शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

Nepali Women by Salokya.
यस पटक फोटोभन्दा पनि विषयमा केन्द्रित रहनुहोला। भोलि अन्तर्राष्ट्रिय नारी दिवस रहेको हुनाले यो साताको प्रतियोगितात्मक कविताहरु महिलाप्रति समर्पित गर्नुहोला। कृपया कविता बाहेकको कमेन्ट यसमा नगरिदिनुहोला। कविताको शीर्षक राख्‍न पनि नछुटाउनु होला।

37 Comments

  1. छिमेकी भाउजुको तस्बिर छापेको रहेछ , केही त लेख्न पर्‍यो । एउटा मुक्तक

    यो खुसीमा देखिन्छ बेग्लै जोस्
    खुसी सदा लाई नै बनोस्
    खुसी केवल तिम्रै होस्
    खुसीले सदा तिमीलै नै चुमोस् ।

    धन्यबाद

    शान्तराम थापामगर
    कलंकीस्थान-१४, काठमाडौं।
    ईमेल: [email protected]

  2. haasna sikchhu
    __________________________

    म पनि अब हास्न सिक्छु
    यस्तै यस्तै
    यो संसारलाई हासाउने गरी
    हो म पनि अब हास्न सिक्छु
    सबैसँग मित्रता गास्ने गरी
    नारी हुँ भन्ने म हासेर देखाउछु
    म पनी अब हास्न सिक्छु

  3. @ चाहना @
    @@@@@@@@@@@@@@@@@@@@@@@@

    राम्रो लाग्यो मलाईत
    कती प्रफुल्ल अनुहार
    माया कसाइलाई घोप्ट्याउन आतुर झैँ

    ओहो कती सालीन संसार
    यहाँ सबैमा यस्तै खुशी भोइदिए
    कती सुखी हुन्थ्यो यो संसार ?

    यहाँ सबैमा यस्तै आँखा भइदिए
    कती उमङ्ग हुन्थ्यो यो समाजमा ?
    तर पनि आहा रमाइलो छ यो हेराइ
    कती प्रफुल्ल छ त्यो फुल
    कती मिठो सुगन्ध छर्ने चाहना छ उस्मा
    हो चाहना छ उस्मा

  4. नारी आकाश हुन
    ————————————-

    नारी आकाश हुन
    खुल्ला पन नसकिने
    नारी आँखा हुन
    अध्यारोमा पनि देख्न सक्ने
    कसैले रोक्न नसक्ने

    बिहान को लाली जस्तै चम्कने
    नारी हिमाल हुन सधैं
    एक्नास्ले सिर उठाउने
    नारिको हृदय समुन्द्र भन्दापनी गहिरो छ
    अती गहिरो
    जहाँ असन्ख्य प्राणीहरु हिड्डुल गर्न सक्छन
    जहाँ कहिलेइ नसकिने संसार हुन्छ
    तेही नारी बस्ने ठाउँ हो
    तेही नारी बस्ने ठाउँ हो

    धन्यबाद
    निरु खरेल
    क्यानाडा

  5. *********************************
    ***********स्रस्टा हौ तिमी **********
    ********************************

    जगत उज्यालो बनाइ मुस्कुराउ
    नारी तिमी जीबन यो हँसाउ
    शन्ताप केही पनि देखिदैन
    नारी तिमी झै सुख भेटीदैन

    दिपै भए अध्यारोलेनी छुदैन
    नारी बिनाको पनि स्रस्टा छैन
    नारी तिमी सुन्दरता बढाउ
    हासी यसरी तिमी मुस्कुराउ

    भ्रिकुटी को झल्झल झल्को लाग्ने
    को छैन तिम्रो रुप यो निहार्ने ?
    नारी तिमी तेज ले सक्तिसाली
    धर्तीसरी आनन झुल्ने बाली

    तिम्रो त्यो काख कती मोलबान ?
    यि मानब खेल्दछन त्यहाँ तमाम
    त्यो दुग्ध धारा गरी पान आज
    खुशी सबै छन धरमा बिराज

    तिम्रो यो रुप नबुझी कति ति
    आँखा नभए सरी देख्दैनन ति
    त्यो बक्षस्थल कती छ बिशाल ?
    रित्तिन्न पिए पनि कल्प कल्प

    बगिरहने दुग्ध सदैब धारा
    प्रकिती झुक्ने देखी लक्ष्य सारा
    मुहान कहिले पनि सुक्ने हैन
    हृदय नाप्ने पनि कोही हुँदैन

    नारी तिमी बुद्वत्त्व झारी देउ
    नेपाललाई तिमी सिङ्गारी देउ
    तिमी सङ्ग सक्ती छ बहुत भारी
    नेपाल तिम्रो भरमा छ नारी

    आकाश भन्दा पनी छौ बिशाल
    यो धर्ती जस्तै मन त्यो बिशाल
    प्रणाम मेरो तिमीलाई पहिले
    छौ पूजनिय तिमी नारी जहिले
    ************************

  6. अनगिन्ती झमेलाको देशमा म खुशी छु र त
    सारा कुरा बिर्सिएर दिल खोली हाँस्छु म त

  7. कती निस्चल हासो
    ———————–
    शायद पूर्णता छ उनिमा,
    शायद निस्चल छ उन्को मन,
    छैन जस्तो छ कुनै पिर उनिलाई,
    नारी पूर्णताको प्रतिक हुन उनी

    हेर कुनै कपट छैन मुहारमा,
    छैन कुनै छली खाने बानी
    खुशी छिन् जे छ आफ्नो मा
    सोउन्दर्य कि उनी हुन रानी

    अहा कती राम्रो टिका निधरमा
    झलक्क झल्कियको,
    नाकमा फुली र कानका टप,
    टलक्क टल्कियो

    चोउबन्दीमा सजियकी उनी
    पूर्ण नेपाली देखिन्छिन
    आनन्दको त्यो मन तिन्को
    साह्रै प्रफुल्ल देखिन्छिन

    हाँस्दै जाउ ए नेपाली नारी
    निरन्तरता पाइ रहोस्
    निस्चल ति मुहारमा
    बेदनको छिट्को नपरोस

    आसिर्बाद दिनसकुन
    हासी खुशी रही रहुन भनी
    तेस्ताइ निस्चल हासो
    फैलियर जावोस नेपाल भरी

    तेस्ताइ निस्चल हासो
    फैलियर जावोस नेपाल भरी

  8. आमा,दिदी ,बहिनी, भाउजु,छोरी वा भन्नुहोस् मलाई बुहारी
    म सबैलाई दिन सक्छु सित्तल छहारि
    जस्तो सुकै कठिन् पिडा र दु:ख सहेर
    बाँच्न सक्छु यसरी नै हाँसेर ।

  9. मेरो खुशी -मेरै परिभासा

    न चिन्ता चटारो ,न कही पुग्न हतारो,
    प्रफुल्ल प्रसन्न, म छु आफु दँग,
    आमा परे म, सन्तान दुई छन,
    ख्वाउ ,पकाउ ,मेरा दिन बित्छन।
    श्रीमती म फेरि,घर हेर चाह,
    पति कै जय होस् ,छैन अरु चाह ,
    सासु ससुरा पनि ब्रिध भा का,
    अशल् बुहारी भनी एही आका ,
    दिनै भरी यो त्यो ,काम्मा म ब्य्स्त ,
    मेरो स्वोर्ग एही, मलाई प्रसस्त।
    परिचय खोइ त? भनी कोही सोद्छन,
    म माइली बुहारी , आमा हुँ दुइकी ।

    दिबस मनाउ भनी पोहोर जादा ,
    भ्याइ नभ्याइ ,घर काम आधा,
    कति कति भाषाणै सुनियो,
    कति कति जुलुसै गई यो ,
    हरे आज फेरी कुरा उही छन,
    यो देख्दा र सुन्दा हासो पो छुट्छान ,
    म माइली बुहारी , आमा हुँ दुई कि ,
    परिचय मेरो एही नै प्रसस्त ,
    न चिन्ता चटारो, न कही पुग्न हतारो,
    प्रफुल्ल प्रसन्न ,म छु आफु दंग ।

  10. absolutely beautiful smile and beautiful picture. no wonder they used to call Nepalese once the happiest of all in the world.

  11. ************* नारी जाती ************************

    धर्ती हुन कि नारी जाती,
    कुल्चे पनि सही दिने

    सधैं पवित्र छ हृदय उनको
    गंगा सारी बहिदिने

    चोट छ हजारौं छातीमा
    तर पनि मुस्कुराउँछे

    उसको सितलतमा
    अग्नी पनि निदाउँछे

    उसको कोमलताले
    पत्थर पनि गलाउँछ

    कसैको जलेको हृदय
    उसैको यादले बहलाउँछ

    उराठ लाग्ने फाँटहरु
    उसैको परीषम् लहलाउँछ

    उसको मधुर बोलीले
    कोइली पनि लोलाउँछ

    कर्तब्यमानै सधैं
    उसका हातहरु सल्बलाउँछ

    बिहानीको किरण सरी
    जीवनमा लाली पोखिदिने

    सागर स री आँसु का धारा
    परेली मा रोकी दिने

    न त घमन्ड छ उसमा
    न त रिस राग छ

    सबै को भलो चाहने
    उसको अनुराग छ

    रुदारुदै आफु थाके पनि
    चाहन्छे अरु लाई हसाउँन

    घोर अप्ठरोमा आफुलाई परेर पनि
    चाहन्छे अरु लाई बाचाउँन

    ममता को मुर्ती हो कि
    सभ्यता कि खानी

    परोपकार र कर्तब्य नै
    उसको हो जिन्दगानी ।।

    ——————–
    कृष्ण कुमारी पौडेल
    डालस,टेक्सस,अमेरिका
    [email protected]

  12. आमा
    भोगेन ‘एक्ले’
    खोटाङ दिक्तेल ( हाल- हङकङ )
    त्यसै त ढाक्न खोज्दैन ऊ आकाश
    तिमी उसै पल्टिदिन्छौ पराजित
    जो धस्छौ गर्वले विजयीझैँ त्यो सिन्दूर
    त्यही हुन तिम्रा हारका प्रतीक

    ठान्छौ खुब सजिएको पोते र चुराहरुमा
    तिनै तिमीलाई बाँध्ने छद्म नेल
    जुन सुम्सुम्याउँछौ संधै चार दिवार
    त्यही तिमी थुनिएको अघोषित जेल

    त्यसैले आमा,
    नधस सिन्दूर सधवा पहिचानको
    विधवाको चिनोस्वरुप पुछ्नु पर्छ भने
    नभिर चुराहरु नगाँस पोते कसैको नामको
    त्यसैमा तिमी बाँधिनु पर्छ भने
    नटाल तिमी ती भित्ताहरु अरुको
    जीवन त्यहीँ कूँज्याउनु पर्छ भने

    बरु अब,
    हिंड ठम्-ठम् बिनाकुनै संकोच
    उतारेर सबै ती कुसंस्कारका बोक्राहरु
    निस्क बाहिर फोरेर संकिर्णताका पर्खाल
    बोकेर सभ्य नवसंस्कारका झोलाहरु

    सत्य, सत्य आमा
    तिम्रो त्यो सेतो रगतको कसम
    यदि आकाश डढ्दा
    धर्ती उजाडिनु पर्छ भने
    म धर्ती पुत्र
    आकाशको नाममा
    कहिल्यै टाउको खौरन्न
    तिमीले पनि वस्त्र नफेर्नु ।

  13. आजको बिहान हाँस्दछ
    —————

    हातका भाग्यरेखाहरु
    श्रीजनशिलतामा उभिएका प्रत्येक साँझ
    उनी भित्रका हाँसोहरु
    मानव बगरको किनार तिर छरिन्छन् ।
    भाग्योदयका भग्नावशेष सँग
    सृस्‍टिको सौम्यता सँगालिएपछी
    उनीसँग आजको दिन पनि हाँस्दछ । ।

    कौवानिको डाँडाबाट अस्ताएको जुन
    उनको न्यायोचित सँस्कार सँग लजाउछ,
    मानबिय उथ्थापन खाँतिर मलासतिर बाट
    एक हुल रानीचरी आकाशीएपछी
    उनीसँग आजको साँझ पनि हाँस्दछ । ।

    हामी कलम बोक्छौ, गीतका चित्र कोर्छौ
    कर्यानी उनको वास्तविकतासँग बिलाउँछ
    बिरोधावासको खोल्साहरुमा
    उनको सौम्यताको हाँसो
    आजको रातमा ज्योति ल्याउँछ
    जितका पाइताला पुर्वको लालिमा बनी आएपछी
    उनिसँग आजको बिहान पनि हाँस्दछ । ।

    बलदेव भट्ट
    सिङ्गापुर
    [email protected]

  14. मेरो हाँसो को मुल्य कती
    म हाँस्छु म गाउँछु कस्लाई के चासो
    जेसुकै गरौ म मेरो आफ्नै हो हाँसो
    तिमी भन्छौ भने म के हाँस्न पनि छोडु
    देब्रे गाडी जाँदा इस्त्रिङ्ग दाहिने तिर मोडु

    हरेक इच्छा अनी चाहना दबायेर राखे
    भित्र पानी नचुहोस् भनेर देउता भाके
    आज कहाँ गये मेरा सपना हरु !
    के तिमी दिनसक्छौ मेरा लुटिएका खुशीहरु

  15. तस्बिर कि महिला
    अर्का को कविता माइ
    संसारडट्कम् मा किन
    फरक फरक नाम म आएको होला भनेर हासेकि
    नारी दिवस किन साल म एक पटक मात्र
    मनैने हो भनेर हासेकी
    सधै यस्तै हाँसो हासी रहन पाये कस्तो होला
    भनेर हेर्न लाई दिल खोलेर हासेकी
    हासेर बाच बचेँर हास भनेर हासेकी
    this is not a poem,this is great grand poem of Poem. after 10 years poem will be like this. haseko picture dhekhe haseko bhnne world matrai aune kya
    Sudarshan Dhital

  16. तिमी

    तिमी हास्दा फूल लाई
    काउकुती लाग्छ रे
    बैसालु यौवनको
    मात चढछ रे
    सुटुक्क मलाई भन्दै थियो
    यसै गरी नाच्न भन्नू
    सधै भरी हास्न भन्नू

    तिमी रूदा
    बाढी पहिरो गयो रे
    मनका सबै फोहोरो मैला
    बगाई लग्यो रे
    आशुले पनि भन्दै थियो
    कहिले काही रुन भन्नू
    मनको पीर धुन भन्नू

    तिमी गुन गुनाउदा
    चराहरू गाउछन रे
    बिहान उठी हिमाल
    पनि मुसुक्क हास्छ रे
    रात भरिको सपना
    संगालेर मिर्मिरेमा
    पातलाई शीतले म्वाई खादा
    जूनि जूनिको माया
    बिहान भरि पातमा टल्किरहन्छ रे
    शीतको समर्पण ले
    पातमा नौलो उमग छाउछ रे
    हेर त मैले जस्तै
    नया जीवन पाउछ रे

  17. bandi kati rakhchau hashi rakhnne jindagi namori bache feri betalala mori gaya sorga bata patra lekhula hai mayalo. agilo coment ma gallty bahecha sorry

  18. bandi rakhyo bangagagi hashi rakhnne jindagi namori bache feri betalala mori gaya sorga bata patra lekhula hai mayalo.

  19. हास्न न आए पनि हास्ने कोशीश गरेकी छु ।
    अरुलाई किन रुवाउने आँफै हासेकी छु ।।
    यो पिडा मलाई मात्र थाहा छ् देख्नेलाई छैन।
    आजभन्दा भोली झन बढ्दै छ् घटने त नामै छैन ।।
    तैपनी काधमा लिएकी छु बन्दुक हान्ने छु ज्यानमारा लाई ।
    पक्कै पनि त्यो दिन देख्नेछ प्रचन्डले के हुदोरहेछ हत्यरालाई ।।

  20. ” उन्मुक्त हासो ! ”
    ——————–
    मह झै गुलियो मिठो
    उन्मुक्त हासो हास्न
    सबैलाई इच्छ्या हुन्छ
    कती सुन्दर है ? उन्मुक्त हासो !
    आधा आकाश ढाकेका नारिहरु
    सबैले यसरी नै गुलियो हासो हासी दिए !
    कती सुन्दर हुन्थियो होला संसार !
    तर यर्थात हरु बेग्लाई छ
    यहाँ पुरुष दिबश छैन
    मा त्र नारी दिबश छ
    ” नारी दिबश ” !
    किन अाबश्यक पर्‍यो यो दिबश ? !
    यर्थात हाम्रो सामु छर्लङ्ग छ
    तिलस्मी लछ्य्मण रेखा भित्र
    सत्य युग देखी आज सम्म का नारी
    कैद छन सुरक्षा कबज मा
    जो घेरा काट्दैन्न ति सिता बन्छन
    जो घेरा काट्छन ति पतित बन्छन
    ओहो ! लछ्यमण रेखा ! त्यो तिलस्मी जादु !
    कहिले मुक्ती पाउने हामीले ? !
    पुरुष लाई त्यो बन्धन छैन
    नारिलाई मात्रै किन ?!
    त्य्सैले
    हामीले हाम्राइ मन बाट
    हाम्राइ मस्तिस्क बाट
    हामी आँफैले नै
    त्यो तिलस्मी रेखालाई जुन दिन मेट्टाउछौ
    त्यो दिन देखी हामीलाई
    नारी दिबश मनाउने जरुरत हुँदैन
    उन्मुक्त हासो हास्ने रहर
    रहरमा मा त्र सिमित रहदैन ।
    हाम्रो कानून ले त्यो तिलस्मी रेखा मेट्टाउन
    मद्घत गर्ला त ? !
    कहिले आउँला हामी हाम्राइ नाममा उभिने दिन ?!
    फलाना को छोरी
    फलानाको बुहारी
    फलानाको श्रीमती
    यो फलानाको आबरण हटाएर
    कहिले हामी हाम्राइ आबरण मा सजिने ?!
    नारी दिबश !
    खुल्ला मन्च मा भाषाण !
    त्यो ड कार !
    सब तुस हुन ! मा त्र तुस !
    यस्तै छ साथी ! हाम्रो उन्मुक्त हासो हास्ने रहर !
    मेटाइ देउ तिलस्मी रेखा ! पि ई देउ जहर ।

  21. कबिता

    तिमी

    तिमी हास्दा फूल लाई
    काउकुती लाग्छ रे
    बैसालु यौवनको
    मात चढछ रे
    सुटुक्क मलाई भन्दै थियो
    यसै गरी नाच्न भन्नू
    सधै भरी हास्न भन्नू

    तिमी रूदा
    बाढी पहिरो गयो रे
    मनका सबै फोहोरो मैला
    बगाई लग्यो रे
    आशुले पनि भन्दै थियो
    कहिले काही रुन भन्नू
    मनको पीर धुन भन्नू

    तिमी गुन गुनाउदा
    चराहरू गाउछन रे
    बिहान उठी हिमाल
    पनि मुसुक्क हास्छ रे
    रात भरिको सपना
    संगालेर मिर्मिरेमा
    पातलाई शीतले म्वाई खादा
    जूनि जूनिको माया
    बिहान भरि पातमा टल्किरहन्छ रे
    शीतको समर्पण ले
    पातमा नौलो उमग छाउछ रे
    हेर त मैले जस्तै
    नया जीवन पाउछ रे

    पुष्पा शर्मा

    न्यू योर्क

  22. ************
    अर्काको कविता जस्ताको तस्तै चोरेर राखेको हुनाले तपाईँलाई कालो सूचिमा राखी तपाईँको कमेन्ट block गरिएको छ।

  23. *********** नारी *************

    सृस्‍टिकी धारा प्रकृति रुपा, धर्तीकि जुहार
    दु:खमा पनि पारेर बस्छिन, हँसिलो मुहार
    नारीको हक अस्तित्व खोज्न, धर्तिमा बांचेकी
    पुरुष भन्दा के कम छौं नारी, भनेर हाँसेकी
    @@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
    विश्वका आधा आकाश ढाकी,बसेका नारीले
    अझैनी पिडित् भएर बस्नु,पर्या छ चेलीले
    नारीको मुक्ती गराउन भनी,जिबन साँचेकी
    भ्रिकुटी जस्तै चम्क है नारी,भनेर हाँसेकी
    @@@@@@@@@@@@@@@@@@@@@@@@@@@
    पुरुष प्रधान् समस्त विश्व, नारीको क्रन्दन
    खोज्दैनन् बुझ्न लगाउन खोज्छन्, नारीलाई बन्धन
    पुरुषको बसमा परेर दिन् रात,संकट काटेकी
    लुकाइ पिडा स्वर्णिम स्वप्ना,बोकेर हाँसेकी
    @@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
    बर्षमा एक दिन मनाउछन् सब्ले,यो नारी दिबस
    नारामा मात्र अधिकार् हुँदा, नारी छन् बिबश
    निधारमा टिका कपाल भने, छैनन् है बाटेकी
    आउनेछ पक्कै नारीको मुक्ती,भनेर हाँसेकी
    @@@@@@@@@@@@@@@@@@@@@@@@@@@@

  24. ********
    अर्काको कविता जस्ताको तस्तै चोरेको हुनाले तपाईँलाई कालोसूचिमा राखी तपाईँको कमेन्टलाई block गरिएको छ।

  25. Women are APSARA
    To run the socety
    Your contribution is enormous
    But still society is not consume
    If we like to improve the family or society
    Women is main key
    We should respect women
    Wife and husband are one coin of two shapes
    Peace and security is the main agenda of Nepal
    Government should give secure for people
    We respect and support for women
    They are all in all in society

  26. “नारी तिमी पृथ्वी ” (शिर्सक )
    नारी तिमी पृथ्वी हौ ,
    सबै कुरा , हासी दिन्छ्यौ ,
    जसरी पृथ्वीले सहेकि छन सबै कुरा अनि हासिरहेकी छन ,
    कोही रिसाउलान् ,कोही गाली गर्लान् ,
    कोही आरोप लगाउलान ,कोही आन्दोलन नै गर्लान् ,
    तर तिमी सबै सहेर हासिरहंन्छ्यौ ,
    कतिले भन्लान् तिमीलाई नारी कम्जोर हून्छन ,
    कसले देख्छ तिम्रो यो साहस् ,निर्धक्क तिमी हसिरहेछयौ ?
    बाद् प्रतिबाद् गर्ने को के नै कमी छ र यहाँ ?
    आरोप प्रत्यारोप गर्ने को के नै कमी छ र यहाँ ?
    अर्कामा दोश थुपार्ने को के नै कमी छ र यहाँ ?
    तर पनि तिमी हासिदिन्छ्यौ ,
    तिमीलाई न त भूत को चिन्ता छ ,न त भविश्यको ,
    तिमी बर्तमान् मा हुन्छ्यौ सदा मुस्कुराइदिन्छ्यौ ,
    सुख र आनन्द छ त बर्तमान मै छ ,
    साहस् र जोश छ त बर्तमान बाटै आउछ ,
    तिम्रो मुस्कानमा जोश छ ,आश छ ,
    खुशी छ ,आनन्द छ ,तिमी मुस्काइ राख ,
    तिमी सबै कुरा सहिराख ,किन कि नारी तिमी पृथ्वी हौ ,
    नारी तिमी शक्ती हौ ,साहश हौ ,
    तिमी पृथ्वी हौ ,सबै कुरा सहेर पनि सबैलाई साहारा दिन्छ्यौ ,

  27. A Woman’s Last World

    I.

    Let’s contend no more, Love,
    Strive nor weep:
    All be as before, Love,
    —Only sleep!

    II.

    What so wild as words are?
    I and thou
    In debate, as birds are,
    Hawk on bough!

    III.

    See the creature stalking
    While we speak!
    Hush and hide the talking,
    Cheek on cheek!

    IV.

    What so false as truth is,
    False to thee?
    Where the serpent’s tooth is
    Shun the tree—

    V.

    Where the apple reddens
    Never pry—
    Lest we lose our Edens,
    Eve and I.

    VI.

    Be a god and hold me
    With a charm!
    Be a man and fold me
    With thine arm!

    VII.

    Teach me, only teach, Love
    As I ought
    I will speak thy speech, Love,
    Think thy thought—

    VIII.

    Meet, if thou require it,
    Both demands,
    Laying flesh and spirit
    In thy hands.

    IX.

    That shall be to-morrow
    Not to-night:
    I must bury sorrow
    Out of sight:

    X

    —Must a little weep, Love,
    (Foolish me!)
    And so fall asleep, Love,
    Loved by thee.

  28. म हासी रहने छु यसै गरी

    म हासी रहेछु,हासी रहने छु एसै गरी,
    दु:ख मा अनी सुखमा,
    मिलन मा अनी बिछोडमा,
    आउँलान आशु त कुनै घडी,
    पुछेर तिन्लाई हतपती,
    म हसी रहने छु यसै गरी!

    कोही भन्छ नारी कम्जोर,
    तुरुन्तै रोइ दिन्छे,
    कोही भन्छन मन बाधेर,
    जस्तै पनि सहीदिन्छे!
    होलान म मा दुबै गुण तैपनी,
    म हासी रहने छु यसै गरी!

    देबीको दर्जा पनि पाए मैले,
    बोक्सिको सास्ती पनि खाए मैले,
    पतिता पनि मै,पतिब्रता पनि मै,
    नारी का हरेक रुप आँफै भित्र अटाएर,
    जस-अपजस जे पाए पनि,
    म हासी रहने छु यसै गरी!

    हो कहिले कही दिवस मनाउनु पर्छ,
    हरेक नाता र कर्तब्य निभाउनु पर्छ,
    अन्यायमा लडेपनी,स्नेह सगै छर्नु पर्छ,
    बुझेका छौ,के हौ हामी,गर्नु के पर्छ,
    ईतिहासका नारीलाई सम्झी,मन मेरो जुर्मुराउदा,
    म हासी रहेछु,हासी रहने छु यसै गरि!!

Comments are closed.