यो साता फोटो हेरी कविता लेख्नका लागि चुनौतिका रुपमा फोटो-
परेवाको आत्महत्या ? यो फोटो मैले यसै साता बसन्तपुरमा खिचेको हुँ। बसन्तपुरको बाटो हुँदै न्युरोडतर्फ गइरहेको बेला नौतले दरबारको एउटा झ्यालमा आँखा गयो। एउटा मनै दुख्ने दृश्य देखियो। झट्ट हेर्दा लाग्थ्यो कतै परेवाले आत्महत्या गरेको त हैन ? एउटा धागोमा झुण्डिएर परेवा मरेको थियो।
परेवा कसरी मरेको थियो, थाहा भएन। हुनसक्छ कसैले धागोले परेवालाई बाँध्न खोजेको थियो होला र परेवा धागो सहितै उडेर आएको थियो। अनि त्यही धागोमा अल्झिएर त्यहाँ झुण्डिएर मरेको।
मैले त्यहाँ केही फोटो खिचेको थिएँ। तल क्लिक गरी हेर्नुस्-
टाढाबाट हेर्दा यस्तो देखिएको थियो
अलि नजिकबाट हेर्दा यस्तो
अनि अझै नजिकबाट हेर्दा यस्तो
**************
गत साताको नतिजा अर्को साता दिनेछौँ।
छुटेका नतिजाहरु
माइसंसारमा फोटो हेर्नुस् कविता लेख्नुस् भनेर सुरु गरिएको शनिबार साहित्य अन्तर्गतको क्रमले अक्टोबर ४ , २००८ देखि प्रतियोगिताको रुप लिएर हरेक साता एउटा कवितालाई उत्कृष्ट कविता घोषणा गर्ने गरिएको थियो। तर पछिल्ला केही साता यो क्रमभङ्ग हुन गयो। यो क्रमलाई निरन्तरता दिँदै यतिखेर हामीले बीचमा छुटेका प्रतियोगिताका नतिजाहरु निकाल्ने प्रयास गरेका छौं ।
जसअन्तर्गत गत डिसेम्बर २७ तारिखको शनिबार फोटो हेरी कविता लेख्नको निमित्त फोटो नै उपलब्ध गराउन नसकेकोमा क्षमा माग्दछौं ।
त्यसको अघिल्लो साता डिसेम्बर २० तारिख शनिबार माइसंसारमा राखिएको , माइसंसारकै सहयोगी पाठक उत्तमबाबु श्रेष्ठले खिच्नुभएको फूलमा माहुरी भएको फोटोमा लेखिएका कविताहरु मध्येमा बलदेव भट्टको कविता उत्कृष्ट चुनिएको छ।
त्यस्तै डिसेम्बर १३ तारिख शनिबारको दिन भएको अँध्यारो रातमा मैनबत्तिको प्रकाशमा पढिरहेको फोटोमाथि लेखिएका कविताहरु मध्येमा कुसुम ज्ञवालीको कविता उत्कृष्ट चुनिएको थियो ।
त्यस्तै डिसेम्बर ६ मा बौद्ध मार्गीको पहिरनमा खेल्दै गरेको बच्चाको फोटो माथि लेखिएका कविताहरु मध्येमा पुरुषोत्तमबाबुको कविता उत्कृष्ट भएको थियो ।
विजेताले पुरस्कारका लागि [email protected] मा सम्पर्क राख्नुहोला। सहभागी सबैलाई धन्यवाद।
म लेख्न सक्तिन !!!!!!!!!
केही पनि लेख्न सक्तिन !!!!!!
स्वार्थ ले लेख्न सक्तिन या
मायाले लेख्न सक्तिन ?
तर म लेख सक्तिन !!!!!!!!!!
बन्द गर !
यि पि ड क द्रिश्य सम्झाउन —
के को सजाय हो यो मलाई ?
यता जान्छु उमाको आत्माको चित्कार सुन्छु
उता जान्छु त्यस्तै आत्माको चित्कार सुन्छु !!!!!!!
दिन दिनैको हत्या हिम्शाको खबर ले
खल्बलिन लागेको माथिङ्गल
आज यो करुण द्रिश्य देखेर
यो बिजोग देखेर
बहुलाउन लागेको छ !!!!!!!
अब म मज्जाले हास्छु !!!!!!!!!!!!!
हा! हा! हा! हा!
उु त्यो मेरो नजिक आउँदै छ !
मलाई पनि यसरी नै झुन्ड्याउने छ
आत्मा त १९५० मा नै झुन्डिसक्यो
अब शरीर झुन्ड्याउन बाँकी छ
यो नाथे शरीर !
माटोमा बिलिन हुने शरीर !
बुझ्यौ ?
म कती निस्ठुर भएकी छु !!!!!!
मेरो अगाडि
झुन्डिएकी चरी को तस्बिर छ
म शब्द कोरिरहेकी छु
कुन शान्ती मनले ????????????
थाहा छैन —————-
शान्ती को हत्या
**********************
म-यो शान्ती यहाँ कसरी भन ए मानब तिमी ?
यो हत्या हो कि वा अफसोच बन्यौ कारण तिमी ?
यो समिप्यनै मेरो अब कतै यहाँ दुर हुन गो
म कहाँ छु मेरो नयन पनि यो बन्द हुन गो
*
म सम्झिन्छु मेरो जीबन पनि हो क्षण भरको
तर अत्तालिन्छु अह ह मरेछ शान्ती मनको
म बांचेको हो कि वा म पनि मरेँ शान्ती सँगमा ?
म हासेको हो कि वा म पनि परेको पासो सँगमा?
*
मलाई नै यो भ्रान्ती किन किन यहाँ दर्द बनी गो
मेरो शान्ती मर्दा किनकिन यहाँ झेल बनिगो ?
आकाश फाट्ने भो धरती पनि यि डर गरी
उँदो मुन्टो लाइन किन ग-यौ अहो यो मनपरी?
*
यो हत्या तिम्लेनै गरेको हो भनी ति समाजले
ओकल्दैछन यहाँ किन तिमी बोल्दैनौ हो मुखले?
मेरो शान्ती यहाँ कसरी भन हो पासो बनायौ?
मेरो सक्ती यहाँ तिमी ले किन हो कालो बनायौ?
*
म भुल्दिन ति मेरो मनकी दुलही नै सरि थियिन
म भुल्दिन ति मेरी बनकी असली चरी थियिन
तिमी भोजन गर्थ्यौ मेरी ति शान्ती कन सदा
तिमी लाई उन्को किन किन नलाग्ने माया दया ?
*
तिमीले रगत पनि पियी मेट्यौ तिस्णा मनको
म अतालिन्छु हो किन किन पियौ शान्ती मनको ?
तिमीले पिउदा ति हर घडी यहाँ छटपट् परी
म कापेको देख्थें हो बिरह मनमा परी परी
*
तर पिउदा पिउदै तिमीले उनको रगत सबै
किन प्राणै पियौ ? तिमीले दयानै पनि नभै
यो हत्या साह्रै नै निक्रिस्ट पनले गरिदियौ
ति शान्ती को प्राण तिमीले ब्रिथामा हरिदियौ
*
कुनै बेला उन्लाई तिमीले समाती जमिनमा
लडायौ कि तिम्ले गरी कन कुद्रिस्टी मनमा ?
तिनी भन्थिन उस्ले मलाई लडाई जमिनमा
बलात्कार गर्यो हो किन किन नमिठो छ मनमा
*
म मर्छु पो जस्तो छ आधार पनि बाच्ने यहाँ कहीँ
म देख्दिन केही अब त म जिउंने पनि कहीँ
रगतै पिच्छे ति गुरांस फुल झैं देखिने थियिन्
अत्याचर पो गर्यो हो भनी भनी बहुतै तिनी रोइन
*
सिसुको रुप्मा ति मसँग बिलौना गरी गरी
तिनी भन्थिन् मेरो हक पनि लग्यो हो सब हरी
नहेरी सिसुको मुखमा तिमीले झापड दियौ
कठोर् यस्तो बन्दै किन तिमीले भेस बदल्यौ ?
*
पासोमा छिन् शान्ती तिमीले गरदा यो हुन गयो
अहो उन्को जीबन् कसरी अकालैमा मरी गयो
दया माया क्षमा करुणा अनी शान्ती सब यो
तिमीले लत्यायौ किन किन सब चेत मनको ?
*
म भुल्दिन ति मेरी जननी सरि नै पनि थियिन्
उन्को कख्मा बस्ता कती कती चुम्बन पनि दीइन
सबै प्राणी सारा जगत भरका पुत्र उनका
सबैलाई माया गरी गरी भुलने दु:ख सदा
*
सिसुको तिम्ले नि अधिकार सबनै खोसी दियौ ?
किन तिम्ले उस्को जीबन पथ नै चुँडी दियौ ?
तिमी जस्तै उस्को पनि कती चाहना छ मनमा
हेर मुख उस्को पनि आसित देख्छौ तिमी यहाँ
*
तिमीले उस्लाइनी बलजफत पासोमह गर्यौ
तिमीले सिसुको जीबन पनि यस्तो गती ग-यौ
अहो मरिन् शान्ती सोकमहा छु चिन्तित पनि
ज्यादा छु म तिम्ले गरदा खुशी छैन कतिनी
*
गहना हो यो मेरो भनी कन तिनिले खुशी हुँदा
बहुतै देखाइन तिनिले उनको अस्मिता सदा
यो आत्माहत्यामा तिमीले अब पाप भोगने
यो सत्य हत्यामा तिमीले अब राप भोगने
*
बेला आयो यत्ती मनमा तिमीले सम्झनु अब
ति शान्ती को पासो तिमीले गलामा कुदनु अब
यस्तो राम्रो हुन्न तिमीले नगर पाप भनि ति
कराएकी थियिन तिमी ले सुनेनौ आवाज रती
*
मलाई डाक्थिन ति रोएर जमिन मा छट्पटी गरी
कुलेलम पो ठोकेछौ तिमीले उनको अस्मिता हरी
सारा सन्तान उन्का अब कसोरी बाच्लान हरी हरी
उनी छइनन यहाँ गइन ति सब एक्लो पन गरी
*
त्यो प्राण शान्तिको प्रिथिबितलमा पनि झरोस
त्यो प्राण शान्तिको सब यि टुहुरा बीच फलोस
भक्कानु मुटुमा परिकन यहाँ शान्ती मलिन
सबैलाई रुवाइन् बनबन महा कान्ती मलिन
*
ति स्याल औ कौवा सब पनि बास छोडि छोडि
रुदैछन ति यहाँ मलिन मुखमा सुख छोडी
ति शान्ती को आँशु पुछने बेलामा पनि वहाँ
म पनि थीइन अ ह ह तिनी रोइन कती वहाँ ?
*
तिन्को आँखा देख्दा मेरो पनि मनमा जलन भो
बोलाए झैँ लाग्थ्यो तर समय यो टाढा हुनगो
ए मानब त्यो उन्को हृदय बुझने कोही पनि
रोएको छ यहाँ ,तर यहाँ रोएनौ किन तिमी ?
*
म सोद्दैछु आज तर तिमी कती भाग्छौ भन यहाँ ?
म खोज्दैछु आज तर तिमी कती लुक्छौ भन यहाँ ?
यो तिम्रो रुप हो तिमी ले रचेको मानब नयाँ
यो तिम्रो सत्यता अ ह ह बनने आनन नयाँ
*
अहो उल्टो तिम्रो रुप यहाँ कसोरी बदलियो ?
अहो तिम्रो भेट कसोगरी यहाँ हत्या हुनगो ?
म खोज्थे यो शान्ती घर घरमहा नै छ कि भनी
म खोज्थें यो शान्ती मन मनमहा नै छ कि भनी
*
आउन् शान्ती फिरी प्रिथिबितलमा खुशी भरी
गाउँन् शान्ती फेरी जीबन पथमा गीत भरी
यही मेरो एक बिनती सब मा पुगी रहोस्
यही शान्ती बन्दै आगन बनमा फुली रहोस्
********************************************
तिम्रो मुस्कानमा देशको मानचित्र बोलेको हुन्थ्यो
तिम्रो हेराइमा समानताको भाव झल्केको हुन्थ्यो
तिम्रै प्रतापले,
हरेक क्षण नेपाली मात्र होइन
समुद्रपारिको मान्छेपनि
तिमीलाई प्रतिक बनाएर
शान्तिसँग बस्न पल्केको हुन्थ्यो ।
अरूलाई गोलि लागेको खबर सुन्दा
सधैँ तिम्रो छाती पोल्थ्यो
अरूले ऐया ऐया भन्दा
आफैँ छट्पटाउँदै बोल्थ्यो
जमिनमा अरू ढलेको सुन्दा
तिमीलाई आफैँ ढलेको जस्तो लाग्थ्यो
घाटमा अरू बल्दा
तिमीलाई आफैँ बलेको जस्तो लाग्थ्यो
हे शान्तिका प्रतिक परेवा
तिमी मरेर पनि बाँचेका छौ
मेची-महाकालीभरि अजम्बरी फूल भएर हाँसेका छौ ।
म सोकमा बस्छु धेरै दिन
शोकको लहरमा देश बग्नुपर्ने हो
बोटमा हाँसेको फुलका थुँगा गुच्छा गुच्छा भएर
तिम्रो छेऊमा उभिनुपर्ने हो
धुपको धुवाँले आकास ढाक्नुपर्ने हो
तर,
तिमी जिउँदो हुँदा धेरै ठूलाले उडाए तिमीलाई
शान्ति ल्याउन भनेर
तिमी त उडेर कहिल्यै नफर्केने गरि धेरै माथि गएछौ
हामीलाई शान्तिको पाठ पढाउँदा पढाउँदा
तिमी आफैँ पो हिंसाको सिकार भएछौ ।
मृत्युवरणमा लपेटिएको साँझ
लम्पट शिकारीको सत्कार गर्छ
लाघव मानवताबाट चिहान ब्युझीएपछी
तडिपिन्जर धागोहरुमा उसका आवाज कोरिन्छन । ।
बहुलाएको बिहान पुर्वी हावासँग हुङ्कार गर्छ
मध्य दिनको परेलीहरु मृत्युवरणमा बाधीएपछी
बताससँग पोइला जान खोज्ने सुगाहरु
कलात्मक धागोमा निर्जिब भई उनिन्छन । ।
हिमपातपूर्ण सिरेटोका बोली
सुन्दरताको आकाशबाट बाहिरिएपछी
सिस्नेलेकका मैनाहरु
बार्दली का चिहानसँग मितेरी लगाउछन । ।
हामी कबिताका भाखा पोख्छौ
जीवन मृत्युको बाटो हेर्छ
लगनगाठोका बेदीहरुमा
आज सेता सुगाहरु हराउछन्
दुलही खोज्ने बिहान् सँग
तडीपिन्जर धागोहरुमा उसका आवाजहरु कोरिन्छन् । ।
बलदेव भट्ट
सिङ्गापुर
खै कसरी भनु शान्तीका अग्रदूत गौतम बुद्दको देश
खै कसरी भनु तिमीलाई स्वयेता तारा भृकुटी को देश
शान्तीको नाममा क्रान्तिको ज्वाला दन्काई रहेको छ
मानव अधिकारको नाममा फाँसीमा झुन्डाई रहेको छ
नपत्याए शिवपुरीको जंगलमा भेटाएको कंकाललाई हेर
अनि बाग्लुङको बेनीमा भूटेको पाँच सय जंगलीलाई हेर
त्यति मात्र कंहा हो र नि,
ति जंगलीहरूले खुकुरी भाला र बन्दुकले चिरा चिरा परेर भूटेको पनि हेर
गाँस बास कपासको नाममा भोक भोकै घर निकला गरी पिटेको पनि हेर
कस्तो बिडम्बना;
कोमल हृद्दय दयाको पोको बोकी शान्तीको बिगुल फुक्दै हिंड्ने नेपाली
कठोर हृद्दय पापको पोको बोकी अशान्तीको बिगुल फुक्दै हिंडेको देख्दा
कठैबरा ति संसारमा शान्तीको प्रतिक बोकी आकाशमा उड़ने र उडाउने
शान्ती प्रतिकले नेपालको यो दुर्दशा देखेर भगवान राज गरी बस्नु हुने
पबित्र स्थल कै अघाडी आत्मा हत्या गरेर देखाई दिए नेपालीहरुलाई,
दया माया शिकारीको कहाँ हुदो रैछ
ताकी ताकी हान्यौ तिर छाती तारो भो
कहाँ छ शान्ति भन्नलाई
गोली र बमसँग खेल्ने बानी परेकाहरुलाई
असन्ति र हिङ्साको बाटो खोज्नेहरुलाई ।
पंक्षि त हो भनेर जथाभबी मारी हिंड्नेलाई
के थाहा भयोर जथाभाबी त्रस निम्तै हिंड्नेलाई ।
मलाई जस्तै दिन देखनु परोस पापी अधर्मिलाइ
यसै गरी दन्ड दिलाई दियोस अपराधीहरुलाई ।
क्रम भंगको निती लिन थाले परेवा मार्नलाई
यहाँ कदर छैन शान्तिको बिगुल फुकी हिंड्नेलाई । ।
अब ति दिन गयो शान्तिको प्रतिक परेवा भन्नलाई
शान्ति भनी अगाडि सर्यो भने पर्नु पर्छ मर्नलाई । ।
बिजय कुमार श्रेष्ठ, कतुन्जे ९ धदिङ ( हाल ईराक )
जन्म लियी यो अशान्त थौमामा
गल्ती मैले पो गरेछु,
म त आए शान्ती को भेसमा ।
शान्ती को आशा किन गरेछु,
तर गिध्धको माया नेपालीको मानमा
आज म यहाँपो मरेछु । । ।
“पंछी परेवा,
नेपाली घाटी बाध्दै,
शान्ति खोजिमा..!”
जिन्दगीबाट हरेस खाएका
हरएकको प्रतिक हो यो
देशमा अस्ताउदै गएको
शान्तिको अन्तको प्रतिक हो यो
ऐतिहासिक दरबार परिसर भित्र
कलात्मक झ्यालाको मनोरम चित्र
यस्तो पृष्ठभूमीलाई शाछी मानेर
शान्ती र प्रेमको प्रतिकलाई छानेर
किन यस्तो द्रिष्या जगतलाई देखायो
अबोध माथि बैगुण कसले लगायो
तिमीलाई मान्दथ्यो शान्तिको प्रतिकनै
हिम्सालाई तहलगाउने दूत झै
आज तिम्रो गती कसरी यस्तो भो
ए उटा त्यन्द्रो धादोनै शत्रु हुनगो
हिज आजको अवस्था बिचार गर्दा
नेपाली पनको सामर्थ्यालाई हेर्दा
तिम्रो जस्तो हबिगत जहाँ तही देखिन्छ
साधुलाई सुलिको घटना भेटिन्छ
सतिकै सराप लागेर पो हो कि
उल्टो गतिको उदाहरणझै भो कि
मन्दिरको पूजारी जस्तो प्रानीलाई
त्यो ज्यान लिनेको नहोला भलाई
हिज सम्मा तिमीले शन्तिको सन्देश छर्थेउ
कठै,तिम्रो ज्यान आज कसले लीइदियो
बसे कम्प् – कबुल्
पराधिनता सहनु भन्दा क्रान्ति जाती भन्दै थियो
क्रान्ति पछी शान्ती आउछ भनी युध्द लड्दै थियो
एउटा भाई क्रान्तिमा मर्यो , महान शहिद बन्नलाई
जेठो दाजु युद्धमा मर्यो आतंक परास्त गर्नलाई
यता हेर्यो आफ्नै भाई उता हेर्यो आफ्नै दाई
लासै लासको थुप्रो माथि के राजनीति गर्नु खै
दाजु भाईको युध्द हेर्दा बज्रपात भएको छाती
छिया छिया भयो भन्दै बर्बराइ हिद्थ्यो साथी
शान्ती कतै छ कि भन्दै खोज्नु सम्म खोज्दै हिड्यो
मिर्मेरेको बिहानीको सपना हरु कुध्दै हिड्यो
बिचरा ! बिरक्तिएको मन सम्हाल्न नसकेर त होला
मन्दिरमा पासो लगाइ उल्ले त आत्माहत्या पो गर्यो
सहनै नसकेर होला त्यो बिचरा मरेछ
सान्तिको प्रतिक परेवाले आत्महत्या गरेछ
आज आउंछ भोली आउंछ सान्ती भन्दै बस्यो
दिन, हफ्ता, महिना, बर्ष सबै गन्दै बस्यो
आशनै मर्यो, पिरमा पर्यो भवसागर तरेछ
सान्तिको प्रतिक परेवाले आत्महत्या गरेछ
आजकाल त चारो टिप्ने उज्यालो पनि छैन
मान्छे आफुलाई खान छैन, यिन्ले दिने हैन
दिक्क लागि यो संसारबाट टाढा कतै सरेछ
सान्तिको प्रतिक परेवाले आत्महत्या गरेछ
मौन प्रेममा बाधीएकी ति दुई चरी
एक अर्कामा लजाउथे परेवा र परेवी
जिन्दगीको दोसाधमा ती दुइ चरी
मिलन हुनसकेन कसै गरी
थिए म त पंक्षी
तर शान्तिको प्रतिक बनाईदियौ /
शान्तिको प्रतिक, शान्तिमानै बाँच्न चाहन्थे
तर धागोमा झुँनडाई दियौ /
दोष के नै थियो मेरो हे मुर्ख मनुष
सुलिमा चढायौ /
हुदा हुदै अति भयो यारररर
माईसंसारको ब्लग को बिषय पो बनायौ /
संसारै अर्कै थियो
आकाशमा उडदा
कति त्रास लिन्छ उसले
भुइमा एकछिन बस्दा !
आत्मा हत्या हुदै होइना
देख्दै जान्नु पर्छ
निस्ठूरी पपिको
हात हुनु पर्छ !!
शान्तिका प्रतिक परेवा
के नै पायो र मारेर
झनै गल्ति गरयो उसले
फेसन गरी दिएर !!!
भो भगवान मलाई मुक्ती देउ अब
सक्दिन म अोसार्न विरहका सन्देसहरु
व्यथा, वेदना र पिडाका गीत हरु
म त थाकिसके म त पाकिसके
बटुल्दै नेपाल आमाका आसुहरु
कतै म पाउदिन उमङ र हाँसोहरु
भो भगवान मलाई मुक्ती देउ अब।।।।
पूर्णबिराम। सुन्यता।
आमा!तिम्रा आँसु अझै नरोकिने भएको छ
सल्केको मुटुमा आगो निभ्न गाह्रो भएको छ
कस्तो अनर्थ भो आज विश्वास सबै टुटेछ त!
शान्तिले सबका सामु आत्महत्या गरेछ त!
कुनै दिन
सगरमाथाको शिर भनु वा
गौरबले फूलेको छाती भनु
एउटा उज्यालो घाम देख्थे
आजकल
लाग्छ
हरेक दिन
हरेक घर
धुरिमा धुरिमा
निस्वाश तुन्रुंग झुन्दिएको देश देखेको छू
हरेक दिन हरेक घर
खोई कसरी बखान गरु म
देश मरेको देखेको छू
कृपया कमेन्टमा कविता बाहेक अरु कुरा नलेखिदिनुहोला।
शान्तिको प्रतिक परेवा थियो उ आफै मरेछ
किन हो आज विभत्स भई बन्धनमा परेछ
मुखले एउटा कामले अर्को गर्दैछन् मानवले
मानिसको रुपमा लिएछ जन्म संसारभर दानवले
बिचरा पंक्षि यो हालमा देख्दा मन साह्रै रोइदियो
नसकी थम्न आँसुका थोपा पानी पो भईदियो
गरेन होला यो ठूलो गल्ती परेवा आँफैले
कसरी भयो कुकर्म मानिस बुझौन सबैले
स्वतन्त्र उड्ने यो चरीलाई के को पीर थियो र ?
बाँचेकै थियो उ आफ्नै भरमा कसको आश थियो र ?
जगत हेर्थ्यो निर्धक्क भई आफैले घुमेर
बिचरा आज मर्यो नि कठै धागोमा उनेर
किन ए पापी मार्यौ नि उसलाई धागोले सुर्केर ?
के यही तिमीले सिकेका थियौ मानिस भई हुर्केर ?
तिम्रा नै जस्ता लाला र बाला उसका नि हुँदा हुन्
सम्झेर उसलाई बिचरा तिनी कति पो रुँदा हुन
पाउँदैन सुख संसारमा कतै त्यो पापी जनले
के लेख्नु यहाँ लासको कथा कुँडेको मनले
निर्दोष पंक्षि यो हालमा मैले देख्न नै सकिन
कलमको मसी ठपक्कै सुक्यो केही लेख्नै सकिन
सूर्यराज गिरी
आधारमा धार थ्यो कि माया आरो भो
रेटी रैछ मुटु मेरो बांच्न गारो भो
प्यासी जिबन प्यासमै सिमित भा छ
पिउन पनि बिना पानीको धारो भो
दया माया शिकारीको कहाँ हुदो रैछ
ताकी ताकी हान्यौ तिर छाती तारो भो
टाइम पासो
——————————-
लगबग तिनकरोड़ परेबा हरु ,
उसै उसै पासोमा झुंडी रहेछन,
नारा !!
जातीय बिकास को,समाबेशिको!
उत्पीडित मुक्ति,र नया समाज निर्माण को ,
चलन !!!
पुरानै नाताबाद र क्रिपाबाद को चलिरहेछ्न|
एक हूल हुइया हरु माई संसार माँ ,
रूप,रंग र जात परिबर्तन गर्ने,
खरानी दली रहेछन,
भेडा को छाला ओडेर ,
इन्नो सेंट बंदै !!
भ्या भ्या गरी रहेछन !!
भू भू गरिराहेछान!!!
उड्दा उड्दै पासो माँ पर्यो की भन्न सकियेंन |
जन अदालत को अपराधी थियोकी जान्न सकियेंन |
मालिक हरु सुन्दैछु ,नया जालो बुन्दै छन|
शनै शनै आफ्नो पासोमा , आफै पर्दे छन !
आफु पुर्ने खाडल ,आफै खन्दै छन !
आफै खंदैछान !
.
शान्तीले आत्महत्या गरेको दिन
उ निकै उदास थी,निकै बर्षदेखी
धेरै भयो मैले उसलाई सम्झाउन सुरु गरेको
जीवनमा घाम सँगै छाँया पनि हुन्छ भनेको
अनी हाम्रो पनि दिन आउछ भनेको ।
उ पनि संघर्सदेखी डराउने खालकी थिइन
बिस बर्षभन्दा बढी कुरी उसले,
४६ मा हामी धेरै खुशी थियौ, भोलिप्रती आश थियो
५६ मा फेरी भोलीको दिन सुन्दर, न्यानो हुन्छ भनेर युद्ध सुरु हुँदा पनि
हामीले संगै बसेर यी लामो शन्तिको लागि गर्बधारनका दिन हुन भनेर विश्वाश माथि विश्वाश गरेका थियौ।
हामीले विश्वाश गरेका दिनहरु कहिले आएनन,
शान्तिले कहिले शान्त हुन पाइन।
हाम्रा विश्वाशमाथि लगातार बलात्कार भयो
हामीलाई कसैले छोडेनन,
हामी अर्थात नेपाली जनता र हाम्री शान्ती,
लगातारको बलात्कारले छिन्नभिन्न यो शरीर लिएर हामी दुबै केबल नाम मात्रलाई बाचेका थियौ।
अब त अती भो, को माथि विश्वाश गर्ने?
गत हप्ता उ मलाई सोध्दै थी।
इमान्दार नेपाली जन्मनै छोडेका हुन त?
आफ्नै मातृभूमीलाई बन्धकी राख्न खोज्ने, बेच्ने, अनी
आफ्नै दाजुभाइ काट्ने मार्नेहरुकै दिन हो त?
के आफ्नै जन्मभुमिमा बसेर केही गर्छु भन्नेहरु सबै बहुलाहा नै हुन त?
भोलिपल्ट बिहान् देखे, बिचरी शान्तिले आत्महत्या गरीछ।
अर्थ
“happy new year” को सन्देश संगै,
तिमीले ल्याएको यो गुच्छाको के अर्थ?
हावामा बारुदको गन्ध अझै मेटिएको छैन ।
बिहान् हुन्छ, उदाउछ सूर्य आकासमा,
शुभ दिनको कामनाको के अर्थ?
उज्यालोको किरण कतै देखिएको छैन ।
सच्याउछौ कानून तिमी मेरो बहानामा,
संबिधानका पाना यहाँ च्यात्नुको के अर्थ?
मेरो लागि न्याय कही लेखिएको छैन ।
शन्तिले नै आत्महत्या गरेको यो देशमा,
खुलमन्चमा परेवा उडाउनुको के अर्थ?
आँखासामु यथार्थ छ, छेकिएको छैन ।
“मलाई माया लाग्थ्यो ती सेता परेवाहरुको
मानिसको स्वार्थका निमित्त पालिने बचेराहरुको
मानिसको सन्तुष्टीका लागि उड्ने पखेटाहरुको
मलाई गर्व थियो आफू जङ्गली हुनुमा
सेता परेवा भन्दा फरक हुनुमा
कुनै समारोहमा उड्ने चरा नहुनुमा
तथाकथित शान्ती को प्रतिक नहुनुमा”
“लौ यो परेवा त शान्तीको प्रतिक रहेनछ
हाम्रो देशमा शान्ती ल्याउन येस्ता परेवा मर्नुपर्छ
काला, नराम्रा, पिछडिएका परेवाको केहि मुल्य छैन
देशको अशान्ती को अन्त्य यही परेवा को मृत्युमा छ”
“बाजा बज्यो, विजयी जुलुस निस्कियो, शान्ती आयो रे
फेरी एक चोटि मेरो मृत्युमा सेता परेवा उडाइयो रे”