शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्‍नुस्

यो हप्ताका लागि चुनौतिका रुपमा यो फोटो-

यी फोटो मैले पशुपतिमा खिचेको थिएँ। कृपया कविताका साथमा शीर्षक पनि राख्‍न नभुल्नुहोला। कविता बाहेक अरु कमेन्ट यसमा नगरिदिनुहोला।


12 Comments

  1. sabailai sadhai jabarjasti kavi bhanayara pani sadhya hunchha ra………………

    improve my sansar urself otherwise user is declining day by day

  2. परेवा

    परेवा प्रेम का जोडी ,प्रेम हामी सिकाउछौ ,
    आफ्नै जिबन मा मस्त ,पाठ एही देखाउछौ ,

    सन्तुस्टी जिन्दगी को ,प्रेम मा बाचि हेर ,
    जितेर के लियोउ खै ,तेरो मेरो भनेर,

    चरा बनेर तै पनि ,शान्ति गीत सुनाउछौ ,
    आकाश मा उडी फेरी, प्रेम मा नै हराउछौ ,

    सिक मानब तिम्ले ,प्रेम गर्न सबै लाई ,
    बन्नेछ संसार राम्रो ,प्रेम को फुल फुलाई,

    छोडेर रिस राग ,सान्ती दिप जलाउ ,
    परेवा प्रेम को रुप ,जिन्दगी त्यो बनाउ ।

  3. युगल जोडी

    रसिक छ्न यि युगल जोडी, शान्ति का प्रतिक
    प्रेमले मगन भएर कस्तो बसेका नजिक ।

    सृस्‍टिका फुल क्या राम्रो सँग रमेर फुलेका
    सास्वत सत्य उजागर गर्दै प्रेम ले झुलेका ।

    दुई जोडी आँखा आपसमा जुदाई स्पन्दन जोडेर
    अनन्त सम्म यसरी बाँचौ रिस राग छोडेर ।

    युगौ देखी पवित्रता को उदाहरण बनेर
    रचेका होलान शान्तिका गीत मनमा गमेर ।

    हुनत होला त्यो मन भरी बेदना सागर
    भनेका होलान यो ज्यान मास्ने कार्य मानबले नगर ।

    परेवा हामी शान्तिका दुत शान्ति ले बाँच्न देउ
    सौरब भरी स्वतन्त्र भई हामी लाई हाँस्न देउ ।

    कञ्चन पौडेल,
    टेक्सक्स अमेरिका

  4. ” फर्किएको खुशी ”
    ———————————
    है पियारी !
    गोली र वारुदमा रुमल्लिएको वेला
    तिमी र म,
    शान्ति फर्काउन
    सँगै उडेका हैनौ ?

    तिनीहरुका मन कुँडिएको समय!
    भाईचाराको नारा भुलेको दशक
    दानवताको विचार मौलाएको वखत
    शान्त मैदान रणभूमी वनेको क्षण
    हिजो झै लागिरहेछ साथी !

    शान्ति!
    नफर्किने गरी
    पोईलागई भन्नेहरु
    जिव्रो टोक्दैछन् आज !
    गौतमवुद्धको देशलाई
    मारकाटको देश भनेर
    गिल्ला गर्नेहरु
    फर्किदैको शान्ति देखेर
    छट्पटाईरहेछन् !

    है पियार !
    गुणहरुवाट लखेटिएको
    मुटुमा छुरा डविएको
    अपहरण र कुद्रिष्टि मौलाएको
    वाझ र शिकारीहरुसँग जुधेको
    हिजो झै लागिरहेछ !
    धन्न यो भूमीमा
    तिम्रो र हाम्रो पुकारले
    फेरीपनि शान्तिको ध्वनी
    गुन्जिनै लागेको छ।

    युद्दको धङधङी वाकी नै भएपनि
    हल्काफूल्का घटना घटेतापनि
    जानुपर्छ नाच्न, दोहोरी खेल्न
    पहिलेका रोदिघरहरुमा ।
    रम्नुपर्छ आफ्नै घर आँगनीमा
    अतितका प्रतिशोधहरु विर्षिएर ।
    भुलाउनुपर्छ विगतका पिडाहरु
    भाईचाराको गीत गाएर ।
    वसिरहन्छ तव पो
    आउँदै गरेको शान्ती
    युगौ युग सम्म
    आफ्नै मात्रीभूमीमा !

    काले!
    मेरा पियार!
    किन लजाउँछौ हो अझै?
    मुस्काईदेउन उसैगरि,
    जसरी मुस्काउथ्यौ उवेला ।
    मर्काईदेउन कम्मर उसैगरि,
    जसरी मर्काउथ्यौ उवेला ।
    गाऔन गीत उसैगरी,
    जसरी गाउँथ्यौं उवेला ।
    देउ तिम्रो चुच्चो !
    लेउ मेरो चुच्चो !
    लौ भन त,
    पहिलो पल्ट,
    तिम्रो र मेरो आँखा
    जुधेको कुन ठाउँ ?

    काली!
    मेरी पियारी !
    उही पशुपतिमा
    धन्य पशुपति !
    आज फेरी
    शान्तिका साथ
    उही गुडँमा फर्केर
    उही आँगनीमा रम्दै
    मेरी पियारीसंग
    मिलाउँदैछु चुच्चो
    असफल वैरीहरुलाई,
    गिज्याउँदै र खवरदारी गर्दै !!
    असफल वैरीहरुलाई,
    गिज्याउँदै र खवरदारी गर्दै !!
    ———————————

  5.  शालीन प्रेम र परेवाहरू 

    प्रकृतिका शालीन सिमाहरू नाघेर
    कुल्चदैनन् परेवाहरूले सभ्यताका मानक
    कसले भन्नसक्छ परेवाहरूको राष्ट्रियता हुँदैन
    एक पेट चारो खाज्दै नौडाँडा काटेर गए पनि
    परेवाहरूले बिसिदैनन् आफ्नो वस्तीको माटो

    परेवाले कब्जा गर्दैनन् अर्काको आकास
    र खसाल्दैनन् जमिनमा प्रलयकारी विस्फोटनहरू
    बन्दुकका आतङ्कले सन्त्रस्त्र वस्तीमा पनि
    हरेक बिहान परेवाहरूले
    निर्भय गाउन सक्छन् निरन्तर
    जागरणका कलात्मक गीतहरू

    उभिन्डा चमेराहरूलाई पनि
    रातको समर्थन गरेको आरोपमा
    वाँच्नमा प्रतिवन्ध लगाउँदैनन् परेवाहरूले
    हल्लाउँदै आफ्नो सानो पूच्छर
    ‘क्याटवाक’ गर्दैनन् र्‍याम्पमा परेवाहरू

    सायद लेख्न वाँकी छ
    सहश्र यी सेता परेवाहरूको गौरवशाली इतिहास
    यी परेवाहरू पनि मान्छेहरु जस्तै अनविज्ञ होलान्
    भ्रमित हिनतावोध बोकेर आफ्नो मौलिक इतिहाससँग

    मान्छेले पढेका स्वतन्त्रताका ठेलीहरू भन्दा
    गर्विला छन् परेवाहरूका शालीन प्रेम र सौदर्य चेतना
    मान्छेले पढ्न बाँकी प्रेम र शान्तिका
    यी जीबन्त सन्दर्भ सामग्रीहरू

  6. निश्‍चल प्रेम

    कुनै खोट देख्‍दिन म
    तिम्रो यो निश्‍चल प्रेममा
    गहिरो अनि गाढा
    माया छ पवित्र भावमा ।

    म ब्या‍कुल छु,
    तिम्रो निश्‍चल प्रेमको
    म प्‍यासी छु,
    तिम्रो स्‍वच्‍छ मायाको

    साच्‍चै म त मान्‍छे हँु,
    तर तिम्रो प्रेमसँग दाजिन्‍न सक्‍दिन
    सबै मान्‍छेहरु प्रेम स्‍खलित भईसके
    ऊ बन्‍दूकसँग साईनो गासेर,
    बम र बारुदसँग प्रित लगाउन सिकाउ छ।
    भाईभाईमा लडाएर सुन्‍दर भविष्‍यको कोर्रा कल्‍पना गर्छ ।

    जेहोस्,
    मेरो सम्‍वोधन सधै,
    तिम्रो जीवन्‍त निश्‍छल प्रेमको
    मेरो सलाम सधै,
    तिम्रो स्‍वच्‍छ प्रेम दर्शनको ।

  7. “मिलन”

    उडेँ आज हजार कोश तटमा, फर्के बिहानि तिर
    आयेथे नभमा समुन्द्र तटमा, तन्द्रा उनैका तिर

    आइ भुर्र उडि नजरमा, देखे उनि कोशिला
    बाचा मेरो टुटेन मनका, बातै गरौँ जोशिला

    दर्शन देउ प्रिये ह्रिदयका, बाचा जिवन साथिका
    आउ प्यार गरे ललाट पुरिमा, ईच्छा रचेँ भक्तिका

    तिम्रो आगमनले मिठास छरियो, बास्ना चले हर्हरि
    देउ प्रिये मलाई बसन्त पदचाप, बादल झरि सर्सरि

    गर्ज्यो मेघ आज शरिरमा, शस्ट्रा बगे जोशिला
    प्यारि शोच निश्चल ममता,शन्का नहोस शिल्शिला

    छोपे ऑख बडे दुइ कदम, मिलन थिऍ भावका
    देखे ऑशु प्यारिका नजरमा, झुके ति शिर लाजका

  8. “शान्तीको सन्देश ”

    एक एक तान्द्रा बोकेर बनाउछन घर आफ्नो ,
    जन्माउछन् बचेरा ,बटुल्छन आहारा ,
    एक छ्यणको हुरिले उडाइदिन्छ सारा ,
    कठै बिचरा तिन्को कोही हुन्न सहारा ,
    तै पनि जुट्छन परिश्रममा ,जोगाउछन परिवार आफ्नो !
    ***************************************
    फेरि अर्को रूखमा सर्छन् ,बनाउन गूड् आफ्नो ,
    केही समय पाउछन् मौका ,हुर्काउछन सन्तान प्यारा ,
    भोलि फेरि एउटा दुस्ट निस्क्न्छ साप बनेर ,
    झम्टन्छ बचेरा माथि ,कत्ती हुन्न त्यस्मा दया ,
    होमीयर बरु आँफै ,जोगाउछन ति बचेरा !!
    **********************************
    हुर्काउछन् ति बचेँरा ,अब देखाउछन् तिन्लाई आफ्नो बाटो,
    स्वाबलम्बी बन भनी सिकाएर पाठ ,गाउछन गीत शान्तिको ,
    कठै बरा !फेरी अर्को दुस्ट निस्कन्छ ,भताभुङग पारीदीन्छ ,
    तैपनि मान्दैनन् हार जोडीले ,फैलाउछन पँख आफ्नो ,
    सुरु गर्छन् खुशीनै भई ,,फैलाउछन सन्देश शान्तिको !!!
    ***************************************
    कठै बरा हामी मनुस्य ,कहा छ धैर्य हाम्रो ,
    कहाँ छ सहन्सिलता हाम्रो ,के सक्छौ हामी सिकाउन ??
    के दिन सक्छौ हामी सन्देश ,के सक्छौ अर्ती लिन?
    कति खेर गाउने गीत हामीले ,सधैं छ मात्र सिकायत !!
    कसरी बाट्ने खुशी हामीले ,जसरी सक्छन् परेवाका जोडीले !!!!

  9. कुटिल संसारमा
    सौहार्द सोचेकैले
    द्वेषभाव नखोपी
    मित्रता रोपेकैले
    सबै माझ-
    उपमा छाउँछन् परेवा
    शान्ति-गीत गाउँछन् परेवा।

  10. “परेवा जोड़ी ”

    स्वछन्द भई आकाशमा हावा मिठो सुसाउँदै
    बाज आई झम्टीन्छ की संकेतले बचाउँदै।
    मंदिरको अन्नदाना मिठो मानी पचाउँदै,
    बाँच्छन् हाम्रा धरोहरमाँ शान्ति गीत रचाउँदै ।

    बढाई प्रीतको डोरी चुच्चो चुच्चो समाउँछ,
    प्रणयको प्रतिक बनी मान्छे बिच रमाउँछ।
    माकाघुरा माकाघुरा भाका मिठो सुनाउँछ,
    पालौं माया श्रद्दाले शान्ति सदा बचाउँछ।

  11. “रक्षा शान्तिको प्रतिक”

    नित्यनन्दको आगमन संगै कलीला परेबाका मुनाहरु
    पलाइरखेका छन आफ्नु बंश लाई सन्तुलन राख्न
    बगैचामा मुस्काइरहेका छन फुलहरु।
    यस बंश लाई सु-सुज्जित पार्न
    बगैचामा हजारौ चराहरु नाची रहेका छन।
    परेबा बंशको सु-कार्यको स्वागत गर्न
    भमरा र पुतली झै डुलिरहेका छन
    बंश बिकास सफल पार्न सधैं अघी सरेका छन।

  12. नमूना
    —–
    पछुतो भुलेर
    प्रहर काटेकैले
    बेदना बिर्सेर
    बिन्दास बाँचेकैले
    सबै माझ-
    नमूना बन्छन् परेवा
    प्रशंसा गन्छन् परेवा।
    **
    जिन्दगी विधामा
    नौरस नापेकैले
    हर रात, बिहानी
    ममता साँटेकैले
    सबै माझ-
    गन्तव्य बन्छन् परेवा
    नजर रोक्छन् परेवा।
    **
    अमर त्यो जोडीको
    वैशिष्ट्य भरेकैले
    फक्रँदो यौवनको
    कान्ति त्यो छरेकैले
    सबै माझ-
    नमूना बन्छन् परेवा
    कामना शान्तिको गर्छन् परेवा।
    **
    रीस त्यो रोकेर
    रसमा नाचेकैले
    ईर्ष्या त्यो छोपेर
    सौम्यता साँटेकैले
    सबै माझ-
    मायामा छाउँछन् परेवा
    मृदु गीत गाउँछन् परेवा।
    **
    कुटिल संसारमा
    सौहार्द सोचेकैले
    द्वेषभाव नखोपी
    मित्रता रोपेकैले
    सबै माझ-
    उपमा छाउँछन् परेवा
    शान्ति-गीत गाउँछन् परेवा।
    ** **

Comments are closed.