मितिः अक्टोबर ११, २००८

लाई,
माइसंसारका पाठक
विश्वका सबै कुनामा रहेका।

विषयः विदाको निवेदनका सम्बन्धमा।

उपरोक्तसम्बन्धमा सँधैभरी एकैनासको काम गरिरहँदा मान्छेलाई नियास्रो लाग्ने रहेछ। माइसंसारमा मेसिनमात्र नभई मान्छेले पनि काम गर्ने हुँदा मान्छेलाई आरामको जरुरी हुने यहाँहरुलाई अवगतै होला।

त्यसैले दशैँका बेला साथीको घरमा टीका पनि लगाउन जाने र केही दिन आराम पनि गर्नका लागि माइसंसारका हाकिम (तपाईँ पाठकहरु) समक्ष विदाको यो निवेदन प्रस्तुत गरेको छु।

म बसेको ठाउँमा सीडीएमएको इन्टरनेटले काम गर्न थालेमा र कीबोर्डमा अ‍ौँला नचाउनका लागि हात चिलाएमा अहिलेजस्तै साइबरमा नै बसेर भए पनि माइसंसारमा अपडेट गर्न आउने नै छु। त्यसो नभएमा केही दिन नयाँ पोस्ट मात्र हैन, कसैका कमेन्टहरु पनि तत्काल प्रकाशन नहुन सक्छन्।

आशा छ, बाध्यता बुझी तपाईँले मेरो विदाको निवेदन स्वीकृत गर्नुहुनेछ।

तपाईँको,
उमेश

जाँदाजाँदै मैले छाडेर आएको काठमाडौँका केही दृश्य पनि हेरिहाल्नुस्। दशैँका बेला अधिकांश मानिसले काठमाडौँ खाल्डो छाडेपछि काठमाडौँले आफूलाई निकै हल्का महसूस गर्छ।





सबैको विदा फोहोर उठाउनेको पनि

नारायणहिटी संग्रहालयअगाडिको दृश्य

52 Comments

  1. उमेशजी,
    संसारका धेरै पाठकझै म पनि कमेन्ट लेख्न नरुचाउने मध्एको एक पाठक हुँ। यध्यपी म मेरो संसार को नियमित पाठक भने हुँ। साथै तपाईंको यो ब्लग को एक शुभचिन्तक पनि। तपाईं र तपाईंको टीमको मेहनतको म धेरै प्रशम्सा गर्दछु। आफ्नो देश बाट धेरै टाढा भएर पनि सधैं ताजा खबर सुन्न र देख्न पाएकोमा आभारी छु। तपाईंको बिदा लिने चाहनाको पनि म स्वागत गर्दछु। समय समयमा बिदा लिदा मान्छेको productivity पनि बढ्छ, त्यसैले तपाईंले दुई चार दिन छुट्टी लिन आवश्यक पनि छ। ढिलाई भएपनी दशैको मंगलमय शुभकामना। तपाईं र सबै मेरो संसारका पाठकहरुको दिर्घायुको शुभकामना। यो बर्ष मंगलमय रहोस्।

  2. la la moj garnu gharma gayer.
    aaphuta arko dashain ma matra gharma gainchha hola.
    yadi gaiyo bhane my sansar marphat yestai nibedan lekhera jankari garaula.

  3. Have a great leave,
    Umesh ji
    ट्रेकिङ जानु होला क्यम्पिङ जानुहोला तर यो गोले दाई ले भन्नु भये जस्तो हाइकिङ चै कस्तो हो,त्यो चै आँफै बिचार गर्नु होला

  4. la umesh ji
    tapay ko bida garented
    sory hai maile tapay ko nibadan patra
    ali pachi hare tara pani dashai ra tihar ko abashar
    ma tapay lai bida graned

    regular reader of mysansar
    4m belgium

  5. ARU PATRIKA BANDA HUDA MYSANSAR LE DASAI BHARI KHURAK DELA JASTO LAGEKO THIYO K GARNU TYO ICHCHHYA APURO HOLA KI JASTO BHO!!!!!!!!!!!!

  6. उमेश जि
    लौ जानोस राम्रा सामाग्री बोकेर ल्याउनु होला हाम्रा लागि पनि पत्रकार भयपछी खाली हात पक्का आउनु हुन्न शुभ यात्रा

  7. तपाईं को बिदा पक्का ल अब कम्सेकम १ हप्ता लाई त आनन्द भयो नि तर मलाई बिहान उथ्ने बितिकै कम्प्युटर म सबै भन्दा पहिले मेरो संसार हेर्थे अब बोर चाँही भएको छ तर पनि तपाईं को बिदा स्विक्रिती को लागि पेश गरेको छु

  8. श्री उमेश जी
    सर्बेसर्बा हकिम ,माईसन्सार
    बिषय;- स्पटिकरण दिन हुन ।
    तपाईं को निबेदन उपर छान्बिन हुँदा माईसन्सार का लाखौं शुभचिन्तक हरु को ख्याल नै नगरि अरुकसैको बन्दोबस्त नगरि एकासी बिदाको झट्टारो पाठक को आङगन्मा पछार्ने जमर्को कसरी गर्नु भयो ? राष्ट्रिय मानब अधिकार आयोग र सर्बोच अदालत ले त जनता भनाउदा को सेवा मा खुले को बेलामा तपाईं ले के कुन कसरी बिदा बस्ने आट गर्नु भयो पुर्णे भन्दा अगाडि स्पष्टिकरण पाठक समक्ष्य पेस गर्नु होला । आफ्नो जबाफी पत्र मा हामी पाठक हरु ले तपाईंका नाम मा पठायका शुभकामना का जबाफ नपठाए नियमानुसार कारबाही को प्रकृया सुरुगरिने छ।
    माईसन्सार् शेर् होल्डर्

  9. तोक आदेश

    श्री प्रसाशन
    आब्श्येक कारबाही गर्ने .

    माई संसार पाठक

  10. Sagar Sharma ji yo ramrari padhnush ta

    “… केही दिन आराम पनि गर्नका लागि माइसंसारका हाकिम तपाईँ पाठकहरु समक्ष बिदाको यो निवेदन प्रस्तुत गरेको छु । ”

    Here is Umeshji trying to tell himself Hakim or he is refering to the readers of Mysansar as Hakim? I understood it as the later…

  11. अं एउटा कुरा त भन्नै बिर्सेंछ । तपाईंलाई पनि हाकिम हुन साह्रै रहर छ भन्ने बुझियो । नभये मेरोसन्सार र यस्का पाठक को सेवक भनिहाल्नु हुथ्यो नि । आफु जे जस्तो भये पनि सल्ला हा र सुझाब त राम्रो दिनुपर्छ । मौका नपाउन्जेल को इमान्दार नबन्नु होला। हुनत यस् संसारमा सबैभन्दा बडी दिनेपनी सुझाब र नलिने पनि सुझाब नै हो अरे । जे गर्नुहोस् .

  12. कहिले काही जे जस्ता आरोप लाग्ने गरे पनि मेरोसन्सार ले जस्तो बिबिधता कुनै पनि ब्लग ले पस्के जस्तो लागेन । बिदा बाट फर्के पछी इमान्दारिपुर्बक आफ्नो कार्यलाई अगाडि बडाउनु होला । फोहोरी प्रतिकृया र अपसब्द प्रयोग गर्नेहरुलाई केही दिन कुर्नु पर्ने भो। अती फोहोरी र अस्लील comment लाई नराख्नहुन सुझाब छ। Happy Journey.

  13. होइन हौ गाठे ! दशैको बेलामा त काठमाडौं त चक्का जाम, नेपाल बन्द जस्तै पो देखिन्दोरहेछ त । कतै उमेश जि ले केही दिन mysansar update नगर्ने को बिरोधमा त चक्काजाम भएको होइन ? Anyway, उमेश जि Happy Jurney !

  14. Dear Umeshji !
    Your application has been approved by us with immediate effect. Also, we wish you a Very Happy Vacation. May us be able to read many interesting news even during and your leave.

  15. ………….थप , बिदा स्विक्रित नगराइ घर गएकोमा बिभागीये कारबाही हुने बेहोरा जानकारी गराइन्छ ,
    कारबाही
    फर्के पछी दिन्मा कम्तिमा ४-५ वटा अप्डेट गर्नु पर्ने

    बोधर्थ ,
    मेरो संसार का पाठकहरु

  16. दशैपनी सकिएर एकादशी लगिसकेको तथा, यताबाट कम्तिमा ४-४ घण्टामा मेरो संसार आप्डेट गर्दा फोर्सा हुने हुँदा, गार्हो नमान्नुहोला तपाईंको बिदा सर्बसहमतीले अस्विकार गरिएको छ ,

  17. Dear Umesh ji

    thank you for yours information and have a nice jorney and wonderfull Dashain
    see you soon

    Netra

  18. Maile sano bela khelne ani dhekheko kathmandu yehi ho. Kati sunsan hunthiyo ktm. yo kaha kaha ko haru aayera kath lai bhetbhad ani kattan banaye. At least kathmandu ka raithane haru le dashain ma bhayeni purano ktm mahasus garna paucha.mero gaurav , mero paurak, mero kathmandu…
    ani umesh ji leave is granted.

  19. Dear Mr umesh
    After your constant hard work, I “my sansar” reader has decided to approve your request for holidays.Have a great holidays and make sure that you appear on time.
    Best Regards,
    My Sansar reader
    Nan.
    (Qatar)

  20. मिति २०६५/०६/२४ गते
    माईसन्सार डट कम,
    का उमेश जि.

    बिषय : बिदा स्वीकृत गरिएको सम्बन्धमा।

    उपरोक्त सम्बन्धमा माईसन्सारका हाकिम उमेश जि.ले माग्नु भएको बिदा समय सापेक्ष, ब्यबहारिक रहेको देखिएको र उहाँलाई बिदा स्वीकृत गर्दा/गराउदा कोही कसैलाई बाँधा नपर्ने देखिएकोले दिन ७ (सात) बिदा स्वीकृत गरिएको छ। आफ्नो बिदा समाप्त भए पश्चात पुनः आफ्नो काममा तदारुकता साथ लाग्नु हुन उहाँलाई यसै पत्रको बोधार्थ द्धारा जानकारी गाईएको छ।

    कपुर शाही
    रत्नपार्क
    माईसन्सारका नियमित पाठक

  21. tapaiko bida approve garidiyeko6u. tika lagayera turunta aaunuhola, if there is no chakkajam!!!! natra gayal gari din6au, hos garnus! niyam kada 6!!!!

Comments are closed.