छ भने प्ले बटन थिच्नुस्।

७. अब गोलो संसार जस्तो बटन थिचेर तपाईँको अडियोलाई अपलोड गर्नुस्।

८. अपलोड सकिसकेपछि तपाईँले यस्तो सन्देश देख्‍नुहुनेछ-

OK थिचिदिनुस्।

९.अब तपाईँले HTML मा क्लिक गर्नुस्।

१०. अनि यस्तो लिङ्कलाई कपि गरी माइसंसारको कमेन्ट लेख्‍ने बाकसमा पेस्ट गर्नुस्।

११. अब तपाईँको अडियो कमेन्ट अरुले My Voice Message लेखिएको लिङ्कमा क्लिक गरी सुन्न सक्नेछन्। याद राख्‍नुस्, तर्कपूर्ण र रमाइलो कमेन्ट भए मात्र तपाईँको नाममा आएको कमेन्ट अरु पाठकहरुले सुन्नेछन्, नभए कसैले सुन्ने कष्ट गर्नेछैनन्। जथाभावी कमेन्ट गरिएको सुन्नुभएमा सोही कमेन्टमुनि रिपोर्ट गरिहाल्नुस्, त्यस्तो कमेन्ट लेखकलाई प्रतिबन्ध लगाइनेछ।

१२. अब गर्ने हैन त अडियो कमेन्ट पनि 🙂

130 Comments

  1. Thik cha yes lay mysansar ko popularity ajha badhune cha & yesko dayara pan bedhne cha.Good Luck

  2. प्रबल जि !
    तपाईंको कबिता -स्बर दु बै राम्रो लाग्यो । यसरी नै लेखिरहनुहोस् आफ्नो मन को भाबना लाई , यक दिन तपाईंको सपना ले साकार रुप लिने छ , निरन्तरता को शुभ कामना ।

  3. किरण जि !
    मिठो लाग्यो तपाईंको स्बर । ( मैले त आज पो सुने । )

  4. मैलेपनि सही थपेँ है ।

    लौ अब त माइ संसार क्लब गठन गरेर पिक्निक जानुपर्ला जस्तो छ है ।

  5. बधाई छ उमेश जी !!
    यसरी नै माइसन्सार ब्लग को सधैं प्रगतिको कामना गर्दछु !

  6. राम्रो छ प्रवल जी,
    बरु लक्षमा अगाडि बढनुस्, गीत, कविता पनि लेख्दै गर्नुस् mysamsar मा । अन्योलको घेरा तोडनुस्, तपाईंको कुनै प्रेमिले बोलाउनेछिन अबस्यै पनि, मायालु भाकाले । एउटा कुरा के नभुल्नुस् कि हरेक बूँदको गन्तब्य त माहासागर नै हो, जहाँ तपाईंले पुग्नै लागेको कुरा गर्नु भएको छ ।

    अर्को कुरा जीन्दगी लामो छ, हतार नगर्नोस, समयले संगितकारको पनि उपस्थित गराइदिने नै छ । बस, लेख्दै जानुस् । कोर्दै जानुस् । धैर्य गर्नुस् । है त!

  7. फेरी पनि,

    comment को कोलम width पनि लेखकै बराबर गर्न मिल्थ्यो कि? गध्य पनि पध्यको आकारमा पुगेकाले, खल्लो खल्लो, नून नपुगे जस्तो, कस्तो कस्तो स्वादिलो नभए जस्तो, नमिले जस्तो पो लाग्यो मलाई त!

  8. माईसंसार लाई प्रगतिको लागि सुभकामना यसैगरि प्रगति गर्दै जाओस र सदा रहोस नं १ ब्लग ।

    —झापालि कान्छो

  9. it’s really gr8 news.

    First: Thankx MySansar Family
    Second:Congratulation 2 all commenters/visitors of MySansar
    Third: M’ luck coz’ m’110th commenter….

    thankx again!!!

  10. धन्यवाद उमेस जी! नयाँ system को लागि । comment, minimize गरेर राख्न पनि मिल्ने भएछ । तर, कस्ले, कहाँ comment थप्यो भनी थाहा पाउन फेरी सबै हेर्नु पर्ने जस्तो लाग्यो । १ पटक हेरी सके पछी, अर्को पटक खोल्दा, थपिएको मात्रै हेर्न मिल्ने पनि हुन सक्छ कि?

  11. किरण जी

    कथा र कबिता को सुझाब राम्रो छ अब सुरुवात हजुर बाटै गर्ने कि ??

  12. उमेस जी ले माइसंसारमा प्रतिकृयाको लागि अडियो कमेण्टको सुबिधा थपिदिएर निकै राम्रो गरिदिनु भयो । सबै साथीहरु निकै रमाउनु भएको छ । मलाई पनि खुशी लागेको छ ।

    तर पनि,

    के गर्नु संसार
    एकै प्रकारको कहाँ छ र?
    कोही लेख्न सक्लान
    बोल्न सक्दैनन
    कोही देख्न सक्लान
    सुन्न सक्दैनन
    जे होस् उनिहरुलाई
    फेरी पनि संझिदिए हुनेथियो!
    मायाको डोरिले
    तिन्लाई पनि बाँधीदिए हुनेथियो!!
    **
    बोन्ने रहरमा कतै
    लेख्न नभुलिदिए हुनेथियो
    सुन्ने कौतुहलतामा कतै
    हेर्न नभुलिदिए हुनेथियो
    **

  13. धन्यवाद देश प्रेमी जी

    आवाज सुनेर प्रतिकि्रया दिनुभएकोमा

  14. धन्यवाद किरण जी!!
    आवाज सुनेर प्रतिकि्रया दिनुभएकोमा …अनि यस आवाज लाइ माइक आवाज भन्दा पनि खासै फरक नपर्ला किन कि माइक र माइक्रोफोन उस्तै उस्तै हो नि हैन र ???
    🙂

    आवाज मा पनि
    my voice message

  15. योo एउटा मेरो सानो प्रयास । धन्यवाद mysansar team लाई प्रकाशित गरेकोमा । आबाज प्रस्ट नै छ जस्तो छ। कुनै संगीतकार ले गीतबनाये कसो होला ? साथीहरुको रचनात्मक प्रतिकृया को अपेक्षा रख्दै ….

    प्रबल /अष्ट्रेलिया

  16. मन नपरेको कमेन्टलाई minimize गरेर रख्दियो; फेरी फेरी हेर्नै नपर्ने क्या मज्जा।
    अब त कसैलाई गाली गर्नै नपर्ने भो।

  17. I would like to request the technical person of this site to say something about the compatible file formats. Like i have tried to say something to someone ‘Sonny’ as below.

    Actually this is all the technology that read a file from somewhere that recorded from anywhere (i mean recorded with any software) that should be compatible for the Operating System that the listener is trying to listen from. AFAIK the .mp3 format files are all compatible for all Operating Systems so if you can save the file in .mp3 like the sayandpost does, then of course you can upload it somewhere in your live servers and give the URL of the music/mp3 and paste here as HTML like listen the file will be accessible and can be listened.

  18. Actually this is all the technology that read a file from somewhere that recorded from anywhere (i mean recorded with any software) that should be compatible for the Operating System that the listener is trying to listen from. AFAIK the .mp3 format files are all compatible for all Operating Systems so if you can save the file in .mp3 like the sayandpost does, then of course you can upload it somewhere in your live servers and give the URL of the music/mp3 and paste here as HTML like listen the file will be accessible and can be listened.

  19. mysansarle pragati gareko ma badhai chha. comment haruko pani comment chahi gajab lagyo. aba ali sochera lekhnu parne rahecha nabhaye naramro sanga gali khaine bhayo. tara audio comment chahi ali jhanjhat hundo rahecha, sunna lai nikkai time lagne rahecha. tehipani samagrama umesh ji dhayabad hai.

  20. thank you umesh jee. now i am in office so now i can,t lissen and record my voice massage so when i finshed my office than i will try. again thank you very much.

    suraj thapa “sadhu”
    afghanistan

  21. जे होस कमाल गर्नु भयो उमेश जी ! ” तपाई अनी तपाई को यूनिट संपूर्ण लाई मूरी मूरी धन्यबाद “,,एसई गारी सफलता मिल्दै जावोस शुभ- कमाना छ ,,

  22. My voice message with my creation song/Poem , Creator : Prabal, Australia

    काबिता/गीतको शीर्शक : “मायाको आशमा …”

    जिन्दगी को दोबाटोमा म कता हराये ?
    खोज्दा खोज्दै आफ्नो लक्ष म कता बिलाये ?

    आफ्नो भन्नु कोही छैन यो परदेश भूमिमा
    पाये हुन्थ्यो साथ तिम्रो पानी सरी मरभुमीमा ।

    गन्तब्य लाई खोज्दा खोज्दै म कहाँ कहाँ अायिपुगे
    लाग्छ अब अन्योल्ताको बन्द घेरामा परे ।

    साथ हिंड्ने कोही छैन लामो यो यात्रामा
    दिये हुन्थ्यो तिमीले साथ हाम्रो त्यो सहयात्रामा ।

    उन्नतिको चाहनाले म कुन तालमा डुब्नपुगे
    अन्जनमै पौडदै जदा म महासागरमै पुग्नलागे ।

    माया माया भन्दा भन्दै म कहाँ कता रुमल्लिये
    बोलएहुन्थो यो भिडमा तिमीले किनकी म यहाँ कतै छोडिये । २

    प्रबल , अष्ट्रेलिया
    [email protected]

  23. “Brian’s threaded comment” plugin. Cool. MySansar admin my suggestion: you can use “Subscribe to comments” plugin as well. It will be a big plus…

  24. ल उमेशजीलाई बधाइ र धन्यवाद छ, ब्लगलाई फोरम (त्यो उपेन्द्रहरूको फोरम हैन) को सुविधा दिनुभएछ । तर मलाई ‘स्वर प्रतिक्रिया’ त्यत्ति उचित लागेन । यसो गर्दा झन् कसैको आवाज नबुझिने कसैको सानो ठूलो वा अरु नै हुने आदि हुनसक्छ । त्यसैले ‘शब्द प्रतिक्रिया’ नै राम्रो । तर प्रतिक्रियामाथि प्रतिक्रिया गर्नु सुविधा भने राम्रो हो । यसले यो ब्लगलाई सुन्दर र सफा राख्न मद्दत पुर्याउँछ ।

  25. जानेर हेरेँ, नजानेर हेरेँ
    बिहान हेरेँ, साझमा हेरेँ
    पडनलाई हेरेँ,लेख्नलाई हेरेँ
    एक्लै हेरेँ, साथीहरुको माझ हेरेँ
    माइसंसार

  26. ल बधाई उमेश जी यस्तै यस्तै नयाँ सुविधाहरु थप्दै जानुभयो भने तपाई ब्लग मात्र हैन एउटा कम्युनिटी फोरम वा सामाजिक संचालपनि संचालन गर्न थाले राम्रो होला ।

  27. ल ल बधाई छ उमेशजी लाई! अँ अँ ….. बधाई भन्दापनि बढी त धन्यवाद है किनकि बधाई त हामी कमेन्टर हरुलाई पनि त बाँढनु पर्‍यो नि!

  28. Srawanji dherai ramro subudha byabastha garidinu bhayekoma dherai dherai dhanyabad ra ajhai ramro ra sajilo upaye khojne prayas garnu hola.

    Narkaji

  29. सुरिलो स्वर भन्नु भयो त्यस्तो सुरिलो त पतकै लागेन बरु भोईस कमेन्ट गर्ने पहिलो पाठक भएको मा चै बधाई नै छ्। अब सुरिलो र मिठो स्वर मा कमेन्ट सुन्ने इचछा छ ।

  30. BOLERA COMMENT GARNE BICHAR THIYO TARA MA BADHI NAI BHAK-BHAKAUCHHU,PHERI SATHIHARULE MIND GARNE HO KI?

  31. मेरो संसार सुख दु:खको साथी नै हो । हामी प्रबास मा रहने नेपाली हरुको लागि भावना हरु बिसाउने चौतारि बन्न पुगेको छ । त्यसमा पनि हामि जस्ता पाठक हरुलाइ ध्यान राख्दै सुबिधाहरु बिशाल बनाइदिनु भयकोमा उमेश जि माथि आभारि छौ। उमेश जि तपाइ महान मानव हुनुहुन्छ ।

  32. अहो ! साह्रै खुशी लाग्यो उमेशजी , कमेण्टमा घोत्लिने समय बचाईदिनुभयो है अब भने चैं । धन्यवाद ।

  33. उमेश जि,
    यो पनि प्रगतिको थप पाइला हो। हामीलाई पनि सजिलो बनाइदिनु भयो। मेरो शुभेक्ष्या!

  34. Great Job Umesh Ji
    नयाँ प्रबिधि अपनाउनु भएकोमा धेरै धेरै बधाई छ |

  35. लौ लौ किरण जी, पहिलो नेपाली महिला हुनु भएछ है माईसंसार को Voice Comment पठाउनेमा जे होस बधाई छ रे के हे हे हे । तपाँईको आवाज सुने, राम्रो छ कोइलीको जस्तो सुरिलो चाँहि नभनुँ अत्ति नै होला रे के फेरि (Just Joking है) जे होस नअक्मकाईकन बोल्नु भएको छ ढुक्क संग । तर कहाँबाट अनि के गर्दै हुनुहुन्छ त्यो पनि प्रष्ट पार्नु भएको भए अझ राम्रो हुन्थ्यो कि? हुनत उमेश जी लाई त थाहा भैहाल्छ IP Address हेरेर त्यहि पनि हामिले पनि थाहा पाँउदा केहि बिग्रदैन भने अरु साथिहरुले पनि कहाँबाट अनि के गर्दै हुनुहुन्छ प्रष्ट पारेर बिषयवस्तुको बारेमा Comment बोल्दा राम्रो हुन्थ्यो कि भन्ने मेरो सोंचाई मात्र, ल ।
    धन्यबाद ।

  36. It is good however, it take time to be familiar. I like it and it is a very effective communication. I appreciate your Team. You are doing good jobs. Thank a lot.

  37. ठीक छ
    तपाईँको प्रयास सरानीय छ
    यसरी आवाज रेकर्ड गर्ने मन लाग्दैन र आफ्नो मोबाइल फोनबाट नै आवाज रेकर्ड गर्न चाहनुहुन्छ भने यो साइट उपयुक्त छ है
    http://gabcast.com
    अमेरिका, क्यानडा, आयरल्यान्ड, लन्डन, आम्सटरडम, सिडनी, पर्थ जस्ता ठाउँहरुबाट लोकल नम्बरमा फोन गरी अडियो रेकर्ड गर्न सकिन्छ । यो पनि ट्राइ गरे हुन्छ साथीहरुले

  38. Good job Umesh ji keep it up.Spent your time in such developemenr rather than blogging the stuffs like Charls Sobhraj”s love story. Anyway thanx a ton for thease facilties

  39. Good News!

    Voice/Audio comment is a great idea. Lets hope people use civilized language and Mysansar will moderate it before being published.

    Thanks.

  40. Thank you to my sansar. realy good technology. abasya pathak ko comment badne chha. tara kunai news ko comment
    choto ra sampurna news lai samente khalko record garda thik hune chha hola jasto malai lagchha. tara kiran sister bhane jastai chhot mitho kabita katha recod garna sakine bhaya sahitya premi pathak haru ko lagi ramro hune thiyo
    asha chha hune chha. iam proud of my sansar.

    from doha

  41. उमेश जी
    यो कमेन्ट गर्ने साथी हरुको नाम चै हाइलाइट(भिन्दै कलर ले ) गर्न पाय प्रस्टै चिन्न सकीन्थ्यो । म त सबै अक्ष्यर उस्तै देखेर अलमल्ल परे भन्या !

  42. बोधार्थ जि !
    मलाई पनि तपाईंको अनी सबै साथीहरु को आबाज सुन्न मन लाग्या छ तर हेर्नुस् न् ! म त यो हेरेर ट्बा प रि राख्या छु ! कोशीस गर्ने छु , बिस्तारइ बुझिन्छ होला , अब त हामी झन नजिक हुने भयौ हगी ? मलाई त खुब राम्रो लाग्यो यो सिस्टम । उमेश लाई बधाई छ ।

  43. बोधार्थ जि !
    मलाई पनि तपाईंको अनी सबै साथीहरु को आबाज सुन्न मन लाग्या छ तर हेर्नुस् न् ! म त यो हेरेर ट्बा प रि राख्या छु ! कोशीस गर्ने छु , बिस्तारइ बुझिन्छ होला , अब त हामी झन नजिक हुने भयौ हगी ? मलाई त खुब राम्रो लाग्यो यो सिस्टम । उमेश लाई बधाई छ ।

  44. मलाई चै लुना जी को आवाज सुन्न मन लग्या छ । ल न है लुना जी । यसो पहल गरौ न ।

  45. राम्रो त हुन्छ कथाहरु पनि आवाजमा दिन
    तर लघुकथा मात्रै हुन्छ होला
    किनभने यसमा लगभग ४ मिनेट जति मात्र आवाज रेकर्ड गर्ने सुविधा छ जस्तो लाग्छ

  46. दाइ [उमेश]
    स-धन्‍यबाद यो नौलो प्रयोग को निम्‍ती|
    साथमा सफलता को शुभ कामना सदैब..||

  47. Great Job! Yes, that’s why I like My Sansar. Every web media should learn something from My sansar.
    Prabhat
    Waling, Bayekhola , Gahate, Syanagja
    Now: HU Israel

  48. this program has *.exe format, and it doesn’t work for mac…. Can we upload any voice message recorded from other software that is compatible for mac OS X- Leopard?? Could you please tell us the file format for the voice message that could be uploaded to the website?
    Thanks

  49. ल बधाई छ माइ संसारलाई । अझै प्रगती हुँदै जाओस ।

  50. and one more thing Mr umesh .
    it would be great if some one can vote others comment ( like in youtube or engadet )

  51. Good dai !!! dherai khusilo go nepal ma pani IT ko pargati hudai chha !!! all the best …………..

Comments are closed.