हैन यो के अचम्म भएछ ?

दुई भिन्न दलका नेता र कार्यकर्ताहरु भेटे भने के गर्छन् ? सोध्नै पर्दैन, एकआपसमा आरोप, प्रत्यारोप गर्छन्। अर्को पक्षका बारेमा नकारात्मक टिप्पणी गर्छन्, आलोचना गर्छन्। नेता र कार्यकर्ताको मात्र के कुरा, कुनै दलका सामान्य शुभेच्छुक मात्र पनि अरु दलको नकारात्मक कुरा गर्न तीन हात उफ्रिन्छन् (उदाहरणका लागि अन्त जानै पर्दैन माइसंसारमा राजनीतिक विषयमा आउने कमेन्ट हेरे पुग्छ) यो कुनै नौलो कुरा नै हैन। सामान्य कुरा नै हो।

असामान्य त त्यतिबेला भयो जब धनगढीमा हिजो एउटा कार्यक्रममा माओवादी, काँग्रेस, एमाले र राष्ट्रिय जनमोर्चाका नेताहरुले आफ्नो हैन, अरु दलको प्रशंसामा भाषण गरे। अर्को दलको राम्रो पक्षका बारेमा खोजी खोजी बोले।

सँधै एकआपसमा कुकुर बिराला झैँ आरोप प्रत्यारोप गरिरहने नेताहरुले त्यसरी अर्को दलको प्रशंसामा बोलिरहेको देखेर सुन्नेहरु दंग परे। एकापसमा कानेखुसी गर्न थाले- हैन, यो के अचम्म भएछ हँ ?

हुन पनि जिल्लास्तरीय नेताहरु एकीकृत नेकपा (माओवादी) का धनबहादुर विक, नेपाली काङ्ग्रेसका आनन्दराज जोशी, नेकपा (एमाले) का दीर्घ सोडारी र राष्ट्रिय जनमोर्चाका हरिकृष्ण पाण्डेको मुखबाट त्यसरी अर्काको प्रशंसा कहिले सुनेकै थिएनन् दर्शकहरुले।

किन यसो भएको रहेछ त ?

नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जालले धनगढीमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको रहेछ। र, त्यसैका लागि आमन्त्रित ठूला दलका जिल्लास्तरीय नेताहरुले आ-आफ्नो दलको नभई अर्को दलको राम्रा पक्षका बारेमा बताउन भनिएको रहेछ।

दृष्टिमा रहेको दोषलाई समाप्त गर्न सोचमा सकारात्मकताको विकास गर्नुपर्छ र प्रशंसनीय दृष्टिकोणको माध्यमबाट मात्रै सकारात्मक सामाजिक रुपान्तरण हुन्छ भन्ने मान्यता यो सञ्जालको रहेको छ।

तीनदिने सञ्जालको सम्मेलनमा संविधान निर्माणका प्रक्रियाका साथै युवाहरुको सोचमा सकारात्मक परिवर्तन ल्याउन आवाज र दृष्टिकोणसमेत सङ्कलन गरिने रहेछ।

सकारात्मक सोचमा समेत नेपालीहरु गरिब भएको महसुस गरी सकारात्मक सोचबाट सामाजिक रुपान्तरण गर्नसकिने लक्ष्य राखी स्वयंसेवी संस्थाका रुपमा सञ्जालको स्थापना गरिएको बताइएको छ।

तर के नकारात्मकता बढिरहेको र नकारात्मक कुराको मात्रै प्रचार बढ्ने अहिलेको अवस्थामा यस्तो सञ्जालले सोचेको लक्ष्य हासिल गर्ला त ?

32 Comments

  1. नेताहरुको बनावटी बोली त त्यस्तै हो नै तर सन्जाल ले भने राम्रो काम गरेको छ है ! साकारअत्मक धारणा को बिकास गराउने यो पनि एउटा पहल हो !शुभकामना सन्जाल लाई !

  2. साथी हरु माफ़ गर्नोस है यो फरक प्रसंग को लागी तर बलात्कारी सरकार अनि गृह मंत्रालय बिरुद्द आवाज उठाउनको लागि यो प्रसंग राख्दै छू है अति भो यी केहि सभासद,केहिनेता,केहि पत्रकार अनि केहि कालाकोटे हरुको अतिबादी नाटक त …..कहिले वारेंट कटेको डांकालाइ,कहिले चुनाव हारेका लाइ सपथ खुवाएर बैधानिकता दिलाऊँछन जे मन लाग्यो त्याही गरेर देश अस्त ब्यस्त पारे ला यो पढ़नोस है । कान्ति बाल अस्पतालपछाडि रहेको कोठीबाट सादा पोसाकका प्रहरीले रंगेहात यौनसम्पर्क गर्दागर्दै शुक्रबार पक्राउ गरेका कांग्रेस सभासद् कृष्णप्रसाद यादवलाई प्रहरीले अभियोग नै नलगाई रिहा गरेको छ !
    प्रहरी स्रोतका अनुसार रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित सभासद्लाई छोड्न गृह मन्त्रालयबाट दबाब आएपछि काठमाडौं परिसरले कुनै अभियोग नै नलगाई रिहा गरेको हो ।प्रहरीले सभासद् यादवसहित अन्य चार युवतीलाई सार्वजनिक अपराधअन्तर्गत अनुसन्धानका लागि जिप्रकाबाट म्याद थप्ने तयारी गरेको थियो । उच्चस्रोतले भन्यो, ‘तर सभासद् यादवको नाम हटाएर चारजना युवतीलाई मात्र म्याद थप्न लगियो । (साभार :नयाँ पत्रिका)

    कसैलाई कुनै आपत्ति भए मेरो संपर्क ई-मेल [email protected]

  3. ”’त्यो ‘प्रतिपक्ष’ स्थम्ब मा लिख्ने सूर्य खड्का लाई पनी त्यो प्रोग्राम मा लानु पर्नी माइ संसार लाइनै दूषित पारिसक्यो यार त्यो ब्रोको नकारात्मक कुरा र ठाडो…….. सरापले उफ़……..!

    *रोशन GRG
    *दोहा कतार
    [email protected]”’

  4. यो जुनसुकै सस्थ ले गरेको भय पनि नयाँ पर्‍योग गरेको छ तसैले नै भन्नु पर्दा नेपाल म बिरोद्को लागि मात्र बिरोद गर्ने हरु को लागि यस्ले राम्रै पाथ पढायको छ !

  5. धेरै राम्रो काम हो यो यस्तो काम्को प्रसन्सा गर्नु पर्छ सफलताको शुभकामना छ .

  6. फेरी जनता नच्ने भये नेताहरुको तालमा।

  7. यो नयाँ प्रयोग साचै प्रसन्सानीय छ। यो अती खुशी को कुरा हो,एस्लाई धनगढी मा मात्र होइन देश ब्यापी बनाउनु पर्छ,र राजनैतीक पार्टी हरु ले मात्र होइन सबै ब्यक्ती तह र त्प्का हरु मा यो सस्कर को सुरुवात हुनु अती जरुरी छ। सकारात्मक सोच्,र सका रात्मक विश्वाश, प्रगती को पहिलो खुड्किलो हो। वास्तब मा नै हाम्रो अरु लाई कम्सल देखाउने,खराब देखाउने र आफु लाई मात्र सधैं असल र राम्रो भनी झुठ को खेती गरी राजनीति गर्ने कु सन्सकार को जती चाडओ अन्ते हुन सक्यो तेती नै हाम्रो नेपाली समाज लाई फाईदा हुने छ,तर यहाँ एउटा सङ्का हुने कुरा के छ भने अरु को नराम्रा कुरा गर्ने बानी परे का हाम्रा नेता हरु तेस्ता कार्यक्रमहरु मा गएर प्रसन्सानीये कुरा गर्नु पर्दा कतै कुरा घटी मा नै अड किएर बेहोस् हुने त होइन ??
    तर नेता बेहोस् भई हाले पनि हामी चाँही आजै बाट माइ संसारको कमेन्ट मा साकारअत्मक दृष्‍टिकोन र सोच को साथ् अगाडि बड्ने कि??

  8. बोलीमा मात्र होइन ब्यबहारमा समेत यस्तो हुन सके नेपाली समाजको सामाजिक रुपन्तरण हुने थियो की!

  9. खिसिटिउरी गर्ने बानी छोडेर यो तरिक ले उदाहरण बन्नु पर्छ नेताहरु ले तब मात्र देश को उन्नती हुन्छ बिकास हुन्छ । अरुको हेरेर सिक्न पर्‍यो। बधाई छ नेपाली जनता लाई धनगढी को जस्तै भाषान गर्ने नेता पाएको मा ।

  10. हैन साँच्चै यो के भएछ भनेको त प्रशंसनिय खोजी Appreciative Inquiry (म नेपालमा हुंदा यस्तै नामको तालिममा सहभागी भएको थिए) सम्बन्धी कार्यक्रम पो रहेछ ।

    यि नेताहरुले यसैलाई पाठ मानेर यसैबाट साकारात्मक सोंचको बिकास गर्न शुरु गरे कत्ती राम्रो हुन्थ्यो होला???

  11. I’m so happy that such kind of practice is going out there!! यसलाई अझ बृहत् रूपले अगाडी बढाउनु पर्छ.

  12. यो सोच र प्रयोग मलाई सँच्चिकै सुन्दर लाग्यो…. ‘नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल’ लाई सफलताको शुभकामना……..

  13. kip it on दृष्टिकोण राष्ट्रिय सञ्जालले kip it on. you peoples are the great.

  14. sadhi arko party lai naramro sochne neta le kahile aru lai ramro bhandaina yas ko lagi neta fernu jaruri chha josto lagchha.

  15. I guess it was very difficult for them to give the speech then. Anyways its a good job.

Comments are closed.