म शोकको अवस्थामा छु। आज तेस्रो दिन। १३ औँ दिनसम्म अलग्गै चोखो भएर बस्नुपर्ने रहेछ। ब्लग र कमेन्टहरु साथीहरुले हेरिरहनु भएकै होला। दिनभर त साथीहरु र अन्य आफन्तहरु समवेदना प्रकट गर्न आउने गर्छन् र त्यत्तिकै हुन्छ। तर जब रात पर्छ र अन्य सब सुत्‍छन्, तब भने पुराना कुराहरु झल्झल्ती सम्झेर आँसु बग्छन्। आवाज सुनिने गरी रोएँ कि क्या हो भनी रोकिन्छु र आँखाबाट मात्र आँसु झार्ने कोशिश गर्छु। सबै कुरा अनित्य छन् भन्ने यथार्थ र श्वासप्रश्वासलाई द्रष्टाभावले हेर्ने विपश्यना विधि अपनाउने कोशिश गर्छु, तर थोरै समयमा असफल भई फेरि त्यही कुरा सम्झन पुग्छु। छत नभएको घर जस्तो अभिभावकविहीनताको महसूस गरिरहेको छु अहिले म। त्यस्तै नमिल्दो, अपुग्दो- जस्तो यो शीर्षक बिनाको ब्लग देखिँदा लाग्छ।

संयोग पनि कस्तो जुरेको हेर्नुस् न, भाइ अघिल्लो दिनमात्रै ३ वर्षका लागि विदेश गएका थिए। भोलिपल्टै यस्तो घटना भयो। हामीले भाइलाई अहिलेसम्म केही भनेका छैनौँ। विरानो देशमा पहिलो पटक गएका भाइले यति ठूलो आघात सहन गार्‍हो पर्ला भनेर। तर के गर्ने अन्यौलमा छौँ।

कतिले भन्छन्, उसको पनि बा हो, उसलाई पनि भन्नुपर्छ। उसले नत्र पछि चित्त दुखाउन सक्छ। तर विदेशमा गएर फर्केकाहरु भन्छन्- हैन, उसले थाहा पाएर वा उ आएर पनि केही हुने हैन। जाने मान्छे गइसके। विदेशमा बस्दाको पीडा हामी जति अरु कसलाई थाहा हुन्छ ? यस्तो कुरा थाहा पाउँदा कोही सम्झाउने मानिस नभएको विरानो ठाउँमा उसलाई कस्तो होला ? त्यसैले २-३ महिनापछि मात्रै भने हुन्छ।

हाम्रा पुरेत (हामी नेवारहरुको नेवार नै पुरेत बाजे हुने गर्छ) ले भने यस्तो स्थिति धेरै जनालाई आजभोलि पर्ने गरेको बताउँदै यस्तो अवस्थामा नवौँ दिनमा बताउने गरेको र १० औँ दिनमा संभव भएसम्म नुहाएर, चहकिलो रङको लुगा नलगाएर, मासु नखाएर बार्न लगाउनु पर्ने बताए।

तर फेरि विदेश गएर फर्किएकाहरु चम्किन्छन्, अहिले नै बताउनु पर्दैन। वास्तवमा के गर्दा ठीक होला ? हामी त अन्यौलमा नै छौँ- भाइलाई यो कुरा भन्ने कि नभन्ने ? भने कसरी र कहिले भन्ने ?

145 Comments

  1. केही दिन अघी देखी मात्रै मेरो संसार घुम्न थालेको थिए र तपाईंलाई आफ्नो मेसेन्जरमा जोदेको थिए। तर बिधीको बिधान यहाँको पिता परलोक हुनुभएछ। यो कुराले अत्यन्त मर्महात बनाएको छ। म्रित आत्माको चिर शान्तिको कामना गर्दै यहाँ लगाएत यहाँको परिवारलाई धैर्य धार्न गर्ने सक्ती इसवर्ले प्रदान गरुन भन्ने कामना गर्दछु। एक पटक म बिदेशमा रहदा मेरो हजुरआमा बित्नु भएको थियो। तेस बेला मलाई पनि सबैले सल्लह गर्नु भएछ र बाजेले पनि ९ दिन पछी सुनैदिनु भन्नु भएछ। मलाई ९ दिन पछी सुनै दिएको थियो। तेसै गर्ने हो कि त्यहा पनि त्यस्तै कुरा भएको रहेछ।नसुनौनु चै ठीक हैन कि जस्तो लाग्यो मलाई पनि।अन्त्यमा फेरी पनि हार्दिक समवेदना ब्यक्त गर्दछु।

  2. Dherai Dukha lagyo.Umesh ji yas bipad ghadima dhairya dharan garne Sakti pradhan hos.dibagngat aatmako chirsantiko lagi Hardik sharandangali aarpan gardachhu.Bhailai pani vahnidiyara afno riti aanusar garda ramro hola.hunata bidesh ma sarai asjilo huncha ta ra panisathi bhai ko sayog ma garn sakinchha.
    Mero pani aafnai kisimko samasya thiyo.Nepal ma 6th mahina samma Buba lai saghi liyara upchar ma lagye.Aayo ko karib 1 month ma Buba ko Nidan vhayo.Jana Pani sakiyan dherai samsyale garda.Aani yanhi Basi Nepalma garine riti aanusar kiria gare.sabhai nepali daju bhaile sayog gare.huna ta hami pariwar yahi thiyau.Nepali Mandirama Pandit sag sabhai karya gare.uta nepal ma daju bhai le sabhai kam arnu bhayo.bides ma rahanu ko Betha yasthai hudorehechha.Cow ko urine pani paunsakine rahechha.sabai bhanda suddhiko lagi Gautnai uttam hunekura pandit harule bhandrahechhan.nepali ko provverb Desh gunako vesh bhane jastai garnu pardorehechha.aaja 33 dina jati bhayo.aanta ma gahiro Sambedana.

  3. माफ गर्नु होला मलाई तपाईं को नाम त थाहा भएन तर यो (ब्लोग) धेरै अगाडिइ देखिनै पढ्ने गर्थे र केही दिन अगाडि तपाईं ले लेख्नु भएको घटना बारे पनि पढे साह्रै दु:ख लाग्यो र दिवङात आत्मा को चिर शान्ती को कामना गर्दछु ! सवाल यो छ कि बिदेश गएको भाई लाई भन्ने कि नभन्ने बारे !
    म बिगत ८ साल देखी यु के मा छु! म माथि पनि यस्तै घटना घटेको थियो!म मेरो दु:ख यहाँ पोख्न खोजेको होइन कि मेरो बिचार मा लागेको कुरा भन्न खोजेको हुँ ! हामी नेपाली हरु को आफ्नै जातिय परम्परा अनी रितिरिव्वाज हुन्छन जस्तेइ जुठो बार्ने , किरिया बस्ने इत्यादी इत्यादी!
    तपाईं को भाई कुनै नाबालक् पक्कै होइन! तरिका मिलाएर राम्रो सँग भन्नु नै बेश हुन्छ होला मेरो बिचार मा!बिदेश मा हो अरु साथी हरु ले भने जस्ताइ कोही सन्त्वना दिने मान्छे त पक्कै नहोला तर एक्चोटि बिचार गर्नु होश तपाईं हरु ले भन्न ढिला गर्ना ले उस्ले अन्जान मा मुख बिरायी देला र पछी जिन्दगी भरी घर बाट खबर नगरनाले बाबा को किरिया बस्नु पर्ने एस्तो गल्ती गर्न पुगे भनेर पछुताउलन्!मुख आएए देलान भन्नाले जुठो नबार्नु भन्न खोजेको हुँ! दु:ख त अबस्य पनि लाग्नु स्वभाविक् नै हो !तर नभनी बस्ने कुर पनि त भएन ! माफ गर्नु होला मैले भोगेको र बुझेको कुर भनेको हुँ! बिचार आफ्नो आफ्नै हुन्छन!

  4. धेरै दु:ख लाग्यो !!!
    दिबङत आत्मको चीर शान्तिकोलागि हार्दिक स्रढन्जलि तथा उमेशजी लगयत शोक संतप्त परिवारमा धर्य धरण् गर्ने सक्ति प्राप्त होस् भनी पर्मेश्वोर सँग कामना गर्दछु ।

    प्रबल, अष्ट्रेलिया

  5. May his soul rest in peace and hope god will give courage and patience to you and your family in this sad moment

  6. Please tell him now, same happen to me in 2001. My cousins knew and they decided not tell me until 5th 6th day. They know on same day. If i knew on the same day i would even gone back home. I don’t understand why people don’t inform on time. If you tell him now he will share that family pain with you all. Please tell him.

  7. उमेश जी
    मेरो विचारमा यस्तो कुरालाई लुकाएर राखेर कुनै फाईदा छैन । जती सक्दो छिटो थाहा दिएकोनै राम्रो हो । आखिर पछि भने पनि अहिले भने पनि उहाँलाई पिडाँत भई हाल्छ तर तपाईले घट्ना बारे भाईलाई ज्यानकारी दिदाँ चाहि आफूलाई एक्दम सम्हालेर पहाड् जस्तो मुटु बनाएर भन्नु पर्ने छ यदि तपाई आफै रुँएर या कुनै डराएको भाबमा भन्नु भयो भने बिदेशमा रहेको तपाईको भाईलाई आफूलाई सम्हाल्न गार्हो पर्नेछ। तपाई दाई भएको नाताले पनि उहाँलाई सम्झाउने बुझाउने तपाईकै जिम्मा हो।
    उमेश जी तपाईकै जस्तो दुख म आफूलाई पनि परेको छ! म यहाँ आएको केहि दिनमै मेरो बाबाको पनि त्यस्तै असमायिक् निधन भएको थियो तर हामीले मान्छे जन्मे पछि एक्दिन मर्नुनै पर्छ भन्ने तितो सत्यलाई बुझ्नु नितान्त जरुरी छ । मान्छेले बिधिको बिधानलाई स्वीकार गरेर अगाडि बड्नुनै पर्छ।

  8. उमेश जी सर्ब प्रथम त हार्दिक सम्बेदना अनी जहासम्मा मेरो बिचार मा भाईले थाहा पाई सक्नु पर्ने तर तह पाउनु भयको छैना भने उहा ली पानी ख़बर गर्दा राम्रो पछि ख़बर पौडा उहा लाई न राम्रो हुना सक्छ तै पनी ठुला बड़ा को राय लिनु होला

  9. उमेश जी सर्ब प्रथम त हार्दिक सम्बेदना अनी जहासम्मा मेरो बिचार मा भाईले थाहा पाई सक्नु पर्ने तर तह पाउनु भयको छैना भने उहा ली पानी ख़बर गर्दा राम्रो पछि ख़बर पौडा उहा लाई न राम्रो हुना सक्छ तै पनी ठुला बड़ा को राय लिनु होला

  10. Umesh jee
    Hunata bhai jati thulo bhayapani aafulai sano lagcha,tara yeso bhanera hudaina, Uha lai samayama nai bhannu thik hola, natra chitta dukhauna saknuhuncha…

  11. umesh jee,
    pratham mritatma ko chirsanti ko kaman gardachhu ra. dherai nashochi afno bhai lai khabar garnus baru khabar garda uslai direct bhannu bhanda sathi bhai lai bhanera, teha santa mahol banayera bhumika badhera bhanna bhannu hola.baki sahana sakne sakti sabai ma hunchha nai uha le pani tapain le jastai sahanu parne nai chha. bhagaban le tapain haru lai sakti pradan garun yo abastha bata niklana kolagi.

  12. Umesh Jee, sorry to hear that. I am here in US since last 15 years. Samething happened to me 13 yrs back. My family decided not to tell me in the beginning but finally they told me on 9th day. I know it hearts lots but I am still filling regreat on it. If I was in Nepal, I should know the same day and I should pray for my father since day 1. If you hear my feeling, you should tell your brother today. Today or tomorrow one day he will know and there is no point to hold it off. I want him to pray for your father’s soul from now.

  13. yetro thulo aghat pareko chha pariwar ma. j bhaye pani chora ho ghar ko. uslai ek din bhannai parchha. jati sakdo chado bhanekai ramro hola. ani bides gayera unle yo blog herdainan bhanne chha ra? na unka sathi harule k yo blog herera yo samachar uni samu pugauna sakdainan ra? birano manchhe bhanda afnai manchhe bata thaha diyeko ramro hola ni.

    ani antim ma diwangat atma ko shanti ko kamana gardai!!

  14. सर्बप्रथमत दाइको ब्लक भाई ले नहेर्ने कुरै भयन , यसै थाहा हुने भो। दोस्रो भाईको आनी बानी , व्यबहार कस्तो छ त्यस्मा भर पर्छ । जो कोहिले यसो गर्दा हुन्छ भन्नु बेकार हुन सक्छ। तनाब भने घरमा बस्नेलाई भन्दा बढी हुन्छ है मेरो अनुभबमा।

  15. Umesh ji,

    ahile batauda nai ramro hola jasto lagyo…teha korea ma nepali sathiharu ya afanta ta chan hola ni bhaika.uslai yesari bhannus ki bhai afaile anumaan lagaos….ali sahaj ruple uslai samjhauna lagaunda nai ramro hola.

    teha nepali sathibhai ko bich ma bhayo bhane uslai ni ali sajilo hola dukha badna..
    dukha bade dherai had samma halka huncha bhanchan.

    bhagwan le sahana sakne shakti deun sa-pariwar lai.

    Srija

  16. दिबङत आत्मा को चिर शन्तिको कामना गर्दै सम्बन्धित सबै जनामा सहन सक्ने शक्ती भगवानले दिउन कामना गर्दछु।

  17. मित्र उमेश, यस्तै हो, आफन्त गुमाउंदा पिडा हुन्छ नै । त्यसमा पनि जन्मदाता र कर्मदाता अब आफ्नो वरिपरी छैनन भन्ने यर्थाथबोध गर्न कठिन हुन्छ । आफ्नो वरिपरी अग्रज हुंदा एक प्रकारले आफु शुरक्षित भएको महसुस हुन्छ । जव उनीहरु छैनन भन्ने यर्थाथबोध हुन्छ तव अशुरक्षा र विविध कारणले मनमा पिडाको आवेग उत्रिन्छ ।
    भन्न सजिलो झै ब्यबहारमा कार्यान्वयन गर्न सहज छैन । तर सत्य सत्य नै हो । यसमा कसले के नै गर्न सक्छ र ? त्यसैले यो पिडाको घडिमा मनको घाउमा सान्त्वनाको मलम लगाउनु बाहेक अरु के नै गर्न सकिन्छ र !
    करिव ६ वर्ष अगाडि आमा गुमाउंदा यस्तै पिडासंग प्रत्यक्ष साक्षात्कार गरेको थिए मैले पनि । ति अत्यासलाग्दो दिनमा छट्पटीएको अवस्थामा एक जना मित्रले आध्यात्मीक पुस्तकहरु पढ्ने सल्लाह दिएका थिए । उनको सल्लाह अनुशरण गर्दा मैले धेरै राहत महसुस गरेको थिए । सायद त्यो सल्लाह तपाईका लागि पनि उत्तम हुन्छ िक ,
    अन्त्यमा,
    तपाईको बुबाको आत्मको चिर शान्तीको कामना

  18. उमेश जि, एक हिसाबले भन्नु पर्दा घरको,देशको अनी परिवारको याद आउने सबैभन्दा बढी बिदेशमा बसेकै बेलामा हो। झन भर्खर बिदेशमा गएका तपाईंका भाईले यो दु:खद खबर पाएका छैनन भन्न गार्हो छ। यती धेरै मान्छेहरुले तपाईंको site बाट त्यती छिटो यो खबर पाए bhane,
    म पनि बिदेश मा नै बसेको बेलामा मैले godfather जत्तिकै आदर गर्ने मेरा प्यारा हजुरबुवा लाई गुमाएको छु, तेसको केही महिना मा नै मेरा एक मात्र दाजुको देहबसान भयो। टाढा भएर होला म एक दम रोएको थिएं ति दिन्हरुमा, जतिसुकै रोए पनि आखिर गएका मान्छे फर्केर आउने त होइनन् नै। तर पनि मेरो विचारमा यो कुर अली मिलाएर अहिले नै तपाईंको भाईलाई भन्नु नै उचित होला।

  19. मृतात्माको चीर शान्ति सहित हार्दिक समवेदना

    शुभेच्छुक ।

  20. Umesh,

    Accept My hertflet condolence and wish for the strenght to get recovery from this irreplaceable tradegy! May your bereved family get strength to get over it!

    To be frank , It’s matter of situation whether to tell your brother or not. May be he already infromed.

    Which country has he gone? What is his status? How much money will he need to come back and go again? If the circumstances are too difficult or he can’t go back again once he comes, or the financial burden will be too much then better not to tell.

    If it’s just matter or 1/2 lakh cost for him to come and go back bette call him straight. It’s rather a family matter and situations!
    If calling him now would give all of you much trouble and your brother may face difficulites than better not…

    There are so many cases family didn’t inform in such case who are in abroad!

  21. उमेश जि , पितजिको देहन्त भयकोमा हार्दिक समबेदना , यस दु:खको घडीमा पर्मेश्वर ले धैर्या धरान गर्नी शक्ती प्रधान गरुन
    गोपाल प्रसाद घिमिरे, सन मुन बिश्य युनिभर्सिटी , कोरिया

  22. हे बिदुर जि कबी ज्ञानी महान
    यो बेलामा चाहिन्छ ठुलो ज्ञान
    उमेश्जिलाई सल्लाहा र सुझाब
    दिनेबेलासम्म पनि छैन मुख
    *
    यस्तो समस्या सबैलाई हुन्छ,
    बाबा को पिडा कतिसम्म हुन्छ
    हुर्काइ कर्म दिने हुनाले
    आदर ठुलो छ पिताको ऐले
    *
    जती जती मान्छे सिक्षित हुन्छ
    माता पिता र गुरु भक्त हुन्छ
    आँखामहा बस्ने तिनै पिता हुन
    अगाध प्रेम उनैले गर्छन्
    *
    खोजेर पाइन्न कतै पिता यि
    डुलेर खोजेनी प्रिथीबी यो जम्मै
    न किन्न पाइने बजार जाँदा
    न भेटिने मन्तर ले गुहारदा
    *
    पिता यि रत्न मणी भन्दा श्रेष्ठ
    मिलियन रुपैया पनि हुन्छ ब्यर्थ
    मोलै म गर्दिन महा पाप हुन्छ
    पिता सरिको अरु रत्न के छ ?
    *
    कतै डुल्न गए कामै परेर
    बाबा आउनु भो किन उत्नी खेर ?
    छोरो लाई के भो रोएछ कि बा
    भोको छकी त्यो बसी हेर्छ यता
    *
    भनी दगुरी कन झट्ट घरमा
    आएर बोक्ने धरी अंकमाल्मा
    आँखाको दुरी देखी टाढा नराखी
    बसाल्ने सधैं आफु सँगइ समाली
    *
    यस्ता बाबाको बिछोड ले पिरोल्दा
    उमेशको हालत लाई नियाल्दा
    भाबिको लेखा हो भनी मान्नु पर्छ
    बाबाको सधैं सम्झना याद हुन्छ
    *
    भने देखी एकान्तलाई छोड्नु पर्छ
    कुराकानी वा अन्तै मन दिनु पर्छ
    तर अर्ती र बुद्दी बाबाले दिएको
    कसै भुल्नु हुन्न गरी चित्त मैलो
    *
    भाई सँग किन गुप्चुप यो कुराको ?
    सुनाइ दिनु बाबाले छोड्नु भाको
    मिलाएर कुरा गरी भन्नु राम्रो
    सबैलाई पर्ने दु:खहो यो नराम्रो
    *
    टोपी खोल बाबु पिर केही नमान
    आत्मा यो अमर छ भनेर जान
    बाबाको चिरआत्मा शान्ती हुनेछ
    जब कर्तब्य यो हाम्रो पुरा हुनेछ
    *

  23. ahile nai bhannu bhanda nabhannu nai besh hunchha hola but hey don you think it wont take him much time to know about this coz u are writing all these things in your blog… doesnt your bro check these blogs??

  24. हेल्लो उमेश जी

    नरमाइलो लाग्यो । तर संसार को नियम नै यस्तै छ । सत्यता नै यही रहेछ छुत्ने र छुटाउने । तर धैर्यता नै हाम्रो साथी हो एस्तो बेला मा ।

    वास्तव मै दुखित छु म एस खबर ले ।।।।।।। तर भाई लाई चै छिट्टै खबर गर्नुस् है । पछी निरश हुनुहुन्छ उहा

    रोब्बिन्स काठमाडौं

  25. Umesh ji,

    sorry to hear that your dad passed away. please make yourself strong and inform your brother ASAP. I hope he can endure everything as he is a man and has same strong heart to handle this incident.

    Som
    Victory,Liberty

  26. उमेश जी दीबंगत आत्‍माको चिर शान्तीको कामन साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने भगवान सँग प्रार्थना गर्न चाहन्छु॒ ! तपाइले भइलाइ यो जानकारि दिनै परने हुन्‍छ नत्र उनको चित्‍त दूख्छ र यसले भबिस्‍यमा तपाइहारु बिचको पानि दुरगामि
    असर पार्ने पनि हुन सक्छ ! र परिस्‍थिति संग भागेर कतिन्जेल साकिन्‍छ र ! जति छिटो भाइलाइ खबर गरनु हुन्छ
    त्‍यति रामर्ो हो ! र तपाइको भाइले सायद थाहा पानि पाइसक्‍नु भयो होला ! त्‍यसैले भनिदिए हुन्छ!

    – Jhapali kancho

  27. उमेश जी तपाईंको पिताको आत्माले शान्ती पाओस सम्भब भएसम्म चाडै पो भन्ने होकी भाईलाई
    छ त्र पौडेल कतार बाट

  28. umesh ji dhayadisa.ju juhedhunkala madhase choneguna thik la ju e makhu .chhanu na chhanu ladhayehe ma.dhaya disa thaukane he taki lipa jita mhadha dhaya chitta dukheyaye mwalima chhi ya kija bhaju na

  29. condolence.First pr epare your brother to face the reality
    after some time only tell him.Better to follow PURAIT advice.

  30. umeshjee
    tapayinko dukhad samacharle hami sabailai dukhi banayo. tara ke garnu prarthana garnu ra sahanu bahek aru bikalpanai chhain. tapayinko bhailai khabar ali dhilai pathaunu hola.padhaima asar parna sakchha. surokodinamanai padhaiyima asar paryo bhane ali apthyaro parna sakchh bideshko padhayima.

  31. उमेश जि तपाईंको भाईले थाहापाई सक्यो होला। अहिले भनिएन भने भोली चित्त
    दु:खाउछ। भन्नु भए बेश होला।

  32. Umeshji,
    Same situation happen with my friend. He had been in S.Korea for 1 years and his father demished. All the people decided not to tell him. But my friend call me the next day and said me that he had seen bad dreams and asked me whether any bad happen in his family..then first i said everything is okie, but after some time he called me agian and requested me to tell wht happen then i said all truth. Then he said that i understand why people decided not to tell me but he said me we shouldnt hide this things……

  33. उमेश जि तपाईंको यो दुख्द घट्नाले म मात्र नभै विश्व भरी रहेका तपाईंका पाठक मित्रहरु दुखित छौ । के गर्ने यो सबै प्रकृतिक नियम हो । यस्तो दु:ख कसाइलाई नहोस् भन्ने त लाग्छ नि तर प्रकृतिक नियम सँग हामीले के नै पो गर्न सक्छौ र ? त्यसैले तपाईं र तपाईंको परिवारमा धर्य धारण् गर्न सक्ने शक्ती इश्वर्ले प्रधान गरुन भनी म समबेदना प्रकत गर्दछु ।

  34. स्वर्गिय आत्माको चिरशान्तिको लागि कामना गर्दछु । यो दु:खद घडीमा उमेश जी र उहाँको परिवारमा हार्दिक समवेदना प्रकट गर्दै धैर्य धारणा गर्ने शक्त्ती प्राप्तहोस् भन्ने कामना गर्दछु ।

    भाईको सम्बन्धमा उहाँलाई पनि छिटो जानकारी दिनुनै उचित लाग्छ । किनकी कुनै पनि घटना लुकाउनु भन्दा बताउनु राम्रो हुन्छ । १ दिन आखिर थाहा दिनु नै छ!

  35. Umesh ji,
    heartfelt condolences to you. may his soul rest in peace…really sorry to hear this..though i guess it is all part of our lives..its only a matter of sooner or later.

    re: informing your brother, i think YOU SHOULD INFORM HIM ASAP….if he is kept in the dark..one thing will lead to another..for example..what do you say when he calls home ? …what if he says he wants to talk to the father ? i don’t think you ppl can ‘smile’ and ‘happily’ talk to him over the phone at this moment ? so he might suspect ? then he might call his friends in KTM and know anyway ?……

    the WORST CASE SCENARIO is : what if you brother will be leading a normal life- eating (everything including meat) and enjoying in a normal way in a foreign land- UNKNOWINGLY.. imagine him biting a chicken sandwich when you are there inside ‘kora’…!……tomorrow he will never be able to forgive himself for ‘doing all those acts’ though unknowingly !..

    so tell him..stop him from doing any ‘acts’ that is forbidden in our religion- even unknowingly.

    may the soul of your father rest in peace and god gives your brother the strength to cope with the situation

    Nepalimaan
    Africa

  36. मृत्यु एक ध्रुवसत्य हो । भाइलाई पुरेतबाजेको सल्लाहअनुसार भन्नु नै राम्रो हुन्छ । फेरि धेरै समय नभन्दा पनि भोलि भाइले चित्त दुखाउने ठाउँमात्र रहन्छ । आफ्नो वाध्यताले विदेशिनु र व्यवहारिक बन्नु पनि मान्छेको आवश्यकता हो । तसर्थ मेरो सल्ला यस दुखद घडिको बाँडफाँड भाइलाई पनि गर्नुपर्छ पुरेत बाजेको सल्लाह बमोजिम । विदेश जानेले सहनुपर्ने पीडाहरुमध्य यस्तो खबर पनि पर्दछ । बुवाप्रति हार्दिक श्रद्घान्जली हामी फेमिली फुड सेन्टरमा सबै साथीहृरुको तर्फबाट ।

  37. Pahila ta tapailai, bhai ko baani behora taha cha hole. Tes karan tehi anusaar tapaile aghi badhnu parcha hola jasto lagcha malai.

    Aarko upaye ke huna sagcha bhane..yedi tapai ko bhai le chineko kohi bharpardo manche..ali pako manche bhai najikai kohi chaan bhane pahila uhalai bhetna lagayera tehi mauka parera phone ma bhannuparcha hola jasle garda tapaiko bhai le taha paucha ani samhalna ko lage tapaiko aafno chineko manche le sahayog garna sagcha.

  38. Umeshji,Tapaile mero tyo dukhad ghadiko yad dilaunu bhaera aakhabata ashu jhardai yo sano anubhab lekhdai chhu. Ma pani bideshma basdai chhu. Karib 21 mahina aagadi mero buba hospitalma bitnu huuda mero bhaile phonebata “dai BAA bharkharai bitnu bhayo” bhanera khabar gareko thiyo. Tesbela maile kehi bolnai sakena ra kehipani garne sakne paristhiti pani thiyena. Ma thulo chorako natale maile garnu parne kam-kriya samayema garna nasakne bhayekole bhailai nai sampurna karya garaunu pareko thiyo.
    Karib 23-24 din aagadi pani bihana 4: baje mero thulobaa bitnu bhayo bhanera bhaile khabar gareko thiyo.Bideshma chhu tesaile dharmik kam kriya sampurna garna nasakepani sakdo gari baseko chhu. I think you SHOULD let your brother know asap no need to wait.
    I have never written comment before so please forgive my language.Thank You.

  39. खबर त ब्लग पढ्नु भो होला नि उहाँले पनि। तै पनि खबर गर्नु नै बेश हुन्छ। खबर गरनु होला। मेरो सुझाव यहि छ।

  40. आफ्नो प्रियाजनको मृत्‍यु एक दमै असह्य त हुन्छ नै मेरो पनि सम्बेदना छ र तपाईं छोरा भएर आफ्नो परम्परा अनुसार जुन कार्य गर्दै हुनुहुन्छ त्यस काम्ले पक्क पनि छोडेर जानु भएको आत्माले शन्ती पाएर देव लोक मा वहाँका पूर्वज हरु सँग हुनुन्छ । मेरो पनि माइ संसार परिवारलाई पुगेको अपुरानीय छ्यती प्रती फेरी सम्बेदना र माइ संसार परिवार लाई इश्वर्ले धर्य धर्न गर्न सक्ने सक्ती प्रधान गरुन। र अर्को कुरा माइ सन्साको वेब पेजको थिम र ब्यानर लाई पनि खरानी रङ्को थिम्मा दस बाह्र दिन्को लागि बादल्दा ठीक होला ।

  41. ek dam dherai dukha lagyo umesh da… maile dekhi rakheko chu ki tapai lai kasto marmahat vai rakheko cha bhane tapai ko bhai ta jhan bharkar bharkar bidesh gaa cha, uslai ta ahile ajha badhi saath ko awastha ma jhan yo kura bhanda kasto awastha ma pugcha hola, huna ta usle pani thaha paunu parcha tara harek kura ko samaye huncha…

  42. उमेसजि सारै दुख लाग्यो यो खबर सु्न्धा । बुबाको आत्माले चिर शान्तिको लागि कामाना अनि तपाई र तपाईको परिवारलाई भगवानले यस दुखतघडिमा सोक सहनसक्ति प्रधान गरुन । भाईको बारेमा सुन्धा सारै नरमाईलो लाग्यो आखामा आसुनै आयो बिदेश पनि हिढ्नु बुबाको स्वर्गबास पनि हुनु हे भगवान॥ जहासम्म भाईलाई खबर गर्ने कुरा छ उमेस सर मेरो बिचारमा त तपाई ले यहि ब्लगको मार्फत खबर गरिसक्नु भयो अब त समबबत भाईलाई फोन गरी हाल्नोस । तपाईले भाईलाई त्यहिदिनमा नै खबर गर्नुपर्ने हो बास्तबमा यो भाईको अधिकारको कुरा थियो ॥ सत्यकुरा लाई जहा बसे पनि सुईकारिन्छ तर भावनामा आयर भाईलाई भन्न धेरै ढिला गरियो भने वहालाई जिन्दगि भरी नै त्यो कुरा ले सताई रहन्छ कि म परिवार देखि यति टाढा भयछु।।। ………
    फेरि पनि बुबाको आत्मालाई चिरशान्तिको कामाना गर्दै हजुरको परिवारमा सवेदना ब्यक्त गर्न चाहन्छु ॥
    हजुरको ब्लगको नियमित पाठक
    नारायण-हङकङ

  43. सर्बप्रथम त हार्दिक समबेदना उमेश जि, तपाईंको बुवा को आत्माको चिर शान्तीको कामना पनि। यो त संसार को नियम हो हामी ले पनि कुनै दिन संसारबाट जानु त पर्छ नै। आफु लाई सम्हाल्नुस् र भाई लाई यो कुरा भन्नु नै राम्रो हुन्छ। यो दु:ख को घडीमा हामी सबै तपाईं को साथमा छौ।

  44. umesh ji,
    i am saddened by the death of your dad, hope God giv u enough strength to overcome this hard time. any way u have to inform you bro at the earliest, before its too late, bcoz he is equally entitled to aggrieve in his dads death. any way u have to inform him but be sure he is a man of firm mind and mentality. take care

  45. Euta kura ni umesh ji, aru kasaile tapaiko vailai yesto dukhad khabar gardiyo yedi vane tyo vanda naramro uslai kehi lagne chhaina. Kura lukayera lukne pani ta haina ni. Jasari pani thaha vaihalchha aajako jamana ma. So better tapai aafaile ek jimmewar dai ko naatale ahile nai (right now) uslai tapaile janeko kura haru vanera samjhaudai khabar garnu nai ramro hunchha.

    Tapai ra tapaiko pariwar lai yesto ghadi ko samana garne sakti bhagwan (yedi chhan katai vane) le pradan garun.

  46. Mero bichar ma pani bhannu parcha .aakhir usko pani dad ho pachi malai bhanena bhanera jhan man dukhauna sakcha.

  47. Dear Umesh jee

    Very sad to hear about your father may his soul be in peace

    Please dont afraid to inform you bother,desh khai sake pachi sabai kura ko handle garna har koile sikcha jahan samma malai lagcha hajur ko bhai lai ta thaha bhai sakeko hola,you must call him to inform him, not by email or IM,

    Best of luck

    Rajan

  48. sorry to hear about this tragedy..

    1993 ma maile pani same tragedy bhogay thiye and at that time my bro was in US so we have discuss what to do should we tell him or not..after that we decided not to tell him and coz he was giving his last exam and planning to come back after few Month so we didin´t tell him as he arrive Ktm after few month we tell him slowly about the tragedy ..he was sad and angry and later we told him the reason…

    the tragedy had already taken and he can do anything…and Nepal bahira puge pachi u r alone….may be u will fine friend for Party and to spend some good time if u ahve problem noone will help u and he have to survive alone so may be this might give negative for him so better not to tell abt the tragedy…
    sure he will ask when he call home that he want to talk with …..but kura eta uta taalne..this might make him suspected that there is something going worng so it won´t be great problem when he come back home.coz he already have guess….abt this tragedy…sure he will be sad but not so as if when u tell him now..

    anyway u know ur bro better that rest of the world so u can think which type of man he is….so decide what u think good is…
    in ur place i wouldn´t tell him..

  49. उमेशजी, तपाईंलाई थाहैहोला तपाईंको भाई कस्तो प्रक्रितीको मान्छे हुनु हुन्छ भन्ने| उहाले सुख र दु:खलाई कसरी लिने गर्नुहुन्थ्यो ? हुन त जतिसुकै दरो मनस्थिती हुनेहरुनी यस्तो बिपत्तिमा शिशासरी फुत्छन् | तैपनी यदी भाई धैर्य- धारण गर्न सक्ने खालको हुनु हुन्छ भने तपाईंको पुरोहितले भन्नुभये जस्तै नौ दिनमा खबर गर्नुहोस् | अन्यथा अली पछी नै खबर गर्द राम्रो हुन्छ किन भने सुरुका दिनहरुमा बिदेश आँफैमा कस्तप्रद हुन्छ विद्यार्थीलाई |

    रबिन्द्र बिष्ट
    द.कोरिया

  50. साह्रै दुखको कुरा… यो दुखद घडिमा इश्वरसँग तपाई र तपाईको परीवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने प्रार्थना गर्दछु, साथै मृत आत्माको चीर शान्तिको कामना ।

    उहि हजुरको शुभचिन्तक टिकाराम गौतम उत्सुक

  51. Me too i had just lost my Beloved Father before few weeks,i went Nepal for Kirja and i am now here again,so i know how does it feel. I am so sorry for you too,you are lucky that you were there when it happens,but my luck was not in my favor i was so far.My condolence to you.
    Krishna

  52. Dear Umesh ji,
    we all are with you in the time of sadness, fully condelence to you and your family……i think you must let him know…..afterall he is your brother i belive he do understand the situtation and can be brave and handle the situtation.

  53. उमेश जि हजुर ले भाई लाई खबर गरेको नै राम्रो हुन्छ किन कि आखिर भाई ले पनि त कुरा बुज्नु हुन्छ नि मनिष को जिबन सजिब हो जो कोही पनि १ दिन जान्छ नै त्यसकारण तपाईं ले तपाईंको भाईलाई छिटो भन्दा छिटो खबर गर्द हुन्छ किन कि म पनि अहिले पर्देश मा नै छु १ पटक जसरी भय पनि यथर्थ कुरा भन्नु होला किन कि तपाईंले कती दिन सम्म कुरा लुकयर राख्नु हुन्छ १ दिन आखिर त्यहाँ भाईहाल्छ

  54. umesh g i am soo sorry to hear this sad news….. plz takecare…..by the way where is bhai?
    m in uk , if he is here let me contake him…i ll try to takecare of him…. plzzzzzz

  55. very hard time. so short time .it sounds like he just arrived to new place. Any way it’s good to tell the fact. in my view it is very hard to hide.One day u have to tell.
    may be he can see very bad dream. some time it made dark day. so Umeshajee tell him very nicelly so the reallity. and one thing Keep in mind call him friquentlly talk long.yr all family member need to talk to him. daliy for some day.
    i think tell him just chokho khan lagaun. now how he can do other than this. this is just my view. it it very hard to bare. hope God will help u all.

  56. उमेश नि तपाईको बुवाको आत्माको चिर शान्तीको कामन साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने भगवान सँग प्रार्थना गर्न चाहन्छु । तपाईको भाईलाई खवर गर्ने बिषयमा भने मेरो सल्लाह केहो भने । म आफै पनि त्यस खालको पिडा बाट पिडीत भई सकेको हुँदा तपाईको पुरेतले भने झैं ९ औं दिनमा नै खवर गर्नुहोस । चोट त जहिल्यै भने पनि पर्छ । तर तपाइृको भाइले समयमा थाहा पाएको खण्डमा कमसेकम आफ्नो संस्कृती अनुसारको कर्म गर्न त पाउनुहुन्छ । यदी पछि भन्दा के होला भन्ने सवालमा जतिखेर तपाई बुवाको काम गर्दे हुनुहुन्छ त्यतीखेर तपाईको भाई मनोराजन पनि त गर्न सक्नुहून्छ । पछि त्यो कुरा उहाँदले थाहा पाउँदा झनै पिडा हुन्छ ।
    चिराजीबि खतिवडा
    हाल मलेसियाबाट

  57. he must be informed because this is the news that will shock you on the day you hear no matter when it happened.

  58. उमेह जि प्लिज भाईलाई आज नै भनिदिनुस्
    पछी आफुलाई पछुतो र् उशला पनि /बाबुको किरीया गर्नी हक उसलाई पनि छ /he can control him self.thank you

    गीता पौडेल
    बोस्तोन , अमेरिका

  59. umesh ji you have must to call or inform him becaseu this is happen only one time in life after that no dady and nothing becaseu baba is baba so any who you have to call him if possible his com comback for short time so please call him. Because it happend on me too so i fell very bed and very dark so plese call him when that time i was in kathmandu and my baba died in Darchula but that time Moist stop all ways and i was verry difficulty get like four day my home in Darchula so it was really pain inside. so please dont give him time to for pain his heart bceaseu if he know after one or two month then he will be upsed very much and hole life he never tretment for his inside pain so please call him and if he can come back nepal it ok otherewise he wil do his onw what out culture. so plese let him know.

    Ram Datt Joshi
    USA, VA

  60. नमस्ते उमेश जि
    तपाईंको बुवा बित्नु भएको यस दु:खद घडीमा हार्दिक समवेदना ।

    जहासम्म बिदेशिएका तपाईंको भाईको कुरा छ, वहाँलाई जतिसक्दो चाडो खबर गरेर बुझाउने कोशीस गर्नु नै बेश हुनेछ ।
    यदी कसैबाट यस खबर थाहा पाएर भाईले नै परिवारसग यस दुखद घटनाकोबारे सोध्नु पर्‍यो भने अली राम्रो न होला कि ।
    मलाई जहासम्म लाग्छ बिदेशिएका भाईले बुज्झछ होला यस स्थिको अवस्था बारे त्यसो न भएपनी तपाईं बुझाउने कोशीस गर्नुस र तपाईंको बुवाको नाममा केही धर्म-कर्म गर्न लगाउनुस । जस्तै कि यदि तपाई बौद्ध हुनुहुन्छ भने बौद्ध मन्दिरमा गएर धूप बत्ति बालेर अनि भिक्चु वा लामा वा पुजारिलाइ केहि वस्तुहरु बुबाको नाममा दान गर्न लाउनुस ।
    तर बिदेशमा बार्ने वा चोखो गर्नु पर्छ भन्ने जस्तो मलाई लाग्दैन यदि सक्नुहुन्छ भने त्यो पनि गरे राम्रो नै हो ।

    जुन चिज मैले गरेको थिए । साथै माथि थुप्रै साथिहरुले पनि राम्रै बिचार दिनुभएछ । अन्तमा उमेशजि तपाईहरु सधै भाईको सम्पर्कमा रहिरहनु राम्रो हुनेछ ।
    हार्दिक सम्वेदनाका साथ बिदा चहान्छु ।

  61. उमेश जी
    सर्बप्रथम त हजुरलाई यो दु:खको घडीमा शोकलाई धैर्य धारण गर्ने शक्ती इश्वरले प्रदान गरुन र हजुरको बाको आत्मालाई चीर शान्तिको कामना गर्न चाहन्छु ।
    मलाई जहाँ सम्म लाग्छ हजुरको भाईले तपाईंको blog अबस्य नै हेर्नुहुन्छ त्यसैले पक्कै पनि थाहा पाइसक्नु भयो होला । यस्तो अवस्थामा झनै उहालाइ खबर नगर्दा त परिस्थितीहरु नाजुक बन्न सक्छ । बरु जती सक्दो उहालाई पनि खबर गर्नु भये राम्रो हुन्थ्यो कि !

  62. उमेशजी अब सायद यो कुरा तपाँईको भाइबाट लुक्न सक्दैन किनभने तपाँईको यो blog बिदेशमा लोकप्रिय छ। तसर्थ तपाँईको भाइले पनि यो हेर्नु हुनेनैछ। अथवा वहाँले नहेरे पनि साथिहरुको माध्यमाबाट थाहा हुनासक्छ। यसरी blog या अरु कसैबाट थाहा पाउनु भन्दा तपाँईहरुलेनै भन्नु भयो भने राम्रो हुन्छ, कमसेकम तपाईहरुले वहाँलाई सम्झाउन सक्नुहुन्छ।

  63. उमेश, धेरैदिन पछि तिम्रो ब्लगमा छिर्दा नराम्रो समाचार सुन्न पाइयो । आशा गर्छु कि तिमी र परिवारलाई यो दुखद क्षण पार गर्न सामर्थ प्रदान होस् । मन धेरै कठोर बनाउनु हुँदैन, आफ्नो आँसु अरुले देख्लान कि भनेर लुकाउनु हुँदैन । अरुले सुन्लान कि भनेर डराउनु पर्दैन । आफूले आँखा खोलेदेखि देखेको अनुहारलाई बिर्सिन गार्‍हो हुन्छ । सम्झनाहरु मेटाउन झन असम्भव नै हुन्छ । डाँको छोडेर रोउ, हरेक आँसुमा बुवालाई सम्झ । रुनु नराम्रो कुरा होइन । जब मान्छे रुन्छ तब न उ रियालिटीलाई अँगाल्न सक्षम बन्छ ।

    कुरा आयो भाइलाई भन्ने कि नभन्ने बारे । ७ दिन अथवा ९ या १० दिनको कुरालाई छाडिदेउ । यी सबै पुरोहितका घुमाउरे कुराहरु हुन् । भाइलाई यो कुराको अवश्य जानकारी हुनुपर्छ । अहिले हेर्दा तिमीले भाइलाई प्रोटेक्ट गर्न खोजेपनि यसले पछि गएर भाइमाथि नराम्रो असर गर्नसक्छ । बाँकी तिमीहरु आफ्नो परिवारबीचको सल्लाह हो, यसमा हामीले भनेर केहि हुँदैन ।

    Take care there.

  64. mero bicharle vannu nai parchha—tara dherai kura milayara inform garnu—kasaiko lifetime kati ho kasailai thaha hudaina–tesaile uhalai support gardai inform garihalnu nai thik hola

  65. so sad to learn about this. i am pretty much puzzled. Does not your brother visit this blog? if he visits, he maight have already known this.

  66. उमेश जि,GOD ले मानिस लाई तेती सम्म दु:ख दिन्छन जती सम्म शहन सक्छ, शहन नसक्ने गरी दु:ख दिदैनन होला यदी साचै GOD छन भने, तेसैले समय मिलाएर भन्दा हुन्छ जेस्तो लाग्छ ।

    Thanks
    prakash

  67. Umesh ji,
    Please don’t tell the thing to your brother at the moment. Whatever has happened it is over, and in one sense it is natural process and we should try to convince ourselves remembering this fact at this moment of difficulty. Since it is your brother’s first foreign trip, he might be facing various challanges in the new environment. If you tell him about the incident at the moment, it will just multiply his troubles. I am sure this will happen to him. Forget about the rituals for your brother now. We have faced such a situation few times in a foreign country. You can tell about the incident after sometime (may be a month or two) when he gets used to in the new environment. This is what my experiences and conscience tell.

  68. ऊमेशजी, मेरो पनि हार्दिक समबेदना!
    माथि साथीहरुले भने जस्तै, तरिका पुर्याएर अहिले नै खबर गर्दा राम्रो हो कि।

  69. first of all i would like to pray to god to provide strength to overcome this situation to yourself and to ur family and also ur father soul may live in peace in heaven.
    i actually cant say any thing in this situation still what i can say is to calm by yourself and try to overcome the situation and for the matter of ur brother, in my openion it would be better to tell him through someone else like friends or other whom u may know, and is he living with him. i am the one who is at aborad now its hard to coop with this kind of situation but still truth is truth and it have to be come out one day anyway so.
    every one must be prepared for this kind so situation the only thing is time and condition.

  70. भाईले दाइको ब्लग हेर्ने त पक्कै गरेको छ होला । छ भने त उस्लाई पहिले नै थाहा हुँदैन र भनेको, यदि थाहा छैन भने त भनेकै राम्रो ।

  71. he must have already gone through this blog site?? k ko lamba chauda kura garko ni…..ki daju le chalako site bhai le naherne kasam kha 6??

  72. bhanna ta bhnnai parcha bhai lai….tapain ko buwa lai mero shradhanjali…malai achamma chain k lagyo bhane..tapain ko bhai le tapain ko yo blog napadhne raicha ki kya ho??

  73. It would be good to tell him so that he can attend 13 days programme. His travel fare will be covered by insurance company as well. I think better to tell him.

  74. It may be unrealistic to assume that your brother is still unknown about the death of your father in this narrow world of internet era. Whether your family inform your brother or not, he might have known about it by now or or will be knowing by next one or two days since he might have already visited this mysansar site or even from his friends.

    The ultimate truth is that his father is dead, and it is his rights to know about it. I think that he would feel very bad if he is kept in dark about it for a long time. In my opinion, you should just let him know about the incident and let him decide by himself whether he would come back home to perform the final rituals and share the griefs with other family members or not.

  75. so sad to hear that umeshji any way bhagwan lae yo dukhad ghadi ma shahan shakti diun ra hajur ko bua ko aatmalae shanti paun

  76. Umesh-ji,

    Nothing I or anyone else can say or do can lessen your grief in these times, and I am sure you will get over it in due time. In the meantime, however, please accept my sincere condolence to you and your family.

    As far as your brother’s situation is concerned, I think it is always the best NOT to try to evade the reality — your brother needs to know the truth now. It will definitely be very difficult for him and your family alike, but it’s always meaningful to live through the difficult times by facing it head on, and go through the mourning process while it’s supposed to last. I am sure you and your family are going through terrible times right now, and you wouldn’t wish to go through it all over again when you decide to tell your brother in the future. The best would be to live through the grief together NOW, once and for all.

    Once again, my thoughts and prayers are with you and your family.

    Anil.

  77. उमेशजी,
    सर्व प्रथम त यो दु:खद घडीमा हजुर र परीवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन र उहाको आत्माको चिर शान्तिको कामना गर्दछु । भाईलाई पनि जतिसक्दो छिटो खबर गर्नु उचित होला भन्ने लाग्छ ।
    UK

  78. You should definitely tell him. So that he will have a chance to mourn himself too. Being ignorant about this sad news what if he is partying these days? He will feel very guilty later. So you should tell him but also comfort him that he should be strong. It is hard but we have to accept the universal truth. Hiding it does not help.

  79. DEAR UMESH BROTHER,

    SARRHAI NARAMAILO LAGYO YO TRAGIC NEWS SUNDA
    TAPAILAI YO DOOKHA KO GHADI MA BHAGABAN LE SAAHAS RA TAPAIKO BOOWA KO AATMA LE CHEER SANTI PAHOOS BHANNE MERO HRIDYA BATAI DHERAI DHERAI PRATHARNA CHA.

    CHEERS

  80. Umesh Bhai

    So sorry to hear the news, my sincere and heartly condolence to you and your family. As far as informing your brother of the sad and tragic news is concerned, as many have already said above, there is no escape to the inevitability. Its best if he’s informed now, from my own experience, as more time lapses, the harder it becomes to heal and the excruciating pain and regret forms the days for much more longer than if he’d known it sooner…… Not informing him might add anger making matter even worst..

    Sincerely
    G Tamu

  81. You should inform him right away. I am sure he will deal the same way you are dealing. I remember the pain I went through when my father passed away, I remember crying alone like you said. My eyes filled while reading your blog. I live out of the country and I have noticed that relatives from Nepal do not inform us on a lot of things thinking that we can not handle the situation. That is not true. I would say; if he can come back and be together with the family. That would be the best healing. But that may not be practical.
    Anyway, be the departed soul rest in peace. May you and your family heal with this pain soon.

  82. तपाईंको ब्लग हामीहरु बिश्वका बिभिन्न कुनामा बस्ने मनिसहरुले हेरेका छौ भने तपाईंको भाईले यही ब्लग हेरेर थाहा पाउने सम्भाबना छ भने भन्दा राम्रो होला नि त, होइन र??

  83. Umesh tapai ko khabar sunera malai ni ekdum naramro lagyo. Bhai kunai afanta sanga bascha bhane pahila tinai afanta sanga salla garera bhanda ramro hola. Bhaila bidesh ma santawana dine ni kohi hunu paryo.

  84. Dear Umesh jee,
    Sorry for your biggest lost,We never get again once our parent lost but what to do? Human being,one day we all have to go just difference is time and person…God will give you really strong strenth in this very hard and sad moments…Please Better Imform to your brother because this is really sad time and he should do something,samething you are doing after your father death….where he lives and He may can go again after father’s Kriya!!!
    We are very sorry again for your hard time in your life, right now.I lost My great Father before 54 months ago which is really so sad…I will be so happy if still my father was alive.

    God bless you and your family!!!

    Thank you,
    Megh Singh Adhikari
    USA!

  85. my heartfelt condolence, Umeshjee.

    Yesto dukhad kura uta bhai ko basai-sasai/bandobast sab milisakepachi bhannu uchit hola.

    may god give you and your family strength, patience and courage to bear this irrepairable loss.

  86. उमेशजी,
    अकस्मात बुवाको यस्तो खबर सुन्दा जो सुकै पनि कमजोर मनिस्थिती र कमजोर शारिरिक अवस्थामा पुग्न सक्छन \हुनत बिदेश एक्लै जाने योजना बनेको समय देखी नै बिभिन्न समस्या सँग एक्लै लड्नु पर्ने मनिस्थिती बनाइसकेको हुन्छ बिदेश जान तयार भएकाहरुले र एक किसिम को भिन्न सक्ती सन्चय गरिसकेको हुन्छ \जब आफ्नो भुमी,आफ्नत,साथिभाइ देखी कोही टाढा लागिरहेको छ् भने उस्ले मन दरिलो बनाइ सकेको हुन्छ \त्यसैले यदी तपाईंको भाई वा भाई सँग संम्पर्कमा आएका कोहिले माइसन्सार हेरेको भए त उहाले थाहा पाएर घरमा फोन गरिसकेको हुन्छ \हैन खबर थाहा नपाईसकेको अवस्थामा भने भाई को संम्पर्कमा रहेका ब्यक्ती मार्फत वा संम्पर्कमा कोही नरहेको अबस्थामा भाईको कस्तो खाले स्वभाब छ् वा दु:ख कतिको सहन सक्ने क्षमता छ् त्यसमा निर्भर रहन्छ कहिले खबर गर्ने भनेर \जहा सम्म काज कृया को सबाल छ् भाईले नेपालमा छ्दा जस्तो गर्नु पर्दैन \भोकै बस्ने काम नगर्न र कलेज,काम जाने क्रम नछोड्न भन्नु होला \

  87. उमेश जी,

    हार्दिक समबेदना।

    आफ्नो भाए लाई पनि यथासक्के छिटो आफ्नो धर्म-कर्म निभाउन दिनुस्.

  88. Umesh ji,

    Please try to follow Vipassana technique; it is a great wisdom that you can use your current situation. Have patience yourself, everything will be okay.

    Prabin
    VA,USA

  89. तर उमेश जी, तपाईंको यो ब्लग पढेर नै वहाँ ले थाहा त पाउनु नै भयो होला नि, होइन र?

  90. Umesh ji,

    Please try to follow Vipassana technique; it is a great wisdom that you can use your current situation. Have patience yourself, everything will be okay.

    Prabin
    VA,USA

  91. umesh ji tapai le tapai ko bhai lai informally ta yo bhanda pahile ko blog ma nai bhani saknu bhayo ani aaja ko bolg bata pani tara yaso bhandai ma nabhanne ra bhanne bhanna khojeko bhane tapai le bhailai formally bhannus ta ki tapai ko bhai ko chita dukhaune kura bata mukti paucha.ani tapai le bhanda information ko sath ma solution pani diyara bhannus yasaima bes hola i mean solution bhannale samjhayara bujhayara ani k garda ramro huncha tyahi sallaha garera kam garda ramro huncha hola.

  92. बास्तबमा भाइले थहा पाइसक्नु भयोहोला,यदि थहा नभएको भए पुरेतले भनेको बाटो हिड्दा उत्तम होला।फेरि पनि यस दुःखद क्षणमा हार्दिक समबेदना!!!!

  93. sorry to hear that your dad passed away. i reckon you should inform your brother, and i am sure he can handle this situation as a grown up man.
    all the best for you & your family.

  94. Umesh ji,

    Is he a fan of this blog? If yes, he will be knowing by himself.
    But I guess, its your responsibility to inform him.

  95. उमेशजी

    ठानेश्वर जि को कुरा मा मेरो पनि समर्थन छ। दु:ख को घडी मा हार्दिक शाहनुभुती छ। तपाईं को बा को आत्मा ले शान्ति र बैकुन्ठ बास पाओस।

    BK

  96. Dear umesh ji,
    If ur brother knows about the blog defenitly he used to check it in each day as we all do.I hope u have to think about it

  97. This is very controvertial thing. It is a two sides of coin, what to do and what not to do? What kind of thing cocnerning person like that thing will be good. It doesn’t necessary to follow the other peoples’ version.

  98. Umesh ji, sorry for that lost… make strong yourself and please tell to your loving brother about this current situation okey,, he is alos part of your family.. and he has to know all about this situation and he is a man,few minutes he will cry but after all it will be okey ,,he can accepted the real life truth,,, okey… i had a same situation what your brother going to face himself alone in aboard ,,okey.sure he is a real man can handle himself ,belive me.

  99. Dear Umesh,
    Our thoughts are with you at this difficult time. Living beings are mortal. Those who are alive need to gain strength to get through this difficult time and get their lives running. Support and sympathy from friends and family are invaluable at this time. My wife lost both her father and mother a couple of years ago. I can sense some of the difficulties. Your brother may not have the necessary support that he needs at this difficult time. However, I strongly suggest you need to share this news with him at the earliest so that he does not have any grudges later. Certainly, he can do nothing. But he might have his own way of going through this mourning process. I live in a foreign country and I would have shared the news with him now.

  100. Umesh ji, tapai haru le bhai lai bhannai parchha. usko jindagi sakiyeko chhaina…bidesh bhaneko jati bela jahile jati patak pani jana sakinchha sakchyam bhaye pachhi…tara afno pitri ko atma shanti ko lagi usle garnu parne karma kanda bhaneko kahile pani feri garna paudaina. ma pani bidesh ma nai chhu…ma mero pitri ko lagi yo pura bidesh chhodna tayar chhu…nepal aayera feri bidesh jana nasakine bhanne haina…bidesh nagaye khanai napaine bhanne pani haina..tara pitri ko karma kanda bhaneko feri feri garna paidaina. Umesh ji, mero sallah anusar chai tapai haru le turuntai bhai lai khabar garnus.

  101. खबर त गरेकै जाती , थानेश्वरजीले भन्नुभएको कुरा ठिक लाग्यो ।

  102. उमेश जि !
    तपाईंको भाई को ब रि प रि अरु नेपाली हरु हुनु हुन्छ कि हुनु हुँदैन ? मेरो मतलब तपाईंको भाई लाई यो पिर मा सा न्तबना दिने हुनु हुन्छ कि छैन ?
    बहाले यो माइसन्सार हेर्नु हुन्छ कि हुँदैन ? ( बिदेश ) मा ?
    यदी हेर्नु हुन्छ भने त बहाले थाहा पाउनु हुन्छ , त्यसो हो भने भन्नु नै पर्ने हुन्छ । होइन भने बि स्तारै भन्दा राम्रो हुन्छ जस्तो लाग्छ । अनी भन्ने बेलामा अन्य बहाको नजिक को साथी लाई पहिला भनेर मा त्र भन्नु राम्रो होला ।

  103. I think it will not be wise to not to tell.

    I dont think your brother will that much smart that he will watch your blog. If he knows, he will be very downhearted with you for not telling. He will do as he could to keep peace of your father’s soul.

    If you believe in life after death, his ritual works also required for father. what do you think ???

  104. First of heartly condolences
    Umesh-Ji, You have to tell your brother.
    When i was in Foreign country Japan, My mother was
    expired in Nepal. My families said me all things.
    Just after my mother passed away same time my brother and sister called me and informed. I was first time in foreign country as same as your brother.
    One thing is diffrerent that i was in Japan already four month. It was most tragic time in my life. Many days i only cried at my room. Very sad. But my opinion you have to tell to your brother.

  105. मेरो विचारमा भाइलाइ १३ दिन भित्रै खबर गर्दा राम्रो होला उमेश जि। यदि नेपाल गएर फर्कने मिल्ने भए १३ औ दिनमा सामेल हुने गरि र फर्कन संभव नहुने भए आफु बसेकै ठांउमा संभव भए अनुसारको रीति गर्न लगाउनुस। समस्या र दु:खपूर्ण समचारलाई लुकाएर होइन बुझाएरनै परिपक्व बनाउनु पर्दछ।

    मानिस जन्मे पछि मर्नु पर्छ भन्ने शाश्वत सत्य लाइ हामि सबैले वास्तविक रुपमा नै मनन गर्नु पर्दछ यस्तो दु:खद घडिमा। काल वा अकाल, मृत्यु दुखदनै हुन्छ र यस्तो दु:ख बाट भाग्न वा तर्कन कोहि पनि सक्दैन र मिल्दैन पनि।

    भाइ भएको कुन ठांउमा हो, त्यहां भएका मित्रहरु वा आफन्तहरु वा कुनै सज्जन नेपाली मार्फत भाइलाई खबर गर्दानै राम्रो होला। मेरो अनुभव अनुसार भाइहरुलाई दु:ख र समस्याबाट टाढा राख्न वा जोगाउन खोज्दा त्यो प्रत्युउत्पादक बन्छ उमेश जि। त्यसैले अझै एकपटक वास्तविक अवस्थालाइ ध्यानमा राखेर यसबारेमा सोच्न अनुरोध गर्दछु।

  106. उमेश जी चिन्ता नगरनुस् तपाईंको भाईले थाहा पाइसक्नु भयो र अहिलेसम्म त आफुलाई नि समालिसक्नु भयो होला .. तपाईं आँफैले थाहा दिसक्नु भयो नि यही बाट होइन र ?

  107. प्रिय उमेशजी
    भाई कस्तो छ |सहन सकने खाल को छ की छिन,धेरै सम्बेदन सिल खाल को छ भन्दा न भन्ने होइन भने भानिदिये हुन्छ |सबैले आफ्नो आफ्नो भाग को पीडा भोग्नै पर्छ |मानिस भयेपछि यो कटु यथार्त लाइ भोग्न सक्ने क्ष्यमता परमेश्वर ले सबैलाई दिएका हुन्छन् नै |

  108. उमेश जि
    जसरी यो धर्तिमा जन्म भयो उसै गरी यो देहलाई त्याग गर्नु नै पर्छ । यो साश्वोट सत्य छ । जुन अवस्थाबाट आज हजुर गुज्रिदै हुनुनुन्छ भोली हामी आम मानब लाई यो अवस्था पर्ने छ । केबल चाडो ढिला मात्रै फरक हो । हजुरको मनमा अहिले जुन समस्या छ भाई प्रती त्यो बिल्कुल अन्योलपूर्ण छ । तर हामीले वास्तविकतालाई कहिले पनि नकार्न सक्दैनौ । मलाई जहाँ सम्मा लाग्छ वास्तविकतालाई लुकाउनु ठीक होइन । केही दिन मनलाई सम्हालन नसक्नु होला तर वहाँले यो सत्यलाई अबस्य पनि स्विकार्नु हुन्छ । हुनसक्छ वहाँको मनमा भोली ढिला गरी दिएको खबरले नराम्रो असार पार्न पनि सक्छ । जती सक्नु हुन्छ वहाँले आफ्नु कर्त्ब्यको पालना अबस्य गर्नु हुनेछे । समय अनुकुल पारेर आफ्नु भाईलाई खबर गर्दा नै राम्रो हुन्छ होला जस्तो लाग्छ ।
    israel

  109. Umesh ji,
    Sarai naramro khabar sunnu paryou..bhagawan le tapai lai yo bela ma sahane shakti pardan garun. Tapai ko bhai kun des janu bhayeko ho tyaha help garne ko hi cha ki chaina sabai tyas ma bhar parcha. yedi tyaha pahile dekhi chinejaneko kohi help garne take care garne kohi cha bhane ahile bhanda nai thick huncha..tara tyaha kohi chaina eaklai ho bhane ahile nabhannu bes huncha.

    Ramesh
    USA

  110. रोज्बिन जि अचम्म त यो लाग्यो कि तपाईं पनि ब्लग पढ्नु हुदो रछ तर ढुख लाग्यो कि मान्छे लाई पित्री शोक परेको छ भन्ने कुरा पढ्न भने फुर्सद भएनछ ।

  111. Umesh ji! First of all heartly condolence for your father dead soul jaha samma malae lagcha hajur le bhai lai inform garnu parcha uhale aafulai aabasya samalnu hunecha don ‘t worry.

  112. ma pane ahele bidesh ma nai chu. dukhad ghatana gateko rahecha. j nahunu thiyo tyo ta vai sakyo. bidesh ma baseko lie aanek tension huncha, saath dene kohe hudaina vanne kura dherai haad samma thik pane ho. tara jaba vai lie eakdin vannu nai cha, usle tyo pida mahasus garnu nai cha vane tyo ahele nai vanda thik huncha. kina vane dherai jana le bidesh ma gako manchay sanga ghar ko pida lukauchas jun kura bidesh ma vako lie kathaiba chitta bujhdaina. pachi vai le tha paya pachi usko eak matra gunaso hunecha, malie kina navaneko????

  113. भन्नु त भन्नु नै पर्छ तर बिदेश आउँदा भोगेको पिडा सङै पीत्री शोक को पिडा को अनुमान लगाउन सहज् छैन , म त पुरेत बाजेको सल्लाह अनुसार नै गर्नु हुन अनुरोध गर्छु।

Comments are closed.