यो साताका लागि चुनौतिका रुपमा फोटो-
कृपया कविता बाहेक अन्य कमेन्ट यसमा नगरिदिनु होला।
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.
32 Comments
Comments are closed.
च्यतिएका अस्मिताहरु!
फाटेका भागग्येहरु !
लुकौदा लुकौदै थाकेका नजरहरु!
अब चाँही धेरै टिक्ने गरी
सिउन परेको छ !!
माटोले मगेको मेरो विश्वाश
माटोले खोजेको मेरो पौरख
रोपेर पौरखी बीजहरु!
छरेर विश्वाशका अनाजहरु!
नेपाली भाई जिउनु परेको छ!!
त्रासाधि थोरै छ
विश्वाशले मार्नु पर्ने!
तर अटल् छ छाती
सिङगो नेपाल अट्ने!!
सिउदै जनु छ उध्रेका जोर्नी
टाल्दै जानु छ फटेका ओर्नी
बचेँको हुन्छ अजर भई!
त्यस्तो कुन ठाउँ छ र ?
पौरख मर्ने !!
सिउनु छ आफ्नै लागि
भोली पनि त आउँलाननी!
मुटु कपौने जाडोहरु!!
यि नै सुकुमार हात्ले !
रती रती जोडी बुन्नु छ !
न्यानो खास्टोहरु !!
कयैउ जाडो गर्मी आए गये
कत्ती त हद भाई
सिमा नघे
अब सिउनु छ नयाँ बस्त्र
ज्ञान सिप र बुद्दिको
जगेहै भाई हो जगे
लगे है बहिनी हो लगे
(समग्रमा यो कबितामा राष्ट्र भक्ती कोरिएको छ शब्दहरुले बेक्तिगत न भई समग्र हामी नेपाली को प्रतिनिधित्तो गरेको छ जस्तै भाई बहिनी ,मेरो यिनै आदी )
****मत पर्छु दङ्ग ****
—————————-
म भन्दिन थाक्तछु काम गर्दा
खुशी छु म सिपको ज्ञान भर्दा
नेपाली यि हात बलिया अजङ्ग
म सुचिकार मनमाछु दङ्ग
*
लाख कपडा सबै ति आऊन्
मेरा यि हातमा परी रमाउन्
अनी म प्राण भर्दछु रुप सङ्ग
म सुचिकार अनी पर्छु दङ्ग
*
आँखा सधैं हेर्दछ रङ्गी चङ्गी
निकाली फुर्ती कल गर्छ भङ्गी
साथी यही काल काल छ सँङगै
म सुचिकार मनमा छु दङ्गै
*
धागो टुटिमा मजाले भुलेर
घुमी घुमी गर्दछ खेल धेर
लुकामारी खेल मा धेर रङ्ग
म सुचीकार देखी पर्छु दङ्ग
*
घुम्टो अनेकौ* रुप ति अनेकौ*
यो मेसिन बेहुली बन्छ लाखौं*
सिँगार यस्को गरी सान सङ्ग
म सुचीकार देखी पर्छु दङ्ग
*
छुँदामा मैले खट्खट गर्ने बानी
त्यो सङ्गितैमा रस हुन्छ दामी
हुँदैन कहिले पनि सिप बन्द
म सुचिकार सधैं पर्छु दङ्ग
*
बिशेष काम परी बाहिरको
कहिलेकाही छोडदछु साथ यस्को
छोरी नजिकै गै सान सङ्ग
बस्छीन् देखी पर्दछु फेरी दङ्ग
*
ति हेर्दछिन पाटपूर्जा चलाई
भबिस्य आफ्नो बलियो देखाइ
हुँदैन देश्को अब सिप बन्द
म सुचिकार मनमाछु दङ्ग
**********************
( कठिन स्रमका बाब्जुद पनि बालक को आयस्यक्ता पुर्ती नहुने तस्बिर देखेर मन रोयो बालक्ले लगाएको लुगा र उस्को अनुहार देखेर अती गरीबिको झलक हुन्छ तर पनि स्रमिक्को मनोबल नघटोस भनेर मैले तेतातिर जान चाहिंन आखिर स्रम गर्ने हातहरुत सुन्दर नै हुन्छनी जिबन्को भोगाइ बेग्लै कुरा हो )कबितामा आएका केही सब्दका अर्थहरु :- 1) सुचिकार = लुगा सिलाउने मान्छे ,२)अजङ्ग = बिशाल ,धेरै ठुलो ,३)सङ्गै = सँगै ,४)दङ्ग = प्रत्फुलित मन ,खुशी मन ,५) कल = लुगा सिलाउने मिसिन ,६)काल काल = दिग्दिगन्त ,पछी पछी सम्म वा आउने लामु समय सम्म
“सिउन बाकी छ”
समयले च्यातेका हाम्रा सपनाहरू
इतिहासले च्यातेका हाम्रा अस्तित्वहरू
बराजुका उदण्ड बाबु साहेबले च्यातेका
हाम्रा दिदीहरूका अस्मिताका जडाउरीहरू
काजी बाले च्यातेका हाम्रा जग्गा धनी पूर्जाहरू
हो, थुप्रै चिज सिउन बाकी छ
म बाटो हेरेर थाक्न लागिसकेँ
तर किन अाएनन् अाज सम्म
सदरमुकाम सम्म चामल लिन गएका दाजूहरू
सिउँन बाकी छ कालापानी
सुस्ता र महेशपुर
खुर्दलोटन र लक्ष्मणपुर
माने भञ्ज्याङ र टिङ्कर
टाल्न बाँकी छ
पूर्व पश्चिम र दक्षिण
बिधीका भकारीका दुलो
सिउन बाकि छ
नयाँ नेताका लागी दोब्बर साइजका
सत्तारोहणको तेस्रो महिनामा लगाउने दाैरा सुरूवाल
नयाँ मन्त्रायणी कमरेडलाइ
नयाँ फेसनको मिनीस्कर्ट
धेरै भोक सिउन बाकी छ
धेरै प्यास सिउन बाकी छ
के के सिउने र के के टाल्ने
वा मिल्काउने सबै यी पुराना
लाज नढाक्ने अाश्वासनका थाङ्ने लुगाहरू
हामीले समात्नै अँाटेका छाै
हाम्रा युगिन दायित्वका बिडहरू
हो धेरै सिउन बाँकि छ
हामी झैँ परिबर्तनका बालीघरेहरूले
अधेरोमा जुनकीरी
आपसी द्वन्द्वले धुजाधुजा पारेको मेरो देश
जति टालटुल गरेपनि सबैतिर च्यातिेएको छ
धर्म, जातपात र वर्गले
झनझन फाटिरहेछ देश
जाति रफु गर्न खोजेपनि
सबैतिर प्वाल परेकोछ
तैपनि जोडजाड गर्न सकिन्छ कि भनी
कलको छेउ जान्ने झै गरि
किकर्तव्यविमुढ उभिएकोछु
कलम कापि र खेलौनाका सपना थिए मेरा पनि
डाफेसँगै नाच्ने रहर थिए मेरा पनि
न आमा छिन् न बाउ नै साथमा छ
टुहुरो जिन्दगी जिउने कसरि अथाह छ
कस्को माया पाउनु मैले कसको भर पर्नु
पौरखका जिउदा हातखुट्टाले केवल परिश्रम गर्नु
यस्तै यस्तै कल्पनाले मलाई पहिल्याउछ
समाउदिन बनदुक-छुरा छवि महिल्याउछ
मजदुरि नै मजबुरि भा ‘छ
यो अधेरोमा भविष्य कहा छ ?
“फुच्चे-काले ” भनी नहेप मलाई
देश सिउन हिडेको ठिटोलाई
रुदा रूदा आसु नी सकिगो
मलाई सघाउन आउछ को ?
राज महर्षी , मास्को
एकलो हुनु पर्यो
हिजो बाबाले यही बसेर कपडा सिउनु हुन्थियो
बिर्सेंको छैन मैले के राम्रो बुत्टा राखनु हुन्थियो ।
अटाइ साँधदे हुँदैन थियो घरमा बिष्टको हुल हुन्थियो
बिष्टले पालो मिचियो भनेर झगडा नै गर्ने गर्थियो ।
छ गेडी सबै मेरी छैन गेडी सबै तेडी अहिले हुन गयो
को आउछर अभागीको घरमा सुन्नसान अहिले भयो ।
आउने दिन कसरी काटु एकालो पारी गयो
पुर्खाले सिकाएको सिपलाई अगाडि बढाउनु पर्यो ।
आफुलाई कस्ले हेर्छ बाचन सिप सिक्नु पर्यो
उमेरले कस्लाई छेक्छ काम गरी खानु पर्यो ।
आफनु भन्ने सबैले मलाई एकालो पारी गयो
अधम्मे शाहस लिएर पुर्खाको बिदो थाम्नु पर्यो ।
आरु साथी खेलेको देखी आसु मेरो झर्यो
अपराधीले बुवा आमा अपहरन गरी लाग्यो ।।
दु:ख गरे मैले जिउन को निम्ती ।
तर छु मत मसिने भन्दा होची ।
यका तिर आँखा यका तिर काम
शिओले घोचला डाक्टर कहाँ जाम ।
भबिस्य को कर्णदार बालक
म पनि भये अब चलाख
म हुँ भबिस्य को कर्णदार बालक
आफ्नै भबिस्य आँफै भित्र खोजिरहेछु
हात मा कलम अनी कपी हुने बेलामा
आफु भन्दा गरौ मेसिन छ झोलामा
कैले ठुलो हुने होला म
यस्तै रैछ यो गरीब को चोला मा
म पनि भये अब चलाख
म हुँ भबिस्य को कर्णदार बालक
मैले सिएको लगाएकाछन बस्त्र
मै माथि बर्षाएकाछन अस्त्र
गफ ठुला , भाषान ठुला
बाल मज्दुरी को नारा
यही मेसिन को सहारा
जगत सबै सारा
म अभागि बिचरा
म पनि भये अब चलाख
म हुँ भबिस्य को कर्णदार बालक
मेरै नाम मा डलर बर्षाएकाछन
थेग्नै नसक्ने काम्ले तर्साएकाछन
आफु भन्दा डबल भार मेसिन बोकेकोछु
अनिस्चित भबिस्य , जिब्रो टोकेकोछु
म पनि भये अब चलाख
म हुँ भबिस्य को कर्णदार बालक
आफ्नो लागि आँफै लड्छु म
उज्जल भबिस्य को लागि अगाडि बद्छु म
कसैको आसा अनी कसैको भरोसामा नभै
आफ्नोअधिकार खोज्नलाई आँफै अगाडि बद्छु म
म पनि भये अब चलाख
म हुँ भबिस्य को कर्णदार बालक
“लुग सिलाउने कल र मानब”
घटटट घटटट कराउँछ कल
चलाऊन गर्छन् ति साना बालक बल
छन हात कलीला सिमित छ सक्ती
भो समाउ कलम गर सरस्वतिको भक्ती
—————————————
थोमस सैन्टको यो गजब अबिस्कार
गर्यो है यसले दमै दाईको उद्धार
सियोले सिउँदा जुग नै जान्थ्यो
न्युन ज्यालाले न खर्छ नै धान्थ्यो
————————————–
यो मती कस्तो सधैं ध्वंस नै रोज्ने
कहाँ गो बुद्धी स्रिजन्सिलता खोज्ने
दुई चार पल गहिरो ध्यान गरौं
बनाऔं देस आबिस्कारक भई मरौं
————————————-
टुक्रा र टुक्री धागोले जोड्दै
बाहुला देखी गलातिर मोड्दै
सियोको कोपाइको मनमा छ त्रास
कर्मसिलताको मिठो आभास
————————————-
छिटो छरितो वस्त्र तयार गर्दै
मनब शरीरलाई सौन्दर्यताले भर्दै
त्यो मनव हृदयलाई छ छुनु
सधैं नै पर्छ विश्वासिलो हुनु
————————————-
अमुल्य रहेछन जाँगर र सिप
ननीबुन ति उज्याला आशाका दीप
तन र मनले गर्नुछ कर्म
सम्झनु छ पलपलमा मनबीय धर्म
———————————————–
सिलाउँदा सिलाउँदै आँखाहरु थाक्छन्
मनमा अनेकौँ तानाहरु जाग्छन
क्षण क्षणमा सक्किन्छ धागो
हिमाल, तराइ र पहाड जोड्ने धागो खोजौँ दन्किरहेछ देशमा आगो
मेरा परदेसियेका बाबा
घर नआएको धेरै भो
तर बाबा नआएर के भो र
मैले लाको नया नाना र टोपी त बाबालेनै पठाका रे
यो मेसिन मेरा बाबाले आमाको लागि पठाका रे
तर आमाले भनेको आज नेपाल बंद छ रे
बाबा
तिम्ले पठाको सबैकुरा
आमा आफै एक एक गरेर ओसर्दै छिन
आहा क्या मज्जा अब यो चोटी आमाले के ल्यौछिन होला ?
म आमा आउने बाटो हेर्दै छू बाबा
तर मलाई डर पानी लागेको छ आमा कतिबेला आउलिन?
बाबा अचेल त यहाँ बच्चा चोरने मान्छे आउछन रे
आमाले भनेको कतै नहिन्नु, कसैले देको केही नाखानु रे
तर पनि बाबा आमाले के ल्यौछिन होला यो पलिमा?
बाबा अर्को पल्ट चाहि केही नपठाऊ है बा
बरु तिमी नै आऊ एउटा हेलिकोप्टर लिएर
किनभने बा अब म येसपाली देखि स्कूल जान्छु
तेती टाढा स्कूल फेरी त्यों उकालो त म हिडन सक्दिन
आमाले भने को म त एकलै जानूपर्छ रे
म त भुन्तु र कालू लाई तेसैमा राखेर स्कूल जान्छु
बाबा तिमी तेसैमा चढेर आए हुन्छ
आमाले भनेको अब बाबा लाई घर बोलौने रे
अनि मशीन चलयेर हामीलाई पल्नेरे
बाबा तिमी त बिदेसमा भेडा चरौउँछौ रे
भेडा त यहाँ पनि चराउन पाइहालिन्छ नि बा
साने काकाका पनि त भेडा छन नि त तिने चराए हुदैन र बाबा ?
मलाई त कसैले बाबा का कुरा गर्यो भनेपनी
बाबा भनेको मिठाई हो की, नया नाना हो की,जुटता चप्पल हो की
के हो के हो जस्तो लाग्न थाली सक्यो
सांची बा यो चोटिमा बरु तिमी नै आउन आमा संग
संग्रिला को मौन कथा हरु ,
तस्बिरमा पीडा बोलिरहेछ |
उदास ‘भोली
,’उद्देश्य हिन् हेराइहरू|
भात्कियेको कल ,
च्यातिएको मन,
अनी !!
आत्तिएको बर्तमान |
पुजारी र पत्रकार हरु बाधा |
बालुवाटार रुन्छ |
मलाई ज्यून देऊ |
लामै ज्यून देऊ |
भाबिस्य लेख्नुपर्ने हातहरु ,
ग़लत गंतब्य बग्दो छ ,
बिकास र नब निर्माण ,
आमूल परिबर्तन का आसाश्वासन हरु ,
राजधानी माँ कैद छान,
बुख्याचा हरु !!
फेरी डिस्नेरी माँ नाम खोज्दैछ्न |
नाम बहादुर हरु |
नाम मै बाच्न चाहन्छन|
नाम मै मर्न चाहन्छन |
,
नटखट गोपाल
आज बल्ल मौका मिल्यो कल समाउँने
कलको चक्का खुट्टाले घुमाएर रमाउने
खुट्टाले चलाउछु, तल माथि कस्तो यो
धागोले बधेको चक्कामा, सियोले कोप्दो हो।
आमा आउन त आएनन हेर्दाइ गर्नु छ
तोपी एस्तो झूर छ सीलाएर हिपहप बन्नु छ
आमाले ने क्या एस्तो तोपी भिडाइदीन
साथीहरु गिजाउछन तुप्पी (tuppi) हल्लाउदै गोपाल हीड
चिसो छ टोपी लगा भन्दै आमा कराउचीन
handsome बन्छ छोरो आमा किन डराउचीन
ए बुझे बुझे मैले बल्ल दिमाग खनेर
बुहारी घर धेरै आउछन की भनेर
ह्य जेसुकै होस् आज टोपी सीलाउनु छ
टोपिकोटुप्पी लामो भो अब मिलाउनुछ छ
भएन नामपनी झूर फेर्छु अब त
गोपाल हरे क्य oldish, Gops बन्छु म
आमा म अब स्कुल जदिन
आमा भोलिबाट म स्कुल जदिन
स्कुल भित्र मलाई भाईचारा छैन
दलितको छोरो रे म मान्छेनै होइन
कलम तिखारेर देश बनाउने हरुले
छुवा-छुट हटिसकेको नारा लगाउछन रे
आमा म अब स्कुल जादिन
कलम चलाऊने हरु हतियार चलाऊछन
सत्ताको निम्ती देश नै जलाउछन
स्कुल पढेर म बेरोज्गारी बनु छैन
………………….
…………………. खोइ साथीहरु अहिलेको यो बुर्जुव शिक्षा पढेर बेरोजगारि हुँदै सडकमा गएर टाएर बल्ने काम बहेक अरुकुनै रोजगार नहुने भएको ले अब म मेरै पुर्खाको काम सिक्नुछ एसैमा मलाई सन्तुस्ट हुनेछ। भन्ने कबिता बनाउन खोजेको रङ्ग na ढंग,छाट न छन्द को हुनु पुग्यो लौ साथीहरु सहयोग गरिदिनु पर्यो है। बिशेष गरी बिर्खे हली जि लाई अनुरोध।
खोइ के के पो सिलाउने हो ,
कहाँ बाट सुरु गरौ कुन्नी
कपडा त सधैं फट्थ्यो
अब त मन पनि फाट्न थाल्यो
लाखौं नेपाली को मन सिउनु पर्ने
कहाँ बाट सुरु गरौ कुन्नी
पल्तिर को भुन्टे ले खेल्न बोलाउछ
नेपाल आमा को छाती फाटेको बेलामा
खोइ कसरी लुका मारी खेल्ने
भो म आउदिन
नेपाल आमा लाई
एउटा राम्रो चोलो सिलाई दिनु पर्ने
ए बा गाली नगरनुस् ल
तर कहाँ बाट सुरु गरौ कुन्नी
तल्ला घरे दाई पनि लाहुर गएछन
सानी दिदि पनि पर बिदेश गयिन् रे
बा पनि दिनभरी टोलाउछन
सप्पै ले मलाई जिम्मा लगाएर भागे
तर केही छैन
म आतिएको पनि छैन
म सप्पै समेल्छु
सके नयाँ सिलाउला
नसके पनि पक्कै टालुला
तर कहाँ बाट सुरु गरौ कुन्नी
कसैलाई सघाउन मन छ भने
आए हुन्छ
म सानै छु सिकाये पनि हुन्छ
म कुरी रहने छु
तर आहिले एक्लैइ सुरु गर्छु
तर कहाँ बाट सुरु गरौ कुन्नी
नछोड आमा एक्लै मलाई सामु उधोग तिम्रो
उमेर सानो अहिले म, टाढिएकै छैन र राम्रो ?
सिक्नु छ सीप यो तिम्रो, मैले भोली कसैगरी
आमा साथी ईश्वर हाम्रो, यही होइन जीवनभरी ?
म मै हुन्न तिमीसामु, ध्वनी यस्को तरङगिँदा
हुन्छ तर्साउने यही सधैं, सपनीमा म झस्किँदा
मेरो बालपनको साथी, कलम कापि झोला भरी
स्कूलकाती गुरुहरु, पढाउने हर पल माया गरी
आमा मलाई आउ तिमी, मूडाबाट हटाउन
म पढ्छु आमा होस्, गरीबी यो भगाउन
तिमीलाई सकाउँछु, मेरो तनले भ्याए जती
माया मेरो सानो मनको, तिम्रै लागि अटेजती
पर्देशको ठाउँ पराइ, बुवा कष्ट टाढै बसुन्
भबिस्य म कोर्छु हाम्रो इश्वर सधैं नजिक रहुन्
न्यानो काख टाढा पारी, म बस्दिन यसरी यहाँ
आउ आमा तिमीनै, बस तिम्रो यो मेचमा
आउ आमा तिमीनै, बस तिम्रो यो मेचमा ||
((१))
जूठे की छोरी तिमी,
आमा तिम्री झ्यौकिरी,
घुम्दै फिर्दै कलमा आयेऊ ,
यताउती नहेरी
((2))
आमा तिम्री सधै सिउछिन |
बुबा खान्छन जांड|
छोरिलाई बोलाउछन |
यता आईज रांड |
((3))
लोकतंत्र देशमा आयो
छुवाछुत ,गयेन|
नया नेपाल बन्छ भन्थे |
केहिपनी भयेन |
“फाटेको मेरो देश सिलाउन”
आमा,
जब तिमीले मलाई जन्मायौ ,
खुशी थिए म ।
हिमालयको काख,छहरा,झरना
र लालिगुरासको स्पर्श थियो
पहाडमा जाडो बढे तराइले सेक्थ्यो
तराइमा हुरी बढे हिमालले छेक्थ्यो ।
सुन्दर थियो शान्त थियो
हरियाली अनी भाईचारा थियो ।
तर
तर आमा ,
आज मेरो देश आज फाटेको छ ।
आफ्नै दाजुभाइहरु तेरो मेरो गर्दै
गुट र उपगुट हरुमा बाडिएका छन।
प्रचन्ड गर्मिमा बाझो बारी जस्तै
मेरो देश फाटेको छ।
यो फाटेको देशमा मेरो भबिस्य
अन्धकार छ ,अनिस्चित छ, असुरछित छ।
त्यसैले ,
त्यसैले आमा ,
यो कल सामु अैइपुगेको छु
फाटेको यो मेरो देश सिलाउन ।
मेरो भबिस्य मेरै देश भित्र खोज्न ।।
हिजोसम्म मेरो भबिस्यको लागि
बन्दुक उठयौ भन्नेहरु ,
सामन्तको जरा उखेलेर फाल्नेहरु,
खै त कता छन उनिहरु
मलाई मेरो कानुन दुई बर्षामा दिन्छु भन्नेहरु
खै त के गरिरहेका छन?
त्यसैले आमा ,
मेरो लागि म आँफैले
भबिस्य लेख्नु छ ।
अन्धकार मेरो देशमा
सधैंलाई उज्यालो ल्याउनु छ।
बरु देउ तिम्रा हातहरु
हात मा हात मिलाउन ,
चिरा चिरा परेको मेरो देश लाई
भाईचाराको धागोले सिलाउन ।
माया ममता स्नेहमा मिलाउन ।।
आमा,
जब तिमीले मलाई जन्मायौ ,
खुशी थिए म ।
हिमालयको काख,छहरा,झरना
र लालिगुरासको स्पर्श थियो
पहाडमा जाडो बढे तराइले सेक्थ्यो
तराइमा हुरी बढे हिमालले छेक्थ्यो ।
सुन्दर थियो शान्त थियो
हरियाली अनी भाईचारा थियो ।
तर
तर आमा ,
आज मेरो देश आज फाटेको छ ।
आफ्नै दाजुभाइहरु तेरो मेरो गर्दै
गुट र उपगुट हरुमा बाडिएका छन।
प्रचन्ड गर्मिमा बाझो बारी जस्तै
मेरो देश फाटेको छ।
यो फाटेको देशमा मेरो भबिस्य
अन्धकार छ ,अनिस्चित छ, असुरछित छ।
त्यसैले ,
त्यसैले आमा ,
यो कल सामु अैइपुगेको छु
फाटेको यो मेरो देश सिलाउन ।
मेरो भबिस्य मेरै देश भित्र खोज्न ।।
हिजोसम्म मेरो भबिस्यको लागि
बन्दुक उठयौ भन्नेहरु ,
सामन्तको जरा उखेलेर फाल्नेहरु,
खै त कता छन उनिहरु
मलाई मेरो कानुन दुई बर्षामा दिन्छु भन्नेहरु
खै त के गरिरहेका छन?
त्यसैले आमा ,
मेरो लागि म आँफैले
भबिस्य लेख्नु छ ।
अन्धकार मेरो देशमा
सधैंलाई उज्यालो ल्याउनु छ।
बरु देउ तिम्रा हातहरु
हात मा हात मिलाउन ,
चिरा चिरा परेको मेरो देश लाई
भाईचाराको धागोले सिलाउन ।
माया ममता स्नेहमा मिलाउन ।।
म अझै अग्लैइमा चडन चाहन्छु हेर
मेर आँखा यी साना भयनी संसार देख्छु म
दृष्टि मेर दुर दराजमा छन
पखुरी यी साना होलान परिश्रमी छन हातहरु
खेल्नु मात्रहोइन मैले
आहिलेदेखी के हि गर्नुछ भन्ने मन्मा छ मेरो
पारीलो घाम झै बनाउनु छ जिबन लाई
आफु मात्र घोइन उजयालो म दुनियाँलाई राख्नु छ
जिबन सरल छैन
कठिन भयनी संघर्स गर्नु छ l
SAGAR,japan
बाबा लागे कल छाडी परदेशतिर
आमा चलाउंछिन् कहिले काहीं
भ्याइ नभ्याइ हुन्छ
आजभोलि खासै आउन्नन्
सिएका लुगा लगाउने पनि
मेरा स्कुले साथी पनि
जान्छन् बजारमै सिलाइ सकेकै
किन्छन्
वर्षेनी धान दिन्थे
बाबा बाली थाप्न गाउँ जान्छे
आज भोलि त्यो पनि कोही छैनन्
बाली लिन जाने बाबा अब
कमाउन खाडी गा छन्
आमा भने कहिले काहीं अड्को फड्को
कसै कसैको फाटेको लुगा
सिलाउँदै जान्छिन्
म भने तिनै आमाको
कल खिच्ने कुर्सीमा
आमा पर्खदै बसीमात्र रा छु
बाबा भने खाडी गा छन् म भने
मेरी आमाको प्रतीक्षामा मात्र
बसी रा मात्रै हो
तपाईले मेरो तस्वीर लिनुभयो
अब राख्नुहोला कता कता
जे जे जसजसलाई रच्न मनलाग्छ
रच्दै जानुहोला ।।
***********
सूचना दिँदादिदै पनि कविता बाहेक जथाभावी कमेन्ट लेखिएकोले यो कमेन्ट मेटिएको छ र कमेन्टकर्तालाई कालोसूचिमा राखिएको छ
“मेरो चाहाना”
कोशिश मेरो उन्नति गर्ने सानैको चाहाना
कल रेछ आँगनमा यो, यही भैगो बाहाना
तिखार्छू हात यासैमा म, यो मेरो योजना
बनाउन सकू नयाँ नेपाल, यही मेरो कामना
दौरा सिउछु, सुरुवाल सिउछु, सिउछु शीरको टोपी
फैलाऊंन सकू घर आँगनमा ज्ञान र शीपको ज्योति
मजस्ता छन अरुपनी, सबैलाई समेटछू
समाजका ती बिभेदी रखा, सबैलाई म मेटछू
सीयोले रोप्छु धगोले उन्छु परीश्रमको फुललाई
आफ्नै आँगनमा ल्याउछु टाढा बगेको विकाशको मुललाई
कोशिश मेरो उन्नति गर्ने सानैको चाहाना
कल रेछ आँगनमा यो, यही भैगो बाहाना
आहा सनु नानी तिमी
पढ्ने लेख्ने उमेर मा
आफु भन्दा ठुलो कलमा
भबिस्य खोजी रहिछौ
तिम्रा साथी सङी
कापी कलम बोकेर
सुनौलो भबिस्य को
बाटो पहिल्याउदै छन
तर तिमी भने
तिम्रो बाबु को साथी लाई
आफ्नो सपना बनाइ
भबिस्य खोजी रहिछौ
कहिले फेला पर्ला तिम्रो भबिस्य
यसरी कल चलाएर ?
त्यसैले नानी
तिमी पनि तिम्रा साथी सँगै
कपी कलम र किताब बोकेर
जाउ तिनी हरु कै
पाइला पछ्याएर
अनी तिमी पनि
उनिहरु जस्तै
लेख्न पढ्न सिक
तब मात्र तिम्रो
भबिस्य भेटिने छ
तिमीलाई मेरो शुभकामना छ !
यी मेरा साना हाथ ले
थप्पड लगाउन सके हुनथियो
ती सबै लाई जस्ले देश बनाउने नाम मा
आज सम्म हामी नेपाली लाई ठगे
चाहे ति राजा हुन चाहे चाहे ति कोंग्रेस्सी
चाहे ति एमाले हुन चाहे ति माओवादी
आज मेरो देश को स्तीति हेर्दा
यी सबै मेरो थप्पड खाने लयक छन.
तर पेरिसतिती हेर्दा के गर्नु
सबै आफ्नो स्वार्थ को लागि मेरा हाथ
कुल्चिन तय्यार छन
तिनीहरु आकाशमा उड्छन
म माटोमा लुगा सिलाउँछु
हो मेरो बाउ दमाइ हो
यथार्थसँग म हात मिलाउछु
म उड्न सक्दिन त के भो ?
मेरो आँखामै आकाश अटाउँछ
म उठ्न सक्दिन त के भो ?
मेरो अनुहारले उचाइ बताउँछ
आकाशमा उड्ने रहर होइन
धर्तिमा शिर उठाएर उभिन चाहन्छु
यथार्थलाई कुल्चेर होइन
वास्तविकतामा डटेर रहन्छु
तिनीहरु जे सुकै भनुन
मैले बराक ओबामाको कथा पढेकोछु
तिनीहरु जेसुकै गरुन
मैले ज्ञानसंगै सीप पनि सिकेकोछु
दलित हुँ या गरीब
अबोध म त धर्तिकै सुन्दर फुल हुँ
तिनीहरु मलाई जेसुकै भनुन्
निर्दोश म त सिर्फ मायाको मुल हुँ
आसुँ छन यी आँखामा, पोख्छु आफ्नै भाखामा
बाहिर नै बस्छु अहिले पारीलो छ घाम
शनिबार स्कुल छुट्टी, छैन केही काम
ठुलो भाई धेरै गर्छु, अहिले सिलाई सिक्छु
खेल्न जाने मन छैन म त येही ठीक छु
सानी छु कल चलाऊँदा कुर्सी बाटै खस्छु
किताब कलम येतै ल्याइदेउ म त पढ्न बस्छु
नपढेर के गर्ने भोली, काम पाउने हैन
खकै लुछी गैंडाको बिजोग पार्नु छैन
हिजो भर्खर माइ संसारमा त्यस्तो बिजोग देख्या
पैसाको लागि त्यस्तो गिर्ने, किरा पर्न लेख्या
पढेर ठुलो बन्छु म, फटाइ चाँहीं केही गर्दिन
पत्रकारको खाल ओडि देश बेचेर मर्दिन
दिन रात नराम्रो खबर, पोल्छ देश जलाई
मैले नै केही गर्नु छ पढ्न देउ मलाई
बालक तिमी सानो नै छौ ,
कुन जिज्ञासाले हेरिरहेका छौ ?
जाडो मा यस्तो ढकमक्क लुगा छ तिम्रो,
र पनि केही जान्ने सिक्ने कौतुहल्ता झल्किन्छ तिम्रो,
के हो, कस्तो हो, कुन रुपमा छ र के गर्छ ?
कसरी र के गरी यस्ले लुगा सिलाउछ ?
तिम्रो मुख-मन्डल र निधारमा हेर्दा ,
तिम्रो भबिस्य मा तिम्रो भबिस्य निस्चिन्त छ,
यही कौतुहलता र जिज्ञासाले गर्दा ,
किन हुन सक्दैनौ तिमी सिपालु मा सिपालु
Giorgio Armani भन्दा
********
कविता लेख्ने ठाउँमा जथाभावी कमेन्ट लेखिएकोले मेटिएको छ
********
सूचना राख्दाराख्दै पनि कविता लेख्ने ठाउँमा जथाभावी कमेन्ट लेखिएकोले मेटिएको छ
” बाल मजदुर ”
___________
कपडा छैन कैची छैन तिमी सिउन बसेको होइन
चन्च ले बालक कही पुग्न कुनै बार ले छेक्दैन
°
तिमी आयौ खेल्दै खेल्दै कल मेशिनको नजिक
आमा डरा इन अनी कराइन ‘ धागो नझिक ! ‘
°
तीन चार बर्ष यस्तै होला तिम्रो उमेर
आमा तिर हे र्दै छौ स्बरमा गमेर
°
तिमी बालक मजदुर होइनौ तर तस्बिरको झल्को नमिठो
यदी हुन्थियो किताब अगाडि झल्को देखिन्थियो कती मिठो !
°
नमिठो झल्को भित्र लुकेको यथार्त तितो
धेरै बालक को समय बितेको छ ब्यर्थ मा छिटो
°
गरी बि का कारण धेरै बालक छन मजदुर
बालकलाई मजदुर बनाउने लाई कानून ले देखाउछ कसूर
°
सरकारले गर्नु पर्छ सहयोग भरपूर
कोही बालक हुनु हुँदैन मजदूर
°
भोलिका कर्णधार आजका बालक हुन
यिनको शिक्षाको जिम्मा सरकार ले लिउन !
°
( कोही बालक मजदुर हुन नपरोस मुलुकमा ! )