शनिबार साहित्यः कविता लेख्‍नुस्


माइसंसारका पाठकहरुलाई खुला कविता लेखनका लागि यो साताको चुनौतिका रुपमा यो फोटो। फोटो शनिबार भक्तपुर दरबार क्षेत्रमा खिचिएको हो। अब तपाईँको पालो- अर्थपूर्ण कविता लेख्‍नुस्। कविता बाहेकका प्रतिक्रिया यसमा नलेखिदिनुहोला।

38 Comments

  1. थिरीथिरी बाबा थिरीचिरी
    थिरीथिरी बाबा थिरीचिरी

    थिरीथिरी नानु थिरीथिरी
    थिरीथिरी नानु थिरीथिरी ।

    मेरा बाबा मेरा नानु हेरा
    मेरा बाबा मेरा नानु हेरा ।

    खोपिल्टा परेका यो प्रांगनमा
    रत्तिभर डर छैन हेरा हेरा
    खोपिल्टा परेको यो प्रांगनमा
    रत्त्तिभर डर छैन हेरा हेरा ।

    थुप्रै लडाइँ जित्नलाई मुठ्ठी कसेका
    क्रान्तिकारी त्यो स्यानो दायाँ हात
    थुप्रै लडाइँ जित्नलाई मुठ्ठी कसेका
    क्रान्तिकारी त्यो स्यानो दायाँ हात ।

    आकाशै खसे पनि थेग्ला झैं फैलिएको
    जोसिलो त्यो सानो बायाँ हात
    आकाशै खसे पनि थेग्ला झैं फैलिएको
    जोसिलो त्यो सानो बायाँ हात ।

    असिमित गन्तब्यका लागि लम्किएका
    हररै लाग्दो त्यो स्यानो दायाँ खुट्टा
    असिमित गन्तब्यका लागि लम्किएका
    हररै लाग्दो त्यो स्यानो दायाँ खुट्टा ।

    जगतै थर्किनेगरि बजारेको कलिलो त्यो बायाँ खुट्टा
    जगतै थर्किनेगरि बजारेको कलिलो त्यो बायाँ खुट्टा ।

    जमीन आफैं खुसीछिन् यी बालकले यहाँ टेक्दा
    ढुङ्गा र इँटाहरुले बिर्सेकाछन् खियाइएका ती चोटा ।
    जमीन आफैं खुसीछिन् यी बालकले यहाँ टेक्दा
    ढुङ्गा र इँटाहरुले बिर्सेकाछन् खियाइएका ती चोटा ।

    थिरीथिरी बाबा थिरीथिरी
    थिरीथिरी नानु थिरीथिरी ।

    पेमानिमा शेर्पा
    बोस्टन अमेरिका

  2. Oh my oh joy, the freedom
    the silence of the skies
    the music of the wind
    the dancing of the kite
    No worries no chaoas
    everything in perfect order for me
    The kite for me, to play with
    The shadow for me, to play hide and seek
    The world for me, me for the world
    Dashain for me, bricks for me
    The wind for me, chiming together
    with the music of my being
    of the joyful loving child inside of me!

  3. Ah the freedom and joy
    The lightness in the sky
    Oh my, no worry, no responsibility
    only love, and beautiful dream on the fly

    No politics no chaos
    everything in perfect order
    the wind for me, the sky too
    the earth for me, the shadow too

    No commitments no worries
    happiness just there for me
    waiting for me to enjoy it
    longing for me to cherish it

    The kite just there for me
    asking for me to play it
    everything in perfect order
    for the child inside me, to just be it!!

  4. You’re my kite
    You’re my world
    I’d love to see
    You floating by.

    You’re my dashain
    You’re my celebration
    I’d love to see
    You flying high.

    You’re my dreams
    You’re my fantasies
    I’d love to see
    You cutting others’ kite.

    Cause you’re my kite
    My little world.

  5. “हा इकु ” 🙂
    बालक को हातमा चङ्गा
    बालक लोकतन्त्र
    बालक सरकार !

  6. उठाउन खोज्छु माथि माथि
    तल झार्ने धेरै भए !
    बनाउन खोज्छु जती जती
    बिगार्नेहरु सङगै रहे !
    स्वार्थी साथी,स्वार्थी छिमेकी
    अड्काउन मात्र खोज्छन
    मानिस किन यती स्वार्थी
    आफ्नो मात्रै हेर्छन !
    आफु खुसी हुन किन
    अरुको आसु झार्छौ ?
    आफ्नै आगन हुँदा हुँदै किन
    अरुको आगन चोरछौ ?
    आफ्नो जती प्यारो लाग्छ
    अरुलाई पनि त्यसतै लाग्छ
    कहिले आउँला सुल्टो बुद्वी
    सुख सबको एउटै हुन्छ !

  7. चङ्गा झै चेत भअको छ देश
    तेही चेत भको चङ्गा समआउन भागी रहिछ एक
    शायद एही आशा मा एशलाई उदौन सखिन्छ कि एक खेप

  8. He stands there,
    trying to make his hope fly.

    His shadow mimicking him,
    trying to succeed along with him.

    He jumps around,
    to try as he might to create support.

    His shadow dancing with him,
    though with more grace.

    He is a child,
    powerless in some ways,
    But powerful in many.
    He jumps one last time,
    the wind picks up the kite,
    His hope soars in the shy,
    Gliding gracefully.

    Though his body and shadow,
    Maybe trapped one the floor
    Of the face of this Earth,
    but his spirit flies with his hope,
    his kite.

    ~We don’t fly,
    Our spirits do…
    with a little support.~

  9. कस्‍ले बुझ्‍ला मनको कुरा कस्‍ले बुझ्‍ला बेथा
    कस्‍को छोरा कस्‍को नाती तिमी हामीलाई के थाहा ???

    चङ्‍गा संगै हिड्‍ने डुल्‍ने हुन्‍छ यीन का मन
    किताबका पाना पल्‍टाइ गाउछ यीन ले गाना।।।

    क बाट कछुवा ख खरायो
    मेरो पनि साना बच्‍चा कता हरायो।।।

    मान लामा

  10. किनारमा छाल पछार्दै
    साल र खयरका बुढा हाँगा लछार्दै
    चर्को घाम
    बाढीले हैरान
    सुनसरी,कैलाली
    ति त्रीपालहरुमा शीतलता छर्दै
    निथ्रुक्क शरिर सुम्सुमाउदै
    डाँडाँ,पाख़ाँ,गल्छि,खोल्छा सल्बल्याउदै
    गाउघर,वस्ति,शहरमा
    भरिया बिसाउने चौतारीहरुमा
    बटुवा गुन्गुनाउने देउरालीहरुमा
    आइदेऊ,तिमी आइदेऊ
    म,कुरीरहेकोछू
    तिम्रो झोक्कामा
    मेरो मनपसंद उडाउन ‘पवन’!

  11. “हाईकू”
    ——

    सुनौलो आशा
    प्रचन्ड सरकार
    म्रिग त्रिषणा

  12. भन्छन
    देशमा क्रान्ति सम्पन्न भयो रे
    बर्षौदेखी मौलाई झाङ्गीरहेको
    शोषक र सामन्तिको जरा काटियो रे
    अब शान्ती प्रकृयालाई तार्किक निस्कर्समा पुर्याउनु पर्छ
    बिकासको बाटो पहिल्याउँदै
    भ्यागुतो जस्तो उफ्रनु पर्छ!

    अनायस
    उज्यालो हुन नपाउँदै
    आँधी तूफान र बर्षादले
    गाउँका गाउँ डुवानमा पारेछ
    खाउँला पिउँला भन्ने बालाहरुलाई
    बिचल्लिमा पारेछ
    खाने छैन बस्ने छैन
    कहाँको औषधीमूलो
    कहाँको आँङ छोप्ने टालो
    प्रकृतिको ताण्डव न्रित्य!

    मेरो रहर
    आँगन त सफै छ
    मान्छे सानो भएपनी
    खुला आकाश र स्वच्छ धर्तिमा
    हावा संगै कावा खाँदै
    उडुँ उडुँ लाग्ने
    मेरो मन
    मेरो चंगा
    तर हावा चल्न सकेन!
    अझै हावा चल्न सकेन!!

  13. “हाईकू”
    ——

    “प्रचन्ड” जोश
    गरजता “बादल”
    कटी पतङ्ग ।।।

  14. हाईकु
    _____

    सँघारको दशैं
    मनहरु उडेछन
    चङ्गा र बालक ।

  15. Sathi mero afnai chhaya
    man chha changama danga
    lyawos yo Dashainle
    sabaima utsaha ra umanga

    Please convert it into Devanagari.

  16. हासो लाग्यो सबै को कविता हेर्दा
    हास्न पाउनु मेरो अधिकार हो
    लेख्न्न पाउनु तपाईं को अधिकार हो
    खेल्नपाउनु त्यो बच्चा को अधिकार हो

    दु:ख लाग्छ त्यो बच्चा को
    खेल्ने अधिकार को हनन हुँदा
    दु:ख लाग्छ सबै हासेको बेला
    आमा सम्झी एक्लई रुदा

    लेख्न्ने लाइ के थाहा त्यो किन त्यहाँ छ
    चलाउ कलम, कलम तिम्रो अधिकार मा छ
    तर त्यो बच्चा को अधिकार खोसिएको छ
    मन लाइ चङ्गा मा बाधी अधिकार को खोजी मा छ

    बिचरा आशा गर्छ अधिकार चाडै पाउने
    तर अधिकार उस्को अधिकार बाहिर छ
    बन कवी लेख मन मा आएको कुरा तिमी
    तिमीलाइ त्यो बच्चा को बारेमा के नै थाहा छ

  17. दशैको यो बेलामा
    चङ्गा उडौने मेरो प्रयास
    हावा लगोश,
    अनी म मेरो चङ्गा
    माथि माथि माथि पुर्याउन सकु
    जरी राख्नेछु म मेरो प्रयास,
    कतै आज कसैले बन्दको आव्ह्वान नगरुन
    कतै आज कसैको कुद्रिस्टि ममाथी नपरोश
    म आफ्नो लक्क्ष्य प्राप्त गर्न कोशीश जारी राख्नेछू
    म बालक हुँ मलाई आज तपाईंको सहयोग चाहिन्छ
    मेरो चङ्गा माथि माथि पुर्याउन
    त्यो मात्रै होइन
    मेरा हरेक प्रयासहरु
    स्कुल जान, पढाइ पुरा गर्न, ठुलो मान्छे बन्न
    हरेक पाइला पाइलामा
    अनाबस्यक बाधा अड्चन हटाउन
    सादेको जुदाइमा बच्छाको मिचाइ झै बन्धेक
    मेरा पाइलाहरुमा बन्द र हड्ताल्हरुको बन्धाइहरु चुडालिदिन
    स्वतन्त्र भएर यो चङ्गा जस्ताइ प्रगती को पथ्मा माथि माथि सम्मा पुग्न
    अनी त म पनि भोली देशको लागि केही गर्न सकौला
    नत्रत कुनै चङ्गा लडाईंमा परी चेत भएझै म र म जस्ता बलक हरुको जीवन
    एक एक तरिकाले बिग्रिदै जादा यो देश भोली कस्तो होला
    अनी जिम्बेवारि कस्को?

  18. एकातिर,
    एउटा चङ्गा पाउंदा मात्र पनि मक्ख हुँदै,
    एउटा सानो अबोध बालक,
    हाम्रो परम्परा धान्न हौसीइरहेछ,
    संसार नै आफ्नै सानो मुठ्ठिमा,
    पार्न सकेझैं गरेर,
    खुशीले गद् गद् भईरहेछ,

    अर्कोतिर,
    देशको सबै सम्पत्ति,
    देशका सबै खुशीहरु,
    देशको उन्नतिका पलहरु,
    सबै आफ्नै पोल्टामा राखेर,
    आफ्नै आशेपाशेलाई पोसेर,
    देश कंगाल हुँदा पनि,
    देशको मुटु रुंदा पनि,
    किन्चित वास्ता नगरि,
    देश चुस्न पल्केकाहरु,
    अझै पनि यि आमालाई,
    खोक्रो पार्न लागि परेका छन्,

    खै,
    हामीले जतिनै गर्न खोजे पनि,
    एउटालाई फ्यांकेर आर्कोलाई राखे पनि,
    देशको गती सधैं उस्तै छ,
    धागोबाट छिनेको चङ्गा जस्तै,
    बेसहरा ढुन्मुन्नीईरहेको छ ।
    बेसहरा ढुन्मुन्नीईरहेको छ ।।

    Durga Pudasaini, Maryland, USA

  19. पुलकित मन
    स्वतन्त्रता सँगइ
    बीचरन गरेका मेरा अकान्छाहरु
    आकशमात कुनै प्रहारले
    भुइमा बजारइएको म चङ्गा

    पत्तै भएन
    आकाश को बिचरण
    एक एक टुट्न सक्छ भन्ने
    प्रय्स्रत मेरा सोचहरु
    आशाबदी मेरा बिचार
    कसैले मलाई पुन
    हातमा लिये
    मेरा कक्का र गुवखहरु मिलयी
    पुन मेरो स्वतन्त्रता फर्कौला भनी

    हेर्दामा ठुलो अक्रिती
    सञ्चै ठुलो बिम्ब
    नियल्दा एक बालक
    नजिकै

    भुइ को चङ्गा म
    प्रय्स्रत छु कतै तिम्रै हातले
    पुन मेरो स्वतन्त्रता को सुरुवात

    सानो तिम्रो प्रयास
    सँगइ गसिएको मेरो स्वतन्त्रता
    र म फेरी उददा,
    तिम्रा
    हेर्न ललयित छु मुस्कान
    र तिम्रा पनि स्वतन्त्रता

  20. किन नसक्नु र सक्छु, किन नउद् नु र उद्छ!
    मात्र, मलाई सोच्न दिनुस्, र उदाउनलाई समय दिनुस्!

    किन लाग्नु र धेरै समय, लाग्ला धेरैमा अरुलाई जती लाग्छ!
    मात्र, राम्रो कागज र धागो दिनुस्, उदाउनलाई राम्रो ठाउँ दिनुस्!

    किन नचल्नु र हावा चल्छ, किन नजानु र माथि पक्का आकाशिनछ!
    मात्र, अलिकती कुर्न दिनुस्, बरु उदेको हेर्न अरुलाई खबर गरिदिनुस् !

  21. सानो छ चङ्गा
    सानो छ शहर
    सानै छ संसार
    सानो छ सपना
    सानो छ यात्रा
    सानै छ भविस्य

  22. वालक तिम्रो त्यो छायालाई-
    कुनै तराजुले तौलन नसकोस
    कुनै फिताले नाप्न नसकोस
    कुनै बाढिले डुबाउन नसकोस
    कुनै हुरिले उडाउन नसकोस
    टायरको धुवांले ढाक्न नसकोस
    परायाले आँक्न नसकोस/

    तिम्रो त्यो छायाले
    मातृभूमीलाई ढाकि रहोस
    विश्वलाई हाँकी रहोस्

    तिमी गए पनि
    तिम्रो छाया रही रहोस्
    तिम्रो माया रही रहोस्/

  23. हटेको छैन धुलो मैलो राजधानी को
    शहर
    दुर्गन्दले शाह्रै कस्ट जता सुकै फोहर
    बच्चै छु म धुलोमा खेल्छु
    मेरो छैन दोश
    बुझ्नु पर्ने सम्बन्धित निकाएको
    आएन कहिल्यै होस्

    छोरो भन्छन चङ्गा चाइयो
    भन्छन दसैं आयो दसैं आयो
    भई नभै जुटाइ ओरी मिठो मसिनो खायो
    थोत्रो मुत्रो सबै फाली झिलिक्क तल्किने लायो

    मिठो खाउ राम्रै लगाउ
    चङ्गा जस्ताइ उडी रहौ
    स्वस्त रहोस् हरबरा,
    शान्ती सँग रम्न पाउ

    सन्देश रुपी उडोस चङ्गा
    सबैको छाहोस सुखी र उमङ्ग
    धनी गरीब सबै रहुन दाङग
    सम्रिद्द नेपालको छाइदियोस प्रसन्ग,

  24. OOOOOOOOOOOOOOO
    यहा प्राप्ति जिंदगी हो भने ,
    कागज़ को चंगा नै सही ,
    समर्पण र त्याग को खोक्रो नारा भन्दा ,
    दुई कदम अगी बढेकै सही !
    हामी दुबैले हार्नु भन्दा ,
    तिमीले जितेकै सही !!
    तिमी जून ,तारा झै चम्क!!
    म धर्ती माँ हरायेकई सही !!
    म गुमनाम तिमी बाट भागेकै सही !!
    OOOOOOOOOOOOOOOOOOOOOOOO
    तिम्रो सहर,तिम्रो गल्ली ,तिम्रै हो यो देश ,
    म दुई दिन को पाहुना ,तिम्रो सारा परिबेश ,
    एक टुक्रो सरण,तिम्ले न दियेकई सही ,
    म तिम्रो संसार माँ हराई सके
    अब ,तिमीले भुलेकै सही ,
    म गुमनाम तिमी बाट टाढा भागेकै सही !
    ऊऊऊऊऊऊऊऊऊऊऊऊ
    —दीदी लुना माँ समर्पित !!!

  25. पारीलो घाम संगै
    आकाशमा चंगा उडाई
    खुल्ला जमिनमा खेल्नु
    शान्त बातावरणमा रमाउनु
    र आफुलाई भुलाउनु
    मेरो बाल् अधिकार हो।

    मलाई कोलाहल मन् पर्दैन
    तायर बालेर दुर्गन्ध गरेको राम्रो लाग्दैन
    मैले स्वच्छ हावा संगै
    निर्धक्क खेल्न पाउनु पर्छ,
    कुनै डर त्रास बिना
    बाँच्न पाउनु पर्छ।

    त्यसैले उप्रान्त
    बाल शोषनको अन्त्य र
    अपहरनकारी-हत्यारालाई
    कडा सजाएँ हुनै पर्छ
    हामी बाल्-बालिकाले
    खुशी बनेर हाँस्न पाउनु पर्छ
    स्वतन्त्र भएर खेल्न पाउनु पर्छ।

  26. म चङ्गा, मेरो मन चङ्गा अनी मेरो इच्छा आकान्क्षा चङ्गा
    मेरो वय, अनी मेरो चाहनाको सिमितता
    मेरो मन, अनी मेरो लोलुपता
    कता कता नउडेको चङ्गा ।।

    यो उड्छ रे,
    आकाश छुन्छ रे
    थाहा छ तिमीलाई ?? म पनि त हुं चङ्गा ।।

    समयरुपी लट्टाइको घुमाइ सँगै
    जिन्दगी को हावा संगै कावा खाँदै
    चेट् हुने डरले कहिले यता कहिले उता गरिरहेका
    हामी सबै हौ चङ्गा ।।।

  27. बालक झै म रमाउन सकु
    चङ्गा झै खुशी मा बहकिन सकु
    स्पस्ट छन छाया ( प्रचन्ड जि को उद्देश्य )
    बिकास को आधार भेट्न् सकु
    °
    देश प्रेम को धागो नटुटोस
    सबको मा थ मा भाग्य नछुटोस
    जमिनको सपना आकाश मा उडोस
    द ङग मनमा खुशी गु डोस
    °
    मन चङ्गा होस् यसरी नै
    होस् तन पनि चङ्गा
    भाबना सबको बलियो होस्
    कामना बनिदियोस पवित्र गंगा
    °
    शुभकामना दसैं को उपलछ्यमा यि बालक को भबिस्य कोर्ने नयाँ सरकार लाई 🙂

Comments are closed.