माधव नेपाल संविधान सभा सदस्य बने

अपडेटः माधव नेपाल अब संविधान सभा सदस्य बनिसकेका छन्। उनले आजै राति संविधान सभा सदस्यको शपथ समेत खाइसकेका छन्।
*************************
संविधान सभाको निर्वाचनमा नरमाइलो हार खाएर के भो त, एमालेका पूर्व महासचिव माधवकुमार नेपाल अब संविधान सभा सदस्य बन्ने भएका छन्। हारेको नेता फेरि कसरी संविधान सभा सदस्य बन्लान् त भन्ठान्नुभएको ? सजिलो छ नि- कुरा यसो रहेछ। तपाईँलाई थाहा छ नि मन्त्रिपरिषद्‍ले जम्मा २६ जना सदस्य संविधान सभामा मनोनयन गर्ने गर्छ। त्यसमा दलहरुले भागवण्डा गरिसकेका छन्- यो पार्टीलाई यति, त्यो पार्टीलाई यति भनेर। अब एमालेको भागमा रहेको स्थानबाट संविधान सभा सदस्य बनेका सुशीलचन्द्र अमात्यले राजीनामा गर्नेछन्। त्यसपछि एमालेको कोटाको त्यो भाग खाली भो। अनि त्यो ठाउँमा एमालेले अर्कै सदस्य सिफारिस गर्न पाउँछ। खाली ठाउँमा एमालेले माधव नेपालको नाम सिफारिस गरेपछि र मन्त्रिपरिषद्‍ले त्यही नामलाई मनोनयन गरेपछि भएनन् त माधव नेपाल संविधान सभा सदस्य ? अब हेर्दै जानुस् माधव नेपाललाई पराजित गर्ने झक्कु सुवेदी सभासद मात्रै बनेर बस्नेछन्, अनि माधव नेपाल कहाँ कहाँ पुग्नेछन्। वर्दियामा वामदेवलाई हराउने सरला रेग्मी सभासद मात्रै, वामदेव उपप्रधानमन्त्री भएको उदाहरण पनि त देखिसक्नुभएकै थियो।

माधव नेपाल संविधान बनाउने प्रमुख समितिको सभापति पनि बन्दैछन्। नेपाल २०४७ सालको संविधान निर्माण समितिमा पनि सदस्य थिए। नयाँ संविधान बनाउन उनको अनुभव उपयोगी हुने आशा गरौँ।

माधव नेपाल संविधान सभाको चुनावमा काठमाडौँ र रौतहट दुवै स्थानबाट पराजित भएका थिए। काठमाडौँ क्षेत्र नम्बर २ बाट उनलाई माओवादीका झक्कुप्रसाद सुवेदीले रौतहट क्षेत्र नम्बर ६ बाट माओवादी कै देवेन्द्र पटेलले पराजित गरेका थिए।

निर्वाचनमा पराजित भएपछि नेपालले नेकपा एमालेको महासचिव पदबाट राजीनामा दिएका थिए। त्यसपछि आफू मनोनीत सभासदका रुपमा संविधान सभा सदस्य नबन्ने अन्तर्वार्ताहरुमा बताउँदै आएका थिए। तर देश नेपाल हो, समय बित्दै जाँदा जे पनि हुनसक्छ। अहिले भएको त्यस्तै हो।

संविधान बनाउने प्रमुख समितिको सभापतिका रुपमा नेपालको नामलाई माओवादीले नै प्रस्ताव गरेको र त्यसलाई काँग्रेस अनि फोरमले समेत स्वीकार गर्ने भएपछि उनी समितिमा बस्न तयार भएका हुन्। यो लगायत अन्य समितिका सभापतिहरुको चुनाव मङ्सिर मसान्तमा नै हुनुपर्थ्यो तर दलहरुले सर्वसम्मतिका लागि भन्दै समय सार्दासार्दै पुस मसान्त (२९ गते) पुर्‍याएका छन्। पुस २९ गते हुने चुनावले नेपाललाई सभापति चुन्नेछ। तर त्यसअघि मन्त्रिपरिषद्ले नेपाललाई संविधान सभा सदस्य मनोनयन गर्नुपर्नेछ।

राष्ट्रपति बनाउँछु भन्दाभन्दै अन्तिममा धोका दिए जस्तो यसपालि त माओवादीले गर्दैन होला कि।

संविधान बनाउनका लागि अनुभवी र सर्वसम्मत व्यक्तिको आवश्यकता त पर्छ नै। तर चुनावमा पराजित व्यक्तिलाई संविधान सभा सदस्य बनाउन हुने कि नहुने, त्यो अर्कै बहसको कुरा हो।

57 Comments

  1. MK .Nepal is not bad in UML but he can’t stand long time.He always take to much of Girija koirala but he did not think WE destroyed ARUN 3 .At that time he sign in letter and send in WDB .So now nepali people live in 16 hour load sading one time u will think.Please do’t repeid those kind of Work.I think Aru 3 did have the UML like a monkey has killed his boss when the fly was lived his boss neck monkey has cut the boss neck but fly runaway boss did have already killed.Reason for CN , UML did it big mistake now Nepal is dark.congres to Mk member of CA.
    thanks

  2. Ramro side pani herna sikau na. Ahile CA ma bhayeka sabai jana constitution banaune kam ma sipalu chan bhanera kasailai lagcha bhane, tyo galat ho. “Party lai sahayog gareko, samanupatik ma pareko” bhanne lai kasari hernu huncha ahile MKN lai CA member banaunu hunnathyo bhanne haru ? Jaha samma election ko kura cha, Maoists le election kasari jiteko cha, tyo pani hernu hola tapaiharu.Janata tetti ko janne bhayeko bhaye, MKN lai haraune janata le Babban Singh lai jitaudainathyo, ani jitaisakepachi pani sapath naliyi CA ma basna didainathe. Tehi bhayera janata ko lagi, janata le, ani janata ko iccha, chahana bhanne kura haru nara matra hun.

  3. it is great . good news . i support arjun ji .
    he is the clean leader nation nddes him . history should respect his contribution what he has done . nepali voters made a big mistake last election and forgot his contribution . now the political parties realised his gap . it is good . he will do good for this country . he is the our future prime minister . thanks prime minister to all political leaders .

  4. माओवादीले नेतृत्व गरेको सरकारले यस कुराको पुष्टी गरेको छ कि देश र जनताको निर्णयको कुनै औचित्य रहेनछ त्यसैले होला दुई चुनाव क्षेत्रबाट नराम्ररी हारेका माधव कुमारलाई संविधान सभा सदस्य बन्न समर्थन गरेको । के नेपालमा माधव कुमार मात्रै उक्त पदको लागि योग्य व्यक्ती हो त ? कि आफ्नो सरकार बचाउने उपाय मात्र हो ? यो निर्णयले केही समय अगाडी भएको संविधान सभा चुनावको निर्णयलाई लत्याएको छ । कुरा कुनै व्यक्ती विशेष वा पार्टीको होइन जनताको निर्णय र देशको इज्जतको कुरा पनि हो । अझ सम्म पनि यी राजनैतिक पार्टीहरुमा पद र मोज भन्दा माथि सोचेर नयाँ नेपाल बनाउने बुद्धि आएको रहेनछ ।

  5. Well come Madab Jee, Now I hope you can lead the contitution task on time and this is my suggection that we Nepales send you guys just write a good contitution not for running the government. Please focus on our future goal Thank you. Danny USA

  6. I congratulate Madhav Kumar Napal for the new assignment and hope that Nepal will get a new democratic contitution under his able leadership, that will pave the way for peaceful, stable and prosperous Nepal.

  7. Makune kamred ji,daura suruwal chahi order nagri halnu,maoist ko boliko bhar hunna ni.

    Aasha garnu bhar naparnu hai…

  8. It is shame for nepalese people. We know he lost from two place but still coming in the assembly by nominated. I don’t understand UML. It is really not very good news. If it happens like this than whats the point of people mandate.

  9. Madhav Nepal le chunab hare jasto lagthyo, tara hoina rahecha, dherai baman sing jasta le chunab jitechan. Baru rasta le nai chunab harecha.

    Janata le sambidhan sabhako chunab maobadi ko atanka ko arko rup thane. tesari nai janata hare, luke, daraya.

    Je hos auta rasta bhakta ko seba desh le feri magyo ta. Subahkamana sabai nepali lai.

  10. संसदीय काल को अरु नेता को तुलना माँ माधव नेपाल स्पस्ट अडान लीन नसक्ने नेता भए पनी सफा र नैतिकवान नेता हुन. निर्बाचन बाट धेरै ऑठा छाप र भएंकर अपराधी चुनिएर आएका छन, टेस्को बिपरीत माधव नेपाल एउटा अनुभवी राजनितिक बयाक्ती, र संबिधान सम्बन्धी अनुभवी पनी हुन(४८ साल को संबिधान निर्माण टोली को सक्रिय सदस्य को नाता ले). तेस्कारण यो देश को लागी अत्यन्त राम्रो निर्णय हो. अब माधव नेपाल ज्यूँ, आग्रह र पुर्बाग्रह बिर्सेर आफ्नो योगदान दिनुहोस देश लाइ.

  11. Auta asal manche chunab ma harna sakcha, kinaki tehi des ma baban sing le chunab jite, ramraja lai rastapati ma uthaya.

    Ganesh man le bhane jhai janata govardhan nai ho rahecha. Ke ho sambidhan sabha nai chinenan. Chineko bhaya maobadi lai majority nai dine thiyanan.

    Je hos auta desh bhakta rajnitigya ko necessity desh le feel garecha. Subhakamana cha sabai nepali lai.

  12. Chunab ma harnu bhaneko sambhidan sabha ko lagi ayogya hunu pakkai hoina. Naya soch ko sthapana garna sake kehi farak pardaina. feri jungle bata 10 barsama political landing garera chunab jitdai ma yogya huncha bhanne pani chhaina. Teso bhayera, sambhidan lekhne ho party ghosana patra hoina ni ta. Experienced and qualified persons should be encouraged and participated in committee. Rajniti ramro ho tara rati rati decision garera ghinlagdo kaam chahi kina garnu parthyo ra. Janata le sahajai swikar garihalthe ni. Jhan janata ko kura katne bato bato bhako jasto chha. Madhav ji, Public places haruma j payo tehi chahi boldai nahidnu hola. I am not ur supporter nor in ur against. Tara I am concerned about Nepal. So please……………………………. All citizens have a lot of expectation from Sambhidhan Sava, please think about it…………..

  13. Jhakku Prasad ra Mr patel laie chunav ma vote diyara jitaunay janata laie Naramro chadkan ho yo. Maobadi ko asali niyat prsata hundaie cha.
    Jasari pani satta ma tiknay chal ho yo.
    Yo sabaie Bamdev ko chalaki ho

  14. Madab Nepal is cool political leader, election was not fair its good news Madab Nepal will be member of parliament

  15. good news.ahile bhane maobadile budhi puraye jasto6 hai.pahila hareka lai mandainau bhanda yo hal bhayo.aba sakchau bhane girja bau lai pani new post khoja balla nepal ma ramro huna sak6.

  16. चुनौतिपूर्ण दायित्व स्विकारेकोमा माधव नेपालज्यु लाई धन्यवाद छ । जनताको एक मात्र आशा शान्ती र न्यायपूर्ण समाजको निर्माणमा नयाँ संबिधानको महत्वपूर्ण भूमिका हुन्छ । माधव नेपालज्युलाई यस् एतिहासिक कार्यलाई सम्पन्न गर्न पूर्ण सफलता मिलोस, शुभकामना छ । यस्ले गत चुनावको नतिजालाई बिर्साएर तपाईंलाई बाजिगर बनाउने छ । तर साबधान, बामदेव जस्तो माओबादिको गोटी चाँही नबन्नु होला। वाईसिएल र युथ फोर्स अनी तराईको गुण्डागर्दितिर ध्यान नदिएर, रेस्टुरेन्ट र फुट्पाथ ब्यापारीहरुलाई समस्याको समाधान होईन झन समस्या बढाउने बाम्देवको जस्तो हल्काफुल्का कार्यमा समय बर्बाद नगरनु होला ।

  17. 2047 salko samvidhan sabha ma pani madhav nepal sadasye bhako manchhe, ahile parajit huda pani anubhav kai bharma usailai (madhav nepal) sabha sadasye or sabha pramukh ma manonyen garnu nayaa nepal ko suruvat haina. kinabhane, rastra pramukh ra pm. ko anubhav ta girija prasad lai mattra thiyena ra ? aba pm. pani girija hunu parchha.

  18. One more stupid act. Waiyaat Nepali politics. This is ridiculous. Everyone had a great expectation from Mao. Mao le ni thangna ma sutayo nepali lai aba herdai jau ke ke hunchha Nepal ma.
    MAkune, Girija, gachhedar, chand, thapa, cp, kp the list goes on …. should be pinched by each nepali till death.

  19. It is a good news. Madhava Nepal is a good politician to be a chairman of writing constitution.We hope now political parties will seat one place and go ahead. We need mutual understanding between party to party.

  20. मनोनित सभासद हरुले बनाउने संबिधान कागजको खोस्ता सरह हुनेछ । राजनीति गर्ने हरुले सोझा नेपाली जनतालाई चुसेको चुसेकै हुनेछ । संबिधान सभा तुरुन्त खारेज गरेर सबै सभासद प्रत्यक्ष चुनाव बाट ल्याउनु पर्छ ।

  21. हामी नेपाली जनताहरु भेडा हौ।के के न मावोबादिहरुले गर्लान भनेर भोट् दियौ-हिस्स बुढी खिस्स दात भयो। आखिरमा झक्कुप्रसाद ले गर्न नसक्ने काम मकुने ले नै गर्ने रहेछन त?

  22. nepal ma constitution bannu par6 so good luck committe good luck madhav nepal. this might be great opportunity for you u uplift ur political carrer.
    Wining and losing has no value against constittuion for nepal

  23. अहिले सम्म सधै चुनौति वाट भाग्ने माधव नेपाल लाइ वल्ल एउटा चुनौति लिनुपर्ने पदमिलेको छ अब हेरौ कतिको सफलता पूर्वक पुरा गर्छन ।

  24. हाल को संबिधान सभा का सदस्य हेर्दा खेरी, संबिधान,नियम, कानुन जानेका ब्याक्ती कमै छन । माधव कुमार सदस्य हुन जरुरी छ। चुनाव मा हार जीत बन्ने सामान्य हो एस्लाई ठुलो कुरा बनाउनु आबस्यक छैन जस्तो लाग्छ ।
    हाल कस्ता सभासद छन त्यो कसै सँग लुकेको छैन, कोही भाडा माज्दा माज्दै का, कोही कपडा सिलाउदा सिलाउदै का , कोही गाई गोठ बाट कोही चौरी गोठ बाट को ही कस्ता कोही कस्ता अनी संबिधान कुन चरा को नाम हो थाहा नभएका बाट कस्तो संबिधान को आस गर्ने । यी सब राष्ट्र क लागि भार मात्र हुन ? कि कसो?

  25. अब जनता ले २ ठाउँ बाट पताएनन भुई मा लडाईंदिये लुटाह फटाह हरु ले फेरी माथि लैजान लाई खोजेका होलान लुट लुट भोका उडुस लुट्दा लुट्दै अब ६ घण्टा बिजुली औने बनाएका छौ माकुने लाई लाज छैन हरुवा नेता गृहमन्त्री छन यस्तो देस मा के आस गर्नु खोई के के नै गरेर लछर्पटो लाउन्छु भनेर कराउने प्रचन्ड नयाँ नेपाल होइन झन अन्धेरो तिर पो लैजादैछन यही रैछ कि क्या हो नयाँ नेपाल मा चमात्कर लौ यस्तो चमात्कर चहिएको छैन प्रचन्ड जि जनता ले तिम्रो पनि आसा मारे तिमी पनि एउटै डञ्ग् मा फलेको मुला नै हौ हरुवा र चरुवा लेरा सरकार को रथ हाकेकछौ अनी भन्छौ बंदन भयो काम गर्न लाई पाइन सडेको लाई फालेर नयाँ को श्रीजना गर्दै अगाडि बड तिम्लाई नेपाली जनता को साथ् सदै रहिरहन्छ प्रस्ट भन्देउ जनता लाई झूट कुरा गरेर टार्न नखोज ।।।।।।।माकुने नै चहियो भनेर

  26. आज मैले नयाँपत्रीकामा माधव नेपालको यो लेख पढे पछी, I have full support to him. I want to see him as PM Nepal in the future.

    महासचिवका रुपमा मेरा १५ वर्ष
    म नेकपा (एमाले) को महासचिव रहरले होइन, परिस्थिति र परिबन्दको आवश्यकताले भएको थिएँ । महासचिव बन्न मलाई ०३९ सालमा पनि साथीहरूले निकै जोड गर्नुभएको थियो । अहिले भन्दा आत्मप्रशंसाजस्तो देखिएला, तर यो पार्टी निर्माण गर्नमा सिपी मैनाली र मेरो ठूलो भूमिका थियो । को-अर्डिनेसन केन्द्रको गठनअघि अपिल जारी गर्दा पनि सिपी र म नै थियौँ । मलाई लाग्छ, पार्टीका प्रत्येक मोड, जटिलता र अप्ठ्यारामा म सहभागी छु । त्यसैले मदन भण्डारीको असामयिक अन्त्यपछि साथीहरूले मलाई महासचिव बनाउनु न अस्वाभाविक थियो, न अप्राकृतिक ।

    ०३९ सालमा तत्कालीन महासचिव सिपी मैनालीले राजीनामा दिनुपर्ने स्थिति आयो । त्यसका केही वैचारिक कारण पनि थिए, तर मुख्य कारण उहाँको स्वभाव थियो । अरूले आफ्नो आदेश नमानेपछि उहाँमा डरलाग्दो चिडचिडाहट हुन्थ्यो । त्यसवेला हामी झापा आन्दोलनको मूल्यांकनका क्रममा थियौँ र जेल परेका साथीहरूबाट सुझाव लिँदै थियौँ । उहाँहरूले सिपीलाई गुटबन्दी गरेको आरोप लगाउनुभयो । यसपछि सिपी रुष्ट हुनुभयो ।

    केही सैद्धान्तिक विवाद पनि थिए । प्रधान अन्तरविरोधको प्रश्नमा विवाद थियो । नेपाललाई शान्तिक्षेत्र बनाउने राजा वीरेन्द्रको प्रस्तावको समर्थन वा विरोधको प्रश्नमा पनि मतभेद थियो । सिपी त्यसलाई आलोचनात्मक समर्थन गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । हामी प्रतिक्रियावादी सत्ताको केन्द्रका राम्रा पक्ष केलाउने होइन, प्रधान शत्रुसँग आक्रामक व्यवहार गर्नुपर्छ भन्थ्यौँ । ०३९ सालको साउन महिना थियो । सिपी त्यसवेला पाटनमा बस्नुहुन्थ्यो र महासचिवको डेरालाई हामी हेडक्वार्टर भन्थ्यौँ । सिपीले मलाई भन्नुभयो- ‘म गुटबाज र राजावादी ! त्यसो भए मैले महासचिव भइरहने कुरा त आएन । तपाइं लिनुहोस्, यो जिम्मेवारी ।’

    त्यतिखेर केन्द्रीय कमिटी ११ जनाको थियो, पोलिटब्युरो तीनजनाको । पोलिटब्युरोमा सिपी, जीवराज आश्रति र म थियौँ । सायद, अमृतकुमार बोहरा वैकल्पिक पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । म महासचिव बने हुन्थ्यो भन्ने साथीहरूको चाहना थियो । मलाई धेरै दबाब पनि आयो, तर मैले अस्वीकार गरेँ । त्यसको एउटा कारण लो-प्रोफाइलमा बस्ने मेरो चाहना थियो । त्यसमाथि म महासचिव हुनुलाई ‘दुम्सीको काँडामा पुठो राख्नु’ भन्थेँ । महासचिव सबको आलोचनाको केन्द्र बन्नुपर्थ्यो, उसले सबको झ्याइँझ्याइँ सुन्नुपथ्र्यो ।

    चौतर्फी दबाबकै बीचमा मैले झलनाथ खनाललाई महासचिव बनाउन सिफारिस गरेँ । झलनाथले त्यस संक्रमणकालमा सन्तुलनकारी भूमिका खेल्नुहुन्छ भन्ने मलाई लाग्यो । म त्यसवेला पूर्वाञ्चल ब्युरोको इन्चार्ज थिएँ । मदन भण्डारी र ईश्वर पोखरेल सदस्य हुनुहुन्थ्यो । मैले यो कुरा त्यहाँ राखेँ । मदनले ‘तपाईं नै बस्नुहोस्’ भन्नुभयो । वामदेव त झलनाथलाई बनाउने प्रस्तावको ठूलो विरोधी हुनुहुन्थ्यो । अर्को समस्या के थियो भने, त्यतिखेर झलनाथ केन्द्रीय समितिमा मात्र हुनुहुन्थ्यो । तर, मैले कडा अडान लिएर उहाँलाई प्रस्ताव गरेँ । साथीहरूले धेरै गाह्रो मानेर स्वीकार गर्नुभयो । यसरी ‘अब के हुन्छ ?’ भन्ने जिज्ञासाका बीचमा उहाँ महासचिव हुनुभयो र सात वर्षसम्म रहनुभयो ।

    अहिले फर्केर हेर्दा त्यस वेलादेखि हाम्रो पार्टीमा जसरी पनि सत्तामा पुग्ने, सत्ताविना बाँच्नै नसक्ने गलत चिन्तन र प्रवृत्ति विकास भयो । सरकार टिकाउन र ढाल्न विभिन्न विकृति भित्रिए । पजेरो संस्कृतिलगायतका सुविधाभोगी प्रवृत्तिमा पनि एमाले हिस्सेदार भयो । आज आत्ममूल्यांकन गर्दा संसद्को सबैभन्दा ठूलो पार्टीले संक्रमणकालीन विशिष्ट अवस्थामा बाहेक आफूभन्दा भिन्न राजनीतिक विचार र दक्षिणपन्थी वैचारिक मान्यता बोक्ने दलको नेतृत्वमा सरकारमा जानु अत्यन्त गलत थियो । बाहिर बसेर, धैर्यका साथ प्रतिपक्षको भूमिका बलियो बनाउँदै हामीले लोकपि्रय जनआन्दोलनको उठान गर्नुपथ्र्यो । त्यसो नगरी सत्तालाई रोज्नु एमालेको अहिलेसम्मको सबैभन्दा ठूलो गल्ती थियो । यस गल्तीविरुद्ध महासचिवका रूपमा दृढताका साथ नउभिनु मेरो कमजोरी थियो ।
    ०४६ सालमा सिराहाको लहानबाट उत्तरतिर चुरे क्षेत्रमा चौथो महाधिवेशन भयो, हीराबहादुर सुनुवारको घरमा । महाधिवेशनस्थल प्रहरीले घेराउ गरेको सुनेपछि रातारात ठाउँ सारेर गोलबजारको छेउमा सकिएको महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुन्यो । ०३९ साल र त्यसपछिका वैचारिक विवादका क्रममा, नीति तथा कार्यक्रम तर्जुमाका क्रममा मदन भण्डारीको खुबी, क्षमता र प्रतिभा उजागर हुँदै गएको थियो । ०४१ सालतिर पार्टीले उहाँलाई पोलिटब्युरोमा ल्यायो । पछिल्ला दिनमा उहाँ महासचिव बन्ने निश्चितप्रायः थियो । ०४७ मा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकीकरणपछि एमाले बन्यो । मनमोहन अधिकारी अध्यक्ष हुनुभयो भने मदन महासचिव ।

    ०५० साल जेठ ६ गते । कुपन्डोलको डेरामा थिएँ, म त्यतिखेर । सायद, लेखनाथ कोइरालाले हुनुपर्छ, फोनमा ‘मदन भण्डारी र जीवराज आश्रतिको जिप दुर्घटनामा पर्‍यो, जीवित हुने सम्भावना छैन’ भन्ने डरलाग्दो समाचार सुनाउनुभयो । त्यसवेला केन्द्रीय कार्यालय बागबजार गएँ । म र वामदेवलगायतका कामरेड दासढुंगातिर लाग्यौँ, गाडी लिएर । हामी पुग्दा रातको ११ बजेको थियो । मान्छेको ठूलो भीड सास रोकिएको अवस्थामा थियो । गाडी भोलिपल्ट भेटियो, जीवराजको लास गाडीमै थियो । मदनको भने कुनै पत्तो थिएन । तीन दिनपछि गुन्जनगरमा लास भेटियो ।

    मेरा लागि यो भयानक राजनीतिक क्षतिसँगै निजी क्षति पनि थियो । मदन महासचिव हुँदै हुनुभयो, जीवराज र म पार्टी र निजी जीवनमा समेत जोडी थियौँ । व्यक्तिगत सम्बन्धका तहमा म उहाँसँग सबैभन्दा बढी अन्तरंग थिएँ ।
    पार्टीपंक्ति अत्यन्त शोकाकुल थियो । ९ गते केन्द्रीय कमिटीको बैठक बस्यो । साथीहरूले सर्वसम्मतिले मलाई महासचिव सिफारिस गर्नुभयो र यसपटक मैले स्वीकार गरेँ । यसपटक जिम्मेवारीबोधले पनि होला, ममा आत्मविश्वास पलाएर आयो- म पार्टीलाई नेतृत्व-संकटबाट मुक्त गर्न सक्छु ।

    लगत्तै ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भन्ने नाराका साथ पार्टी देशव्यापी आन्दोलनमा गयो । जनधनको क्षति भयो, ठूलो दबाब दिइयो । तर, कांग्रेसको सरकारले सुनुवाइ गरेन । निकै महिनापछि बल्ल एउटा न्यायिक छानबिन आयोग गठन गर्न सरकार सहमत भयो ।
    मदन भण्डारीप्रति कार्यकर्ता र जनताको पंक्तिमा यति धेरै विश्वास थियो कि मदनविनाको पार्टी कसरी जीवित हुन सक्ला भन्ने प्रश्न उठिरहेका थिए । समग्र कार्यकर्ता पार्टीपंक्तिमा आत्मविश्वास बढाउनु थियो । जुन काम मैले राम्ररी गरेँ भन्ने लाग्छ ।
    त्यसवेला हामीले संसद्मा प्रतिपक्षका रूपमा अत्यन्त सक्रिय भूमिका खेल्यौँ । सडकमा जुझारु आन्दोलन चलायौँ । जनजीविका र राष्ट्रियताका सवालमा जोडदार अभियान गर्‍यौँ । यसैवेला कांग्रेसको आन्तरिक समस्या उत्कर्षमा पुग्यो र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि चुनाव घोषणा गरे ।

    ०५१ सालको जेठमा पाल्पामा राष्ट्रिय परिषद्को पहिलो बैठक बस्यो र त्यसले ‘आगामी सरकार एमालेको, देशभक्त र प्रजातन्त्रवादीको’ नारा तय गर्‍यो । पार्टी पंक्ति एकढिक्का भएर चुनावमा गयो र अनेकौँ धाँधलीका बीचमा पनि नेपालको इतिहासमा पहिलोपटक एउटा कम्युनिस्ट पार्टी संसद्मा सबैभन्दा ठूलो पार्टी भयो ।

    चुनावमा पराजयपछि कांग्रेस प्रतिपक्षमा बस्न तयार भयो र एमालेले अल्पमतको सरकार बनायो । सर्वसम्मतिले मनमोहन अधिकारीलाई प्रधानमन्त्री र मलाई पार्टीका तर्फबाट सरकार सञ्चालन गर्ने जिम्मेवारीसहित उपप्रधानमन्त्री, रक्षा र परराष्ट्र मन्त्रालय हेर्ने जिम्मा दिइयो । ०५१ साल मंसिर १४ गते १५ सदस्यीय नयाँ सरकारले शपथ-ग्रहण गर्‍यो । यो सानो सफलता थिएन । मदन र जीवराज नहुँदाको अन्योलको स्थितिबाट सरकारसम्मको यस यात्रामा खेलेको भूमिकाका लागि सिंगो पार्टी पंक्तिका साथै मलाई पनि गौरवबोध हुनु स्वाभाविक थियो ।
    सरकारको कार्यक्रम वामपन्थी छापसहितको हुनुपर्छ भन्नेमा हामी प्रस्ट थियौँ । अत्यन्त चर्चित ‘नौ स’ को कार्यक्रममा म आफैँ प्रत्यक्ष संलग्न थिएँ । यसमा अर्थशास्त्री डा. डिल्लीराज खनालको पनि विशेष भूमिका थियो । सरकार अत्यन्त लोकपि्रय भयो र यस लोकपि्रयताबाट तर्सेर कांग्रेसले सय दिन नबित्दै ‘फू गरेर सरकार ढाल्ने’ चुनौती दिन थाल्यो ।

    हाम्रो सरकार बन्दै गर्दा राप्रपाले ‘सभामुखमा लोकेन्द्रबहादुर चन्दलाई समर्थन देऊ, हामी सरकारलाई समर्थन दिन्छौँ’ भनेको थियो । त्यसो गरेको भए सहकार्यको स्थिति बन्न सक्थ्यो । वार्ता पनि भयो, राप्रपाले केही मन्त्री दिए सरकारमा सहभागी हुन्छौँ भन्यो । वामदेवले दिऊँ भन्नुभयो तर मनमोहनले ‘कुनै हालतमा हुन्न’ भन्नुभयो । पार्टीभित्र यस कुराले विवाद ल्याउन थालेपछि मैले ‘त्यसो भए चुनावमा जाऊँ’ भनेँ । सुवास नेम्वाङलगायतका साथीहरूसँग छलफलपछि हामीले संसद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्‍यौँ ।

    भदौ १२ गते आइतबार सर्वोच्च अदालतले षड्यन्त्रमूलक ढंगले चुनावमा जाने सरकारको लोकतान्त्रिक निर्णयलाई बदर गरेपछि संसद्को महाधिवेशन बोलाउनुको विकल्प रहेन । कांग्रेस सत्तामा जान कति आतुर थियो भने त्यसवेला हेलिकोप्टर दुर्घटनामा परेर अस्पतालको शय्यामा पुगेका प्रधानमन्त्री मनमोहन अस्पतालबाट फर्केपछि संसद्मा जवाफ दिएर सरकार छाड्छौँ भन्दा पनि मानेन । कांग्रेसले एक दिन पनि पर्खन नमान्ने संकीर्णता प्रदर्शन गर्‍यो । मनमोहनले अस्पतालको शय्याबाटै संसद्लाई सम्बोधन गर्नुपर्‍यो । उहाँले केही अनुच्छेदभन्दा बढी पढ्न सक्नुभएन, बाँकी मैले पढेँ ।

    जे होस्, नौमहिने सरकारले थुप्रै उपलब्धि हासिल गर्‍यो । उपप्रधानमन्त्री र पार्टी महासचिवका रूपमा म त्यस सरकारको ‘पर्फर्मेन्स’ का लागि सिंगो पार्टी पंक्तिसँगै अहिले पनि गौरव गर्न सक्छु ।
    सरकार गठन हुँदै गर्दा पार्टीले उपमहासचिवको नयाँ पद सिर्जना गरी वामदेवलाई त्यसको जिम्मा दिएको थियो । जब सरकार ढल्यो, ‘महासचिव नै फर्केपछि उपमहासचिव पद किन चाहियो ?’ भन्ने प्रन उठ्यो र त्यो पद खारेज गरियो । त्यसले नेतृत्वमा असमझदारी बढाउने काम गर्‍यो ।
    सरकारमै पनि सिपी र पार्टीबीच असमझदारी बढ्यो । सिपी आपूर्तिमन्त्री हुनुहुन्थ्यो । उहाँले आफ्नो नजिकका मान्छेलाई पार्टी र प्रधानमन्त्रीसँग सल्लाह नै नगरी मन्त्रालयअन्तर्गतका विभिन्न निकाय र नयाँ संस्था खडा गरेर समेत समानान्तर केन्द्रीय संरचना बनाउन थाल्नुभयो । उहाँको आलोचना भयो र ती नियुक्ति बदर गर्न भनियो, तर मान्नुभएन । त्यसपछि उहाँलाई अर्कै मन्त्रालयमा सार्न खोज्दा पनि उहाँ तयार हुनुभएन । अन्ततः उहाँलाई मन्त्री पदबाटै हटाइयो ।
    हामी प्रतिपक्षमा थियौँ । कांग्रेसको व्यवहारका कारण बरु लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर भए पनि कांग्रेसको सरकार ढाल्नुपर्छ भन्ने मत पार्टीभित्रै बलियो हुँदै गयो र छलफल सुरु भयो । अलिअलि कांग्रेसले हाम्रो सरकार ढाल्दाको प्रतिशोधको भावना पनि थियो । राप्रपालाई फुटायो भने कांग्रेसको सरकार ढल्छ, त्यसैले चन्दलाई प्रधानमन्त्री मानेर भए पनि पार्टी सरकारमा र्फकनुपर्छ भन्ने मत पार्टीभित्रै बलियो हुँदै गयो ।

    अहिले फर्केर हेर्दा त्यस वेलादेखि हाम्रो पार्टीमा जसरी पनि सत्तामा पुग्ने, सत्ताविना बाँच्नै नसक्ने गलत चिन्तन र प्रवृत्ति विकास भयो । सरकार टिकाउन र ढाल्न विभिन्न विकृति भित्रिए । पजेरो संस्कृतिलगायतका सुविधाभोगी प्रवृत्तिमा पनि एमाले हिस्सेदार भयो । आज आत्ममूल्यांकन गर्दा संसद्को सबैभन्दा ठूलो पार्टीले संक्रमणकालीन विशिष्ट अवस्थामा बाहेक आफूभन्दा भिन्न राजनीतिक विचार र दक्षिणपन्थी वैचारिक मान्यता बोक्ने दलको नेतृत्वमा सरकारमा जानु अत्यन्त गलत थियो । बाहिर बसेर, धैर्यका साथ प्रतिपक्षको भूमिका बलियो बनाउँदै हामीले लोकपि्रय जनआन्दोलनको उठान गर्नुपथ्र्यो । त्यसो नगरी सत्तालाई रोज्नु एमालेको अहिलेसम्मको सबैभन्दा ठूलो गल्ती थियो । यो गल्तीविरुद्ध महासचिवका रूपमा दृढताका साथ नउभिनु मेरो कमजोरी थियो ।

    ०५४ सालमा स्थानीय निकायको निर्वाचनमा एमालेले निकै राम्रो स्थान हासिल गर्‍यो । दलित, महिला र जनजातिलाई स्थानीय निकायमा केही स्थान आरक्षणको व्यवस्था गरियो । तर, पार्टीभित्रका विकृति यसैवेला झ्याँगिँदै गए । घुमिफिरी सत्ता नै साध्य बन्यो । सत्तालाई केन्द्रमा राखेर हेर्ने दृष्टिकोणले सत्ताका लागि जे पनि गर्ने प्रवृत्ति हुर्कायो । पार्टीभित्रका विकृतिविरुद्ध संघर्ष तीव्र हुँदै जाँदा नेतृत्वमा विभाजन आउन थाल्यो । मैले त्यसैवेला भनेको थिएँ- ‘पार्टीमा तीनवटा गम्भीर विचलन आएका छन् । पहिलो- सर्वहारावादी दृष्टिकोणमा । दोस्रो जनतासँगको सम्बन्ध र कार्यशैलीमा । तेस्रो संगठनात्मक क्षेत्रमा ।’

    खासखास व्यक्तिलाई खासखास व्यक्तिले च्याप्न थालेपछि वादविवाद बढ्न थाले । महाकाली सन्धिका कारण पनि हामीबीच पक्षविपक्षको स्थिति सिर्जना भयो । यसैवेला कांग्रेसले राप्रपाको अर्को पक्षलाई हात लिएर सरकार ढाल्यो ।
    छैटौँ महाधिवेशनमा भिन्नभिन्न प्रस्ताव पेस भए र अन्ततः पार्टी विभाजनको दुःखद अवस्था आयो । ०५६ सालको चुनावमा हामीले बहुमत ल्याउन सकेनौँ । ४६ सिटमा हामी विभाजनकै कारण हारेका थियौँ । अन्ततः फेरि मिलेर जानुको विकल्प छैन भन्ने विचार दुवैतिर आयो । वामदेव र म दुवै यसमा सहमत भयौँ र पार्टी एकीकरण भयो । कतिपय साथीहरूको मन नमान्दा-नमान्दै पनि वामदेव र मैले त्यो हिम्मत गर्‍यौँ ।

    त्यसवेलाका घटनाक्रम सबैको जानकारीमा छँदै छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरिसकेपछि हाम्रो पार्टीले कुनै पनि हालतमा चुनावमा जान दबाब दिनुपथ्र्यो, मिति सार्न सिफारिस गर्न हुन्नथ्यो । पार्टीहरूको यही गल्तीमा टेकेर पछि राजाले खेल्ने निहुँ पाए ।

    ‘१८ असोज’ को हामीले विज्ञप्तिबाट विरोध त गर्‍यौँ, तर देउवा सरकार लोकपि्रय नभएको हुनाले त्यसका पक्षमा सडकमा उभिने अवस्था थिएन । विरोध गर्दागर्दै पनि हामीले राजाको नियतको जुन ढंगले भन्डाफोर गर्नुपथ्र्यो, त्यो गर्न सकेनौँ । हामीले १९ र २० गते सर्वदलीय भेला डाक्यौँ तर गिरिजाप्रसाद आएनन्, कांग्रेस आएन । हामीले अनि निर्णय गर्‍यौँ- त्यसो भए हामी अरूलाई लिएर आन्दोलनमा जाउ“m । बल्ल तेस्रो दिन कांग्रेस आयो । हामी सात दलले त्यसलाई असंवैधानिक कदमका रूपमा विरोध गर्‍यौँ । तर, त्यसैवेला हाम्रो महाधिवेशन आइसकेको थियो । हामी त्यता लाग्यौँ ।

    २० चैत, ०५९ मा हामीले पाँच दलको अवधारणापत्र जारी गर्‍यौँ र वैशाखदेखि आन्दोलनमा गयौँ । आन्दोलन सशक्त र प्रभावकारी हुन नसके पनि त्यसैवेला चन्दको सरकार ढल्यो । राजा यदि ‘सार्वभौमसत्ता र राजकीय सत्ताको स्रोत जनतामा र शासनअधिकार पार्टीहरूमा’ भन्ने मान्छन् भने सहमति हुन सक्छ भन्ने हाम्रो मान्यता थियो । हामीहरूले प्रधानमन्त्री राजाले बनाउने होइन, दलहरूको सिफारिस हुनुपर्छ भन्ने अडान लियौँ । चन्दले राजीनामा दिँदै गर्दा ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउनु उपयुक्त हुन्छ’ भनेका रहेछन् । त्यसवेल

  27. माधव नेपाल जि संबिधान सभा सदस्य बन्ने भन्ने समाचार ले नेपाल को हित सोच्ने एक नेपालीको नाताले मेरो मनमा सन्तोष भएको छ ।
    एमाले पार्टी नै अप्जस्या पार्टी हो । जहिले पनि अपजस नै पाउने । माधव नेपाल मा ढुल्मुले निती गर्नु पर्ने बाध्यता भए पनि यिनी भित्र राष्ट्र प्रती चिन्ताछ । यस्तो राष्ट्र प्रती चिन्ता भएको नेता संबिधान सभा को सदस्य हुनु खुशी को कुरा हो ।

  28. जोसुकै सदस्य होस् तर मलाई लागेको कुरा चाँही अबको नयाँ संबिधानमा हप्तामा बढीमा कती घण्टासम्म लोडसेडिङ गर्न पाउने भनी प्रस्ट लेखिनु पर्छ कि कसो साथी हो?

  29. पागलहरुको देशमा बौलाको योजना, जनतालाई झुक्क्याउने सम्बिधान सभाको निर्बचानको नाटक किन गरेको ता ?

Comments are closed.