फोहरबाट मोहर कसरी ?

-श्रवण खनाल, फिनल्यान्ड-
स्वदेश र विदेश जहाँसुकै बसे पनि हामी समुन्नत नेपाल देख्‍न चाहन्छौँ। तर चाहना मात्रले कहाँ हुन्छ र ? अब केही गर्नु पनि पर्छ भन्ने सबैलाई लागिसकेको छ। त्यसो त विदेशमा बस्ने र स्वदेशमा बस्ने नेपालीहरु बीच पनि ‘भगौडे’, ‘पलायनवादी’ जस्ता शब्दजालहरुको दोहोरी नै चल्ने गर्छ बेलाबेलामा। तर, अब यी दुई उर्जाबीच समन्वय गर्नु परेको छ। विदेशमा देखेको प्रविधि नेपालमा लागू गर्न सकिएला कि नसकिएला भन्ने बिषयमा दिमाग खियाऔँ र यदि त्यस्ता कुरा सम्भव देखिएमा सुरु गरौं। भोलि सफल हुने कि नहुने अर्को विषय हो। तर सुरु त गरौँ।

साथीहरु, म विगत अढाइ वर्षदेखि ‘विकास र अन्तर्राष्ट्रिय सम्बन्ध’ अध्ययनको सिलसिलामा फिनल्यान्डमा बस्दै आएको छु। मैले यहीँ अध्ययनको सिलसिलामा अरु केही मुलुकको पनि भ्रमण गर्ने अवसर पाएको थिएँ। ती सबै अनुभवका आधारमा यो कोरा idea यहाँ पेश गर्दैछु। यस विषयमा मभन्दा धेरै अनुभव हासिल गरेका र विज्ञ महानुभावहरु हुनुहुन्छ, उहाँहरुको अनुभव अझ बढी उपयोगी हुनेछ।

विदेशमा देखिएको भौतिक विकासका सबै आयाम हामी हाम्रो देशमा भएको कल्पना गर्नु अलि हतार नै होला। त्यसकारण कुनै एउटा सानो कुराबाट सुरु गरौँ। विकसित मुलुकमा फोहरलाई प्रशोधन गरेर धेरै कुरा उत्पादन गर्दा रहेछन्। फिनल्यान्ड यसको एउटा राम्रो नमूना हो। भान्साबाट निस्कने सामान्य फोहर होस् वा औद्योगिक क्षेत्रबाट, यहाँ सबैबाट वैज्ञानिक तरिकाले नयाँ उर्जामा परिणत गरेका छन्। के हामी पनि नेपालमा यो प्रविधिको थालनी गर्न सक्छौँ होला? मैले यसबारे केही उद्योगीहरु बीच अन्तर्क्रिया गर्दा उनीहरु सकारात्मक पाएँ। तर त्योभन्दा पनि हामी आफैबाट यसको सुरुवात गर्दा बढी दिगो र सफल होला कि जस्तो लागेर यो धेरैले पढ्ने माइसंसारमार्फत् सुझाव संकलन गर्ने जमर्को गरेको हुँ।

नेपालका ठूला शहरहरु त्यसमा पनि विशेष गरी काठमाडौँको फोहर संकलनको समस्या सँधै चर्चाको विषय बनिरहन्छ। हामीले पनि त्यसलाई यसरी नै समस्याका रुपमा मात्र बुझ्ने गरेका छौँ। त्यो फोहरभित्र धेरैका रोजीरोटी र अरबौँको आम्दानी हुने कुरा यहाँ आएर देखियो। राजधानीमा निस्कने फोहोरलाई नेपालीकै लगानी र अग्रसरतामा प्रशोधन गर्ने प्रविधिको सुरुवात गरौँ र त्यसको प्रतिफल पनि हामी आफै लिउँ। यस विषयमा धेरै अध्ययन र कोशिश भइसकेको पनि होला र किन कार्यान्वयन हुन सकेन भन्ने लेखाजोखा पनि होला। तर अब त्यसलाई नयाँ किसिमले अगाडि लैजान सकिने देखिन्छ। हामी हाम्रो लगानीमा विदेशी प्रविधि खरिद गर्न सक्छौँ, यदि हामीमा त्यस्तो प्रशोधनको प्रविधिको कमि छ भने। यसका लागि आवश्यक नीति नियमहरु पनि जनदवाबबाट तर्जुमा गर्न सकिन्छ। गाडीले किचेर कुखुरा मार्दा राजमार्ग नै बन्द गर्न सक्ने तागत भएको हाम्रो जनशक्तिले यस्तो सकारात्मक कुरा गर्दा सबै सरकारले सुन्छ र अब सुन्नु पर्छ जस्तो लाग्दछ। यसको लागि अर्को प्रमुख पात्रहरु भनेका शहरका बासिन्दा हुन् जसको सहयोगबिना यो योजना सफल हुन सक्दैन र मेरो विचारमा सबै जनाले यस अभियानमा अवश्य साथ दिनुहुनेछ। किनकि यसका योजनकार, लगानीकर्ता, ब्यवस्थापक शहरबासी नै हुनेछन्।

कुनै पनि विकास परियोजना असफल हुनुको कारण त्यसका हरेक पाटोमा स्थानीय मानिसहरुलाई सहभागिता नगराइनु एउटा पक्ष हुने गर्दछ। त्यसकारण हामी छलफल र बहस गरौं र विदेश र स्वदेशमा रहेका नेपालीहरुको लगानीमा फोहरलाई उर्जा र आम्दानीमा परिणत गरौं। हामीले भन्ने गरेको नयाँ नेपाल को निर्माणमा एउटा इँटा थपौं। यो उर्जाशील युवा जमातबाट निस्केको विचार हो। कृपया यसलाई निरुत्साही नपारिदिनुहोला, बरु तपाईंहरुको आफ्नै बाली सम्झेर मलजल गर्नुहोला भन्ने अपेक्षा गरेको छु। तपाईंहरुको सुझावपछि यसको विस्तृत कार्ययोजना फेरि बहसको लागि प्रस्तुत गरिनेछ।

62 Comments

  1. फोहोर बाट पनि राम्रै आमदनी गर्न सकिन्छ । तर राम्रो ब्यवस्थापना र बलियो योजना हुनुपर्‍यो । गफ गर्न सजीलो छ। काम गर्न जतिल
    हुन्छ नै । कसै ले अगाडि आएर सुरु गर्नु पर्‍योनी। हैन । नत्र गफ नै हो सोल्ती ।

  2. Luna ji
    tapaiko idea man paryo.hami janasahavagita jutayer ktm bahir tapaiko ideama kam suru garne prayasma 6au.sayad kurintar-cablecar tapailai thaha 6 hola .aru thap urja ra ideaharu ko asa gar6au.hami hamro sano thaubat prayas gar6au

  3. लेख मन छुने छ तर यस्तो कुरा सरकारमा बस्नेले पो सोच्नु पर्छ त नेपाली जनतालेत साथ दिनेहो सहयोग गर्ने हो यस् सम्बन्धी कानुन नै ल्याउनु पर्छ ताकी काम द्रुततर गतिमा गर्न सकियोस र सफलता छिट्टै हात परोस , अब सरकारले एरिया तोकेर रिसाइक्लिङ्ग को लागि काम सुरु गरिहाल्नु पर्‍यो अनी प्राबिधिकहरु झिकाएर मल र अरु काम को लागि जाग्रुक्ता ल्याउनु पर्‍यो । जतापायो त्यता तिर फोहोर फ्याक्न निसेध र तोकेको ठाउमा मात्रा फ्याक्ने नभए ५०० देखी १००० सम्म जरिबाना गर्नु पर्‍यो । बाटो सार्वजनिक स्थल्मा फल्फुल खाएर वा अन्य तरिकाले फोर्होर गर्ने दिशा पिशाब गर्ने घर माथिबाट तल फोहोर फ्याक्ने यस्ता मान्छेलाई अत्यधिक जरिबाना गर्नु पर्‍यो । पान खाएर चरेशानन्द जस्तो जतासुकै थुक्ने लाई पनि निगरानी साथै कारबाही गर्ने जरिबाना नतिरे जेल पठाउने ब्यबस्था गर्नु पर्‍यो ।
    यती गरे मान्छेको स्वास्थ्य देखी आयु पनि बढ्छ बातावरण स्वस्थ हुन्छ रोग लाग्दैन जताततै सफा हुन्छ मनोरम र आकार्सक हुन्छ .
    फोहोरको थुप्रोमा हर्न बजाउदै फोहोर्लाई बाटो छोड्न निर्देशान् गर्ने नेता र मन्त्रीहरुलाई के भन्ने ?
    बुद्दी मा बिर्को लागे पनि अरुको कुरा नसुन्ने अनी फोहोर को दर्शन गर्ने यिनिहरुलाई के भन्ने ?
    अनी महत्वपूर्ण अर्को एउटा कुरा ,
    ऐले सम्म यो सरकारले के पो राम्रो काम गरेको छ होला र ? फेरी सरकारमा बसेको हुनाले अरुको कुरा के सुन्न्लार ?
    यस्ता सामाजिक काम्को लागि बिथ्थामा किन समय फाल्लान्र यिनिहरुले ? जाउ भाई जाउ नाइट क्लब तिर जाउ केटी हेरेर आउ जाड पानी खाउ

  4. धन्ने बाध छ मित्र तपाईंलाई किन कि दबैलाई यस्को मनमा राखेर उन्नती तिर लाग्ने सुझाब दिन्छु म पनि दबैका आँखा खुलुन

  5. ma ta yeso yestai plan garera auta factory kholnu paryo ki kya ho bhanne po surma chhu ta sathi ho.. ke chha bichar…
    Share is open hai..

    Shree

  6. yes this bro gives the best idea. if we can implement this idea then it will help to make employment to many people and also the city will be neat n clean

  7. मलाई यो लेख साह्रै मन्पर्‍यो यार। म पनि एक जना फोहर्लाई तह लगाउने मानिस हुँ ।

    शिव श्रेष्ठ
    हाल डोहा

  8. kura badi bhaye babar ma garera dakaaunu paro ni. kotha ma basara gaf garna sagilo cha.ye sab cheeya pasal ka gaf harubhanda aru k hi hai na .hai na bhane ma nepal ko jhapa ko geemma lina taiar chu.la donation start garnu hos.

  9. हामीलाई थाहा छ गाउँ शहर सफा राख्न पर्छ तर यो थाहा छैन कि फोहर कसरी तह लगाउने । बिषय बस्तु अतिनै महत्वपूर्ण भयकोले सबैलाई जागरुक बनाउन जरुरी छ । यस्को व्याबहारिक पक्षमा जानको लागि ज्ञान शिप, आर्थिक श्रोत र हौसला तथा चेतनाको आबस्यक पर्छ। यहाँ जती हौसला तथा चेतना जुटाउन गाह्रो छ, आर्थिक श्रोत जुटाउन त्यती गाह्रो हुन्न होला जस्तो लाग्छ । फोहोरबाट यसरी मोहोर बनाउन सकिन्छ भन्ने नारा सहीत गाउँ शहरहरुमा poster pumplet , documentery हरु पटक पटक निरन्तर रुपमा प्रचार प्रसार गरिरहनु पर्ला ।

  10. “The only preparation for tomorrow is the right use of today” so thanks shrawan for sharing with us and Luna too. Start from today coz where there is a will there is a way.

  11. Thanks for taking the idea of “Cash from Trash”. It is a working idea. Thousands of people have livelihood from Trash or Garbage in our country. There are many Junk Yards (Kawadi)that sells from Fridge to auto parts in Kathmandu. Generating energy from household waste is also a working idea. Actually, we need someone like Karna Shakya who can promote the idea and turns Trash into Cash. Thanks Khanal ji for revisiting the idea. Good Luck!

  12. Recycling lai nepali ma ‘punchakrikaran’ bhanda kaso hola. ‘pun’ bhanna le ‘feri’ ra ‘chakrikaran’ bhanna le ‘cycle’ tyasai le ‘punchakrikaran’ kaso lagyo luna ji? ani ti dumpers need to be labelled both in nepali and english natra tourist haru lai fasad parla nepali nabujhera. san 2011 lai ta nepal visit year nai ghosana garisake.

    -jyapoo

  13. Sharwan Ji
    यो धेरै राम्रो बिचार हो । अरु धेरै कुरा एकैचोटी सुरु गर्न गार्हो हुन्छ तर चितवन मा सुरु गरिएको सानो प्रयास देशका अन्य शहर हरुमा पनि प्रयोग गर्न सकिन्छ । चितवन का यस्तै उद्यमी र बातावरणीय पक्ष प्रती सचेत समुहले केही बर्ष अघी सुइरो कार्यक्रम मार्फत घरघरमा निस्कने प्लास्टिक जन्य फोहोर लाई ब्यबस्थापन् गरी त्यस्बाट आय आर्जन गर्दै फोहर ब्यबस्थापन् गर्दै आय आर्जन गर्न सफल भएको उदारहन पाईन्छ । येस् सुइरो कार्यक्रम अन्तर्गत घर घरमा प्लास्टिक जम्मा गर्न सुइरो बितरण गर्ने र पछी त्यस सुइरोमा झुन्ड्यैको प्लास्टिक ब्यबस्थापन् गर्दै सम्भँदित पक्षहरु लाभन्बित भएका छन । सबै जना ले एस्लाई गहन रुप्मा लिने र सोही अनुसार सहयोग गर्ने हो भने नेपालका धेरै शहर हरुको फोहर ब्यबस्थापना का साथै आय आर्जन गर्दै सबैले भन्ने गरेको नयाँ नेपाल बनाउन सकिन्छ ।

  14. साह्रै राम्रो कुरा उठाउनुभएछ ,श्रबन जि। काठमाडौं दिन दिनै प्रदुशित भएको छ, एदी एस्को दिर्घ कालिन समाधान बेलाइमा न निकाले ,जन्सन्ख्या दिन दिनै थपिरहेको काठमाडौं को भबिस्य कस्तो होला ?तपाइ को अनुभब र शिप लाई नेपाली हरुले स्वागत गरेर होस्टे मा हैसे गर्ने छन भन्ने मलाई लाग्छ। लुना जि ले भने को कुरा पनि ठीक हो, तर फोहोर बाट काठमाडौं बासी आजित भएको बेला ,ब्यबस्थापन गर्न खोज्ने लाई अबस्य साथ दिने छन, उल्टो उनिहरुलाई पैसा दिनु पर्ला जस्तो त लाग्दैन।

  15. बैनी लुना को ट्रिक साह्रै राम्रो लाग्यो “फोहोर दिएर मोहोर लिने ” तर हामी नेपाली अलिक मापाका छौ त्यसैले तै तै ।। अर्को महत्व पूर्ण कुरा पनि थप्नु पर्लाकी ।। अब बन्ने नयाँ सम्बीधानमा ” फोहोर मैला को सम्बन्धमा ” पनि कानुनी प्राबधान राख्नइ पर्छ । फोहोर काठमान्दौ मा मात्रा छैन नेपाल भरिका साना ठुला शहर – बजार हरुमा पनि झन्डै उस्तै छ , त्यसैले नयाँ फोहोर मैला सम्बन्धी कानुन बनाएर कडाइका साथ परि – पालना गर्न गराउन पर्छ , पर्छ ।

  16. धेरै राम्रो कुरा उठ्यो यो !गरेपछी जे पनि सकिन्छ !त्यस्को लागि सम्बन्धित निकायले जिम्मेवारीपुर्बक लग्नु पर्छ अनी जनताले पनि अनुशासन पूर्वक आफ्नै काम सम्झेर कम्तिमा आफूले गरेको फोहर निस्चित ठाउमा जम्मा गर्ने गर्नु पर्छ ! जापान मा पनि त्यस्तै तरीका छ ,सबैले तोकियको दिन्मा छुत्त्टा छुत्टै फोहर जस्तै सिशा ,कगज ,कुहिने खाल्को फोहर ,बोटल ,सबै अलग अलग छुत्टाएर तोकियको दिन्मा फोहर जम्मा गरेर फाल्ने गर्छन् , सबैले नियम अनुसार गरेकै छन त !नेपालमा मात्रै किन सकिन्न ?त्यो काम अब सबैले हामी आँफैबाट सुरु गर्नु पर्छ !

  17. श्रवन जी, तपाईंको लेख गहन र बिशेषत: नेपालीहरुको लागि अझ महत्वपूर्ण कुरा पनि हो। तपाईंले यस लेखमा एउटा “यो त सोचनिय कुरा हो है” भन्ने मानिशिक्ता त हाम्रो मनमा बसाउन सफल हुनुभयो तर गर्ने कसरी र कस्को पहलमा जस्ता कुराहरुलाई अोझेलमा पार्नुभयो। हुन त पहल सबै नेपालीबाट हुन पर्दछ र यो कुरा भन्न पनि सहज छ तर सुरुवात गर्ने मान्छेको अत्यन्तै खाचो छ। तपाईंलाई थाहा होल नेपालीहरु अरुले गरेर सफल भएको नदेखी त्यो काम थाल्दैनन् हैन भने नेपालमा कयौं चाउचाउ र साबुन फ्याक्ट्रीहरु हुँदैन थिए होला। अब लगानिको पनि कुरा गरौं। कस्तो मेसिनरीहरु यो कामको लागि महत्वपूर्ण छन् र त्यसको मुल्य कती पर्न जान्छ र त्यो को को मिलेर किन्ने हो। के तपाईंले एउटा भिजन पनि राख्नु भएको छ?? कृपया हामीलाई प्रस्ट पर्दिनुस् न?

  18. श्रवणजीको लेख धेरै राम्रो लाग्यो । नेपालमा फोहरबाट धेरैप्रकारबाट फाईदा लिन सकिन्छ। जस्तै प्लस्तिकबाट डिजेल बनाउने मेशिनको कुरा।
    http://www.blest.co.jp/ यो साईट हेर्नु होला
    http://www.blest.co.jp/img/seihin/seihin1/IMGP5118_1.jpg यो प्रबिधी को प्रयोग अफ्रिकाको बेनानमा गरिएको थियो। जापानको आसाही टि.भी बाट प्रसारीत यो साईटमा पनि हेर्न सकिन्छ: http://www.tv-asahi.co.jp/earth/ अङ्रेजीमा नपाईएको यो साईटकोहरु जापानिज भाषामा मात्र आएको छ । यो प्रबिधिले पनि नेपालको प्लस्तिकबाट हुने प्रदुसण घटाऊन मद्घत गर्छहोला ।

    japan

  19. श्रबण जि !
    अत्यन्तै गम्भिर र सम्बेदनशील बिषयमा छलफल गर्न गह न कुरो उठाउनु भो तपाईंले ।
    काठमान्डौ जस्तो अती जनघनत्ब भएको शहर साच्चै नै फोहोर-प्रदुसणले रोगी बनेको छ । समस्याले चर्को रुप लिदै गएको छ दिनदिनै ।
    अब यो चर्को समस्याको लाई निदान गर्न सरकार स हित सम्पूर्ण काठमान्डौबासी सम्लङ्न हुनै पर्छ ।
    सबै भन्दा प्रभाबकारी उपाय ( काठमान्डौ शहर को फोहर लाई ब्यबस्थित गर्ने उपाय ) त ” फोहर बाट मोहर ” मार्फत आय आर्जन गर्न उचित पहल हुनु नै हो । यस्को लागि सरकार ले नगरपालिका लाई दर्हो निर्देशान् दिनु पर्छ । दर्हो जिम्म्मा दिनु पर्छ ।
    सडकको कि नार , चोक – गल्ली को छेउ , मन्दिर – पाटी – पौबा -खाली घ रेडी हरु , सार्बज्निक स्थल – बिधालय – स्कुल -अस्पातल – पुन मुनी – अत्यन्तै सम्बेदनशील स्थान नदी कि नार को छेउ ( नदी मै ) जहाँ तही फोहर थुप्रिएको देख्न सकिन्छ काठमान्दौ मा !
    यि फोहर हरु बाट काठमान्डौबासी हुँदै सम्पूर्ण नेपाल कै नेपालीको सभ्यतमा आच आएको छ ।
    शिछित – सजक – सचेत – सभ्य भनिने हरु को शिर निहुराएको छ ।सारकार को लाछी पना लाई पनि उदाङ्गो पारेको छ ।
    सबै सबै यि फोहर बाट दोसी देखिएका छन । तपाईं ! म ! हामी ! सबैसबै ।
    फेरी कुरा दोस को मात्रै होइन रोगको पनि छ । छ्यण छ्यण मै मान्छे रोगी भएका छन । रोगिहरुको जमात ले भरिएको मुलुक पनि रोगी नै हुनु स्बभाबिक नै हो ।
    अब रोग त लागि हाल्यो । रोग लाग्यो भने चुप लागेर बस्नु पनि भएन । सास रहुन्जेल आस । रोग लाई रोग थाम गर्न सबै बाट पहल हुनै पर्छ ।
    पहल न १ –लाखौं मान्छेहरु जो काठमान्दौ शहर मा बस्छन तिनका फोहर पनि दैनिक रुपमा लाखौं झोला ले भरिएको हुन्छ ।
    मान्छे ले प्रयोग गर्ने – १ – प्लास्टिक बाट बनेका सामाग्रीहरु
    २-सिसाबाट बनेका सामान हरु
    ३ – मेटाल बाट बनेका सामाग्री हरु
    ४ खाद्द प्रदार्थ हरु ( जमिन मा कुहिने सामाग्री हरु )
    ५ -प्रिथिबी लाई अत्यन्तै हानी गर्ने ब्या ट्री हरु ( रेडियो – क्यासेट – टर्च लाइट आदी मा प्रयोग हुने )
    आदी – आदी ।
    अब यि प्रयोग भाईसकेका सामान लाई दैनिक रुपामा उठाएर ब्यबस्थित गर्न –
    १ — सरकार को मार्फत बाट नगरपालिकाले प्रत्यक घर – घर मा ५ किसिमका प्लास्टिक या मेटाल को डिब्बा दिने ।
    प्रत्यक डिब्बा मा नाम यसरी लेख्ने —
    क – ” यहाँ प्लास्टिक का सामान हरु जम्मा गर्नु होस् ” यस् अन्तर्गत दुध का प्याकेट – टुथ पेस्ट – प्लास्टिक का ब्याग – मिनरल पानी का बोत्तल – चुडिएको प्लास्टिक को चप्पल देखी लिएर यस्तै यस्तै सबै किसिमका प्लास्टिक का सामान हरु पर्ने छन ।
    ख – ” यहाँ फुटेका सिसा तथा सिसाका बोत्तल मात्रै राख्नुहोस् ” यस् अन्तर्गत औषधीका बोत्तल देखी लिएर बिभिन्न सिसाका बोत्तल हरु पर्ने छन ।
    ग – ” यहाँ मेटाल मात्रै राख्नुहोस् ” यस् अन्तर्गत टि न का डिब्बा देखी लिएर अनेक मेटाल का सामाग्री मात्रै पर्ने छन ।
    घ – “यहा ब्या ट्री मात्रै राख्नुहोस् ”
    ङ – ” यहाँ खाद्द प्रदार्थ मात्रै राख्नुहोस् ” यस् मा तरकारी का बोक्रा देखी लिएर अन्य खाने कुराहरु जुन माटोमा कुहिन्छ त्यस बर्ग का पर्ने छन ।
    अनी ,
    अनी त्यो जम्मा भएको बस्तुलाई लिना हप्ताको २ पटक नगरपालिका बाट मान्छे खटाउनु पर्छ ।
    अनी ,
    अनी त्यसरी जम्मा गर्ने घर हरु को नाम लिस्ट मा पनि लेख्ने ।
    किन लेख्ने ? पैसा दिन । कस्लाई ? ति घर हरु लाई । कती ? थोरै किन नहोस् ! ( अर्थात थोरै ) ।
    के को लागि पैसा उल्टै ? फोहर पनि लिनु छ पैसा पनि दिनु छ ! यही हो टेक्निक शहर सफा गर्ने । यसो भयो भने मान्छे ले बाटोमा फालेको बस्तु पनि टिपेर घर मा ल्याएर आफ्नो फोहर राख्ने भाडो भर्छ ।
    अनी ?
    अनी ति फोहर लाई शहर भन्दा टाढा सरकार ले ‘ रिसाइकिलिङ्ग ‘ गर्नु पर्छ ।
    त्यस बाट बेस्मरी आम्दानी हुन्छ ।
    अब यस्तो काममा नगरपालिकाले मुलुकका बेरोज्गार युबायुबती लाई प्रयोग गर्न सक्छ ।
    खाली पलास्टिक का बोत्तल बाट ” पोलार ” जात को लुगा तयार हुन्छ । यस् किसिमको प्रबिधी चाइना मा छ ।
    खाली सिसा का बोत्तल या फुटेका बोत्तल बाट त्यस्तै बोत्तल – गिलास आदी निकाल्न सकिन्छ ।
    मेत्तल बाट साइकल अदी निर्माण गर्न सकिन्छ या अन्य मेत्तल सामाग्री निर्माण गर्न सकिन्छ ।
    ब्या ट्री बाट पनि अन्य उर्जात्मक सामाग्री बनाउन सकिन्छ ।
    यसरी काठमान्दौ को फोहर को ब्यबस्था गर्दै त्यही फोहर बाट मोहर बनाउन सकिन्छ ।
    अन्य सुझाब साथीहरु ले पनि दिनु होला ।
    धेरै धेरै धन्यवाद श्रबण जि लाई ।

  20. i agree this. i am also a student in finland .i have seen benifits of municipal wastes .from that we can make valuable electricity and a biofuel also . this can be one of the idea to decrease the unemployment rate also. i hope this government will take this idea positively and try to implement waste to energy plant soon in KTM valley atleast.

  21. Very nice thought . I am with you. contact me any time . I will help you every aspect. Thanks.

    Ram Adhikari
    Kalopul, Kathmandu
    Now wembley, London

  22. kura garne guff dine bhanda kam garne nepali ko abasyak cha hola nepal ko bikas garna ..soo kura nagaru kam garu sathi ho

  23. good idea…but we need some one (honest person)to take responsibility…i am from Australia and i am ready to help..dheri thorai jasari huncha…

  24. aphno desh sapha ra sundar vayeko sabaile herna chahanchan.tes mathi pani rojgari ra pratifal hune vayepachi tes karyema sabai le yekjut hunu yeuta nepali ko kartabye pani ho…tara yesko lagi niswartha vawana le koi aghi bardacha vane hami bidesh ma baseka haru le pani abasse sakeko arthik sahayog garnechau.tara yes kam ko lagi sarkar le vanda kunai yoggye bekti le kadam agadi chalne mero sujhab matra ho.sarkarlai vag banda launa pugne dhan rashi le yo sampurna yojana nai safal parna sakiyela ki…

  25. yes i also agree with u. if u follow we can also develop our country.

  26. यो बिचार एक्दमै राम्रो छ। यो प्रबिधी को लागि नेपाल भन्दा बाहिर भएका सबैले कम्तीमा पनि १०$ सहयोग गरेमा एस्बाट ठुलै रकम जम्मा हुन सक्छ। तेस्को उपयोग को लागि कसैलाई जिम्बेवारि दिन सकिन्छ। र स्थानिय बसिन्दा बाट पनि रकम उठाउने हो भने पैसा को कमी हुँदैन होला। नेपाल मा पैसा नभएर काम नभएको हैन । पैसा हुने सग बुद्धी छैन , बुद्धी हुने सग पैसा छैन। राम्रो काम को लागि बिदेशमा र स्वदेश मा बस्ने नेपाली जहिले पनि सहयोग गर्छन्। यो काम को लागि जिम्बेबारी लिने मान्छे को मान्छे को खाचो छ ।

    thanks
    prakash

Comments are closed.