म दिलबहादुर लिम्बु

किराँती भोगेन एक्ले

(१७ मार्च २००९ का दिन हङकङको होमान्तिनमा प्रहरीको गोलीबाट एक नेपाली दिलबहादुर लिम्बुको मृत्यु भयो। क्यान्टोनिज भाषामा प्रहरीले दिएको चेतावनी नबुझेकै कारण उनलाई गोली हानिएको त्यहाँका मानवअधिकारवादी संस्थाहरुले बताएका छन्। लिम्बुलाई श्रद्धाञ्जलीस्वरुप यो कविता)

हजुर म दिलबहादुर लिम्बु
जिन्दगीदेखि आजित
खुल्ला आकाशमुनि ओतिएको म
आज शिकार भएको छु एउटा सनकी सिपाहीको

यो सम्पतिले पुरिएको सहरमा
सयौँ तले खण्डहरहरुको घुइँचोभित्र
मेरोलागि खाली मात्र म अटाउने
एउटा छिँडी नमिल्दा
हजारौँ रित्तो महलहरुको खिसीट्युरीदेखि दूर
एकलासको एकान्तमा लुकेको म
आज शिकार भएको छु एउटा आततायी शिकारीको



के थियो मेरो त्यस्तो बिराम्
यो समाजमा उभ्याउन नसकेर आफूलाई भागेको म
यो समाजबाट अर्घेलो भई खेदिएको म
कसको लागि त्यत्रो खतरा बनेँ
र मेरो खप्परमा सजाय गोली लेखियो

के म दिनदहाडै सहरमा गर्जने ताइलो थिएँ ?
कि शरीरमा बारुद भरेर निस्किएको आत्माघाती थिएँ हँ ?
मैले लिखासिङहरुको घरबारी खरबारी लुटेको थिइनँ
न मैले अराजकता नै फैलाएको थिएँ यो मुलुकमा

होला, बिराएँ हुँला केही
एउटा नाबालकले ओछ्यान मुतेजस्तो
नपाएर साथीभाइको जस्तो खेलौना
हिनताबोधले तडपिएको बेला
तमासा मच्याएँ हुँला उफ्रिएर

यत्तिकैमा गुमाएर होस
ठोकेर मेरो निधारमा गोली
उतार्नु मिल्थ्यो त रिस अभिभावकले ?

मेरो रगतको रङ्ग पनि उस्तै त थियो
उसकै जस्ता थिए होलान् सपनाहरु पनि धेरै
मेरो तस्वीर सिरानीमा राखेर सुत्‍ने पत्‍नी
बाबा कुरेर बसेका बचेराहरु
म फर्की आउने बाटो हेर्ने धमिला आँखाहरु
उस्तै त थिए मेरा पनि उसको जस्तै

खै त मानवता ?

खै त यो सभ्य समाजको
सभ्य तालिमप्राप्त विवेक ?

थुप्रै सपनाहरु किन्न निस्किएको म परदेश
यो जाली समयले आज उल्टै मलाई बेची दिएपछि
जीवनलाई बगाउन नसकेर अरु धेर
किनारा लाग्दा एकाछेउ
यो मान्छेहरुको सहरमा
म एउटा मान्छे
मान्छे हुनुको पहिचान हराएर
अमान्छे बाँचेको बेला
ममा मान्छे खोज्दै मलाई
एउटा मान्छेले नै निलेको छ आज
ठूलो माछाले सानो माछा निले जस्तो स्वात्तै

महिनौँदेखि भोक र शोकले गलेको ज्यान
बाउँठिसकेका हात गोडाहरुमा के थियो र पाइन
एउटा हट्टाकट्टा सिपाहीलाई लतार्ने
के थियो र त्यस्तो शक्ति ममा
र ऊ सुरियो मेरो निधारमा गोली दाग्न

होसियार

ऐ हेनेन्सी रोडबासी मोहमद आलम
सामसोइपो पार्कबासी अपो,लोयम र स्युख्यङहरु
आकाशे पुलमुनि ओतिइ हिँड्ने मेरा सजातिहरु
यो माउसुलीहरुको स्वर्णद्वार
पुतलीहरुको पासो
यो कालो माकुरी जालोले
भोलि तिम्रो पनि परिचय माग्न सक्छ
तिम्रो पनि थातबास खोज्न सक्छ
र त्यो बेला
नरन्कनु तिमी आफ्नो परिचय हराएको झोँकमा
नभन्नु उसलाई आफू बेवारिसे, बेघरबार भएको सत्य
नत्र उसले आफ्नो बहादुरी देखाउन सक्छ
मलाई जस्तै निधारमा तिमीलाई पनि गोली ठोक्न सक्छ

ड्याङ, ड्याङ, ड्याङ ।

25 Comments

  1. jasari dil bhadur mariyo ek jana nirdosh manasik santulan eauta rogi jasalai sabai herchar ko awasyakta thiyo usle tyas ko laagi kehi sanghrasha garnu napaundai eauta vayankar hatya vayo.kina vayo?marne ko vanda pahille marne hatyara police ko naam out garni paryo front page head line ma hatyar vani lekhinu paryo.yo police ko kunai atma rakchya ko laagi chalayeko goli hainna video ma herda police kudne ra vagne lai bato khulla pani chha farki farki manasik tanab khapiraheko manche nirmama tarika le kutpit gari goli chalayera hatya gareko dekhincha.yas ko birudha ma nepali samaj le nepali sangha sanstha le chito chito vandha chito hatyara lai sarbajanik gari karbahi ko maag pura garnu paryo.yas ghatana lai selaunu dinu vayena.natra nepali hk manab adhikarbadi nepali sangha santha hk nepal midea mili yo ghatana lai tulyaunu vayena,ra jo kohi nepali hkbasi hunuhuncha yas ko charko awaz uthaunu paryo ,sabai ek joot hunu paryo.natra voli dil bhadur jasto ma dil parsad dil man dil kumar deuman jasta sabai daju vai haru hk ma sikar banna pugchaun.

  2. स्रादांजलि दिने मित्रहरुले औपचारिकता निभायेकै हो अर्काको मेसेज हुबहू कपी गरेर, जेहोस पाखंडी त्यों हंगकंगे पुलिस लाई हदै सम्मको कारबाही गरिनु पर्छ, अर्काको देशमा कति काम गर्ने? अब नेपाल फर्केर राज्य चलाउनु पर्छ मित्रहरु.

  3. मृत्‍यु ले सबैलाई दु खि बनाएको छ!म्रितक को आत्माको चिर शन्तिको कामना गर्दछु।
    अनी परिवारजनमा शहने शक्ती उनै दयालु भगवानले प्रदान गरुन।

    तर अलिकती के थपन मन लाग्यो भने नि!यो सुन्दर जिबन हामीले पाएको छउु,यस्लाई यतिकै खेर नफालौ।
    जिबन को के भरोशा! आज छ!!भोली हुन्छ! हुन्न!! तेसैले आज लाई जिउनुहोस् आफ्नो लागि अनी अरुको लागि।
    हामीले देखेको अनी सुनेको छउ यहाँ Hong Kong मा धेरै युवा-युवती हरु छन जो नराम्रओ कुलतमा लागेर आफ्नो अंुल्य जिबन नाश गरी रहेको छन।यस्को पारिणाम यो 17th March को घटना हो।अबका दिनमा हामीले फेरी कसैलाई पनि नगुमौ।
    Hangma Limbuni

  4. सत्ता मोहा को लोभ मा आमा बेचना छिमेकी गुहारना हुन्च भने
    मा बेचियेको लॉस मर्दा कस्लाई के पो भो येहा

  5. साह्रै दु:ख लाग्यो। म्रित अत्मको चिर शन्तिको कामना। तर यस्त दर्दनक घटनाले हाम्रा राक्षस नेताहरु को मन पग्लिन्न किनकी तिनीहरु मान्छेको रगत पिएर नै बाचेका छन ति राक्षस हरुलाई नमरिकन नेपाली हरुले यस्तै गरी मरिरहनु पर्छ मरी रहेकै त छन देस भित्र या बहिर

  6. म लाई मारिएको यो मेरो लॉस हैना सन्देश हो
    गलती ले मारिए को हैना जरुरी बनेको थियो
    जब मेरा साथी संगी आफ्नै मुलुक मा गरीबी र लडाई ले मरीना हुन्च भने
    म बिदेश मा कुक्कुर सरी मरीनू के ठुलो कुरो भो

    सत्ता मोहा को लोभ मा आमा बेचना छिमेकी गुहारना हुन्च भने
    मा बेचियेको लॉस मर्दा कस्लाई के पो भो येहा

    म लाई मारिएको यो मेरो लॉस हैना सन्देश हो
    गलती ले मारिए को हैना जरुरी बनेको थियो

    sorry if m wrong,,,,,,,,,

  7. म लाई मारिएको यो मेरो लॉस हैना सन्देश हो
    गलती ले मारिए को हैना जरुरी बनेको थियो
    जब मेरा साथी संगी आफ्नै मुलुक मा गरीबी र लडाई ले मरीना हुन्च भने
    म बिदेश मा कुक्कुर सरी मरीनू के ठुलो कुरो भो

    सत्ता मोहा को लोभ मा आमा बेचना छिमेकी गुहारना हुन्च भने
    मा बेचियेको लॉस मर्दा कस्लाई के पो भो येहा

    म लाई मारिएको यो मेरो लॉस हैना सन्देश हो
    गलती ले मारिए को हैना जरुरी बनेको थियो
    sorry if m wrong,,,

  8. दु:खद घटना !जस्लाई परेको छ उस्लाई सहन सार्है गार्हो हुन्छ !धैर्य धारण् गर्ने शक्ती मिलोस त्यो परिवारमा !

  9. Sorry to hear this sad news. My heart, soul and support to the deceased’s family. And thank you for thses heart touching words.

  10. दाजु,
    हजुरको शब्दले साह्रै मन छोयो, रोयो ।

  11. साह्रै दु:ख लाग्दो घट्ना,
    म्रीतकको चिरआत्माको शन्तिको कामना गर्दै, सोकशन्तप्त परिवारप्रती धैर्यधारणा गर्न सक्ने शक्त्ती इश्वरले प्रदान गरुन, हार्दिक श्रदन्जली ।
    JEEVAN KUNG KUNWAR
    ( pokhara 16 batulechour)
    Austria Vienna

  12. We demand for the strict punishment to autocrat Hong Kong Police. There should be free and fair trial and culprit should be brought to legal action!

    Heartfel condolence to bereaved family!

  13. Aba Police le ID magda khuruka lagera ID diyeko bhaye ke nai hunthyo ra? Aba Cantonese ma bolepani Police laai usle English ma cool bhayera narisaikana bhaneko bhayeta bikaal ma marnu pardaina thiyo.
    Ke garnu hamro Nepali saathiharu Hong Kong hos ya Nepal ma hos, taati haalnu parcha ani kaha huncha ta? Je bhayo aba bhayo, feri Hong Kong ma pani Nepalma jastai julus nikaalne hola ani feri kun chahiko taukoma goli padkine ho.

    Laal Salaam!

  14. साह्रै दु:ख लाग्दो घट्ना,
    म्रीतकको चिरआत्माको शन्तिको कामना गर्दै, सोकशन्तप्त परिवारप्रती धैर्यधारणा गर्न सक्ने शक्त्ती इश्वरले प्रदान गरुन, हार्दिक श्रदन्जली ।

  15. साह्रै दु:ख लाग्दो घट्न सुन्नु पर्‍यो, जे भये पनि म्रीत्वको चिरआत्माको कामना गर्दै, सोकशन्तप्त परिवारएे प्रती धैर्यधारणा गर्न सक्ने शक्त्ती इश्वरले प्रदान गर्नु भनी हामी सबैले श्रदन्जली अर्पण गर्नु पर्दछ ।

  16. My heartfelt condolences to the bereaved family. May the departed soul rest in peace.

    The way the event turned out clearly indicates that the situation had been handled inappropriately. I am unable to ascertain that the victim had weapon and was using it to attack the police. It is not acceptable if police resort to bullets to bring down a recalcitrant person without weapon or arms of any sort. Whether this is a breach of law, I don’t know but the concerned authorities must act accordingly to avoid such tragedies in future. The Nepali community in HK needs to raise awareness on security among our brethren in HK so that HK becomes a safer place to live and work for them.

  17. साह्रै दु:ख लाग्दो घट्ना,
    म्रीतकको चिरआत्माको शन्तिको कामना गर्दै, सोकशन्तप्त परिवारप्रती धैर्यधारणा गर्न सक्ने शक्त्ती इश्वरले प्रदान गरुन, हार्दिक श्रदन्जली ।

  18. साह्रै दु:ख लाग्दो घट्न सुन्नु पर्‍यो, जे भये पनि म्रीत्वको चिरआत्माको कामना गर्दै, सोकशन्तप्त परिवारएे प्रती धैर्यधारणा गर्न सक्ने शक्त्ती इश्वरले प्रदान गर्नु भनी हामी सबैले श्रदन्जली अर्पण गर्नु पर्दछ ।

  19. One Nepali dies in Hong Kong police firing

    Kantipur Report

    KATHMANDU, March 21 – One Dil Bahadur Limbu, 31, was killed after being shot by police in Hong Kong on Tuesday. Limbu was confirmed to be a Nepali national only yesterday.
    Limbu had a heated debate with the police after the latter interrogated and asked him for identity card.

    The police, then, resorted to firing after Limbu started attacking the security personnel. The police fired two rounds of bullet, of which one hit him on the head.

    Limbu succumbed to injuries at Queen Elizabeth Hospital in Hong Kong.

    Limbu, who hails from Terathum district, was a permanent resident in Hong Kong.

    His body is kept at Koichung Public Mortuary.

    Some human rights and social activists have protested against the incident dubbing it “police excesses”.

    Meanwhile, some Nepali organisations in Hong Kong have decided to protest against the incident.

    Hong Kong coordinator of the China Asia Business Forum Dipen Rai informed about the urgent meeting of the forum and added that it will donate 7,000 Hong Kong dollars for the protest programme

    \********
    Police chief promises fair inquiry into shooting of Nepali man
    Clifford Lo
    Mar 22, 2009
    The police commissioner yesterday promised a full and fair investigation into the death of a Nepali man who was shot in the head on a hillside in Ho Man Tin on Tuesday. …
    **********
    Language barrier ‘factor in Nepali’s death’
    Phyllis Tsang and Clifford Lo
    Mar 19, 2009
    A Nepali shot dead by a policeman might not have understood the warnings shouted at him in Cantonese, ethnic-minority and human rights concern groups said yesterday. ..

Comments are closed.