शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्‍नुस्


यो साता फुटबल विजेता नेपाली टोली र राष्ट्रियताप्रति समर्पित यो फोटोका आधारमा कविता लेख्‍नुहोला। कविता बाहेक अरु कमेन्ट यसमा नगरिदिनुहोला। कवितासँगै शीर्षक पनि राख्‍न नभुल्नुहोला।

12 Comments

  1. आउ साथी जित मनाउन

    आउ साथी हाम्रो ,तिम्रै ,जित मनाउन,
    आफ्नै देश को सान हाम्रो, गीत बनाउन ,
    बेमेल का कथा अब ,प्रित बनाउन,
    फुटेउ धेरै अब जुट्ने, रित बनाउन।

    आउसाथी एही देश को हित बनाउन ,
    नेपाली सब एक अर्का कै मित बनाउन ,
    चन्द्र सुर्य झन्डा एउटै ,शान बनाउन ,
    फुटे पनि जुट्न जान्ने ,मान बनाउन ।

    आउ साथी तेरो मेरो स्वार्थ हटाउन ,
    सुस्ता देखी कोशी सम्म प्रित बढाउन,
    मात्र एउटै नेपाली त्यो जात बनाउन,
    देश ,मधेस ,जात भात भेद हटाउन ।

    आउ साथी खुशी भइ जित मनाउन ,
    हातेमालो गरौ अब ,प्रित बढाउन,
    देश लाई गौरब मा माथि उठाउन ,
    तिमी हामी मिली सबै देश बनाउन।

  2. ***********अब जीत यो थीर रहला*****************
    *****************************************

    जितै को उत्सब्को बिजय घडीको आश खुशीको
    बुन्यो मन्ले राम्रो तरङ्ग मनमा गजबको
    हेरिरहुँ लाग्ने नेपाली सुखको आनन कला
    देखी रहुँ मैले जीत अब नेपाली सुख पला

    उतै हेर्छन आँखाहरु सब पनि आश गरदै
    खुशी छन ति सारा नयनहरु ति ज्योति भरदै
    उमङ्गको हात पनि उठिगो त्यो झन्डा सहितै
    देखी रहुँ मैले अभय नेपाली सान सहितै

    कती राम्रो लाग्ने जुनेली पनि यो रात भरिलो
    कती मात लाग्ने हृदयभरिनै जोश भरिलो
    केही होला यहाँ नेपाली भुमी यो शान्त रहला
    देखी रहुँ यस्तै उत्सब, अब जीत थीर रहला

    आकाश को खुलापन पनि यहाँ सिर बनिगो
    आदित्यको ज्योति पनि नवता को बल भयो
    भुमी हासिन् फेरी नेपाली मनमा देखी खुशी यो
    देखी रहुँ यस्तै बिजय नेपाली जगतको

    चरी ले गायो कि बन बन नयाँ गीत खुशीको ?
    हावा ले ल्यायोकी जल बोकी नयाँ भेट सुखको ?
    कहीँ आए जस्तो युग पनि नयाँ आगन बनी
    म देख्छु कि यस्तै युग युग खुशी को घडी यहीँ ?

    हेरी रहन्छौ नि तन मन पनि दियी एक टकले
    तिमी नाच्दै छौ नि बोकिकन यो नेपाल खुशीले
    यो झन्डानै तिम्रो हृदय पनि हो कि जसो गरी
    तिमी नाच्दै छौ नि नेपाल पनि लेख्दै मनभरी

    यो जीत साच्चै नै नेपाली जगत बीच फुलिगो
    मेरो लागि यही अमर गती को नेत्र बनिगो
    खुशी पाल यस्तै नेपाली जितमा जोस भरदै
    खुशी देख्न पाउँ फेरिपनी नयाँ कीर्ति सहितै
    ****************************
    ****************************

  3. ***********अब जीत यो थीर रहला*****************
    *****************************************

    जितै को उत्सब्को बिजय घडीको आश खुशीको
    बुन्यो मन्ले राम्रो तरङ्ग मनमा गजबको
    हेरिरहुँ लाग्ने नेपाली सुखको आनन कला
    देखी रहुँ मैले जीत अब नेपाली सुख पला

    उतै हेर्छन आँखाहरु सब पनि आश गरदै
    खुशी छन ति सारा नयनहरु ति ज्योति भरदै
    उमङ्गको हात पनि उठिगो त्यो झन्डा सहितै
    देखी रहुँ मैले अभय नेपाली सान सहितै

    कती राम्रो लाग्ने जुनेली पनि यो रात भरिलो
    कती मात लाग्ने हृदयभरिनै जोश भरिलो
    केही होला यहाँ नेपाली भुमी यो शान्त रहला
    देखी रहुँ यस्तै उत्सब, अब जीत थीर रहला

    आकाश को खुलापन पनि यहाँ सिर बनिगो
    आदित्यको ज्योति पनि नवता को बल भयो
    भुमी हासिन् फेरी नेपाली मनमा देखी खुशी यो
    देखी रहुँ यस्तै बिजय नेपाली जगतको

    चरी ले गायो कि बन बन नयाँ गीत खुशीको ?
    हावा ले ल्यायोकी जल बोकी नयाँ भेट सुखको ?
    कहीँ आए जस्तो युग पनि नयाँ आगन बनी
    म देख्छु कि यस्तै युग युग खुशी को घडी यहीँ ?

    हेरी रहन्छौ नि तन मन पनि दियी एक टकले
    तिमी नाच्दै छौ नि बोकिकन यो नेपाल खुशीले
    यो झन्डानै तिम्रो हृदय पनि हो कि जसो गरी
    तिमी नाच्दै छौ नि नेपाल पनि लेख्दै मनभरी

    यो जीत साच्चै नै नेपाली जगत बीच फुलिगो
    मेरो लागि यही अमर गती को नेत्र बनिगो
    खुशी पाल यस्तै नेपाली जितमा जोस भरदै
    खुशी देख्न पाउँ फेरिपनी नयाँ कीर्ति सहितै
    ******************************

  4. नेपालबाद जिन्दाबाद

    रन्गशालामा प्रफुल्लित मनहरु झै,
    सारा नेपालभरि
    अशान्त र गरिबि अनि
    अराजकता र कुशासनको बिरुद्द
    बिजय पाउन सके
    प्रातकालिन हिमाल झै
    मुस्कुराउथ्यो होला नेपाल ।
    जाति र धर्मको बन्धन बिर्सिेएर
    स्वार्थि सिद्धान्तको खास्टो फ्यालेर
    चारतारे र हसिया हथौडाको सट्टा
    चन्द्र र सुर्य फहरियेको दिन
    हाक्पारे र सालैजोमा रमाएको पहाड झै
    मारुनि नाच्थ्यो होला नेपाल ।।
    खेलले शुरुवात गरेको नेपालको जित
    रन्गशालामा देखियेको उमङगको बिज
    हिमाल पहाड र मधेशमा छर्न सके
    सुर्यास्तमा लालिमा चढेको तराई झै
    यौबना बन्थ्यो होला नया नेपाल ।।।
    फुटबलको राष्ट्रिय टिमले झै
    हामि पनि
    जात धर्म र भुगोलको
    सन्कुचित घेराबाट निक्लिीएर
    सम्पुर्ण बाद बिर्सिदै नेपालबाद अङ्गाल्न सके,
    रङ्गशालामा झै नेपालि मन सङ्गाल्न सके,
    पक्कै पनि हाम्रो नेपाल
    सतिको श्रापबाट मुक्त हुन्थ्यो होला,
    नया नेपाल बन्थ्यो होला ।।।।

  5. जित्
    म नेपलि हु त जित मेरो नै हो.
    म हार्दिन कहिलेपनि तेसैले नेपलि हो म…
    आखिर किन सधै अपहेलना मात्र नेपलिहरुलई
    के नेपलि बन्न सक्दैनन सबैका आखाका तारा
    चाहिन्न कसैको साहरा यदि भए एक इसारा

  6. मेरो इतिहास

    मेरो इतिहास,
    बीरहरुको बिरताको इतिहास थियो
    बलिदानका कथाहरुको इतिहास थियो
    त्याग र समर्पणका गाथाहरुको इतिहास थियो
    जिउदा र जाग्दाहरुको इतिहास थियो
    अखंड जितहरुको इतहास थियो
    जितै जितको इतिहास थियो

    अहा! मेरो इतिहास!
    कति गौरबमय थियो
    कति शुन्दर थियो
    कति महान थियो
    कहिल्यै नझुक्ने सागरमाथा जस्तै दृढ, उच्च र अटल थियो

    तर मेरो इतिहास,
    सधै त उठी रहेन
    केही समय देखि सुती रह्यो पनि
    इतिहासका कालखण्डहरुमा सुती दियो पनि
    कहिले शुस्तहरुमा सुस्ताई दियो
    कहिले कालापानीहरुमा अस्ताइ दियो
    कहिले सुगौली संधि बनेर निहुरी दियो
    कहिले राणाहरुको शासन बनी सुती दियो
    कहिले राजा महाराजहरुको कलह भित्र अलमली दियो

    मेरो इतिहास,
    अब फेरी तिमी उठ्नु पर्छ
    इतिहासका कडिहरु जोड्नु पर्छ
    जनऊभार बनी उठ्नु पर्छ
    रास्ट्रीय एकता र अखंडको ज्योति बालेर उठ्नु पर्छ
    बिकासका मुहानहरु भई फुट्नु पर्छ
    रास्ट्र निर्माणको महाभियान भई जुट्नु पर्छ
    नौरंगी इन्द्रेणी जस्तै डांफे चरीको रंगहरुमा रंगिनु पर्छ
    लाली गुराँस बनेर पाखा पाखा भरी फुल्नु पर्छ
    किसानका बालीहरुमा,
    खेतका आलिहरुमा सबै सबै तिर फुल्नु पर्छ
    गुमेको पहिचान फर्काउदै
    जितै जितको कर्तिमान बनेर उठ्नु पर्छ

  7. पाँच हाईकुहरु –
    ____________

    खुशी छल्केको
    एक हूल मनमा
    चन्द्र र सुर्य । १
    ———
    त्यो अँगालोमा
    चन्द्र सुर्य देखियो
    अनन्त हर्ष । २
    ———
    फेरी बल्झियो
    म टाढा भए पनि
    आमाको माया । ३
    ———-
    आशा आँखामा
    कसैले उघार्दैछ
    नीलो आकाश । ४
    ———
    अझै उचाल
    आकाश छुनै लाग्यो
    राष्ट्रिय झण्डा । ५

  8. “देशको सफलता मा हातेमालो”

    आउ एक पटक रत्नपार्कं जाऔ
    आउ एक पटक खुलामन्च जाऔ
    सफलता चुमेका खुसियाली हेर्न
    रत्नपार्कं जाऔ!

    जित केवल बन्दूक को मात्र हुन्न,
    जित केवल भाषड र नारा बाजी को मात्र हुन्न
    यहात जीत पौरख को पोखियेछ
    यहात जीत युद्ध को होइन
    यहात जीत कर्मको पोखिएछ

    त्यसैले,
    त्यसैले,
    आउ एक पटक रत्नपार्कं जाऔ
    आउ एक पटक खुलामन्च जाऔ
    सफलता चुमेका खुसियाली हेर्न
    रत्नपार्कं जाऔ!

    धेरै पटक सागरमाथा रोएको देखें
    धेरै पटक आमाका काख हरु रित्तीऐको देखें
    भाग्य लुटियेका बालकहरुका अनुत्तरित प्रश्न हरु देखें
    युद्ध हारेको देश को अनुहार देखे

    तर आज,
    तर आज,
    आउ एक पटक रत्नपार्कं जाऔ
    आउ एक पटक खुलामन्च जाऔ
    सफलता चुमेका खुसियाली हेर्न
    रत्नपार्कं जाऔ!

    नजन्मिये पछि बुद्ध अर्को
    नसप्रिये पछि भाग्य हाम्रो
    नबल्झिये पछि आस अर्को
    अनायास,
    तिम्रो जीत मा मेरो मन दौडियेछ
    तिम्रो पौरख मा मेरो बुद्ध रामायेछ

    त्यसैले आऊ,
    आउ एक पटक रत्नपार्कं जाऔ
    आउ एक पटक खुलामन्च जाऔ
    सफलता चुमेका खुसियाली हेर्न
    रत्नपार्कं जाऔ!

    तिम्रो जीतले,
    तिम्रो जीतले,
    आज देश मा सित पलाएको छ
    चीरा चीरा परेको देशमा अलीकती त्राण जन्मिएको छ
    उल्लासको भीड़ ले
    संसार भर उत्साह जन्माएको छ

    त्यसैले होला,
    त्यसैले होला,
    भाग्य लुटिका नारिहरू कुनकुना बाट दौदिएका छन
    पिठुमा बालक बोक्दै आमाहरू भिड मा होमियेका छन,
    युद्ध बाट नाथाकेका युबाहरू खुसियाली मा दौदिएका छन

    त्यसैले आऊ,
    त्यसैले आऊ,
    आउ एक पटक रत्नपार्कं जाऔ
    आउ एक पटक खुलामन्च जाऔ
    सफलता चुमेका खुसियाली हेर्न
    रत्नपार्कं जाऔ!

  9. “रोकिन्न शान हाम्रो पनि ”

    नाम हाम्रो वीर गोर्खाली भनी ,
    चन्द्र र सूर्य अन्कित झन्डा पनि ,
    गर्व छ हामीलाई नेपाल आमाका सन्तान बनी ,
    नेपाल आमाको आशिसले रोकिन्न शान हाम्रो पनि !
    **********************************
    देखाउनु थियो कर्म ,खेलकै मैदान भए पनि ,
    खेल्नु थियो फरक खेल ,जुन नेपाली बनी ,
    राख्नु थियो नेपाल आमाको नाम ,एक सपुत बनी ,
    फहरायौ हाम्रो झन्डा ,रोकिन्न शान हाम्रो पनि !!
    **********************************
    कसम खाएका थियौ , झुक्दैनौ हामी भनी ,
    बुझेर अर्थ ,चन्द्र र सूर्यको पनि ,
    बाचा गरेका थियौ ,यो देशको शान कस्तो हुनेछ भनी ,
    जब सम्म रहनेछ चन्द्र र सूर्य ,रोकिन्न शान हाम्रो पनि !!!
    ******************************************
    हातमा हात मिलाउन सक्छौ हामी पनि ,
    काधमा काध दिन सक्छौ हामी पनि ,
    राष्ट्र र राष्ट्रियता को माया अनि , आमाको रिन तिर्न पनि ,
    फहरायौ हाम्रो झन्डा ,रोकिन्न शान हाम्रो पनि !!!!
    *******************************************

  10. हजार सूर्योदयको बिहानी !!
    _______________________

    रातो चन्द्र र सूर्य आकाशमा रहून्जेल
    जितका रेखा कोर्ने हाम्रो चलन
    नालापानी देखि रंगशाला सम्म जीवित छ !
    रक्तिम उमंग आजको साँझ
    उनिहरु माझ चेतनाको दियो बाली आउछ
    बसन्तको बिहान जित को लहर बोकि उचलिन्छ !!

    एकताको सपना बिभाजित रात संग
    स्वाधीनताको खोजी गर्न थालेपछि
    हाम्रो युबा रगत आजको साँझ
    जितको संगीत बोकि बेजोड़ उर्लिन्छ !!

    अध्यारा बस्तीका कान्लामाथी
    हजार सूर्योदय भएको बिहान
    उल्लासित गोरखालीहरु उर्लापात हुन्छन् !
    जितका गीत बोकि यौवना बिधवाको
    सिन्दुरे जात्रामा हाम्रो मन पनि
    हर्सोल्लासका नदिहरूसंग एकाकार बग्दछ !!

    कोही मध्य यूरोप, कोही मध्य एशिया बाट
    सृजनात्मक कोसेली बोकि आजको रात
    चन्द्रमा माथि चढी रंगशाला तीर ओर्लन्छौ !
    पुस्तौदेखिको शालीनताको धरोहर उचाली
    आजको दिन चेतनाको सागरमा डुबुल्की मार्छौ
    एकताको मैदानमा सेता परेवा उडाऊछौं !!

    बलदेव भट्ट
    सिंगापुर
    [email protected]

  11. मेरो गौरब
    ………………………

    सधै देश हारी रहेको बेला जितको खबर सुन्दा
    मेरो शिर गौरबले एक इंच माथी उठी रहदा
    छाती चौडा भई मुट्ठी कसिरहदा
    देशमारा,जनमाराहरुले अध्यारो मुख लगाउदा
    देशको शान नेपालीको मान मेरो झंडा फर्फराइरहदा
    खुसीले मेरा खुट्टा आकाश चूमी रहदा
    मेरा साथी जोसले चिचाउदै आकासः घन्काइरहदा
    देशमारा,जनमारा लुसुक्क कुना पसेको देख्दा
    हासो अनी खुसी एक साथ नाची नाची आए
    मेरा हारेका उमंग फेरी ब्युती ब्युती आए
    यसै गरी मेरो देशले सधै जितेको खबर सुनिरहन पाए
    देशमारा,जनमारा कुना पसेको हेर्न पाए मेरो देश
    साचै माथी उठने थियो मेरो गौरब सधै माथी उठने थियो

  12. ” चन्द्र सूर्य फहरियो शानले ”
    ______________________
    चन्द्र सूर्य फहरियो शानले
    युबा जोश लहरियो इज्जत मानले
    रोम रोम ढक्क फूल्यो
    सबको मन आनन्दले झूल्यो ।
    °
    सबै नेपाली एक साथ
    अहा! सबको उचो मा थ
    उर्जा छर्दै सुगन्धित सौरभ
    राष्ट्रका यि हुन गहना गौरब ।
    °
    सबको मन मस्त दाङग
    रातो लाली गुरास झन्डाको रङ्ग
    झन्डा उचाल्दै देश उचाल्ने
    धन्य ! धन्य ! त्यो उमङ्ग ।
    °
    पूर्व मेची देखी पश्चिम महाकाली
    मिलिजुली सबै नेपाली
    बिजय को गीत घन्काउ यस् पाली
    एक साथ बजाउ मिलेर ताली ।

Comments are closed.