बुसमाथि जुत्ता बजार्ने पत्रकारलाई अब के गर्ने ?

-सूर्य खड्का-

मुन्तजर अल जैदी। एउटा जोशिलो पत्रकार। एक सामान्य रिपोर्टरको काम गर्दा रहेछन् बग्दादिया टेलिभिजन च्यानलमा। एउटा टेलिभिजन रिपोर्टरका रुपमा चलाउँथे कलम, क्यामेरा, माइक। तर, १५ डिसेम्वर २००८ का दिन उनलाई चलाउन मन लागेन छ – कलम, क्यामेरा। चलाए जुत्ता, आफैले लगाएको। बर्साए जुत्ता संसारको शक्तिशाली राष्ट्रप्रमुखको टाउकोमा। हजुर, अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसमाथि कलम प्रहार भन्दा जुत्ता प्रहार बढी राम्रो देखे उनले। अनि त समाचार बनाउने जैदी बने आफैं समाचार।। मात्र समाचार हैन, तात्तातो समाचार संसारभरकै लागि। संसारको एकल शक्ति राष्ट्रका प्रमुखका रुपमा अमेरिकी राष्ट्रपति बुसले इराकमा आक्रमण गर्दा, अमेरिकी नेतृत्वमा बहुराष्ट्रिय सेना तैनाथ गर्दा, गृहयुद्धमा फस्यो इराक। कति मारिए, कति युद्ध पीडित भए, हिसाव प्रष्ट छैन। प्रजातन्त्र र मानवाधिकारको आवरणमा राष्ट्रपति बुशले न्याय गरेका थिए इराक र इराकीमाथि भने पक्कै उनी अमेरिकी राष्ट्रपतिकै इतिहासमा सर्वाधिक अलोकप्रिय हुँदैनथे। इराकमा अमेरिकी हमला र दवदवाले सिध्यायो सद्दाम हुसेनको शासन र इहलिला। अन्ततः मारिए सद्दाम अमेरिकी इशाराको न्यायलयको फैसलाका आधारमा। तर, मारिएन-इराकमाथिको हमलाको तुष। मेटिएन विद्रोह इराकीको-अमेरिकी र पश्चिमी विरुद्धको।

अल बग्दादिया टेलिभिजनका संवाददाता जैदी पत्रकार भन्दा बढी अमेरिकी थिचोमिचोका अचानो बनेका लाखौं इराकी जनताका प्रतिनिधि बने। उनले बुसमाथि जुत्ता हानेर अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेको प्रतिक्रिया उनी कार्यरत टेलिभिजन अल बग्दादियाले दिएको छ। यसले प्रष्ट पार्छ सो च्यानल आफ्ना रिपोर्टरको बचाउ गर्दै इराकी संप्रभुताको तुष र अमेरिकी थिचोमिचोको खिलाफमा छ। मतहरु विभाजित छन् पत्रकार जैदीले ठीक, बेठीक गरेको भन्नेमा। जैदीले ताकेर बुसलाई दुई पटक जुत्ता प्रहार गरेको दृष्यका साक्षी इराकी प्रधानमन्त्री नुरी अल मलिकीका सरकारी अधिकारीका शब्दमा यो आक्रमणले इराकी पत्रकार र पत्रकारिताको मर्यादालाई नोक्सान पुर्‍यायो। जबकि पत्रकार जैदीले ठीक गरे भनेर इराकी राजधानी शहर बग्दादको सद्र जिल्लामा प्रदर्शन गर्नेहरु पनि बाक्लिँदै छन्। जसले उनको शकुशल रिहाइ माग्दै उनको जुत्ता प्रहार कदमलाई सलाम गरेका छन्।

इराकमाथिको हमला कति दुःख्यो होला इराकीहरुलाई? शायद अचानाको चोट खुकुरीलाई के थाहा भने जस्तै हो -राष्ट्रपति बुसलाई। इराक आक्रमणको दौरानमा पाकिस्तान, अफगानिस्तान वा अन्य मुस्लिम दुनियाँले कति हैरानी व्यहोर्‍यो – हिसाब पूरै बेहिसाब छ। कति आणविक शक्ति जुटाए अमेरिकी र पश्चिमाले त्यो पनि बेहिसाबै छ।

तैपनि आतंकवादको छायाँ त टसको मस नै भएन बरु हिन्दुस्तानसम्म आइपुग्यो। आफ्नो कार्यकालको आखिरी घडीमा राष्ट्रपति बुसले पत्रकार जैदीमार्फत् जुन दश नम्बरको जुत्ताको प्रहार पाए उपहारका रुपमा, यसले दमित, उत्पीडित र प्रताडित इराकी प्रतिरोध पोखिएको छ अमेरिकी र पश्चिममाथि। जुन हल्का ढंगले राष्ट्रपति बुशले यो प्रहार बचाउने कोशिस गरे पनि अमेरिकी पश्चिमाहरुलाई यो इराकी उपहार निकै महंगो परिरहने छ – जबसम्म तिनले आफ्ना सैनिकहरु फिर्ता गर्ने छैन बग्दादबाट। लोभीपापी र अतिक्रमणकारी नजर हटाउने छैनन् स्वाधीन इराकबाट।

यो घटना- बलियो हुँदैमा दादागिरी स्वीकृत हुँदैन भन्ने नमूना त बन्यो नै। दमित र प्रताडितहरु सुरवीर बन्न जोखिम मोल्न पछि हट्दैनन् भन्ने नजीर पनि हो। शासकहरुको मनपरी स्वीकार्य हुँदैन सँधैभरी, सबैलाई। यो पाठ हो जो दुःखद यथार्थ बनेर बल्झिएको छ। धन्न हाँसी हाँसी गद्दी त्याग गरेर नारायणहिटीबाट नागार्जुन सरिरहँदा बुद्धि पुर्‍याए छन् तत्कालीन राजा ज्ञानेन्द्रले। कम्तिमा नेपाली ज्ञानेन्द्रको जस्तो बुद्धिमता पनि नहुँदो रहेछ बुसको र .. हाइहाइको विदाइको सट्टा जुत्ता प्रहारको उपहार मिल्यो बुसलाई। धन्य बुस जे रोपे जे दिए, त्यही त पाए।

एउटा पत्रकारको धर्म त्यो थियो, थिएन, हो होइन भन्ने अर्को फरक पाटो हो -बहसको। तर, स्वतन्त्रता माथिको हमलामा पहिले पत्रकार पनि स्वतन्त्रता सेनानी बन्नुपर्छ – यही सन्देश दिए जैदीले। यो सन्देश हजम गर्ने नगर्ने त बाँकी सवैको हक छँदैछ। उनको ससम्मान रिहाई र सुरक्षित पत्रकारिता यात्रा अमेरिकी परिभाषाको प्रेस स्वतन्त्रताबाट ग्यारेण्टी होला, नहोला। तर, कामना गर्नैपर्छ-जुत्ता प्रहारको उपहारमै मारिनु हुन्न जैदी र जैदीहरु। न्यायिक छानबिन र कारवाही त तत् देशको कानूनी प्रक्रिया हो जसलाई सलाम पनि गर्नुपर्छ, पर्दैन त ?

बुसलाई कसरी जुत्ता हानिएको थियो, हेर्नुस् त-

67 Comments

  1. I think Mr Journalist is much angry with his shoes…He ought to ask forgiveness from his own shoes…it has nothing to do with Bush though he is exposed world terrorist.

  2. प्रचन्डजी होसियार है यो सुर्य खड्का ले जुत्ता ले हन्ला ।

  3. Please don’t try to compromise journalism with your personal emotions. I don’t know how our journalists can support this kind of act by any person! Iraq is suffered by the USA is a different matter; but it does not mean that you just throw shoes over president. These muslim countries are innovating new-and-new ideas of harming others, because of which all human kind will suffer in future~ Just think how active
    Bush was in 1 second to save him. Otherwise he would have been hurt badly. I am not a supporter of Bush, but it does not mean that we should provide our feedback in such a way!

  4. अरु मित्र हरुले जे भनेपनी मलाई भने जुत्त हनेको भीदियो हेर्दा धेरै रमाइलो लाग्यो।।।।।।।।।।।।।। 🙂

  5. this jurno did it inorder to vent his ire upon Bush, the president but i dont applaud him, for this is not an act that a civilised citizen like a journalist can do to a prez,be it of USA or of Iraq………i am against his shameful act not bcoz i like Bush but bcoz morality matters here……….

  6. जुत्ता हान्नै पर्नेहरू

    १ गिरिजा
    २ माकुने
    ३ कमल थापा
    ४ देउवा
    ५ प्रचण्ड वैकल्पिक सूचिमा

  7. आफ्नो पेसागत हतियार कलम प्रयोग नगरि सन्सारमा नाम मात्रका लागि आफ्नो बिदेसी पाहुनाको बेज्जत हुने कार्य गर्नु इराकी कानुनको मात्र नभै पत्रकारको आचार सम्हिताको समेत बिपरित कार्य गरेको हुँदा सजाय पाउनु नै पर्छ । आतंककारीहरु जुन रुपमा भएपनी निर्मुल गर्नै पर्छ। बुसले आतंककारीको बिरुद्दमा गरेको कार्ये सर्हनिय छ र तेस्रो बिस्व युद्द हुनबाट रोकेको छ । आतंककारी बिरुद्द बिस्व एक हौ ।

  8. He is the hero of this 21st century.he has done right thing.He should be release as soon as fast.

  9. अराजक इराकी पत्रकार !!! बुशलाइ र रिपब्लिकन पार्टीलाइ अमेरिकी जनाताहरूले दंड दिइ सके-ग़लत निति लिएको कारणले !

    Responsibility र “Objectivity” बिनाको बिचारको स्वतन्त्रताको प्रवर्दन गर्न खोजने र पत्रकारिता र मीडिया गलतीक्षम्य हुन सक्दैन भन्ने सोंच राख्ने पत्रकारिताको प्रयोग नेपालमापनि केही नव-मीडिया tycoon हरुले येदकदा गर्न खोजेको देखिन्छ !

    जहासम्म पूर्ब राजा ज्ञानेन्द्रले हांसी-हांसी गद्दी छोडेको कथन छ – त्यों एउटा राजनितिमा टिप्पणी गर्ने पत्रकारले एकदम subjective रुपमा गरेको अराजनीतिक ब्याख्या हो !

    पूर्व राजा ज्ञानेन्द्रले पार्टीहरु र माओबादिलाई ल भैगो अब तिमीहरुनै शासन गर भनेर “सहानुभूति” दियेर छोडेर हिडेका होइनन! राजतंत्रको नष्ट गर्न १० बर्ष लड़ाइ गरेका माओबादीहरुलाई संसारबाटै पूरा अलाग्यायेर दबाउन खोज्दापनि दबाउन नसक्नु, राजाबादी भनिने पार्टीहरुले संबिधान सभाको चुनाबमा ३ प्रतिशतपनि भोट नापाउनु, र गंणतंत्रको वकालत गर्दै हिडेका माओबादी पार्टीलाइ संबिधान सभामा सबै भन्दा धेरै भोट प्राप्त हुनु आदि कारणले पूर्ब राजा ज्ञानेंद्रले हांसी हांसी गद्दी छोडेका हुन !

    जहासम्म पूर्व राजा ज्ञानेन्द्रले गद्दी नछोड़नपनि सक्थे भन्ने logic छ त्येस्मापनि कुनै दम छ जस्तो लाग्दैन ! राजनीतिको पहिलो सत्य के हो भने हारने लड़ाइ कोही पनि गर्न चाह्दैन र ३ प्रतिशतपनि जनमत नभएको अवस्थामा २३९ बर्षको शासनको अनुभब गरेको ब्यक्ति म जित्छु भनेर पकै हिदैनन! मरनु भन्दा बहुलाउनु बेस भने झै काटिनु र मारिनु भन्दा आफ्नै देशमा हांसी हांसी बाच्नु धेरै बेश ठानेर नै उनले सहज किसिमले गद्दी छोड़ी दिए ! जनताको मतलाइ साँचो अर्थमा सम्मान गर्नु त्यों चाही उनको एउटा ढिलै भयेपनि प्रजातान्त्रिक कदम हो भनेर भन्दा चाही अली objective ब्याख्या हुन्छ होला !

    जहासम्म उनको पक्षमा सैनिक थियो, उनले गद्दी नछोड़न सक्थे भन्ने तर्क आउला, त्यों पनि राजनितिक रुपमा प्रयोग भईसकेको अवस्था थियो ! राजनीतिको अर्को सत्य के हो भने militarily जीतेर मात्र स्थापित हुन सकिदैन politically पनि जित्न सक्नु पर्छ ! उदाहरणको लागी अमेरिकाले militarily इराक़मा जित्यो तर आज अमेरिकाको हग्नु र मुत्नुको अवस्था छ इरॉकमा किनकी politically जित्न सकेन ! तर नेपालको राज्संथाको रेखदेख गर्ने नेपाली सेनाले त माओबादिलाई militarily पनि निमित्यान्न पार्न सकि रहेको थिएन यधपि पूरा संसारले नैतिक र सामरिक सहयोग दिइरहेको अवस्थामापनि !

    आशा गरौ पत्रकार खडका ज्यूँबाट अली technically correct लेखहरु प्रस्तुत हुनेछ !

    ब्यवसायिक पत्रकारहरुले voluntarily अपनाउनु पर्ने केही धर्महरु:- http://www.spj.org/ethics.asp

  10. खै के खै के माथिको धेरै जसो मित्रहरुले त्यो पत्रकार ले जे गर्‍यो ठीक गर्‍यो भन्ने नै छ तर मलाई भने त्यो पत्रकारले ठुलो गल्ती गर्‍यो जस्तो लाग्छ । किन उसले बुसमाथि कलम चलाऊन सकेन ? कलम चलाऊनु उसको पेसाहो नकी हतियार ,अस्त्र – सस्त्र त्यो जुत्ता पनि एउटा हतियारनै हो । ल भन्नोस त्यस्तो नेता वा कर्मचारी जो कसैले राष्ट्रिय हितमा काम गरेका छैनन तिनी हरुलाई जुत्ता ,चप्पल , ढुङ्गा ले हान्दै हिंड्ने ? अनी ति पत्रकार के को साहसि जाबो जुत्ता हान्दा त्यहा त हर रोज आत्म्घाती बम नै पद्काउछन नि ज्यान नै माया मारेर । अब तिनी हरुलाई नि वा क्या साहसि सलाम पनि भन्नेकी अझ ?
    अनी जतिनै मानब अधिकार कर्मी खोके पनि त्यो पत्रकारलाइ इराकी कानुन अनुरुपको दन्ड जरुर मिल्छ यसमा शंकै छैन ।

  11. बु श को अत्याचार को प रि णा म हो त्यो । त्यो जुत्ता को थप्पड बु श लाई मा त्र नभएर बु श प्रब्रिती का सबै लाई हो ।
    यस्तो हुनु नै पर्थियो – जस्ले गर्‍यो उस्लाई साधुबाद ।
    यो घटनाले ठुलै राजनीति रुप लिने छ ।
    अब हेर्नु छ बिश्बका मानब अधिकार बादी हरु कसरी जैदिलाई न्याय दिन लागि पर्छन ???

  12. मान्छे छुसिले जती फुर्ती लाये पनी,र जती माथी पुगे भनेर फुर्ती गरेपनी , घृणा ,क्षोभ ,बदलाको भाबना ,घमंड अधिकांस माँ लुके को हुन्छ |तेसैले यो कुनै नौलो कुरा भएँन |
    मेरे नजरमा जुत्ता खाने र जुत्ता हान्ने दुबै दोषी हुन् |जुत्ता खाने मानब जातिको कलंक हो ,जुत्ता हान्ने ले पद अनुसार को आचरण न गरेको हो |त्यों जुत्ता खानेलाइ ,नेपाल को बाबुराम,प्रचंड लाइ ढिलो चाडो परमेश्वर ले ठुलो दंड दिनेछन|यिनिहरू ले धेरै मान्छे मारेका छन |
    जुत्ता हान्ने नादान हो ,छोदिदिनु पर्ने हो तेस्लाई |

  13. It looks like Surya ji does not have any clue about the history. I have a question with him. What happens if Indian army comes to Nepal and try to claim the country. If people like bush is not their, Nepal would be 23rd State of India. Think about that. Also, every rupees you spent on oil 10% used to go back to Iraq, but did you see the Iraqi people and its town. There was nothing, no water, no telephone, so freedom – nothing. Saddam killed millions of Iraqi people for his own pleasure. Mr. Surya where did you go at that time? All the oil money were used by Saddam for his own facilities and luxuries without anything for people. Father Bush was the one who stopped Saddam from taking over other’s country. If India tries Nepal and Bush help Nepal fighting with India who do you support for? Do you support Indian leader or Bush. Do not forget what Saddam and Iraq did to others. Do not forget what all those terrorists did to others. Imagine if there is no country like USA fighting against terrorist, country like ours can not handle it alone. We would be suffering from these terrorists like we did in the past. Now, due to the Bush, see the difference between past and current troubles from these terrorists. Tomorrow, it is possible that India comes to Nepal, in that situation we need country like USA and leader like Bush who will fight for our freedom – otherwise we would be 23 State of India. Prachanda would kill another 20,000 people if there is a lack of such global leadership in the world or if Saddam was not punished Prachanda would be another Saddam.

    And, shame on that reporter who try to act like terrorist. All journalist should oppose his action, otherwise what is different between terrorist and journalist?

  14. That journalist should be the hang or give him life imprisonment sentence .He forgot what was his duty,that kind of person can,t be jornalist.Journalist should be equal to everyone.That,s why they get entry in very sensitive place.

  15. You r right Raj ji. But the matter is not about justyfying the black listed people like Bush or Shaddam. Whether Bush is well than Shaddam or not, this is not the subject. But, this journalist what ever he did, is right or wrong? this is the point. Being a journalist, he might have done wrong but first of all he is an Iraqi citizen. Try to realise that his country which is facing much troubles due to this bush. Any way his attacks over bush gave satisfaction to the people of Iraq and world. We don’t know which punishment may he get by court but anyway he is like to be the national hero or world hero.

  16. Its nice to read the article and the comments as if it was in hands of commenters to decide what to do and not to do on the subject.It sounds funny people giving example about other countries why couldnt we Nepali throw shoes at Parchanda;Grija or Gayenedra or any corrupted leader.Shall we belive that reporter would still live if he had thrown shoes at Saddam hussain.He got this freedom after Saddam was down,,Ofcourse Bush did not choosed right way to stop Terrorism we can say it because it brought worse consequences but if in other way when there had been peace and lot of development and economical growth in Iraq after war thenn Bush would have been Hero and Iraqies would have great respect ….so its all how story turned but Bush is alone not reponsible ,he was just a political figure there were 24 countries behind him and America being the most powerful country Bush came into media as the reasion for this war thats all.

    This terriosts can do whatever they want but nobody says anything but we yell at political figurs when they do somthing beacuse we know they are not dangerious like terriosts.Well that was aggresivness of the reporter but he must also be able to throw shoes at Binladen and Alkaida then we say him Brave.After all the people or tribe who go against mankind and Humanism are not frend of anyone they must be corrected if not every little Group of people will born with weapons and this has already started in Nepal….Maoists against government and now kids groups who are raising against Maiosts and this will hatch into uncountable rebels….We are still to face this…

  17. “Hats off” for the reporter for such a courage.

    Bush is also a terrorist who killed thousands of people in Iraq, the reason of american atttak to iraq is not well justified. so bush also should be brought in international court for against death of thousand of Innocent peoples of Iraq.

  18. whoever do illigal job they have to lock in jail. it’s does not matter jurnalist or president.legal and illigal have to be determined by court.

  19. wow nice aaja bush lai hirkaye jadi le bholi meropalo prachandalai hirkaune.kin ki bush ra parchanda ko sarkar sanchanlan niti aeutai cha tapai hami le bujhnu parcha ki bush ra parchanda aeutai ghar ka mauri hun.

  20. Bush euta schcha neta ho jo harami atankabadi ko birudhdha vidna sakchha teskaran bush lai jutta hanne lai karbahi hunu parchha jasle atankabadi ko birudhdha ladne lai jutta hanchha .K saddam jasto neta lai karbahi nagarera ful mala lagai dine ? mathi sathiharule nabujhera bushlai gali gare jasto chha .chhati ma hat rakhera sonchnuhos ta sathi…..

  21. पत्रकार द्वारा आक्रमण भएको बिषयलाई हट केकको रुपमा पस्केर प्रतिकृया बटुल्ने जमर्को त गर्नु भयो खड्का जी ले तर त्यसको गहिराईमा पुग्नु भन्दा टालटुले ढंगले सामाग्री प्रस्तुत गरेर बुशको अलोकप्रियाता र पूर्वराजाको सिंहासन त्यागको बिषयलाई जोडेर अन्यौलता श्रीजना गर्न खोज्नु भयो । यो तेती सोभा दिने काम भएन खड्का जी को । घुमाई फिराइ रुम्जाटार भने जस्तो भयो । बूश जनताद्वारा निर्बाचित राष्ट्रपती थिए भने ज्ञानेन्द्र बंशानुगतरुपमा जन्मका आधारमा राजा भएका थिय । बूशले नचाहेर पनि आफ्नो कार्यकाल पछी ह्वाईट हाउस छोड्नु पर्थ्यो भने पूर्व राजाले त्यो पर्दैनथ्यो । कुन बाध्यता,आफ्नो कमजोरी वा अर्काको कमजोरिले छोड्नु पर्‍यो त्यो थाहा भएकै कुरा हो । समय चक्रमा सहि ढंगले चल्न नजान्दा माथ खाईन्छ भन्ने कुराको प्रमाण हो त्यो । यसलाई अतिरन्जित ढंगले जोडीरहनुको तुक देखिदैन ।

    चुनावमा जनता द्वारा मत प्राप्त इराकी सरकारलाई अहिले चराम्पन्थीहरु असफल बनाउन धोतीपाटो फेरेर लागेका छन । एउटा तानाशाहा ढालेर अर्को जन्माउनु कसैको चाहना हुँदैन । तर ढलिसके पछी बाकिरहेको अबशेषले आतंक फैलाउदा बिदेशिलाई नै सहयोग पुग्छ भन्ने सामान्य ज्ञान नहुँदा इराकिहरु आफु-आफु लड्दै चरमापन्थिहरुलाइ नै बढावा दिईरहेका छन र बिदेशिको उपस्थिती अनिबार्य जस्तो भएको छ । इराक युद्दमा बूश जती दोशी छन त्यतिनै पूराना शासक पनि दोशी थिय । त्यो ईतिहासले भन्छ । चुनावी प्रकृयामा सहभागि भएर आफ्नो प्रतिनिधि छान्ने सवालमा बिना राजनैतिक उद्देश्यका गुट र उपगुटको प्रभावले उल्लेख्यरुपमा मतदाताको उपस्थिती नै हुँदैन अनी त्यसको दोश अरु लाई दिएर हुन्छ । बैधानिक ढंगले हटाउनका लागि संसद र सरकार छ इराकिहरुको तर हट पनि भन्न नसक्ने अनी जुत्ता हान्ने यो दोहोरो खेल भयो । इराकी सेना आँफै भन्छन हामी अहिले सक्षम भै सकेका छैनौ । तिनलाई सहयोग चाहिन्छ अनी सहयोग गर्नेलाई जुताले हान्छन यो त भएन नि । तिनै पत्रकार हुन जो केही समय पहिले चराम्पन्थीको अपहरणमा परेका थिय । अनी मुक्त भए बिना फिरौती । अनी अहिले जुत्ता हाने बुशमाथि । के यो प्रायोजित होइन भन्न सकिन्छ ? यिनले जुत्ता स्वच्छ भावनाले जनताको तर्फबाट हानेकी आतंककारीको तर्फबाट ? यदी जनताको तर्फबाट हानेको हो भने किन सद्रमा र छिटपुट रुपमा अन्यत्र समर्थन भयो । किन भएन देशब्यापी समर्थन ? किन दुई खेमामा बाडिय इराकी जनता । उस्ले देशको लागि नै गरेको थियो भने किन सबै एक भएर सडकमा उत्रिएनन ? कायरो बाट संचालित टेलिभीजनको रिपोर्टरले मात्र किन तेत्रो काण्ड मच्चायो ? तेती बेला उस्लाई सुरक्षाकर्मिले गिरफ्तार गरिरहदा किन बोलेनन अन्य पत्रकारहरु ? समर्थनमा किन हतारिय कट्टर्पन्थीहरु ? त्यसैले कसैको षड्यन्त्रमा कोही एक ब्यक्ती हिरो बन्न खोजेको प्रस्ट छ । आक्रमण हुनुभन्दा पहिले दिन मात्र जुत्ता किन्नुको उद्देश्य के हो ? रिस पोख्नु त पुरानै जुता उपयुक्त हुन्थ्यो नि नयाँ जुता नै किन ? यहाँ इराकी जनताको भावना प्रतिबिम्बित भएको देखिदैन । चराम्पन्थी र कट्टरपन्थीहरुले स्वतन्त्रता चाहने जनताहरुमा कुनहद सम्मको व्यबहार गर्दछन भन्ने पहिले देखिएकै कुरा हो । हो उनलाई मानविय व्यबहारका साथ राखेर छानबिन गरी यथार्थ बाहिरा ल्याउनु पर्छ । अनी ति पत्रकारले पनि सहि भन्नु पर्छ कि उस्को जुत्ता प्रहार जनताको तर्फबाट हो वा अरु कसैको दवाबमा हो ।

    बूश आफ्नै देशमा अलोकप्रिय भएको अवस्थामा अरुको देशमा लोकप्रिय हुने कुरा भएन । इराक आक्रमणको औचित्य पुष्टी भयो भएन त्यो बेग्लै बहसको कुरा हो । तेसैले खड्का जी यस्तो बिषयमा बोल्दा ज्ञानेन्द्रलाई नजोडी इराकिहरुको मनस्थितिलाई बुझेर लेख्दा राम्रो होला । यद्दपी बुशको गिर्दो साखमा यो घट्नाले घ्यु को काम भने राम्ररी नै गर्‍यो । दादागिरी कसैको चल्नु हुँदैन । त्यो चाहे जो सुकै होस । अनी ति पत्रकार पनि दोशी हुन जस्ले बिदेशी पाहुना माथि त्यसरी अभद्र व्यबहार गरे । इराकी कानूनले जे सजाय दिन्छ त्यो प्रकारको कसुरमा त्यो सजाए उनले पाउनु नै पर्छ । संचारका संबाहक यसरी प्रस्तुत हुँदा पेशागत मर्यादामाथि प्रश्न उठ्छ । पत्रकार भन्दैमा उन्मुक्ती दिने कुरो हुँदैन ।

    धन्यवाद । । । । । ।

  22. बुशलाइ बोलाएर एकपटक जुत्ताले हान्न दिउँ, हिसाब बराबर ।

  23. ज्ञानेन्द्रको जस्तो बुद्धिमता पनि नहुँदो रहेछ बुसको!!! ha ha ati ramro lagyo!!

  24. Former king Gyanendra Bir Bickram Shah Dev was one of the greatest/Top/Inteligent leader in the history of Nepal. Those who(visilante)had done against the rules and regulation under the name of king or on behalf of Monarchy that should be check and balance or punishment to them. We have to respect to the king/queen/and Mother. He have to respect and people were fall in love to hear his lecturer and positive to the nation all the time. Anyway I am not a politician nor favour for king. Anyway take it easy guys,
    Thanks

    Epsom,uk

  25. महमहिम बुश, गएर ईराकि जनता लाई सोध्नु त उनी हरु ले के भन्छन। सद्दाम को टाईम मा उनिहरु धेरै सुरक्षित थिए। जैदी को समर्थनमा उनीहरु सडकमा निस्केका छन। जैदी लाई तत्काल रिहा गर्नु पर्छ। कहाँ गएर सुतेको छ विश्व मानव अधिकार का कुरा गरेर डलर खाने हरु। यो घटना ले ओबामा लाई पनि चेतना हुनु पर्ने हो। जे होस् बुश ले राम्रो बिदाइ पाये ईराक बाट। बुश को अनुहारमा लाग्नु पर्ने लागेन त्यो चै अली नमज्जा भयो।

  26. बुशले इराकमा हानेको बमको आवाज भन्दा जैदीले हानेको जुत्ताको आवाज पो ठुलो सुनियो हौ साथी हो!

  27. सुर्य जि
    लेख राम्रो छ तर येउटा कुरा अली कता कता नमिठो लाग्यो । तपाईंले यो प्रसँगलाई ज्ञानेन्द्र सँग नजोडनु भएको राम्रो हुन्थ्यो । जसरी बुश इराक मा जती अलोकप्रिय छन त्यसरी नै ज्ञानेन्द्र पनि हाम्रो देश मा तेस्तै थिए । २०६२६३ को आन्दोलन मा सडक मा बुलन्द भएका आवाज हरु राजतन्त्र राख्न को लागि पक्कै थिएन । तेस्बेला जन आन्दोलन मा भएको दमन लाई सम्झने हो भने ज्ञानेन्द्र ले जुत्ता हओिन ढुङ्गा खान्थे । नेपाल को ईतिहास मा ज्ञानेन्द्र को नाम येउटा तानासाही सासक र कलन्क को रुप्मा रहने छ। जुन हाइ हाइ को बिदाइ को कुरा गर्नु भयो तेस्तै हाइ हाइ को बिदाइ नै पाएको हो त ज्ञानेन्द्र ले ?

    जे भये पनि आखिर इराकी पत्रकार को आट लाई सम्मान गर्नु पर्छ । यो घ्रिणा एउटा पत्रकार को मात्र नभएर आम इराकी को अन्तर्मन बाट उब्जिएको हो । भगवान एदी सक्छौ भने उस्लाई आम माफि देउ ।।।

  28. जैदी को साहास लाई मेरो सलाम , जैदी एउटा पत्रकार मात्र नभएर अमेरिकी बाट पीड़ित इराकी जनता पनि हो . अमेरिकिको कारण आज इराकी रास्ट्र र जनताको कस्तो हालत छ त्यों जगजाहेरै छ ,बुश ले गरेको नीतिको बदलामा बुशले जुत्ता मात्र हैन युद्द अपराधिले पाउनु पर्ने सजाये नै पाउनु पर्छ . तर के गर्ने ? कसले दिने सजाय ? सक्तिको अगाडी कसैको केही लाग्दैन रहेछ |||||||||||||

  29. आफ्नी मातृभूमीलाई बलत्कार गर्ने बूश् जस्तो यौन पिपाशुलाई जुत्ताले हन्ने एउटा सच्चा देशभक्त नागरिक लाई ससम्मान रिहाइ गर्नु पर्छ ।

  30. This journalist has set a very bad example by throughing shoes at a foreign leader. Being a journalist I think you should be able to set agood example.

  31. Bush is the best person in the world.Bush terminated the 3th.world war othewise atom bomb will in nepal and no one will servive from terroist in this world

  32. कस्तो नमजा भयो त्यो जुत्ता बुशको मुखमा लाग्नु पर्ने अन्तै लागेछ।

  33. त्यो शहसी पत्रकारलाई बचाउन अन्तराष्ट्रीय स्तरबाट पहल हुनुपर्छ| हरामी नरपिशाच “बुश”नहुँदो हो त सायद इराक आजको यो नाजुक अवस्थामा नपुग्ने थियो होला|

  34. साला इराकका हरामी हरुले निर्दोश नेपाली लाई मारेर ठुलो बिजय गरे जस्तो गरेका थिय । त्यो देख्दा बुस ले राम्रो काम गरे को थियो तर निर्दोश इराकिलाई मार्नु उचित थियन । आखिरमा तानशाहिले सजाय त पाउछ नै , त्यही भयो। जे भयो राम्रो भयो ।

  35. अल जैदी ले जे गरे राम्रो नै गरे। संसार को शक्तिसाली बुश लाई जुत्ता हिर्क।उन सक्ने हिम्मत लाई हामी ले मान्नु पर्छ। आफुले गरेको काम को फल पाये। अरुलाई जे गरे पनि हुन्छ भन्ने मनसिकता बोकेको अमेरिका लाई यो राम्रो लेसन हो जस बाट पकिस्तान हान्ने सपना देखिरहेका ओबामा लाई पनि सोच्न वाध्य भ्ये होलान। बधाई छ जैदी लाई जस्ले सम्पूर्ण ईराकि जनता को पर्तिनिधी बने। बुश ले ईराक बाट राम्रो शिक्षा पाये सत्ता छाडने बेला नै नै भ्ये पनि।

  36. Thank you for information and I wish journalist will free as soon as possible. And surya jee please keen on informing about journalist. And these American and West European should get punished coz as I think so they are the one who is supporting terrorist.

    Once again thank you surya jee

  37. आफ्नी मातृभूमीलाई बलत्कार गर्ने बूश् जस्तो यौन पिपाशुलाई जुत्ताले हन्ने एउटा सच्चा देशभक्त नागरिक लाई ससम्मान रिहाइ गर्नु पर्छ ।

Comments are closed.