माइसंसारमार्फत् कोशीपीडितलाई सहयोग गर्न पाउँदा

-गोले दाइ-

कोशीको बाढीले विस्थापित पीडितहरुसमक्ष राहत पुर्‍याउनका लागि सेप्टेम्बर १६ देखि २० तारिखसम्म घटनास्थलमा स्थलगत भ्रमणमा रहेर पत्रकारिता पेशाभन्दा बिल्कुल फरक एउटा राहतकर्मीको भूमिका निर्वाह गर्दै फर्किएको माइसंसार टिमलाई माइसंसारमै कमेण्ट लेख्‍ने एक साधारण पाठकको हैसियतले सम्पूर्ण माइसंसारका पाठकहरुको तर्फबाट श्वेत सलाम।

यो क्रममा राहत कार्यको व्यवहारिक कठिनाई कस्ता हुँदा रहेछन्, कसरी पीडितका लागि भनी पठाइएका राहत सामाग्री बीचैमा गायब हुँदा रहेछन्। अनि कसरी जसको शक्ति उसको भक्ति हुँदै वास्तविक पीडितहरु राहतबाट वञ्चित हुँदा रहेछन् र उद्धारका लागि नाम कमाएका संस्थाहरुभित्रैबाट पनि कसरी राहत वितरणमा हेलचक्र्याइँ हुने रहेछ भन्ने जस्ता माइसंसार टिमको अनुभवलाई पनि यो लेखमा राख्ने प्रयास गरेको छु। उमेशजीसँग भएको कुराकानीको आधारमा यो ब्लग तयार पारेको कुरा अवगत गराएर अघि बढ्न चाहन्छु।


कसरी तय भएछ त यात्रा ?
तपाईं हामीले बाढीपीडितका लागि माइसंसारमार्फत् सहयोग रकम जम्मा गर्नुपर्‍यो भन्ने आसयका शुभेच्छा सहित धेरै इमेल, कमेन्टहरु पठाईरहेका थियौं तर सरकार आफैले खडा गरेको प्रधानमन्त्री दैवि प्रकोप राहत तथा उद्धार कोष अनि विभिन्न संस्थाहरुले खोलेका कोषहरुमा पठाए ठीक हुने सुझाव एक पटक उमेशजीले नै ब्लगमा राख्नुभएको थियो। यसबाट पैसाको मामलामा फँस्न नहुने र पैसाको कुरामा बढी झमेला हुने ठहर गरेर उमेशजी टाढै बस्न चाहनुभएको प्रष्ट देखिन्थ्यो । त्यसबेला मलाई नरमाइलो लागेको थियो । यदाकदा इमेलमा बाहेक ब्यक्तिगत रुपमा अझैसम्म नचिने पनि राहत संकलन गर्न सके त्यसलाई प्रभावकारी रुपमा सदुपयोग गर्ने क्षमता उमेशजी भित्र छ भन्ने लाग्थ्यो मलाई । उता प्रधानमन्त्री राहत कोषमा १० करोडभन्दा बढी जम्मा भएर पनि १ करोडमात्र खर्च भएको जानकारी सार्वजनिक भइरहेको थियो भने यता नेपाल एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाका महासचिव प्रतीक पाण्डे , उमेशजीको नेपाल हुँदैदेखिका साथी, को अप्रत्याशित इमेल पनि गएछ उमेशजीलाई । इमेलमा उमेशजीलाई आफै गएर बाढीपीडितलाई राहत वितरण गर्नुपर्‍यो, खर्च सबै हामी बेहोर्छौँ भन्ने कुरा लेखिएको रहेछ । त्यतिमात्र कहाँ हो र, हुन्न चाहिँ भन्न पाइन्न है, जसरी हुन्छ जानैपर्छ भनेर जिद्दी समेत गरिएको रहेछ । एकातिर तपाईं हामी माईसंसारका पाठकहरुको दबाब अर्कोतर्फ साथीको पनि जिद्दीपुर्ण अनुरोध त्यसमाथि सरकारले पनि उपयुक्त कदम चालेर राहत कार्यक्रम सञ्चालन नगरेको अवस्था- तब गएर माइसंसार टिमबीच पचासौं पटक सोचिविचारी वास्तविक पीडितसमक्ष राहत पुर्‍याउने पुण्यकर्ममा सहभागी हुने निधो भएछ।

तर यात्रा सजिलो थिएन । राजमार्ग बन्द थियो । अनि त्यसको चाप हवाई यात्रामा पनि परेको थियो । दिनको १० उडान गर्ने एअरलाइन्सबाट समेत टिकट पाउन मुश्किल थियो । नेपालमा हरेक ठाउँमा मौलाएको भनसुनको परम्पराका विरोधी साथी कृष्णले यो पुण्य कर्मकै लागी भनेर आफ्नो परिचित साथीको भनसुनबाट तीन जनाको टिमका लागि टिकट मिलाउनु भएछ ।

पीडित क्षेत्रमा पुगेपछि
संकटग्रस्त क्षेत्र घोषणा गरिएको कोशीपीडित क्षेत्रमा अहिले सूचनाको हक, सम्पतिको अधिकार जस्ता मौलिक हकहरु त्यहाँ निलम्बित अवस्थामा रहेको छ । कुनै क्षेत्रमा सीडीओले वा सुरक्षाकर्मीले नजा भन्यो भने जान सक्ने अवस्थामा रहन्न । यो सब कुरा बुझेरै पनि माईसंसार टिम त्यहाँ जान लागेको थियो । राहत सामाग्रीका लागि टिमले काठमाडौँबाट पुरुषका लागि लुङ्गी र महिलाका लागि सारी खरिद गरेको रहेछ भने बाँकी रकमको सामान शिविरहरुको स्थलगत भ्रमणपछि त्यहाँको आवश्यकता हेरी उतैबाट खरिद गर्ने निधो गरेको रहेछ ।

राहत सामाग्री भनेर मात्र कहाँ हुन्थ्यो ? काठमाडौँबाट विराटनगरसम्मको यात्राका लागि सो राहत सामाग्रीको वजन बराबरको शुल्क पनि माईसंसार टिमले यति एअरलाइन्सलाई तिर्नु पनि पर्यो यद्यपि केही प्रतिशत छुट उनीहरुले दिएछन ।

माईसंसार टिमले विराटनगरबाट कोशीपीडित क्षेत्रसम्म पुग्नका लागि त्यहाँ बस्ने दिनसम्मका लागि एउटा टाटा सुमो भाडामा लिएको रहेछ । विराटनगर न पर्‍यो गर्मी त हुने नै भयो एक दिन अघिमात्रै त्यहाँको तापक्रम ४० डिग्री पुगेर यो वर्ष कै सबैभन्दा गर्मी भएको रहेछ । बिहान ७ बजेको उडानबाट करिब ४० मिनेटपछि विराटनगर विमानस्थल पुग्दा पनि गर्मी हपक्कै बढेको महसूस भा’थ्यो रे तर त्यहाँ गर्मी मापन गरेर बस्ने कुरा थिएन त्यही भएर सीधै बस्ने ठाउँ पुगेर एकछिन फ्रेस भएपछि टिम लागिहालेछ आफ्नो कामतर्फ । सबभन्दा पहिला कोशीपीडितहरु बसेका शिविरहरुको स्थलगत निरीक्षण गर्ने अनि कोशी कटान क्षेत्रको वस्तुस्थिति बुझ्ने काम भएछ ।

कोशीपीडितहरु बसेको सुनसरीका विभिन्न स्थानमा रहेका शिविरहरु र त्यस वरपर टिमको कुनै परिचय थिएन रहेछ । एउटा शिविरमा भेटिएका रेडक्रसका सदस्य सीताराम भट्टराईको सहयोगमा दिनभरीको अवलोकनपछि टिमको स्थानीय रेडक्रसको सल्लाह बमोजिम् उसकै संयोजनमा जामिया इस्लामिया शिविरमा गर्भवती महिला तथा सुत्केरी र बालबालिकालाई राहत बाँड्ने निधो भएछ । काठमाडौँबाट ल्याएको सामान टिमले सोही साँझ रेडक्रसका सुनसरी जिल्ला शाखाका मन्त्री भीष्म काफ्लेलाई हस्तान्तरण गरेछ । बालबालिकाका लागि सामान भोलिपल्ट भारतीय नाका जोगबनीमा खरिद गर्ने निर्णय गरिए अनुरुप भोलिपल्ट बालबालिकाका लागि लत्ताकपडा र ठूलाका लागि गम्छा आदि खरिद भएको रहेछ ।

झमेला र हैरानी कसरी सुरु भएछ ?

सेप्टेम्बर १७ देखि सुरु भएछ माईसंसार टिमलाई झमेला र हैरानीको शृङ्खला । बिहानै जोगबनीमा राहत सामाग्री खरिद गरी ११ बजेसम्ममा रेडक्रसको संयोजनमा जामिया इस्लामियामा राहत बाँड्ने योजना अनुशार जोगबनीमा राहत सामाग्री खरिद गर्दा भन्सार छुट गराउने प्रयास टिमले गरेछ । हामी सहयोगीहरुले विदेशमा दुःख गरी कमाएको रकमको सही सदुपयोग होस् भन्ने माईसंसारको चाहना रहेछ त्यसमाथी भन्सार शुल्क त व्यापारिक उद्देश्यले आयात गरिने सामान माथि लगाउने हो, राहत सामाग्रीमा लगाउने हैन त्यसैले सामान खरिद गर्नुअघि नै भन्सार अधिकृत तुलसी भट्टराईसित उनकै क्वार्टरमा गएर कुरा भएछ । उनले अधिकारीहरुले भनिदिए आफूहरुले छाडिदिने बताएछन । त्यसपछि टिम खुसी हुँदै जोगबनीमा सामान खरिद गर्नतर्फ लागेछ । त्यसै त किनमेल त्यो पनि जोगबनीमा , सामान्य सौदापात त झण्झटिलो हुन्छ यस्मा नहुने कुरै भएन , साढे ११ बजिसक्दासम्म मात्र खरिद गर्नेकाम सकिएछ। ११ बजेको राहत बाँड्ने योजना त्यहीँ साढे एघार बज्दा त्यति नै लिएर भए पनि झण्डै एक डेढ घण्टा परको शिविरसम्म पुग्ने हतारो भएछ ।

सुनसरी जिल्लाका सीडीओले आफूले भन्सार अधिकृतलाई राहत सामाग्री हो भनेर फोन गरिदिने आश्वासन दिए पनि भन्सार अधिकृत भट्टराईले चाहिँ फोन गरेर हुन्न, लिखित पत्र नै चाहिन्छ भनेर निहुँ झिक्दै सामान छोड्न नमिल्ने अडान राखेछन् । लाखौँको सामान यही भन्सारबाट बिना कर फुत्किने खबरहरु कस्लाई थाहा छैन र ? तर उनी मानवीय कल्याणका लागि लगिन लागेका राहत सामाग्रीको पनि कर लिन खोज्दै रहेछन । माइसंसार टिमले राहतको सामाग्री कर तिरेर छुटाउँदैछौ भनेर त्याँहा लाइभ अपडेटसम्म गर्नुपरेछ । कर तिर्छौं भन्दा पनि प्रोसेसमा राख्नुपर्ने बहाना देखाई दिन बिताईदिने नियत बोकेका ती अधिकृतले त्यहाँ क्यामेरा खोलेर लाइभ गर्दा पनि दप्काउने शैलीमा क्यामेरा बन्द गर्नुस् भनेका रहेछन । सूचनाको अधिकारको कुरा उठाउँदै उनका गतिविधि क्यामेरामा कैद गर्न थालेपछि भने भन्सार शुल्क बिना नै जाने अनुमति दिएछन् उनले । यदि उनी इमान्दार कर्मचारी हुँदा हुन् र भन्सार शुल्क बिना त्यसरी सामान छोड्न नै मिल्दैन थियो भने पछि किन छाडे ? उनको नियत त्यहीँ प्रष्ट हुन्छ ।

एक त भोक र प्यासले लखतरान त्यसमाथी खलखली पसिना कढाउने गर्मीले दुखाएको टाउको सहँदै , इनरुवा विराटनगरका एक पत्रकार टेकेन्द्र अधिकारीलाई पनि टिममा सहभागी गराउँदै माइसंसार टिम आईपुग्दा अघिल्लो दिन सामान हस्तान्तरण गरेका रेडक्रसका पदाधिकारीहरु कोही पनि सम्पर्कमा आउन चाहिरहेका रहेनछन् । किन हो भन्ने पनि थाहै भएनछ । कुरा भने आज सँगै गएर राहत वितरण गर्ने भन्ने भएको रहेछ । एक दुई घण्टापछि बल्ल थाहा भएछ रेडक्रसका ती पदाधिकारीहरुलाई सुनसरी जिल्लाका सीडीओले थर्काएका रहेछन्, कुन चाहिँ हो संसारले दिएको राहत सामाग्री हाम्रो जिल्ला दैवि प्रकोप उद्धार तथा राहत समितिमा जम्मा गर्न ल्याउनुस्, नभए बाँड्न दिन्नौँ भन्दै। अघि भंसारबाट भंसार शुल्क छुट गराइदिन गरेको फोनका कारण उनले थाहा पाएका रहेछन् माइसंसारले राहत वितरण गर्दैछ भनी । त्यसपछि पो रेडक्रसका ती पदाधिकारी सम्पर्कमा नआएका रहेछन् ।

कुरा के रहेछ भनेर बुझ्नलाई सुनसरी जिल्ला प्रशासन कार्यालय इनरुवामा पुग्दा त्यहाँका अधिकृतले बरु राम्रोसित छोटो समयमा नै सबै प्रशासनिक कुरा बुझाइदिएछन्। उनका अनुसार जुनसुकै संस्थाले ल्याएको सामान समितिको भण्डारमा जम्मा गर्नुपर्ने रहेछ। अनि त्यसपछि त्यो भण्डारबाट बाहिर निकालेर कुन शिविरमा बाँड्ने हो, त्यो दर्ता गराउनु पर्ने रहेछ। यसरी दर्ता राख्‍दा कुन संस्थाले कति राहत वितरण गर्‍यो, त्यो लगत राख्‍न सजिलो हुने रहेछ ।

त्यही अनुरुप सीडीओ क्वार्टरमा रहेको समितिको कार्यालयमा पुगेर त्यहाँ राहत सामाग्रीको विवरण लेखाएर दर्ता गराएर आएछ माईसंसार टिम । यता रेडक्रसका पदाधिकारीहरुले चाँही राहत सामाग्री अलि अलि माईसंसारको हातबाट वितरण गर्न लगाएर बाँकी आफैले गर्ने योजना बनाएको रहेछ । जुनकुरा टिमलाई सामान मनोमानी ढँगले दुरुपयोग गर्ने चाला हो भन्ने शँका भएछ तर रेडक्रसका सबै भने त्यस्ता रहेनछन् । रेडक्रसकै दुई सदस्य सीताराम भट्टराई र उपेन्द्र पोद्दारले केही परिचय नभएको स्थानमा टिमलाई मध्यस्थताको भूमिका निर्वाह गरी राहत वितरणमा समेत आफै खटिएर वास्तविक पीडितसमक्ष तपाईँहाम्रो सहयोग पुर्‍याउनका लागि निकै योगदान गरेछन् । माइसंसार रेडक्रसका ती सदस्यहरुको निस्वार्थ सहयोग देखेर निकै प्रभावित भएको रहेछ।

शिविरमा पनि लोभीहरुको जमात

माईसंसार टिम भोक्राहाको जामिया इस्लामिया शिविरमा पुग्दा हरेक शिविरको व्यवस्थापनका लागि एउटा टाठाबाठाहरुको समिति बनाइएको हुँदो रहेछ र ति नै टाठाबाठाहरुले बाहिरबाट आएको राहत सामाग्रीलाई आफ्नो हात जगन्नाथ गर्ने रहेछन् भन्ने थाहा लागेछ । माईसंसारले आफ्नै हातले राहत बाँड्ने भनेपछि अरुले झैँ एक दुई वटा फोटो सेसन गरी ३०-४० वटा वितरण गरेर बाँकी सामान उनीहरुको जिम्मामा छाडेर हिँड्छ जस्तो लागेको रहेछ उनीहरुलाई तर माईसंसार तपाईँ हामी समस्त पाठकहरुको भावना बोकेर गएको थियो । आफ्नो सहयोग रकम वास्तविक पीडितसमक्ष पुगोस् भन्ने तपाईँ हाम्रै चाहना अनुशार माईसंसार डटिरहयो तर उता स्वयंसेवकका रुपमा खटिएका समितिका मान्छेहरु नै राहत सामाग्रीमा लोभ देखाउँदै आ-आफ्ना साथीहरुलाई लुङ्गी, गम्छा बाँड्न थालेछन् । माईसंसार टिमले पटक पटक रोकेर चेतावनी दिनुपरेछ उनीहरुलाई । भीड अनियन्त्रित हुन थालेछ । अधिकांशले सामान पाइसक्दा पनि दोहोर्‍याएर लाइन बस्दा रहेछन् भने समितिका मान्छेहरु सामान हाम्रो जिम्मामा छाडेर गइदिए हुन्थ्यो भन्न थालेछन् । भीडले टिमलाई नै केही गर्ला भन्ने डर भइसकेपछि भने टिमले बाँकी राहत वितरण भोलि गर्छौँ भन्दै त्यहाँबाट सामान लिएर हिँड्नु परेछ । राहत त यसरी पो नपुग्ने रहेछ । राहतको नाममा आहत यसरी हुने रहेछ ।


स्थानीय पत्रपत्रिकामा राहत वितरणको समाचार।

‘चन्दा रकम संकलन गर्न सजिलो छ तर त्यसको व्यवस्थापन गर्न निकै गार्‍हो । सजिलो छ प्रधानमन्त्री कोषमा रकम जम्मा गर्न। प्रधानमन्त्रीलाई चेक दिएको फोटो खिचाउन । तर कोषमा भएको सबै रकम खर्च गर्ने हो भने त सबै पीडितलाई बस्न लाउन र अझ एक वर्षसम्म खानलाई पनि पुग्ने रहेछ । जिल्लामा ल्याएर राहत छाड्ने हो भने पनि के हालत हुने रहेछ देखियो। शिविरमा नै ल्याएर छाड्ने हो भने पनि के हुने रहेछ देखियो। बिचरा वास्तविक पीडित त पीडित नै हुने रहेछ। आइरन लगाएको सर्ट लगाएर चिटिक्क परेर राहतस्वरुप बाँडिने चामल, दाल, तेल लिन लाइन बसेकाहरु पनि प्रशस्तै देखिए । नत्र त कति रमाइलो देखिन्छ सानो सहयोग पाउँदा पनि मुस्काएका उनीहरुका मुहारले ‘ – माईसंसार टिमले अनुभव गरेको तितो वास्तविकता । जे होस शिविर र रेडक्रस कै मान्छेहरुले तपाईँहरुले जस्तो सामान कुनै संस्थाले अहिलेसम्म ल्याएको छैन, तपाईँहरुले जस्तो कसैले पनि बाँडेका छैनन् भन्दै माईसंसार प्रति आभार जनाएछन् र माईसंसारले त्यो आभार तपाईं हामीलाई जनाईसकेको छ ।

राहतको राजनीति बुझेपछि थप राहत बाँड्न अर्को केही दिन लागेछ । यसलाई व्यवस्थापन गर्दागर्दै टिमले तपाईँ हामीबाट संकलित सबै रकम राहतमा खर्च गर्न सकेनछ । सबै रकम राहतमा खर्च गर्ने हो भने टिमले अझ केही दिन त्यहाँ बिताउनु पर्थ्यो तर टिमसँग समय सकिएछ । तीन दिनको यात्राका लागि निस्किएको टिमले एक दिन राहत वितरण र बाँकी दिन रिपोर्टिङको समय छुट्याएको रहेछ तर पाँच पाँच दिनसम्म पनि टिमले त्यहाँ पत्रकारको हैन, एक राहतकर्मीको रुपमा रहनु पर्‍यो । दिक्कलाग्दो गर्मी, राहतको राजनीति र झमेलाहरुले उल्टै टिमलाई पनि पीडित बनाइसकेको थियो । उता टिम सदस्यहरुको काठमाडौँमा पढाइ छुटेर पीडित भएको कुरा नै अर्कै । ‘एब्सेन्ट भए प्राक्टिकलको मार्क काटिदिने धम्की दिने लेक्चररको क्लास छुटाउनु पर्दा थकथकी लाग्नु बाहेक अरु उपाय रहेन ,’ उदगार थियो टिमसंग एकातिर भने अर्कोतिर , ‘ तर नाङ्गो आङमा एकसरो हामीले बाँडेको लुगामा मुस्कुराएको बालबालिकाको अनुहार देख्‍दा हुने आनन्दको अर्थ फेरि बेग्लै नै थियो ‘ , आनन्द पनि थियो ।

माइसंसारले राहतका लागि कति रकम संकलन गर्‍यो, कति केमा खर्च गर्‍यो र कति रकम बाँकी भयो, सबै हामी चन्दादाताहरुलाई व्यक्तिगत रुपमा इमेलमा जानकारी गराएको छ। माईसंसारसित ३४ हजार ९ सय चार रुपैयाँ २५ पैसा अझै बाँकी नै रहेछ। त्यो रकम लिएर फर्कनु पर्दाको नियास्रो माईसंसारले तपाईं हाम्रै नासो ठानेर बेहोरिराखेको बताएको छ । तत्कालीन अवस्थामा त्यसो गर्नु बाहेक राम्रो विकल्प पनि रहेनछ । माईसंसार टिम कोशीप्रभावित क्षेत्रमा रहँदै पनि राहत वितरणका फोटो र खबर माइसंसारमा प्रकाशित हुन थालेपछि केही पाठकहरुले सहयोग गर्ने इच्छा जनाउँदै फोन र इमेल गर्नुभएको पनि रहेछ तर यही कारणले टिमले त्यसलाई स्वीकार्न सकेनछ । राहतको राजनीति राम्रैसित बुझेका कारण आफ्नै प्रत्यक्ष निगरानीमा बाँड्न नपाएसम्म त्यसको सही सदुपयोग नहुने महसूस भएरै तपाईँ हाम्रो पसिनाको कमाइलाई टिमले आफूसँगै सुरक्षित फर्काएको छ । यो रकम कुनै एक दाताको हैन, यसमा तपाईँ हामी सबैको सामूहिक योगदान छ । चन्दादाताहरुलाई माइसंसारले बाँकी रकम के गर्ने भन्ने प्रश्न पनि राखेको छ। यससम्बन्धमा प्रतिकजीले लेख्‍नुभएको ब्लगमा पनि बहस भइसकेकै हो।

माईसंसार टिमको भनाई या भनौ भोगाई यस्तो छ , “राहतको राजनीति बुझेपछि र यसमा हुने झमेला र झण्झट अनि हैरानी बुझेपछि अब हामी यसरी अर्को कुनै राहत कार्यक्रम सञ्चालन गर्नुअघि सय पटक सोच्न बाध्य भएका छौँ। हामी मूलतः सञ्चारकर्मी हौँ। हामीलाई सञ्चारकर्ममा नै रमाउन मन छ। यदि यसरी नै घटनास्थलमा पुगेर कुनै अवसरमा माइसंसारबाट रिपोर्टिङ गर्ने निधो भए बरु तपाईँहरु समक्ष सहयोगको आह्वान माग्नेछौँ तर सञ्चारकर्मलाई छाडेर राहतकर्मीको भेष हाम्रा लागि कठिन कार्य हुनेछ र यस्तो निर्णय गर्नुअघि हामी सय पटक सोच्न बाध्य हुनेछौँ “

[गोले दाइ माइसंसारका नियमित कमेन्टलेखक हुन्। उनले कोशी बाढीपीडितका लागि माइसंसारमार्फत् सहयोगको आह्वान हुँदा एक्लै सबैभन्दा बढी पाँच सय डलर सहयोग गरेका थिए]


35 Comments

  1. Gole dai , tapaiko samaj sewa lai ma bata koti koti salam cha hai . mero bicharma ahile yo hamro desh ko sthiti herda ani tapaiko lekhai herda, tapaiko jasto sochai bhayako manche hamro nepali samaja lai dherai khacho cha jasto lagcha .

    tapailai dherai dhanyabad ka sath badhai pani cha la ramro comment paunu bhayako ma …………

  2. आफुले त मन भए पनि केहि गर्न सक्‍या हैन। धिक्‍कार छ।
    गोले दाई हामी माझका हिरा हुन, हिरा। मुखले बकबक गर्न सजिलो छ तर खल्‍ती खोलेर दिनु यँहा जे मनाँ लाग्‍यो तेही खसकाको जस्‍तो हैन क्‍या’रे। घुसपति करोडपतिले लाख दिनु र कर्मपालक श्रमजीवि हजारपतिले सय दिनु अझ कसो वरावर नहोला। गोलेदाई मनका धनी मात्र हैनन, लेखनीका धनी पनि रहेछन। उँहाकै जस्‍तो मन भएका नेपालीहरु हरेक गाम र जमातमा गोडा दुई चार मात्र हुर्किन सके हाम्रो नेपाल कति धनी हुनेथिए।

  3. सबै साथीहरुलाई धन्यवाद । सहयोगको भावना सबैमा आगामी दिनहरुमा पनि जागोस भन्ने कामना गर्छु । सहयोग ह्रदयले गरुँ , ठुलो सहयोग र सानो सहयोगमा फरक हुँदैन , सहयोग सबै बराबर हुन्छ । बिपत्तीमा सहयोगको अर्थ र आवश्यकता कति हुन्छ भन्नेकुरा आफैंले पनि भोगेको हुँदा परेको ठाउँमा सहयोगको हात बढाउँ भन्ने लाग्छ मलाई । धन्यवाद सबैलाई ।

  4. गोले दाईको लेख निकै राम्रो छ है र गोले दाई निकै दयालु हुनुहुदो रहेछ भन्ने पनि बुझियो गोले दाईको सहयोग ले सबै नेपालीहरुमा उत्प्रेणा जाग्ने निश्चित छ यस् महान कार्यमा गोले दाईको दयालु मनलाई भकारी भकारी धन्यबाद

  5. साथीहरु !
    अमोद भन्ने मान्छेलाई कमेन्ट लेख्नु भनेको खलनायकलाई नायक बनाउनु मात्रै हो बरु गोले दाइलाई नै स्याबाशी दिन दुई शब्द लेखेर समय बिताएको बेश !

    लारा ।

  6. हरेक काममा बाधा बिरोध आउंछ यस्तै हो । संघर्ष त सर्वत्र गर्नैपर्छ । mysansar team लाई धन्यवाद छ र गोलेदाइलाई पनि । यो ‘श्वेत सलाम’ किन? सलामलाई पनि रंग दिनु उपयुक्त होला?

  7. साथीहरु हो, एउटा जन्तुले शुरुमा कमेण्ट लेख्यो भनेर सबै तेतै नखनिऔं, बरु गोले दाईको ब्लगमा कमेण्ट गरौं न हुन्न? Please अब देखी त्यो पहिलो कमेण्टको कुरा नउक्काऔं ल।

  8. गोले दाई का साथसाथै सहयोग गर्ने सम्पूर्ण धन्यवादका पात्र हुनुहुन्छ। बिशेषगरी गोलेदाइको उदारतालाई मेरो सादर अभिवादन!!

    तर यो लेख गोले दाईकै नामबाट नलेखिएको भये राम्रो हुने थियो,ब्यक्तिगत बिचार है ,चित्त नदुखाउनु होला!!

  9. hi mysansar team
    i heartly express my gratitute to my sansar team for your noble work by distributing cloths to Koshi flood victims.And those nepali who contributed financially.Great job.
    lakhe
    USA

  10. पैशा नै रहेछ सवथोक के गर्नु आफ्नो त मन हुदा हुदै महादेव उतान परियो सराहनिय कार्यको प्रसंशा मात्रै म बाट धन्यवाद गोलेदाई !

  11. आमोद जी राम्रो काम लाई राम्रै भन्न जान्नु पर्छ । तपाईं त्यो ठाउँ मा केही गर्न सक्नु हुन्न भने तपाईं टाढा भागी दिनुहोस, बास किन यहाँ तपाईं को आफ्नो चारित्र देखाउनु हुन्छ?

    कि माईसांसर टीमले तपाईंको हातमा रहात समाग्री नछोड्दाको पिडा त हैन?

    *****yelamber*****

  12. बाँदरले आफ्नो घर त बनाउदैन अरु को घर पनि बनाउन दिदैन भनेको एही हो। आफुले केही गर्न सकेन भन्दैमा अरुले गरेको पुन्य को काम लाई किन जे पायो तेही भन्नु परेको होलानी । खै के सोचेको हो आफुले आफुलाई। यो आमोद भन्ने बाँदर लाई त पशुपती मा लगेर छोड्नु पर्ने हो। अझ त्यस्तो फुर्ती हेरन फर्स्ट मै कमेन्ट लेखे भनेर दङ परेको। बौला।

  13. k ho amod ji tapai aafu lae 5 paisa dina saknu bhaena cha aaru lae dieako ra gareko kalyan ko karya ma pani manche ko purbaz lae jastai gare aaru ko ghar banneko dekhna saknu bhaenacha.
    amod ji tapai nangao manche hunu hodo rahecha bhanera ta tapai ko comments bata bujheyo tara kasare yesare sharam pachaera sabai ko sammu aauna saknu bhaeko laz lagena ani gole dai ko ho ra kehi information chaheyo bhane you can add me at [email protected] or at [email protected] baru yesare nango bhaera na aaunus bharu chanda chaeyo bhane bhannus gole dai ra ma bhaera sahayog garula kati chaeyo bhannus aba ta tapi lai k ko laz nango ta bhai saknu bhayo

  14. FREE RIDER or आर्काको सम्पत्ती बिना लगानी खान पाए अलकत्र पनि नछोड्ने भनेको यही हो।
    त्यो अधिक्रित भनाउदा लाई ठीक पार्नु पर्नेनि!!

  15. खाते माइसंसार
    एकै जनाले पनि कहीँ ५ सय डलर चन्दा देला ?
    सब नाटक हो यो उमेसे को
    को हो यो गोले दाइ भन्नेको ? देखाउन सक्छस् ?
    यस्ता उमेसेले गरेर देस बिग्रेको हो यस्तालाई टुँडिखेलमा लगेर गोली हान्नुपर्छ मास्साला

Comments are closed.