आमा विदेशिए बच्चाको विजोग

-आनन्द राई

रोजगारीको लागि विदेश जाने होडबाजीमा आमाहरु समेत लाइन लाग्न थालेपछि नाबालकहरु जिउँदो टुहुरा हुन थालेका छन्। पहिला पहाडे मंगोल मूलका केही जातिमा सीमित यो समस्या अहिले नेपालका सबै जात र क्षेत्रमा डढेलो झैँ सल्किएको छ। शिशु अवस्थामा आमाबाबुबाट प्राप्त हुने माया नानीहरुको नैसर्गिक अधिकार हो। तर ग्रीन कार्डको चक्कर एवं वैदेशिक रोजगारीको अधिक मोहले आमाहरु विदेशिन थालेपछि नेपालमा हुर्किंदै गरेका तिनका बालबालिकामा मनोवैज्ञानिक विचलनका डरलाग्दा समस्याहरु देखिन थालेका छन्।

-पाटनको एउटा स्कूलको गर्ल्स होस्टलमा रहेकी एक किशोरी आधारातमा केटाहरुको सेक्सनमा फेला परिन्। त्यो क्रम लामो समयदेखि चल्दै आएको थाहा पाएपछि स्कूल प्रशासनले ब्रुनाइमा रहेका अविभावकलाई खबर गर्यो। व्रिटिश गोर्खामा रहेका अभिवकले उल्टै याचना गर्दै भने- आउँदो अप्रिलसम्म जसरी पनि राखिदिनोस् न प्लिज।

-बौद्धको महँगो स्कूलमा राखिएका सुमन हाल क्यालिफोर्नियाबाट डलर पठाउने आमा पूर्णमाया र बाबु राम घलेलाई सम्झेर नरोएको दिन हुँदैन। स्कूल होस्टेलमा ‘घाँडो’ बनेका अवोध समुनले आमाबाबुलाई सम्झेर रोएको ‘अपराध’मा पटक पटक वार्डेनको पिटाइ खाइरहेका छन्।

माथिका घटनाहरु रोजगारका लागि आमाहरु बच्चा छाडेर मुगलान पस्न थालेपछि उत्पन्न विचलनका प्रतिनिधि नमुना हुन्। यस्ता खबरहरु टोल छिमेक र मिडियामा बढ्दो क्रममा देखिन थालेका छन्। आमाबाबु छाडेर गएका नानीहरुलाई पढाइरहनुभएकी भीमसेनगोलास्थित रिलायन्स स्कूलकी एक शिक्षिका त्यस्ता बालबालिकाहरुले अवर्णनीय मानसिक वेदना खेपिरहेको बताउँछिन्। नवजात अवस्थामा आमाबाबुको नियमित स्पर्श मुख्य खुराकको काम गर्छ। काउन्सिलिङमा विद्यावारिधि गर्दै गरेका मनोविज्ञ गं‍गा पाठक भन्छन्- ‘आमाबाबुको सोही स्पर्शले उनीहरुको शारीरिक र मानसिक विकासमा ठूलो भूमिका निर्वाह गरेको हुन्छ।’ उनीहरुले स्पर्शलाई नै खुशी वा रिस व्यक्त गर्ने अभिव्यक्तिको माध्यम पनि ठान्छन्।

आमा विदेशिँदा नानीहरुलाई कि बोर्डिङ स्कूलमा कि आफन्तहरु कहाँ छाडिन्छ। बच्चा छाडेर विदेश जाने श्रीमतीका श्रीमान्हरु पहिल्यै विदेश पुगिसकेका हुन्छन् वा जाने लाममा बसेका हुन्छन्। नेपालमै रहे पनि नानीका निम्ति बाबुको माया आमाको जस्तो हुँदैन। काठमाडौंका महँगा स्कूलहरु विदेश पसेका आमाबाबुका सन्तानहरु राख्ने थलो बन्दै गएका छन्। आमाबाबु महँगा स्कूलमा छोराछोरी राख्न पाएकोमा दङ्ग छन्। तर अनुशासनको लौरो देखाएर बोर्डिङ स्कूलमा राखिएका बालबालिकाहरु आमाबाबुको तिर्सनाले छटपटाउँदा धितमरुन्जेल रुन समेत पाउँदैनन्। यस्ता मानसिक दबावले बालबालिकाहरुमा मनोवैज्ञानिक विचलन पैदा गराउँदैछ। ‘आमाबाबुको प्रत्यक्ष हेरचाहको अभावमा नानीहरुको मन मष्तिस्क डर र अनिश्चितताले भरिन्छ। यस्तो अवस्थामा तत्काल भावनात्मक उपचार वा आमाबाबुको माया नपाए उनीहरुको संवेगात्मक पक्ष ध्वस्त भएर जान्छ’- पाठक भन्छन्।

मनोविज्ञान विज्ञहरु किशोरावस्था नकाटेसम्म बालबालिकालाई आफूँसँगै राख्नु यो समस्याको समाधान हो भन्छन्। तर पैसाप्रतिको अति मोह त्याग्ने र सन्तानप्रति बढी मानवीय भावना एवं मातृवात्शल्यता आमाहरुमा पैदा नभएसम्म यो समस्या घट्ने देखिँदैन।

(पत्रकार राईको ‘मुगलान’मा प्रकाशित लामो रिपोर्टको संक्षेप उदृतांश)

70 Comments

  1. Mumn…I really enjoy reading the comments on this platform of Nepalese diaspora. Worth visiting, indeed.

  2. यस्तो अवस्थाको सिर्जना कसैको जिविकोपार्जन गर्न पैसा कमाउनै पर्ने बाध्यताले र कसैको भने धेरै धन कमाउने महत्वकाङ्क्षाले भएको हो ।

  3. बिदेस लाग्नु रहर मात्र होएन हामी नेपाली हरु को बाध्यता पनि हो।मेरो विचारमा बच्चा बाबु आमा दुबइको समिप मा राख्न नसके पनि बाबु आमा मध्यए यक जना को काख मा हुनु पर्छ। सानो म बाबु आमा को माया मामाता नै बच्चा लाए ठुलो कुरा हो। बच्चा समिप मा राख्ने अनुकुल बनाएर बच्चा जन्मौनु बुद्दिमत्ता जस्तो लाग्छ

  4. Here not only the people who are leaving their child back home, the parents who are taking the child along with them to foreign land is also treating in the same way. Money is playing a great factor in life than the care for their children. This became one of the very challenging role for parents.

    It is a fact that one should earn money to live but the question is HOW MUCH???? I can see people working from early morning to night leaving their child with neighbour, housemate etc.. (not even with relatives… where can you find relatives in foreign land like in your own country??) and both parents goes for work though the income is sufficient to live. The wish to earn more money is the wish of everyone but if you have a child who still need your care then, in such circumstances, the parents should be able to sacrifice a bit of wealth for the sake of their child/children’s happiness.

    In fact, this is all upto the parents. Who really does think for their child can manage the situation but the parents who only wish to earn money and make a big deposit in bank will one day end up in great regret for not being able to take care of their child on the right time when their child needed them the most.

    Reality bites but reality is the bitter truth!!!!!!

  5. I appreciate your reply, Mr. Avishek, because MAN IS A BUNDLE OF MISTAKES: but we have to take a lesson from our mistake by committing not to repeat it again in future. Thanks.

  6. yo chai ho hai i have also seen many nepali mothers who are working here and are away from their family touch, they damn care their family, husband,…………?????????!!!!!!!1

  7. khai k vanu
    afno sano chhoripani nepal chha
    yo work permite ko tensionle full time kam garnu parne vayo
    hamilai school and collage ma very basic need matra pura vayakole chhorachoorilai testo naparosh jasto lagera yaso gardai chhu
    iam doing this things just to see my daughter’s future very best–nothing else-in this situation god and daughter will forgive me.
    –ki kaso sathiharu—————

  8. khai k vanu
    afno sano chhoripani nepal chha
    yo work permite ko tensionle full time kam garnu parne vayo
    hamilai school and collage ma very basic need matra pura vayakole chhorachoorilai testo naparosh jasto lagera yaso gardai chhu
    iam doing this things just to see my daughter’s future very best–nothing else-in this situation god and daughter will forgive me.
    –ki kaso sathiharu—————

  9. स न्ताप
    ————
    क ठ्याङ्रिएका मनहरु
    च्बास्स पोल्ने ‘प्रचन्ड ‘ राप देख्दा
    बत्तिको तापमा झुम्मिएका पुतली झुम्मिए झै
    झुम्मिएर —
    घन घोर अघोर घन श्याम बादल टुक्राहरु
    गजुर भरी —
    गगन भरी —
    नेपाल भरी —
    भयन्कर को आक्रिती मुनी
    गरुडको छायामा
    सर्प गुट्मुटिए झै –
    त्यस्तै
    मान्छे काप्दै
    थ र् र र् रर
    एक डल्लो भएर
    डराउदै —
    अनी ,
    आश पनि गर्दै
    आश ! फगत आश —
    बादल को परिवर्तन बर्षामा
    प्रचन्ड तापको परिवर्तन उर्जामा–
    फगत आश —
    पेट भर्ने आश –
    सपना भर्ने आश —
    सब ब्यर्थ हुँदै छ
    न प्रचन्ड ताप भो उर्जा
    न बादल भो बर्षा
    न मेट्न सक्यो स न्ताप
    न भेट्न् सक्यो प्रताप –
    बरु झन थपियो अभिसाप –
    देखिदै छ भबिस्य अध्यारो को
    बिश्बास क म् उज्यालो को
    भौतारिदै छ ज्योति ‘पाला’ को
    बिजोग हुँदै छ ‘लालाबाला’ को –!
    °

  10. every coin has its two side. There is a question of overall development and personal development. Rome was not built on a day likewise Nepal have to be built tara but kintu parantu it takes time. Nowadays people are walikng away from home but have to compromise there is a new dawn. the economic progress and naturally the day is near kids of today and the future kids will be enjoying their parents sacrifice. harek kuralai negatively naherau.samjhauta garna jaroori cha. gharmai basera dhido ra saag khayera yo sansar ma astitwa joginna have to move out and see the world for better.Good luck big hearted parents.
    Bijita

  11. all i know is nepali people do not know how to talk,they think they know every thing,but they really do not,and they do not want to know anywat specially who is liveing out of Nepal

  12. ” सन्तान को बिजोग ”
    ——————-
    क ठ्याङ्रिएका मनहरु —
    च्बास्स पोल्ने ‘प्रचन्ड ‘ राप देख्दा
    बत्तिको तापमा झुम्मिएका पुतली झै
    झुम्मिए —
    घन घोर घनश्याम बादल टुक्राहरु
    गजुर भरी —
    गगन भरी —
    नेपाल भरी —
    भयन्कर को आक्रिती मुनी
    गरुडको छायामा
    सर्प गुट्मुटिन्छ —
    त्यस्तै —
    मान्छे काप्दै
    थ र् र् र् —
    एक डल्लो भएर
    डराउदै —
    अनी ,
    आश पनि गर्दै
    आश ! फगत आश —
    बादल को परिवर्तन बर्षात मा —
    प्रचन्ड तापको परिवर्तन उर्जामा —
    फगत आश —
    बाझो जमिन भिज्न
    खेती बालिको आश –
    पेट भर्ने आश
    सपना भर्ने आश —
    सब ब्यर्थ हुँदै छ
    न प्रचन्ड ताप भो उर्जा
    न बादल भो बर्षा —
    न मेट्न सक्यो स न्ताप –
    न भेट्न् सक्यो प्रताप
    बरु झन थपियो अभिसाप —
    देखिदै छ भबिस्य अध्यारो को
    बिश्बास क म् उज्यालोको
    भौतारिदै छ ‘पाला ‘ ज्योति को —
    बिजोग हुँदै छ ‘लालाबाला’ को — !
    °

  13. ” सन्तान को बिजोग ”
    ——————-
    क ठ्याङ्रिएका मनहरु —
    च्बास्स पोल्ने ‘प्रचन्ड ‘ राप देख्दा
    बत्तिको तापमा झुम्मिएका पुतली झै
    झुम्मिए —
    घन घोर घनश्याम बादल टुक्राहरु
    गजुर भरी —
    गगन भरी —
    नेपाल भरी —
    भयन्कर को आक्रिती मुनी
    गरुडको छायामा
    सर्प गुट्मुटिन्छ —
    त्यस्तै —
    मान्छे काप्दै
    थ र् र् र् —
    एक डल्लो भएर
    डराउदै —
    अनी ,
    आश पनि गर्दै
    आश ! फगत आश —
    बादल को परिवर्तन बर्षात मा —
    प्रचन्ड तापको परिवर्तन उर्जामा —
    फगत आश —
    बाझो जमिन भिज्न
    खेती बालिको आश –
    पेट भर्ने आश
    सपना भर्ने आश —
    सब ब्यर्थ हुँदै छ
    न प्रचन्ड ताप भो उर्जा
    न बादल भो बर्षा —
    न मेट्न सक्यो स न्ताप –
    न भेट्न् सक्यो प्रताप
    बरु झन थपियो अभिसाप —
    देखिदै छ भबिस्य अध्यारो को
    बिश्बास क म् उज्यालोको
    भौतारिदै छ ‘पाला ‘ ज्योति को —
    बिजोग हुँदै छ ‘लालाबाला’ को — !
    °

  14. ” सन्तान को बिजोग ”
    ——————-
    क ठ्याङ्रिएका मनहरु —
    च्बास्स पोल्ने ‘प्रचन्ड ‘ राप देख्दा
    बत्तिको तापमा झुम्मिएका पुतली झै
    झुम्मिए —
    घन घोर घनश्याम बादल टुक्राहरु
    गजुर भरी —
    गगन भरी —
    नेपाल भरी —
    भयन्कर को आक्रिती मुनी
    गरुडको छायामा
    सर्प गुट्मुटिन्छ —
    त्यस्तै —
    मान्छे काप्दै
    थ र् र् र् —
    एक डल्लो भएर
    डराउदै —
    अनी ,
    आश पनि गर्दै
    आश ! फगत आश —
    बादल को परिवर्तन बर्षात मा —
    प्रचन्ड तापको परिवर्तन उर्जामा —
    फगत आश —
    बाझो जमिन भिज्न
    खेती बालिको आश –
    पेट भर्ने आश
    सपना भर्ने आश —
    सब ब्यर्थ हुँदै छ
    न प्रचन्ड ताप भो उर्जा
    न बादल भो बर्षा —
    न मेट्न सक्यो स न्ताप –
    न भेट्न् सक्यो प्रताप
    बरु झन थपियो अभिसाप —
    देखिदै छ भबिस्य अध्यारो को
    बिश्बास क म् उज्यालोको
    भौतारिदै छ ‘पाला ‘ ज्योति को —
    बिजोग हुँदै छ ‘लालाबाला’ को — !
    °

  15. सबै मान्छे हरु को समस्या एकै हुदैना / हवादारी कमेन्ट नालेख्दा राम्रो हुन्थियो / हाम्रो समाजमा आफु मात्रै जान्ने बुझने अरु लाई कही आउदैन भन्ने मानसिकता बोकेर बिषय को गहिराई नबुझी बिद्धुत्ता नादेखौदा राम्रो हुन्छ /

    बिमल अधिकारी

  16. के बिदेशिनु सबै को रहर होला र ? बाध्यता पनि त होला नि साथी हरु बरु देशैलाई मायामारेर नफर्कनु चाँही हुँदैन है /

  17. चीची (पैसा) र माम (पारिवारिक सुख) दुबै त पाएको पाई भो. चाहे देशमा बस्नुस अथवा बिदेशमा, पैसा को पछाडी दौडे पछि, कही मतलब हुदैन. येती सम्म हो की, बच्चाहरु आफ्नो अगडी भयो भने मन मा आनंद हुन्छ, तर पैसा को पछाडी दौड़ने लाई त त्यो पनि मतलब हुदैन. फेरी आमा, बुबा साथै हुने बितिकै बच्चा हरुको upbringing राम्रो हुन्छ भन्ने पनि त छैन नि. बिशेस गरी बिदेश मा नेपाली परिवार मा आमा, बुबा सबै काम गर्छन, अनी सांचो रूप मा भन्ने हो भने, आफ्नो बच्चा ले के गर्दै छ, के पढ्दै छ, संगत कस्तो छ, त्यो सोध्ने फुर्सत पनि हुदैन. तेसैले चाहे देश मा बस्नुस वा बिदेश मा आफ्नो बच्चा लाई टाइम दिनु नै महत्वपूर्ण कुरा हो.

  18. Yes, I can feel the depth of the above articles. I have seen many childrens who had lost their way and the circumstances they are facing on. It’s the right of childrens to get proper care from parents however the situation is found to be different in practical. However let’s wish every child in our society should not suffer from the above reasons.

  19. हुन त म अहिले एक्लो छु तर जब म मेरो त्यो बेलाको कल्पना गर्छु, टेन्सन भएर आउछ। त्यसैले आफ्नो परिवारलाई पनि आफ्नो साथमा राख्न सक्ने अबस्था नभउन्जेल सम्म बिहे पनि नगरु जस्तो लागि रहेको छ।

  20. आदर्णीय कमेन्त्मा पाल्नु भएका महानउभाबहरू हो ,

    पर्देशिनू कसैको रहर होइन त्यो त सबैको बाध्यता हो !
    आफ्न कलीला बाल्बच्चाका सुन्दर अनी सफल भबिश्यको खोजी गर्दै आमा बाबु पर्देशिनु त कर्तब्य हो ! तमु पर्बत् हाल अष्ट्रेलिया

  21. हामी नेपालीहरुलाई खाली किन अरुको गल्तीलाई मात्रै नियाल्ने बानी लाग्छ । एउटा comment को कुरा होस या अरु कुनै । वास्तविकता बुझ्ने प्रयास गरे राम्रो हुन्न र ? के यहाँ ईंग्लिश अनी नेपाली कम्जोर बोल्नेले एउटा खिल्लिको पात्र नै बन्नु पर्छ ? सबैको आ- आफ्नै कम्जोरी हुन्छ । हामी हाम्रै कम्जोरिलाई नियाल्ने तर्फ लाग्ने पो हो कि ??

    Israel

  22. तेस्ता बाबा आमा लाई धिकार होइन
    हजुर बरु धन्दे भन्नु होस् तिनै बाबा,
    आमा ले कमायाको पैसा ले देश को
    अर्थ तन्त्र चलेयको छ हजुर नत्र देश
    ऐले सम्म यो अवस्था मा पनि हुनी
    थ्यन हजुर
    उमाकान्त
    मलेशिया

  23. अब क् गर्न सकिन्छ र यो सब देशको परिस्थिती र माहोलले श्रीजना गरेको स्थिती हो नेपाली समाज अहिले डोलर कमाउने खेतिको कम्पिटिसनमा छ। गरीब मुलुक भएर के गर्ने पश्चिमी मुलुक हरुको दाजो र् सिको गर्दै आफ्नो रितिरिवाज्लाई थन्क्यएर बिदेशी सस्कृतिको नक्कल गर्न नसके पाखे भइन्छ यो समाजमा। सबैलाई आफ्नो देशमा पेरिस्रम गर्न लाज लगिरहेको छ अथवा पेरिस्रम गरेजसो आम्दानी र कामको मुल्ल्यङ्कन हुन सकेको छैन। सबैभन्दा ठुलो लगानी पढाईका निम्ती गरेपनी तेसै अनुसारको सिप र उपयोगी छैन। अर्को पट्टी शिक्षाण सस्थाहरु पनि उचित,सुहाउदो र ब्यहरिक शिक्षा दिन सकिरहेको छैन। देशको एस्तो सम्बेदनशील संस्थाहरु पनि ब्यापारइक करणले ग्रस्थ छन। उस्लाई नि पैसा नै सोहोर्ने ध्यौन्नमा छ।मलाई लाग्छ भौगोलिक दृष्‍टिकोणले सुहाउदो सिपमुलक र ब्यवहरिक शिक्षा लाई बदवा दिने हो भने र यो सबै सिप र श्रमलाई आफ्नै भुमिमा उपयोग गराउन सक्ने महोल श्रीजना गर्ने हो भने मात्र देशले कचुली फेर्दै यिसबै समस्याको समाधान हुँदै जाला। तर यो सब मिलाउने जिम्मा देश हाक्ने नेताहरुमा भर पर्छ। नेपाली नेताहरु कस्ता छन त ,,,,,,,,,,,,,,,,,,,,,???????
    from UAE

  24. के गर्ने त ? जीवन चलाऊन $ चाहियो नि ! अनी बच्चाहरुलाई एकलैइ नछोधी धर नै छैन । कि सरकारले प्रयाप्त रुपमा रोजगारको ब्यबस्था गरिदिनु पर्‍यो । अनी को जाओस त बिदेश !

  25. खोई कस्तो कुबुद्दी भएका बाऊ-आमाहरू हुन कुन्नी?

  26. कृष्णजी ,
    नेपाली मा लेख्ननुस्न ,
    नजानी नजानी अङ्रिजी मा किन लेख्न प्रर्यो ?
    कती लाज नलाग्नी ?
    शर्मा

  27. yestai ho afnu desh ma kunai pani asha nabhayeko le garda nai paristhiti pareko ho yo.chor raai chor le bhariyeko hamra neta nepali le pashina ko pashina nai maridine bhaye.

  28. this is absolutlty correct. It happend because of unemplyoment,unstable countery situation and so on. children are along. parents too .they are serious about children but they can’t do anything. Now I am in america my children are with my my wife in nepal. I am seroius. Like me other too. Most of parents are in abroad children are along. I don’t think so it has easy solution. We must have oppertunity there.
    If again country’s coundition does not go better children situation will be again more terrible. Our children will be parentless. It is sure. Unless political leader don’t think for sustainable solution we alwayes suffer.
    pls Do in time. Tomarrow never come.

  29. आफ्नो सन्तान को हेर्चाह नगरने त्य्स्त्त बाबु आमा लाई बच्चा जन्मौने अधिकार पनि चाइना जस्ले आफ्नो सन्तान को हेर्बिचरा गर्न सक्दिननन उनी हरु लाई माया को जरुरत हुन्छ जुन कुर उनी हरु ले पौदैनन। पैसा सबै कुर होएन भने कुर उनी हरु को दिमागमा कहिले आउचाह कुन्नी तेर तेती बेला सम्मम धिल भाईसकेको हुन्छ।

Comments are closed.