ह्यापी बन्द !


स्वागत छ तपाईँलाई यो बन्द नगरीमा। केही दिनअघि इन्द्रजात्रा प्रकरणमा बन्द भएको थियो। त्यसपछि फेरि रात्री व्यवसायीहरुले बन्द घोषणा गरे। अनि दशैँको मुखमा आज फेरि बन्द छ। बन्द आयोजना गरेको छ नेकपा मसालको राजनीतिक मोर्चा राष्ट्रिय जनमोर्चा। अनि विरोध हो संघीयताको। देशले संघीय व्यवस्थामा जाने निर्णय गरिसके पनि अहिलेसम्म संघीयताको स्वरुपको बारेमा खासै बहस हुन सकेको छैन। अनि आ-आफ्नो हिसाबले भागवण्डा भइरहेको अवस्थामा संघीय व्यवस्थामा जानै हुन्न भन्दै चित्रबहादुर केसीको नेतृत्वमा रहेको जनमोर्चाले बन्द आयोजना गरेको हो।

बन्द भनेको यत्तिकै हुँदैन। केही तोडफोड, आगजनी गर्नैपर्छ। अनि बल्ल बन्द प्रभावकारी हुन्छ, तर्सेरै भए पनि। त्यसैले आज जनमोर्चाले पनि त्यस्तै गरेको छ। बिहानै सीतापाइलामा एउटा गाडी जलाइदिएछन् आयोजकहरुले। त्रिपुरेश्वरमा एउटा अर्को ट्याक्सी पनि तोडफोड गरेर ‘बलि’ चढाइयो। मुख्य चोकमा नाराबाजी, अनि गाडी चले ढुंगा हान्ने। यति भएपछि कार्यकर्ताहरुमात्र चाहिँदैन, सडक बालक र हुल्याहाहरुले पनि साथ दिइहाल्छन्।

अनि त जस्तैले गरेको भए पनि बन्द साँच्चिकै शानदार बन्द भइहाल्छ।

आज पनि बन्दले बन्द नै गरेको छ काठमाडौँमा। शिक्षण संस्थाहरु बन्द छन्। दशैँ अगाडिको यो बन्दलाई ‘ह्यापी बन्द’ भनौँ, मस्त रहौँ, हैन र ?

66 Comments

  1. चुनाउ सधैं आउँछ, धेरै कुराहरुको नयाँ शुरुवात हुदैछन् नयाँ नेपालमा। यसै लहरमा मेरो मनमा एउटा कुरा आउँदै थियो। सबै राजनीतिक दलहरुले सार्वजनिक यातायात र काम-रोजगारी बन्द नगर्ने सर्वदलीय निर्णय गरे सबै जनता कति खुशी हुन्थे। को खुशी हुँदैनथ्यो? तैपनि यी राजनीतिक पार्टीहरु यस्तो गर्न उद्यत देखिंदैनन्, मानौं यसो गरेमा उनीहरुले गर्ने काम नै अरु केही बाँकी रहदैंन।

  2. bhako euta mantri parisad chalauna ta bahira bata paisa lyaunu parcha…601 jana ko lagi india le gadi dincha…..jhan state bhayo bhane ta deshlai pani delhi le chalaune hola…ani sabai ko nagrita pachadi jai bharat ko stamp ani hamro jhanda ma nilo ko thauma haryo ani rato ko thauma orange seto euta chain rakhera chandra surya bhitra chain tyo chakka centre ma rakhne hola haina?????

  3. यो बन्द सफल हुनु देश लाई फायेदको कुरा हो , किन कि यसरी नै जनता बाट सपोर्त मिलो भनी हमी हाम्रो देश संघयत को खतरा बाट बाचाउन सक्छ त्सैले राष्ट्रिय जनमोर्चको नेपाल बन्दलाई मरो र यु ए इ नेपाली एकता समाजको तर्फबाट पनि शुभकामना छ। र सताधरी हुरुले बुझे हुन्छ कि जनताको बल कती हुन्छ भनेर।

  4. Down with Chitra Bahadur K.C. ? And other political peoples who create this Banda. Never let this sort of banda happen in our country….Time to know why we are the poorest nation of Asia, why are we still suffering from backwardness, why we dont have a good economy, and why are we still suffering from hunger ? It would have been really great had we known how to make our country a better place to dwell, not not creating Banda……

  5. यो नेपाल बंद को त म पानी समर्थन गर्छु . देशमा धेरै जनता लाई यो संघियता भन्ने कुरा के हो थाहा नै छैन माओबादी हरु आफुहरू जनता सामू लोकप्रिय हुन को लागी यो भ्रम छरेका मात्रै हुन . देशमा संघियता लागू गरेपछि त सबै समस्या समाधान हुन्छ यो पुरानो सरंचानाद्दारा राज्य को बिकास गर्न सकिदैन भन्नु उही प्रचंड ले नेपाली पोसाक दौरासुर्बाल लाई सामंती को संकेत भने जस्तै हो . बिस्वमा संघीय ब्यवस्था सफल नभयका धेरै उदारहण छन अज हाम्रो जस्तो सानो मुलकमा यो ब्यबस्था त सम्भब छैन . तेसैले सबै देशभक्त नेपाली ले यो कुरा लाई राम्रो संग बुझ्नु जरुरी छ .

  6. I fully support Chit Bhadjur jee bandha. I am against the the so called “Federalism” brought by maiost.

    Navin sharma
    Texas, USA

  7. शीलू को हाइकु
    ooooooooooooo
    देश बंद
    धारा बंद
    बिजुली बंद
    क्याम्पस बंद
    तिम्रो बुद्दी बंद
    मेरो बुद्दी बंद
    सबै नेपाली को बुद्दी बंद

  8. This is necessary, might need to take even taughter action to stop going country into federal system. Keep it up!!! Given good lesson to those bloody opportunist leaders.

  9. कसरी मस्त ? (!)
    मन ग्र स्त !
    नेता भ्रस्ट
    कानून त्रस्त !
    °

  10. मने चित्र बहादुर जी केसी ले पनि हाम्रा माओवादी कम्रेदको देख सिकी गर्दैचन क्यर ? मने मातृका यदव ले त गृह मन्त्री लाई नै चुनौती दिएर जनाताको घर जग्गा कब्ज गरेर आफ्नो कार्यकर्तालाई बादेर देखाइ दियो , मने बर्षमान पुन ले सन्सद भित्रै हतियारधरी कर्एकर्त लगेर देखैदियो , मने अब केसीजी पनि के कम , मने उनिहरुकै देखसिकी गरेर देखै दीएछ । मने सरकारमा बस्ने ले नै कानुनको धजी उदयएपछी , मने अरुले त सिकी हाल्छ नि ? हैन कम्रेद बन्दु ?

  11. This organiser of nepal bandh don’t have any work??
    ANI KAAM MA JANU PARNE HARULAI ATI DUKHA DINE..
    WHAT THE GOVERNMENT IS DOING??? BAM DEV,, DANCE RESTAURENT HARU BANDH GARAUNE TAR YO BANDHA KO ORGANISER LAI LAGERA KHOR MA HALERA SISNOPANILE HANNA NASAKNE…
    IT’S TOO MUCH…

  12. chitra bahadur lai k pugen ra aaja yo dasaiko mukhama banda garera duniya natak gari rahechha bholi dasai pachhadi banda gare hudaina thiyo ki dasai ko bhag chahiyeko ki pheri raja ko nirang kush bebastha chahiyeko haina bhane janaandolan 3 ko nara ta sanghiye loktantrako nai hainara yedi haina bhane 605 sabhasad madhye katijana sabhasad sanghiyetako bipakchhema chhan ki matra chhitra b//ko matra fur fur desma sarkar baliyo nabhaye ko phaida

  13. Congratulations to our country men in Nepal. You guys are doing great job there creating difficulties to our own people. Do not forget to burn tires and trash pubic properties. IDIOTS *^#@*&^

  14. ल बधाई छ नेपालीहरुलाई! गीनीज बुकमा रेकॉर्ड राख्न पुग्ने गरी बन्द गर्नुपर्छ! whatever is left to destroy till today should be destroyed too! so that the next generation children will learn the definition of bandh as a frequent festival from primary level!

  15. CHITRA BAHADUR JASTA NETA HARU LAI SUCHANA

    chitra bahadur, des banda safal bhayo bhanera khusi mandai chan jasto chha … tara afno desh lai jhan garibi ma dhakaleko ma chai jhan badhi khusi bhayako jasto lagyo.

    Kasko lagi gareko bandha… JANTA ?? JANTA ko lagi ho bhane JANTA ko Gadhi kina jalais, JANTA lai kina dukha dis, ani JANTA ko desh lai kina garibi ma dhakelchhas ???

    Yo Sab netagiri jharnus, aafno asthito dekhauna badha ko sahara nalinus, banda bhaneko jati sano sochnu bhayako chha teti sano chhaina, TRUE leader ho bhane pahila Banda lai analysis garnos ani bhanus banda garera BIRODH garnu kati thik kati bethik

  16. k ho MD ji tapai jasto padhele ko jantu le pani
    teso kura garne ko
    chahe Babu ram le chahe Jhalanath le chahe Girija jasle
    ramro kam garna lagya pani sath dipu parne thau ma
    ulto kasari sucess garcha heroula bhnera kasto murkha pan
    dekhaunu bako ho??

    desa lai maya garn sika ho jantu ho nepali bhayer
    kebal Nepali bhayer !

    baru yasto badha garne lai nirut sahit garou !
    plz live the nation.
    be nepali

  17. नेपालको एकात्मकताको श्रोत ने हिन्दु र बौद्ध धर्म रही आएको थियो। हिन्दुत्वलाई समाप्त पारेरे जातियतामा प्रवेष गराउने बेला मा जाग्नु पर्द्थ्यो जनमोर्चा। जाति वा भाषामा आधारित संघियताको विरुद्ध कुरा हिन्दुवादी संगठनहरुले गर्दै आएका थिए। अब आएर जनमोर्चाले पनि यो यथार्थलाई बुझेको छ। भोली प्रत्येक नेपालीले यो यथार्थलाई बुझ्नु पर्छ। जातियतामा प्रवेष रोक्नका लागि हिन्दु राज्य जोगाउनु जरुरी छ।

  18. Naya Nepal ko Suruwat ho yo……….Kasto majja hai Naya Nepal ma Banda, Hadtal, Abhab, Attank..ye sabai Naya Nepal ko Suruwat ho…….

  19. Decentrilization of power is more effectrive and do not dicenrilization of nation instead of federialism. If government acrtive to implement the decentrilization of power there is not need to federialism. government should think carefully, it is the only ways to united the Old Nepal and New Nepal.If federialism structure implement New Nepal and Old Nepal will merge half of the part India and half of the part in china.
    In this present polical development political parties and government are more strong than people. Please do not vanish out the Nepal in international map.

  20. बन्द को समर्थन नगरेपनी यो जातियता र आतंकबादी कृयाकलाप लाई कसैले पनि बढवा दिनु हुँदैन।

  21. yei neta,

    aaj tera karanle garda mero birami lai hospital lagna sakina

    tera ta kohi pani birami pardainan hola

    marne belama talai yesta dinaharu naaun

    manchhe lai bato hidna nadiyera thulo sapahlata hashil garis

  22. thik cha .kati nyasro lagirathiyo nepal ma banda bhanne khabar nasune ko ahile ali ramailo bhayo, bela bela ta ali banda garera ramailo garna paryo ni
    .la best of luck atleast in a fortnight. banda hunai paryo bye

  23. Hello Mysansar Friends,

    I am in support for today’s Bandh. Can any one clearly tell me why nepal needs to go in federalism ? Does the federalism is solution to any of the burning issues ? like petrol, artificial scarcity, black marketing etc ? I believe federalism is another socio-economic problem. it is the worst political problem.

    I love nepal and deserve its developement and progress. We should not go for federalism. We can not afford the cost of federalism.

    Federalism in terms of race, as modeled by maoists is the worst one. i site you one minor example – I studied in kathmandu, so that i must be getting my certificates in NEWARI. I don’t even understand that, will that certificate be useful to me ?

    There are so many major and minor problems due to federalism. We should oppose that, else the country will go dis-integration due to various factors.,then we should be remembering the song by NATIKAJI –

    NEPALI HAAMI RAHAULA KAHA NEPALAI NARAHE

    [email protected]

  24. अब त सार्वजनिक बिदाजस्तै भित्तेपत्रोमा यो दलले यो यो दिन बिदा गर्न पाउने र बाँकी दिनमा स्थानिय बिदा जस्तै बाँकी नाम नसुनेक सानादलले बिदा गर्न पउनु परेयो भन्ने बेबस्था गर्नुपरेयो अब चाँही नयाँ सरकारले ।

  25. यो बन्द चै मलाई ठिक लाग्यो
    संसारमा हाम्रो जत्रो एउटा प्रान्त
    जत्रो देशमा पनि सबै नेताहरुलाई
    रोजगारी दिलौनको लागि गर्न लागेको
    संघइयता को कुनै आवसेकता छैन फेरी
    जातिय आधारमा भन्नु त्यही प्रान्तमा
    बस्नी अल्प जतीको उपेछा गर्नु हो
    एक दिन फेरी अर्को क्रान्ति को बिजरोपन
    गर्नु हो अनी बाबुराम को भ्याकुतो उफ्रै
    भन्नुको मत्लब भ्याकुतो जती उफ्रे पनि जहाँ को तै
    भन्नु नै हो किन भने तपालाई थाहा नै
    होला भ्याकुतो भन्दा सर्पो नै छिटो हिद्छ
    नेपाल यही गती मा जानिहो भने एक दिन
    भारतको नेपाल प्रान्त हुन बेर छैन
    जय नेपाल

  26. संघियताको नाम लिएर अनाबस्यक रूप्मा हड्ताल गर्ने लाई स्वतन्त्र रूपमा बाटोमा तमसा गर्नको लागि छुट दिने सरकारले शान्ती सुरक्षा खल्बलायो भन्दै ठमेल रात्री ब्यवसाय बन्द गर्ने निती नसुहाउने भयो। एउटा मात्र क्षेत्र बिशेष मा सुरक्षा निती अप्नाउने भन्दै रात्री ब्यवसाय बन्द गरी एक तिर सिमित ब्यक्तिको अधिकारको लागि पहल गरिदा कैयुं होटेल मजदुरहरुको अधिकार लाई हनन गर्न खोजिएको छ भने यता अस्वोस्थ राजनीति गरी स्वार्थ पुर्ती गर्न खोज्ने हरुको हड्तालले लाखौं नेपाली को दैनिक जीवनमा असर पर्दा सरकारले मौन बस्नु नालायकिय हो गृह मन्त्रालय ले एक क्षेत्र मात्र हेरेर सस्तो लोकप्रियता कमाउन खोज्नु भन्दा सार्हा जनतालाई शान्तिको अनुभुती दिलाउन सक्नुपर्दछ यही हो नयाँ नेपाल

  27. हुन त अली छिटो भयो, एक पटक माओवादीलाई राम्रो पाठ सिकाउनु पर्छ। यसरी बन्द भए पछी र हुन थालए पछी, अनी बाबुरामको भ्यागुतोले पनि छ्लाङ मारी हाल्छ नि!!

  28. Jancha Sita ji jancha,
    India & aamerica ko taluwaa chhatera kati din aafno duno soghaulaa ra.aafai matra chhate ta hune theyo ne swasni le ra chhoraa buhaari lai pane chhataune laghako cha

  29. Pls! Pls! Pls! Pls! Pls!
    यो बन्द गर्ने काम कसैले पनि नगरौ न हामी बिदेश मा बस्ने लाई त कती गाह्रो बिदेशी साथी हरुले सोध्छ्न होइन के हो तेरो देश त जहिले पनि बन्द बन्द, घुम्न जाउ भनेको बन्द को डर ले जान मन लाग्दैन भन्छन । स्वेदेश म बसी आफ्नो काम गरी खाने लाई कती सास्ती होला Pls Pls यो बन्द लाई आजै बाट बन्द गरौ । यसपाली को दशै बाट यो बन्द भन्ने काम कसैले पनि नगरुन
    बिजय दशमी को सुखद उप्लछे मा सम्पूर्ण देश बिदेश मा बस्नु हुने नेपाली दाजु भाई तथा दिदी बहिनी हरु लाई हार्दिक मंगलमय शुभकामना ।।

  30. राष्ट्रिय जनमोर्चा
    केन्द्रीय कार्यालय, नयाू बानेश्वर, काठमाण्डौ, फोन ः ०१-४७८५४०४
    Email : [email protected]
    वक्तव्य
    राष्ट्रिय जनमोर्चाले गणतन्त्रको सुदृढिकरण, राष्ट्रियताको रक्षा र संघीयताको विरोधमा समेत यही साल श्रावण ८, ९ र १० गते चितवनमा सम्पन्न केन्द्रीय समितिको बैठक र कार्यशालामा निश्चित गरेको संर्घष्ाको कार्यक्रम अनुसार श्रावण २० गते देखि नै देशव्यापीरुपमा आन्दोलन चल्दै आएको छ । त्यही कार्यक्रम अनुसार हिजो ११ गते साूझ देशव्यापी रुपमा मसाल जुलुस सम्पन्न भएपछि आज असोज १२ गते देशव्यापी रुपमा नै आम हडताल र नेपाल बन्दको कार्यक्रम अगाडि बढिरहेको छ ।
    अहिलेसम्म प्राप्त समाचार अनुसार रुपन्देही, कास्की, बाग्लुङ, दमौलि, सर्ुर्खेत, बाूके, चितवन, दाङ, सिन्धुली, अर्घर्ााूची, कैलाली, बैतडी, डडेलधुरा, डोटी, रुकुम, रोल्पा, प्यूठान, पाल्पा, गुल्मी, कपिलवस्तु, नवलपरासी, बारा, पार्सर्ाारौतहट आदि स्थानहरुमा आम हडताल र बन्द पूरा सफल भएका छन् । ती स्थानहरुमा विरोध पर््रदर्शनका कार्यक्रमहरु पनि भइरहेका छन् वा केही समय पछि सम्पन्न गर्ने कार्यक्रम निर्धारित भएका छन् । अन्यत्रबाट पनि समाचारहरु आउने क्रम जारी छ ।
    काठमाडौमा पनि आम हडताल र बन्दका लागि संगठित प्रकारले प्रयत्न भैरहेको छ र ठूलो मात्रामा बन्दको कार्यक्रम सफल पनि भएको छ । तर काठमाडौंमा माओवादीको नेतृत्वमा बनेको गठबन्धन सरकारले शान्तिपर्ूण्ा आन्दोलनको कार्यक्रमलाई दबाउन व्यापक दमनको नीति अपनाएको छ । त्यससिलसिलामा व्यापक गिरफ्तारी गर्नुका साथै कैयौं ठाउूहरुमा लाठिचार्ज पनि गरेको छ । अहिलेसम्म काठमाडौंमा मात्र करिब ५ दर्जन नेता र कार्यकर्ताहरु गिरफ्तार भइसकेका छन्, जसमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तीन जना इन्द्रमणि पौडेल, निमबहादुर बुढा र डम्मर पुरी, अ.ने.रा.स्व.वि.यु.-छैठौं)का केन्द्रीय अध्यक्ष राजेन्द्र ढुंगाना, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष केशमान वि.क., अखिल नेपाल जनजाती सम्मेलनका वीरबहादुर पुन, अखिल नेपाल जनवादी युवा संघका केन्द्रीस्य सदस्य गौरीलाल कार्की तथा जगत श्रेष्ठ, मदन मुरारी घिमिरे, महेश जि.सी., गणेश पुन, हेमराज पुन, दिलकुमार श्रेष्ठ, राम श्रेष्ठ लगायत करिब ५ दर्जन आन्दोलनकारी गिरफ्तार हुनुभएको छ । अन्तर्रर्ााट्रय नेपाली एकता समाजका कार्यालय सचिव नारायण बन्जाडेलाई घाइते बनाइएको छ । काठमाडौंमा अपनाइएको त्यसप्रकारको दमन नीतिले गर्दा वातावरण अशान्त, उत्तेजित र तनावयुक्त बन्न गएको छ । सरकारको त्यसप्रकारको दमन नीतिका बाबजुद काठमाडौमा नेपाल बन्द सहितका विरोध पर््रदर्शनका कार्यक्रमहरु लगातार अगाडि बढिरहेका छन् ।
    रुकुममा रा.ज.मो.का जिल्ला अध्यक्ष रामप्रकाश पुरी सहित शत्रुधन श्रेष्ठ, शिब बहादुर शाही लगायतलाई गिरफ्तार गरेको छ । पर्सर्ाा रा.ज.मो.का कार्यकर्ता सगिर अहमदलाई गिरफ्तार गरिएको छ । लितपुरमा राष्ट्रिय जनमोर्चाको कार्यक्रममा वाई.सी.एल. समेत संलग्न भएको एउटा समुहले बन्दको कार्यक्रम फिर्ता लिनका लागि धम्की दिनुका साथै केन्द्रीय कार्यालय सचिव हुकुमबहादुर सिंह समेतलाइ हातपात गरी त्यहाू शान्तिपर्ूण्ा प्रकारले भइरहेको कार्यक्रममा बाधा हाल्ने प्रयत्न गरेका छन् । सुनसरीमा कतिपय पक्षले हिजो पार्टर्ीीे कार्यालयको साइनबोर्ड लैजाने र झण्डा च्यात्नुका साथै बन्दको कार्यक्रम फिर्ता गर्न धम्कि दिएका थिए । दमौलिमा अवान्छित तत्वहरुले रा.ज.मो.को झण्डा, ब्यानर च्यात्नुका साथै बन्दको कार्यक्रम फिर्ता लिन धम्की दिएका थिए ।
    जुन विषयहरुमा हाम्रो पार्टर्ीी नेपाल बन्दको कार्यक्रम समेतको संर्घष्ाको कार्यक्रम संचालन गरेको छ ती राष्ट्रिय महत्वका विषयहरु हुन् र उक्त प्रश्नहरुमा अपनाइने गलत नीतिहरुले देशको भविष्य र अस्तित्वमा गम्भीर प्रकारले नकारात्मक र दुरगामी प्रभाव पार्नेछन् । त्यसकारण गणतन्त्रको सुदृढिकरण, राष्ट्रियताको रक्षा र संघीयताको विरुद्धमा समेत लगातार देशव्यापीरुपमा र अरु उच्चस्तरमा आन्दोलन अगाडि बढाउनुपर्ने आवश्यकता छ र त्यसका लागि हाम्रो पार्टर्ीी लगातार प्रयत्न गरिरहने छ । अहिले दशैं नजिकै आएकोले आज १२ गतेको कार्यक्रम पछि हाम्रो पहिलो चरणको कार्यक्रमको समापन हुनेछ । तर पछि आवश्यकतानुसार उक्त राष्ट्रिय महत्वका विषयहरुमा संविधानसभा भित्र र बाहिर पनि हाम्रो संर्घष्ा जारी रहने छ ।
    अन्तमा सरकारले हाम्रो शान्तिपर्ूण्ा आन्दोलनका विरुद्ध मुख्यतः राजधानीमा अपनाएको दमन नीतिको तीब्र शब्दमा भर्त्सना गर्दै हामीले त्यसप्रकारको दमन नीति बन्द गर्न तथा गिरफ्तार साथीहरुलाई तत्काल रिहा गर्न सरकारलाई चेतावनी दिन्छौं ।
    मिति ः २०६५ असोज १२ गते
    …………………
    -चित्रबहादुर के.सी.)
    अध्यक्ष

  31. banda , bom , hadataalle satta maa aayekaa maobadi ko sarkaar her kasto hudo rahichha sarkaar chalaauna?
    timiharule sikayeko bato ho ,abb aru nai party laai satta chodna tayar bhaai.
    dashaima shubakamana dine pani adhikaar chhina prachnada nazisko.
    happy banda

  32. शनिबार सार्वजनिक बिदा भये जस्तै हप्ताको निसचित १ दिन (नेपाल / उपत्येक) बन्दगरे कसो होला?????
    pra kash

  33. लू ! मेरो पनि बन्दको उपलक्ष्यमा (हार अनि दिक्क) शुभकामना छ, सबै नेपालीलाई |

Comments are closed.