चार सौ बीस उत्सव

– दीपक जडित-

‘ जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो …. ‘ उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत ।

‘ Hello ‘ , उसले फोन उठायो ।

‘ Hey D , are you ready yet ? ‘ , लट्पटिएर बोलेझैं स्वरमा पाउलाले सोधी ।

‘ I don wanna wake up in vain on my dayoff ‘ बब मार्लीको गीत गाएझैं गर्दै जवाफ दियो उसले ।

‘ What the hell D ? get up , we’re gettin’ late .’ उताबाट प्याटको आवाज सुन्यो उसले । उनिहरु फोनको स्पिकर अन गरेर कुरा गर्दैछन , लख काट्यो उसले ।

‘ Don worry about a thing , every little thing gonna be alright ‘ फेरी उसले बब मार्लीकै अर्कै गीत एक टुक्रा गाएझैं गर्‍यो र सोध्यो , ‘ Where are you guys ? ‘

‘ Come on D , hurry up . We are waiting you in your parking lot .’ , डेजा चिच्याई यो पल्ट ।


‘ What the hell you guys doing in parking lot ? Come on in guys , have some coffee and let me get ready . ‘ , उसले उनिहरुलाई भित्र आउन भन्यो र उठेर कफि मेकर अन गर्‍यो । सँधै राती सुत्नु अगाडी कफि बनाउनलाई फिल्टरमा कफि हालेर पानी पनि हालिओरी राख्थ्यो उ ताकि राती अबेर सम्म बसेर बिहान अबेर उठेपनि कफि पिउन कुनै हतार नहोस ।

भुईं तल्लामा भएको उसको स्टुडियो रूमको ठिक्कै अगाडी पार्किङ लट थियो त्यसैले उ बाथरूम जान टावल उठाउंदै गर्दा उसका सबै साथीहरु हुरुरु भित्र छिरे । प्याटले उ संग हात मिलायो भने बाँकी केटीहरुले गम्लङ्ग अँगालो हालेर हग गरे ।

‘ You guys had to come one hour later . I’m still sleepy . ‘ हाई काढ्दै उसले भन्यो , ‘ Damn it ‘

‘ We know you are time sick D , thats why we’re early here . ‘ कुनै दिन उसले ढिलो हुँदा नेपालीहरुको ढिलोहुने समय रोगको बारेमा कुरा गरेर एक्स्क्युज पाएको थियो आज पाउलाले तोते बोल्दै त्यसैको झटारो हानी । अर्जेन्टिनाबाट समर भ्याकेसन पनि मनाईने पैसा पनि बनाईने हिसाबले तिन महिनाको लागी आएकि फर्स्याईली पाउला अनुहार हेर्दा नेपाली केटी झैं देखिन्थी । उसको भाषा स्पानिस भएकोले अंग्रेजी बोल्दा अस्पस्ट र लट्याँङ्ग्रो सुनिन्थ्यो ।

पाउला , प्याट , डेजा र मारिया चारजना आएका थिए उसलाई लिन । बिभिन्न ठाउँबाट भेलाभएका उनिहरुमा प्याट सियाटलबाट , डेजा क्यालिफोर्नियाबाट र मारिया मेक्सिकोबाट थिए ।’ Okay guys , coffee is almost ready , cups are here . Enjoy coffee okay ? I’m going to take a quick shower .’ उठेर बाथरूम तिर लाग्यो उ ।

‘ Wait a minute D , I got to go pee . ‘ उसलाई उछिन्दै डेजा बाथरूम छिरी ।

‘ Okay . ‘ उसले फर्किएर सबैलाई कप कपमा कफि हालेर दियो । यतिञ्जेल चुपचाप झैं बसेकि मारिया उसला गोला गोला आँखा ठुल्ठुला पार्दै निधार खुम्च्याएर उसको अस्तब्यस्त कोठा तर्फ संकेत गर्दै बोली , ‘ Jesus D ? what a mess ? ‘

‘ Oh yeah baby , it’s my way of living . I just don care to manage things . ‘ उसले भन्यो ।

‘ Yeah dude , it’s kind of hippys way of living . ‘ सहमति जनाउंदै प्याट उसको एयर बेडमाथी गएर बस्यो ।

‘ Hey watch out my computer man . ‘ बेडमाथी भएको काखे कम्प्युटरमा प्याट बस्ला भनेर उसले सजग गरायो ।

बाथरूमबाट डेजा निस्किई उ पस्यो । सकेसम्म छिट्टो नुहाएर उ निस्कँदा तिनैजना केटीहरु अनुहारको अलग अलग मुद्रा बनाएर बसेका थिए र प्याट चैं उनिहरुको फोटो खिच्दैथियो । उसले सिह्रानेमाथी पर्ने गरेर भित्तामा टाँगेको नेपालको झण्डा मुनि उनिहरु फोटो खिचाउँदैथिए ।

उसलाई देख्नेबित्तिकै डेजाले भनि , ‘ Your national flag is so cute D . ‘

‘ I know it is cute .’ आफ्नै तालमा उसले जवाफ दियो र लुगा लगाउँदै भन्यो , ‘ Excuse me guys . ‘ उसले एक्सक्युज मागेकैले सायद सबैको ध्यान उ तिरै गयो । त्याँहा भए मध्ये धेरै बोल्ने डेजाले भनी , ‘ You looks like geico guy D . ‘ सबै गलल हाँसे । उसको छातीको बाक्ला लामा रौं देखेर गाईको भन्ने ईन्स्योरेन्स कम्पनीको विज्ञापनमा देखाईने भुत्लै भुत्ला भएको केभ म्यान झैं भनेकी थिई उसले ।

उसले स्वाट्ट यौटा जिन्स पाईन्ट लगायो र यौटा पातलो टि शर्ट भिर्‍यो र त्यहीँ भुईँमा एकतिर अलपत्र परेको वालेट उठाएर गोजीमा हाल्दै भन्यो , ‘ Okay guys , I’m ready . what’s the plan ? ‘

‘ It’s surprise D , we can’t tell you . ‘ , डेजाले भनि ।

‘ Okay then , let’s go . ‘ , उनिहरु निस्किए । प्याटको सानो गाडीमा पछिल्तिर सिटमा तिनजना केटीहरु बसे । प्याट चालक सिटमा र उ अघिल्तिर बस्यो । समुद्रको किनारैकिनारको बाटो लागे उनिहरु ।

‘ Guys ? call millisa and tell her we are heading ahead now . ‘ प्याटले अह्रायो । पछिल्तिर पाउला आज्ञा पालन गर्न थाली । समुद्र किनारभरी मान्छेहरुको मेला जस्तै देखिन्थ्यो । कोही भलिबल खेल्दैथिए , कोही नाच्दै थिए , कोही बुगिबोट बोकेर यताउता गर्दैथिए , कोही मासु पोल्दै खाँदैथिए , सबै आ आफ्नै पार्टीमा मस्त । लाग्थ्यो उनिहरुलाई संसारको कुनै मतलब छैन । डी एकोहोरो झ्यालबाट बाहिर हेर्दैथियो । प्याटले सोध्यो , ‘ Are you okay D ? ‘

‘ Yeah yeah I’m okay man . Just reading those people . ‘ गला सफा गर्दै उसले भन्यो ।

‘ What did you read ? ‘ प्याटले फेरी सोध्यो ।

‘ Nothing . ‘ , उसले बताउन नचाहेझैं गर्‍यो । मनमनै उ सोचिरहेको थियो , ‘ साला हामी कहाँ कहाँ देखि आएर यिनिहरुको काम गरिदिने छँदैछौं यिनिहरुलाई मोज गर्न के छ ? ‘

सडकको नियम अनुशार मन्द गतिमा प्याटको गाडी चलिरहेको थियो । दाँया पट्टी नजिकै समुद्रको सुन्दर किनार बाँयापट्टी कहीँ फाँट कहीँ ढिस्का ढिस्की । सडक किनाराभरी शिरिष पुरै वाताबरणलाई आफ्नो रातो रंगले पोतेर मुस्कुराईरहेको । सबैथोक एकैछिनलाई भुलेर घुम्न निस्कँदा यो ठाउँ स्वर्गकै एक टुक्रा हो कि झैं लाग्थ्यो । ठाउँ ठाउँमा सुन्दर परिकल्पनाका साथ बनाईएका ओसन भिउ भएका रिसोर्ट , होटल र कतै अपार्टमेण्टहरु पनि । किन मान्छेहरु यो ठाउँलाई आफ्नो भ्रमणको लिष्टमा राख्छन भन्ने बुझ्न यो सुन्दरता हेरे पुग्थ्यो । अघि बढ्दै उनिहरु स सानो बस्ति , बजारहरु छाड्दै जंगल पर्वत भएको ठाउँतिर पुगे । अलिपर बाँयापट्टी दश हजार फिटको उचाईमा ठडिएको हालियाकाला पर्वत ठिँग उभिएको थियो ।

‘ D , make a poem on that mountain ? . ‘ उसले कविता लेख्छ भन्ने पनि थाहा पाउने डेजाले ब्यँग गरी । मारियाले पछिल्तिरै डेजालाई अलि सानो स्वरले सोधी , ‘ Does he writes poem ? Wow ! I love poetry . ‘
‘ Yes he writes poem but we don know what the hell he writes . He writes in hindu . ‘ , डेजाले ब्यँगमै बुझाई । फेरी सबै हाँसे ।

‘ Shut up Deja , I don’t write in hindu , I write in nepali . Hindu is a fu***** religion baby , not a freakin’ language ‘ प्रतिवाद जनायो उसले ।

‘ Whatever D , just tell us a poem . ‘ , कविता सुनाउन अझै जोड दिई उसले ।

‘ Okay Listen , ‘ जे मुखमा आयो त्यही भन्दै कविता शुरु गर्‍यो उसले ,

” Who the hell said that is a mountain ?

Who said that mountain is hell
That mountain is not a mountin baby
That is your daddy
Standing like a daddy
To yell on you .
Listen your daddy mountain
You’ll see the right track in your life . ” कविता सकेर डेजा तर्फ फर्केर मुसुमुसु हाँस्न थाल्यो उ ।
‘ Superb !! ‘
‘ Wonderful ! ‘ थप्पडी बजाउंदै सबैले उसको तारिफ गरे , ‘ You are such a great poet D .’
‘ Yeah I am but only for you guys . Anyway thank you guys . ‘ सानोसानो कुरामा पनि झर्को नमानी धन्यवाद भन्ने उनिहरुको रीत पुरा गर्‍यो उसले । त्यस ठाउँको चर्चित समुद्री तट ‘बिग बिच’ मा पस्ने ठाउँको पार्किङमा गाडी रोक्यो प्याटले । मिलिसा पहिले नै त्याँहा पुगिसकेकि थिई । सबै भेट भएर उनिहरु सुमुद्री किनार तिर लागे । डी ले खल्तिबाट चुरोट झिक्यो र सल्कायो । त्यसपछि सबैलाई दिन खोज्दै हात बढायो डेजा र प्याटले लिए मिलिसा चुरोट पिउंदिनथि भने मारिया र पाउलाले पनि लिएनन् । उसले यो ठाउँमा पहिले नै एकाध पटक आईसकेको त्यसैले अर्कै नयाँ ठाउँमा जाउँ भनेर प्रस्ताव राख्यो तर नयाँ ठाउँमै जान लागेको हो हामी यो बिग बिच त बाटो मात्रै हो भनेर सम्झाए उनिहरुले उसलाई ।
बिग बिचको बालुवामा पाइताला धसाउँदै हिँड्दा उसको नजर चारैतिर दौडीरहेथ्यो । त्याँहा पनि धेरै मान्छेहरु समुद्री किनारको आनन्दमा मग्न मस्त थिए । उसले अलि पर्तिर बिकनी लगाएर घाम ताप्दै कुनै किताब पढिरहेकि युवती तर्फ ईशारा गर्दै भन्यो , ‘ Look at her guys , she is D hot . ‘ उसले भन्न खोजेको कसैले बुझेनन् । एकै मुखले सोधे उसलाई , ‘ What is D hot ? ‘
उ आफैं एकपटक हाँस्यो र भन्यो , ‘ D hot means D hot . ‘ यसो भनिरहँदा उसले औंलाले आफैंलाई देखाईरहेको थियो , ‘ You know hot like D . ‘
उसको यहि खुबी थियो सबैलाई आफुसंग रत्याउने । उ आफ्नै हिसाबले कुनैकुरा बनाएर भनिदिन्थ्यो र त्यसलाई तत्कालै यौटा अर्थ पनि दिन्थ्यो । सबै हाँसे फेरी त्यसो त जतिबेला पनि उनिहरु हाँस्न सक्छन ।
‘ What’s funny guys ? D hot doesnot means only D hot , it’s also damn hot , deadly hot , dangerous hot . ‘ अझै अर्थ्यायो उसले ।
‘Yeah Yeah , D hot means duplicate hot too , right ? ‘ मिलिसाले मानौं त्यही कुरालाई यौटा चुट्किला बनाई , सबै बगर नै थर्काउने गरेर हाँस्न थाले । हिँड्दै उनिहरु त्यो विशाल बगरको अर्को कुनातिर पुगे जहाँबाट पहाड शुरु भएको थियो र मुक्तिनाथकै उकालोझैं लाग्ने कोप्चो परेको उकालो चढ्न थाले । उसले अलिमाथी पुगेर पछाडी फर्केर हेर्‍यो । अनन्त फैलिएको निलो समुद्र र किनारतिर उठेर आईरहेका विशाल विशाल छालहरु साँच्चै मन हर्ने दृश्य थियो त्याँहा , मान्छेहरु पानीमा हाँसहरु खेलेझैं समुद्रको छालसंग खेलीरहेका थिए । उसले छोटो उच्छवास लिँदै सोच्यो ‘ कास ! उसको नेपालमा पनि समुद्र भए । ‘ फेरी उसले त्यो अभाब युक्त उच्छवासलाई मेटेर सोच्यो ,’ नभएको भनेको यहि यौटा समुद्र त हो नि उसको देशमा , अरु के छैन ? ‘ आफ्नो देश सम्झेर घमण्ड गर्‍यो उसले । फेरी उसलाई आफ्नै कुरा चित्त नबुझेझैं सच्यायो , ‘ सबथोक भएर के गर्ने ? केहि कुराको सहि सदुपयोग हुन नसकेर संसारमै पछि पर्नु परेको छ । ‘ यो तितो यथार्थ भित्र उसले आफुलाई पनि दोषी पायो , ‘ देश बनाउने जिम्मा काँधमा लिनु पर्ने म जस्ता युवा यसरी बिदेश पलायन भएपछि कहाँबाट देश उँभो लागोस् ? ‘
‘ What’s wrong D ? come on . ‘ साथीहरुको आवाजले उसको एकैक्षणको एकाग्रता भँगभयो । साथीहरु निक्कै माथी पुगिसकेछन् । उ फेरी उकालो चढ्न थाल्यो । पर्वत नै भन्न मिल्ने त्यो डाँडाको उचाईमा पुगेपछि मान्छे हिंड्ने गोरेटोबाट यसो ओल्टेकोल्टे परेर उनिहरु एक ठाउँमा बिसाए । सबै बसिसक्न नभ्याउँदै चिर्बिरे चरीझैँ धेरै बोलीरहनु पर्ने डेजाले उसलाई सम्झाउने हिसाबले भनी , ‘ Well D , it’s four twenty today and we are here to celebrate four twenty . We are going to smoke pot in this celebration .’
डेजाको कुराको छेउ टुप्पै नबुझेर उसले सोध्यो , ‘ What four twenty ? what pot ? what the hell you talking about ? ‘
‘ Are you kidding D ? you don know nothing about pot ? ‘
‘ Four twenty means 20th April man . ‘
‘ Have you ever smoke pot , D ? ‘
‘ I think he knows about marijuana . ‘
‘ Do people smoke marijuana in nepal ? ‘
‘ I heard it is legal in nepal . ‘
‘ I heard there are lots of street dogs in nepal . ‘
एकोहोरो लागेर खनिए सबै उ माथी । ‘ Stop guys ‘ , उ चिच्यायो , ‘ Stop freaking me out okay ? Is this a sin if I don know about Fu***** four twenty and about Fu***** pot ? I never heard about four twenty before okay ? And pot , what I learn in my school is pot is a pot , just a pot to make rice , not even to make curry okay ? अझै एकपटक सबैलाई गलल हँसायो उसले । वास्तवमै पि ओ टि पट पट माने भाँडो भनेर प्राथमिक स्कुलमा पढ्दा उसले भात पकाउने भाँडो मात्रै पट हो भनेर बुझेको थियो । पट भन्दा कराई पनि बुझ्नु पर्छ भनेर सम्म स्कुलमा सरले पनि कहिल्यै सम्झाएनन उसलाई ।
‘ Hey D , look at this .This is pipe and smoke marijuana in this pipe is called pot smoking . ‘ मरियाले आफ्नो ह्याण्ड ब्यागबाट सानो सप्तरंगी सिसाको चिलिम निकालेर देखाउंदै भनि र त्यसमा गाँजा भर्न थाली । उसले आफु गाँजासंग परिचित भएको , नेपालमा पनि मान्छेहरुले गाँजा पिउंने गरेको , खास गरेर जोगी बनेर मन्दिरमा बस्नेहरुले गाँजाको अत्याधिक सेवन गर्ने गरेको लगायत अमेरिकामा झैं नेपालमा पनि गाँजा उत्पादन तथा सेवन ईल्लिगल भएको जानकारी गरायो उनिहरुलाई । नेपालमै हुँदा उसले एकाध पटक गाँजा नपिएको पनि होईन तर उनिहरुलाई मैले कहिले पनि गाँजा पिएको छैन भनेर ढाँटीदियो । त्यसो गर्दा उ उनिहरुकै रफ्तारमा गाँजा पिउनुपर्ने बाध्यताबाट बच्न सक्थ्यो । नेपालका गँजडीले झैं गाँजालाई खैनिझैं माडेर , अझ चक्कुले मसिनो धुलो पारेर काटेर , सुल्फामा खाँद्ने अनि माथीबाट जुटको सानो गुजुल्टो राखेर आगो लगाएर सल्काउने जस्ता कठिन उपक्रम अमेरिकाका गँजडीहरुलाई गरिरहनै नपर्ने । आधुनिक सुल्फामा गाँजा हाल्ने र लाईटर बालेर तान्ने बस् काम तमाम । एकैछिनमा उनिहरु पालैपालो चिलिम घुमाउंदै तान्न थाले ।
पहिलो राउण्डमा उसलाई कसैले केहि सोधेन दोश्रो राउण्ड पछि भने पाउलाले सोध्न भ्याई , ‘ Are you stoned D ? ‘
लाईटर बालेर तान्ने टेक्निक नजानेर होला उसले अरुले झैं पिउंनै सकेको थिएन । जवाफ दियो , ‘ Not yet . ‘
मारियाको सानो सुल्फाको गाँजाले सबैलाई तिन राउण्ड पनि पुगेन । नेपालका गँजडीहरु भए एकै बसाईमा ठुलै चिलिम चार पाँच पटक तुर्दै भर्दै गर्थे होलान उनीहरु उठे । १७ /१८ वर्षको उमेर देखि आमा बाउ छाडेर आफ्नै पौरखमा बस्ने यिनिहरुलाई यस्तो कुरामा कसैको मतलब नहुने हुँदा पनि होला आफैं सजग भएर पिउने गर्छन यिनिहरु ।
उनिहरु उठेर फेरी अगाडी बढे । त्यो डाँडोमा उक्लिन जति उकालो चढेका थिए त्यति नै ओरालो झरेर उनिहरु अर्को स सानो बगरमा पुगे । तिनतिरबाट पहाडले छेकिएको र एक तिर समुद्र भएको यो सानो हिडन बिचलाई न्युड बिच पनि भनिन्छ भनेर डी ले थाहा पायो । नभन्दै त्यो बिचभरी जति मान्छेहरु थिए तिनीहरु मध्ये धेरै सर्वाङ्गै नाङ्गै थिए । पहिलो पल्ट उसले यसरी मान्छेहरु सामुहिक रुपमा नाङ्गा नाङ्गै भएको देख्दा उसलाई त्यो बगर कुनै गौचरण र त्याँहाका मान्छेहरु चरिरहेका , खर्कीरहेका पशुहरु झैं लाग्यो । उसले सोच्यो जंगली अवस्थामा हुँदा असभ्य हुनाले यसैगरी समुदायमै नाङ्गो बसेको मान्छे आज सभ्यताको चरम स्थितीमा आईपुगेर पो नाङ्गीएको हो कि ?
नाङ्गा नाङ्गै मान्छेहरुको माझबाट बगरै बगर हिंड्दै जाँदा उसले देख्यो बगरको कुनामा छ सात वर्ष उमेरका दुई नाङ्गा भुतुङ्गा बच्चाहरुसंग उसका आमा बाउ पनि नाङ्गा नाङ्गै खेलीरहीका थिए त्यो देख्दा उसलाई मान्छे अझै पशु नै रहेछ भन्ने लाग्यो । एकातिर नेपालजस्तो मुलुकको समाजमा यौन विषयका कुराहरु पनि बच्चासंग गर्ने मानसिकता बनिसकेको छैन भने अमेरिकामा यसरी बच्चाहरुसंग बाउआमा नै नाङ्गा नाङ्गै खेलीरहेको देख्दा उसलाई अचम्म मात्रै लागेन कि यो सहि हो कि गलत भनेर ठम्याउन सम्म सकेन उसले ।
उनिहरु एकैछिनमा त्यो सानो बगर पार गरेर अर्कोकुनातिर पुगे । अगाडी धेरै पहिले ज्वालामुखि बिस्फोटन हुँदा बनेको कालो पहाड उभिएको थियो । कालो पहाडको काखमा निलो समुद्रको सेतो सेतो छाल आउंदै जाँदै गर्दाको दृश्यमा त्याँहा फेरी अर्कै रमाईलो लाग्थ्यो । उनिहरु त्यही कालो चट्टानमाथी केही फराकिलो परेको खण्डमा गएर बसे । अलि तल पानीमा ठुल्ठुला कछुवाहरु छालसंगै तैरिंदै चट्टान सम्म आउने र छाल संगै फर्कने गरिरहेका थिए ।
‘ Why don we go and sit near by those turtle ? ‘ , उसलाई ति समुद्री कछुवाहरु नजिकैबाट हेर्ने ईच्छा जाग्यो ।
‘ No D , they are playing . We don’t have to disturb them . ‘ , मिलिसाले रोकी । उसलाई आफ्नो सोचमा र उनिहरुको सोचमा भएको भिन्नता देखेर अलि लाज पनि लाग्यो त्यसैले उ चुपचाप त्यहीँ अरुसँगै बस्यो ।
प्याट , मिलिसा र डेजा यसपटक राजनीतिका कुरा गर्दैथिए । मारिया यदाकदा सहभागी बन्दैथिई भने पाउला र डी चुपचाप सुन्दैथिए । अर्काको देशको मामलामा जान्ने भएर बोल्नु नहुने धारणा थियो सायद दुबैको । उनिहरु यसपाली बाराक ओबामाले जित्नुपर्छ । यो परिवर्तन हुनुपर्ने समय हो भन्दैथिए । डीको पत्रपत्रिकामा पढेसुने अनुशार अमेरिकामा युवाहरु राजनीतिमा खासै चासो राख्दैनन भन्ने धारणा बनेको थियो तर उनिहरुको कुरा सुनेर त्यो पनि हैन रहेछ भन्ने लाग्यो ।

यो पल्ट डेजा भर्न थाली पाइपमा गाँजा । डेजाको पाईप मारियाको भन्दा निक्कै ठुलो थियो अत गाँजा पनि निक्कै भर्ली र मताउली भनेर चनाखो भयो डी । उसले मनमनै अठोट गरिसकेको थियो तिन राउण्ड तान्छु त्यसपछि माते नि नमाते नि तान्दिनँ भनेर तर डेजाले पाईप र लाईटर उ तिरै बढाएर यसपटकको नयाँ रुल अनुशार खुरुखुरु तिन फेर तान्ने त्यसपछि तान्न नपाउने कुरा सुनाई । जसरी भएपनि उसले तिन राउण्ड तान्ने अठोट त गरेकै थियो । हातमा पाइप र लाईटर लिएर मन्द मुस्कायो उ । उसको मुस्कानमा त्रास देखि क्यार डेजाले भनि , ‘ Just feel comfortable okay , we are here . ‘

केहि नबोली उसले खुरु खुरु तिनफेर तान्यो र लाईटर र पाईप छेउमा बसेकि मारियालाई दियो । यसपटक धुँवा निल्दाको स्वाद न चुरोटको जस्तो न गाँजाको जस्तो पहिले कहिल्यै थाहा नपाएको स्वादमा थियो । लाईटर र पाईप हस्तान्तरण गर्न नभ्याउँदै उसले आँखा अगाडी अनेकौं रंगीन आकृतिहरु सल्बलाउन थालेको देख्दैथियो , टाढा कतैबाट उसलाई डेजाले ‘ Lay down ‘ भनेको जस्तो लाग्यो र आज्ञाकारी बालकझै उ त्यँही चट्टानमा पसारियो ।

उसले आफ्नो शरिरका सानासाना कोसिकाहरु एकार्कामा छुट्टिएर धुवाँ जस्तै उडेको देख्यो । उसलाई लाग्यो उसको अस्तित्व नै छैन । सबै समाप्त भयो । उ धुवाँ जस्तै उडेर एकैछिनमा सगरमाथाको शिखरमा पुग्यो र पुन उनको गोला झैं गुजुल्टो परेर खडा भयो । उसले तत्काल कैलाश सम्झ्यो र उनको गुजुल्टाबाट उ फेरी अनौठो चरामा परिणत भएर उड्दै कैलाशमा पुग्यो । महादेव देख्यो त्याँहा महादेव पनि मातेर चुर भएका आँखारातो पारेर बसेका थिए । झट्ट उसलाई यमराज सम्झना आयो र तुरुन्तै ठुलो बाँध फुटेर बाढी उर्लीएझैं बगेर उ नर्क सम्म गयो । चित्रगुप्तले उसलाई देख्यो तर नदेखे झैं गर्‍यो । यमराज उसले बच्चामा पौडीखेल्ने खोलामा भैंसी नुहाईदिंदैथियो । उसलाई घर सम्झना आयो तुरुन्तै उ एक टुक्रा कागज भएर घर पुग्यो । कागजको टुक्रामा उसको शरिर लेखिएको थियो अक्षरमा । सबै आफन्तको अगाडी उ कागज भएर पुग्दा कसैले उसलाई वास्ता गरेनन , उसलाई परिचय दिनै गाह्रोभयो , लाग्यो म त परदेशी भएछु क्यार भुलेछन सबैले मलाई , उसले आवाज निकाल्ने चेष्टा गरेर कराउन खोज्यो तर आवाज निस्किएन हावा मात्र सुईँय गर्‍यो । आँधी सम्झ्यो उसले र मडारिएर रुख , पात , घर , जँगल , पर्वत बाटोमा जे पर्छ त्यसैमा ठोकिँदै आँधीकै बेगमा बग्न थाल्यो उ । यति बेग साथ बग्यो कि उसले पृथ्वीलाई एकैछिनमा चक्कर लगायो । पृथ्वी गोलो छ उसले याद गर्‍यो र तत्काल उ भकुण्डोमा परिणत भयो र बढेको बढ्यै पृथ्वी जत्रै भयो उसलाई लाग्यो अब ब्रम्हाण्डमा उसलाई अट्न स्थान पो छ कि छैन ?
तत्काल उ पृथ्वीझैं घुम्न थाल्यो र अनेकौं ग्रह उपग्रहहरुबाट बच्दै बिशाल ब्रम्हाण्डमा आफ्नो स्थान खोज्दै उड्न थाल्यो । ग्रहहरुसंग छलिँदै उ यति स्पिडमा उड्दैथियो तर कतै उसले आफ्नो सुरक्षित स्थान देखेन , कहाँ सम्म पुग्ने ? त्यो अनन्त , अपरिमेय ब्रम्हाण्डमा उसले आफुलाई तुच्छ ठान्यो । बडेमानको भएर फैलेको उसको भकुण्डे आकारलाई उसले ब्रम्हाण्डको सम्मुख धुलोको मसिनो भन्दा पनि एक्दमै मसिनो माईक्रोस्कोपले धरी देख्न नसक्ने प्रकारको कणमा पायो । उसलाई आफु शुन्य भएको महसुस भयो यस्तो शुन्य जस्लाई जति ठुलो आकारमा लेखेपनि त्यो शुन्य नै हुन्छ त्यसमा केहि नै हुँदैन जस्तै लाग्यो ।

उसलाई आफ्नो मश्तिष्क याद आयो , मश्तिष्क भरी उसले छिर्केमिर्के दागहरु देख्यो । पानी तातेको हिलोमा उसिनिएको गँड्यौला जस्तो लाग्यो उसलाई आफ्नो मश्तिष्क जो दुङ्दुङ्ती गनायो उसैलाई । नाकमा गन्ध आएको थाहा पायो उसले त तुरुन्तै अनेकौं मरेका मान्छेहरुको लाशको वाकवाक आउने दुर्गन्ध भएर उ आफ्नै नाकभित्र छिर्‍यो । आफ्नै नाकभित्र आफैं दुर्गन्ध भएर छिरेको उसले भित्र कतै अडिने ठाउँ पाएन , बस्ने ठाउँ देखेन निस्किनलाई उसका सामु जताततै ढोकाहरु थिए । हरेक रौं पलाएका ठाउँमा बाहिर निस्कनलाई ठुला ठुला ढोका देख्यो र आफ्नो शरिरबाट एकैचोटी सबै रौंहरु उम्रेको प्वालहरु साथै नाक , मुख , कान , आँखा , नाईटो , मुत्रद्वार , मलद्वार हुँदै निस्कियो ।

उ मर्‍यो । मरेपछि यसरी दुर्गन्ध भएर बाहिरिनेरहेछु यो शरिरबाट झैं लाग्यो । मरेपछि उसले स्वर्ग जाने रहर गर्‍यो । शरिरबाट बाहिरिएको उसले स्वर्ग देख्ने चेष्टा गर्‍यो तर कति गरे स्वर्ग देख्न सकेन , घरीपनि घरिपनि उसलाई स्वर्गको ठाउँमा दुखसँग बिताएको गाउँले छल गरिरहयो । उसले त्यो दुख पाएको गाउँ नदेखेर स्वर्ग देख्ने र त्यतै जाने अनेक चेष्टा गर्‍यो तर अहँ सकेन , उड्न खोज्यो सकेन , बग्न खोज्यो सकेन । केहि गरे उसले स्वर्ग देख्नै सकेन स्वर्गको ठाउँमा खाली उसले बाल्यकालमा दुख पाएको गाउँ मात्र देखिरहयो । उसले स्वर्ग जसरी पनि देख्ने अठोट गर्‍यो । उसलाई लाग्यो मैले मेरो छ्यान्द्रा छ्यान्द्रा भएको , भर्खरै छाडेको शरिरमा आँखा छोडेछु क्यार । आँखालिन फेरी उ शरिर तर्फ फर्कियो र पहिले जहाँ जहाँबाट निस्केको थियो त्याँहा त्याँहाबाट पस्यो । अब स्वर्ग देख्नलाई उ उड्न खोज्यो तर अहिले पनि सकेन । उसले थाहा पायो उ वास्तबमा जे थियो त्याँहा फर्किसकेको छ । उ यौटा मान्छे थियो र अहिले आँखा लिन आउँदा फेरी उ यौटा मान्छे भयो त्यही अघिको मान्छे जो रातै फुलेको शिरिषको बोट मुनीबाट कतै घुम्न जाँदै थियो । शिरिष सम्झँदा उसले पारिजातलाई सम्झ्यो । पारिजातले ‘ तिमीले टेकेको दुई पाईला धर्ती तिम्रो हो त्यो कसैले खोस्न सक्दैन ‘ भनेझैं लाग्यो उसलाई । उसले आफ्नो पाईलाले धर्ती टेकेको देखेन । उ त लम्पसार पल्टिएको पो रहेछ । उसलाई लाग्यो म यसरी मरेझैँ पल्टिएँ भने मेरो दुई पाईला धर्ती अरुले खोसिदेलान गाँठे ! उसले खुट्टा टेक्न बल गर्दै शरिर चल्मलायो । तब उ झसँग भयो । अहो ! मलाई के भयो ? म को हुँ ? अहिले कहाँ कहाँ गएको थिएँ ? के के भएको थिएँ ? हत्पताएर उ उठ्यो । उसका सबै साथीहरु उ जस्तै लम्पसार परेका थिए । मारिया चल्मलाई र एकैछिनमा उठी । न हाँस्नु न रुनु जस्ति भएर मारियाले उसलाई एक टकले हेरी । क्रमश सबै चल्मलाउँदै उठ्दै गए । केहिबेर कोही कसैसँग बोलेनन ।

उसले सबैलाई निँयाल्यो । कोही गाँजाको नशामा भएजस्ता थिएनन । उ आफैँपनि थिएन । उसलाई पत्यारै लागेन उसले अहिले भर्खरै गाँजा पिएको थिएँ भनेर । उसले मुख फोरेर सोध्यो , ‘ Hey Deja ? What the hell was it ? ‘

यो पल्ट डेजा मुस्कुराई र बिस्तारै भनी , ‘ Did you enjoy it ? ‘

डेजाको प्रश्नले उसलाई साँच्चै आनन्द लिएँ भन्ने हेक्का भयो र भन्यो , ‘ Yeah ! I did . But what was it ? ‘

‘ DMT ‘ डेजाले उ तिर नहेरी जवाफ दिई ।

‘ Guys , what the hell is DMT now ? ‘ सबैले उसलाई चुप रहन ईशारा गरे । मिलिसाले फुस्फुसाउँदै भनि , ‘ You can find out in google or in you tube about DMT , okay ? ‘
‘ Okay .’ उ पनि अरु जस्तै चुपलाग्यो ।

36 Comments

  1. यहाँ किन यता को कुरा उता उता को कुरा यता गरीराको होला एउटा ब्लगमा छपियेको कथा अर्को मा फेरी किन दोहोरौनु पर्‍यो र भन्छु म त !! हैन र साथीहरु

  2. hello dear
    tapain ko katha derai ramro 6.
    katha padhe sake pa6i nepali yetharthata jhalkiye jhai lagyo,nepal ma paral ko mach muni basera ganja khayeo ma tapain katha lekhna saknu hunthiyo?

  3. I was about to read the article which I do for every saturday article. But, my wife told me that it is really ” time waste article ” and DO NOT read. Sorry Deepak Jee, but anyhow keep it up.

  4. दिपक जि !
    तपाईंको ब्लग मा यो कथा पढेकी थिए । ब्यक्तिगत कुरा नै किन नहोस् असाध्यै रमाइलो सँग लेख्नु भएको छ । अनी जती रमाइलो सँग लेख्नु भएको छ त्यती नै मार्मिक पनि छन धेरै हरफ हरु । असाध्यै मन छोएको हरफ ” घरएे- घ रि घ रि उस्लाई स्बर्गको ठाउँ मा दु:ख सँग बिताएको गाउ ले छल गरिरह्यो —- ” ! अत्यन्तै मार्मिक !
    अन्य हरफ पनि मार्मिक छन तर यहाँ उल्लेख गरिरहन साध्य छैन ।
    कबिता – गजल – गीत को सा थै यसरी कथा पनि पस्कनु भएको मा धेरै धन्यवाद ।
    निरन्तरताको कामना गर्दछु ।

  5. pura bakwas yaar…what’s in it..just a life style in america…aafno katha sunaune haina ta ho…should be sthing that people must feel and realize…wahiyat..wasted my 15 mins!!

  6. ke ke na hola vanthanera padheko ta… .mood nai off garyo yaar… .addict khaire haru ko sangaat ma nalaagna aagraha gardai… .article staria matrai lekhna ani publish garna anurodh chha… .

    -paradeshi… .

  7. दिपक जी
    कथा को प्रस्तुती साह्रै सुन्दर छ
    यहाँ को प्रगती को लागि शुभ कामना।
    ब्रुस्सेल्स

  8. gajadi ko kura gajadi le bujcha.
    ali gajadi nabhaeko lagi pani ek patak tanau na bhanne or prosshohan dincha jasto po lagyo ta yasle.dhanybad.

  9. प्रस्तुति राम्रो लाग्यो
    Dimethyltryptamine (DMT), also known as N,N-dimethyltryptamine, is a naturally occurring tryptamine and potent psychedelic drug, found not only in many plants, but also in trace amounts in the human body wherein its natural function is undetermined. Structurally, it is analogous to the neurotransmitter serotonin and other psychedelic tryptamines such as 5-MeO-DMT and 4-HO-DMT. DMT is created in small amounts by the human body during normal metabolism[1] by the enzyme tryptamine-N-methyltransferase. Many cultures, indigenous and modern, ingest DMT as a psychedelic in extracted or synthesized forms. Pure DMT at room temperature is a clear or white to yellowish-red crystalline solid. DMT was first chemically synthesized in 1931.

  10. aafnai jeevani leknu bhaeko rahecah deepak dai
    hawaii ma huda samma name pani bhannu bhaena alaska gaepachi ta deja deja bhandai k k lekhna bhyaeko

  11. उमेश दाई ************
    कस्तो बोर लाग्यो ,यो पढ्दै बोर लागने टाइप को कथा |छ्या ,रिसाउनु होला ने फेरी |
    आधी इंग्लिश ,आधी नेपाली भो मात्र भनेकी |लेखक जी को मेहनत लाइ चै मान्नै पर्छ |लेख्दै जानुस |पछि पछी राम्रो हुन्छ |
    0000000000

  12. हैंन हाउ! जडित जी,
    तपाईको कथा मैले नबुझेको हो की, या बुझ्न सक्ने क्षमता नभको होकी? शीर्षक एकातिर छ,कथा अर्को तिर छ, के हो भनेको? तपाईको कथामा त तपाईको सेकेन्ड नेम जस्तै धेरै शब्दहरु जडित छन,त्यसैले होला मैले नबुझेको माफ पाऊ है|

  13. दीपक दाई हजूरले लेखेको लेख धेरै राम्रो लाग्यो बास्ताब मा यो बिदेश मा बसने नेपालीले मुटु भित्रबाट औने पीडा हो येसको लागी धेरै धन्यवाद . शालिक राम सापकोटा(बेल्जियम)

  14. Harey Shiva….khichadi English misako lekh pani kasari Sahitya bhayo? Yo Umeshji pani k bhako manchhe….Kun chahi nepali sahitya ma yesari English ghusayeko chha aile samma?

    MySansar is promoting mutilation of Nepali literature…A LITTLE KNOWLEDGE IS DANGEROUS THING. Is it Egnlish article or Nepali article? The writer looks like he found a great place to display his rubbish skills and poorest of the poor English knowledge.

  15. Wa deepak ji, so nice story. Perfect mix of western life and typical Nepali words.i read this without stopping. hope to get chance to read such articles in the futuru too.

    Regards
    guru

  16. दाइ[दिपक]श्रवेत सलाम!
    एँव स-धन्‍यबाद मन मुटु बाटै|
    साथमा सफलताको शुभ कामना सदैब..||

Comments are closed.