-जय/सिड्नी-
दृश्य १
“रामशरण यता हेर त!”
“हजुर सर?”
“यो के गरेको तिमीले? हेर त्यहाँ फूल ओइलाइरहेको छ, कतै बोटहरु नै भाँचिएको छ। आजभोलि तिम्रो ध्यान कता हुन्छ हँ? यसपालि त व्यापार डामाडोल नै होला जस्तो छ।”
“सर मलजल त बेलैमा हालिराखेको छु। हिजो राति हावाहुरी चलेको थियो। सत्यानास नै पारेछ।”
“तिमीलाई थाहा छ, मैले काठमाडौंको यो अमूल्य जग्गामा किन फूल रोपेको? यो जग्गाको माटोको टुक्राको मात्र हिसाब गर्ने हो भने केकको टुक्रा भन्दा महँगो छ। यो जग्गामा गुलाफको रूपमा हीरा फलाउने सपना देखेको छु मैले। तर यो यस्तो हीरा हो जसलाई राम्रो हेरचाह गरेर, सपारेर, बेलामा टिपेर बजारमा लग्न सकिएन भने हीरा होइन कोइलाको भाउ पनि हुँदैन यो गुलाफको। म यहाँ आफै हेरचाह गर्न आउन नभ्याउने भएकोले त तिम्रो जिम्मा दिएको। अब तिमी नै भन, तिम्रो विश्वाश गरेर तिमीलाई यो बगैँचा हेरविचार गर्न तलब दिएको के काम?”
“कुरा तलबको मात्र होइन सर। यी फूलहरुसँग मेरो आफ्नै किसिमको लगाव भइसक्यो। यही मेरो घर हो र यी फूलहरु मलाई आफ्नै सन्तान जस्तो प्यारो भएको छ। तर मैले बुझ्न सकेको छैन, किन हो यी गुलाफको फूलहरु त्यति सप्रिन सकेको छैन यसपालि।”
“याद गर नि! मलाई फूलको गुणस्तरमा सम्झौता गर्न मन छैन। बजारमा हाम्रो फूल नै सर्वोत्कृष्ट बन्नुपर्छ, अरु कुरा मलाई थाहा छैन। बरु केही चिज नपुगेको छ भने भन।”
“हवस् सर!”
दृश्य २
“रमेश! तिमीलाई थाहा छ आज म कति खुशी छु? मैले सोचेको पनि थिइनँ आज ‘भ्यालेन्टाइन डे’को दिन तिमी मेरो निम्तो स्वीकारेर यहाँसम्म मलाई भेट्न आउछौ भनेर। यो लिऊ मेरो मायाको चिनोस्वरूप सानो उपहार तिमीलाई।”
“आहा, कति राम्रो रातो गुलाफको गुच्छा! अनी यो औँठी पनि निकै महँगो जस्तो देखिन्छ। रेश्मा! बिन्ती मलाई यति धेरै ऋणी नबनाऊ।”
“रमेश! म सम्पूर्ण रूपमा तिम्रो भइसकेकी छु। अब म र मेरो हरेक चिज हाम्रो हो, त्यसैले ऋणी भन्ने त कुरै आउँदैन। म चुँडिएर तिम्रो सामु आएकी छु, पाउले कुल्चिए पनि शिरमा सजाए पनि अब म तिम्रो नै हुँ।”
“यसरी आवेगमा नआऊ। तिमीले मलाई कलेजमा मात्र चिनेकी छौ। तिमीलाई थाहा छैन होला, मेरो यो संसारमा सबै भन्नु नै मेरो बुवा हो। तिम्रो र मेरो पारिवारिक स्तरमा कोशौँ लामो अन्तर छ। मेरो संसारमा तिमी अटाउन गार्हो छ। म तिम्रो लायक छैन।”
“तिम्रो यस्तै कुराले त झन मलाई तिम्रो बनाउँछ नि। कति माया गर्छौ है तिमी आफ्नो बुवालाई?”
“यो गुलाफ जुन तिमीले मलाई दिएकी छौ, कसैले कल्पना पनि गरेको हुँदैन कि कसैको कति मेहनत लागेको होला, कति हेरचाह गर्यो होला यसलाई यति सपार्न। मेरो बुवा यस्तै फूलहरुको हेरचाह गर्ने माली हो।”
“रमेश! तिमीलाई मन परेन यो उपहार? बरु मैले कृत्रिम गुलाफ ल्याउनु पर्ने हगि? त्यसको आयु पनि लामो हुन्थ्यो, तर यो गुलाफ त एक-दुई दिनमा ओइलिएर जानेछ। सुन्दर चिजको आयु किन यति छोटो हुने होला। हामीले नकिनिदिने हो भने पनि यी सुन्दर कलिला फूलहरु टिपेर बजारमा ल्याउन कमि हुने थियो होला नि। मेरो बाबाले पनि यस्तै फूलहरुको ब्यापार गर्न कता हो एउटा सानो फूलको बगैँचा पनि बनाउनु भएको छ रे। कति स्वप्निल होला त्यो ठाउँ।”
दृश्य ३
पूज्य बाबा,
आज यो चिट्ठी पढेर तपाईंलाई ठेस पुग्ने कुरामा सचेत हुँदाहुँदै पनि लेख्न बाध्य भएकी छु। मैले रमेशसँग जिन्दगी बिताउने निर्णय गरेकी छु र आज उसैसित जाँदैछु। हजुरहरुको न्यानो माया र आशीर्वाद लिएर रमेशसँग जिन्दगी बिताउन पाउने मेरो सपना कहिल्यै पूरा हुन पाएन। मेरो यो सम्बन्ध तपाईंलाई कहिल्यै स्वीकार्य भएन। जुन दिनदेखि मेरो र रमेशको सम्बन्धको बारेमा थाहा पाउनु भयो, न त तपाईंले ‘आफ्नो एउटा तुच्छ कामदारको छोरासित मेरो विवाह कदापि हुन नदिने’ ढिपी छोड्नसक्नुभयो, न त म रमेश बिना बाँच्न नै सक्छु। त्यसैले मैले यो निर्णय गरेकी हुँ।
बाबा, तपाईं आफ्नो व्यापारमा सफल त हुनुभयो तर मैले सँधै एउटा कमि महशुश गरें, तपाईंको मायाको छहारीको। खेल्न मन लाग्दा राम्रो भन्दा राम्रो खेलौना ल्याएर दिनुभयो तर तपाईंले मलाई खेलाएको अहिलेसम्म थाहा छैन। आफ्नो हातले खुवाएको, कहीँ घुमाउन लगेको त्यो पनि थाहा छैन। खाना बनाउनको लागि, लुगा धुनको लागि, सरसफाइ गर्नको लागि घरमा कामदारहरु थिए, तर मलाई तपाईं मेरो आफ्नै पनि अभिभावक भन्दा मालिक ज्यादा लाग्दै गयो। र त आज यो विडम्बना आयो, अझ पनि मलाई हजुरसँग आफ्नो हकको कुरामा बोल्न पनि डर लाग्छ। तपाईंले न त कहिल्यै मेरो आवश्यकता बुझ्नु भयो, न त बुझाउन खोज्दा बुझ्ने कोशिस नै गर्नु भयो। यति व्यस्त हुनुभयो कि आफ्नै घरमा बेवास्ता र निरसताले मुर्छाउन लागेको फूलमा तपाईंको ध्यान कहिल्यै गएन।
रमेशको केही दोष छैन। अहिलेसम्म उसले मलाई कुनै हानी पुर्याएको छैन। म आँफै नै उसप्रति आकर्षित छु, भगवानको अगाडि कुनै भक्तले अर्पण गरेको पुष्प जस्तै म उसप्रति समर्पित भएकी छु। उसले मलाई जिन्दगीभर माया गर्नेछ, उसले मेरो दु:ख हेर्न नै सक्तैन, यो मेरो विश्वाश हो। जबदेखि मैले उसलाई भेटें, मेरो सबै कमी पूरा भएको महशुस भयो। मरुभूमिमा कुवा भेटिए जस्तो भयो, चिसो र निर्मल पानी भएको कुवा जसको एक अन्जुली पानीले पनि सम्पूर्ण तिर्खा तृप्त गरिदिन्छ अनी शितलता दिन्छ। यदि तपाईं मेरो खुशी चाहनुहुन्छ भने म रमेशसँग जति खुशी छु त्यो अरु कोहीसँग हुन सक्तिन। फरक यति छ कि तपाईंको फक्रिएको गुलाफ बजारमा लग्दा राम्रो मोल पाउनुहुन्छ, तर ममाथि गर्नुभएको लगानीको बदला केही पाउनु भएन।
तपाईंकी छोरी
रेश्मा
समाप्त
कथा राम्रो लाग्यो । कथाको अन्त्य मा गज्जबको स्बाद छ ।
Imagination on usual line. Utopian. It happens rarely in real life.
khasai utkrista chhaina taipani suruwat yasarinai hunchha keep it continue, ani arko kura aphno feeling lai kapima utarne kura tyati sajilo pani hudaina hunata alik sudharko khancho chha. best of luck
Very Interesting story.
thanks
pahile ko tapaiko katha padheko bani ,ahile ta thikai lagyo,alik namilai paskie jasto.subject matter ta ramro ho,feelings haru alik nabune jasto.
khai yo padera kasto kasto po lago ho…. sathi ho…, akela
intresting 6.
ramro nai chha, kosis thakai ho, sabai garib keta harulai reshma jastai keti milema ramro hunthyo………
“baal natak” ho bhane dherai nai ramro chha hai!!
Sorry, don’t be angry. I can’t stop my feelings inside me, am straight forward.
4/5 class ko student lai ramro katha hunchha.
lekhnai parne vayara lekhe jasto la…
Yo katha apuro lagyo malai. Jayjika aru katha jati stariya hunthe testo chahi lagena hai malai. Na risaunuhos la!
kasai ko lagi hira, kasai ko lagi kira……….hoina ta!!
resma ko baba le jastai aru ka babale nagarun