माओवादीद्वारा प्रस्तावित संविधानबारे बहस

माओवादीले आफ्नो संविधान निर्माण सुझाव समितिले तयार पारेको प्रस्तावित संविधान हिजो सार्वजनिक गरेपछि त्यस विषयमा बहस सुरु भएको छ। सुझाव समितिका संयोजक अर्थमन्त्री बाबुराम भट्टराईले आफ्नो वेबसाइटमार्फत् प्रस्तावित संविधान सार्वजनिक गरेका हुन्। प्रस्तावित संविधानको विशेष गरी ‘सामन्तवाद र साम्राज्यवादको पक्षपोषण गर्नेलाई दल खोल्न प्रतिबन्ध’ गर्ने व्यवस्थाको पत्रपत्रिकामा बढी चर्चा भएको छ। प्रस्तावित संविधानको ५४ पेज लामो सो खाकाको मौलिक हक अन्तर्गतको प्रावधानमा ‘सामन्तवाद र साम्राज्यवादको पक्षपोषण गर्ने बाहेकलाई…….संघसंस्था र राजनीतिक दल खोल्ने स्वतन्त्रता हुनेछ’ भनिएको छ। यसको सोझो अर्थ त्यो बहानामा संघसंस्था वा दलमाथि प्रतिबन्ध लगाउन सकिने भन्ने नै हो। तर, माओवादीले यस्तो प्रस्ताव गरे पनि त्यही रुपमा यो संविधान लागू हुनसक्ने संभावना छैन। किनभने अन्तरिम संविधानले नयाँ संविधानका प्रत्येक धारा संविधान सभाको दुई तिहाई बहुमतले पास गर्नुपर्ने प्रावधान राखेको छ। त्यसैले माओवादीले चाहँदैमा जस्तो चाह्यो त्यस्तै हुनेवाला छैन। माओवादीद्वारा प्रस्तावित संविधानको पूर्ण खाका हेर्न भित्र आउनुस्।

अहिले सबैभन्दा चासोको विषय रहेको संघीयताका विषयमा माओवादीले आफ्नो घोषणापत्र अनुसार नै भूगोल र जातिका आधारमा१३ वटा स्वायत्त प्रदेशको प्रस्ताव गरेको छ-
-क) सेती-महाकाली
-ख) भेरी-कर्णाली
-ग) थारुवान
-घ) मगरात
-ड) तमुवान
-च) अवध
-छ) नेवाः
-ज) भोजपुरा
-झ) ताम्सालिङ
-ञँ) मिथिला
-ट) किराँत
-ठ) लिम्बुवान
-ड) कोचिला
प्रान्तको सीमा तोकिएको छैन। प्रान्तीय सरकारको सहमतिमा संघले प्रान्तहरुको संख्या, नाम, क्षेत्र, सीमानाको फेरबदल गर्न सक्ने भनिएको छ।स्वायत्त प्रदेश अन्तर्गत एक वा एक भन्दा वढी उप-स्वायत्त क्षेत्र वा इलाकाहरु हुन सक्ने भनिएको छ। एकभन्दा वढी स्वायत्त प्रदेशहरुमा छरिएका कुनै जाति वा भाषाहरु उप-स्वायत्त क्षेत्र वा इलाकाहरु भएमा तिनलाई संयोजन र निर्देशन गर्न स्वायत्त प्रदेश सरहको छुट्टै जातीय वा भाषिक परिषद् गठन गर्न सकिने व्यवस्था गरिएको छ।

राज्यपाल र मुख्यमन्त्रीको व्यवस्था
सुन्दा झण्डै भारतको जस्तै लाग्छ। राज्यपालले प्रदेशहरुको विधेयकको प्रमाणिकरण गर्नेछन्। केन्द्रमा राष्ट्रपतिले गर्ने भइहाल्यो। राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र कार्यकारी प्रमुख बनाइएको छ। राष्ट्रपतिलाई प्रत्यक्ष रुपमा जनताले चुन्नेछन्।

केन्द्रको मन्त्रिमण्डलमा सामान्यतः प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरु संघीय जनप्रतिनिधिसभामा बहुमत प्राप्त दलको सदस्य वा बहुमतप्राप्त सदस्यबाट नियुक्ति गरिनेछ भनिएको छ। त,र यसले सदनको बहुमत प्राप्त नगरेको वा सदस्य नरहेको कुनै पनि व्यक्तिलाई उक्त पदहरुमा नियुक्त हुन बाधा पुर्‍याएको मानिनेछैन पनि भनिएको छ। अर्थात् मन्त्री हुनलाई चुनाव जित्‍न जरुरी छैन। प्रधानमन्त्री पनि चुनाव जितेको मान्छे हुनुपर्छ भन्ने छैन।

प्रदेशहरुमा एक-एक जना मुख्यमन्त्रीको व्यवस्था हुनेछ। भनौँ न, प्रदेशहरुको ‘छोटे राजा’। १३ प्रदेशमा १३ जना मुख्यमन्त्री हुने भयो। यस्ता मुख्यमन्त्रीहरु प्रदेशको राज्य सरकारको कार्यकारिणी प्रमुखको रुपमा रहनेछन्। राज्यको जनप्रतिनिधिसभामा बहुमत प्राप्त दल वा त्यस्तो सभाको बहुमत प्राप्त सदस्य मुख्यमन्त्रीमा नियुक्त हुनेछ ।

राष्ट्रपति र मुख्यमन्त्रीको कार्यावधि पाँच वर्षको हुनेछ र उनीहरु दुई कार्यकालभन्दा बढी पदमा रहन पाउने छैनन्। मुख्यमन्त्रीले राज्यपाल समक्ष शपथ ग्रहण गर्नेछन्। अब यो राज्यपाल चाहिँ कहाँबाट आउँछ भन्नुहोला। छोटे राष्ट्रपतिको रुपमा रहने यस्ता राज्यपाल राष्ट्रपतिले प्रत्येक राज्यमा नियुक्त गर्नेछन्।

यसबाहेक नेपालको प्रत्येक स्वायत्त प्रदेशभित्रका जिल्ला, नगर र गाउँहरुमा जिल्ला, नगर र गाउँ जनसरकारको नामबाट स्थानीय सरकारहरुको गठन र सञ्चालन हुनेछ।

अक्षर ठूलो सानो पार्न right click गरी Zoom in अथवा out गर्न सक्नुहुनेछ

Constitution Draft Proposed by Maoist

54 Comments

  1. Comment ra discussionko lagi yo khaka thika cha, badai Maobadilai. Lets! comment it and send our opinion.

  2. Wao excellent Programe of Moist. Katipaye saathiharulai Sanghiye parnaliko barema thah chhaina, Practice chhainani ta, bistarai thah hunchha. It’s great!!!

  3. yo ta chana-chtpate sambhidhan ho tara bhartiye pyaj ra marich jyadainai chha khayema pet polninechha.

    mantri jasto byakti hunalai chunaw jitnai naparne ke ab banduk boker aayeko lagi sandhainai pradhan mantri mantri banna bato khula rakhiyeko chha. paihele panchayat ma ra rana kal ma matra yesyo bebasta thiyo.

    ke ho tyo samanta bad ra samrajya bad vaneko?

    desho sima sambhidhan lekhine belako ra pachhi thapine anusar ko hunechha bhani, bharat lai bado khusi parna khojiyeko chha.

    nagarikatako barema spasta bykhyanai chhaina. ama ba buba ko nam bata nagrikata paune re tara dohoro nagarikata ko samasya ma samadhan ko tatha bandejko bebasthanai chhaina.

    je hos, maobadiko yo chana chatpate sambhidhan ko prastab bihar ma basda kheri ko kalpana jasto chha.

  4. why people always think negative of maoist ?? think what NC, UML and other parties have done besides corruption ??? THINK MY DEAR CITIZEN THINK IT ???
    now Maoist have brought some concept of building new nepal and those all old parties are trying to bring obstacle just because they will no longer be able to eat lauda, RNAC and so on.. please think people !!!

  5. संघीयताको गुणगान गाएर मात्रै नेपाल र नेपालीको कल्याण हुँदैन । अब छिट्टै त्यसलाई भौतिक रूप दिनुपर्नेछ । नेपालजस्तो विविधतापूर्ण देशमा भावना र संवेगलाई सल्काइदिने, आकांक्षा र अपेक्षालाई चर्काइदिने काम मात्रै भइरहेको छ । भोलिका दिनमा ती भावना, संवेग, आकांक्षा र अपेक्षालाई ठीक तरिकाले सम्बोधन गर्न सकिएन भने परिणाम के हुन्छ भन्नेतर्फ बहसमा सहभागी सबै खालका पात्रहरूको ध्यान नपुगेको जस्तो देखिन्छ । कतै एउटा बालकले भकुन्डो भनेर बमसँग खेलिरहेको जस्तो त भइरहेको छैन ? केटाकेटीहरूको खेलमा नियम र विवेक दुवैले खासै महत्त्व नराखेझैँ संघीयताको बहसको खेल पनि त्यसै गरी चलिरहेको छ ।

  6. 2048 saal tira 205 lutera harule le rastra lutda ek Nepali ko Taukoma Rs12000 reen thiyo re. Aba jhan 700 bhanda badhi le lutda Nepal bhanne desh ekaa desh bhanne ta hola.

  7. * Power comes from the Barrel of the Gun *

    The Maoists wanted to use their main ideology to set up the constitution.

    No need to be representative of the people to become the President and the Prime Minister?

    Will it be acceptable to the people? No way.

    Prachanda wanted to become a Selected President but not a Elected president. What a shame?

  8. चुनाव नजितेपनी मन्त्री हुनेभये पछी हामी पनि हुम्ला कि एक दिन मन्त्री कि कसो हो ?

  9. 13 states each with a governer, a chief minister, about 50-60 MLAs, about 25 ministers… each state administering in at least two official languages- with 2 sets of civil servants… does our country really have that much resources?? We’d already be beating European countries if we could manage such a complex structure.

  10. typo: ससदिय प्रधानमन्त्री hunuparnema संबैधनिक प्रधानमन्त्री bhayechha

  11. Congress le tyahi purano sambidhanlai COPY PASTE ani FIND REPLACE “राजा” to “राष्ट्रपती”
    UML le pani COPY PASTE ani FIND REPLACE “संबैधनिक प्रधानमन्त्री” to “प्रत्यक्षरुपमा चुनिएको प्रधानमन्त्री”
    tyattinai ho … natra ahile samma sambidhan ko khakaa banaaune ta kurai jaawosh chalfal pani gareka chainan.

  12. HERDAI JAU KE KE HUNCHH , KHAI APHU MITHILA MA PARNE HOLA
    PACHHI TIMIHARU KO PARDESH HOINA YO BHANI MADHESI LE DHAPAYE BHANE KE HUNE HO

  13. ho sdhuram ji ko coment ma kehi dom chha josto lagcha ani desh ko gadari garcha bhane uslai ajiawan pod bata hataune hoina nepal ma phasi ko sojaya sambidhan ma lekhnu jaruri chha,

  14. -क) सेती-महाकाली -Bhugol
    -ख) भेरी-कर्णाली – Bhugol
    -ग) थारुवान- Jatiyata
    -घ) मगरात – Jatiyata
    -ड) तमुवान- Jatiyata
    -च) अवध – – Jatiyata
    -छ) नेवाः – Jatiyata
    -ज) भोजपुरा – Bhasha, sanskriti
    -झ) ताम्सालिङ- Thaha bhayena
    -ञँ) मिथिला – Sanskirti
    -ट) किराँत- Jatiyata
    -ठ) लिम्बुवान- Jatiyata
    -ड) कोचिला – Jatiyata

  15. Bravo Maovadi!
    माओवादी संविधान बनाउनै चाहँदैन भनेर बक्बक् गर्ने लडिजा हल्दारहरूले अब के भन्ने हुन् कुन्नि ? वास्तवमा संविधान बनाउनै नचाहने त ज्ञाने माइलाको रन्वीर सेनाको घोडा चडेर बैतरिनि तर्न खोज्ने पांग्रेस हो । तेसैले त सिसि गमलालाई खोरबाट छुटाउन हुंकार गर्दै छन् पांग्रेसी चोर नेताहरु ।
    एमालेको कुनै भिजन एजेण्डा छैन । माओवादिकै कपि पेस्ट गरे हुन्छ । कि कसो झोलानाथ कामरेड ? 🙂

  16. साथीहरुहो,

    संबिधान को प्रस्ताब आउनु राम्रो कुरा हो यसले कमसेकम छलफलको क्रम लाई त अघी बढायो । अरु लोक्तान्त्रिक भनाउदा पार्टीहरुको मसौदा खोइ त ? यो वा त्यो बहानामा कुनै पार्टीलाई बन्देज गर्ने प्रस्ताब घोर आपतिजनक छ । यस्ले निरन्कुशता जन्माउछ । प्रतक्ष्य निर्वाचित हुने राष्ट्रपतीको प्रस्ताब धेरै राम्रो छ । जातियताको आधारमा मात्र संघीयताको प्रस्तव अली राम्रो लागेन । संबिधान सबै जनताको पाकेट मा अट्ने सानो हुनु पर्दछ ।

    प्रयास ।

  17. संघीयताका विषयमा माओवादीले आफ्नो घोषणापत्र अनुसार जुन भूगोल र जातिका आधारमा१३ वटा स्वायत्त प्रदेशको प्रस्ताव गरेको छ-के त्यो ब्यबस्थित गर्न सक्छ ? सोचनीय छ है ?

  18. हों अरु पार्टीको चाही कहिले औने रहेछ?

  19. यसरी छलफलमा ल्याउनु राम्रो कुरा हो। माओबादीलाइ धन्यबाद। माओबादीले प्रोपोज गरे भनेर ३ हात उफ्रिएर सपोर्ट गर्ने र नाक मुख कुच्याएर बोल्नु जरुरी छैन। राम्रा कुरा छन् भने राम्रा भन्ने होइन भने यो राम्रो भएन भन्ने बानी बसालौं। शब्द बिलास भन्दा गांठि कुरा के रहेछ? बुझौं। मेरो सर्सति बुझाइमा दुइटा कुरा खड्कियो। यो कतै मुलुकले थाम्नै नसक्ने महङ्गो ब्यबस्था त हुदैन? जातिको आधारमा राज्य बनाएपछि Tribalism जन्मने खतरा त हुदैन?

  20. Not interesting things are included. I think other political parties will bring more interesting than this.

  21. really we r hopeful with maoist government , all the nepali frm all over tne world is curious to see the new nepal according to maoist election manifasto as well as new constitution , we all nepali spreading all over the world are ready to fulfill maoist government to implement their dream and make a new and prosperous nepal ]
    hari pathak frm Bahrain MId EAST ASIA

  22. hernu hos aba cagres le thula daka ra aparadhi ani desh drohi lai sambdhan bhanda mathi hunu parcha ani garib ra nimukha janta lai sambidhan ko ghera bhitra rakhera marnu parcha bhanne khaka nikal chha.

  23. निक्कै बिद्वानहरुलाई ज्वरो फुटाईसकेछ माओवादीको यो प्रस्तावित संविधानले । डराईहाल्नुपर्ने त त्यस्तो केहि देखिँन मैले त – बरु शुभ थालनी जस्तो पो लाग्यो , अब अरुले पनि तयार पारुन आफ्नो दक्षताले भ्याए सम्म र गतिलो संविधान बनाउन् । शुभकामना ! सबैको भलो होस् !

  24. Not only the feudalist and emperialist should be banned but all arbitrationist , autocratist, dictatorship,separatist and racist must be band by law.

  25. मेरो विचारमा एक ,दुइ कुराहरु छुटे जस्तो लाग्या छ। प्रथम त चुनावमा उम्मेद्बारी को लागि न्युनतम योग्यता कती हुनु पर्ने भनि उल्लेख् हुनै पर्ने हो, अहिले का नेता भनौदा हरु त प्राय सावा-अक्छर मात्रा चिन्ने हरु छन, त कोही, नेताहरुको झोला बोकेको भर मा मन्त्री भएका छन,

    अनी अर्को कुरा, राजनैतीक नेता हरुको अचरण्को सवाल मा कुनै नेता अवैधनिक कृयाकलाप मा रहेको प्रमाणित भएमा, उस्ले जीवनभर सार्वजनिक पद्-भार लिना नपौने गरे राम्रो हुने थियो है।

    उही साधुराम सुकुम्बासी

  26. I don’t like the different federal state of Nepal. We don’t have to divide on the basis of language and culture because in every places there are many many people lives with different culture and language.

  27. जे होस् ५४ पेज लेखेर राम्ररी टाईम पास गरेछन

  28. सामंतबादी र सम्राज्यबादीलाइ पक्षपोषण गर्ने दल, संघ-संस्था आदिलाई प्रतिबन्ध लगाइने भन्ने कुरा bargaining cheap मात्रै हो ! संबिधानको प्रारंभिक मस्यौदा सार्वजनिक गरेको दिनमा नै PLA को भर्ना खोलेको जानकारी हुन आउनु संजोग मात्रै नहुन सक्छ- त्येसको subtle अर्थ हामीले चाहेको जस्तो संबिधान नबने “होसियार युद्ध स्थगितमात्र भएको हो” भन्ने पनि हो ! हिजो शाही नेपाली सेनामा परंपरागत र एकल (undivided) राजाको command र पूरा बिश्वको नैतिक र सामरिक सहयोग हुंदा त PLA जस्तो organic लडाकूहरुलाइ निमित्यान्न पार्न सकेन, झन आजको अवस्थामा त नेपाली सेनाको PLA संग फेरी लड़ने morale हराई सकेको छ ! नेपाली सेनाले कसकोलागी लड़ने ? प्रजातान्त्रिक भनाउने पार्टीको निम्ति – जो जनताबाट तिरस्कृत छ ?? वा आफ्नै सर्वचताको निम्ति लड़ने – जसले ज्ञानेंद्रको हविगत आफ्नै आँखा अगाडी देखेको छ ?? The Maoist has outsmarted everyone in Nepal.

  29. हैन खस राज्य खैत ? मेरो मोरङ जिल्ला कुन प्रदेस म पर्छ कोनी ? सबैलाई राज्य अनी देशको सबै भन्दा धेरै जन सङ्ख्या भएको हरुलाई चाँही केही न केही ? वहियात खाका |
    स्टोक्यास्टिकम्यान

  30. “अर्थात् मन्त्री हुनलाई चुनाव जित्‍न जरुरी छैन। प्रधानमन्त्री पनि चुनाव जितेको मान्छे हुनुपर्छ भन्ने छैन।”
    यो भन्नुको मतलब माधव पथमा हिंड्नु भने जस्तो भएन र??? !!! माधवलाइ हारेको नेतालाइ निशुल्क सित दिए भनेर भासन गरेर न थाक्ने । अब बिना हिच्किचाहट नै टाउकेहरुले बिना चुनाव सित सुरक्षित गर्ने भयो । कतै टाउके नेताहरु अब आ उने चुनाव हार्ला भनेर त यसो ब्यवस्था गर्न खोजेको हैन र भने ?
    यदि मन्त्री हुनलाई चुनाव नै जित्‍न जरुरी छैन भने अरु अरुको लागि मात्र किन चुनाब गर्ने नि??? बेकारको जनताको करको मात्र दुरुपयोग । देशको लागि केहि गर्ने हैन । लुत्ने मात्र त हो नि यिनिहरुको दाउ ।

  31. १३ वटा प्रदेश मा यदी १३ १३ वटा मन्त्री हुने भयो भने १६९ मन्त्री हुनेछ फेरी १३ वटा रज्यपाल
    हेर्दा त ईन्डिया जस्ताइ छ , फेरी भार पर्ने भो नेपाली जनता माथि यिनिहरु को भरनपोशन को लागि
    यती सानो देश मा यती धेरै मन्त्री राम्रो छैन बरु तराइ , पहाड र हिमाल लाई छुने गरी तीन देखी
    चार वटा प्रदेश बनएमा राम्रो हुने थियो ,

  32. बाबुराम जी राजनीतिक दल,संघसंस्था,यूनियन,महासंघ अनि वकीलहरुले दैनिक जसो आफुलाई कानून भन्दा माथि राखेर गर्ने बिरोध,भारतीय हितमा दिने अभिब्यक्ति,वाई.सी.एल.को अनि सधै दोहोरो अर्थ लाग्ने कानुनका भाषाका कारण अपराध चुलिएको छ र जनतालाई सूली चढाइएको छ ! यो दंडहिनताको जगेर्ना बिशेष गरि तपाईको पार्टी र एमालेले गर्ने संस्कार को अन्त्य गर्नु पर्यो ! कांग्रेस र भारतीयहरूको नेपाली रूपी यी हिंदी दलको त केन्द्रीय कार्यालय नै लैनचौर दूतावास हो यी दलालको के कुरा भो र ! जसका प्रतिनिधिहरु राज्यको धुकुती बाट जनताको सुझाव संकलन गर्न गाऊं-गाऊं जाने भनी भत्ता खाएका रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित नेपाली कांग्रेसका सभासद कृष्णप्रसाद यादव लाइ प्रहरीले कान्ति बाल अस्पतालपछाडि रहेको बेस्यालयबाट यौनसम्पर्क गर्दागर्दै शुक्रबार रंगेहात पक्राउ गर्यो ! तर घटनालाइ दोहोरिन नदिने र अपराधिलाई कारवाही गर्न प्रहरी प्रसाशन लाइ सघाएर कानूनी राज्यको मर्यादा गर्नु त कहाँ हो कहाँ निजलाई छोड्न गृह मन्त्रालयबाट दबाब आएपछि काठमाडौं प्रहरी परिसरले कुनै अभियोग नै नलगाई रिहा गरेको छ । भारतमा समेत बिभिन्न ह्त्या,लूटपाट,डकैती,बलात्कार लगाएतका घटनामा संलग्न रहेको भनी वारेंट कटेको र नेपाल मै पनी कुख्यात अपराधिको सुचिमा रहेको ब्यक्ति बब्बन सिंह सजिलै चुनाव लडेर सभासद बनेको छ अहिले र नेपाली कांग्रेसले उसको संरक्षण गरेको छ । केहि दिन अघि धमलाको अपराध प्रमाणित नहोस भन्ने कामनाको छडके भाषा प्रयोग गर्दै गृह मन्त्रीले प्रहरी प्रसाशन माथी अघोषित दवाव दिएका थिए जसको फलस्वरूप दैनिक बिरोधका कारण करोडौं जनताले अपराधी मानिसकेको र त्यति सपष्ट फ़ोन वार्ताको आधार भएको उक्त्त घटना प्रहरिलाई प्रसाशनलाइ पासो साबित हुँदै छ के स्पट मै पक्राऊ गर्न नसके उ अपराधी सवित हुन यो प्रमाण प्रयाप्त छैन र ? तसर्थ सक्नु हुन्छ भने यी अपराधिहरू लाइ संविधानसभा सचिवालय मा होइन खोरमा जाक्नोस कानुनको सम्मान हुने परिपाटी बसाल्नोस देशद्रोहीको हितमा काम गर्ने यी छदमभेषी जथाभावी खोलिएका दल,संघसंस्था, यूनियन,महासंघ खारेज गर्नोस छोटे राजाको उत्पत्ति र देश टुक्राएर भारतीयहरूको नेपाली रूपी यी हिंदी दलहरुलाई आफ्नो नेपाली अस्तित्व ध्वस्त पार्ने षणयंत्र लाइ मलजल गर्ने मौका नदिनोस ! तपाइले चाहने र हिम्मत गर्ने हो भने थुप्रै कुराहरु छन राज्य र जनताको हितमा गर्न योग्य !

  33. धेरै धेरै राम्रो। अब सबै नेपालीहरुको रायसुझाब समेटेर यसलाई परिमार्जित गर्दै उत्कृष्ट बनाउनु पर्छ।

  34. ****
    गर्नमा जे गरे पनि लेख्नमा चै “आफ्नु बिचार सँग असहमत हुने, चन्दा नदिने र माओवादीको कुनै पनि रुपमा बिरोध गर्ने लाई सुराकीको आरोपमा सफाया गर्ने “भनेर चै लेखेको रहेनछ | सकारात्मक नै लाग्यो |

  35. सान्चैनै माओवादी अरु पार्टी भन्दा १० कदम अगाडि छ र् बिचार मा प्रस्ट पनि छ एसै कारण सबैभन्दा पहिला सम्भिघान को खाका बहस को लागि प्रस्तुत पनि गर्‍यो। आफ्ना सम्पूर्ण अजेन्दा लाई नेपाली को अजेन्दा पनि बनै सक्यो। सछै के गर्दै होलान कांग्रेस र एमाले? मेरो बिचारमा पक्कै पनि कान मा तेल हालेर सुतेको हुनुपर्छ कि कसो हो साथी हो? एस्सो खबर गरौउ है परेको म बेहोरौला 🙂

  36. WTF jatiya division…its should be divided on the economical geographical basis..aani president’ shouldnt’ have that much of power to select all judges n more
    power should be distributed…shouldn’t be focus on small govt its just a burden and waste of money..as nepal is such a small country geographically and economically…shouldn’t be divided into many small parts..max 6 region..minimise corruption n burden in the country ..

  37. बहस सुरु गरेकोमा माओवादीलाई धेरै धन्यवाद ।

  38. Nirdosh nagarik ko JYAN lenne ye ma o badi haru lai IMPORTANCE dherai dinu hunna. right now as well, we can see, yeni haru ko DADA GIRI. Sake samma, yeni haru lai NANGO JHAR parnu parchha.

    NIRDOSH NAGARIK KO RAGAT BAGAUNE JYANMARA HARU.

  39. To be a President at least 35 years old not the 25 years old,otherwise, president or supreme court justic do not have knowledge to run the actuall status.
    so to be a president a canidates must be at least 35 years old, at native born citizen and must have lived 15 years in Nepal.

  40. Gus khane, des dhrohi haru lai phasi ko sajaya nabhayeko sambidhan hami mandainau.

Comments are closed.