अन्ततः पुष्टि भयो नरसंहारको

भैरवनाथ गणरमा थुनामा राखिएका ४९ माओवादीको सामूहिक हत्या गरी शिवपुरी जंगलमा गाडेको विषय पुष्टि भएको छ। नागरिक बेपत्ताका कारण बद्नाम भएको भैरवनाथ गणका तत्कालीन कर्णेल राजु बस्नेत, इन्द्रवीर राना र क्या. विवेक विष्टमाथि कारवाही हुनुपर्ने माग बेपत्ता परिवारले उठाउँदै आएका छन्। आयोगले घटनाको पुष्टि गरे पनि युद्धका अपराधीलाई आममाफी दिने वा कारवाही गर्ने भन्ने विषयमा माओवादी नेतृत्वको सरकार स्पष्ट छैन। सर्वोच्च अदालतले एक डेढ वर्षअघि नै कानून बनाएर युद्ध अपराधीलाई कारवाही चलाउन आदेश दिएको थियो। अदालतको अदेश पालना नभएको भन्दै बेपत्ता नागरिकका परिवारले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र समेत बुझाए। तर तत्कालीन विद्रोही नेता प्रचण्डले नेतृत्व गरेको सरकार युद्धका दोषीलाई कानून बनाउन कारवाही चलाउन हच्किएको देखिन्छ। जानकारहरु भन्छन् युद्धका दोषीलाई कारवाही गर्ने कानून बनाउँदा माओवादीका नेता समेत कारवाहीको दायरामा पर्नेछन्।

डा. हरिहर वस्ती सहितका आयोग पदाधिकारी तथा अधिकृतको विशेषज्ञ टोली सो कार्यमा खटिएको थियो। उनीहरूले प्रयोगशाला परीक्षणका लागि खरानीमा उम्रिएको वनस्पति, आधा जलेका काठका ठुटा तथा कपडा र प्लास्टिकका टुक्रालाई अन्तरार्ष्ट्रिय प्रयोगशालामा लगी परीक्षण गरेका थिए। विशेषज्ञहरूले आशंकित घटनास्थलको नक्सांकन गरेपछि आयोगले ७५ मिटर लम्बाइ र १५ मिटर चौडाइको क्षेत्रमा डोरी टाँगेर ‘निषेधित क्षेत्र’ भन्ने सूचना टाँसेर स्थलगत अनुसन्धान गरेको थियो।

आयोगले ०६० साल पुसमा सेनाको भैरवनाथ र युद्धभैरव गणबाट बेपत्ता पारिएका ४९ जना बन्दीहरूमध्ये केहीलाई उक्त स्थानमा जलाइएको आशंका गरेकामा अनुसन्धान थालेको थियो ।
मानवता विरुद्धको अपराध गरेको भन्दै तत्कालीन प्रधानसेनापति प्यारजङ्ग थापा तथा सुरक्षाकर्मीहरू राजु बस्नेत, विवेक विष्ट, इन्दिवर राणा र दिलीप रायमाझी विरुद्ध सर्वोच्च अदालतमा कृष्ण केसीले दायर गरेको रिट विचाराधीन छ । भैरवनाथ गणका पूर्व थुनुवा कृष्ण केसीले दायर गरेको रिटमा वन्दीहरूलाई पानीमा डुबाउने, सिस्नुपानी लगाउने, शरीरमा पत्तीले चिर्ने, लामो समयसम्म खान नदिने, खाडलमा गाड्ने, शरीरका विभिन्न भागमा करेन्ट लगाउने जस्ता यातना दिई उनीहरूले मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

75 Comments

  1. जुनाइ पक्ष को भयपनी अपराधी लाई कारबाही गर्नु पर्छ
    जे पि अर्घाली

  2. प्लिज डियर पाठक मित्र हरु किन टाईम
    बर्बाद गर्नु हुन्छ यो कन्बेट् गरेयर हाम्ले
    यहाँ जती कन्बेट् गरेपनी नेपाल मा कसैलाई
    कारबाही हुने होइन किनकी नेपाल मा जस्ले
    जे गरेपनी हुन्छ किनकी यदी कारबाही हुने
    भय मान्छे मारेयको लाई कारबाही कुन
    ठाउमा कारबाही भयकोछ ? मान्छे मार्ने लाई
    त नेपाल मा फुल माला लगायर स्वागत गर्छन्
    अनी मन्त्री को पद दिन्छन अईले सम्मा मान्छे
    नमारी कन को मन्त्री भयको छ को राजा भयको छ ?
    ल हामी आँफै बिचार गरौ त पर्तछे सबै को सामु
    मान्छे मार्नि लाई त कारबाही हुँदैन भने अबशेस्
    को आधार मा कस्ले कस्लाई कारबाइ गर्नी ? यदी
    कारबाही हुने भय पैले चोर् ज्ञाने: पर्चन्ड +बाबुराम +बादल +
    मावबादि का केन्दिय इस्तरिय सबै नेता +फोरम उपेरेन्द्र यादब कुत्ता +
    लगायत का कुकुर हरु को पनि हत्या गर्नु पर्छ अनी मात्र देश
    मा अमन चेन ले नेपाली जनता बाँच्न पाउछन
    उमाकान्त
    मलेशिया

  3. दोसी को खोजी त गरियो पत्ता पनि लगयको पुस्टि गरेको थाहा भयो
    अब सबै नेपाली जनाताको चाहन यही छ कि दोसी लाई कारबाही होस्

  4. बिचरा प्रचन्ड! ति दोशीहरु लाई कारबाही गर्ने किसिम को कनुन बनाउने हो भने त तेही कनुनले भोली आफु पनि सद्दम हुस्सैन झै फासी को उपहार दिन्छ भनेर होला चुप लागेका छन। हुन पनि हो कस्ले आफु लाई आँफैले बन्चरो ले हान्छ होइन साथी हो ?

  5. बिचरा प्रचन्ड! ति दोशीहरु लाई कारबाही गर्ने किसिम को कनुन बनाउने हो भने त तेही कनुनले भोली आफु पनि सद्दम हुस्सैन झै फासी को उपहार दिन्छ भनेर होला चुप लागेका छन। हुन पनि हो कस्ले आफु लाई आँफैले बन्चरो ले हान्छ होइन साथी हो ?

  6. म त एकदम भावुक भए है साथी हो !!! तपाईंहरु कतिको भावुक हुनु भो कुन्नी ???!!!
    यो खबर सुनेर । हामीलाई लाग्छ यहाँ देशी बिदेशिहरुले गम्भिर षड्यन्त्र गर्दैछ ।
    हा हा हा हा हा हा ह्ह्हाअा
    बेकारको अनुसन्धान अनी राष्ट्रिय ढुकुती लुट्ने प्रतिवेदन सार्वजनिक गरेर के काम ???!!!! जनताको आँखामा छारो हाल्ने काममात्र न हो यो ।
    जनयुद्धको नाममा सोझा साझा माडिका जनताहरुको सामुहिक हत्या गर्ने अनि आफु भावुक भएको वक्तव्यबाजि गर्ने प्रचन्डे, ब्रहतशान्ति सम्झौता पछि कुलेस्वरका रामहरि श्रेष्ठको अपहरन गरि हत्या गरेर उल्तै हत्यारालाइ सनरक्षन दिने प्रचन्डे सरकारले के नै नाप्ला र ?
    अनि शिवपुरिको घटनामा पर्नेहरु निरिह सर्बसधारण जनता त थिएनन ती त अरुलाई मार्न भनी सपथ खाएका अतिवादिहरु हुन नि ।
    खैर !!! युद्धको नाममा राज्यले वा अतिवादिहरुले, जसले मारे पनि हत्याराहरुलाइ सजाय चाहि हुनै पर्छ । तसर्थ “सर्वोच्च अदालतले एक डेढ वर्षाघि नै कानून बनाएर युद्ध अपराधीलाई कारवाही चलाउन आदेश दिएको थियो। अदालतको आदेश पालना नभएको भन्दै बेपत्ता नागरिकका परिवारले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र समेत बुझाए। तर तत्कालीन विद्रोही नेता प्रचण्डले नेतृत्व गरेको सरकार युद्धका दोषीलाई कानून बनाउन कारवाही चलाउन हच्किएको देखिन्छ। जानकारहरु भन्छन् युद्धका दोषीलाई कारवाही गर्ने कानून बनाउँदा माओवादीका नेता समेत कारवाहीको दायरामा पर्नेछन्।”
    माओवादीका नेता समेत कारवाहीको दायरामा पर्नेछन- नपर्नु पनि कसरि ??? ब्रहत् शान्ति सम्झौता पछि पनि यी माओवादीका क्रियाकलाप हेरेकै छन नेपालिहरुले रामहरि श्रेष्ठ, कलन्किका दुइ युवकको हत्या खै त तिनिहरुको हत्यारालाइ कारवाहि गरेको जो नेपालमा खुल्लम खुल्ला हिडेकै छन् । यदि यी यस्ता हत्याराहरुलाइ कारवाहि नगर्ने हो भने, जतिसुकै जस्तोसुकै आयोग बने पनि केही नाप्ने छैन । अनि जतिसुकै शान्ति अलापे पनि नेपालमा शान्ति हुनेछैन । झन अतिवादिहरु जन्मिनेछ । जुन हामी नेपालिहरुले भोग्दै छौ ।

  7. I Think Umesh Jee Need To Verify The News Properly Before You Bring Into The Mysansar. Its Just Different Story Everywhere.

  8. बि बि सि नेपाली सेवाबाट लिईएको:

    अनुत्तरित

    विदेशी विशेषज्ञहरुको प्रतिवेदनबाट पनि सन्तुष्ट हुनेगरी आयोगले सबै प्रश्नहरुको जवाफ भने पाएको छैन।

    प्राप्त मानव अवशेष कसको हो र त्यो बेपत्ता पारिएका भनिएकाहरु मध्येकै कसैको हो कि होइन भन्ने प्रष्ट भइसकेको छैन।

    आयोगका सदस्य एवं प्रवक्ता गौरी प्रधानका अनुसार सेनाको भैरवनाथ गणबाट बेपत्ता पारिएका भनिएका ४३ जनामध्ये उक्त अवशेष सम्बन्धित व्यक्तिको भए नभएको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइने छ।

    तर आयोगका अनुसार त्यहाँ सामूहिक चिहान रहेको भने पाइएन।

    “त्यहाँ प्राप्त अन्य नमुनाहरुमा मानव अवशेष नभेटिएकाले त्यहाँ लाशहरु गाडिएको हुन नसक्ने देखिन्छ,” प्रधानले बताए।

    आयोगले हालै प्रकाशित गरेको तथ्यांक अनुसार राज्य र माओवादी दुवै पक्षबाट गरी द्वन्द्वकालमा बेपत्ता पारिएका करीब एक हजार मानिसहरुको स्थिति अझै पनि अज्ञात रहेको छ।

  9. उमेश जी,
    आयोगले सिवपुरिमा सामुहिक नरसहार नभएको पुश्ठी गरेको भन्ने खबर पो दिएको छ त बि बि सि ले, हिजो को कार्यक्रम मा !
    गौरी प्रधानले पनि तेशै भन्दै हुनुहुन्थ्यो!

  10. माओवादीले कुन नाकले कार्यबाहीगर्ने?
    ” गत संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नं २ का उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाका कमलप्रसाद अधिकारीलाई घरमा सुतेका बेला छातीमा गोली हानियो । भ्ाोलिपल्टै बिहान चुनाव प्रचारमा आएका माओवादी अध्यक्ष प्रचण्ड भेरी अञ्चल अस्पतालको पोस्टमार्टम कक्षमा पुगे र भने, “घटनालाई गम्भीरतापूर्वक लिएका छौँ, दोषीमाथि कारबाही हुनुपर्छ । घटनालाई सात दलको बैठकमा उठाएर दोषीमाथि कारबाही गर्न दबाब दिन्छौँ ।” प्रचण्डले त्यसो भनिरहँदा धेरैले कमलको छातीमा गोली बर्साउनेहरू माओवादी भएको अनुमान गरेका थिए । गोली लागी घाइते भएका कमलले मर्नुपूर्व तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई गोली हान्नेहरू सिकन्दर खाँ, भुलन र होली केवट भएको जानकारी दिएका थिए । खाँबाहेक दुई जना माओवादी हुन् । तत्कालीन जनआक्रोशलाई मत्थर पार्न माओवादीले हत्यामा आफ्ना कार्यकर्ताको संलग्नता नभएको झूटो दाबी गरे ।
    अधिकारीको हत्याको आठ महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले कारबाही त परै जाओस्, हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका ती अभियुक्तलाई आस्थाका बन्दी भन्दै ससम्मान जेल मुक्त गराएको छ । कमलको छातीमा लागेका गोलीले बगेको रगत सुक्न र आफन्तका आँखाबाट बगेका आँसु रोकिन नपाउँदै कात्तिक २८ गते नेपालगन्जस्िथत केन्द्रीय कारागार शाखामा माओवादीहरू राजनीतिक संरक्षणमा गरेको अपराधको जितमा खुसी व्यक्त गर्न अबिर र फूलका गुच्छा लिएर पुगेका थिए । यहाँसम्म कि ‘हत्यारालाई प्रहरी प्रशासनले कारबाही गर्नुपर्छ’ भन्ने उपाध्यक्ष पूणर्ा सुवेदीका पति प्रकाश, कैलालीका पत्रकार तथा माओवादी कार्यकर्ता जगतप्रसाद जोशीको हत्याको छानबिन आयोगका सदस्य अधिवक्ता शालिकराम सापकोटा र माओवादी नेता परमानन्द बर्मालगायत आफ्नो सफलताको खुसीमा रमाएका देखिन्थे । उनीहरूले अबिरजात्रा नै गरे ।”

    अनी कसरी हामीले आशा राख्ने कि, माओवादी सरकारले हत्याराहरुलाई कानुनी कार्यबाही गर्छ भन्ने। चाहे, माओवादीहरुबाट निर्मम हत्या गरिएका निर्दोश ब्यक्तिका आफन्ति होउ वा ज्यानको बाजी थापेर प्रचन्डको पछी लागी ब्य्क्ती हत्याको खेती गर्दा तत्कालिन सुरक्षा फौजबाट मारियाका का आफन्ति, हामी सबैलाई प्रचन्डले आफ्नो नियत राम्रै सँग देखायो। उसको आफन्ति नातागोता भए, जनयुद्ध मा सामिल हुनु पनि परेन भारतीय नागरिक भए पनि, चिल्लो गाडी चड्ने गरी जागिर पाउने, अरु हरु सबैले हेरेको हेरै। भै गो अब तपाईं हामी कसैका आफन्ति बेपत्ता पारी मारिएका छन भने, “प्रचन्डको परिवारको राजाइका लागि त्याग” सम्झिएर चुप्प । हैन त???????

  11. इनेपाल न्युज डट कम पुस २ गते । संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा जानका लागि छनौट भइसकेका १७५ सैनिकलाई नेपाली सेनाले रोक लगाएको छ। नेपाली सेनाको इतिहासमा पहिलो पटक शान्ति सेनामा जान लागेकालाई रोकिएको हो। सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले संचारमाध्यमलाई दिएको जानकारीअनुसार शान्ति सेनामा जान रोक लगाइएका सैनिकहरु बृहत् शान्ति सम्झौता हुनुअघि मानवअधिकार हननका घटनामा संलग्न पाइएको थियो।

    ती सैनिक शान्ति सेनाको विभिन्न मिसनका लागि पहिले नै छनौट भइसके पनि बृहत् शान्ति सम्झौतापछि सेनामा लागू भएको नयाँ छनौट विधिअनुसार ती सैनिकलाई वञ्चित गरिएको हो। सैनिक प्रवक्ता क्षेत्री र नेपाली सेनाको मानव अधिकार निर्देशनालयका निर्देशक निरेन्द्रप्रसाद अर्याल दुवैले शान्ति सेनामा जान रोक लगाइएका सैनिकको नाम उल्लेख गर्न भने चाहेनन्। अर्यालका अनुसार रोक लगाइएका सैनिकमध्ये अधिकांशको कोर्टमार्शल भएको र अहिले पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

    यद्यपि सैनिक स्रोतका अनुसार शान्ति सेनामा जान रोक लागेकामध्ये मेजर जेनरल दिलिप रायमाझी एक हु्न्। हाल अवकाश पाइसकेका रायमाझी सेनाको गुप्तचर निर्देशनालयको प्रमुख हुँदा भैरवनाथ गणमा दर्जनौंलाई बेपत्ता पार्ने काममा संलग्न भएको शंका गरिन्छ। मानवअधिकार रेकर्डको आधारमा रोक लगाइनुअघि रायमाझी अफ्रिकाको एउटा राष्ट्रसंघीय मिसनमा सुरक्षा बलको उपप्रमुखका लागि छनौटमा परेका थिए।

    रक्षा मन्त्रालयका प्रवक्ता श्रीधर पोखरेल भने शान्ति सेनामा जान छनौट भइसकेका सैनिकलाई रोक लगाइएकोबारे कुनै जानकारी नभएको बताउँछन्। यस सम्बन्धमा मन्त्रालयलाई कुनै पत्र प्राप्त भएको छैन– प्रवक्ता पोखरेलले बताए।

    यसै विच उता राजधानीमा अाजै राष्टिय मानवअधिकार आयोगद्वारा शिवपुरी जंगलमा उत्खनन् गरिएको बस्तु पुरुष मानव क्रंकाल भएको प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ ।सामूहिक चिहानको आशंकामा राजधानीको शिवपुर जंगलमा करिब एक वर्षअघि उत्खनन् गरिएको वस्तु पुरुष मानव कंकाल भएको पुष्टि भएको छ।शिवपुरीमा भेटिएको सो वस्तुको डीएनए परीक्षणबाट मानव अवशेष भएको पुष्टिसहितको प्रतिवेदन आज सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगले गरेको हो ।नेपाली सेनाको महाराजगन्जस्थित भैरवनाथ गणबाट बेपत्ता पारिएकाहरुको शिवपुरीको जंगलमा सामूहिक हत्या भएको आशंकामा अनुसन्धान सुरु गरिएको थियो।डीएनए परीक्षणका आधारमा तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न फिनल्यान्डको प्राविधिक टोली नेपाल आइपुगेको थियो ।
    राष्ट्रिय मानवअधिकार आयोगले आज राजधानीमा पत्रकार सम्मेलन गरेर सो प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन तयार गर्ने समय ६ महिना तोकिए पनि एक वर्षपछि प्रतिवेदन सार्वजनिक भएको हो । आयोगले थप अनुसन्धान गर्ने पनि जनाएको छ । तर आयोगद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा त्यो सामूहिक हत्या गरिएको थियो वा थिएन ? त्यहा फेला पारिएका व्यक्तीहरू भैरवनाथ गणमा रहेका थुनुवा थिए वा थिएनन ? फेला पारिएका कंकालहरूका कस्का हुन भन्ने जस्ता सयैा अनुत्तरित प्रश्नहरू यथावत रहेका छन ।

    ============================================

    मानव अधिकार आयोगले राजधानीको शिवपुरी जंगलमा फेला परेको भनिएको शंकास्पद स्थान सामूहिक चिहान नभएको पुष्टि भएको जनाएको छ।
    शिवपुरी जंगलको शंकास्पद स्थानमा भेटिएका विभिन्न वस्तुको राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूबाट अनुसन्धान गरिएपछि आयोगले उक्त स्थान सामूहिक चिहान नभएको प्रतिवेदन सार्वजनिक गरेको हो।

    आयोग कार्यालय हरिहर भवनमा प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष केदारनाथ उपाध्यायले करिब ३ वर्षअघि जलाइएको अवस्थामा कम्तीमा एक पुरुषको मानव अवशेष फेला परेको बताए।

    अनुसन्धानले शंकास्पद स्थानमा कम्तीमा एक पुरुषको मात्र मानव अवशेष फेला पारेको थियो, तर ती व्यक्ति को हुन् भन्ने अनुसन्धानबाट खुल्न सकेको छैन। उपाध्यायले ती व्यक्ति नेपाली सेनाको भैरवनाथ गणबाट बेपत्ता पारिएका भनिएका मध्येका व्यक्ति भए/नभएको थाहा पाउन थप अनुसन्धान आवश्यक रहेको उपाध्यायाले बताए।

    प्रतिवेदनमा जीवशास्त्र विशेषज्ञलाई उद्धृत गर्दै कम्तीमा ३ वर्षअघि जलाइएका ती पुरुषको मानव हड्डीका आधारमा डीएनए प्रक्रियाबाट अनुसन्धान गरी ती व्यक्तिको छिटै पहिचान गर्न सकिने उल्लेख छ।

    भैरवनाथ गणबाट बेपत्ता पारिएका भनिएका ४३ जनाको सामूहिक चिहान हुन सक्ने भनी अनुसन्धानका लागि अनुरोध भएपछि आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूको सहयोगमा एक वर्ष लामो अध्ययन गरेको थियो।

    मानवअधिकारकर्मी, नागरिक समाज एवं पीडितका परिवारले व्यक्तिहरुलाई बेपत्ता पारिएको आशंका गरिएको शिवपुरी जंगल क्षेत्रको अनुसन्धान गर्न गत वर्ष पुस ४ गते आयोगलाई जानकारी गराएका थिए।

    सोही आधारमा आयोगले शंकास्पद स्थानमा घेरा हाली शंकास्पद वस्तु संकलन गरी राष्ट्रिय, अन्तराष्ट्रिय विशेषज्ञहरुबाट अनुसन्धान गरेको थियो। आयोग प्रवक्ता गौरी प्रधानले शंका गरिएजस्तो सामूहिक चिहान नभए पनि घटनाको गहिरो अनुसन्धान बांकी रहेको बताए।

  12. इनेपाल न्युज डट कम पुस २ गते । संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा जानका लागि छनौट भइसकेका १७५ सैनिकलाई नेपाली सेनाले रोक लगाएको छ। नेपाली सेनाको इतिहासमा पहिलो पटक शान्ति सेनामा जान लागेकालाई रोकिएको हो। सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले संचारमाध्यमलाई दिएको जानकारीअनुसार शान्ति सेनामा जान रोक लगाइएका सैनिकहरु बृहत् शान्ति सम्झौता हुनुअघि मानवअधिकार हननका घटनामा संलग्न पाइएको थियो।

    ती सैनिक शान्ति सेनाको विभिन्न मिसनका लागि पहिले नै छनौट भइसके पनि बृहत् शान्ति सम्झौतापछि सेनामा लागू भएको नयाँ छनौट विधिअनुसार ती सैनिकलाई वञ्चित गरिएको हो। सैनिक प्रवक्ता क्षेत्री र नेपाली सेनाको मानव अधिकार निर्देशनालयका निर्देशक निरेन्द्रप्रसाद अर्याल दुवैले शान्ति सेनामा जान रोक लगाइएका सैनिकको नाम उल्लेख गर्न भने चाहेनन्। अर्यालका अनुसार रोक लगाइएका सैनिकमध्ये अधिकांशको कोर्टमार्शल भएको र अहिले पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

    यद्यपि सैनिक स्रोतका अनुसार शान्ति सेनामा जान रोक लागेकामध्ये मेजर जेनरल दिलिप रायमाझी एक हु्न्। हाल अवकाश पाइसकेका रायमाझी सेनाको गुप्तचर निर्देशनालयको प्रमुख हुँदा भैरवनाथ गणमा दर्जनौंलाई बेपत्ता पार्ने काममा संलग्न भएको शंका गरिन्छ। मानवअधिकार रेकर्डको आधारमा रोक लगाइनुअघि रायमाझी अफ्रिकाको एउटा राष्ट्रसंघीय मिसनमा सुरक्षा बलको उपप्रमुखका लागि छनौटमा परेका थिए।

    रक्षा मन्त्रालयका प्रवक्ता श्रीधर पोखरेल भने शान्ति सेनामा जान छनौट भइसकेका सैनिकलाई रोक लगाइएकोबारे कुनै जानकारी नभएको बताउँछन्। यस सम्बन्धमा मन्त्रालयलाई कुनै पत्र प्राप्त भएको छैन– प्रवक्ता पोखरेलले बताए।

    यसै विच उता राजधानीमा अाजै राष्टिय मानवअधिकार आयोगद्वारा शिवपुरी जंगलमा उत्खनन् गरिएको बस्तु पुरुष मानव क्रंकाल भएको प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ ।सामूहिक चिहानको आशंकामा राजधानीको शिवपुर जंगलमा करिब एक वर्षअघि उत्खनन् गरिएको वस्तु पुरुष मानव कंकाल भएको पुष्टि भएको छ।शिवपुरीमा भेटिएको सो वस्तुको डीएनए परीक्षणबाट मानव अवशेष भएको पुष्टिसहितको प्रतिवेदन आज सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगले गरेको हो ।नेपाली सेनाको महाराजगन्जस्थित भैरवनाथ गणबाट बेपत्ता पारिएकाहरुको शिवपुरीको जंगलमा सामूहिक हत्या भएको आशंकामा अनुसन्धान सुरु गरिएको थियो।डीएनए परीक्षणका आधारमा तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न फिनल्यान्डको प्राविधिक टोली नेपाल आइपुगेको थियो ।
    राष्ट्रिय मानवअधिकार आयोगले आज राजधानीमा पत्रकार सम्मेलन गरेर सो प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन तयार गर्ने समय ६ महिना तोकिए पनि एक वर्षपछि प्रतिवेदन सार्वजनिक भएको हो । आयोगले थप अनुसन्धान गर्ने पनि जनाएको छ । तर आयोगद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा त्यो सामूहिक हत्या गरिएको थियो वा थिएन ? त्यहा फेला पारिएका व्यक्तीहरू भैरवनाथ गणमा रहेका थुनुवा थिए वा थिएनन ? फेला पारिएका कंकालहरूका कस्का हुन भन्ने जस्ता सयैा अनुत्तरित प्रश्नहरू यथावत रहेका छन ।

    ============================================

    मानव अधिकार आयोगले राजधानीको शिवपुरी जंगलमा फेला परेको भनिएको शंकास्पद स्थान सामूहिक चिहान नभएको पुष्टि भएको जनाएको छ।
    शिवपुरी जंगलको शंकास्पद स्थानमा भेटिएका विभिन्न वस्तुको राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूबाट अनुसन्धान गरिएपछि आयोगले उक्त स्थान सामूहिक चिहान नभएको प्रतिवेदन सार्वजनिक गरेको हो।

    आयोग कार्यालय हरिहर भवनमा प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष केदारनाथ उपाध्यायले करिब ३ वर्षअघि जलाइएको अवस्थामा कम्तीमा एक पुरुषको मानव अवशेष फेला परेको बताए।

    अनुसन्धानले शंकास्पद स्थानमा कम्तीमा एक पुरुषको मात्र मानव अवशेष फेला पारेको थियो, तर ती व्यक्ति को हुन् भन्ने अनुसन्धानबाट खुल्न सकेको छैन। उपाध्यायले ती व्यक्ति नेपाली सेनाको भैरवनाथ गणबाट बेपत्ता पारिएका भनिएका मध्येका व्यक्ति भए/नभएको थाहा पाउन थप अनुसन्धान आवश्यक रहेको उपाध्यायाले बताए।

    प्रतिवेदनमा जीवशास्त्र विशेषज्ञलाई उद्धृत गर्दै कम्तीमा ३ वर्षअघि जलाइएका ती पुरुषको मानव हड्डीका आधारमा डीएनए प्रक्रियाबाट अनुसन्धान गरी ती व्यक्तिको छिटै पहिचान गर्न सकिने उल्लेख छ।

    भैरवनाथ गणबाट बेपत्ता पारिएका भनिएका ४३ जनाको सामूहिक चिहान हुन सक्ने भनी अनुसन्धानका लागि अनुरोध भएपछि आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूको सहयोगमा एक वर्ष लामो अध्ययन गरेको थियो।

    मानवअधिकारकर्मी, नागरिक समाज एवं पीडितका परिवारले व्यक्तिहरुलाई बेपत्ता पारिएको आशंका गरिएको शिवपुरी जंगल क्षेत्रको अनुसन्धान गर्न गत वर्ष पुस ४ गते आयोगलाई जानकारी गराएका थिए।

    सोही आधारमा आयोगले शंकास्पद स्थानमा घेरा हाली शंकास्पद वस्तु संकलन गरी राष्ट्रिय, अन्तराष्ट्रिय विशेषज्ञहरुबाट अनुसन्धान गरेको थियो। आयोग प्रवक्ता गौरी प्रधानले शंका गरिएजस्तो सामूहिक चिहान नभए पनि घटनाको गहिरो अनुसन्धान बांकी रहेको बताए।

  13. Thats right Ashoka, its sad that people were killed tara Army jati nai dosi chha mao teti nai chha. So either the all the cases during the conflict should be dismissed or all of them should be equally analyzed and treated for human rights and justice.

  14. karbai garnay ho bhane Sena ko chif lagayet Parchanda pani jel janu parchha. Madi ma tetro innocent people lai bomb lay samuhik hatya garnu ra siva puri ma army lay marnu yutai ho.

  15. Maobadi le kasari sojha sidha janta harulai mareka chan tyo chai kasailai matlap chaina ? kasari sainik haruko pariwaralai sainik lai mareka chan tyo pani matlab chaina ?
    kasari dang ma annya barryak ma police post ma taukoma (head) teki teki reti reti mareko chai kasailai matlab chaina ti army haruleta aparadhi harulai samatera mareka hun tes ma kina sabailai tauko dukheko?des ko surakchya ma kahiyekale aparadhilai namare kaslai marne jantalai?
    tara j bhaye pani army le pani tesari marnu hune thiyena tara MAOBADI PANI KAAM THIYENANN .]
    SAKCHA BHANE PRACHANDE LE KANUN BANAOS!!!!banayera k garne fasne ta afu ho ni haina?
    prachande ajkal nachaihido kura badi gardai hicha ani asti MUMBAI ma bomb blast bhako belama tesle diyeko comment sarasar galat ra prachade jyan maralai tesai comment dina suhaudaina cause he is also 3grade criminal.
    la nepali janta des aba afai bachau
    pasupatinathle sabiko rakhca garun

  16. I agree with anisha ji!
    jo sarkar ma cha tyasle manchhe marne chalan cha ni yo Nepal ma
    paile sena (army) sarkar ma thio, aile maoist le mardai cha.

    sansar ko niyam yehi ta ho ni!

  17. yesterday one civil servant was gun down in Janakpur and today UML carde was gun down (killed )in Janakpur by Jwala singh group.

    Do we have government in Nepal? or criminals .

    Look at terai? do not look in Kathmandu valley only.

    Terai Nepali are not Nepali or Indians? Indian government should act to protect terai nepali or Nepali government.?

    this is my question?

    can anybody give answer my question? thanks

  18. माओवादीलाई पनि त उत्तिकै दोसी छ नि किन सेनामात्र? माओवादीले त आजकाल पनि सकृया छनि

  19. किन माओवादीले मान्छे मारेकै छैन र ?
    कारवाही नै गर्ने हो भने सबैतर्फका दोषीलाई गर्नुपर्छ !

  20. हैन कुरो अली बुझिएन। आयोग् ले पुश्टी गरेको हो वा फिन्ल्यान्ड को प्रयोगशाला ले उक्क्त स्थान मा पाएको अवशेश मा मान्छे जलाइएको पुश्टी भाको हो? रिपोर्ट मा त सामुहिक चिहान भएको भनेर त उल्लेख गरिएको छैन भन्छन त ?
    जे भये पनि सामुहिक हत्या भाको हो भने कडा भन्दा कडा कारबाही हुनै पर्छ। यसमा दोहोरो माप्दण्ड राख्नु हुँदैन चाहे सरकार होस् या माओवादी । माडी घटना लाई पनि एसै समुह मा राख्नु पर्छ। कसैलाई काखा कसैलाई पाखा गर्न पाइदैन ।

    बिर्खे हली

  21. In our country there is no rule and regulation. Terror is killing people but they could get pardon from the state. In this way human right is decreasing day by day. Who kills people that person should get death penalty. Otherwise everything could disorder. New constitution should be provision for death penalty,otherwise inspiration of new Nepal could dark.

  22. दोषी लाई चांदो भन्दा चांदो कारबाही हुनुपर्छ. चाहे त्यों कुनै पक्ष बाट कीन नहोस .

  23. ज्ञानेन्द्र सरकार तथा माओवादी दुबै पक्षले गरेका यस्ता अपराधको छानबिन गरी कारबाही गर्नु पर्छ। माओवादीले गरेको मादी घटना तथा राम हरी श्रेष्ठको हत्याको पनि यस्तै छानबिन गरी कारबाही गर्नु पर्छ।

  24. I am not sure if the title is misleading us. I read in another news site that the findings proved that there was remains of only one male. Does that prove mass killing at that point? I guess we need to push for further investigations.

  25. kina karbahi garne,uniharule maanche marda kei nahune ani army le marda chain karbahi….waiyaaat.paila maobadi ko sabai netaharulai karbahi garne 13000 nirdosh haruko narasamhar ko lagi ani tespachi matra army ko palo aauncha.natra bhane tit for tat.

  26. मन रुन्छ यो सब खबर सुन्दा र पढदा। कहिले बन्द हुन्छ यो हत्या गर्ने प्रक्रिया। के मारेर मात्र समस्याको समाधान होला र।

  27. हो नरसंहार भैरहवनाथमा पनि भएको थियो, माडीमा पनि भएको थियो। त्यसैले कारवाही सबैलाई हुनुपर्छ।

  28. Nepal ma karbhai bhayako chha ta sana ra garib haruko lagi matra ho.
    jun sarkar bhaya pani thula,dhani ra pad ma bhayakalai kanun lagdaina mobadi ko kunai thula neta ra karekarta lai karbhai bhayeko 6 ra arru hattyara lai karbhai garna kanun banaauchha.

  29. kura thikai ho.. war ko belako kura lai linay ho bhanay army pati ko pani ta lakhau case testai bhako chan… k tini harulai liyera prachanda lai muddha halna tira laghnay ki aba j bhayo bhayo aba ramro garau bhanera sabai ek jut hunay?????

  30. Please convey more details to all nepalese people such that one day people will unite with confident and or strong power to tackle with those leaders……..

    I am in fact exciting to know more…

  31. सेनाको नरसंहार ता पुस्ती भयो तर माओबादीले गरेका हत्याहरुको खोजबीन कहिले हुन्छ ? बाम्देबसंगा यसको उत्तर छ?

  32. त्यो घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गरिनु पर्छ

Comments are closed.