प्रचण्ड महिमा

खासमा लेख्‍नुको कुनै तुक देख्दिनँ र पनि यस पटक प्रचण्ड नयाँ नेपालको केही कहानी नलेखी रहन सकिन । क्रान्तिकारी पत्रकार संघको एकीकरणसम्ममा प्रचण्ड गर्जे, र भर्खर जनमेको शिशु गणतन्त्र मिडियाले मार्न खोज्दैछन्, संक्रमणकालका नकारात्मक तस्विर उजिल्याउने पत्रकारितालाई छि छि दुरदुर गरेर प्रचण्ड थाकेनन् , फेब्रुअरी मसान्तको मध्याह्नमा ।

थुइक्क! साला नेपाली पत्रकारिता, उनकै वाणीलाई हेडलाइन बनाएर हामी कर्तव्य पूरा गरिरहेछौं । को हो प्रचण्ड उसको स्तुति गाइदिनुपर्ने ? डेढ लाखको खाट चाहिने त्यो पात्र, प्रवृत्तिको जयजयकार गरेनन् भनेर ङयार ङयार गर्नु भनेको प्रेसलाई लगाम लाउन खोज्नु हैन र ?

पत्रकारिताको ‘प’ नपढेका, समाचारको ‘स’ नलेख्ने, महान कैदी पत्रकार ऋषि धमला र महान क्रान्तिकारी एनेकपा माओवादीका सुप्रिमो याने उधारो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका कार्यकारी प्रधानमन्त्रीको बोली, व्यवहार, शैली, संस्कार र प्रकृति हेर्दा लाग्छ के यो देश सतिले सरापेकै देश हो त ?


माओवादीलाई घेराबन्दी गरेर पत्रकारले के फेरि राजतन्त्र फर्काउन खोज्या हुन र ? मात्र प्रचण्ड जनयुद्धका बेलाजस्तै क्रान्तिकारी, विकासवादी रहिरहुन् भन्ने नागरिक खबरदारीलाई सार्वजनिक गरिदिएको हैन र ?
मातृका यादवलाई फकाउन, मनाउन, चित्त बुझाउन नसक्ने काइते प्रचण्डलाई के नेपाली मार्क्स, माओ भनेर लेख्‍नुपर्ने हो ? मणी थापा, कृष्ण अधिकारी, रविन्द्र श्रेष्ठहरुले स्खलित पारेका प्रचण्डलाई महान लेनिनका प्रतिलिपि सिद्ध गरिदिनुपर्ने हो त प्रेसले ?

के नेपाली पत्रकारिता प्रचण्डको पार्टी कोषबाट हण्डी लिएर चल्या छ र ? प्रचण्डले महंगी रोक्नु नपर्ने, असुरक्षा घटाउनु नपर्ने, उद्योग बन्द गर्नुपर्ने, लोडसेडिङ घटाउनु नपर्ने, शैक्षिक बेथिति रोक्नु नपर्ने, काकाकुल काठमाडौँलाई पानीसम्म दिनुनपर्ने, गरिब कर्णालीलाई पिठ्यूँ फर्काउनु पर्ने अनि प्रेसले महान प्रचण्ड जिन्दावाद भन्दिनुपर्ने ? यो के सम्भव छ त ?

प्रचण्ड सरकारका सारथी माओवादी मन्त्रीहरु स्वयंले मसँग स्वीकार्छन् काम गर्न सकिएन । गर्न नसक्ने, असक्षमहरुलाई बहादुर लेखेर, बोलेर, देखाएर प्रेसले प्रचण्ड स्तुति गर्नु कि आफ्नो इमान जमान पूरा गर्नु त जनताका, राष्ट्रका पक्षमा ?

बिचरा राजा ज्ञानेन्द्रको भारतयात्रामा षड्यन्त्र भनेर फलाकिरहेका छन् । आफू नाच्न नजान्ने आँगन टेढो देख्ने प्रवृत्तिले प्रेसलाई आक्रमण गरेजस्तै आफ्नो आङमा भैंसी हिँडेको नदेख्‍ने, अरुको आङमा जुम्रा हिँडेको देख्ने दृष्टिदोषी रोगले प्रचण्डलाई खुब च्यापेछ । त्यतिमात्रै होइन उनका फ्यूज गइसकेका वाणी खेतीले त प्रष्ट पारिसक्यो वनको बाघले खाओस् कि नखाओस् उनलाई मनकै बाघले खाइरहेछ । के प्रचण्डलाई सोधेर राजा ज्ञानेन्द्र हिँड्न पर्दथ्यो र ? रुकमाङ्गद कटवालका सामु केही लछारपाटो लाउन नसक्ने प्रचण्ड-बादलले ज्ञानेन्द्रलाई धारे हात लाएर सराप्दैमा सुख पाइन्न, प्रेसलाई ङयाकेर दीर्घ भइन्न । आखिर सबै पत्रकार रीखी हुन्नन्, छैनन् नि प्रचण्ड कण।

सात हजार शहीद बनाउने लाक्षीहरु, कम्तीमा स्वतन्त्र प्रेसलाई धावा नबोल । तिमीहरुलाई त गोरखापत्र, रेडियो, एनटिभी, एबीसी, जनादेश, जनदिशा मात्रै असली पत्रकारिता होला। तर, नेपाली जनता टुकुचालाई संसारकै लामो र ठूलो नदी, शिवपुरीको डाँडोलाई सगरमाथा, काठमाडौ चार भञ्ज्याङलाई विशाल नेपाल देख्‍ने दुस्वापनबाट मुक्त छन् । जनता भन्छन् के तिम्रो पार्टी पत्रकारिता बन्द गरेर स्तुति गान नलेखाउनु, नबोलाउने, नदेखाउने साहस गर्छ प्रचण्ड ?

जनता खोज्दै थिए कमरेड प्रचण्ड । बिचरा तिमी कण प्रचण्ड बनि गयौं । अब त तिमी ओरालो लागेको हरिणको चाल र नियतिमा छौं । बाँकी बचेको समय कम्तीमा अरुलाई नंग्याउन, सत्य बंग्याउन , यथार्थ लुकाउन हैन त्रुटी, कमजोरी सच्याउन र नेपालीलाई समृद्ध बनाउन खर्च गर । भारतले १९५० को सन्धस परिमार्जनको खाका दे भन्दा पूच्छर लुकाउने प्रचण्ड राष्ट्रवाद, चीनले नयाँ शान्ति, मैत्री सन्धिको खाका दिँदा नतमस्तक प्रचण्ड माओवादी अब त नेपाली राजनीतिको मिठो जोक सिवाय के भो र ?

कृपया प्रचण्ड मैले तिम्रो पार्टी सरकार र प्रवृत्तिको कटाक्ष गर्‍या हुँ न कि,पुष्पकमल दाहालको । अझै पनि अन्तिम आशा छ यो पवित्र कलम तिम्रा लाक्षीपन उधार्न फेरि घोट्नु नपरोस्। सूर्य खड्काको सम्पर्क इमेल [email protected]

136 Comments

  1. यहा सुर्यलाई praise गर्ने सब Girija & Gyane Co. का पाँडे भतुवाहरु हुन । Surya and all those who support his ‘पाँडे गाली’ such as सौजन्य are no different from Rishi Dhamala and his bhajan-mandali.

  2. यहा सुर्यजीलाई गाली गर्ने सब मावबादीका पाँडे भतुवाहरु हुन ।

  3. ekdam ramro lekha chha….badhai chha surya ji….keep it up….maobadi jadati ko bhadafor garnai parchha…….

  4. लेख्न त सबैलाई आउछ सूर्य जी तर लेख्न जान्नेहरूले कम्तिमा कलमको सम्मान गर्न जान्नु पर्छ . कलमले तुछ भासा लेख्न लगाउनु कलाम्प्रतिको अपमान हो .
    by saral

  5. excellent comment analysis cha.prachanda vaneko ta aauta bolne boleko kam nagarne manche ho khali ramra kura matra janata ma rakhnae tara to kura kahilai pani lagu nagarne manche ho boli aauta kam aarko.yo ta kebal janata lai dukha dina ra nepal ko dukuti ritauna aayeko manche matra ho esle kai gardaina nepali janatalai khali kam haina ki satta kabja gari kasari aafno single rajje banaune vanne matra soch cha yesko.prachanda party ko barema ramro lekho vane matra yesle press lai ramro mancha natra mandaina yesle.ramro garne vayeko vaye 1 years vahisako khaita kebal aaswasan matra cha nepali janatama.ke dinacha yesle ke garcha yesko sarkarle khai aaba nepali janata nai sadak ma aahepachi thaha huncha ki janatale ke chahanchan.janata le chayera gareko vanne yesko jun aadat cha jun kam garda pani janatako pachama vaneko cha tara kahilai janatalai sodheko cha yesle janatako chahana ke cha vanera?

  6. This Khadaka guy is neither journalist nor a analysist,he is just a handicaped of some body, he knows only to balme the people and know how to spread bad news to others in the name of presss freedom and journalism, empty mind devil house, so always think negative from every noke and corner may be he had losed his mind and hoping some one to get admitted to the rachi india.
    Be aware from such Virus who never think positive about his nation and people.

  7. खासमा लेख्नुको कुनै तुक देख्दिनँ
    तालु सुक्यो जिब्रोमा पनि थुक देख्दिनँ…..भनेर यो गाली पूराण सुरु गरेको भए हुन्थ्यो जस्तो लाग्या हो । अरु त के भन्नु र सुर्यजी जस्तो बुद्धिमान पत्रकारलाई ।

    सबको भलो होस् !

  8. Surya ji,

    “थुइक्क! साला .. नेपाली पत्रकारिता,” Surya Khadka

    Please try to write good language. It is not way of writting.

  9. पर्चन्द जती ठुलो चोर संसारमै छैन, केही नगरे पनि राम्रो छ भनिदिनुपर्ने, उस्ले जे गर्छ राम्रो छ भन्नु पर्ने कहाको कानुन हो यो, माओवादी साथीहरुले पनि अब साचो कुरा स्वीकार गर्न सिक्नु होला। आफ्नो दोश सबै अरुको टाउको मा हालेर चोखो बन्न खोज्ने पर्चन्दलाई पाँडे गाली मात्र होइन अरु के के ँँँँंँ गाली गर्नु पर्छ।

  10. you only critise prachanda. this is totally negative thinking. i suggest chane your mind. change your eye.

  11. suraya ji?

    what are you feeling. you feel good to write this way.do you write in this way about other PM before? I am very very suprise to see your writing. You are spraying seed about negative thinking. our country became like this when you like people are here. totally negative? do you write one POsitive thinks? i feel shame to your writing. why you don’t try to understand reality?

  12. I dont know what the hell is going on.One abuses another and witnesses starts clapping the hand.If this site is for all illitrates like this I dont think some one wise will keep on visting it.All of you guys who are supporting Mr Surya just like following a crow instead of feeling own ears.I know whatever I write is gonna be ‘gospel of memon’but u guys should learn something from this.Did you guys ever tried to know what’s going on in Nepal?
    Good article!!!!!!
    What the hell is Good article?
    This all journalists are selling themself and writing for Gyanendra and so called big parties.Imagine how was our country before Prachanda was the PM and feel how difficult is it to change the entire format of the country.Now we have to support whoever wants to make changes but not abuse them.I think it takes a long time to wash away this illitracy.

  13. सुर्य दाई तपाईं को पत्रकारिता घाम मा सुक्यो। अब देख्नु भएन को को रैछ सच्चा पत्रकार? पत्रकार महसंघ जस्तो संस्था ले धमला लाई नछोडे आन्दोलन गर्ने भने पछी अब को चैँ पत्रकार निस्पक्ष रैछ भनुस् त मलाई? कल्ले चैं जनता को लागि लेख्दो रैछ भन्नुस् त? पत्रकारिता प्रचन्ड को कोश बाट हैन रनबीर् समुह को कोश बाट हन्डी लिएर चलेको छ होला। अब पनि नेपाली पत्रकारिता भनेर गर्व गर्नु हुन्छ भने अक चोटि आफ्नै संस्था भित्र केही परिवर्तन गर्नुहोस् अनी गाली गर्नु होला अरु लाई।
    if you cant do that please dont write all of this rubbish in this blog.It doesn’t seem like a proffesional journalist writing but seems like an illitrate abusing other in written document.god bless you

  14. यो लेख त एउटा कास्टिग मात्र हो, हेर्दै जानुहोस् साथीहरु प्रचन्ड लाई कालोमोसो दलेर , जुत्ताकोमाला लगाइदिएर एक एक लात हान्दै हिंड्ने दिन अब धेरै टाढा छैन । धन्यवाद सुर्य जी, राम्रो बिस्लेशण गर्नु भएकोमा।

  15. क्याबात् सूर्यजी,
    म प्रचन्ड को प्रचन्ड समर्थक हो। तर आज्कल तेसो भन्न लाज लाग्न थालेको छ। डेड लाखको पलङ, एक करोडको चौथो गाडी, छोरा स्वकिय सचिब,मनग्गे बिदेश भ्रमण खोइ त जङल बस्दाको त्याग ? १० बर्षमा १० हजर मेगावाट बिद्दुत, काठमाडौंलाई पानी, कर्णाली लाई छानो र मानो। कसरी प्राप्त होलान् यि सब ? १९५० को सन्धि लाई अब चाइना ले दिएको नयाँ लड्डु ले बडार्ने पो हो कि। सँघियातको नाम ले देश टुक्र्याउने पो हो कि ? हजारौ नेपालीको रगतको होली खेलेका पात्र लाई यो बिषय मा सोच्ने फुर्सद शायद त्यो डेड लाख पर्ने पलङ दिदैन कि पो?

    हेर्नोस कस्लाई के भयो? जनान्दोलन का दमन कर्ता आज प्रचन्ड का आसेपासे भए, बिचरा सहादत् प्राप्त शाहीदहरु के भन्दा हुन स्वर्ग बाट हेरेर? माओवादी सभासद महिन को ५० हजार जस्तो पैसा बुझ्छन गरीब राष्ट्र को ढुकुटीबाट, झापा कि कुन महिला सभासद सँग त मोबाईल नै ३ वत छ रे? अब के भन्नु।
    अस्तु!

    नेपाल को जय होस्।

  16. Surya khadka ,
    your article is not worth reading. There is nothing positive about it. Such a rubbish article. What others can learn from it. I am not a supporter of any party or individual. The article seems to have biased and is onesided. Actually Prachanda wanted to reveal his sentiments when he is attacked from all around.

  17. सुर्य जि । तपाईं यि प्रश्नको उत्तर दिनुहोला । आफुलाई घनघोर लेखक सोच्नु हुन्छ भने –
    १ प्रतिपक्ष भनेको खाली बिरोध गर्नेको नाम हो ? जुन तपाईं गरी रहनु भएको छ ?
    २ काठमाडौंमा पानीको हाहाकार ,कर्णालीको जनताको दु:ख र लोडसेडिङ प्रचन्ड सरकारमा आएपछी मात्रा बढेको हो ? अनी यो & महिना मा हटाउन सम्भव छ ?
    ३ मुलुकको कार्यभार सम्हाली रहेका प्रधानमन्त्रीलाई ” काइते,स्खलित ,लाक्षी ” शब्द दिएर तपाईंले प्रचन्ड प्रती आशा गर्ने सम्पूर्ण नेपालीलाई गाली गरेको हो कि होइन ?
    ४ अनी ज्ञानेन्द्र प्रती बिचरा भाव किन नि ? कि कतै रणवीर सेनामा लाग्ने सुर छ ?
    ५ तपाईंलाई प्रचन्डलाई लेनिन र माओस्तेतुङको लहरमा कसले राख्नु भनेको छ ? यो त २० लाखको नेपाली फिल्मलाई ५० करोड को हिन्दी फिल्मसँग दाजेर नेपाली फिल्म खत्तम छन भने जस्तो कुरा भयो । बरु उनले गरेको कामसँग नेपालका अन्य नेतासँग तुलना गरेर हेर्दा हुन्न ?
    सुर्य जि ” काम छैन बुहारी गुन्द्रीमा आइरन लगा भने झै ” तपाईंले आफ्नो कलम बेकारमा घोट्नु भएछ । जाबो प्रचन्ड सुत्ने खाटको त्यस्तो बिधी आलोचना गर्ने तपाईं जस्ता लेखक नेपालमा अरु १० जना हुने हो भने नेपाली शब्द कोशबाट ‘सकारात्मक ‘ भन्ने शब्द हटाए हुन्न र ?

    अब प्रचन्डले लगाउने कट्टु र गन्जीको बारेमा अर्को लेख लेख्नु होला । सायद त्यसको लागि तपाईंका शब्दहरु उपयुक्त हुन सक्छन । बि पोजिटिभ ।
    मलाई प्रचन्ड समर्थक अथवा माओबादी भनेर सोच्ने चेष्टा नगरनुहोला । म एक सचेत विद्यार्थी हुँ । चेतना भया ।

  18. साथी हो यो मान्छे ले भत्टीको खोयबिर्के खाएर लेखे जस्तो छ। मैले पहिले नै भनेको हो यो मान्छेमा तीन वटा कुरा हाबी छ।
    1. negative thinking
    2. anti communist phobia
    3. lack of professionalism

    kane
    australia

  19. surya ji , after reading your script i came to know that you are real pessimist and sick person who never sees progress and supports criminal only. i hate your script.

  20. सुर्य खड्का जि तपाईं मन्डले,कुन्डले,रजाबादी,गिरिजाबादी वा माओवादी जे भये पनि,हामी जास्तो राजनीति मा नलगेको मान्छे लाई सरोकार भएन,कम्तिमा सर्बाइ सर्बा मै हुँ भन्ने भ्रम बोकेका माओवादी लाई या उन्का समर्थक लाई यो नै गतिलो जवाफ हो बिरोध गर्नु जनता को नैसर्गिक अधिकार हो तपाईं को लेख मा मा म पूर्ण शाहमत छु आसा छ आरु दल ले गरेको नराम्रा्ओ काम को पनि तपाईं ले यसरी नै बिरोध गर्नु हुनेछ पुछर हरु को कुर नसुनी लेख्दै जानुस् जनता तपाईंको साथ मा आवस्य हुने छन

  21. सुर्य जि , जहिले पनि बिरोध कै स्वोर उचालेर ,लेख हरु पस्कने तपाईं का आफ्न शब्द खेती हरु पनि ,नेपाल बिग्रनु मा प्रचन्ड का हावा दारी बाणि जस्ताइ बनेका छन ,के तपाईंलाई थाहा छ? हो प्रचन्ड ले जस्तो अश्वासअन badne ठाउमा तपाईं हुनुहुन्न, नत्र त तपाईं पनि के कम्। कहिल्यै कुनै राम्रो कुर को समर्थन मा शब्द हरु खर्चनु भयो? ग्यानेन्द्र लाई बिचरा देख्ने तपाईंका आँखा हरु प्रती दया लाग्यो। हो प्रचन्ड को मह्ङा घडी र पलंग प्रती को बिलासी जीबन को बिरोध नै गर्नु पर्छ, तर के मह्ङी बढ्नु, लोअड्शेद्दिङ् भाईरहनु , मा प्रचन्ड मात्रै दोशी हो त? के देश बनाउन पार्टी नै खोल्नु पर्छ? के नेता को खराब प्रब्रिती को बिरोध गर्न पार्टि नै टुकरएर जानु पर्छ? मातृका यादव ,र मणी थापा हरु को फुटान मा औचित्य भेट्नु हुन्छ तपाईं किन भने तपाईंको मन पनि भन्छ होला एसै गरी यो सरकार अस्फल होस्, बिरोध गर्ने त हामी नेपाली हरुको आदत नै बनी सक्यो, देश मा आज पार्टी मात्रै धेरै भए, तर देश दुख्द न तपाईंलाई दुक्छ, न नेता लाई, देश आज धेरै कुरा मा अशफल् बनिरहेको हाम्रा आँखा अगाडि छर्लङै छ, सबै पार्टी हरुले एक पटक राज गरेकै हुन, त्रुटी कहाँ भाई रहेको छ तेततिर केलाउने कि, खोइरो मात्रै खन्ने? हो युध्ह मा मान्छे हरु मारिए, बैंक हरु लुटिए, तर मान्छे आफु मर्न र परे पछी अरुलाई पनि मार्न के ले वाध्य बनायो? मावोबदि लुटेरै khan त जन्मिएको थिएन। सुर्य् जि म पनि तपाईंलाई नमागेको सुझाब दिन्छु, हुनत तपाईं जस्तो पत्रकार म होइन, तर साकारअत्मक शब्द हरु पनि तपाईंक शब्दकोश मा राख्नु होला। हुनत प्रचन्ड को बिलासी जिबन को म पनि बिरोध गर्छु, तर तपाईंले जस्तो मातृका र मणी हरुले ठिकै गरे म भन्दिन।

  22. कति सारो गाली आको तपाईं लाई सुर्य जी! , तपाईं सँग गाली बाहेक अरु केही पनी छैन?

  23. य सुर्य जि तपाईं ले आफुलाई के सोचनु हुन्छ ?
    माओवादी सत्तमा आयको कति भो ?अहिले देसमा जस्तोछ के सबै माओवादीले बनायोको हो? के तपाईंको गिरिजको हत छैनर? तपाईंत सबै माओवादीलाई दोस् दिनुबो ल तपाईं साचिकै निस्पक्छ पत्रकारिता गर्ने हो भने किन गिरिजको पलङ ,राज भक्ती बेबिकिङ को कुराआउँदैन किन ?गिरिजाले मगायको कार को कुरकिन हुँदैन ? म कुनै पाटी को मान्छे होइन तर निस्पक्छ को कुरा हो |किना गिरिजाले झिकायेको १ करोद्को गाडीको बारेमा कलम चल्दैन ? त्याही कुरा प्रचंड्ले स्पश्तिकरण नादिउन्जिल त खुबै चर्चा परी चर्चा चल्यो की प्रचण्डको लागी १ करोद्को गाड़ी. जब कुरा पुष्ठी भयो को यो ता गिरिजाजिले नै झिकौनु भएको रहेछ भन्ने. तर कता लुके ति पत्रकार महानुभाव?तपाइ कहाँ हुनुहुन्त्यो ?बकबास सदै आरुलाई सराप्नजानेको कति घटिया मान्छे कुनैदिन पनि राम्रो पढ् पाइयन देसद्रोही धमलको पक्ष लिने गिरिजा लाई के भन्ने ?तपाइ जस्ताको लेख पढेर टाईम को दुरुपायोग नहोस धन्यवाद |रामबाबु शिकागो अमेरिक

  24. Every months mysansaar gives one chance to write a artical for the MINDCRACK PERSON THAT IS SURYA KHADKA. And he think himself so excellent jornalist what the hell stupid gye. Do you have any vision about the country ? have you ever realised that the situation of our country and the whole world ? yes this artical shows your real face and your qualification. Dont try anymore sucks.

  25. मन नपर्ने श्वासनिको श्वास गनाउछरे भन्ने सुनेको थिए / यस्तै रहेछ सुर्य जि को लेख , उस्ले प्रचन्डको बिरोध गरेर कहिलै नथाक्ने भयो ,
    एउटा जद्याहा बहुलाले सक्छौ भने मसँग खेल कुस्ती सक्छौ भने मलाई मार भने जस्तै हो । आखिर बहुला कुकुर लाई तोक्नु पनि हुन्न मार्नु पनि हुन्न तर बहुला कुकुर सँग चाँही होसियार हुनुपर्छ , र बहुला कुकुर लाई मार्नु हुन्न बरु होशीयारी पुर्बक सुरक्छित तवर बाट राख्नु पर्छ । आखिर बहुला कुकुर १३ दिन पछी आँफै मर्छ हैन र , यही नै ध्रुब सत्य हो त्यसैले माइ संसार का पाठक हरु बहुला कुकुर ले तोक्यो भन्दैमा हामी पनि कुकुर लाई नटोकौ है , बरु सबधान भएर बसौ , हुनत मैले सिकाइ रहनु पर्दैन ।
    बोर्ते श्रेष्ठ जापान ////

  26. BRO TIMRO SAHAS DEKHERA TIMILAI “JAI NEPAL ” GARNA MAN LAGYO , JAYE DESH JAYE NARESH !

  27. artical is not to bad but ptrakar bhanne bitikai naramro pachya matra lekhnun parne hora .. ramro pachye chahi timiharu ko kahile news bana sakdai na kasto khal ko patra karitaho yo nepal ma???? prachanda le bhane ko kura bujhena jasto cha ptrakar mitra le >> please news lekhnu bhanda pachila bhane ko kura k ho?ra kina bhaniye ko ?ra kasto sandarbhama bhaniye ko??esta kura harula bujhna jaruri cha lekhna paye bhandai ma lekhi halne je payo tehi ..sansar ma jahi pani ptrakar harule afno desh ko government lai help garchan ta ki desh ma sati ra amanchayan kayem hos bhanera .. but nepal ma ahile sama testo goveremn ko ramro kam ko lagi 1 thopa mashi kharcha gare ko paidaina sadhai gali ra baijat./…..thuika nepal journalist ho timi haruko lai dekhda .. k bhanu .. nabhanu nai bess…naya nepal banaune kura cha tyo 1 bakti 1 parti le garna sakne sambhab chaina tyo ta hami sabai nepali milera agadi badhne ho ni ..hami goverment ko lagi tax tirna chahadainau kehi rule haru lagu garna khojyo bhane tesko birudha ma lagchau ani kaha bancha desh. ani kaha hatcha loodsedding mala japera desh bancha????ha..

  28. सूर्य जी( पत्रकार वा पत्रुकार?)को लेख जहिले पनि पुर्बाग्राहिपूर्ण गालिगलोजपूर्ण हुन्छ!”थुइक्क! साला नेपाली पत्रकारिता,” एउटा सभ्य मान्छे ले समेत प्रयोग गर्दैन यस्तो भाषा| मेरो बिचारमा यो मान्छे अली घटिया स्वभाबको छ जस्तो छ| वास्तबमा एसतै पत्रकारको नाममा देखिएका पत्रुकारहरुले गर्दा नै पत्रकारिता क्षेत्रको गरिमा र ओज घटन थालेको हो|

  29. suryy ji
    good anlaysis cha .
    if you are not attached with ex-king ,that time this is fantastic.
    kp khatiwada

  30. प्रचन्डे ले माइलाको त्यो कुटी जनताले पनि देखोस् भनेर खुलसा गर्देको झोक्मा सुर्यजीले यती पनि नलेखे के शाही पत्रकार? मान्नु पर्छ नेपालीहरुको नुन्को सोझो पन लाई। तर अरु पत्रकारहरुको नाक्मा भने उ लगाइ दिय सुर्यजीले।

  31. हुनत म माओवादी होइन, कतिपय सुर्य जी को लेख ठीक भय पनि ९० प्रतिशत बक्बास छन। त्यसोत माइला बादी र माओवादी पीडित को मनमा मलम लगाइ सुर्य आफु चम्कन खोजेको आभास हुन्छ। मलाई लाग्छ माओवादी द्वोन्दकाल्मा यस्तै यस्तै पत्रकार भनौदाहरुको अपचार भयको हुनुपर्छ। अब जनता माइलाकै पालाको जस्तो सोझो छैनन ठीक बेठिक बिस्लेशण राम्ररी गर्न सक्छन। सुर्य जीले डेढ लाख्को खाट्को कुरा गर्नु भो ! यो कुरोको पुषटी हैन भनेर पहिलेनै स प्रमाण पढेको थिय। पछी के गर्लान थाहा छैन हाल लाई एउटा गरीब को छोरो प्रधान मन्त्री गुन्द्रिमा पनि निदाउन सक्छ भनेर हामी भोटालु हुरुको विश्वाश छ।

  32. Dear Surya Ji,

    Great!

    I really appreciate your words and writing style, we all with you, don’t worry!

  33. kunai pani dhara ma pani khane manche dhara suke pani dhara chiauna chad daina ra yo surya pani gyanendra ko puchar ho ani ahile samma raja bhandai chha.

  34. Great job Suryaji,

    It is a very good analysis. Only the Maoist Pichalaggu do not like this analysis. Do not worry, continue your writing like this. But be careful, YCL might be already following you.

    Subodh

  35. kunai gali garne pratiyogitama lekheko lekh jasto.testo pratiyogita ma ta yo lekh 1st na hunchha hai.Analysist nai garne ho bhane -ve and +ve dubai sametinu parchh.

  36. Surya ji Analysis ko lagi thanks.but alikati analysis gareko melen. baru ek jana Prachandali kai Parti baat consultant hired garda kaso hola ?

    Bhaktapur
    Now: Doha, Qatar

  37. 1.5 lakh ko bed hunu big deal bhayena..
    tara almost 15 hajar manchey ko jyan gaisake pachi janata lai wastawik pariwartan ko anubhuti garauna na sakne??
    prachanda power maa aaye pachi nepal ko stiti sudhrinu bhanda bigrina thaleko chaa…
    real change aauna time lagcha…its a process ..sabai lai taha chaa..tara bhanchan ni bihani le diuso dekhaucha bhanera…
    bihanai kaalo badal lagi sakyo jasto chaa.
    feri baburam bhatrrai ko article publish garera singai kantipur jail jada chai press freedom mitho..ahile aafu lee gareko galti lekhda chai press namitho??
    bhayena hai bhayena yo chai..

  38. surya ji ko lekha le bastbikta lai jalkayeko cha.

    Well down surya ji, keep it up

    Deepak, australia

  39. लेख राम्रो छ..!
    तर “राजा ज्ञानेन्द्र” को ठाउमा “पूर्व-राजा ज्ञानेन्द्र” हुनुपर्ने होइन र गाठेँ ?

  40. Surya Ji,

    Congrats. for t. You wrote all grate thing with grate word. Keep on. It’s too good.

  41. I am afraid who is giving this platform to this disgusting guy. He is not journalist rather faecal remains. He smells like faeces.

    Stop him giving place in mysansar.

  42. तपाईं को analysis, सोर्है आन ठीक छ सुर्य जी
    प्रचन्ड भन्ने ले केही लछारो pato लाउने वाला छैन, नेपाली जनताले देखिसके। माओवादी सरकार मा जती धेरै बस्छ, उती नङिदै जान्छ जनता का सामु। तेसैले त महान गजुरेल साप ले पनि भनिसके, अब सरकार म बस्नु को अौचीत्त्य सकी सक्यो, केही गर्न सकिएन। तर अफसोच, आफु केही गर्न नजान्ने अनि अर्का लाई दोस देखौने प्रचन्ड भन्ने दिमाग बिहिन मनुस्य लाए उस्कै बाघ ले खाको छ। हुँदा हुँदै त बालुवाटार मै बलिदान दिन्छु पो भन्छ गाठे? सता लिप्सी को यो भन्दा चरम् कही कतै कसैले देखे को-सुने को छ? एस्ता ले देश को लगि के गर्छन्? राष्ट्रियता को भाषाण गरेर नथाक्ने अनि काम सुरु गरौ भन्दा पुछर टाङ् मुनी हाल्ने ले के गर्छन्? सोल्ती लाई teacher पेसा नै ठीक छ, हामी जनता मुर्ख भएर प्रधान मन्त्री बनायौ? थुक्क हाम्रो बुद्धी? अब सबै जनत ले सोचौ फेरि।।।
    माओवादी सचो अर्थ मा माओबाद मान्ने पार्टी होइन, त्यो त एउटा लुटाह, फटाह अनि गुण्डा हरु को झुन्ड हो। गोपाल किराती जस्ता त मन्त्री छन, हरे भगवान? कत्रो दुर्दशा देश को? मन्त्री हरु आफ्न मान्छे लाई जागिर खुवौदै फुर्सद छैन, हिशिला को example matri हो। अरु कती छन कति।।। लुत्ने भये देश लुत्ने भए, २४० बर्ष शाह हरु ले लुटे, अब अर्का प्रचन्ड मार्क हरु ले खोक्रो पार्ने भए। खप्पर मा त लेखेरै ल्याक रहे छन।
    सती ले सरापे कै देश रहेछ सुर्य जी।

  43. I also agree with Surya G, Prachande is still confuse he is PM of Mao or PM of country.
    Let him decide first.
    I think from where he speak he dosen’t know from up or from down.

  44. suya solti ji
    tapai ko buddhi chha vane kasaiko thikho aalochana nagarnnus,gyanendralai bichara vanera…
    tapaiko pratek articleko ko tala comment pade garus ta
    tapailai sabaile thukeko paunu hunchha
    ani nepal ma patrakar yesta khattam vaisake nepal nafutne parti lai pani anabasek question garera futaidinchhan
    its is jst example
    satya kura lekhnu matra uniharuko job ho mitra
    anabasyek kura lai focus garera bibad badauni patrakar nai hun
    tapai jasto third class writer ko kamai chhaina
    tapaika kura kasaile ni sundainan
    biswas pani gardainan
    baru oh ho surya khadkale feri lekhechha bhanera majjale haschha
    sarai catoon nabannus mitra
    baru lekhne style ramro chha
    desh banauna help garne khalko article lekhnus
    huna ta gyanendra le tannai diyeko chha hola paisa
    thik chha thik chha moj garnus

  45. सात हजार शहीद बनाउने लाक्षीहरु, कम्तीमा स्वतन्त्र प्रेसलाई धावा नबोल । तिमीहरुलाई त गोरखापत्र, रेडियो, एनटिभी, एबीसी, जनादेश, जनदिशा मात्रै असली पत्रकारिता होला। तर, नेपाली जनता टुकुचालाई संसारकै लामो र ठूलो नदी, शिवपुरीको डाँडोलाई सगरमाथा, काठमाडौ चार भञ्ज्याङलाई विशाल नेपाल देख्‍ने दुस्वापनबाट मुक्त छन् । जनता भन्छन् के तिम्रो पार्टी पत्रकारिता बन्द गरेर स्तुति गान नलेखाउनु, नबोलाउने, नदेखाउने साहस गर्छ प्रचण्ड ?

  46. सुर्य जि एकदम राम्रो लाग्यो तर अली बिचार गर्नु होल प्रचन्डलाई पहेरी तपाईं लाई पनि पख भन्ल किन भन्ने अहेल तेस्को दिन छ तर एक दम राम्रो न्युज लेक्नु भयको म खुशी लाग्यो मेरो हेर्दाय बाट तपाईं लाई थ्यांक यू

  47. खडका जी हजुरको लेख अध्यन गरेर मलाई के लाग्यो भने जाती अफुले आफुलाई जन्ने र सिपालु भनेर हजूर अनय्लासिस को नाम मा प्रचंडा लाई गाली गर्दै हुनुहुन्छा लग्छा हजुरले यस्भ्नद पहीले का प्रधान्मंत्रिलाई राम्रो संग जन्नुहुन्न, लेख लेख्दा सबै कुरा study गरेर लेखौ राम्रो hola . सबै कुरा अहिल्याई नै सम्भाभ छैन जती त्र कार्यक्रम अयाकछां तिनिहरुलाई हेरू अनि कुरागार्दा कसोजोला कुन्नी?

  48. सुर्य जी
    तपाइको लेखले विदेशमा वसेर राजनैतिक समिक्षा गर्ने र अनलाइनमा समाचार पढेर ठूला ठूला गफ गर्नेका लागि खास गरी माइसंसारका पाठकका भावना विपरित होला तर यो यथार्थ पचाउने हिक्मत हाम्रा पाठकहरूमा नहोला । तपाइले जे कुरा अभिव्यक्त गर्न खोज्नु भएको त्यो सत्य र तितो यथार्थ हो ।
    राजाकाजवाट इमान्दार साथ सरकारको निर्णय मानेर सुरूक्क नागरिकका रूपमा विस्थापित भैसकेका ज्ञानेन्द्रले अाफन्तको विहेमा जादा त्यो नाथे प्रचण्डलाइ सोधेर जानु पर्ने कारण के छ ? को हो त्यो प्रचण्ड हरेक नागरिकले भ्रमणका वारेमा जानकारी दिनु पर्ने ?
    प्रचण्ड चिन जादा वा भारत जादा वा अमेरिका जादा ज्ञानेलाइ सोधेका थिए र उनले त्यसलाइ सोध्नु पर्ने !
    पत्रकार ऋषी धमालाका सम्वन्धमा
    हिजोका वैक लुटुवा हरू , फिरैाती , हत्या र तोडफोडवाट सरकारका पुगेका नाइकेहरूले एउटा टेलिफोनमा कुरा गरेकै भरमा धमलालाइ पक्राउ गरेर जेलमा हाल्न मिल्छ ? उसले पत्रकारिताका माध्यमवाट देशमा पुराएको योगदानलाइ अवमुल्यन गर्दै उसको क्षमता र प्रतिभालाइ जेल कोचेर यो सरकारले के गर्दै छ । धमलालाइ कारवाही गर्न यो सरकार दुधमा नुहाएर देखा पर्नु पर्यो । देश नै हत्यारा , लुटाहाहरूवाट संचालन छ भने हामीले विचरो धमलाको कारवाहीमा रमाएर के गर्ने साथी हरू ।
    यो एउटा सुरूवात हो भने पहिले प्रचण्ड स्वय मृत्युदण्डको भागिदार हुनु अावस्इक छ । उसका मतियारहरू जेलमा कोचिनु पर्दछ ।
    खड्का जी यो प्रचण्ड सरकारको नियत नै यही हो । यो विरालो हो अधिनायकवादी यसले म्याउ गर्नु थियो सुरू गरिहाल्यो म्याउ गर्नलाइ ।
    वाकी अर्को पटक
    तपाइको विचाउत्तेजक लेखका लागि मुरी मुरी धन्यवाद
    हरिअम अधिकारी

  49. mr surya yo timro article padhera kata kata timi pani deslai valo hune kam ma lageka rahenchauu…..yasari sidai timro lekh paddhha kata kata timi jasta le garda nai des ma bidroha nimtauchha .jasto lagyyo nepali janata lai vram ko kheti kohi pani nagaros kinaki nepali janata le ko kasto chha vanne ramro shanga chinisakeko chhaa timra 2,4 ota lekha haru kunai tuk navaya lekhaharu saraha chaaan. time khera nafala timi kalam chalauna bhanda bagmatiko fohor kasari uthaune ani, ani karnali ko bikasko lagi ke garna sakinchhaa teta tir lage timro valo hunechhaa….. naki sati le sarapeko des kasari timile vanyyooo????????? timi ajai pani aandabiswas ra prampara badi sochhle garasta patrakar rahechhau ……wat is satile sarapeko write article about that if u have good knowledge……………

  50. Whatever is written in the article is true. Prachanda can kill the people and can do nothing. Shame on us,We have butcher as a prime minister of the contry. What to expect besides these funny things?

  51. ———थुइक्क! दिग्गज पत्रकार सूर्य खड्का महोदयजि —–

    कृपया के भन्न खोज्या हो? यस्तो तल्लो स्तरको गाली गलौज गरेर पत्रकारिताको स्तर माथि जान्छ र? तपाईंको पेशा स्तर वाहियात–भाषामा मिठास त छदै छैन , फोकट शब्दहरु खोट मात्र देखाउने चलन पूरानो भयो जस्तो लाग्दैन सूर्य (रीखीको मिञ)तपाईंलाई ? तिम्रो वहियात आक्रोष, कुण्ठाका अभिब्यक्ती धन्यवाद।

  52. Surya Jee,
    You have done good analysis. They are very over. They things they are super, but no one is super, people are super.
    Kumar

  53. सुर्यजी लेख लेख्नु भएकोमां धन्यवाद!
    तर तपैको लेख हेर्दा साह्रै नै पुर्बग्राही देखिन्छ. तपैजस्तो पत्रकारले सत्य तत्थय कुरा कहिले दिनु हुन्छ होला खै . हुना त हालसम्म केही पत्रकार साथीहरुमा ऋषि धमाल र गिरजाबाबुको धङ्धङि बांकी रहून्जेल सत्य तत्यको आशा गर्नु पनि हामी जस्ताले मुर्ख्याई गर्नु जस्तो देखिन्छ . आशा राखेको छू की नया नेपालमा यी नेट्वर्किंग धोस्थ हुनेछन र हामीले निस्पछ्य सूचना पाउने छू . हैनभने किन खाट्को बारेमा सुगा रटान लगाइ राख्नु हुन्छ. किना गिरिजाले झिकायेको १ करोद्को गाडीको बारेमा कलम चल्दैन ? त्याही कुरा प्रचंड्ले स्पश्तिकरण नादिउन्जिल त खुबै चर्चा परी चर्चा चल्यो की प्रचण्डको लागी १ करोद्को गाड़ी. जब कुरा पुष्ठी भयो को यो ता गिरिजाजिले नै झिकौनु भएको रहेछ भन्ने. तर कता लुके ति पत्रकार महानुभाव? त्यसैले पत्रकार जगत कति स्वछ छ भनेर त भनी राख्नु पर्दैन होइन र सूर्यजी? अरु कुरा त सबै त्यस्तै हुन कति उदाहरण दिऊ र खै! अन्तमा तपैको लेख पढने पाठकको नाताले के भन्न मनलाग्यो भने तपैन्ले चलाउने कलमलाई वास्तविकतातिर डोरयाइ लेख्नु भयो भने हामी पाठकको लागी कति अनंदा हुन्थ्यो होला. हैन र!

  54. Surya Jee,
    You have done excillent job. They are very over. Prachanda is a frud. They want ot be Hitler. They think they are super. But no one is super, people are super.
    Kumar

  55. Surya khadka ji, You are being honest, but you have to understand Prachanda’s motive of imposing authoratarianism. Be aware, Maobadi do’nt like to be critisised. Young Criminal League won’t spare you mate…..

  56. सुर्य जि को लेख एक्दुमै एथर्थपरक छ।
    जंगल मा हुँदा सबै को आलोचन गर्ने पर्चन्द ले अहिले पुरै राज्य को बाग्दोर पौन्द पनि किन केही गर्न सकिरहेको छैन ?
    प्रधानमन्त्री जस्तो पद मा पुग्दा पनि किन ब्एर्थ को कुर गर्छ यो मान्छे। अब कहिले कान्तिपुर ले उस्को बारेमा राम्रो लेखेन रे, कहिले सर नेपाली पत्रकार ले उस्को सहयोग गरेनन रे। प्रजातान्त्रिक मुलुक को प्रधानमन्त्री भये पछी आलोचन खेप्ने बनी बस्ल्नु पर्‍यो। नेपाली पत्रकारिता जगत प्रचन्ड को दाईजो हो र ?
    खोइ जनतले नयाँ नेपाल को अनुभुती पाएको। महगी , कुशासन , जसरी पनि जनत नै मरेक चन अहिले पनि।।।

    राम्रो काम केही गर्य होइन खाली उर्लने मात्रै हो यो पद्लोलुप।

    अब पनि प्रचन्ड ले आफ्नो आचरन र तरिक सुधारएन भने माओवादी र प्रच्नद को पत्तन सुनिस्चित छ।।

    Nice article surya Ji.
    Keep it up..

  57. I guess all Nepalis have lost our civility (शिष्टता)! And the leader of us uncivil brats is our political “leaders” and especially the PM.

    It is certainly so disheartening to see a journalist having to stoop so low. But I guess it is because EVERYONE is of a very degraded mentality in Nepal. I am so ashamed to be part of such “third class” mentality.

  58. The article seem to be written just for to criticise. There must be some ground to criticise any issue and shuold have a certain level of language. This article is not really an article. Just writing course lnguage doesnot make an article. I think, to be a jornalist we dont need any qualification as eg. dhamala.
    I agree with some points but i hate this kind of article because of the level of language used in it. Better try to write logically using a standard level of labguage or go to language centre to study language. Just see the words: थुइक्क! साला नेपाली पत्रकारिता.

  59. Well done Suryajee! Great writing! तानाशाही रोगको पहिलो लक्षण भनेकै मिडियालाई सराप्नु हो। माओवादीहरु तानाशाहीका दीर्घरोगी हुन्। आफूलाई माओवादी वा क्रान्तिकारी पत्रकार सम्झनेहरुले के जाने हुन्छ भने माओवादीले चाहेजस्तो शाशन नेपालमा आएमा सबैभन्दा पहिला समाप्त हुने पेशा भनेको पत्रकारिता हुनेछ (उत्तर कोरीयामा पत्रकारिता छ?), किनभने भजन लेख्न पत्रकार चाहिन्न, अरु कुरा लेख्न पाईन्न।

  60. i think mr surya needs before 17 years congressi parliament thatswhy he wont be ghuskhory neta(corrupted leader ).
    kaji

  61. Hi,Surja
    what a commit,what a bloody language jotted down here.What do you write, just yellow journalism or what rubbish language do you hell here.What hell guy you are,just rubbish,snobbish, don`t you know using lanuage of journalish.Where are you training journalsih from hellish India and learn some taboo words.Is any one needs as jounalist to write some articles?This sort of using language we never ever seen before.If you donot like moaist or prachanda,dont like it or him.But learn to use good language hi guy.No need just like you guy praise him.You say that ex. king Bichara.Keep it up & bring him again power if you can.Why nonsense scold others using such rubbish lalnguage.I think you dont get much more corrupttion the name of mornarchy.may be, you think when again return such mornarchy,then you can get honeymoon with them,dont make such dream ,your dream never ever fulfil guy again.But better to learn critical language,guy ,be positive every aspect of your life.

  62. Ateee ramro analaysis Malai bhitra dekhi nai mannparyo.1 ta kura bhanna mann lagyo mathi yatro jana la comment garnu bhaya ko cha ma pani sagnalat chu sabilai maan para cha tara hami kina yo awaz bahera launa na sak ko
    kina k hami jasaree 18 dena andolan gara ra ene harula satta ma pura yau bhana aba andolan gara ene harulai nekalna sakdainau ra yo kura sara jana ma jawos ta ke neta bhanauda haru lai chetna jawosh ke hami la aba dhata ra kaam garnu hunna bhanna . Thanku u suraya je hajur la 1 ta kadam chal nu bhayo sayad yashla garda arula pani sahas pugcha

  63. Dear Mr Know All (Surya Khadka jee,

    I would like to humbly remind you the fact that the problems we are facing now–which you have so meticulously listed in your shallow-rhetoric that is afore posted–is not the result of Maoists.

    The root of our contemporary problems (load-shedding, lack of drinkable water, inflation etc) go back to those times when the Kings (in the name of BISNU ABTAR) raped the country for so long, which is followed by 14 years of ruling of the democratic THUGS.Post-panchayat DURYODHANAS (UML AND CONGRESS AND RPP) who remained corrupt and ethically, and morally bankrupt. Nepal has been wounded, she bleeds now because of the blows of the past.

    Tell me, in these 300 years of history, have you ever seen a person from Madesh at high political posts of our country? Did you ever see more than a couple of female faces (Bidhaya devi Bhandari, Uma Adhikari)in the parliament? Have you ever heard a non-touchable representing the nation? Have you ever seen a Finance minister giving raise to nation’s civil servants in a way favorable to those who work at the bottom? Not at all. Who initiated all this. Of course, Maoist.

    Mr Know All, but remember Maoists don’t have the magic. They are not magicians, and development doesn’t come with a flicker of a finger. It takes time, history, movement, and good mind-set. Besides, Maoist are busy CLEARING THE MESS OF THE SO-CALLED DEMOCRATIC THUGS who ruined our country FINANCIALLY AND ECONOMICALLY.

    Also, the FASCISTS OF the entire nation–UML, CONGRESS, PANCHAYATis, SOME RAMNANTS OF THE ROYALISTS, and the WEST are busy proving that Maoist are no better than others–or even worse. And Maoist have to survive and save the nation out of all this.

    Prachanda has well said one time that there are so-many SMALL KINGS who we should fight against and they are in these parties.Unless we dump them inside the dirty cornor of political history, Nepal will further suffer.

    Tell me, what good GIRIJA did during his rein. In fact it is this THUG who raped the nation long in various ways–DHAMIJA, CONGRESS DISINTEGRATION, LAUDA, BASBARI, BHRIKUTI KAGAJ ad infinitum?

  64. लेखक महोदय तिम्रो लेखाइ सही छ र तिमीले सुद्द “१ करोड्को गाडी” को चर्चा यहाँ नगरेको हुँदा त्यो गाडी प्रचन्डले मगाएका होइनन् भन्ने मेरो एउटा कौतुहलता चाँही तिमीले अन्त्य गरिदियौ है ! मिडिया स्वतन्त्र हुनुपर्छ अनिमात्र वाक स्वतन्त्रता को मत्लब रहन्छ | तर खोट देखाउन त अत्यन्त सजिलो हुन्छ है सुर्य जि ? माओवादीले पनि खोटहरु देखाएको थियो पुरानो ब्यबस्थामा जस्ले गर्दा ठुलै आशा हामीले लिएका थियौ | खोट देखाएर आफु प्रती सबैको ध्यान तान्न सकिन्छ र आशाको केन्द्र पनि हुईन्छ कसो सुर्य जि ? तर एउटा कुरानी सुर्य जि, खोट मात्र देखाउने चलन पूरानो भयो जस्तो लाग्दैन तपाईंलाई ? अब नेपालीहरुलाई योजना र अबधारणाल, बिकासका खाका आदिले पछि लगाईनु पर्छ जस्तो लाग्दैन ?

    हेर्नुहोस् सुर्य जि, माओवादीहरुले अनगिन्ती वहियात कूतर्क, आक्रोष, कुण्ठाका अभिब्यक्ती हामी सामु प्रस्तूत गरिरहेका छन्, सबैले बुझेका छन् | सरकारको दोष देखाएर सचेत रहन र पुन: त्यस्ता गल्ती नदोहोर्याउन प्रेस जगत र आम् जनताको ठुलो हात हुन्छ नि होइन सुर्य जि ! हरेक वाहियात तर्कको बिरोध स्वरूप हेडलाईन बन्छन् पत्रपत्रीकाहरुमा तर राम्रो कुराको समर्थन गर्न पत्रपत्रिका किन डराई रहेको छ ? किन धक मानिरहेको छ ? के उस्लाई यो सरकार ढल्छ र अहिले यो सरकारको १०० मा १ राम्रो कदमको समर्थन गरेर लेखे भोलिको सरकारले आफु बिरुद्ध नकरात्मक बिल्ला झुन्ड्यौंछ भन्ने सोच त हावी भैरहेको छैन ? आफु भोली नयाँ सरकारको सामु माओवादीको ठप्पा भिर्नु पर्ने धारणाले जरो गाडेको त होइन ? नत्र भने उदाहरण स्वरूप, सरकारी बिद्यालयले कर नतिर्ने भनेर त्यत्रो घुर्की लगायो तर जिम्मेवार पत्रकारहरु, दिग्गज बिश्लेषकहरु, प्रकाण्ड सम्पादकहरु बाबुरामको सरकारी बाउ भएका छोरा छोरीहरुलाई अन्कूश लगाउने वहियात कुराको मात्र बिरोध गरेर कर नतिर्ने घ्रिष्टता बारे किन मौन रहे ? एउटा लेख त्यो घ्रिष्टता बारे आशा गरिएको थियो तर तपाईं पनि खै मौन बस्नै रुचाउनु भयो | कहिले प्रचन्डले प्रेस जगत, तपाईंको पेशा प्रति वाहियात बोल्छन् र लेखुं भनेर किन बस्नु भको सुर्य जि ? उत्तरको प्रतिक्षामा छु ।

  65. Your article holds a lopesided view and suffers from lack of intellectual ability. Your use of words are lowly and lame. Your yellow journalism only helps satiate your own desire but takes you nowhere as a person of reason and intellectual ability. People like you are those who like status quo and regression and who love to remain in the darkness of their own ignorance and dislike change. You are one of them Surya jee. Keep narrowing your view and better to remain in a cocoon of your own.

  66. good job surya ji i like your artical. i like all the artical without बिचरा राजा ज्ञानेन्द्रको if this was not in your artical it is 100 percent right but due to that word i am giving you 97 percent is good.
    really excelnt artical keep it up.

  67. यी सबै देस बिकास र सान्ती का लागि निस्कीएका लेख र प्रतिकृया हरु हुन ।

    सरकार लिड गरेको पार्टी को लागि गाली हो-इ-न ।

    लेख मा रीआलिटी डेखाइयको छ। पुष्प कमल जी को ईन्तेन्सोन अझै साफ छैन। उनी के हुन उनैलाई थाहाछैन।

  68. ल सुर्य जि बधाई छ अनी हामीले त्यो रिखी धमलालाई जेल पठाउने सिडिओ लाई सलाम गरेका थियौं तपाईंले त फेरी दाँतै मा हानेर कसैका सबै दाँत भाचिदिनु भएछ ल तपाईंलाई पनी सलाम छ । यस्तरी दाँत सबै भाँचिने गरी हानेपछी केही चेत खुल्छकी त हेरौ अब दुई चार दिन ।

  69. Reading ur artile I feel proud of having someone who can challange the drudge writer of Maoist Mr. KHAGENDRA SANGRAULA.

    Keep it up.

    We all are with U.

  70. great job surya khadka ji…i am with you.
    keep on writing ..noone can stop your pen.do job like an a brave son of nepali ama.we are always with you.
    thanks a lot.
    pratiksm

  71. Thank you Very much Surya ji, this is the great analysis. I am very happy with your journalism. Please keep continue to write against every one of them whoever trying to do wrong. Thanks a lot.

  72. You are totally negative suraya ji. shame on you to write such a bad article. you are blind supporter of big media

  73. good job !surya dai ,govt ma nahuda thulo thulo kura falake dherai vuke ahile jhinga namarda pani laz pachayara baseka maoist le asta kura sunera kehi bujhe hunthyo. desko lagi kehi gare hunthyo .yini haru ta pahile arule kamaya aba hamro palo kamae khane vaera lage jasto6 desh &janata lai ta k na k .jhan jhan sasti po hudai6 .

  74. लौ सुर्य जी प्रचन्ड महिमा लेखेर तपाईं नथक्नुहुने भयो । यस्तो तल्लो स्तरको गाली गलौज गरेर पत्रकारिताको स्तर माथि जान्छ र? तपाईंको यत्रो कसरथ के का लागि? राजाको शासन हुँदा सम्म जन हत्यारो शाही सरकारको बिरोधमा एकसब्द लेख्न नसक्ने तपाईंको कलम आजकल कमल थापा र तुल्सी गिरी को सम्झनाले धेरै भौतारिन्छ जस्तो छ । कार्य शैली र असफलताको बिरोध गर्नु लोकतन्त्रमा सामान्य नै हो तर ब्यक्तिगत तवरमा गाली गलौज नगरौ भन्ने सोचाइ मेरो हो ।

    प्रयास ।

  75. राम्रो…
    अति राम्रो विश्लषण।

    प्रचण्डले साँच्ची के भन्न खोज्या हो? उसले जे गरे पनि सबैले राम्रो राम्रो भनिदिनु पर्ने?

    मलाई पनि चित्त बुझेको थिएन मेरो मनको कुरा लेखिदिनु भयो, धन्यवाद।

  76. thanks alot surya jee.we must show the way them how to operate nepalese administration. hope so,we’ll get soon.

  77. Surya jee

    I agree with content but not happy with the use of lowly words. As it is becoming apparent that Prachanda doesn’t have any concrete package to build the nation. Just he uses intimidation to curb the press/political parties. He just demonstrates emotion.

    We want Prachanda translate your words into actions.

  78. surya jee,don;t analysis to other before to get more knowledge about the object,please make it stop like that stupid artical,,if u want to write ,keep it inside your diary,i agree wth mr Kabindra”यो Analysis हैन यो पाँडे गाली हो
    n what so excellent about this” ?

  79. I am too not impressed with Prachand’s work and behaviour. The way writer presents here is absolutely non-sense. This is not the way to write, its incomplete and looks write is in bad tempered mood with Prachanda. Totally illogical and biased article. I wish he will come up in a good way writing. Not necessarily flatter the Prachanda. Can write positively.

  80. ये सुर्य जि

    मुर्ख सँग दैब पनि डराउछन रे, तपाईं लाई मार्लान है। तपाईं को लेख राम्रो छ तर तपाईं को शाहस देखेर म त डराए।

  81. सूर्य खड्का जी,
    स्याबास ! भन्न, लेख्नै परेपछी यस्तो लेख्नुपर्छ । शब्दले हानेर त्यस्का दाँत झार्न सकियोस ।
    [email protected]

  82. लेख समय सपेक्ष्य छ । यी माओवादीहरुले काम केही गर्ने होइनन केवल दर धम्की देखाएर मात्र सत्ता टिकाइरहेका छन । सबैलाई लेखद्वारा जानकारी गराउनु भएकोमा धन्यवाद ।

Comments are closed.