कर्णालीको छाति दुख्दा काठमाण्डू दुख्दैन

-कृष्ण ढुंगाना-

तपाइँको मन छ भने आँखा रसाउनेछन्। माया गर्न जान्नुहुन्छ भने करुणा भाव उद्वेलित हुनेछ। हो ‘कर्णाली दख्खिन बग्दोछ’ एउटा नाटक हो तर त्यसले मानवीय समवेदना छोएको छ। तपाइँ त्यसका पात्र चिन्न सक्नुहुन्छ। संस्कृति बुझ्न सक्नुहुन्छ। र, त्यो भन्दा धेरै सिङ्गै कर्णाली अनुभव गर्न सक्नुहुन्छ। सुनिल पोखरेलको निर्देशनमा रिमाल नाटकघर, गुरुकुलमा मञ्चन भइरहेको नाटकमा कर्णालीबासीका दुःख र वेदना पोखिएका छन्। गरिबी, भोकमरी र पीडाका आँसु चुहिएका छन्। अनि काठमाडौले कर्णालीलाई गर्दै आएको सौतेनी आमाको व्यवहार उदाङ्गो पारिएको छ।

पुरुषहरु दख्खिनको भारततिर रोजगारीका लागि हिँडेपछि गाउँका गाउँ नै सून्य हुन्छन्। त्यसैले मान्छे मर्दा पनि मलामी जाने कोही पुरुष हुँदैनन्।

राराको नीलो दहमा तैरिरहेका हाँस हेर्दा मुगु नै भान भइरहेछ। उमेश र म सहितका दर्शकहरु स्क्रिप्ट नलेखी नै स्वतःस्फूर्त मञ्चन भइरहेको ‘कर्णाली दख्खिन बग्दोछ’मा मग्न छौ‌। उ क्यामकोडरको लेन्स मञ्चतर्फ तेर्साएर बसेको छ। घरि घरि रेकर्ड बटन थिच्दा मधुरो ‘टिडिङ-टिडिङ’ आवाज सुनिन्छ। नाटकका एकजना जीवन्त कलाकार समुन मल्ल (पत्रकार पनि) डोट्याली भाषाको लवजमा मादल बजाउँदै दर्शकलाई स्वागत गर्दैछन्:

ऐ… ऐ… ऐ… हजूर…
झिलिमिली बिजुली काठमाण्डू छ… बिजुलीका तार…
मुगुदेखि नाटक ल्यायौं सबलाई नमस्कार !!

***
म काठमाण्डू आयाको बत्तीले उज्यालो भयाको (कोरश ट्युन)
(मनले इच्छाएको सङ्गीत भरेर बुझ्न सक्नुहुन्छ।)

कर्णाली नदी समुद्र पुग्ने लक्ष्य बोकेर बेगसँग दख्खिन बगिरहेछ। तर कर्णालीका जनताको लक्ष्य फगत मजदूरी हो। र त्यसका लागि गन्तव्य दख्खिनको छिमेकी भारत मात्रै। जिल्ला सदरमूकाममा अस्पताल छ तर डाक्टर छैनन्। छाना चुइने विद्यालय छ तर विद्यार्थी छैनन्। भोक, रोग, गरिबी र अशिक्षाले ग्रस्त मुगुका रविराज पात्रको परिवार केन्द्रित कथामा एक एक गर्दै हामी समग्र कर्णालीका दुःखसँग सम्बद्ध भइरहेछौ। अनि कर्णालीका जनता भोकले रुँदा काठमाडौ‌लाई मतलब नभएको यथार्ता समुन हामीलाई सुनाइरहेछन्:

कर्णालीको छाती दुख्दा काठमाण्डू दुख्दैन
यो कथा कर्णालीको लुकाउँदा लुक्दैन।
***
म काठमाडौ‌ आयाको…

null
डोकोमा बोकेर अस्पताल लाँदा पनि डाक्टर छैनन्- कर्णालीमा।

स्क्रिप्ट बिना नै नाटक मञ्चन गर्ने सुनिल पोखरेलको परिकल्ना निर्देशकीय क्षमताको अलग आयम हो। मुगुबाट आएका १३ कलाकारले गज्जब अभिनय गरेका छन्। ८ वर्षे बालिकाको विवाह १२ वर्षे किशोरसँग भइरहेको दृश्यले देख्दा धेरैको मन हुन्छ। बेठी लगाएर रोपाई गरिएको दृश्य मौलिक नेपाली गाउँले परिवेशको झल्को गराउँछ। भिडियो क्लिप्सँग कलाकारहरुको अभिनयको फ्युजन बडो स्वभाविक र क्रिएटिभ छ। मुगुको स्थानीय लवज बुझ्न सबैलाई सहज नहुनसक्छ। ‘कर्णाली दख्खिन बग्दोछ’ एउटा विम्बात्मक शीर्षक हो। भोक, रोग र गरिबीबाट उन्मुक्ति खोज्न गाउँ नै रित्तो पारेर पुरुषहरु जति भारत मजदूरी गर्न जाने कर्णालीको यथार्थलाई शीर्षक एक्लैले अर्थ्याएको छ।
null
‘खान्छन् साला कर्णालीका मान्छे चामल’ भन्दै खाद्य संस्थानका कर्मचारी गोदाम बन्द गर्ने आदेश दिएपछि निरास जनता।

झमक्क भइसकेको साँझमा हामी फर्किने तयारीमा छौं। गुरुकुल प्रङ्गणमा दोक्लै भेटियो दोस्त सन्तोष। ‘नाटक कस्तो लाग्यो यार ?’ ऊ कुरा गर्न इच्छुक नै देखिएन। लाग्यो उसलाई मेरो कुराले छोएन। भोलिपल्ट पो कलेजमा मेरो सवालको जवाफ फर्कायो- ‘कर्णाली दख्खिन त साँच्चै लागेछ। थिएटर बाहिर निस्केपछि २० मिनेट जति त बोल्नै सकिनँ।’

नाटकका केही अंश हामीले हाम्रो मुभी क्यामेराबाट खिचेका थियौँ। त्यसको पहिलो अंश तल क्लिक गरी हेर्नुस्-

30 Comments

  1. यो सुनेपछि सन्तोषजस्तै म पनि चुप छु । आफ्नै दैनिकी र भोगाइ कसरी कथा बन्यो ? म गम्भिर छु । म मौन छु ।

  2. karnali bagdo cha dherai ramro lagyo many thank .maile never natak hereko chuina karnaliko pidalai yasto marmik rupma prastut gareko cha.yo sabai natabad ghuskhore bhrastachar le garda ho deshko barsik bagetko 50 PERSENT
    Karnali Bikashko lagi chhutaunu paryo .g gugung guildford
    uk

  3. मनै कटक्क खाएर आयो, आँखा रसाएर आयो आज म मेरो गाउंलाइ सम्झदैछु कर्णाली दक्खिन बगेछ मेरो गाऊं गल्फ र मलेसिया बगेछ ।हुन त म पनि १९ बर्ष मै नेपाल छोडेको हो आज म २२ बर्षको भए आज म कर्णाली र मेरो गाउंलाइ दांजेर हेर्दैछु त्यसमा केही समानता पनि छन । मरो गाऊंका सिंगान फ़ाल्न पनि नसक्नेहरू मलेसिया र गल्फको तातो हावामा काम गरिरहेकाछन गाऊंमा केटा, केटी,बुढाबुढी र महिला भन्दा कोही छैन ८,९ कक्षा मै पढ़ाई छोडेर बिदेश हिंदेका छन मान्छे मरे पनि फ़ाल्ने मान्छे छैन सार्हो गार्हो परे के गर्ने कठै मेरो गाउं कर्णाली दक्खिन बगेछ मेरो गाऊं गल्फ र मलेसिया बग्यो ।

  4. आजकल शहरमा नि बत्ती कहाँ बल्छ र?
    पेट्रोल छैन काठमाडौंमा गाडी कहाँ चल्छ र?

    धाराबाट पानी त नआएको बर्षौ भयो
    ग्यास नभै चुलोमा आगो कहाँ जल्छ र?

    आँफै बनाउछन नियम कानुन आँफै गर्छन मोजमस्ती
    हाम्रो देशमा कहिले पो कानुन हाम्रो चल्छ र

    जनतालाई सुख शान्ती-आकाशको फल भयो
    जती ऋतु फेरिये नि कहिले त्यो फल्छ र???

  5. hea karnalibasi nepaliho aba karnali lai karnalibasileanai banauna siknu. tetika barsha kathmanduma basera kathmandubasi bata k siknu bhayo. nautanki derai bhayo aba karnali farkera karnaliko bikash garnea bela bhayo hai.

  6. सायद सात महिना भयो गुरुकुल मा ड्रामा नहेरेको. मलाई त निकै नै नोस्टालजिक बनायो यो ड्रामा ले .
    सुनील पोखरेल्लाई मेरो सलाम.
    कर्णाली को आंसू धेरै नै बागी सक्यो. काठमांडू मा बसेर देश हाक्ने हरुले यो ड्रामा को आग्रह बुझिदिये कस्तो हुन्थ्यो होला . अशोक ऑस्टिन टैक्सस

  7. झाप झुप छ बिजुली काठमांडू मा
    टूल-टूल पानी धारा मा
    धुलो धुवा को उकुस मुकुस छ
    बाहिरी को भीड़ र भीड़ ले गर्ने फोहर पनि ठुप्रो छ
    त्यों फोहर कसैलाई छैन स्वीकार
    उल्टो काठमांडू लाई हेला गर्छ
    हे हाल:काठमांडू वासी हुदो हो
    काठमांडू लाई फोहर नगर, हेला नगर
    पेट्रोल अनि गैस को लाइन छ लामो
    अनि काठमांडू को मुटु दुखडा बाकि नेपाल दुख्दैन

  8. स्क्रिप्ट विना नै नाटक गर्नु कुनै नौलो कुरा त होइन । सम्वाद र क्रियाकलापबाट सुधार्दै लगेर नाटक गर्ने कला विश्वमा चलेरै आइरहेको छ । तर सुनिल पोखरेलले यो “कर्णाली दक्षिण बग्दोछ” गरेर जुन सरहानिय काम गरे, त्यस्को प्रशंसा जति नै गरे पनि कम् हुन्छ। अरु natya संस्थाहरू त छैनन जस्तै पो भयो ।

  9. title itself is touching one. and take my words, there are lots of places in nepal where much more pains are hidden. i hope, i could do atleast something for my nation one day.

  10. अहिले प्राय नेपालका धेरै दुर्गम गाऊ हरु यस्तै बनेकाछन्। पुरुष जति विदेश केटाकेटी बुढाबुढी गाऊमा।

  11. This one is really heart touching! The review makes one’s eyes wet, the play should have made the audience cry! I hope to see this one day…

  12. Thank you very much for this beautiful post…Nobody cares what is happening at the other part of the same country. Mysansar is doing a good job by bringing these hidden issues into light. The condition is heart-piercing!
    Anyways, you should bring up more issues like this…

  13. Absolutely touched, lets wait and see if they and the rest of us will see better days ahead. There’re millions of promises with the change, sincerity is what has been missing in every layers of state structuring elements, hope with the change the conscience will prevail hence materializing its promises unlike traditional hollow ones in the past….

  14. यो कस्तो ज़िन्दगी पाएछु मैले
    जता गए पानी धोका खाईछु मैले
    देश बाट बिदेश जसो तसो आईयो
    दलाल ले लेउदा शरणार्थी भईयो
    ऋण लाई समझी कित्चेनमा पसियो
    जसो तसो गारी कुक पनि भईयो
    कुक भाको दिनामा एउटा पत्र आयो
    खोलेर हेर्दा केस पनि भाईयो
    कमाई जति सबै वकील ले खैदीयो
    मृगतृष्णा बोकनाले यो हाल मा आईयो
    हिजो सम्म तेहि देश लाई घृणा गरिन्थो
    तर आज तेहि देश प्यारो लाग्न थाल्यो
    ऋण कहिले उठला र जाउला झै भयो
    ऋण कहिले उठला र जाउला झै भयो

  15. ढुंगाना जि !
    मन छोयो ,आखा रसायो ।
    ( गुरु कुल मै नाटक मन्चन भएता पनि हामी टाढा बसेका हरुले त हेर्न सक्ने थिएनौ यसरी यदी माइसन्सार ले यती प्रयत्न नगरिदिएको भए । )
    लेख र भिडियो को लागि बिशेष धन्यवाद ढुंगाना जि र उमेश जि लाई ।
    आशा गरौ कम्तिमा पनि प्रचन्ड को सरकारले कर्णालीको ब्यथालाई बुझिदिनु हुनेछ , सोही अनुरुप कार्यन्बयन गर्नुहुने छ ।
    (सरकार कै उपस्थिती बिना कही पनि केही पनि दिर्घ रुपमा हुन मुश्किल पर्छ । यो सरकारको उपस्थिती भाईदियोस त्यहा । )

  16. धन्देबाद गुरुकुल नाटकलाई
    कर्णालीबासी को दु:ख र वेदना लाई बाहिर ल्याइदिनु भयकोमा धेरै धेरै धन्देबाद छ।
    नेपालको पर्छिमभाग तिर कती दु:ख छ। जो त्यहाका हुन तीन लाई मात्र थाहाहुन्छ। नेपालीहुरुको जीबन प्रतिदिन दुखमय छ। कहिले सरकारले केही आर्थिक बजेट पस्छिमि भेगको लागि छुतौनु पर्छ। देश भनेको बिकासित शहरमात्र होइन। देशको सम्पुणं भाग सामातेर लिनु पर्छ। बदीमात्राम गाउँको बिकास अहिलेको स्थितिमा छ। जुन कर्मचारी र नेताहरु को आँखा कहाँ पुगेको छ।

  17. सुनिल पोखरेल को प्रयास र कार्यलाई सलाम !
    कर्णाली पिछडियको छ, कर्णालीमा पिडा छ, दु:ख छ, कर्णालीले अपहेलना पायको छ आदी आदी कुराहरु यो नाटक नहेरेर पनि हामीले बिभिन्न माध्याम बाट थाहा पाउदै आयको हो तर देशनै “आँफै त माहादेब उत्तनो पर कल्ले देला बर” भन्नु पर्याछ।
    अब त माओवादी,हीजो जस्लाई कर्णाली ले सिंचित गरेको थियो, आयको छ हेर्लाकी?
    गगने ले कर्णालीको घाउमा नुन छर्किन यसो भनेको त होइन तर के गर्नु देशनै पश्चिमबग्दो छ कर्णालीको दक्षिण बगाइ हेर्ने फुर्सद शायदै कसैलाई होला नि हो । अनी कहिले कहिले लाग्छ कतै थुपै बिकासे डोको हरु कर्णाली मा थुपार्दा र बिकासे योजनाको पुल हरु कर्णालीमा ढहर्याउदा कतै कर्णालीको सुन्दरतामा कोड सल्कायको जस्तो त हुने होइन तेसैले सुन्दरतालाई नचलाऊनु जाती हुन्छ कित तर मानबियताको कुरा अर्कै छ फेरी।
    सुनिल पोखरेलको कर्णाली दक्षिण बग्दो छ ले नेपाली रंग मन्चमा जत्तिको बिशेष र गहन मन्चन गरेको छ तेस्ताइनै गहन र बिशेष नाटक बिस्वो र जीवन को नाट्य मन्च मा कर्णालीले गरेको छ।
    हामीले कर्णाली को सुन्दरतालाई नकोतारिकन कर्णाली बासी लाई मानबिय सहयोग गरी समकालिन बिस्वोमा हिडाउनु परेको छ। यस्को लागि सरकारले निस्चयनै बिशेष योजना ल्याउला भन्ने आशा छ।
    कर्णाली र कर्णाली बासी लाई मेरो सलाम।

  18. मेरो बिचारमा कर्णालीको बारेमा कुरा नभएको कहाँ हो र कर्णाली बिकासको लागि बजेट नछुटाएको पनि कहाँ हो र बिकास पो नभएको हो बिकास भयो भने आर्को पटक फेअरी कर्णाली को बारेमा सेमिनर गर्न र तारे होटेलमा बसेर भात्ता पचाउननै कहाँ पायीयला जसरी कर्णाली बगेको छ त्यसरी नै कर्णाली बिकासको बजेट पनि कर्णाली सँग सँगै हरेक बर्ष बगेकै छ । आशा गरु एक दिन अवश्य पनि आउनेछ जसले कर्णालीको लागि केही गर्नी छ ।

  19. गुरुकुल नाटक घरमा मैले ‘मायादेवीको सपना’ , ‘पुतलिको घर’ र एउटा डार्क कमेडी हेरेको थिए। निकै स्तरिय र टिकट दर २५,५० र १०० मात्र। सुनिल पोख्रेल र गुरुकुल नाटकघर काठमाडौंको निर्जिब चिसो सिमन्टी जंगलभित्रका जिबन्त कलाकार र कलाघर महसुस भयो। देश लाई माया गर्ने कसरी भन्ने कुरा को पाठशाला गुरुकुल हुन सक्छ।

  20. ramehs vanne manche le aja vanda 10 yrs agadi nai maile kranali ko khaka korera bikas garchu vanera dollor nepal vitrako suneko ho ajjai pani mero karnali testai cha kahi tyo dollor le k po bikas vayecha ta sayad ramesh vanne ……………………..po vayo ki

  21. नेपाल बाहीर बसेकाले कसरी हेर्न सकीएला यो नाटक?

  22. hami dherai le karnalai ko nam dherai dollor pachai sakiyo tesaile kripa garera aba dekhi sacchi kai karanali ko nam ma nai ayo dollor prayog garu hai ramesh khadaka jasta manche le kagaji report haru dherai tayar pareko vaneko suneko ani padkoe maile ajja vanda 10 barsa agadi ramesh khadka ji nirdesak hunu vako kunai yeuta antarastriya gaiyra sarkarisanstha ma befursadi kam garda suneko ani padeko pani ta ho

  23. aha mero pani mutu choyoo ke garne nepali haruko dukha na netale nei sunchan jaslai paryo paryo man ra vabana navayeka netaharulai ke vanne tara plzz aba naya nepal le kehi garera dekhaos yehi sampurda nepaliko man ma cha sadei jantako biswas dilaun

Comments are closed.