अब तपाईँको पालोः ह्विप लाग्नुपर्ने कि नपर्ने ?

गएको वर्ष चैतमा चुनिएका संविधान सभाको मूल काम संविधान बनाउने हो। संविधान बनाउने क्रममा अरु काम चाहिँ ठप्प नहोस् भनेर मात्रै यसलाई व्यवस्थापिका संसदको जिम्मेवारी पनि दिइएको हो। तर कात्तिक लागिसक्दा पनि संविधान बनाउने तर्फ सिन्को भाँच्ने काम पनि हुन सकेको छैन। कारण- संविधान बनाउने कामका लागि नियमावली नै बन्न सकेको छैन। नियमावलीका विषयमा ठूलो मतभिन्नता उब्जिएको छ दलहरुबीच। ठूला दलहरु माओवादी, काँग्रेस, एमाले संविधान निर्माणको सिलसिलामा सभासदहरुलाई दलको ह्विप लाग्‍नुपर्ने बताउँछन् भने फोरम लगायतका अन्य साना दलहरु भने ह्विप लाग्‍नुहुन्न भन्ने अडानमा छन्। ठूला दलहरु घोषणापत्रका आधारमा चुनाव लडेका हुनाले ह्विप लाग्‍नुपर्ने तर्क गर्छन्। ह्विप नलाग्दा संविधान निर्माण प्रक्रिया ढिला हुने उनीहरुको तर्क छ। साना दलहरु भने ह्विप लगाउँदा पार्टीका नेताको आदेशमा संविधान बन्ने भएकोले प्रत्येक सभासदलाई स्वविवेकमा छाड्नुपर्ने बताउँछन्। ध्यान राख्‍नुस्, दुई वर्षभित्र बन्नुपर्ने संविधानका प्रत्येक धारा दुई तिहाई बहुमतले पास गर्नुपर्ने प्रावधान छ। दुई तिहाई नभएसम्म संविधानका प्रत्येक धाराका लागि संविधान सभामा मतदान भइ रहनेछ।

तपाईँलाई के लाग्छ, के संविधान निर्माणका क्रममा सभासदहरुलाई दलगत ह्विप लाग्नुपर्छ ? (अर्थात् दलले जेमा भोट हाल भन्यो सभासदहरुले त्यसैमा भोट हाल्न बाध्य हुनुपर्ने नभए कारबाहीको भागिदार हुनुपर्ने हुनुपर्छ ?) कि त्यसो हुनुहुँदैन ? अब तपाईँको पालो। आफ्नो विचार छोटकरीमा राख्‍नुस्।

40 Comments

  1. संबिधान छिटो लेखीनु पर्छ त्येस्कारण व्हिप जारी गर्न पाउनु पर्छ .
    व्हिप जारी गर्न नपाउने अबस्था रहेमा केही सभासद लोभ र लालच मा परी , बिदेशी दबाब्मा परी बिगारने नीयेतले, संबिधान लेखन ढिलो गर्नेका लागी पार्टी लाइन बिपरीत जान सक्छ

  2. राजनीतिक दल लाई बिदेशी को र सभासद लाई दल मार्फत बिदेशी को व्हिप लाग्नु भएन अन्यथा थपडि बजाउन र ताली ठोक्न मात्रै छ सय जना लाई गरीब नेपाली ले किन पाल्ने?
    आयुश शर्मा
    वासिङ्टन, डिसी

  3. खोइ के भन्नु, व्हिप लगाउने वा नलगाउने भनेको केहो भन्ने पनि थाहा नभएका सभासदहरु भएको ठाउँमा।

  4. ह्विप हुनुहुदैन भन्ने साहसिक र आदर्शवादी विचार र ह्विप हुनुपर्छ भन्ने भयपूर्ण र व्यवहारवादी विचार दुबैमा दम छन् ।

    त्यसको सोझो अर्थ हो यस मामलामा एकपक्षीय छनौट भन्दा मध्यमार्ग उचित हुनेछ ।

    दुदुपापा
    (दुधको दुध पानीको पानी)

  5. पार्टीको घोषणा पत्र अगाडि सारेर भोट् मागेको हुनाले
    पार्टीको व्हिप अनुसार नै चल्नु पर्ने होइन र?

  6. राजनीतिक चेतना शुन्य सभासदहरुको बाहुल्य भएको संबिधान सभा र पैसाको चलखेल हुने हुनाले ह्विप त अवश्य लगाउनु पर्छ। ह्विप भएन भने त अरु त के,नेपाली काङ्रेस् कै आधा भन्दा बढी सभासदहरु संबिधान बिगारन पट्टी लाग्छन।

  7. मैले त हुइप भनेको मुख मा सिट्ठी राखेर कराउने होला भन्ने सम्झेकी थिए । कमेन्ट पढ्दा पनि बुझ्न् सकिन ।
    कोही साथीहरुले ब ताइदिनु हुन्थियो कि यो ह्पिप भनेको केहो ? यस्को साब्दिक अर्थ के होला !

  8. व्हिप लगाउन हुँदैन भन्ने सबै मदेश्बादी पार्टी हरु हुन। यिनिहरुको चाहना व्हिप नलग्गाउने हो भने भोली मदेश को सवालमा सबै पार्टीमा रहेका मदेशी सान्सद हरु मिल्न सकिन्छ कि भन्ने नै हो।

  9. व्हिप जारी गर्नु अप्रजान्तान्त्रिक हो। व्हिप हुनु भनेको प्रचन्ड, गिरिजा, झलानाथ, र उपेन्द्र यादव को तानाशी हो। व्हिप जारी गर्ने हो भने त्योत्रो खर्च गरेर ६०० जन सभासद चुनेको के काम? व्हिप जारी गर्ने हो भने यि चार जनाको समिति बनाएर संबिधान बनाए हुन्छ। खर्च धेरै कम् हुन्छ।

    अमेरिकि सेनट र हाउस मा पनि व्हिप जारी गर्दैन। सेनटर र कांग्रेसमन सबै आफ्नो बिबेकले भोट् हाल्छन।

  10. hellow evereybody please let them know the wheep system is danger.because this is the time for to make constitution not to forcing party politics if you do that will be problem each other in my view you should stop wheep system and come together to make constitution once you make constitution then start own political opinion other wise you guyes going to fight like cat and dog.now you people trying to making constitution for people not for party.thanx
    arjun sigdel u.s.a

  11. हाम्रा सभासद हरु आफ्नो बिबेक पर्‍योग गर्ने खालका छन ,धेरै जसो। यदी व्हीप नै लगाउने भनेहो त्य्त्रो सभासद केको लागि चहियो? तलब खान लाई मात्रै त हैन नि हो? कि कसो? अनी अल्प्सन्ख्य्क को कुर कस्ले गर्ने नि? आफ्नो बिबेक प्रयोग गर्न पाएन भने त अहिले को मन्त्रिपरिसद जस्तै संबिधान पनि उपल्लो जात को मान्छे को लागि मात्रै बन्छ। त्यसैले स्वबिबेक प्रयोग गर्न दिनु पर्छ । व्हीप लगाउनु हुँदैन।

  12. हाम्रा साम्सद(सभासद) हरु आफ्नो बिबेक पर्‍योग गर्ने भन्दा पनि थपडि बजाउने खालका छन धेरै जसो, तेही भयर थपदी बजायर तलब खाने साम्सद हरुलाई के दु:ख दिनु, व्हीप नलगाउनु नै ठीक हुन्छ।

  13. मेरो बिचार मा व्हीप लाग्नु पर्छ किन व्हीप नलागे २ बर्ष मा संबिधान बन्न समभब छैन नि त

  14. naya banne sambidhanko lagi partyharule whip nalagauda ramro huncha kina bhane whip lagayo bhane party bhitrako vyaktiharule afno kura ramrari rakhna paudaina.whip lagaema partyko adesh sarbopari huncha.yadi partyharule yo kurama whip lagaema bholiko dinma partyharuko astitwa samapta huncha.party whip lagaema janatale chheko sambidhan banna saktaina.party whip lagaema tyhi parti bhitrako sabhasadharulai samet naramro lagna sakcha.party whip lagaema sabhasadharuko bicharko kadar hudaina.loktantrik paddati birudda huncha.party whip lagaema yo naya sambidhan pachi tyi partiharuko halat kun bhittama pugne chha thaha chaina.party whip lagaema bholi party party nai rahadaina bhanne partyharule bhujhnu parcha.hijo partyharule madhise samasya nabujhera naya partyharu ta.ma.lo.pa ,madhise janadhikar adhi partyharuko janma bhayo.yo sambidhan banauda sangghatmak,jatiya bhasik samrachana,kshetriya samrachana ,gai adima thulo bibad hunchha.yasto paristhitima party-party bhitrako bahunchetri ekatira ra party party bhitrako matawali arkotira hune prabal sambhawana huncha.tyaso bhaekole yasto kuraharuma samet partyharule dhyan puryaunu parcha.party bhaneko vyakiharuko sajha sastha ta ho tara tyo bhanda thulo chahi vyaktiko bichar ho.afno bichar rakhana napaune party tyo party hoina tyo adhinayakbad huna sakcha.tyaso bhaekole ahileko paristhitima party lachilo bhaera gaena bhane tyo party majbit hoina toy party atayantai kamjor hunchha.tyo partyharuko halat nepal praja parisad jasto nam matrako hune chha .yo kura lekhera note gari rakhe huncha.dhhanyabad!

  15. व्हिप नलाग्ने हो भने सम्सदहरुलाई दलाली गर्ने आधार पो मिल्ने हो कि । असल तर्क गरी आफ्नो पार्टी लाई विश्वाश दिलाउनु पर्‍यो साम्सधरुले। तर जुन पार्टी अन्तर्गत जनताको मत पाये उही पर्टिको निर्देसन् मान्दिन भन्नु उचित लागेन । नेत्रित्व माथि विश्वाश छैन भने आफ्नै पार्टिभित्र बहस चलाऊनु पर्छ । समग्र पार्टी को संकटमा आफु ब्यक्तिगत स्वतन्त्रता खोज्ने अनी आफ्नो स्वार्थको बेलामा चै पर्टिको नेत्रित्वको दास हुन पनि पछी नपर्ने । के यही हो त प्रजातान्त्रिक परिपाटि। दल भित्र रहेर समग्र दलको समस्यामा सहभागि नहुने हो भने सबैले आफ्नो एकल सदसिय पार्टी बनाउनु पर्‍यो अनी त कसैको व्हिप मान्नु पर्दन आफ्नो व्हिप आँफैलाई। कसो!Try गर्नेकी!

  16. I don’t think contsituation will make on time. If our foreign (mitra) pressurize them to make constituation, whip should be necessary.

  17. व्हिप लगाउनु पर्छ ,सभासदहरु ले पार्टिको प्रतिनिधित्व गर्ने भयको ले उनिहरु पनि पार्टि को विचारधारा मा समाहित हुनु जरुरी छ। पार्टी को जिम्मेवारी पनि हो कि कुनै पनि सभासदहरु ले आफुखुसी गर्न नपाउन र पुन: कोठे बैठक व थाइल्यान्ड तिर घुम्न वा लुकाउन नपरोस
    माथि अनिल शर्मा र गोकर्ण राइ को भनाइमा अरु थप् गर्नु नपर्ला।
    रुद्र प्रसाद खनाल
    कैलाली

    हाल साउदी ,दमाम

  18. व्हिप जरुरी छ।
    शिव हरी श्रेष्ठ – नुवाकोट , baguwa

  19. whip is quite necessary ,otherwise the constitution may not be made in time, and the situation will be more disordered.
    –keshav sapkota
    barcelona, spain

  20. Our Sabhasads are like Goat and Sheep—to be cut, like many Nepali people did during the Dashain festival. They are similar to stray dogs. They cannot be left on their own; they must be tied with a rope on their neck. We cannot trust their capacity and intention. Although the condition of the political parties is also similar to that of their members, at least we have no other choice than let the parties make decision rather than allow the individual Sabhasads to sell our country to their GODFATHERs. If they try to misbehave, they must be whipped with a stick, and they should not be allowed to make decisions on their own. Otherwise, within two years, we will not remain Nepali, and become citizens of some other country.

  21. संबिधान बनाउने बिषय व्हिप लगाउन नै राम्रो हुन्छ । यदी व्हिप नलगाउने हो भने गोप्य मतदान् नभयर खुला मतदान् द्वारा बिबादित बिषयको टुंगो लगाउनु पर्छ ।

  22. ह्वीप लाग्नु राम्रो हुन्छ किनकी दलको घोषणापत्रका आधारमा प्रतिनिधिहरूको छनोट भएको हो । ह्वीप नलाग्ने हो भने दलको प्रतिनिधि हुनुको औचित्य नै रहँदैन। प्रतिनिधिहरूको निर्णयको जिम्मेवारी पार्टीले समेत लिनु पर्ने भएकोले ह्वीप लाग्नु उपयुक्त हो ।

  23. kina whip lagaune ni lau asti tehi whip lagauda hoina ra mahakali nadi varat lai sumpeko bibek ko mat prayog garna diyako ramro yeuta maryo bhanera sabai usaiko pa6i kina sati janu parya chha ra ha ? fagat.

  24. उमेश जी राष्ट्रपती को चुनावमा देख्नु भयन? आफ्नो मत हाल्न नजान्ने सभाशद लाई ह्व्वीप नलागे त नाटक नै हुन्छ होला। मलाई त लाग्छ बिचरा साम्सद हरुलाई कन्ट्रोल गर्न पनि ह्वीप नभै हुँदैन।

  25. Whip lagnu parchha natra savasad kinbech huna thalchha. Sambidhan sava lai bhrastachar ko thalo huna bata jogauna whip lagaunu parchha. Party bata election jite pachhi, party ko decision namanera aafno decision garna painchha?

  26. मेरो विचारमा ह्वीप लाग्नु राम्रो हुन्छ। ह्वीप नलाग्ने हो भने दलको प्रतिनिधि हुनुको औचित्य नै रहँदैन। फेरि यो संविधान सभा ५।५ वर्षमा हुने चुनाव हैन क्यार। व्यक्तिले गरेको निर्णयको जिम्मेवारी पार्टीले समेत लिनु पर्ने भएकोले ह्वीप लाग्नु नै उपयुक्त होला। तर यसको अर्को पक्ष पनि छ, राष्ट्रिय महत्वका निर्णयहरु गर्दा हुन्छ र हुँदैन भन्ने दुई भागमा विभाजन गरेर मत दिने व्यवस्था भएमा जनताले समेत आफूले छानेर पठाएका प्रतिनिधिले गरेको कामको अनुगमन गर्न सक्ने भएकोले त्यसो गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ।

Comments are closed.