‘स मो लाङ लो’ ल्होसार मनाएर फर्किदा


मार्च १ आइतवार, बाल्डेन न्यूयोर्कको एउटा गाँउले इलाकामा अवस्थित निर्माणधीन गुम्बाको आँगन, करीब १२०० नेपाली र केहि विदेशीहरुको जमघट र अवसर थियो शेर्पा जातिहरुको नयाँ वर्ष २१३६ अर्थात ‘स मो लाङ लो’ ल्होसार। बोष्टनबाट एउटा वस रिर्जभ गरेर हामीहरु त्यँहा पुग्दा विहानीको तापक्रम शुन्यको वरिपरी नै थियो । अस्थायी रुपमा निर्माण गरिएको स्वागत द्वारलाई छिचोल्नसाथ नुन र ध्यु हालिएको हिमाली चिया र छ्याङ्ले स्वागत गरिएको थियो । एकविहानै छ्याङ्को स्वागत आफैमा अनौठो लाग्दथ्यो। तर त्यो भन्दा अनौठो जल भन्दै व्राण्डी र ह्स्वकीका वोतलबाट हिन्दुहरुको पुजाआजामा जल बाँडेजस्तै गरि हातहातमा रक्सी बाँडीएको थियो । सबैले त्यसलाई पिउदै हातलाई कपालमा लगेर पुछ्दै थिए जसरी हिन्दुहरुले जल खाएर हातलाई शिरमा लगेर पुछ्दछन् ।


परम्परागत भेषमा शेर्पिनीहरु

परम्परागत भेषभुषामा सजिएर आएका मानिसहरु एक आपसमा ‘टासी देलेक’ भन्दै शुभकामना साटासाट गरिरहेका थिए । भित्र गुम्बामा लामाहरु पुजापाठमा व्यस्त थिए । गुम्बाको पछिल्लो तिरबाट स्वयम्वुको डाँडामा जसै गरि ध्वजापताका डाँडा भरि नै फहराइएको थियो । मैले आयोजक मध्येको एक वांग्देल लामालाई सोध्दा उहाँको कथन थियो । यो ध्वजापताकाहरु कार्यक्रममा उपस्थित सबैको तर्फाट प्राथनाको लागि फहराइएको हो । ध्वजापतका फहराइएको ठुलो खम्वाको मुनितिर धुपहरु बालिएको थियो जसबाट आकासभरि तिब्बती धुपको बासना फैलिएको छ । बच्चाहरु डाँडामा अलि परतिर हिँउमा खेल्दै थिए । त्यहाँको माहोल हेर्दा लाग्थ्यो हामी अमेरिकामा होइन, नेपालको स्वयम्वु वा बौद्वको वरिपरि नै छौं ।

म्यासेचुसेट, कनेटिकट, न्यूयोर्क, न्यूजर्सि क्षेत्र वरपर बसोबास गर्ने शेर्पा जातिहरुले यसरी नै आफ्नो नयाँ वर्ष विगत एक दशक भन्दा अघि देखि नै मनाउँदै आएका रहेछन् । त्यसकै निरन्तरता थियो त्यो कार्यक्रम । नयाँ वर्ष शुभ होस् भनेर गरिने पुजापाठ सकिएपछि धार्मिक नाचहरु देखाइदो रहेछ । परम्परागत बाजागाजा बजाउदै विभिन्न भागभङ्गीमा पुजाआजा गर्दै नाच नाचिने रहेछ र नाच सकिएपछि दर्शकहरुले अक्षेता छर्ने रहेछन् । त्यो नाच ग्रहदशा भागोस् शुभ होस् भनेर नाचिने रहेछ । तीन किसिमको धार्मिक नाच देखाइएको थियो । कार्यक्रमको अन्त्यमा बुद्घ धर्म अनुसार बुद्घपछिको दोश्रो स्थानका गुरु रिम्पोछेको भेषमा आएको मानिसले सबैलाई आशिष दिएपछि त्यो कार्यक्रम सकिने रहेछ । औपचारिक कार्यक्रम समापनपछि खानपान अनि नाचगान । तर अन्य नयाँ वर्षहरुको समारोहमा नाचिने नाच भन्दा विशेष थियो त्यो नाच अर्थात हिमाली भेगमा नाचिने शेर्पाजातीको ‘स्याव्रु’ नाच । शेर्पाहरु त उस्ताज भई हाले स्याव्रु नाच्नमा तर विदेशी र गैह्र शेर्पाहरु पनि उनीहरुको तालमा ताल मिलाउदै खुटा उचालिरहेका थिए ।

केहि समयमा माइकबाट गीत छन्कीन्छ – ‘वेनीको बजार जता माया उतै छ नजर तिरे मिरे जालि रुमाल’ अनि शुरु हुन्छ रमाइलो । रमाइलो गर्दा गर्दै पश्चिम आकाशमा घाम अस्ताउन लागिसकेको थियो तर पनि नाच्न पुगेको छैन । भोलि सप्ताहन्तपछिको पहिलो दिन अर्थात सोमवार सबैलाई काममा सबेर पुग्न छ, नाच्न नपुगेर के गर्नु र ? हामीलाई बोष्टन पुग्न करिब साढे तीन घण्टाको बस यात्रा अझै बाकि छ, मन भएपनि समयले साथ नदिएपछि सबैलागे वसतिर । त्यसमाथि पनि करिव एकफिट जति हिँउ पर्ने मौसम भविष्यबाणी छ । नेपाल हुँदा नदेखेको शेर्पा जातिको यो संस्कृतिक परम्परा अमेरिका आएर देख्न पाएकोमा दंग छु । बसमा हुइकिन्छ बोष्टनतिर, बसमा कसैले फेरि गाँउछ, वेनीको बजार जता माया उतै छ नजर । मलाई भने गाउन मन लाग्यो-जता नेपाली उतै हाम्रो संस्कृती र पहिचान तिरे मिरे जालि रुमाल …….


स्यार्कीमको छ्याम (नाच)


ग्य्रीङ छ्याम (नाच)


दोर्जी ठेलो


गुरु रिम्पोछेको भेष


विदेशीहरु पनि स्याव्रुमा खुट्टा उचाल्दै


गुम्बाभित्रको शान्त मुद्रामा बुद्घको मूर्ति

फोटो र शब्द: उत्तम बाबु श्रेष्ठ बोस्टन, अमेरिका [email protected]

11 Comments

  1. Great JOB we Nepali wherever we are living and working today……Happy Lohasar 2066 fruitful year to come……may god bless all of us and World always…..and strive more and more continuing to introduce we different peoples….we different own cultures and custom show to Global and give a chance to know us little about around the Earth and its people……share the wishes and love each-other wherever we are today……???

  2. Congratulations and happy Lohsar to you all. These photos make me proud of you all. At least sherpas are keeping some of our Nepalese cultural tradition alive unlike our new Nepali leaders back home in Nepal. They wear dresses they do not even look comfortable on.

  3. This is good. Long live Nepalese people and their Nepalese culture. I hope to get to see more similar stuff.
    I am going to favorite this article.
    Nepalese people themselves have a lot to learn about their own indigenous people.

  4. आल्पस पहाडको फेदिमा रहेको टेगर्नसे मा बसुन्जेल त म पनि करीब १,५० घण्टा को यात्रा पछी पुगिने म्युनिख शहरमा ल्होसार मनाउन जाने गर्थे। जर्मन बियर को मातमा हात मा हात मिलाउदै नाचियो पनि।गुल्मेली ठिटो ले नेपालमा देख्न पाएको थिएन यहाँ मनाउन पाएकोमा खुशी थियो। तर यो बर्ष देखी अली टाढा भएको ले जान सकिएन ।तै पनि ” टासी देलेक” !!!!!!!!!!!!!!

  5. lang lhosarko hardik mangalmaya subhakamana sabailai,bises gari newyork ma basne meri srimati meena lama lai

Comments are closed.