शनिबार साहित्यः कविता लेख्‍नुस्

शनिबार साहित्य अन्तर्गत यो सातादेखि कथामात्र नभएर कविताप्रेमी पाठकहरुका लागि एउटा खुला कविता लेखन कार्य पनि। यस अन्तर्गत हरेक साता एउटा फोटो यहाँ राखिनेछ र त्यसैमा आधारित कविता तपाईँहरुले लेख्‍नुपर्ने हुन्छ। माइसंसारका ‘आशुकवि’ हरुलाई पक्कै पनि यो काम गार्‍हो लाग्ने छैन होला। विषयवस्तुसँग असम्बन्धित कविता चाहिँ यसमा र अरु ब्लग पोस्टहरुमा पनि नराखिदिनु होला। लौ त चुनौति कविता लेख्‍ने, स्वीकार्ने हैन ? कीबोर्ड तयार पारिहाल्नुस्। कविता बाहेकका कमेन्ट यसमा नगरिदिनुहोला।

यी बालिकाको फोटो तीजका बेला पशुपतिमा खिचिएको हो। उनको हातको मेहन्दी।

45 Comments

  1. अबोध हत्केलामा शुभ प्रभात
    ——————–

    न सपनाको थुप्रो छ कतै
    बोक्नु पर्ने
    न चाहनाको पोकापन्तुरा
    बिसाउनु पर्ने
    सतह देख्न सकिने
    सङ्लो पानी जस्तै
    अबोध मुहारको मुस्कान
    मान्छेहरुले कहाँ पढ्न सके खै ?
    हत्केला फिँजाएर आँखा अगाडी
    हस्तरेखा पढिरहेका मान्छेहरु
    निचोरेर मानवताको मुटुकलेजो
    हत्केला रंगाउन अभ्यस्त मान्छेहरु
    आउ
    आज यौटा अबोध हत्केलामा
    मेहन्दीले खिचिएको
    शुभ प्रभात पढेर जाउ
    तिम्रा सबल हातहरुले
    भोली यौटा अबोध मुहारमा
    छचल्किने मुस्कान
    सुम्सुम्याउन सक्छ कि ?

  2. सबैका कविता आए। खै मनिषजी, सुदर्शन(मदन)जी हरुको त आएन नी, किन हो ?

  3. अबोध ति नयनहरु
    चिहाइ रहेछन पशुपती जस्तै शान्ती क्षेत्र
    रगतले होइन ति कोमल हातहरु
    मेहन्दिले रङगिनु पर्छ ।

    rai top bahadur
    from hongkong
    [email protected]

  4. पातहरु झरी सके झरदैनझरेर
    त्यो पछाडिकी आइमाई क्या राम्री हेदै नहेरेर

  5. हात मेरो कती राम्रो हेरी देउन कोही
    यहाँ पछाडि बस्नेहरु कता गये खोइ

    आमा बा यताइ थिए कता गये सरी
    मेहेन्दी बिग्रिएल उथ्ने कसो गरी

  6. झिलिमिली झिलिमिली
    चम्कने सितारा
    सानी नानीको नाना मा
    °
    छ न् छ न् -छ न् छन चुराले
    गीत गायो
    उन्कै भाका मा
    °
    थोप्ला थोप्ली
    फूल बुट्टे मेहन्दी
    रङ्ग बन्यो हात मा
    °
    मेहन्दी रङ्ग
    द ङ्ग त्यो उमङ्ग
    चन्चल खुशी साथ मा
    °

  7. mysanassarma sarai ramro, kabita ko lahar rahechha
    radiph ani kaphia ko ,sarai ramro bahar rahechha
    # # #
    kabi daju bhai ka ti,kabita lai niyalda ma
    afno afno jibanko, yathartha ko khabar rahechha

  8. अब यी रंगीन हात हरुले कस्लाई थप्पड़ हानु ??
    एसियाली मापदंड को कुरागर्ने लाइ ?
    नेपाल लाइ सिंगापुर बनाउछु भन्ने लाइ ?
    आफ्नो गाऊं आफै बनाउछु भंनेलाई ,
    वा,
    नेपाल लाइ स्वित्ज़र्ल्यांड बनाउछु भंनेलाई ??

    रास्ट्रीय एकताको नारा दम्फु को द्वांग द्वांग थ्यो |
    सिंगापुर बनाउछु भन्ने हरु धोखेबाज थे !
    आफ्नो गौ आफै बनाऊ भन्ने हरु लुच्चा,
    स्वित्ज़र्ल्यांड को सपना बाड़ने हरु ,
    डांका !डांका !डांका

    द्वांग द्वंग गर्ने हरु सीजनल थे ,
    धोके बाज हरु को सीमा हुन्छ ,
    लुच्चा हरु सजिलै चिनिन्छन,
    आफ्नै घर माँ डांका डालने हरु लाइ ,
    भन्ने के ?गर्ने के ?

  9. आमा यी रंग हरु किन लगैदियेऊ ?
    रंग हरु धोका हुन,
    रंग दिमागलाई दिग्भ्रमित गर्छन,
    मौलिकतालाई पैतालामुनी राख्छन,
    रंग यथार्थ होइना ,
    माया को कुनै रंग हुन्न,
    दया को कुनै रंग हुन्न
    फूलहरुको आफ्नै रंग हुन्छ ,
    बिछोड को कुनै रंग हुन्न !!

    थकित सरीर,
    दुखित मन :
    दिवाली हाम्रो क्यालेंदर माँ छैन,
    मधुमास यहाको हृतु होइना !!
    तेसैले ,
    यी रंग हरु एक्ला छन,
    ईनको कुनै औचित्त्य छैन !!
    ईनको कुनै मूल्य छैन !!

  10. के. आर. शर्मा

    बर्णन गर्न गाह्रो भयो हातमा मेन्दी लाउदाखेरी
    सुन्दरताकी खानी तिमी सजिएर आउँदाअखेरी

    गाजलु ति आँखा तिम्रा मुहारभरी अबोधपना
    चुलबुले हेराई तिम्रो आमाको काख पाउदाखेरी

    कालो मेन्दी , रातो पालिस हातैभरी रातो चुरा
    स्वर्गकी परी जस्तै चुल्ठो बाटी सजाउदाखेरी

    काखमा लीई तिमीलाई पशुपतिमा तिम्रो आमा
    तिम्रै चर्चा भएहोला तिजको गीत गाउदाखेरी

    बर्णन गर्न गाह्रो भयो हातमा मेन्दी लाउदाखेरी
    सुन्दरताकी खानी तिमी सजिएर आउँदाअखेरी

    के. आर. शर्मा
    [email protected]
    ताजी ईराक बाट

  11. haat ma hoina sundarta mann ma khojau
    atit lai birsera agadi badne sochau
    deen ramailo cha ani raat pani
    samay badline cha ekdin dukha pani sukha bani

  12. अबोध छ बालापन चन्चल छ मन |
    पशुपती, मात्रिस्नेह खेल्ने तपोवन ||

    कोरिबाटी चुलठी त ललाटको बिन्दी
    कलाकार मेरी आमा मलाई सजाउछिन ति ||

    रङिन छन नानामेरो फुलबुत्टा भरी
    आमाको नै रोजाइ छ एस्को खरिदारी ||

    रातो चुरा हातभरी बछ्छ छिनी छिनी
    आमा मेरी कती ज्ञानी सजाउने तिनी||

    हात भरी मेहेन्दि त बुत्टा भरी भरी
    लगाइदिने मेरी आमा बडो ख्याल गरी||

    भोक प्यास बिरामी मा माया गर्ने आमा
    मेरो लागि मेरी आमा हुन भगवान ||

    केही डर छैन मलाई आमाको छ काख
    निर्मल छ उन्को माया छैन खोट दाग ||

    मेरी आमा कती जाती मायाको त खानि
    अपार माया गर्छिन मलाई म छु भाग्यमानी||

  13. यती राम्री छोरीसँग उस्को बाबा भईदीये।
    आमा पनि मेहिन्दीझै मुस्काउदी हुन।।
    राम्री छोरी झनै राम्री देखीइदी हो।
    आमा पनि मन्द मुस्कान फुस्काउदी हुन।।

  14. sani nani ati gyani laxmi nai jasto,
    hatma ranga kasle bharyo? chhakka pare jasto.

    voli timro thuli bhai sari laune rahar,
    kati ramri sani nani kaha ho tirmo ghar,

  15. नानीका हात्का मेहेन्दी
    अबोध संस्क्रिति
    खुशी झल्किन्छ
    तर
    खुशी सँगइको मेरो चिन्ता
    यिनको भबिश्यको छ
    यिन्ले हामीले जस्तो
    बन्दुकको बीचमा
    स्कूल जानु न परोस
    यिन्का साथी भाईहरुको
    अपहरन, बलत्कर नहोस

    यिनको अबोध् यो खुशी
    सदैभरि नै
    यसरी नै रही रहोस्

    एस्का लागि तपाईं हामीले
    के गर्नु पर्छ ?
    सोच्नु भएको छ?

    ””””” कबिता लेख्न बहुत सजिलो हुन्छ ।

  16. कती सानी नानी तिमी राम्रै होला बानी
    तस्बिर हेर्दा लाग्छ मलाई तिमी रुपकी खानि!!
    यती चाडै पशुपती कहिले स्कुल जानी
    राम्रोसँग पढ्नुपर्छ भनेको कुरा मानी !!

    Prabhat Khanal
    Hebrew University, Israel

  17. कस्‍तो होला अजम्‍बरी कस्‍तो होला चोला
    सेकेन पनि बर्ष हुन्‍छ आज म लाई किन?
    तिज आयो,दशै आउछन तिहार पनि संगै
    सम्‍झिल्‍याउद आशु आउछ छोरा,छोरी नागै

    देशमा जान पाकोछैन्‌ धनकमाउने आशले
    साहुको ऋणले छातीपोल्‍यो खाडी देशको बाश्‍ले
    अर्को तिजामा आउछु दिदी नरुयरा बस्‍नु
    दाजु,भाईको आसै आशमा मैति तिरा पस्‍नु

    सेव गर्छु बा आमालाई नमसकार छ दाइलाई
    प्रण भन्‍दा प्‍यारो लाग्‍छ आफ्‍नो भाषा भेषलाई
    कान्‍द मुला खान्‍छु बरु देशमा बसी बसी
    छुट्‍कार देऊ साहुको ऋणले स्‍वदेशमै बसी

    मान लामा हाल ईराक बाट

  18. मान्छे भन्दा मेहंदी राम्रो
    सस्कृति जोगाउने काम हाम्रो
    ती हात हरुले नेपाल लाई देखाउनु
    तीज का बिसग्गति हरुलाई हटाउनु
    ती हात हरुले आसू नपुसियोस
    सधै नेपाल लेखियोस सधै नेपाल लेखियोस

  19. चुल्बुले तिम्रो हेर बानी राम्रो
    गाजलु ती आखाको नानी राम्रो.

    परी,अप्सरा तिमीलाई जे भने नि
    नाम त मलाई सानी राम्रो.

  20. तिम्रो त्यो अबोध मुहार झै
    मेरो देश पनि मुस्कुराउन सकेको भये
    शायद,
    म पनि तिम्रा हात हरु झै,
    देशभित्र मेहन्दीका
    रङ्गिन सपनाहरु बुन्थे,
    मेहन्दिका सन्जालहरु झै
    डाडाकाडामा बाटो पुर्याउथे ।
    तिमी कती भाग्यमानी
    तिमीले भने झै
    मेहन्दिवालाले बुट्टा हान्छ
    तिमी मेहन्दिको बुट्टा छान्न सक्छौ,
    तर खै
    हाम्रो देशको मेहन्दिवाला
    नत हामीले भनेको बुट्टा हान्छ
    नत आँफैले बुट्टा छान्छ
    उ त
    दक्षिणले जे बुट्टा भन्यो
    तेही मान्छ ।।।

  21. यहाँ जिंदगी जिउनु को अर्थ,
    हात हरु रंगाउनु सम्म त रहेछ ,
    काला रंग,
    राता रंग,
    भाई को रगत को रंग,
    दाई को रगत को रंग,
    घुस को रंग,
    लुट को रंग,
    माया को रंग
    धोका को रंग ,
    तर प्रिये ,
    सबै रंग हरु माझ राम्रो!!
    यो मेहंदी को रंग ,
    तीज माँ बालिका को हात माँ पोतिएको रंग!

  22. निस्चल मुहार अनी ति नयन, कोमल यी हातमा
    बनावटि संसारको नजर लागेछ
    त्यो रातो टिका / चुरा वस्त्र , मेहन्दी त्यो हातमा
    देखवटी संसारको नजर लागेछ

  23. मेहंदी रातो छ ,प्रतिक त्यों सुख को
    कालरात्रि हटाउदै बाटो त्यों दुख को
    जीवन निरंतर छ बग्ने छ अबिरल
    देख्न पॉऊ हासो त्यों मुहार माँ प्रतिपल

  24. तिम्रो जिबन सजाउने
    यि मधुर मुस्कानहरु
    सुन्दर भबिश्य बनाउने
    यि कलीला हातहरु

    संसार अलिक अन्ध्यारो छ
    लाल किरण छाइदेउ नानु
    सगरमाथा शिरबाट
    शान्तिको गीत गाइदेउ नानु

  25. लगाउनेको भन्दा पनि लगाइदिने हात राम्रो
    पशुपति मन्दिरमा बितेको त्यो रात राम्रो
    लुकी लुकी हेर्दाखेरी झस्केको त्यो आँखा भन्दा,
    मुसुमुसु मुस्कान दिदै बोलेको त्यो बात राम्रो

Comments are closed.