पोखरामा रच्यो अखिलले इतिहास


नवनिर्वाचित अनेरास्ववियु अध्यक्ष रामकुमारी झाँक्री। फोटोः mikeldunham

अखण्ड ज्योति/पोखरा
यस पटक अखिलको अध्यक्ष रामकुमारी झाँक्री नभएको भए सायद नेपाली विद्यार्थी आन्दोलनको दशौं वर्षसम्म पनि नेपाली विद्यार्थी आन्दोलनले महिला सारथी पाउन्नथ्यो। यो विजयले अनेरास्ववियुको मात्रै होइन, नेपालको संयुक्त विद्यार्थी आन्दोलनको इतिहासमा नै एउटा निरन्तरताको क्रमभङ्ग गरेको छ।

अनेरास्ववियुभित्र झाँक्री समर्थक मात्रै होइन, अनेरास्ववियु इतरका विद्यार्थी संगठनको नेता तथा कार्यकर्ताहरु र अन्य समर्थक पनि झाँक्रीको बारेमा बढीनै चासो राख्थे, विद्यार्थी आन्दोलन र राजनीतिप्रति कुनै पनि चासो नभएका सर्वसाधारणहरुले पनि ‘झाँक्रीको स्थिति कस्तो छ ?’ भनेर सोध्दा अचम्मै लाग्थ्यो।

अखिल क्रान्तिकारीले कञ्चन खनाल र नेविसंघले टिका चौधरीहरुलाई अध्यक्षमा लगेन भने, झाँक्रीले पोखरामा रचेको इतिहासले दशौं वर्षसम्म निरन्तरता पाउनेछ। यसमा अखिलको माउ पार्टी नेकपा एमाले र पराजित उम्मेदवार गोकुल घर्तीले पनि नाक फुलाए हुन्छ, कि अनेरास्ववियु नै त्यस्तो संगठन हो जसले नेपालको इतिहासमा पहिलो पटक विद्यार्थी संगठनको नेतृत्वमा महिलालाई निर्वाचित गर्‍यो।

गुल्मीमा जन्मिएकी झाँक्री कक्षा ६ देखि नै अनेरास्ववियुको राजनीति गर्दै आएकी हुन्। हाल उनी पद्मकन्या क्याम्पसकी विद्यार्थी हुन्। लोकतान्त्रिक जनआन्दोलन २ पछि उनी नेपालको राजनीतिमा चर्चामा आइन्। नेपाली जनताले उनलाई लडाकू महिला नेतृको रुपमा हेरिसकेका हुन्। त्यी रुपमा सम्मेलन प्रतिनिधिहरुले पनि हेरेका रहेछन् भन्ने बुझ्न सकिन्छ।

तर आफूलाई अत्यन्तै अनुशासित र ठुलो संगठनको रुपमा चिनाउने अखिलको १९ औं राष्ट्रिय सम्मेलन पनि विवादमुक्त भने हुन सकेन। सम्मेलन उदघाटनको भोलिपल्टै प्रतिनिधि छनौटमा तीब्र विवाद भयो। झाँक्री पक्षले गोकुल पक्षलाई फर्जी प्रतिनिधि ल्याएको भन्दै पोखराको मिडियाबाट व्यापक खण्डन गर्‍यो। तर पनि विधानतः १ हजार ५ सय प्रतिनिधि हुनुपर्नेमा स्थिति विष्फोटक हुने देखेपछि आयोजकले पोखरा आएका जति सबैलाई प्रतिनिधिको मान्यता दिएर २ हजार ४ सय १० जनालाई नै प्रतिनिधिको मान्यता दियो। अतः यो सम्मेलन नै अवैधानिक छ।

अध्यक्षमा झाँक्रीले जिते पनि उपाध्यक्ष महासचिव र सचिव पद भने घर्तीको प्यानलले जितेको छ। उपाध्यक्षमा सोभियत ढकाल र सचिवमा किशोरविक्रम मल्ल निर्वाचित भएका छन्। जन्मघर दुवैको स्याङ्जा हो र दुवै जनाले पृथ्वीनारायण क्याम्पसमा राजनीति गरेका हुन्। कोषाध्यक्षमा झाँक्रि पक्षधर नरबहादुर धामी र मधेशी सचिवमा सुधिर शाह विजयी भएका छन्।

यसैगरी सचिवालय सदस्यमा खुल्लामा पश्चिमाञ्चलबाट पदम गिरी, महिलामा सावित्री थापा निर्वाचित भएका छन्।

पश्चिमाञ्चलबाट शिवजी गुरुङ, मध्यमाञ्चलबाट विजयराज गुरुङ, जनजातीबाट गौतम राई, डिल्ली राई, मिनबहादुर लामा, मधुमास कोवित पून, लीला राई काठमाडौं बाहिरको विश्वविद्यालयको तर्फबाट तुलाराम ढकाल, संस्कृत विश्वबिद्यालयबाट सुदर्शन ढुंगाना,शेखर दाहाल तथा मधेसी कोटामा सरोज यादव, सचिवालय सदस्यमा निर्विरोध भएका छन्।

केन्द्रीय सदस्यको लागि गण्डकीबाट रश्मी आचार्य, दिलीप न्यौपाने, दुधप्रसाद घले, द्रोर्णाचार्य तिमिल्सिना, रमेश आचार्य र महिलामा जीवन अर्याल तथा प्रमिला आचार्य सर्वसम्मत भएका छन्।

त्यसैगरी, सगरमाथा, धौलागिरी, लुम्बिनी अञ्चलमा पनि सर्वसम्मत भएको छ। धौलागिरीबाट पदमपाणि शर्मा, भुपाल चालिसे र सन्ध्या रिजाल सर्वसम्मत भएका छन्। सगरमाथाबाट रामबहादुर भुजेल, सचितानन्द चौधरी, निरञ्जनकुमार झा, रोशन शाक्य, परमेश्वर घिमिरे र प्रतिभा पोखरेल, लुम्बिनीबाट यूग महतो, लक्ष्मण बेल्बासे, बाबुराम पन्थी, हिरा केसी, पवित्रा भुषाल र सुष्मा खनाल निर्विरोध केन्द्रिय सदस्यमा निर्वाचित भए। नारायणीबाट महिला सदस्य अम्बिका बस्नेत, राप्तीबाट शान्ता अधिकारी, भेरीबाट दिपा शर्मा र्सवसम्मत भएका।

आफ्नो संगठनको नेतृत्वमा महिला त्यही पनि जनजाति अनि त्यसमा पनि पिछडिएको क्षेत्रकीलाई लगेर अखिलका प्रतिनिधिहरुले विवेकपूर्ण ढंगले इतिहास निर्माण गरेका छन्। यसका लागि अखिलका सम्पूर्ण प्रतिनिधिहरुलाई बधाई !

89 Comments

  1. Congratulations to Jhakri Didi,
    Keep it up.
    You made a history and we support you in your all future efforts.
    Surya, USA

  2. ओई मलाई राजनीति मन पर्दैन तर राजनीति नभए देशै नचल्ने महिलाले प्रतिनिधित्व गरेकोमा राम्रो छ

  3. Congratulations!
    Lets hope that Nepalese student movement will seriously
    recosider on academic issues,scientific thinking, social justice and national values for all youth to make new Nepal.

  4. dhami,jhakri, daini,boksi,jasle jite pani’jun jogi aaye pani kanai chireko vanya jasto ta ho ni.kehi lachcharpato laune hainan.sabaile aafnai duno sojhyaune ta hunni.

  5. Many Manay Congragulations to Ms Ram Kumari Jhakri and her team.

    I wish every success during her incumbency.

    Ambika Pahari
    TU-Kirtipur

  6. congratulation kishor b malla for electin in the honorable post of ANFSU secretary.. well done n all the best of urs commin future…
    PADAM BIKRAM KHAND

  7. अब पुरै पार्टीको नेतृत्व सबै महिलालाई दिए अझ राम्रो थियो की ? ल ल बधाई छ राम कुमारीको सफलताको कमाना छ l
    बबिन्द्र चौहान पाँचथर हल दोहा कतार

  8. Dear Friend,
    Ramkumari la dehrai Badhai6. I became very happy.It remind me our School life too. U did big job.Hope u willbe success on it. Again Congratulation.

  9. Dear Friend,
    Ramkumari la dehrai Badhai6. I am very happy.It remind me our School life too. U did big job.Hope u willbe success on it. Again Congratulation.

  10. बधाई छ हाम्री दिदिलाई अनी खुसियालि हामी गुल्मीली सबैलाई र मेरो तर्फबाट सफलताको शुभ कामना

  11. हन हौ , यो के भा हो ?

    अध्यक्षमा ‘झाँक्रि’ अनि कोषाध्यक्षमा ‘धामी’ आएछन् ! अब नेपालमा जादू र चमत्कार हुने भो भनेर म त दङ्दास परेँ है !

  12. साथीहरु !
    खुशीको कुरा हो कमिकजोरी लाइ महसुश गर्नु र सुधार्नु!तर याहा ध्यान दिनुपर्ने कुरा के पनि छ भने जनजाति,दलित,पछाडी परेका लाइ उकास्ने नाम माँ र यही मीठा मीठा नारा को नाम माँ आफुलाई हीरो साबित गर्नको लागी कतै ग़लत अर्थात योग्यता नभएको ब्यक्तिलाई पद को जिम्मेबारी दिने काम चाहि नहोस!यदि कुनै ठाउमा जनजाति,दलित,पछाडी परेका समूह योग्य अर्थात पद जिम्मेबारीको लागी लायक छैनन भने अहिले तुरुन्तै त्यति दिलदार हुनु र ह तार गर्नु जरुरी छैन बरु त्यस्तो अबस्थामा उनीहरुलाई कसरी हुन्छ सिक्छित र योग्य बनाउनु तर्फ लाग्नु उचित होला जस्तो मलाई लाग्छ! यदि बहिनी झाक्क्री साच्चीकै योग्य हुनुहुन्छ भने वाहालाई बधाई तथा सुभ -कामना!!
    ज्योति छेत्री, बेल्जियम

  13. राम दिदिको राजनैतीक सफलताको शुभ कामना यो सफलता ले हामी गुल्मी बासिलाई अतयन्तै खुशी दियको छ

  14. आफू त परियो शिक्षा क्षेत्र, प्रशासन, कर्मचारीतन्त्र आदिलाई राजानितिबाट टाढा राख्नुपर्छ भन्ने मान्यता भएको मान्छे, बधाई त दिनै मन लागेन । त्यसमाथि उनी ६ कक्षा देखि राजनीतिमा संलग्न रहेको कुरा बडो गर्वका साथ उल्लेख गरियेकोमा तीतो अनुभव गरें । तर जे होस एउटा परिपक्व नारीको हिसाबले जनआन्दोलनमा झाँक्रीको सक्रियताको सराहना भने गर्नैपर्छ ।

  15. Winning is an Event;Being a winner is a spirit.
    I suggest u my dear sister Learning is not like eating.It is not how much you eat that matters,what matters is how much you digest.Knowledge is potential power;Wisdom is real power.Our minds are like muscles,stretch or shrink,it all depends on how much or how little we exercise them.
    Congratulation for being a women winner I trust you If u think education is expensive,try ignorance.

    Best wishes
    Santosh pandey
    Executive member (Nepal-Chamber of commerce)

  16. लौ बधाई चाँही भने । तर कती बर्षा सम्मा विद्यार्थी रहने हो । झाक्री जि अझै पनि पद्मकन्याको विद्यार्थी रे । १५ बर्षा देखी एउटै क्याम्पस मा । क्य छ है । बुढा विद्यार्थी हरु । लौ जय होस् ।

  17. Congraturation !!

    I am very happy to know that. ‘DO WELL’ in your working period to make a good and largest organization of the student.

    USA

  18. bhadai chha ramkumari didi lai sachi nai dherai barsako lagani khera gaeko chhaina yas ma itihasnai rachnu bhaeko chha feri pani afno kandh ma jimwari aeko lai agadi lanu saknu hunechha bhanne kmana chha

  19. politics,politics ,politics.
    what the hell is this.No work,no job only politics.
    where you guys are at 21st century.

  20. Dear Jhankri and team

    Congratulation and great success for upcoming events!!!!!!!!!!

    Chiranjeewee, Vienna

  21. Many Congratulations! May you lead the organisation and help Nepali politics in maintaining peace and harmony. I wish you will help stop bandas, chakkajam and todfod in future.

    Good luck

  22. डाक्टर नर्स आउट झाक्रि धामी इन , बडो रमाइलो भएछ ।

  23. एमाले पार्टीको केन्द्रिय कमितीमा पनि यस्तै गरी महिला र न्यू नेत्रित्त्व आइ दिए कस्तो सुनमा सुगन्ध आउथ्योहोला है??

  24. बामेको बेक्तिगत तर्फबाट राम कुमारी झाक्रीलाई बधाई छ। अनी उहाको कार्यकालमा नेकपा ऐमालेलाई ठीक सुझाप दिन सकुन यही छ मेरो शुभकामना

  25. हार्दिक बधाई तथा कार्य सफलताको कामना सम्पूर्ण बिजयीहरु लाई,,,
    ब्यक्तिगत बिशेष बधाई छ सोभियत+किशोर जि लाई,

  26. Congratulation to all newly elected members of ANNFSU. I wish you all to reclamation of its leading role in Nepali student history.

    I wish you all not to become a puppet of UML but real spearheading organization for welfare of students.

  27. नेपाल विद्यार्थी संघ, अनेरास्वबियु, अरु पनि धेरै छन नेपालमा के के हो केके यि सबै राजनीति गरेर माथि पुग्नलाई मात्र विद्यार्थीहरुको संघ भनिन्छ। सबै माथिको ईशारा आउछ अनी त्यही बाटो जाम गर्ने जुलुश गर्ने त्यती मात्रै हो यस्को काम। साचै हाम्रो देशमा कहिले यस्ता विद्यार्थीहरुले विद्यार्थीहरुकै लागि राम्रो काम गर्ने होलान् ?

  28. JHAKRI sis..

    this is a hard lesson for the other youth organization in Nepal. congrats!!! hope your new victory in current circumtance will lead all the SR, JR political leaders for the betterment of nation and citizens.

    Som Basnet
    Victory,Liberty

  29. यो दुना टपरी लाई के भयो झाक्री लाई युबा नेता रे राम्ररी बुजेर त लेख्नु नि ।तिमिहरु जस्ता युबा का जमाना जान अब धेरै छैन ।।।बड जान्ने हुदोरैछ है ….

  30. राम्रै कुरा हो बधाईछ झाक्रिलाई साचै भन्ने हो भने यो देस लाई मन्छिन झाक्री जस्तै युबा नेताको खाचो छ साथै ए मा ले मा लागेको भुत लाई पनि कालो बोको काटेर होस् या के पि जस्ता भुत लाई मन्छेर होस् शही दिसा दिन सफलहुउन ।उनको पूर्ण कार्यकाल को सफलताको कामना गर्दछु .

  31. मुरी मुरी बधाई लोक्तान्त्रिक आन्दोलन को एक जना कुशल नेत्रित्व प्रदान गर्ने विद्यार्थी नेत्री लाई। ने क पा एमाले भित्र को फोहोर कसिङर लाई फ्याकेर पुन नेपाली राजनीति को अग्रज स्थान मा ल्याउन सफल होउन भन्ने सुभेछया शहीत।

  32. यी बिदार्थी हरु आत्मा निर्वर वेएरे राजनीती गर्नु ठीक हो /बाबु आमा को टाउको माँ खेलेर येसरी बरलिनु मलाई चाही ठीक लगेने /

  33. राम कुमारी झाँक्रीलाई हार्दिक बधाई। तपाईंको कार्यकालमा अखिलले प्रगति गरोस्,यही शुभ कामना।

  34. नेपालको ईतीहासमा भएको यो पहिलो घटना ले राजनीति गर्ने सबैलाई अचम्ममा पारेकै होला र पनि खुशी यो कुरा मा लाग्यो कि सधै महिलालाई पद दिन हिचकिचाउने सबैलाई एस पटक राम्रोगरिनै गालामा थप्पड दिय जस्तो छ । राम कुमारी जी को कर्यकलको सफलताको कामना गर्दे यो हामी सबै नेपाली महिलाको मार्ग दर्शक बनोश .

  35. It’s very nice to learn that she has been able to make a history in the whole history of nepali students’ politics. Time has come for other student organizations to think on this seriously. Moreover, GIRIJA should know this well because he always believes in ‘TIKA PRATHA’.

    Regards
    guru

  36. राम कुमारी झाक्री । नर बहादुर धामी ।।।। धामी ,झाक्री शाहीत सम्पूर्ण प्यानल लाई बधाई ।।।

  37. आन्दोलनमा लाठी खाएर रक्तमुछेल भएको इतिहास पनि पर छैन । उनले जितेको प्रतीकात्मकरुपमा भव्य छ । बधाई एमालेका वाइसिएल साथीहरुलाई । मुनिर खनुपरुदे

  38. पड़ने बेला मा येसरी राजनीतिया गरे पछी कसरी द छे जन सक्क्ति उत्पादन हुनाछेनया नेपाल बनौने लाई||मैले त बू जनै सकिन|

  39. वास्तवमै खुशीको कुरा हो हामी महिला हरुको लागि त यो राम कुमारी झान्क्री को यो बिजय !!!!!!! आशा गरुम अब का नयाँ राजनीतिमा आउने महिला हरु परिवारका पुरुस सदस्य को हात नसमाती पनि लिड गर्न सकिन्छ भन्ने विश्वाश का साथ आफुलाई तयार गर्नेछन !!! यि पुरुष हरु ले लिड गरेको संसार मा कहिले शान्ति सँग बाँच्न पाइएन , अब महिला हरुले लिड गर्नु पर्यो, राम कुमारी सधैं यस्तै जिबन्त रही लिड गरिरहनु।

  40. ब्याग्तिगत तर्फबाट बधाई राम कुमारी दिदीलाई । धेरै दृष्‍टिकोणबाट यो नयाँ ईतिहास हो।
    सुनु ईलाम

  41. badhai chha jhakrilai. she is the leader of new generation and new nepal. i hope ANNFSU will regain its status back in her leadership. the rays of shining sun is seen in new nepal. congraluation jhakri once again.

Comments are closed.