शनिबार साहित्य: यस पटकका विजेता राज

शनिबार साहित्य अन्तर्गत दुई साताअघिको एक किशोरीले शारीरिक व्यायाम गर्दै गरेको फोटोमा लेखिएका कविताहरु मध्ये हाम्रा विभिन्न देशमा रहेका निर्णायकहरुले राजको ‘मेरो पुकार’ शीर्षकको कवितालाई उत्कृष्ट ठहर्‍याएका छन्। विजेताको कविता निकट भविष्यमा प्रकाशन हुने कविता संग्रहमा प्रकाशन गरिने हुनाले [email protected] मा सम्पर्क राख्‍नुहोला। विजेतालाई बधाई तथा सहभागी सबैलाई धन्यवाद। उत्कृष्ट कविता सुन्न भित्र आउनुहोला।

उत्कृष्ट कविता सुन्नुस्-

15 Comments

  1. गगन चुम्ने पाइला तिम्रा, गगन चुम्न सकोस्
    सदाबहार् राजको जिबन, सधैं फुल्न सकोस्
    हृदयको मेरो पुकार, सधैं बोल्न सकोस्
    अन्तर मनले यथार्थता,सधैं खोल्न सकोस्
    ****************************
    यो होलिमा मित्रताको, रङ घोल्न सकोस्
    मन भित्रको बिकर्मलाई,सधैं पोल्न सकोस्
    नेपाली भै स्वदेशको पाउ, मोल्न सकोस्
    साथीहरु सँग सधैं , मिल्न जुल्न सकोस्
    ****************************
    साहित्यमा कबिताको, बन्नु तिमी शिकारी
    बधाई दिदै बिदा हुन्छु, म बिदुर अधिकारी

  2. मेरो पनि मुरी मुरी बधाई छ राज जि लाई प्रथम हुनु भएको मा
    र सम्पूर्ण अरु कबिहरुलाई पनि शुभकामना छ
    आदर्णिय न्याधिसहरुमा पनि सलाम छ ,

  3. मेरो कबिता मन पराइदिनु भयको माँ धन्यबाद
    आगामी दिन माँ पनी यस्तै केही कोशिश गर्ने छु

  4. सुन्दर कबिता लेख्नु भएकोमा बधाई छ है राज जि तपाईंलाई ।
    निरन्तरताको शुभ कामना हिर्दय देखी नै ।

  5. कती मिठो याद यो कबिको हाम्रो समाजको बिभेद्को

  6. यो सङ्गै अब नेपालमा शिक्षाको ज्योतिले बिभेद अन्त्य गर्नु पर्छ राज जि अब
    बधाई छ कबी जि
    अनी बधाई छ निर्णयक मन्डली लाई पनि
    जहाँ पुग्दैन रबी त्यहा पुग्छ कबी
    राज पुगेको ठाउँ नेपाली हो गाउ

  7. मुटु छुने लुम्लेको हावाले ……………………
    हृदय छुने राज्को कबिताले
    बधाई छ बधाई छ बधाई छ

  8. मेरो पुकार

    गगन चुम्ने पाइला मेरा
    रोक्ने कोई छौ कि ?
    कदम चाल्दा सफ़लतामा
    छेक्ने कोई छौ कि ?
    न सम्झनु अबोध मलाई
    संकल्प छ अघी बड्ने
    नारी पुरुस भेढ्भाब यो
    टाटो यसको मैले मेटने
    मेटिदैन त्रिस्णा यसको
    न भेट्टाई लक्ष्य मेरो
    चुडाउंनेछु एक दिन मैले
    नारी पुरुस बिच को डोरो……..
    भबिश्य लाई मैले जस्तै
    सोच्ने कोई छौ कि ?
    ऋदयको मेरो पुकार
    बोल्ने कोही छौ कि ?

    राज जि कबितात मिठो पस्कनु भएछ बधाई छ तपाईंलाई, तपाईंको बिचार ले गगन चुमोस अनी तपाईंको कदम ले प्रतेक नेपालीलाई दिशा प्रदान गरोस, तपाईं हामी मिलेर यो डोरो चुडाल्नु पर्छ है ,तपाइन को पुकार लाई मैले चै आत्मसाथ गरेको छु है राज जि धन्यवाद प्रथम हुनु भएको मा अनी कलम ले बिस्राम नलियोस है ल मेरो पनि पुकार छ कलम बन्द नहोस् भन्ने । 🙂

    कबी कलम बन्छ अजम्बर
    कबिले लेख्छ सक्ती बिराटर
    डाँडा काडा सब मा ब्यप्त कबिहो
    राज हरुले बुझ्ने यही हो

Comments are closed.