एउटा त्यस्तो ठाउँ,
जहाँ अहिले २४ सै घण्टा उज्यालो हुन्छ, रात कहिले पर्दैन
जुन ठाउँ कसैको स्वामित्वमा छैन, न इतिहासमा कसैको उपनिवेश थियो
जुन ठाउँमा स्थायी बासिन्दाहरु नै छैनन्
जहाँ हिउँबाहेक अरु देख्न सकिँदैन
पृथ्वीको सुदूर दक्षिणमा रहेको सातौँ महादेश अन्टार्कटिकामा सगरमाथाको देश नेपालबाट पुगेका एक नेपाली अनुसन्धानकर्ता विश्वनाथ अधिकारी आफ्नो रोमाञ्चक अनुभव सुनाउँदै छन्, विशेष रुपमा माइसंसारका पाठकहरुका लागि। उनीसँगै अन्टार्कटिका घुम्न भित्र आउनुस्।
–विश्वनाथ अधिकारी–
मक्मुर्डो स्टेसन, अन्टार्कटिकाबाट
साथीहरु राजनीति, मारपिट, बन्द अनि लोडसेडिङका धेरै कुरा सुनियो। आज मलाई यी सबै कुरा भन्दा केही भिन्न विषयमा लेख्न मन लगेर तपाईँहरुलाई यो पृथ्वीको सबैभन्दा दक्षिणमा रहेको, संसारको सबैभन्दा चीसो महादेशमा लैजाँदैछु। त्यस्तो विरानो महादेश, जुन न कसैको स्वामित्वमा रहेको छ, न त्यहाँ बस्ने कुनै बासिन्दा नै छन्। हुन त यो महादेश हो तर उसलाई आफ्नो भन्ने नागरिक छैनन्। लामो समयसम्म मानव जातिका लागि कौतूहल र मानव सभ्यता अनि आधुनिक विकासको प्रभावबाट टाढा रहेर एउटा प्रिस्टिन (Pristine) वस्तुको रुपमा रहँदै आएको महादेश हो अन्टार्कटिका (Antarctica) अर्थात सातौ महादेश। अहिले म आफ्नो अध्ययनको सिलसिलामा विगत चार हप्तादेखि अन्टार्कटिका महादेशको पूर्वी भाग रोस महाद्वीपमा रहेको संयुक्त राज्य अमेरिकाको अन्टार्कटिक अनुसन्धान केन्द्रमा अनुसन्धान गर्ने एउटा टोलीमा सम्मिलित छु।
गुगल म्यापबाट हेर्दाः अहिले हामी यहाँ छौँ।
करिव १८ वर्षदेखि चल्दै आएको यो अनुसन्धान कार्यक्रमले मुख्यतया त्यस महादेशमा रहेको जैविक विविधता तथा भूमन्डडलीय परिवर्तनले त्यहाँका जीव तथा अन्टार्कटिकाको वातावरणमा पार्ने प्रभाव सम्बन्धी खोज गरिरहेको छ। यसै सिलसिलामा मैले यहाँ देखेका, भोगेका कुराहरुलाई समेटने प्रयास गरेको छु |
मेरो अन्टार्कटिकाको यात्रा न्युजिल्यान्डको क्राइस्टचर्च भन्ने ठाउँबाट सुरु हुन्छ। यहाँबाट अन्टार्कटिकाको हामी अहिले भएको ठाउँमा पुग्न चारदेखि आठ घन्टासम्म लाग्ने रहेछ। जहाज हिँड्ने गति अनुसार समय घटबढ हुने रहेछ। पहिलो पटक अन्टार्कटिकाको यात्रा गर्दा मनमा केही कौतूहल तथा नजानिँदो डर पनि नलागेको होइन। तर जहाजबाट उत्रिनासाथ देखिएका हिउँका थुप्रा जस्ता लाग्ने ठूलाठूला पहाड़हरु तथा आँखाले भ्याएसम्म देखिने ठाउँमा हिउँको सेताम्मे दृश्यले रंगले मनलाई केही सान्त्वना तथा रोमाञ्च पनि दियो।
दिन होस् कि रात, जुनसुकै समयमा पनि चीसो हावा चलिरहने, जति बादल लगे पनि पानी चाहिँ नपर्ने, अति नै चम्किलो सूर्यको प्रकाश, अनि २४ सै घण्टा उज्यालो हुने (म अहिले डिसेम्बरदेखि जनवरी महिनाको कुरा गर्दैछु। बाँकी छ महिना त यहाँ २४ सै घण्टा अन्धकार हुन्छ) यस ठाउँको विशेषता नै यही हो।
जब हामी माक्मर्दो (McMurdo station) (संयुक्त राज्य अमेरिका को अंटार्क्टिक कार्यक्रम केन्द्र) पुग्यौँ, त्यहाँको भौतिक संरचना तथा त्यहाँ सञ्चालित कार्यक्रमहरुले मलाई निकै रोमाञ्चित अनि अरु धेरै कौतूहल पनि बनायो | अन्टार्कटिका न कुनै देश को स्वामित्वमा छ, न त कुनै देशको उपनिवेश नै हो। यो महादेश पहिले १२ देशको हस्ताक्षरबाट सुरु भएर अहिलेसम्म ४६ देशद्वारा हस्ताक्षरित सन्धिद्वारा सञ्चालित छ। उक्त सन्धि अनुसार जुनसुकै देशले पनि यहाँ भौतिक तथा वातावरणीय प्रभाव नपर्ने र जैविक विविधतालाईलाई आँच नपुर्याउने खालका अनुसन्धान कार्यक्रमहरु सञ्चालन गर्न पाउँछन्।
आज म तपाईँहरुलाई यसै रोमाञ्चक ठाउँमा मैले देखेका र अनुभव गरेका कुराहरुलाई फोटोको माध्यमबाट प्रस्तुत गर्दैछु।
मक्मुर्डो स्टेसन (McMurdo Station) (संयुक्त राज्य अमेरिकाको अन्टार्क्टिक कार्यक्रम केन्द्र) को आकाशबाट खिचिएको तस्बिर। रोस महाद्विपमा रहेको यो स्टेसन अन्टार्कटिकाको सबैभन्दा धेरै अनुसन्धानकर्ता तथा स्टेसनका कर्मचारीहरु बस्ने ठाउँ हो।
अन्टार्कटिकामा पाइला टेकेदेखि रात भन्ने कुरा को अनुभव भएको छैन। नयाँ वर्ष २००९ लाई स्वागत गर्न गरिएको यो कार्यक्रम (Ice Stock) रातिको १० बजेदेखि बिहान को १ बजेसम्म चलेको थियो। घडीमा रात त आयो, तर उज्यालोले कहिले पनि छाडेन।
हिउँको संसार, जहाँ आँखाले देख्न सकेसम्म सबै कुरा (पहाडदेखि समुद्रसम्म) हिउँले ढाकिएको छ।
पहिलो पटक अन्टार्कटिका जानेहरु सबैलाई कसरी क्याम्पिङ गर्ने, हिउँमा कसरी सुरक्षित रहने तथा हिउँमा रहँदा अपनाउनु पर्ने होसियारीको बारेमा दुई दिने तालिम दिने चलन रहेछ। तालिमका सहभागीहरु (मैले पनि यसै समूहमा तालिम लिएको थिएँ) रात बिताउने ठाउँतर्फ लाग्दै।
अन्टार्कटिकाको मौसम निकै अप्रत्याशित तरिकाले परिवर्तन हुँदो रहेछ। स्टेसन बाहिर समय बिताउनु पर्दा यस्तो हिउँको गुफा जस्तोमा बस्दा निकै सुरक्षित भइने रहेछ। प्रतिकूल मौसममा कसरी सुरक्षित रहने भन्ने तालिमको सिलसिलामा बनाइएको हिउँको गुफा।
रोस समुद्रमा देखिएको हिउँको पहाड। समुद्र पनि पूर्ण रुपमा कडा हिउँको सतहले ढाकिएको छ। भनिन्छ संसार म चलिरेहेको भुमन्डलीय परिवर्तनले गर्दा यस्ता हिउँका थुप्राहरु पग्लँदै गएका छन्।
अन्टार्क्टिकाको सुख्खा उपत्यका (Antarctic Dry Valleys) जहाँ संसारमा सबैभन्दा बढी सुख्खा अवस्थामा बाँच्न सक्ने जीवहरु (जस्तैः Nematode, Tardigrade, Rotifers) पाइन्छन्। हेर्दा निकै हिउँले ढाकिएको जस्तो देखिए पनि यहाँको बलौटे धुङ्यानयुक्त माटोमा पानीको मात्रा निकै कम र केही भएको पानीको मात्रा पनि हिउँ को रुपमा नै रहन्छ।
भाले एडिले पेंगुइन्। यहाँ मुख्य गरी दुई थरीका पेंगुइन् पाइँदो रहेछ, एडिले र एम्पेरर। एम्पेरर पेङुइन एडिले भन्दा निकै ठूला हुँदा रहेछन्।
यहाँ रहेका धेरै हिमतालमध्ये एक।
(प्रश्न तथा जिज्ञासाहरु भएमा कमेन्टमा राख्न नभुल्नु होला। म अर्को लेखमा समेट्ने प्रयास गर्नेछु)
Wow! Great. inspiring. keep it up.
TEK
अधिकारी जी मेरो नमस्कार
येहा नेपाली हरु को सबै कुरा नेगेटिव नै लिने बानी नै छ
EXCEPT HIV POSSITIVE
अधकारी जी म त तपाई बात अरु पानी बढ़ी आश गर्दै छू
शिव
C-BAY
great job but as you said we all have to be aware about the global warming.nepalka himsrinkhala haru pani global warming ko karanle paglandai gairaheka chan.it’s time to do something.
विश्वानाथ जि नम्स्कार
खुशी लाग्यो तपाईंको यात्राा देखी ,निस्चयपनी रमाइलो कुरा हो यो हाम्रो लागि र कौतौहलपूर्ण पनि
अनी विश्वानाथ जि म सामान्यतया तपाईं सँग यि जिज्ञासा राख्छु हैत
१,त्यो माहादेश्मा यि penguin को सन्ख्या कती छ ? र यि जिब्को अस्तित्व कस्तो छ ? यस्को रगत चिसो छ कि तातो ? अनी यस्ले के खान्छ ? बनस्पती पाईन्छ कि पाइन्दैन ?
२, मानिसले त्याहा बस्ता चाहिने अतिआयस्यक बस्तुहरु जस्तै पानी , खानेकुरा फल फुल त पाइन्दैन होला पाईन्छ भने कस्तो चिज पाईन्छ ?
३, बिसेस गरी यात्राुहरु के उदेस्यकालागी जान्छन ? खाली मनोरन्जन गर्न कि केही खोज गर्न ? खोज को लागि ऐले सम्म पत्तालागेका महत्वपूर्ण कुरा के के हुन ?
४, अनी आस्चार्य लाग्ने कुराहरु पनि पाईन्छन कि ? पाईन्छन भने ति के हुन ?
५, बिशेषगरी भोउतिक सम्रचना मा पहाड धेरै छकी तराइ धेर छ ? खोला नाला प्राय बग्दैनन होइनत ? आस्चार्य अनी तिनिहरुको अस्तित्व कस्तो अवस्थामा छ हिउ नै भए पनि बग्छ होला नि होइन ? चित्रमा हिम नदी देखाउनु भएको छ यस्को आकार प्रकार र अस्तित्वा कस्तो अवस्थामा छ ? हिउ भित्र बस्ने जल्चर जस्तो प्राणी पाईन्छकी पाइन्दैन ?
६ , २४ घण्टा उजियालो हुने कारण के हो ? सुर्य नअस्ताउदात हिउ पल्गिनु पर्ने होइन र ? सामान्यतया सुर्यको ताप कती हुन्छनी त ?
७,तपाइँ कुन क्षेत्र को भ्रमण गर्नु हुँदैछ ? वा जम्मै अन्टर्कटिका को हो कि कुनै निस्चित पार्ट्को ?
८, अनी त्याहाँ कुनै देश्ले घर हरुको निर्माण पनि गरेको छकी छैन ? बिशेष गरी भरमण टोली बस्ने हिउको गुफामा मात्रै हो त ? हुनत हिउको फुफा भित्र तातो हुन्छ भन्ने सुनेको हो मैले तर अनुभब्को आधारमा कस्तो हुँदो रहेछत ?
९, त्याहाको भु गर्भामा कुनै खनिज जन्य पदार्थ अर्थत ग्यास धातु वा अन्य केही पदार्थ पाईन्छ कि पाइन्दैन ? वा खोज को क्रम मा छ ? र अरु देश को बिशेष गरे बेलायत र अमेरिकाको अनुभब पनि सुनाउनु हुन्छ कि सर्ले ? बिशेष गरी यि देश्ले भबिस्यमा कस्तो फाईदा लिना सक्छन त ?
१०, बातावरण त एकदम सफा होलानी होइन र ?
११,र अन्तमा तपाईंले पत्ता लगाउनु भएको अनौठो चिज के हो ? र त्याहा हामीले के गर्न सकिन्छ होला जस्तो लाग्यो तपाईंलाई अनी मानब जगत्का लागि तपाईंले देखेको फाईदा के हो ? र यो महादेश्ले भबिस्यमा कस्तो रुप लेला ?
१२,अनी बिशेष गरेर तपाईंले गर्ने अनुसन्धान के बिषय वा उदेस्यमा पर्छ ? बैज्ञानीक उदेस्यको नै होलानी होइन ?
१३,समुन्द्रहरु कती गहिराइ का होलान ? हिउ मात्रनै भए पनि निस्चित गहिराइ होलानी होइन ? बिशेष गरी समुन्द्रको यात्राा गर्दा कसरी र कुन बिधी अपाईन्छ ? र कसरी गरिन्छ ?
१४ यस्ले छिमेकी महादेश्लाई तपाईंको अनुभब्मा कस्तो प्रभाब पारेको जस्तो लाग्छ ? र यस्का रहस्यहरु के हुन ?
१६, करडौ बर्ष अघी मानब बस्ती थियो होला यहाँ ? बिज्ञान के भन्छ ?अनी यहाँ पaiने जिब पेइङुइन को औसत आयु कती हो ? यो स्तन धारी हो कि होइन ?
Great job Bishwo brother !!!!!!
great!!!
हो यो फिल्म मा बुद्द लाई भरत म जन्मेको भनेको छ, मैले पनी नेट बाट हेरदा साह्रै रीस उथो तर कहाँ कसरी कम्प्लैन गर्ने। यो त आती नि भो है साथी हो,मेरो बीचर मा तो शब्द परिवर्तन नगरन्जल नेपाल मा तो फिल्म बन्द गर्नु पर्छ अनी चेन्ज को लगी जोड दबाब देनु पर्छ।
Thanks for sharing your experiences. These are really interesting for me.
hi uncle great picture of antartica i like the picture of the penguin it was cool and great artical too.
Nepali napugeko thaun biswoko kunai kuna kapcha pani banki rahenachha. sarai khushi lagyo.
आफूले नदेखेको तर कितावमा पढिएको बिषयबस्तुलाई खुलस्तरुपमा नेटको सञ्जालबाट देख्न पाउँदा औंद्यी रमाईलो लाग्यो । अधिकारी ज्यूलाई धन्यवाद नदिईरहन सकिन्न । अर्को भाग र त्यहाँको अन्य थप जानकारीहरु थाहापाउनको लागी कौंतुहलमा रहेको छु ।
its great man,
we are waiting your next article yaar
Great article! Thank you Bishwojee!
Frivolous and motivating work. Keep on going mate. Please do keep on posting about your research work too and let us know is there any tour possible for general people like us?
Thank you so much Mr.Adhikari. willing to see and read
more facts about Antarctica. best of luck Mr.Adh.
for your next research. Really you did a great job.
Keep it up.
sydney, Australia.
i am totally agrre with sameer
हेल्लो बिश्वो दाई,
तपाईंको आर्टिकल mysansar.com मा पढ्न पाउदा नीकै खुशी लाग्यो।
Ramchandra Adhikari , Denver {COLORADO}
Badhai cha Bishwonath ji, You are our proud. You are Nepal’s proud. We all wish your great achievement.
i always had dream to reach this place. I may not be able to be there but thank you very much to take me there via computer…….good work
Congratulations Adhikari ji and keep up Nepali name high. We have Pramod Aryal here in Adelaide and he was there in Antartic few years ago and we had a chance of viewing his photographs. He was working on assembling satelite antenas for British Defence (army) I think. You might know him.
U did great job
can u write something about your research ? what kind of research u are doing there.
Nice job keep going on for further research…
great Biswa
Its nice to see your article. You are brilliant from your school, campus life to your study in Belgium. It made me more happy to see your present nice introduction of your reserach area about Antartica. Great Very Few people have this great opportunity. Congratulation. Wish you good luck to uncover great finding over there so that we the nepali reader can be able to hear more about you with your scientific achievement.
Good luck and great job. Hope you will disclose all querries asked by all reader. Very happy to reda your article and picture few time to recall you.
badhai chha vishwanath jyu lai. May God continue to bless you and trip.
karuna
It is very nice and different flavours for the readers of My Sansar. Thanks alot for your photos and nice article.
Thanks for your information about antartica. I have one question for you. I hope you will give information about IGLOOSE and ISKIMOS ?
B.N.Adhikari g,
very-very nice article.
thank you very much.
best of luck.
जीवन जि,
नेपालमै पनि सारिरिक् काम गर्नेहरु जहान गये पनि त सारिरिक् काम गर्छन् नि होइन र ? खोजी पस्नुस् त नेपालीहरु कती छन कती राम्रा राम्रा काम गरी बस्नेहरू | हो सुरुमै औने बितिकै नेपालमा ज्वाँई आयो भन्ने जस्तो गरी कस्ले राम्रो काम पौन्छ र, अझ विद्यार्थी भएर आउँदाको स्थिती अर्कै कुर हो | नेपालमा मात्र हो जीवन जि प्रधानमन्त्री को गार्ड भएर काम गर्ने छोरा बिदेस आएपछी कम्प्युटर बीसेसग्य हुने त, अमेरिकामा पनि त्य्सरी हुन पौने भये तपाईंलाई खुशी लग्थ्यो होला |
माईसंसारका पाठकहरुलाई एकदमै नौलो स्वाद पस्किनु भएकोमा अधिकारीजीलाई हृदय देखि धन्यवाद! ६ महिना दिन र ६ महिना रात हुने अन्टार्कटिकामा पुग्ने सायद् तपाईनै पहिलो नेपाली हुनुहुन्छ।बधाई छ तपाईलाई।
ज्ञानबर्दक लेखका लागि अधिकारिजी लाई हार्दिक धन्यवाद दिदै अध्ययनको पूर्ण सफलताको कामना गर्दछु ।
Very good to see Biswa on this blog, my regular surfing web. though he was updating his pictures and activities on facebook network as he promised to do before leaving his university.I request not to doubt his work (as some post reflect the kind of suspect) and hope to read/see next article very soon considering all the comments/questions.
Wishing your stay safe and warm.
TPK
Adhikari Jee,
I Guess, you are the first person who went to Antartica.
Congratulation.
Let’s give him big hand everybody.
Excellent job…. Keep up the sprit of IAAS,Rampur.
Intersitng. Thanks for sharing
आज मलाई कमेन्टहरु पढ्दा एउटा पनि कमेन्टमा भाडा माझ्न नेपालीहरु अमेरिका जान्छन भन्ने कुरा उल्लेख नभएकोले अचम्म लगेको छ |
आफु अमेरिका जान नपाएकोमा रिस पोखने दरिद्र मनसिक्ताबाट माथि उठेर हेर्नुस्, नेपालीहरु बिदेसमा आएर कस्तो कस्तो राम्रो कामहरु पनि गरेका रहेछन भनेर गर्ब गर्नुस् | अधिकारिज्युलाई धन्यवाद राम्रो काम अनी राम्रो सुचना को लागि |
Guys,
Its really great that some one from Nepal went to Antarctica. But you know i have found similar photos in Google. Another thing is I could not find any thing about Mr Bishow Nath Adhikari in google, that is giving me to think about this article twice. I am not saying that it is not real person, butif he is real then why i am not getting any thing about him in google? Why i found same picture in google?
Pls provide some link where we can go and find some more info.
thanks.
Biswanath ji,
Great job, nice pics, I think your research is really exciting. My Qs–
6 mahina samma ujyalo huda ra 6 mahinai adhyaro huda manche haruko kaam garne tarika ra behavioral pattern ma kasto change hune hola?
what is the main food of the people who live there?
thanks
CB
thanks for nice photo and articles n hope for next article also …..
Thanks a lot for the amazing information.Mr.Adhikari! u did a good job.Wish u all best.
wow its really good place bro.
keep it up. enjoyyyyyyyyyyyyyyyyy
अधिकारी जी
मन छोयो मुटु छोयो सप्पै शरीर छोयो
फेरि गर्छु अनुरोध अरु के-के भयो?
हाम्रा लागि आश्चर्य र अनौठाका कुरा
शब्दसँगै फोटो राखी गर्दिनुस् है पूरा।
१
पुग्ने बाटो कसरी हो? काँ-काँ हुँदै जाने?
समयले कति लिन्छ?त्यहाँ के -के खाने?
फोहोर् पनि हुन्छ होला!कस्तो छ-पद्धति?
काम ऐले के गर्दै हो?कस्तो छ उन्नति?
२
भ्याए देखि समयमा उत्तर दिनु होला
अझ भनूँ,रोमाञ्चक वर्णन् गर्नु होला
यति ठूलो साहसको गर्छु म सलाम
वीरताको वर्णन् गर्न सक्तैन कलम।
excellent tour, jealous with d writer..! enjoy n give knowledgeable information to nepal.
Thanx for your presentation of your experience and identity of world and nature.
hope you will more
I m proud of u thanx. . . .
sarai ramro lagyo……jwain saaheb
धेरै राम्रो बिषयमा कुरा उठाउनु भो आज तपाईंले । सधैंको राजनीतिक कुरा, मान्छेहरु मारिएका खबरहरु मात्र अनी लोड्सेदिङ्को जगजगी भएको वर्तमान नेपालबाट धेरै टाढा पुगेर हामीलाई नयाँ बिषयमा बहस गर्ने मौका दिनु भो
सुन्दर अती सुन्दर!
nice photo haru yarrrrrrrrrr
nice picture
कहाँ पर्ने रहेछ कृपया झर्को नमानी कन बताइ दिनहुन्छकी बताइ दिनुभयमा म पर्देशी अती आभरी हुनेथियोउ
comment by man bahadur syangta
त्यहाँ किन ६ महिना उज्यालो र ६ महिना अँध्यारो हुने रहेछ ? यसको भौगोलिक कारण के हो, कसैलाई थाहा भए लेखिदिनुहोला ।
फोटोहरू धेरै नै सुन्दर छ । लेखको लागि धेरै धन्यवाद ।
तपाईं त्यहा अनुसन्धान को लागि जानु भएको रहेछ मलाई साह्रै खुशी लाग्यो। र तपाईंले त्यहादेखेका र भोगेका कुर हरु हामीलाई पनि जान्ने अवसर दिनु भयो यसरीनै अरु पनि तपाईं का अनुभव हरु हामीलाई जान्ने बुज्ने अवसर मिल्ने छ भन्ने आसा राख्दछु
बिश्बनाथ जि !
धेरै धन्यवाद यसरी आफ्नो अनुभब हामी सँग बाड्नु भएकोमा ।
तपाईं त्यहा कुन उद्देश्य ले पुग्नु भएको थियो ? ( यहाँ अनुसन्धान गर्नको लागि भनेर लेख्नु भएको छ , अनुसन्धान भन्ने त बुझे तर कस्तो अनुसन्धान त्यो चाँही बुझिन । )
तपाईं बिज्ञान को बिद्यार्थी भएर जानु भएको हो कि ?
तपाईं त्यहा नेपाल सरकार को प्रतिनिधि भएर जानु भएको हो कि अमेरिका को तर्फ बाट प्रतिनिधि भएर जानु भएको हो ?
त्यसरी जा दा प्रती ब्यक्ती खर्च कती लाग्दो रहेछ ? त्यो तपाईंले ब्यहोर्ने हो कि कुनै सस्थाले ?
असाध्यै अनौठो ठाउँ मा पुग्नु भएको हुनाले यसरी जिज्ञासा राख्न पुगे है ।
त्यहा कती दिन बस्नु पर्दो रहेछ ? अनी मान्छे कती दिन सम्म बस्न सक्छन ? सामान्य तया मान्छे हरु त्यहा कती दिन बस्दा रहेछन ?
आफ्नै मुलुकको नेपाली त्यहा पुग्नु भएको खबर पढ्दा त आँफै त्यहा पुगे जस्तो खुशी र गर्ब लाग्ने रहेछ ।
त्यस्तो ठाउँ मा यो भन्दा अघी कुनै नेपाली पुग्नु भएको थाहा छ ?
धेरै कुरा पो सोधे त मैले !
अर्को कुरा पनि ,
त्यहा जाने हरुले प्रयोग गरेका टि न् – पलास्टिक आदी इत्यादी बातावरण प्रदुसित गर्ने समान हरु त रित्ते पछी लैजाने ले नै ल्याउछ्न होला नि आफ्नो साथ मा ? कि हाम्रो पहाड र हिमाल च् ढ्दा जसरी जथाभाबी फालिएको हुन्छ त्यहा पनि फोहोर ? हुन त अहिले आएर हाम्रो तिर पनि फोहोर जथाभबी नफाल्नु त भनेको हुन्छ तर पहाड तिर हेर्यो भने शहर बाट जाने शिछित हरुले नै नियम पालना गरेको देखिदैन , जहाँ तही टि न् , सिसा , प्लास्टिक भेटिन्छ । त्यहा त्यस्तो देखिन्छ कि देखिदैन ?
aha kati ramro thau teha jana payeta yo nepalko babal bata mukti paintheyo ho la hai …sathi haru ki kaso jane ho ta…la jane vaye aunus masagy..afuta hidiyo..
It is real but realistic as well as unique natural scene which is very very charmful and attractive.Thanks for your giving information and writing about it and always look forward to seeing such article
very nice article and thanks for bringing it to us.
Great work…
thanx alot for sharing with us…
We are hang to listen the news of politics and same news about Our coutry Nepal but this articles(From Sagarmatha to Antartica) gave me different taste and I liked so much.we are proud of you.
त्यो फिल्म नेपालमा Ban गर्न पर्छ। हैन, सिनेमा देखाउनु भन्दा पहिला त्यस को certification ( चलाऊन मिल्ने वा नमिल्ने ) पहिला त हुन्त्यो , अब माओवादी को सरकार आए पछी त्यो पनि बन्द भयो कि के हो। Greater Nepal चाँही देखाउन नदिने अनी ” चाद्ननी चोक टू चाइना ” चाँही दिने। यस्को बारेमा आर्टिकल मेरो संसार मा आउन पर्यो । Producer Warner Brothers ले गल्ती को माफि माग्नु पर्छ।
Its great news to hear in life route the son of Nepal reached in Antarkatika Mahadesh…..Anyway strive more and more continuing and update news again…
Finally save journey and in own job place !
Thats all
DBGurung ( Japan )
Bishow Nath ji, nice trip. Its almost similar to North pole Island Savalbard environment. We saw polar bear at savalbard, is there any polar bear in this area?
अधिकारिजि,
तपाँइको लेख पढेर अनि यि फोटाहरु हेरेर भित्रैबाट खुसि लाग्यो । अनुसन्धान,खोज,यात्राहरु सबै शिक्ष्याकै पाटाहरु हुन । हामिलाइ शिक्ष्याको खाँचो छ । तपाँइको अनुसन्धानले नेपाल र बिश्वका लागि सकारात्मक योगदान दिनेछ । एउटा नेपालि त्यो ठाँउमा पुग्नुलाइपनि म उपलब्धि मान्छु । तपाँइको प्रगतिको कामनाका साथ अर्को लेखको प्रतिक्ष्यामा ।
स्याटेलाइट
Great! I love to go to there but….. Well, you are in the world of frozen water and rite now i am writing from the world of water. I am on the way to Hawaii from Costa Rica across the Pacific Ocean through out the equator. If you like to see where I am, clickwww.whoi.edu/page.do?pid=8581
I will try to share my experiences later in this blog.
Mr. Adhikari,
Keep inform us. Good job.
Sonam
The world society should preserve such kind of place without polluting. Decreasing the environment day by day ice is going to melting. That is why it will be big problem in future. Any way the nature is wonderful. We should learn to keep nature in right track. but everyone should care whether to any countries of the world.
Good job Mr. Vishwonath ji. Keep it up. I felt very glad that one Nepali person is conducted such research. Good wishes for your Every steps. Go ahead you will be success to catchup your aim. thanks.
CORRECTION FOR WRONG INFORMATION,
IT IS SUMMER IN SOUTH POLE, SO THERE IS NO NIGHT THESE DAYS.
BUT IN WINTER IT WILL ALL NIGHT NO DAY.
IT IS NOT WISE TO SAY THAT THERE WILL BE NO NIGHT IN ANTARTICA. BUT, IN NORTH POLE OR ARTIC ITS ALL NIGHT NO DAY IS GOING ON AS WINTER IS THERE.
UMESH JEE, IT WILL BE WISE TO CORRECT SOME INFORAMTION BEFORE PUTTING TO BLOG. IT IS SOMETIE REDICULOUS TO SEE SUCH A ARTICLE.
oh kya daami thanks maile pani sayer garne mauka paye
I wish to hear more about it…
I want to support Sameer jee,
चादनी चोक टु चाइना। मा बुद्ध जन्मिएको देश भारत भनिएको छ। खै कोहि पनि बोल्दैनन किन हो। साबी थकिसके जस्तो छ । नेता हरु त बोल्दैनन तर पत्रकार हरु कता गये । उमेश जि ले केही गर्नु हुन्छ कि ?
thanks
prakash
बिश्वनाथ जी,
रोचक लेखको लागी धन्यबाद!
मेरा केही जिज्ञासाहरू यस प्रकार छन्:
१. अन्टार्कटिकामा हरिया बनस्पतिहरू उपलब्ध छन् की छैनन्?
२. पेन्गुईन बाहेक अरू स्थल प्राणीहरू पाईन्छन की पाईदैनन्?
३. क्याम्प बाहीर बस्नुपर्दा हिऊँको गुफामा बस्नाले सुरक्षीत हुने कुरा बताउनु भयो, किन होला?
४. मानविय प्रयोग बाट उत्पन्न फोहोर को ब्यबस्थापन कस्तो छ?
मलाई आशा छ, यहाँले नझर्कीकन मेरा जिज्ञासाहरूको उत्तर दिनुहुनेछ।
धन्यबाद!
ज्ञान, दोहा-कतार
अधिकारी जु लाई धेरै धेरै हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु यो नौलो जानकारीकालगी, नेपाल जस्तो अती गरीब मुलुक बाट सहभागीता जनाउदै यो महादेश सम्म पुग्न सफल तपाईंको यात्रा निरन्तर अगाडि बढीरहोस्, तपाईंको यो फोटोसहितको प्रस्तुती साहारै सर्हानिय र मनमोहक छ, एस्तै अरु नौलो जानकारीहरु यसरीनै पस्किदै जानु म मेरो तर्फ बाट फेरी एकपटक सलाम गर्दछु,पूर्ण सफलताको शुभकामना सहित ल ।
सुन्दर अती सुन्दर!
बिश्वनाथ जी तपाईको यो साहसिक यात्राले हरेक नेपालीको छाती गर्वले फुल्ने छ , संभव हुन्छ भने तपाई र त्यहा हुने गरेको अनुसन्धानको बिषयमा थाप जानकारी दिनुहुन्छ कि
Great job!
We want more pictures and more info about your research. I am proud of you. Can you please give us some details about your team, your specific work on the team, your university or institute affiliation, etc. Make sure that some people don’t suspect you of being another Sherpa guide here!!! Hehehe I am kidding but I’d be proud to know more about you and your research so people would have no questions about you.
Best of luck!
thankx hami le pani antartica sayer garne maoka paayeu
Hi bro,
Malai ta mathika photo ma sangka lagyo, sathi gayeko bhaye , yeuta aphno photo ta khichnu parthiyo ni.Yo sathile hamilai chiting gareko ho sathiho.
Kopila
UK
Thank you very much for nice article.
I am also agree with sameer jee,
“Chadani chok to China” is also released from Nepal so they give wrong information about the birth place of Buddha. May be Umesh jee can do someting about it.
thanks,
prakash
adhikari ji tapai ta swarga manai pugnu bhaye6 ni. aaha kasto ramro thau. tapai jasari tyo sundar thauma pugnu bhayo tesari nai tapai ko grouplai anusandhanma purna safalata prapta hos bhanne agrim shuvakamana.
Bishow Nath jee,
thank you very much.
I feel i am also in that place.
So interesting.
If possible please provide more photos and detail information of that place.
thank you again
thanks
prakash
yaha kaka ramro thu po rahe chha!!
thanks for photos
thnx for sharing. good luck with ur research.
आहा क्या राम्रो द्रिश्य साह्रै रमाइलो लाग्यो
शायद हाम्रो देश मा पनि यस्तै राम्राा राम्रा
द्रिश्य पकै छन् तेती मात्रही फरक छ कि
हाम्रो देश मा रात दिन = हुन्६ हिमाल
पहाड हिम सिरिन्खला त छन् भयर के
गर्नी हाम्रो देश का राक्छेस रुपी नेता हरु
ले बेचेर खाईसक्य अरुको देश हेरेर भयपनी
रमाउन पर्नी रयछ हस्त नमस्कार
उमाकान्त सापकोटा
मलेशिया ताइपिङ्
नेपाल गैंडाकोट थुम्सी चोक नौ
फोन नो ०१२ ३९८२७६०
बिश्वनाथ जि,
Hat’s off for you and all the best for your futures.
एउटा नेपाली आमाको छोरो त्यस्तो ठाउमा पुगेर अनुसन्धान गर्न पाउनु नेपालको लागीनै गर्बको कुरा हो।
तपाई संग जिज्ञासा राख्नको लागी हामीलाई त के नै थाहा छ र त्यहाको बारेमा, तपाईको जे जे अनुभब छ, ब्रिस्तित रुपमा अर्को लेख लेख्नु होला। बरु फोटोहरुको लागी अलि धेरै राख्नु भए हुन्यो।
फरक प्रसँग ,
‘चाडनी चोक तो चाइना ‘भन्ने फिल्म मा गौतम बुद्द लाई भारत मा जन्मेको भनिएको छ । भारत को हेपहा प्रबिती झन्झन तिब्र हुँदैछ । नेपाल को आन्तरिक मामिला मा त हस्तछेप गर्छ गर्छ अन्तरराष्ट्रिय स्तर मा पनि नेपाल को अस्तिस्व समाप्त पार्न खोजिन्दै छ । गौतम बुद्द नेपाल को अस्तिस्व सँग सम्बन्धित बिषय हो । सो फिल्म बिदेसी लगानी (Warner Brothers) को हिन्दी फिल्म हो । फिल्मी क्षेत्र भनेको जनमानस लाई तुरुन्तै प्रभाब पर्ने साधन हो । तसर्थ नेपाल को सम्बन्धित पक्ष लाई जानकारी दीइ तुरुन्तै सो वाक्य सेन्सर गराउन दवाब दिनुहुन म माइ संसार लाई आग्रह गर्छु ।
समीर
जापान
lucky guy:P
it is really interesting article. Thanks keep it up.
कति राम्रो लाग्यो मलाई त आहा सिन पनी कति राम्रो !म त खुशिले गदगद भये .
सार्है मनमोहक दृश्य .
grate job dude,
sometimes this types of artical will be refresh for viewers
thnx for giving wonderful diet. should nepali leaders be as white as that ICE?
great job u made all of us proud ,best of luck for your further research,
लेख को लागि धेरै धेरै धन्यवाद। ज्यादै रमाइलो कुराहरु रहेछ है !!!!
i wish i would also be there
आहा! कत्ती रमाइलो द्रिश्य.
साथै जानकारी-मुलक लेख तथा फोटोको लागि धेरै-धेरै धन्यवाद तपाईंलाई।।
Wowowoww……
thankx Biswanatha Ji,
Afu napugne Yo mahadesh ghumaidiyeko ma.
Mr. Adhikari,
Wow.great.
Thank you so very much for the article. Loved it.
Great Auta Nepali ko chora pani aaj antratica mahadesh ma pugan sakeko ma ra sathai yo ramro information hami sang share gareko ma.
nice article brother keep it up! I cheked the other pics u uploaded in ur FaceBook. u used to be a brilliant guy in IAAS and i know, u surely would make urself shine in the future.
kasto ramaelo thau rahicha kas!!biswanatha sir ko thau ma ma vaeta…………………….???????
I felt great that you as a Nepali conducting great research with research team in order to explore new findings. I hope you will come in Nepal with new experience and we will wait your explorative research’s conclusion. Thanks