शनिबार साहित्य अन्तर्गत खुला कविता लेखन कार्यका लागि चुनौतिस्वरुप यो साताका लागि फोटो। राससबाट वितरित यो फोटो काठमाडौँको प्रदर्शनी मार्गमा बेच्नलाई राखिएको भेडाको हो। अब किबोर्ड तयार पार्नुस् र सिर्जनात्मक अभिव्यक्तिका लागि तयार हुनुस्। अब तपाईँको पालो- लेख्ने हैन त कविता, मुक्तक, हाइकु अथवा सक्नुहुन्छ भने लघुकथा जे भए पनि- फोटोसित मिल्ने गरी ? कविता बाहेकको कमेन्ट यसमा नलेखिदिनु होला।
केही हाइकुहरु (मेरो प्रयास )
1. भेडाको लास आँखा अगाडि
सरकारी जागिर
अफिस बन्द
जाडोको ओखती !
2. बन्द कोठा
उझ्यालो चियाउंदै
अपार आनन्द
मान्छे को बली !????
3. भेडाको लास आँखा अगाडि
सरकारी जागिर
अफिस बन्द
जाडोको ओखती !
4. भेडाको आसुँ
मान्छेको मन
आतंककारी ठान्छ !
5.जनयुध्द जस्तै भेडिको कथा
भेडाहरु बेपत्ता छन
मौन छन मान्छेहरु !
स्कुल पढ्दा गुरुलाई झुक्काएको
अब चाँही देखिन थालेछ
भेडाको बारेमा लेख्नु थाल्दा
आँफैपो भेडा भईएछ
म पनि भेडा भए
मर्नु अघी सम्म हासी रहन्थे
दसैं आयो बजार भरी खसी
म गरीबलाई हेर्नै मज्जा
सोझो
तिमी मान या न मान |
म त तिम्रो भई सके ,
तिमीले मार या काट ,
मैले आफुलाई तिमीमा समर्पित गरिसके |
तिमी येसैगरी निर्भीक लेख्दैजाऊ ,
म पढ़ी रहुला ,
म तिम्रो पुजारी हूँ ,
तिमीलाई पूजा गर्दै रहुला ,
यो जुनी माँ न भएर के भो ,
अर्को जुनी माँ जरुर भेट होला !!
बिनुजी
मन छोयो यहाँ का लाइन हरुले,भित्री सम्म घोच्यो ?मानु भेडा नै बोली रहेछ !!
papi
म मरेको पल तिमी दाँत तिखार्नु
हर्षाश्रुँ झार्नु दुखेजस्तो गर्नु जिब्रोलाई निखार्नु
अहिलेलाई यत्ति नै ।
that khasi is saying Dipindre dipindre,listen one more time.
मान्छेहरु
आफुलाई सभ्य ठान्छन्
धर्तिका उत्कृष्ट प्राणी
मान्छेहरु
चाहदैनन् हत्या अनी हिसालाई
त्यसैले
अनेकौ अबसरहरुमा
शान्ती र साम्रिद्धीको कामना गर्दै
हत्या गारिरहेछन्
प्रतिकार गर्न नसक्ने
तिनै निरिह प्राणीहरुको ।
आफ्नो उत्कट इच्छालाई
प्रस्तुत गर्दै ।
प्रमोद अधिकारी
[email protected]
भेडा भन्छ…
म त साँच्चिकै भेंडा हुँ,
तिमीहरू त मानवरूपी भेंडा हौ ।
होस् गर मानवरूपी भेडा हो,
मजस्तो भेडे चरित्र प्रदर्शन नगर ।
आज तिमीहरू मेरो स्वाद लिन्छौ,
भोलि तिम्रो स्वाद अरुले नै लिनेछ ।
अचानो बाट खसिले भन्यो अर्को पटक चुनावमा जित्छु
हे मानव !
मलाई बली के दिन्छौ ?
सम्झ त आँफैलाई
लमजुङमा मुक्ति अधिकारीलाई रुखमा बांधेर मारेको
काभ्रेमा मैना सुनुवारलाई बलात्कार गरी गाडेको
चितवनमा बसै विष्फोट गराई बीसौँको हत्या गरेको बिर्स्यौ ?
सिन्धुलीमा सैनिक हिरासतमा लाइन लगाएर पन्ध्रौं लडाकू मारेको
पेट्रोल बमले बालिका कजोल खातुमलाई जिउँदै जलाएको कसले ?
गोरखामा सुरेश वाग्लेको हिरासतमा हत्या
तनहुँमा घाँटी रेटेर दिनदहाडै नारन लोहनीको हत्या
भैरबनाथ गणमा कृष्णसेनको यतना दिएर हत्या
नवलपरासीमा पत्नी र छोराछोरीको आँखै अगाडि गरिएको सफाय
बिद्रोहिको आरोपमा थोत्रो बन्दुक भिरएर दोहोरो भिडन्तमा मारिएको कथा
कुन चाँही अनुहार सम्झाउँ म तिमीलाई ?
कुन घटना याद दिलाऊँ म तिमीलाई ?
तिमीलाई लाज छैन पशु अधिकारको कुरा गर्न ?
आफ्नै जातिको रक्षा त गर्न नसक्नेले
मेरो सुरक्षाको बारेमा किन कविता कोर्छौ ?
तिम्रो नैतिकताले दिन्छ आँफैलाई ढाँट्न ?
के फाइदाको लागि मेरो वकालात गरिरहेछौ ?
कतै डलर फल्ने गैससका सदस्य त होइनौ तिमी ?
नत्र यती भावुक कहिलै देखेको थिइन तिमीलाई
किन नक्कली हार्दिकता देखाइरहेका छौ ?
माइ संसार
हाइकू नै हाइकू
गजब छ बा !
हाइकु हरु !!!
१
बिबादित चाड,
तिब्बती भेडा हरु ,
इंडियन मसला ,
आफ्नै जिब्रो टोक्दै
कुपू कुपू
२
बिदेशियेको छोरा ,
पोइला गयेकी छोरी ,
गोठ माँ बुढो भैसी ,
बाझो बारी
कान्ला माँ बसेर ,
सुंकू सुंकू
३
बंद कोठा !!
मनभरी उनको माया ,
आखा माँ कल्पना का तस्बीर हरु ,
हावा माँ हात हल्लाउदै !!
सुटू सुटू ???!!!!
सोच्दै जादा एउटा हाइकु फेरी
निमुखा खसी भेडा रांगा
असोज को दशैं
बीर नेपाली
हाइकु ट्राइ
१
निक्खर कालो बोका
सिरुपाते खुकुरी
नेपालीको दशैं
ल अर्को एउटा पनि
२
मेरो अहिंसा प्रेम
दशैं को बलि
गोही को आँसू
i really do not have any ideas about the patterns in haiku this is my first ever try and if it is not good apologies
om shanti
kansaiko agadi vedako ansu,
janawarko satta afnai khao masu.
kansaiko agadi vedako ansu,
janawarko satta afnai khao masu.
कबिता धेरै मार्मिक छन ।
बेला को बोली खोल्नु पर्छ.
राम्रोकुरा बोल्नु पर्छ।
आखिर संसारनै मनिषरुपी पसुको हो.
यहाँ पशुरज्य चलेकै छ.
खशी बोका, बखरा बखॠ, कुकुर बिरालो
बाँकी के पो छनर ।
आखिर मनिष ता खैसके यिनिहरुले
टेसैले यो आजको मानब्रुपी पशुको खेल हो।
नत त्यआहा भगवाननै थियि नता मनिष।
बिक्रि हुदैछु म यो शहर बजारमा।
किन्ने हरु किन्न सक्छन् मलाई सयमा हजारमा॥
हरेक शास बिक्ने रहेछ घण्टा घण्टा को दरमा।
आफ्नै दरमा खरिदे हुन्छ मलाई यो नाङ्गो शहरमा॥
भेडा मान्छे ,
मान्छे भेडा,
अन्तर …..
सात साल ,४६ साल, ६४ साल
मान्छे भेडा , भेडा मान्छे
दशै , भेडा , जनता
काट्ने भेडा , काटिने मान्छे
काटिने मान्छे , काट्ने भेडा
अन्तर ……..
भेडा , मान्छे, दशै
दशै, मान्छे , भेडा
मान्छे, दशै, भेडा
तिमी मलाई मारेर खुशी हुन्छौ,
देबी, देउता खुशी पार्छु भन्छौ,
कुन्नी किन तिम्रो मनले’बली’माग्छ,
ए!मनुष्य!
मलाई त तिमीलाई देख्दा दया लाग्छ!
सिग नै सिग को बिचमा,
म तिमीलाई हेरी रहेछ,
तिमी त ज्युदै रहेछौ अझै,
म त धेरै पटक मरि सकेछु!
कहिले सिपाही भएर,
लडाईंमा मारिए म
कहिले बिद्रोही भएर,
क्रान्तिमा मारिए म!
जङलमा रेटिये म,
शहरमा भुटिये म!
र बाँकी समय,
आफ्नै बाट लुटिये म!
तिमी र म मा एउटै भिन्नता,
म ‘मनुष्य’,तिमी ‘भेडा’,
तेसैले त तिमी एक पटक,
अनी म त पटक-पटक मरिरहेछु!
दुई हात जोडी म बिनम्र गर्न सक्छिन।
एक शब्द बोली म पिडा पोख्न सक्दिन
भेडा हुं म भैडा………..
मलाई न मार्नुस भनि भन्न सक्दि……………।
हे मानव,
दशै को नाउमा
मलाई काट
रगत पिऊ
मासु लुछेर खाउ
हाडहरु चबाउ
सभ्य अनी बहादुर तिमी
सभ्यता र बहादुरि देखाउ । ।
हाइकु
दशै आयो रे
निमुखा खसीबाख्रा
रगताम्मे नि
Dashain aayo
Khasi Boka runchan
Budi Bakhari pani
kuni kuni bhanchan
साथी हो , मलाइ पनि रहर लाग्यो । ट्राइ गरौं ?
मान्छेको जीवन
बाँदरको सन्तान
स्ट्रगल फर एग्जिस्टेन्स ।।
मुख भएर के गर्नु, बिरोध गर्न सक्दैनौ ।
सिङ भएर के गर्नु, हिर्काउन जान्दैनौ ।
हामी मान्छेहरु पनि त कैयन तिमी जस्तै छौ,
न बोल्न सक्छौ,
न हान्न सक्छौ,
गिदी त छ हामी सँग,
बुद्धी कहाँ छ?
बिबेक कहाँ छ?
मूक पशुको पीडा नबुझ्ने
दोष हो अन्धद्रिष्टिको
देवी भवानी के खुशी होलिन् र???
वली लीइ आफ्नै सृस्टिको
सक्दिन गर्न व्यक्त, तर
काट्दा दुख्छ मलाई पनि
मर्नु नै छ, आज या भोली
पर्खदैछु काललाई पल पल गनी
अर्कालाई रुवाई आफु रमाउने
कस्तो मानवको बानी हो
दया,माया र सुबुद्धी यिनलाई दिनु
अन्तिम ईच्छा मेरो भवानी यो।
दसैं आयो भन्छन सबै शान्ति छैन घरमा !
फोटोको बोको के गर्नु र आफ्नो छैन घरमा !!
पर्सुराम दाई हाम्ले नि अब औटा बोको ल्याउनुपर्यो !
बोको नपाए कुखुरो ल्याएर अहिलेको दशै मन्न पर्यो !!
बिदेसमा के गर्ने दशै माने झै त गर्नै पर्यो !!
प्रभात
रेखोभोट
इजरायल
उपभोग बाद!!!
नाना दिए,
न्यानो दिए,
अब चिची माग्छौ!
मारी काटी
चपाउन तिमी कहिले थाक्छौ?
गुं पनि दिए,
मुत पनि दिए,
सिंन्च्यौ करेसा बारी!
गुर्नु गर्योउ उपभोग,अनी
बेच्न लायोउ पारी।
बेच्देउ तिम्ले,
किन्दियो अर्कोले,
सार्देउ हाम्रो बसाइ!
दशा हाम्रो
लियर जान्छउ,
बधाई छ तिम्लाई
दशै।
म कहाँ आइपुगेछु यो अनकन्टार संसारमा
डर र त्रास मात्र देख्छु मेरा साथीहरुको मुहारमा
हिजो सम्मत मेरा मालिक हरु भनाउदा यि मानवहरुले मलाई मिठो मिठो खुवाउदा
म सम्झन्थे म भन्दा भाग्यमानी यस् संसारमा कोही छैन
आज कि्नहो किन मलाई लाग्छ म भन्दा अभागी संसारमा अब कोही रहेन
बल्ल मात्र चाल् पाये त्यो बनावटी मायामा थुप्रै स्वार्थ लुकेको रहे्छ
मलाई ह्रिस्टपुस्ट बनाएर मेरो अङ अङ को भाउ लाउनु रहेछ
हे मानव तिमीहरुलाई के थाहा यस् शरीर भित्र पनि भावना लुकेको हुन्छ
भावना अभिब्यक्त गर्ने ठाउँ र समय नपाउदा आँफै लाई लाचार भएको मह्सुस हुन्छ
हुनत हामी जस्ता लाचार प्राणिको वेद्नना तिमी मानव हरुले कहिलेपो बुझेको छौर
बुझे पनि पुझ पचाउने लाई सम्झाउन कसरीपो सकिन्छर
आउ आउ हाम्रो अङ प्रत्यङ लुट एसैमा हुन्छ भने तिम्रो खुशी
म फेरी पनि लुटिन तयार छु यदी पाउछौ भने तिमीले तिम्रो साच्चो खुशी
मेरो प्राणको बली दियर
तिम्रो स्वार्थ पुरा हुन्छ भने
मेरो रगत को प्याला पियर
तिमीलाई खुशी मिल्छ भने
आउ मान्छे काट मलाई
देवीको नाममा बली चढाउ मलाई
सयौ टुक्रा पारी खाउ मलाई
अनी कामना गर
कहिल्यै पनि तिमी ले मेरो जुनि लिनु नपरोस
JPT Bhayo Yar kabita…..
Lekhna KHojya k bhanna khojya k khai k khai k ma ta ….
जस्ले जे भने पनि आफ्नोले जती गल्ती गरेपनी
चुपचाप हेरि बस्ने,पछी पछी लागी रहने
घरमा आगो लागे पनि,घरमा चोर लागे पनि
आपस मै लडीरहने,बिदेशि आदेश मानिरहने
जती गार्हो भए पनि,जती मर्का परे पनि
आफ्नो सस्कार,रिती,परम्परा भन्दै,मान्दै
पुर्खाको नाक राख्न आफ्नो र आफन्तको
जिबन कस्टमय,पिडामय बनाउदै
दाँया बाँया नहेर्ने,समय अनुसार नचल्ने
दु:ख दिने सन्तान,दुख दिने सस्कार
जिबन अनुसार,समय अनुसार ढाल्न नजान्ने
हाय !सन्सारको सर्बोतम जिब म मानिस !
जीवन मेरो पनि हो।
जीवन तिम्रो पनि हो।
रगत मेरो पनि रातै हो।
रगत तिम्रो पनि रातै हो।
पिडा मलाई पनि हुन्छ
पिडा तिमीलाई पनि हुदोँ हो।
मारेर खाउ मलाई, केही छैन।
तिमीलाई सन्तुष्टी त दिन सकेँ।
मर्ने बेलामा यती धर्म त पाएँ।
मरेरै पनि अर्को जुनी पाउने भएँ।
haiku re hahahah………..
dashain aayo
bheda laula
bali deula
दसैं, भेडा, कबिता र मानसिकता
माइ संसार ले राखेको तस्वीर हेर्दै
तरङीत भावनाहरुलाई स्क्रीनमा उतार्ने असफल चेस्टा गर्दै गर्दा
भर्खरै पढेका कवीता प्रविस्टका कोणहरु दिमागले पचाउन नसकेको अनुभुती भैरहेछ ।
कबिता हेर्दा लाग्छ बितेका १२ बर्षमा १५ हजार जनाको रगत देखेका हामी
ज्यादै शन्तिकामी,
पशु अधिकारका लागि प्रतिबद्ध
कुनैपनी किसिमको हिंशामा विश्वास नगर्ने
बुद्धभक्त ।।
कबिता कै लागि कबिता लेख्ने हो भने,
हिजोका रोल्पा र बालुवाटारका नेता झैं
जनता मार्दै जनअधिकारको भाषण गर्ने हो भने,
पशु अधिकारका यि महान बिज्ञप्तीहरु जायज होलान
तर … लाग्दैन मलाई
यि सबै हातहरु भेडाको टुक्रो मुखमा नराख्ने मात्र हुन् ।।
यो भेडा अनी यो मानसिकता,
कतै यो भेडा मानसिकता ?
दसै आयो तिहार आयो भेडा बोका काटौ
५६साल को शुभकामना सबै संग भाडौ
ऋण लागोस,घिन लागोस दिन नलागोस
सबको घरमा माछा मासु दाल भात नपाकोस
मान लामा
“हाइकु”
——–
यो बिजया दशमि
पशु हिसा रहित
मनाऔ है त ?
दशैंको भेडा , भगवान र म मान्छे
_________________________
सँधै सँधै
आँखामा मृत्युको त्रासदी बोकेर
निरिह भेडाहरु
मेरो टोलसम्म आईपुगे
चुपचाप चुपचाप
गर्धनमा खुकुरीको छप्को महसुस गर्दै
अज्ञानी भेडा
मेरो आँगनसम्म आईपुगे
बोलेनन
उनिहरु एक शब्द बिद्रोहको
लेखेन
उसले कविता आफ्नै मृत्युको
मैले
आँगनमा भगवान डाकेँ
र
शक्तिको पूजा गर्दैछु भनेर
भेडा पर्सिएँ भगवानकै मुखेञ्जी
भगवान भेडा झैं वाल्ल परे
पछिल्लो समयमा
बोली हराएपछि भगवान
आफैं डराए म मान्छेदेखि
र टुल्टुल्ती हेरिरहे
भगवान सामु
जब मैले खुँडा उठाएं
भेडा भगवान भएर बोल्यो ,
‘ हे ! मनुश्य
तिमी
आफ्ना सामर्थ्यले
भगवानलाई वशमा पार्न सक्छौ
तर म
आज मुक्त हुँदैछु
तिमी मान्छेहरुको कु-कृत्यबाट
आईन्दा म
मान्छेहरुबाट पशु भनिन्न
तर तिमी पशुहरु
सँधै मान्छे नै रहनेछौ ‘
खुँडा चल्यो
भगवानलाई मैले
रगतको लोभ देखाएँ
भगवानले तर
मेरो लोभ देखे
र रगतको एक एक सिर्का
मेरै लागी छाडेर
भगवान लुरुलुरु फर्किए
मेरो टोलसम्म ल्याईएको भेडा झैं
मेरो आँगनसम्म घिच्याईएको भेडा झैं
चुपचाप चुपचाप
र
म मान्छे
भगवानको पर्वाह नगरी
दशैंमा ब्यस्त भएं ।
“म भेंडा। ”
————–
हिउँदका कठ्यांग्रिने चिसोमा
तिखा सिरेटोले मुटु छेड्ने जाडोमा
अलिकती न्यानोको आभाष दिन
म भेंडा! मैले उन दिने गरेको छु।
आजको सभ्य समाजलाई
सभ्यताको लागि,
मैले ल्याम्ब चोप र
ल्याम्ब कट्लेट पनि दिदैछु।
कतिका शारीरिक पोषणका लागि
त कती बालकका आहाराको लागि
दूध पनि दिने गरेकै हूँ।
र, आजको शिक्षित मानबलाई
संस्कृतिको लागि,
पुर्खाले गरेका रिती थितीको
जगेर्नाकोलागी,
बडा दशैको लागि,
म भेडा! हो, अब रगत दिन पनि तयार छु।
जहाँ मेरो खुनले ढुङ्गाको मुर्तिहरु नुहाइने छन्।
अनेकौ भाकल र मनोकामना गरिने छन्।
र म भेंडा! यो विश्वाश छ मेरो आहुतिले सबैको कल्याण हुनेछ।।
“हाइकु”
——-
प्राणीको हत्या
हाम्रो परम्परा रे
यस्तो त दशै!!
“हाइकू”
——–
२१ औँ शताब्दी
मानब अधिकार
बलिको बोको(?)
हिमालपारी क्या राम्रो गाउँ, त्यो मनाङ चामेको,
असोज महिना सिरीरी जाडो मुटु नै कामेको ।
शुरु नै भयो रमझम फेरी यो बडा दशैँको,
कसैलाई भने खुसी नै होला, छ पिडा कसैको ।
मनाङे लेक एकलास घर, ती भोटे दम्पती,
जेथाको नाउँमा छ बिस च्याङ्रा केही छैन सम्पती ।
बुढीले भन्छे दशैँ पो आयो, अब के गर्ने हो,
बुढोले भन्छ, यहि च्याङ्रा बेच्न शहर झर्ने हो ।
चार बिस च्याङ्रा मो बेची आउँछ, तु हेरी बस्नु घर्,
दुइ बीस भए, बर्सेनी हुन्छ, पर्दैन मान्नु डर् ।
भोटेले लायो असिको लर्को च्याङ्राको बगाल,
बुढिले भन्छे, बोलेर मिठो, सबको मन पगाल ।
टाढाको बाटो खोला र गल्छी, जंगलको पर्यो बास,
रातीमा आयो जंगली ढाडे, च्याँङ्राको सत्यनास ।
चारोटा खसी हाडखोर मात्रै हेरदा बिहान,
बगाई आसु भोटेले पुर्यो, खनेर चिहान ।
हजार दुख सहेर अनि सौ डाँडा काटेर,
सोझो नै बोल्यो के गथ्र्यो बेपार अरुलाई ढाँटेर ।
सहरमा रैछ नारा र जुलुस् भोटेलाई लाग्यो सख्,
के रैछ भनि गएर बुझ्दा दङ खायो, पर्यो छक् ।
पशुको बली हुन्न रे दिनु, सबैको एउटै ज्यान् ,
भोटेको पिडा कस्ले पो बुझ्ने, कसले पो दिने ध्यान ।
मान्छेले मान्छे काटमार गर्दा कहाँ थियो मानवता ?
यो इकोसिस्टम बिगार्न खोज्ने यो कस्तो दानवता ?
-उत्सुक
From Kaski, Nepal
यि सोझा भेडाहरुको जमात
यिनको स्बभाब
यिनको भबिस्य
उफ !
मैले त हामी जनतालाई
यिनिहरुसँग दाज्न पुगे
काला सेता रौ हरु
सुन्दर सुन्दर सिङ्ग
मायालु आँखा
ति भेडाहरुको भबिस्य केहो ?
हामीलाई त थाहै छ
जती सुकै स्बाङ्ले बोले पनि
यथार्त मा यिनिहरु बली का बोका हुन
हो , बलिको बोको !
उफ !
के हाम्रो दुर्गाती यस्तै हुने त होइन ?
राष्ट्र को निम्ती हामी भेडा झै भाईरहेका छौ
नेताहरु प्रती भरोसाबादी हुँदै
प छै रहेका छौ प छै याइ रहेका छौ
हिजोका रगत का खोला बगेका दिनहरु
हामीले भुलेका छै नौ
ति काल रात्रीका दिन्हरु पार गरेर
आज हामी गण तन्त्र को आगन मा छौ
सरकार मा पुगेका नेताहरुलाई
समर्थन गरिरहेका छौ
ठुलो आशा मा
भोली हामी बलिको बोका बन्न नपरोस !
पुन : भोली मेरो देश मा
रगतको खोला नब अगोस
हामी हिजो देखी तर्सित छौ
र पनि आज यि सोझा भेडा हरु झै
खुशी छौ हरियो घास खाने आसमा
अर्थात बिकास – सान्तिको सपना मा
एउटा ठुलो आसमा
नेताहारुलाई प छ् याइ रहेका छौ
यिनै भेडा झै सोझो भएर
खबरदार !
भेडाहरु सँग प्रतिकात्मक शक्ती छैन
हामी मान्छे सँग छ
जती भ यौ भेडा
अब चाँही हुने छै नौ
हिजोका सिमित संचार मध्यम भन्दा
आजका अनगिन्ती संचार माध्यम हरुले
यसरी नै ब्युझाउन पर्छ हामीलाई
जसरी उमेश जि ले
यो भेडाहरुको फोटो राखेर
सान्केतिक रुपमा
ब्युझाइरहनु भएको छ हामीलाई ।
रोजीना र मिनी तिमी दुई कस्तो.
कबिता लेखने ठाउमा तिमीहरु ति वेडा जस्तो।
मiफगर्नु,It is not mini. It’s raj(Read the contains first before comment ok.)
कस्तो नराम्रो बानी तपाईंको मिनी जि ! अरुको आलोचना नगरि तपाईंसक्नुहुन्छ भने त्यो भन्दा राम्रो गरेर देखाउनु न ! कबितामा तपाईंको जस्तो छोटो सोचाइ भएकाले भाब बुझ्न अली गाह्रो पर्छ होला ।
यी भीड़ हरुलाई मैले नियालेर हेरे,
ईनका आखा को गहिराई लाइ नापे,
चपाये मैले,
खाए !!!
अलीकती बिबेक लुकाई दीदा !
अलीकती सम्बेदाना हराई दीदा !!
ईनका अनुहार हरु
कतै देखे जस्तो ,
कतै भेटे जस्तो ,
सिंह दरबार देखि ,
माई संसार सम्म ,
यिनीहरुको नै राज छ !!
बादशाह भएका छन यिनिहरू !!!
यिनिहरू को बिसेसता छ !
आफु जस्तै बनाउन चाहन्छ्न अरुलाई !!
आफ्नो बिचार लाद्नु ,
आफ्नो साशन लाद्दनु
यो नभए के त ,
मेरी प्रिये ,
यो भीड़ हरु माँ तिमी छेउ !!
यो भीड़ हरु माँ म छू !!!
यि माथिका भाबुक भेडा यि कुरा हरु भन्दै टाउका उठाएर
पहाड बाट हिडाउदै शहर तिर ल्याय
टुक्रा टुक्रा बनाइ मलाई चिउरा सित खाए
बाँच्न पाउने अधिकार खोइ
म पनी त प्रानी
मलाई मार्दै किन गर्छौ देशमा यत्राो हानी।।
निर्दोश छु म खुशी छु म
फर्काइ देउ है गाउमा
हत्या गरी नमार्नुस् है
दसैंको नाउमा,
तपाईं हरु बुद्धीमानी प्रानी हरु मध्ये
बुझ्दै बुज पचाउछन भनी के साध्ये
खोज्दै होलान गाउ पाखा नदी नाला खोला
दसैं मन्न मार्न नपर्ने बिकल्प नि त होला ।।
मानव हुन कि राक्षस
हामीलाई नकाटी इनका
दशै नआऊने रहेछ
कस्तो जन्म पर्यो हाम्रो
स्वतन्त्र हुनै नपाउने
अचानोमा रेटिनु परिरहेछ।
माता दुर्गा तिमीनै भन
के हामी सधैं अकाल्मै
मर्ने प्रानी भै रहने हो।
मान्छेहरुका जिब्रोमा
हाम्रो प्राण्को आहुती सँगै
तिमीले कस्तो न्याय गर्ने हो।