लौ आयो – हप्तामा सत्तरी घण्टा लोडसेडिङ

हाम्रो देशमा यतिबेला हप्ताको ४५ घण्टा विजुली नहुँदा त यस्तो गाह्रो भइरहेको छ भने हप्ताको ७० घण्टा लोडसेडिङ भएपछि झन् जनजीवन कस्तो होला ? अनुमान गर्नुस् त । हो आजदेखि दिनको १० घण्टासम्म विजुली जाने रे, वाफ रे वाफ । आजदेखि नेपाल विघुत प्राधिकरणले लोडसेडिङको समय बढाएर हप्ताको कम्तीका ७० घण्टा पुर्‍याएको छ । नयाँ तालिका अनुसार, हप्ताको छ दिन एकपटक छ घण्टा र अर्को पटक चार घण्टा गरि दैनिक १० घण्टा र एक दिन तीन घण्टा अध्यारोमा बस्नु पर्नेछ नेपालीहरुले ।

नेपाल विघुत प्राधिकरण भन्छ बिजुलीको वर्तमान माग र आपूर्तीलाई मिलाउन यो नै अन्तिम विकल्प हो रे अरु उपाय नै छैन । ४५ घण्टा लोडसेडिङ गर्दा अहिले माग र आपूर्तीको अन्तर दैनिक २१ लाख युनिट रहेको थियो रे तर हाल दैनिक माग २८-२९ लाखसम्म युनिट पुगेको छ रे अनि त परेन फसाद प्राधिकरणलाई । आफ्नो चुहावट रोक्नु भन्दा त जनताको घर जाने बिजुली काटिदियो टन्टा नै खलास ।

साता दिन अघि प्रधानमन्त्रीबाट उद्घाटन भएको ७० मेगावाट उत्पादन क्षमता भएको मध्य मर्स्याङदी चालुमा आएपछि लोडसेडिङ घट्ने भन्ने हल्लाआएको थियो । तर उक्त जलविद्युत आयोजनाले व्यापारीक उत्पादन गर्न अझै समय लाग्ने वताईएको छ । उता भारतवाट ल्याउने विजुलीको लागि पनि कोशीले भत्काएको कोशी टावरको मर्मत हालसम्म भएको छैन र भारतबाट संझैता बमोजिमको ६० मेगावाट बिद्युत् आएको छैन । तर यसैविच आगामी साता टनकपुरबाट २० मेगावाट बिजुली नेपालले ल्याउने तयारी भईरहेको बताइएको छ त्यतिले पनि केहि हुने वाला छैन।

अहिले त यस्तो छ भने सुख्खायाम भनिने चैत बैसाखमा कस्तो होला ? कति घण्टा होला यो लोडसेडिङ ? काठमाडौंको बासिन्दाले घरको धारालाई हेर्दै यो धारामा कुनै वेला पानी पनि आउदथ्यो भने झै विजुलीको बल्वलाई हेरेर त्यो पनि कुनै वेला बल्दथ्यो भन्नु सिवाय विकल्प रहन्न होला ।

हिजो मन्त्री परिषदले देशमा देखापरेको विजुलीको संकटलाई टार्न डिजेलबाट २०० मेगावाट सम्म विजुली निकाल्नको लागि थर्मल प्लान्ट स्थापना गर्न प्रकृया बढाउनको लागि जलश्रोत मन्त्रालयलाई निर्देशन गरेको छ । भनेको समयमा उक्त प्लान्ट बन्यो भने र विजुली आयो भने केहि राहत मिल्ला कि ? तैपनि त्यो डिजेलबाट उत्पादित विजुली अहिलेको बिजुलीको भाउ भन्दा करीब ६ गुणा बढि महंगो पर्नेछ । जसरी पनि जनताको नै ढाड सेकिने त होला । तैपनि नहुने मामा भन्दा कानो मामा नै जाती भनेर चित्त वुझाउने त होला नि कि कसो ? हैन तपाईहरुसँग छैन लोडसेडिङ हटाउने कुनै उपाय भएमा सरकारलाई दिँऊ न ।

123 Comments

  1. nepal ko sabai pani lai upayog gare dirgakalin samadhan kojnu paro kinaki hame ta bhani nai paresakau tara hamra chora harule chai yasto kasta garnu naparos hai, baru bedehse ko help leyar bhaya pani sabai pani bhat bidhut utpadan nikalnna ko lage sabia neta, janta, haru aja bhata nai lagau ani sabai le CFL chem balau mero bichar chai yahe ho ok bye sabi lai pashupati le bhuddi deun

    santosh timsina
    jhapa damak

  2. यो गणतन्रिक सरकार को उपहार त हो नै र यो कुरा पनि भुल्नु हुँदैन कि यस्मा पूर्व सरकार हरु को पनि उत्तिकै लाचारिपन लुकेको छ। नेपाल का नेताहरु पटके राजनीति फोहोरी खेल को पारीणम हो यो। नेपाल का मुर्ख,राजनैतीक खोल ले छोपेका योजन्बिद हरु को अदुरदर्शिता,लचारिपन को पाराकस्टा हो यो। नेपाल मा ८३००० M/W बिद्युत को सम्भावना रहेको देशमा दैनिक 16/16 घण्टा Load Sheding बेहोर्नु पर्दा को असर नेपाली आम्जनता ले भोग्नु परेको छ। नेपाल का राजनेता भन्दाहरु जस्तै: सुर्य B थापा देखि,गिरिजा, माधव नेपाल,देउपा, पूर्व पञ्च हरु सबै को महान भूमिका छ यस्मा। यिनिहरु कोही पनि नेपाल को दिगो बिकास चाह्दैनन मात्र आफ्नो राजनीति खेल को मैदान फराकिलो बनाउने दाउमा छन।
    यहाँनिर वर्तमान को Load Sheding प्रमुख कारण ठुला-ठुला जलबिद्युत योजना हरु को कमिसन को खेल नै हो। यो खेल मा Nepali Congress & CPN UML को डरलाग्दो भूमिका रहेको करण कुनै पनि योजना हरु ले पूर्ण रुप लीन पाइरहेका छैन। सबै आम् नेपाली हरु लाई अबगत हुनु पर्छ कर्णाली चिसापानी को मात्र १ योजना पुरा भयमा नेपाल मा खपत भयर पनि बिदेश मा निर्यात गर्ने प्रचुर सम्भावना बोकेको यो योजना comission को खेल ले नै विलायर गयो । यो सबै पूर्व पञ्च देखी कोम्मिस्सिओन खोर Nepali Congress & CPN UML ko फोहोरी खेल हो भने माओवादी को दसबर्षे युद्ध को असर पनि त्यतिकै जिमेवारि छ।
    अब यो सबै को कस्को दोस हो भ्न्नु भन्दापनी यो समस्या को निदान कसरी गर्ने भन्ने बारेमा बहस गरी तुरुन्त ठुल योजना हरु को सुरुवत गर्नु पर्छ। त्यतिकै खेर गैरहे को नदिको पानी लाई किन उपयोग नगरने बरु ५०% उत्पदित बिद्युत नगनिकर्ता ले नै किन नलीयोस कुनै निस्चित समायब्धि को लागि र् पुन नेपाल ले नै १००% उपयोग गर्न पाउने गरी। हामी हरु ले किन Saudi Arab को ARAMCO कम्पनी जस्तो America & Saudi को तेल उत्पादन मा भयको Agreement लाई किन अनुसरण नगर्ने ?
    Kailali-Pratappur-7,Present: Dammam,KSA
    [email protected]

  3. किन छैन छ धेरै उपाय छ तर हाम्रो देशमा जेमापनी राजनीति लाग्छ। प्राधिकरणले
    अहिले सम्म चुहावात घटाऊने उपाये किन गर्दैन? बिजुलीको प्रिपेद कार्ड लागुमात्र गर्न
    सकेपनी आधा जतित लोद्सेद घत्छ। साथै महिना महिनाको बिजुलीको मितर पढ्ने
    झन्झतबाट पनि मुक्ती हुन्छ। अनी मितर जाचकीको तलब भत्तापनी बच्ने। प्रिपेद भएपछी
    बिजुलिको उपयोगपनी कम गर्ने मानसिकताहुन्छ।

    यो प्रिपेद मितर केहो र कसरी काम गर्छ भन्ने जानकारी चाहिये गूगलमा
    prepaid+electricity+meter ताइपगर्नुहोला थुप्रो जानकारी पाउनुहुन्छ। यो
    प्रबिधी मैले अफ्रिकन देशमा देखेको छु र अरु बिकसित देशमा पनिछ।

  4. nuclear plant is going to be next unsucessful project for nepal;
    where is budjet for that where is donar and where is sufficent technician in nepal ;
    Even if it is made also; till then we will be having more than 20 hrs loadsheeding

  5. time to look for alternate energy…..wind, sun, diesel and whatever that can give us energy…..It might cost a lot right now, but that will solve our problem permanently.

  6. यो सब “अरुण तेस्रो ” सँग एमालेले गरेको बलत्कारको नतिजा हो। माओवादीले जनयुद्धको नाममा गरेको बिध्म्सको मार हो । बिरोध गर्न र भत्काउन कती सजिलो, नयाँ योजना ल्याउन र निर्माण गर्न कस्तो गाह्रो हुदो रहेछ? सरकार चलाऊने हो बुझ राम्ररी। तिमीहरुले त अती नै बिरोध गरेका थिऔ । बन्दुकै समातेर जङलनै पस्ने , रेलिङ तोड्ने काम त कम्सेकम अहिले भएको छैन तिमीहरुको पालामा।

  7. One way is to sleep early. just work during day light. ani tuki balne rati chahiyo bhane..baje baraju ko pala jastai..chara haru sangai sutne chara haru sangai uthne..
    afterall maoist are taking us to zero year..

  8. (१) प्रधानमन्त्री क्वार्टर् र यस्का वरीपरिका एरिया (२) राष्ट्रपती भवन र यस्का वरीपरिका एरिया (३) उपरास्ट्रपतीको निवास र यस्का वरीपरिका एरिया (४) मन्त्री निवास, पुल्चोक (५) र शायद नागाअर्जुन डाँडा इत्यादी एरियामा Bomb blast gardine..

  9. यसको श्रेय प्रचन्ण्डे र त्यो चोरको खाते झोले हरुलाई जान्छ। कत्ति नै सरकार चलाउन आएको देखाईहाल्यो नि, जनताको अघाडी। गोलि, बन्दुक अनि, त्रास को भरमा जितेको भोटले चलाएको सरकारको गति यो भन्दा गतिलो कहाँ हुन्छ र। सबैले बुझेकै कुरा त हो नि। आखिर हामिले सहने पालो न छ। हेर्दै जाऊँ न त कति दिन सहन सकिने हो। थुईक्क !

  10. यसको श्रेय प्रचन्ण्डे र त्यो चोरको खाते झोले हरुलाई जान्छ। कत्ति नै सरकार चलाउन आएको देखाईहाल्यो नि, जनताको अघाडी। गोलि, बन्दुक अनि, त्रास को भरमा जितेको भोटले चलाएको सरकारको गति यो भन्दा गतिलो कहाँ हुन्छ र। सबैले बुझेकै कुरा त हो नि। आखिर हामिले सहने पालो न छ। हेर्दै जाऊँ न त कति दिन सहन सकिने हो। थुईक्क !

  11. अस्ती एउत कार्टूनमा देखेर जुक्ती आएको छ पहाड बाट एउत लल्तिन मगौन पर्ल जस्तो chha

  12. 70 ghanta bhanda ali dherai nai suniyechha. dinko 10 ghanta matrai batti janchha bhaneko bhaye ramro hunthyo baru. dinko 14 ghanta bhanda badi ta malai bijuli ko kamai chhaina ni. kei farak pardaina. ajhai dinko 2-3 ghanta badaye pani kei farak pardaina.

  13. Its all due to maoist!!!They demolished many things around last decade and obstructed the development as well!!!!!Now they have got what they desired for!!!!But Nepalese people are getting the sin of their deeds by supporting the maoist and these agent politcal parties.

  14. क्रान्तिकारी सरकार को हामी जनता का लागि राम्रो उपहार अब हामी ले पनि कुनै समयमा हाम्रो देशमा बिजुली बल्थ्यो रे नि भन्नु पर्ने भयो। कस्तो लाग्यो कुन्नी साथीहरु लाई यो सरकार को नयाँ स्किम???

  15. “नयाँ नेपाल” भनेको त ‘ढुङ्गे युगको नेपाल’ हो कि क्या हो !!
    न धारामा पानी, न बिजुली बत्ती
    हरे शिव, हामी नेपाली ले दु:ख पाउने कत्ति

  16. सौर्य उर्जा बाट पनि बिजुली बल्छ भन्ने सुनेकी छु ।
    हाम्रो देश मा त झन सुर्य बेस्मरी बल्छ । बरु हाम्रो देश का बैज्ञानिक बिद्यार्थी हरुले त्यस तिर रिसर्च गर्दा केही उपाय निस्किन्थियो कि !

  17. There is high potential of alternate energy in Nepal. G ko Energy system ko presentation anusar, we will be able to install Wind Turbines in Mustang, Jumla and all other remote areas. Forget about rivers and water sources. There is also solution as a form of Nuclear energy. Just elect me in the Energy Senate of Nepal, I’ll talk to Obama about not relating Nepal to terrorism list for using Nuclear Reactor. Nepali janata haru lai kurne bani cha so just give me some more time like 25-30 years…I come back to Nepal and bulid a simple Nuclear Reactor. Robert Downy Jr. le Afghanistan ma ta build gare bhane ma ta Nepal aayerai banidinchu. Trust me people….Tespachi ta deuso nai light jalayera party garne huncha…….Nepal ma load shedding bhayera maile tapain haru ko hune wala bhauju saga kura garna napayera katro tension bhayeo cha, yo kura ki malai taha cha ki parameshwor lai thaha cha, u guys feel me? Chinta nalinus I’ll be there to help ……aaile lai peace………

  18. It is very sad news.

    कस्तो नराम्रो खबर सुन्नु पर्‍योनी यो। नयाँ सरकारले के के न गर्ला भनेको झन लोड सेडिङ बढाउने काम पो गर्‍यो ! नपाली ले कहिले होला उज्यालो मा पढ्न पाउने र अगाडि बड्ने मौका पाउने, सधैं पछाडि को पछाडि पर्ने भय नेपाली विश्वमा।

  19. feri jangali yug ma jadai chha ho sir hamro Nepal. Agadi badhnu ta kata ho kata back po sardaichha. Ani asti Kantipur patrika ko news ma hernu vayena Baburam Bhattarai le vaneko yo economic year dekhi sabai ko ghar ma 24 hr batti aauchha vanera.

  20. hapta ma 70 ghanta load seting garnu vanda ta,batti nai nadiye vai halyo ni,jungal ma basne lai ta kehi hudaina sahar bazar ma basne lai kati garho hunchha hola,

    manoj hk

  21. Maobadi ra thula thula buddhi jibi harule le bhanne gareko naya nepal bhaneko yehi ho kyare???? maximum loadshedding, mahangi,asurakhya ra bhadra gol,tai pani thula thula kura garera nepali janta ra bishow sanga jhuto bolchan chor haru.yeni haru ta sabai bhanda thula aparadhi hun nepal ra nepali ko lagi.What do you think guys and gals about my opinion.

  22. प्रचन्ड सरकारको सय दिने कार्यकाल समाप्तीको सत्तरी घन्टे लोड सेडिङ धमाका-2065

  23. अनि एउटा कुरा भन्नै बिर्सेंको, बिद्दुत प्राधिकरण भित्र एउटा ठुलै भातमाराहरुको जमात बसेको छ जस्ले जनताले तिरेको तिरोबाट तलब, भत्ता, कमिसन अरु के के खान्छन तर जनतालाई नै दु:ख दिन्छन । मेरो घर नजिकैको सडकमा एउटा पोल आज 6 महिना जति भई सक्यो ४५ डिग्रीमा ढल्केर दोहोरो मोटरको आवजाहिमा पनि कठिनाइ भएको कति पटक फोन गरेर ९० डिग्रीमा सोझो बनाइ दिनोस नत्र कुनै दिन दुर्घटना हुन सक्छ भन्दा पनि ति भातमाराहरुको कानमा बतास चलेको छैन। दुर्घटना होस् मान्छे मरोस अनि बनाउला भनेर पर्खेका जस्ता देखिन्छन अनि साथीहरुनै भन्नुस् यस्ताहरुको जमातले कहिले यो देशबाट लोड सेडिङ हट्ने आशा गर्न सकिन्छ ? जबकी सानो भन्दा सानो नियमित मर्मत सम्भार पनि यिनिहरुबाट हुँदैन भने ।

  24. जलश्रोतको उपयोग गर्न नसक्ने जलश्रोत मन्त्रालय,बिजुली काट्न मात्र जानेको बिधुत प्राधिकरण र YCL लाई सेनामा हुल्ने भन्दा अरु कार्ययोजना बनाउन नसक्ने सरकार प्रमुख प्रधानमन्त्री, यि सबैको काम छैन । सर्बसाधारण जनताको समस्याप्रती कसैलाई वास्ता नै छैन । लोड्सेडिङ बढाउने, थर्मल प्लान्ट ल्याएर टन्न कमिसन खाने षड्यन्त्र हुन सक्छ ।

  25. Congress ley gareko galti…aailey ko sarkar ley behornuparney kasto stithi aayo… hare shiva…

    Saley chor Girija ra ram saran ley paila nai project proposal lai license deko bhaye nepal ley esto esthithi behornu pardaina thiyo…

    Commission naaauney bhayera Nepali laganikarta lai project diyena… Natra Arun3 ley nikkai hudd samma samasya sadhan garthiyo….jailey dollar ma khelney Kangressi tantra ra chor bhrasta karmachari of NEA ko karan ley garda yesto din dekhnu pardai cha hamro desh ma…

    Now sankatkal in Electricity by the govt. will help start new projects. New proposal will be accepted without competition. That will be in interest of Nation and also the targetted plan of govt.

    All da best Govt. of Nepal. We are bound to stay in dark due to Girija. His days are over now..Hope his soul rest in peace and Nepal will regain its goodwill and prestige of being peace country as in past.

    God Bless U me and us.

  26. हैन अस्ति भर्खरै केराको बोटबाट पनि बिजुली निकाले रे हाम्रो देशमा भन्थे त , ढाँटेका हुनन् कि क्या हो ? होईन भने कस्ले कसरी निकालेका हुन पत्ता लगाएर तालिम दिँदै केरा घारी तिर पठाउनु पर्यो सरकारले । केरा खेती गर्न लगाउनु पर्यो त्यसो गरे ग्रामिण भेगमा खपत हुने जति जोगिन्थ्यो कि ?

  27. Hoarding board bata line cut off garnu paryo prachanda ji!
    ra naya disel plant bha pani quick establish garnu paryo.
    NEA lai reengineering garnu paryo
    ani matra samasya ko samadhan hola jasto lago….

  28. Unless and until privatization of Electricity grid does not happen. Electricity produced in private level does not access to the markets, I am sure the electricity will never reach people’s door. To get the private money flowing you need conducive environment for investment. I am sure we cannot have that under this government.

  29. What the f**k!!!

    Cant we do anything… 70 hours thats bullshit…

    This is why people are moving abroad… this maoist btd making our country worse… pahila kasto tiyo hamro desh ahile kasto bhai sakyo…

  30. सोलार प्यानलमा अनुदान दिनु पर्यो सरकारले अनि त्यसमा प्रयोग हुने सम्पूर्ण सामान मा अनुदान दिएर सोलार भित्र्राउनु पर्यो। कम से कम घर घरमा खपत हुने विजुलि बच्यो भने केहि राहत होला नि।

    साथै CFL लाइट लाइ भन्सार छुट गर्ने वा आफ्नै देशमा उत्पादन गरि अहिले प्रयोग हुन बल्बमाथि प्रतिबन्ध लगाउनु पर्छ।

  31. यो सबै बिद्युत “अप्राधिकरण” का कमिसन खोर, भ्रश्ट ब्यक्ती को करामत हो। गलत प्रतिबेदन बनाउने, सम्प्रेशन गर्ने अनी सरकार लाई पनि गुम्राह मा राख्ने डाँका हरु को सफलता ले गर्दा हो। नेपाली जनता ले बिद्युत क्रान्ति को लागि उठ्ने बेला आएको छ।

  32. यो सबै बिद्युत “अप्राधिकरण” का कमिसन खोर, भ्रश्ट ब्यक्ती को करामत हो। गलत प्रतिबेदन बनाउने, सम्प्रेशन गर्ने अनी सरकार लाई पनि गुम्राह मा राख्ने डाँका हरु को सफलता ले गर्दा हो। नेपाली जनता ले बिद्युत क्रान्ति को लागि उठ्ने बेला आएको छ।

  33. YCL साथिहरु चुप देख्ख छु नि। रत्नपार्कमा १-२ वटा रुख रोपेर के के न लछारपाटो लगायौ भन्थ्यौ, लौ यो लोडसेडीङ हटाईदेउ त नेपाली जनताले तिमीहरुका सबै हत्या र अपराधहरु माफ गरीदिने छन्।

    साचैनै केहि गर्ने हौ देशको लागी भने, यो काम गरेर देखाऊ।

    के गर्छौ YCL साथी, यो काम यो काम गर्नको लागी शिछ्या र अनुभब चाहिन्छ। बिचारा एक्लो बाबुरामले के गरुन। तिमीहरु आफु पनि पढेनौ, अरुलाई पनि पढ्न दिएनौ, र पढेका र अनुभव भएकालाई बिदेशीन बाध्य बनायौ।

  34. THE LEADER HAS PROBLEM WITH CORRUPTION AS THEY THOUGHT THAT ONE PARTY IS EARNING MUCH, SO THEY DID NOT ALLOW ARUN III TO GO. NOW WE HAVE PROBLEM.

    SO I THINK UML AND CONGRESS ARE RESPONSIBLE FOR THIS CRISIS.

    BESIDES, HAVE TO PROMOTE RESERVOIR PROJECT SO THAT THE POWER CAN BE GENERATED WITH INSTALLED CAPACITY THROUGHT OUT THE YEAR.

  35. यो खेल हो साथिहरु, ४८ घण्टाबाट एक्कैचोटि कसरी ७० घण्टा?मध्य मर्स्यङ्दी आएर ७० मेघावाट थपिएपछि बढ्न त नपर्ने हो नि नघटेनि होइन र? अनि हिजो मात्र 200 MW सम्मको thermal plantको कुरा आयो, अनि आज लोडसेडिङ घोषणा भयो। अभाव देखाएर नया प्लान्ट ल्याउने,ल्याउँदाको कमिसन, जडान गर्दाको कमिशन, अनि संचालन गर्दा दैनिक तेलमा कमिसन, सर्भिसिङ इन्जिन आयल फेर्ने, फ्युल पम्प कति मर्मत कति(thermal plant diesel engineले चलाउने generator ho) , कति पैसा कति, यहि खेल हो। सब चोर नै चोर हुन। र यो सब बुझेर नि वाल्ल परेर बस्ने हामी जनताको चाहिं के कुरा गर्नु।

  36. Hamra PM Prachanda lay kehi din aghi madhya marsyangdi ko udghatan maa 2 months bhitra loadsheding hatauney kasam khanu bhathiyo.

    HOOO teskai tayari sworoop yo loadsheding bhadhiyako hoo..

  37. रातो र कालो दुईटा मैन बत्ती बाट तार निकाल्ने अनि बत्ती बाल्ने!!!

  38. The current electricity crisis of Nepal sounds somewhat similar to the Enron case in California. Before its collapse, Enron, to retain its position as a most innovative company and to make its portfolio impressive, started trading power in California. The traders and regulators of Enron manipulated power shortage to inflate the cost of electricity and make huge profit. My point here is NEC or other interested parties might be up to doing the same thing. Either they are trying to increase the price or invest in some corruption laden power project like someone said in the earlier comment.

    Jay Shambhu
    Nepal

  39. Ghar ghar ma Solar Ani Wind turbine jodera bijuli nikalne ni. Harek ghar ma solar panel jodne. Khas thau haru ma Wind turbine jodne ani grid ma bijuli chhodne ni kura easy chha ni mero bicharma.

  40. The current electricity crisis of Nepal sounds somewhat similar to the Enron case in California. Before its collapse, Enron, to retain its position as a most innovative company and to make its portfolio impressive, started trading power in California. The traders and regulators of Enron manipulated power shortage to inflate the cost of electricity and make huge profit. My point here is NEC or other interested parties might be up to doing the same thing. Either they are trying to increase the price or invest in some corruption laden power project like someone said in the earlier comment.

  41. Baru 2-4 Sal Bijuli nai nadiyera Store Garera Tespachhi Dinda Hundaina ra Pradhikaran ka Karmcharilai pani Aannada, hami janta Sadhai Aandhyaro ma basi aako hamilai ke nai farak parchha ra , Aakhir jun jogi aaye pani kanai chirka hun.

  42. Why do people always blame the government? Why can’t we do something ourselves? Producing hydroelectricity is not something like buying your groceries. It takes time and money. Our country is poor and helpless in this regard unless all of us jointly look into this matte. I think we should work together in producing more hydroelectricity collectively. May it take 10 or 20 yrs. At least we will crate a better world for the generation to come. For those who blame the existing government, I will tell bring the most intelligent and smartest people from around the world and put them as the leader of Nepal. They will also be helpless. It is because we don’t properly analyze the preexisting foundation that we are standing on. Unless we contribute equally from our sides there will be dark clouds hovering in our sky even in 50 yrs from now. We need to keep our criticisms(mostly pessimistic and useless) at bay and think positively and try to look at the situation with greater insight rather than blaming others. So, provide some constructive remarks not gross and filthy pessimistic attitudes. These sorts of behaviors are degrading us and our country. Why can’t we all be positive and constructive? Why???????

  43. Wow…wht a good news…aba ta sathi haru gaun ma balne diyalo nai balnu parla jjasto chha…aru cpuntry haru agadi janchhan…hami bhane babu baje ko jamana tira farkidai chhu….badai chha kamred parchanda ji lai ..aru ko gahr ma batti nabalera k bhyo ta afno ghar ma ta baleko ani chha kyare…..aba ta ghar kaha ho bhanda Nepal bhana lai laj lagnu thali sakyo….

  44. साथीहरु म सँग लोडसेढिङ केही कम गर्ने निम्नलिखित उपाएछन:

    (१) प्रधानमन्त्री क्वार्टर् र यस्का वरीपरिका एरिया (२) राष्ट्रपती भवन र यस्का वरीपरिका एरिया (३) उपरास्ट्रपतीको निवास र यस्का वरीपरिका एरिया (४) मन्त्री निवास, पुल्चोक (५) र शायद नागाअर्जुन डाँडा इत्यादी एरियामा यदी हामी सर्बसाधारण नागरिकले जुलुश, बिरोध गर्‍यो भने अबस्यपनि केही हदसम्म येसबाट राहत पाउन सक्छौ किनकी यी सुपर फटाहाहरुकोमा १२ महिना नै दिपावलि हुन्छ। यी कुरा मलाई यसकारणले थाहा छ किनकी यीनै मध्ये एउटा एरियामा मेरो पनि घर पर्दछ। त्यसैले बेला बेलामा मलाई पनि अपराधबोध हुन्छ मुलुकभरीका जनता अन्ध्यारोमा हुन्छन मेरो घरमा बत्ती बल्छ ! १० वर्षमा १०००० हजार मेघावाट बिजुली उत्पादन गर्छु भन्ने गफाडी सरकार आफ्नु घरमा १० घण्टा बत्ती निभाएर त हेर अनि मात्र नयाँ नेपालको सक्कली तस्बिर देख्ने छस। अन्त्यमा आफ्नु देशमा भएको जलश्रोत कस्का लागि थाती राखी (भारत ?) महँगोको थर्मल डिजेल प्लान्ट आयात गरी बिजुली उत्पादन गर्न लाग्या हामीलाई त बाल्नु परेको छैन त्यस्तो देशलाई कङाल पार्ने बिजुली। कि कसो साथीहरु।

  45. बरु धेरै हावाको बहाब हुने स्थानबाट बायु- बिजुली निकाली कसो होला?

    प्रीती

  46. उपाय छ ।

    माओवादीलाई भएको सम्रचना मा बम हान्न भन्ने ।

    सबै धोस्त बनाउनी ।
    टन्टै साफ ।

    शर्मा
    अष्ट्रेलिया

  47. बिजुली हप्तामा कती समय आउछ भनेर सुचना निकले राम्रो हिल अब त?
    यो अवस्थामा नेपालीलाई ल्याउने तत्कालिन भूमिगत पार्टी माओवादी जिम्मेबार हुन। बिगतमा उनिहरुले जलबिद्युत आयोजना सन्चालन गर्न अबरोध गरेर यस्तो भयो ।

  48. जस्ले जे गरे पनि हुने मेरो देश नेपाल मा हामी जस्ता जनता भएपछी अहिले हप्ता को सतरी घण्टा मात्र होइन शायद एक सय घण्टा नै बती जान बे छैन । यस्तो कुरा मा पो बिरोध हुनुपर्छ। ताल न बेताल को कुरा हरु म बन्द गर्ने बानी परेका हरु लाई हुन त यो सतरी घण्टा ले केही असर पनि पर्दैन होल। ठिकै छ मोज गर नेपाली हो।।।।।।

  49. ati nai bhayo aba tauko dhukhi sakyo kasalaie dosh dine tana commison khane congress uml ki janayudha ko time ma bidhut griha banauna nadine

  50. sorry to say that. tara first sentence is wrong. All nepalese dont have electricity anyway. Dont think cities are only Nepal. Think of those people who have never seen electricity.

    I think we should go to cheaper and pragmatic solutions like renewable energy like wind or solar power or any thing.

  51. I am pretty confused observing load shedding schemes (??) of the NEA. I suspect that the schemes may be pre-planned for some vested interests or NEA doesn’t do any homework on power generation and demands. I must confess that I don’t have good knowledge on power (mainly hyrdopower) generation in terms of maximum and minimum capacities and power demands in Nepal. However, in my observation for the last few years, I have felt that NEA suddenly increased and decreased load shedding hours citing water levels in the reservoirs and so on. I have heard many times that NEA has always been in the grips of people who are always ready to sell themselves to the interests of other power centers. For example, I heard (but I don’t know if it is true) that some groups in NEA are always in favor of establishing thermal power plants so that they can get big commissions. So many times they try to create power shortage havoc among the public so that they can go with the plan of establishing thermal power plant. I would like to request if anybody has good knowledge on power generation, demand and the so called power (electrical power) games in Nepal.

  52. के गर्ने ? सतिले सरापेको देश! नेताहरु सत्ताको लडाईं मा नै ब्यस्त । कर्मचारीहरु घुस खानु र जागिर बचाउन मात्र खप्पिस । जनताहरु टाएर बाल्न र बन्द गर्न तगडा । कस्ले गर्ने बिकासका कुराहरु ? कस्ले ल्याउने उद्धेश्यमुलक कार्यक्रमहरु ?

    अब यस्तै हो भने त्यो भएको थोत्रो हाइड्रो प्लान्ट पनि कामै नलाग्ने हुन्छ अनी ७० घण्टा त के दिन रात नै लोड सेडिङ ।

  53. चोरि मात्र नियन्त्रन गर्ने हो भने पनि लोड सेडिङ आधा कम हुन्छ । मेरो घर चितवन मा पर्छ त्यहा लोड सेडिङ हुदा चोरि गर्नी लाई बढी टेन्सन हुन्छ करण चोरेर हिटर मा खाना पकाउन नपायको ले । मेन चोरि त ठुलो- ठुलो factory मा हुधओ रहेछ कर्मचारी हरु ले नै help गर्ने अनी कमिसन खाने ।

  54. Nepal ma Neta ko buddhi chain,

    kin bhane, disel bat electryicity nikalne gare.

    kin solar bat na nikalne.
    wind , solar are clean and cheap.

    oil corporation bat oil liyer YCL and youth force and Tarun dal and Daka minister and leader haru le bhag banda garna lai
    hosiyar neta haru ho………………//////

  55. UML and MAKUNE le ARUN III lai , environment disaster Bhaner Pharakai diye.

    Congress , i do not involve but I remember UML and Arjun Karki ( fake environmentalist) went to Switzerland, Geneva to oppose Arun III .

    Now we have to be in dark for years.

    Nepal has lots of rivers but why do not you produce electricity. Use all YCL, Youth force, Tarun dall for hydroelectricity project. you all get money if you work there based on your qualification and experience.

    Most of the Nepali will get job and we can sell electricity. why do not put budget in electricity producing.

    Chor leader haru corrption garna tir chan. Kasle banaune desh. afno chora lai computer operator banauchan PM le.

  56. लाल्टिन बाल्न थाल्नेकी !!!
    स्वत: बिजुली बत्ती बाल्ने समस्या समाप्त हुन्छ |

  57. पहिल त यो नेपाल पर्‍यो यहाँ जे गरे नि हुन्छ मलाई जहाँ सम्म लाग्छ पहिले अहिले को सरकार भन्दा पहिल आर्मी सरकार नै थिक्क लाग्छ ।।। यस्तो बन्द हदातल त्यती हुँदैन अनी जनता ले दु:ख त पौदैन।। आर्को कुरा पर्चन्द ले लोअद्सेन्दिङ के क्म हुने कुरा भन्यो अहिले नै थाहा भयो नि कस्तो हुन्छ भनेर त अन्तिममा सबै दु:ख पाउने त जनता नै हो ।। होऐन अहिले सम्म यो प्राधिकरण लाई प्रिवटे किन गर्दैन्।। नेपाल तेलिकोम जस्तो private गरे राम्रो हुन्छ नि जे होस् पनि नेपाल बिद्युत प्राधिकरण लाई सरकारी काम कहिले जाला घाम भनेर नै काम गर्दै छ कर्मचारी हरु लाई ।। मेरो बिचार मा सबै जनताले मिलेर प्राधिकरण लाई खतम गरे कस्तो होला न त लोअद्सेन्दिङ को तेन्सिओन त बती तेन्सिओन

  58. How about making investment by all NRN in hydro power plants…….. Beside crying and commenting we can think positively, creatively and on positive aspects of development so that we do not suffer 80hr/weak, how about that.

  59. पहिल त यो नेपाल पर्‍यो यहाँ जे गरे नि हुन्छ मलाई जहाँ सम्म लाग्छ पहिले अहिले को सरकार भन्दा पहिल आर्मी सरकार नै थिक्क लाग्छ ।।। यस्तो बन्द हदातल त्यती हुँदैन अनी जनता ले दु:ख त पौदैन।। आर्को कुरा पर्चन्द ले लोअद्सेन्दिङ के क्म हुने कुरा भन्यो अहिले नै थाहा भयो नि कस्तो हुन्छ भनेर त अन्तिममा सबै दु:ख पाउने त जनता नै हो ।। होऐन अहिले सम्म यो प्राधिकरण लाई प्रिवटे किन गर्दैन्।। नेपाल तेलिकोम जस्तो private गरे राम्रो हुन्छ नि जे होस् पनि नेपाल बिद्युत प्राधिकरण लाई सरकारी काम कहिले जाला घाम भनेर नै काम गर्दै छ कर्मचारी हरु लाई ।। मेरो बिचार मा सबै जनताले मिलेर प्राधिकरण लाई खतम गरे कस्तो होला न त लोअद्सेन्दिङ को तेन्सिओन त बती तेन्सिओन

  60. अंधेर नगरी चौपट नेता
    बिजुली पानी येता न उता
    न दृष्ठि न योजना
    न नै राष्ट्र हांकने चाहना
    नेपाल देश का नपुंसक नेता
    के गर्थे र ??इनी हरु
    किनकी शिखंडी हरु त मोहरा मात्र हुन
    इनी हरु अर्का को युद्ध का पात्र हुन
    तेसैले त शिखंडी हरु जन्मौ जन्म तपस्या गर्छन
    तर युद्ध कहिले जित्दैनन

    नेपाल का शिखंडी हरु लाई
    ७० घंटे लोड शेडिंग को श्रधांजलि

  61. इन्भट्रर बेच्ने लाई मालामाल,
    टुकिमारा बेच्ने लाई मालामाल
    बिजुली नबल्ने प्रधिकरणको तार किन?
    घर घरमा सोलार राख्नुस् टन्टै साफ !

  62. उमेश जी हार्दिक संवेदना का साथै तपाई का स्वर्गीय बुबा को आत्मा को चिर शान्ति को कामना गर्दै यो दुखद छण माँ सबै परिवार लाई इश्वर ले सहने शक्ति प्रदान गरुन भन्ने प्रार्थना गर्द छू

  63. insha allah sapai nepali le batti ko ujyaalo dekhna paunn chadai…
    khai kuro thoola thoola sunin chaan..tara malai chai asti hamro neta haru le MW 200 ko thermal plant haina RS200 ko thermocoat ko kura garya jasto lagyo?? confuse na hou sathi ho!!!!!!

  64. who raise the issue about nuclear plant power that is very great point for maoist in this point ?
    and they beg for charity for hydro power from developed country as it has become a great issue

  65. oho vanepachi ta nepal panima world ko second dhani hoina aba nepal world ko dark ma sabai vanda dhani po hune vayo ta hoinar ki kaso. ma sanga testo aru kunai plan chaina tara public bata uthayeko rajaswa sahi thauma use hunu paryo jasle sarkarle lagani garda yesto thauma lagani garnu paryo ki jasle nepal direct effect gari rakheko cha. example nepal ko khera gairaheko pani lai collection garera tesbata electric utpadan garnalai lagani chahincha so public bata uthayeko rakam wa rajaswa yesto thauma use hanu paryo jasle future ma yesari dark ma basna naparos.

    thank you
    ………..

  66. Not a problem….. we nepalese don’t know what shoudl be our priorities.. we fought all the time for democracy.. leaders were doing all sort of things, politics.. nothing else.. and here we are.. going back to stone age.

    COngratulations to Nepalese for this GREAT ACHIVEMENTs. Nepalese will be well-known all over the world.

    Thank you.

  67. सर्बप्रथम त बिद्युत चुहावाट रोक्नु पर्छ। जस्ले बिजुली चोरेर बालेका छन, तिनिहरुलाई कारबाही गरेर बिजुली चोरी नियन्त्रण गर्नुपर्छ। जनता हरु पनि सरकारी कुरा हो भने पछी बिगारनै पर्छ, चोर्नै पर्छ, सित्तैमा उपयोग गर्नु पर्छ भन्ने मानसिकता बाट बाहिर निस्कनु पर्छ। सरकारले पनि नयाँ नयाँ योजना हरु छिटो भन्दा छिटो ल्याएर लक्ष्य अनुसार धेरै बिजुली निकाल्नु पर्छ। बैकल्पिक उपायहरु पनि छन भने छिटो भन्दा छिटो अबलम्बन गरिनु पर्छ।

    Lwang Ghalel-4, Koleli, Kaski

  68. My friend the cost of nuclear palnt is more than the 10 years of budget of Nepal and the technician to build that power plant is not here in Nepal.

    It’s impossible for the small country like Nepal to build the power plant while there are the lions and tigers around. Because we are deer in front of the country like india and China.

  69. stop the 30% miss use, need good administration, accept proposals from big companies to have big hydropowers,

Comments are closed.