चीर शान्ति पाओस् बुबाको आत्माले

-दीपक भट्टराई-

किरियापुत्री बसिरहेको घरमा जानु आफैमा असजिलो लाग्ने काम हो। त्यसमाथि वेदनाले हत्तपत्त नछुने र छोयो भने छोड्दै नछोड्ने म जस्तालाई, त्यस्तो घरमा गएपछि कसरी प्रस्तुत हुने भन्ने कुराले असाध्यै पिरोल्छ। साधारण लोकचार नजान्ने हुँदा म त्यस्ता स्थानमा कि बोल्ने शब्द नै पाउँदिन, कि असाध्यै धेरै बोलेर किरियापुत्रीलाई नै दिक्क बनाउँछु।

पुराना सहपाठी, सहकर्मी र हितैषी मित्र उमेशको बुबा बितेको थाहा पाएपछि पनि त्यहाँ गएर कसरी प्रस्तुत हुने भन्ने कुराले मलाई पिरोल्यो। तर, सामान्य शिष्टाचारको लागि भन्दा पनि आफ्नै बुबाजस्ता व्यक्तिको मृत्युमा पुगेर समवेदना दिनु कर्तव्य सम्झेर आज बिहान रविभवन पुगें। हुन त उमेशका हजुरआमा पनि मैले थाहा पाएर नै कालिमाटीको घरमा बित्‍नुभएको हो। तर, बिर्सेर पनि हुन सक्छ, त्यो बेला अहिले जस्तो पीडा भए झैँ मलाई लाग्दैन।

उमेशको बुबाको मृत्युपछि अनायासै एउटा अभिभावक गुमेको पीडा मैले महसुस गरेको छु। उमेशसँग रत्‍नराज्यलक्ष्मी क्याम्पसमा भएको चिनजानपछि कालीमाटी चोक नजिकको एउटा पुरानो घरमा म जान थालेको १५ वर्ष पुगेछ। यी १५ वर्षका कतिपय नेवारी चाड मैले त्यो घरमा मनाएको छु। नवलपरासी जान नपाउँदाका धेरै दशैंका टीका बुबासँग मैले पनि लगाएको छु। पछि त नवलपरासी पुगेर बाबुआमाको हातबाट दशैंको टीका लगाएर आए पनि काठमाडौं फर्केर पूर्णिमाको भोलिपल्टसम्म पुगेर समेत मैले बुबाको हातको टीका थाप्ने गरेको थिएँ।

मैले चिनेदेखि नै बुबा शान्त प्रकृतिको मानिस हुनुहुन्थो। घरको छिडिंमा रहेको सानो पसलमा उहाँ प्राय बसिरहनुहुन्थ्यो। मेरो पनि गाउँमा व्यापार भएर होला मलाई थाहा थियो, बुबाको व्यापार गर्ने तरिका त्यति ठीक थिएन। पसल बढाउन सकिन्थ्यो होला। तर उहाँ त्यसैमा सन्तुष्ट हुनुहुन्थो अथवा बढाउने साहस बटल्नुभएन।

“मानिस तबसम्म मात्र बाँच्छ, जबसम्म उसमा बाँच्ने चाहना हुन्छ।” बुबाको मृत्युपछि मलाई यो भनाइ कतै सुनेको हो कि त्यसै आफ्नै मनमा आएको हो पटक पटक आइरहेछ।

बुबा तबसम्म त्यो घरमा हुनुभयो, जबसम्म छोराहरू एकैसाथमा थिए। छोराहरूको भविष्यप्रति जबसम्म बुबाले लिने चिन्ताले काम गर्दथ्यो। जब छोराहरू छुट्टिए, सबैले आ -आफ्ना सुर गर्न थाले र जब बुबाको पसल बेचियो, तब बुबाको मृत्यु भयो। जब बुबाले आफूले बनाएको घर बेचेर छोरा बुहारीले कमाएको घरमा जानुभयो त्यसको तीन महिना नहुँदै बुबाको मृत्यु भयो। जब कान्छो छोरा उदेश कोरिया उडे र उसले पनि पैसा कमाएर जीवन धान्छ भन्ने टुंगोमा बुबा पुग्नुभयो, तब बुबाको मृत्यु भयो।

दाइ रमेश र मित्र उमेश दुबैले सहयोगी श्रीमती पाएका छन्। जब कालिमाटीको पुरानो घर बेच्ने कुरा भयो, तब सबै छोराहरूले सहमति जनाए र छुट्टाछुट्टै घर किन्ने कुरा गरे, तब बुबालाई लाग्यो अब यी दुबै छोरालाई मेरो आशीर्वाद मात्र भए पुग्नेरहेछ। बुबाको कमाई दुबै छोरालाई नचाहिने कुरा गम्दै बुबाले नयाँ ठाउँमा गएर पसल राख्ने विचार गर्नुभएन। त्यसैले बुबालाई आफ्ना पसलका लागि बाँच्नुपर्ने काम पनि रहेन।

बुबालाई कान्छा छोराको पीर थियो। तर, जब उसको पनि कोरियामा काम गर्न जाने सरकारी भिसा मिल्यो तब बुबालाई एक प्रकारको सन्तुष्टि त्यसमा पनि पक्कै भयो। त्यसपछि बुबाको देहावसान भयो र त्यो पनि कान्छो छोरा विदेश उडेको भोलिपल्टै।

मैले धेरैले भनेको पटक पटक सुनेको छु, सबै सन्तानको राम्रो देख्दादेख्दा मर्न पाइयोस् र अशक्त नहुँदै मर्न पाइयोस्। बुबा पनि त्यसरी नै हामीलाई छोडेर जानुभयो। बुबाको आत्माले चीर शान्ति पाओस्। [email protected]

12 Comments

  1. मिर्तात्माको चिर शन्तिको कामना ! उमेश जि लगायत सम्पूर्ण परिवारलप्रती हार्दिक समवेदना ।

  2. सोक ठुलो छ बुवाको ऐले
    बिछोद्मा शान्ती हुन्न कैले
    बाल्यकाल्मा हजुरलाई
    बिछोड ले रह्यो जलाई
    ——————
    हुर्काउनु भो गरेर दु:ख
    मलाई chha yo कुरा को याद
    कसो गरी थाम्नु आँशु पिता यो ?
    बोलेको याद अझै छ मिठो
    ——————–
    खाइ नखाइ खुवाइ मलाई
    देखाउने बाटो सधैं भलाई
    मलाई आकाश खसेझैँ पिर
    मन्मा लाग्छ छु धेरै अधिर
    ———————
    रुन्दा म साह्रै कहिले काहिँ त
    रुनु हुन्त्यो दु:खाइ चित्त
    बाबा मैले रुवाएँ छु कि
    माफि दिनु झुक्दछु आज अत्ती
    ———————
    बिहान भो उठ बाबु अबत
    घामै देखिए हेर पूर्व फर्क
    हातै जोडी बिन्ती गर सुर्यलाई
    बुद्दी दिनु हुन्थ्यो कती मलाई
    ———————–
    अर्ती दिने ज्ञान दिने मलाई
    बाबा कर्म दिने मलाई
    सानो छँदा बोकेर डुल्नु हुन्थ्यो
    सबै दु:ख पनि भुल्नु हुन्थ्यो
    ———————–
    बिछिप्त भो यो मन कल्पनामा
    बाबा रुन्छु परी चिन्तनामा
    आगो नछउ डस्छ पारेर घाऊ
    यो हतियार छुन नआउ
    ————————
    पशु सित जिस्किने तिम्रो बानी
    हटाउ नराम्रो पछी गर्छ हानी
    यस्तै कती अर्ती दिने मलाई
    त्यो सम्झना ताजा अझै मलाई
    ————————–
    जती दु:ख परेनी मन्मा
    मेरो मुख मा हेरी छिन छिन्मा
    भुल्ने सबै दु:ख र दर्दलाई
    जानु भयो सुख दिनै नपाई
    ———————-
    म छोरो अती दुर्भाग्यमानी
    सेवा गुरुँला bhandai पछीनी
    पाइन सेवा पनि गर्नलाई
    जानु भयो दिल साह्रै दु:खाइ
    ————————–
    बाबा भुल्दिन हजुरलाई
    माफि दिनु गल्ती भए मलाई

  3. life is uncertain until death but its not unfortunate because life goes on so i pray for the soul of umesh’s dad to rest in peace.may his mom n his family get the strength to face the truth in coming days, may god bless all.

  4. उमेश जीको बाबाको आत्माले चिर शान्ति पाओस्।
    र,उमेश लगायत सम्पूर्ण परिवारले धैर्य धारण गर्ने शक्ति
    प्रधान गरुन भनि कामना गर्दछु।

  5. उमेश जी,
    आमा लगायत तपाईंको सपरिवार् मा इश्वर् ले धैर्य धरान गर्ने शक्ती प्रदान गरुन भनी कामना गर्दछु । तपाईंको बुवाको आत्मलेशान्ती प्राप्त गरोस ।

    गीता पौडेल बोस्तोन, अमेरिका

  6. Humm I lost my dad almost 3 months ago…felt unfortunate when I was unable to go back Nepal.
    This is called a life- mixture of happiness and sadness.
    Anyways, what is your daddy’s name? ( tried to mention his name while I was praying)
    I can understand the pain you are going through these days…
    Umesh, your daddy will be attached to u, no matter where u go or what u do….
    Hope God will give you enough strength to carry on…

  7. I am so sorry. May rest his soul in peace. Deep condolence and sympathy to family family members on loss of your beloved father.

    Thanks for conveying this tragic news to Dipak.

  8. “मानिस तबसम्म मात्र बाँच्छ, जबसम्म उसमा बाँच्ने चाहना हुन्छ।” दिपक जि तपाईं को यो भनाइ सँग अली शहमत हुन सकियन किन कि समाज मा कती मनिस छोरा बुहारी को हेपाइ शहेर बाँच्न भन्दा मर्नु जाती भन्चन । तर तिनीहरु नै बढी समय सम्म पिडा खपी काल लाई कुरी रहनछन जस्तो लाग्छ । मलाई पनि लागेको कुरा मात्र हो दिपक जि । अनुसन्धान त कले पो गरेको छ र ।

  9. तेस्ताइ हो नि दिपक जि सबैले एक्दिन न एक्दिन मर्नै
    पर्ने हो,कुरा ढिलो चादो को मात्र हो नि, म पनि भगवान
    सँग प्रार्थना गर्छु कि बुवाको आत्माले चिर शान्ती पाओस
    र उहाका छोराहरुमा शहन शक्ती भगवानले प्रदान गरुन,
    जे होस् बुवाले सबै छोराहरुको राम्रो देखेर नै जानु भएछ,
    यो नै राम्रो कुरा हो नि,मरन राम्रो नै भएछ,मेरो हजुरआमा
    पनि प्यारअल्य्सिस जस्तो हात खुट्टा नै नचल्ने भएर मर्नु
    भएको थियो,साह्रै गाह्रो भएको थियो उहालाई त्यो बेलामा,अशक्त
    भएर मर्नु त धेरै गाह्रो हो नि मर्ने लाई पनि,भगवानको लेखन्त
    पनि हो नि सबैले एक्दिन जानु नै पर्छ, जे होस् मर्नु त पारीहल्थ्यो
    एक्दिन तर राम्रै मरन भएछ,अब भगवानले स्वर्गमा नै लिएर गए
    भन्दै छोराहरुलाई पनि शक्ती प्रदन गरुन ईश्वरले भन्दै प्रार्थना गर्छु.
    dipak from sweden

Comments are closed.