कोरियामा नेपाली मगन्ते

पुरू जोशी/ दक्षिण कोरिया
कोरियामा नेपाली मगन्तेहरुको चहलपहल बढेको बारे थुप्रै पटक समाचार आइसकेको छ। उनीहरुलाई २००८ को सेप्टेम्बरमा एनआरएन कोरियाका अध्यक्ष गंगाराज राई र नेपाली दूतावासका कर्मचारी सुरेश लिम्बुले रङ्गे हात पक्राउ पनि नगरेका हैनन्। त्यसपछि तिनीहरुले आफ्नो गतिविधिलाई केही मात्रामा कम गरेको पनि देखियो। तर अहिले फेरि उस्तै।

कुरा मार्च २७ तारिखको हो। जब म यङदम्फोबाट ट्रेन चढी आफ्नो घरतिर जाँदै थिएँ। अफिस आवर सकेको बेला भएर ट्रेनमा मान्छेहरुको घुइंचो थियो। म ट्रेनको ढोकातिर फर्केर आफ्नो ध्यान बाहिरको दृश्यहरुतिर दिइरहेको थिएँ। अचानक मेरो कानले केही कोरियन युवतीहरुले मेरो देश नेपालको नाम लिएर कुरा गरेको सुनें। उनीहरु भन्दै थिए- “बाटोमा केही नेपालीहरु बच्चाहरुको फोटोहरु देखाई बच्चाहरुलाई पढाउने, स्कुल बनाउने भनेर पैसा माग्दै थिए। मेरा सिनियरहरु सबैले १०-१० हजार वन् दिए। मैले पनि दिएँ। त्यो हेर्दा त उनीहरुले एकै दिनमा १० लाख वन् कमाउंछन् जस्तो छ”। अर्कोले आशंका व्यक्त गर्‍यो “त्यो पैसा तिनीहरुले साँच्चै देलान् र ?”



म झसङ्ग भएं। जुन कामले गर्दा मेरो देशको बेइज्जत हुन्थ्यो, जुन कामलाई कोरियाका सबै नेपालीहरुले रोक्न चाहन्थे, त्यो काम फेरि सुरु भएछ। मलाई ती युवतीहरुसँग कुरा गर्न मन लाग्यो। हुन त कोरियामा नचिन्ने मान्छेले कसैसँग बोल्नु आफैमा अलि आश्चर्य वा भनौं अलि हिच्किचाउने किसिममा लिइन्छ तर उनीहरुले मेरो देशको नामसँग जोडेर कुरा गरेको हुनाले मैले कुरा गर्नैपर्छ जस्तो लाग्यो। त्यसैले मैले उनीहरुसँग बोलें कोरियन शैलीमा “माफ गर्नुहोला अघि भर्खर तपाईँहरुले नेपालको कुरा गर्नुभएको थियो नि, त्यो कहाँ मागिरहेको थियो?” उनीहरुले मलाई अर्थात् एकजना नेपालीलाई देखेर आश्चर्य मान्यो र एक जनाले जवाफ दियो “हामी संसील युनिभर्सिटीको विद्यार्थीहरु हौं। उनीहरुले हाम्रो युनिभर्सिटीमा पैसा मागिरहेका थिए।” अर्कोले भन्यो “उनीहरुले त धेरै पैसा जम्मा गरेका थिए”। त्यसपछि मैले उनीहरुलाई भनें त्यस्ता मान्छेहरुलाई नेपालीहरुले भेट्यो भने समात्छन्, त्यो काम राम्रो होइन। उनीहरुले नेपालका बालबालिकाहरुको लागि पैसा माग्छन् तर पैसा आफैले राख्छन्। उनीहरु अचम्म मानेर भन्यो ए त्यस्तो पो रहेछ। अनि मैले अब फेरि त्यस्तो मान्छेहरु देख्नुभयो भने कि तिनीहरुलाई त्यस्तो काम गर्नबाट रोक्नुस्, कि पुलिसलाई जिम्मा लगाउनुस्, कि हामीलाई खबर गर्नुस् भनेर मैले आफ्नो परिचय पत्र देखाएँ।

यो घटनाभन्दा अगाडि मैले सोचेको थिएं कि राजधानी सउलमा उनीहरुले आफ्नो कृयाकलापहरुलाई बन्द गरी सउलबाहिरका क्षेत्रहरुलाई रोजेका छन्। केही महिनाअगाडि उल्सानमा त्यसरी मागिरहेको घटना देखेर उल्सानका बिनोद चापागाईले तिनीहरुलाई रोकेका थिए। तर आज मैले फेरि महशुस गरें मागी खाने कामलाई आफ्नो पेशा बनाउने वा मागेर पैसा कमाउन पल्केकाहरुलाई देशको इज्जत र बेइज्जतसँग के को सवाल? तर यहाँनिर ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने माग्नेहरुलाई त देशको सवाल हुँदैन तर हामीलाई त देशको इज्जतसँग सवाल छ नि! यसै त कोरियनहरु नेपाललाई एकदम गरीब देश मान्दछन्। ती माग्नेहरुले गर्दा नेपालको नाम झन् झुकेको छ। हाम्रो देशको राजनैतिक उथलपुथल र अस्थिरताले विकास नभएको कुरा यो आफ्नै ठाउँमा छ, तर देश बाहिर बस्ने हामीजस्ता नेपालीहरुले देशको इज्जतमा खेलवाड गर्नेहरुलाई समातेर देशको इज्जत घट्नमा रोक्नु हामी सबैको दायित्व हो। यसैले हामी सबै मिली त्यस्तो कामलाई रोक्न अत्यन्त आवश्यक छ। कोरियामा ब्‍यापार ब्‍यवसाय गरेर बस्‍ने एकजना ब्‍यापारीले आफ्नो नाम नखुलाउने सर्तमा भन्‍नुभएको थियो त्‍यसरी नै बच्‍चाहरूको तस्‍वीरहरू देखाएर एकजनाले सँधै मसँग प्रत्‍येक महिनामा २ लाख रूपैया नेपालमा आफ्नो परिवारलाई पैसा पठाउँथ्‍यो।

म अनुरोध गर्न चाहन्‍छु सम्बन्धित सम्पूर्ण संघसंस्थाहरु र नेपाली राजदूतावास समेतलाई, कि त्‍यस कामलाई रोक्नका लागि एउटा अभियान चलाई दिओस्। धन्‍यवाद।

76 Comments

  1. Ta nakkali Puru Joshi. Talai maile asti 1000 NRs. diyara rat bhari thokeko haina. Bhanidiu kati baje kahanira kati patak thokeko.

  2. य़ो न त माग्ने नेपलि को दोश न त लेखक को दोश् य़ो त नेपाल म बस्ने दलाल हरु र नेत हारु को दोश सोज्ह्हा नेपालि हरुलै लोभ्देखयेर बिदेश पथौने चोर दलाल हरु लै पो कर्बहि गर्नु पर्ने.

  3. संजोग ले यो समाचार १ अप्रिल को दिन सम्प्रेषण भयछ / पुरु भाई ले लेखेको १००% सही हो / कसैले दुबिधा लिनु पर्दे न / यस्ता घटना हरु कोरिया माँ पटक पटक दोहरी रहेका छन / यी मागने हरु को थलो बिषेस गरी कोरिया का युनिभर्सिटी हरु वा रेलवे स्टेसन हरु हुने गरेका छन / कोरिया का युनिभर्सिटी हरु माँ प्राय जस्तो सबै माँ नेपाली बिद्यार्थी हरु पढ़छन,उहा हरु ले अली चनाखो भैदिनु पर्यो ,हिजो मात्र यस् बिषय माँ दुताबासका उच्च अधिकारी संग याहा का नेपाली समुदाय का सदस्यहरु को कुरा कानी भयको थियो,यस्ता घटना हरु बार बार दोहरियको ले दुताबास पनि चिंतित देखियको छ / पहिला पहिला यस्ता मगंत्ते काम माँ भेटीने हरु बिस्वं शान्ति को नारा लगाउने सन मून ,पिस फाउन्देशन संग सम्बंधित स्वोयमसेबक हरु थिय,तर यसपाली को टोली कसको परेछ ? कोरिया का नेपाली समूदाय यस् बारे माँ अली चनाखो हुनु जरुरी देखिन्छ /

  4. “यसै त कोरियनहरु नेपाललाई एकदम गरीब देश मान्दछन्। ”

    Hey Puru!!

    Wake Up!!!

    Its a truth, Nepal is one of the Poorest Country in the World.

  5. saanai dekhi लागेको बानि सिस्नो पानि लगाउदा नि नजानि भनेको येहि हो, पहिला पनि नेपाल मा चन्दा उथायको बानि अहिले बिदेशमा पनि तेहि गरेका chhan, pahila pahila ta testo thiyena, ahile maoist ko sarkaar aayesi yesto vayeko chha,

  6. प्रधान मन्त्रि नै नर्वे तिर माग्न गैराखेको बेला मा कोरिया मा नेपालि ले माग्नु नौलो कुरा लागेन मलाइ
    जरै बाट समस्या को समाधान हुनु नितान्त जरुरि च्ह्

  7. Very sad news. Some begging, some in child sex scandal (USA), some just fighting (hongkong)….very sad news…how to be proud being nepali outside nepal. Even in Nepal, no one is safe at street. Anybody wants to be as a lion onself. No manner of talking. No manner of any behiviour esp in youth. very sad.

    Jay desh
    sammukh

  8. हरे शिव किन यस्तो होला नेपालिहरु जहा गयएअपनिअ

    ने त्यसरी ठगी गर्ने हरु को नाम पनि लेख्नुस् र सके सम्म तिनिहरुको फोटो पनि राख्नुस् ता कि अन्य ति जस्ता ठग हरु बेलाइमा सचेत हुन सकून ।
    ( यस्तो कुरा लाई प्रमाण स हित राख्नु राम्रो हुन्छ )

  9. पैसा नभएपछि अब मागेर पनि सुख नपाउने भयो!
    अस्ति अष्ट्रेलियामा देहवव्यापारमा लागेको पैसा नभएर अब कोरियामा भीख माग्नु परेको पैसा नभएर!
    होइन के गर्ने त देशले दिन नसकेपछि अब आफैले केही गरेर भने पनि यो पापी पेट त पाल्नु पर्छ नि, हैन र?

  10. Hi everyone all the people just criticized me without understnding the theme. We all are plunging into the deep ocean of poverty so we all are beggar other wise why we all would have gone to overseas and even our ministers and prime ministers beg financial support.Krishna Pd Bhattarai was the cntemporary prime minister and he saw them off(labourer who were going to golf countries) by putting on the garland and he became very happy this everybody must have known so………………………

  11. मैले गत आइतबार Kangnam मा मगदै गरेको देखेको थिए. Because of my busy schedule, I could make time to talk with them. I saw the same group begging in my university 7-8 months ago… i think, they are माफिया…

  12. सन्सार भरि नेपलि ले नाम कमायेको च कतै प्रोस्तिचिउत मा त कतै माग्नेमा त्येसो त अलि अलि थग्ने प्रबिति त नेपाल देखिनै लागेको बानि हो नि , कि कसो मित्र हरु

  13. Mr.Madahav it is not a Judiciary for give evidence and witeness. If you want in evidence on all matter you may not have that evidence or a picture if you are really the son of your father or not. Some of nepalese are doing these things in Korea. Puru Joshi is 100% right. Please don’t comment without knowledge. I comment this way because we know what people of Korea is thinking our lovely motherland. Sorry Madhv jee…

  14. तेसरि देस को माया गर्ने त नेपल मै बस्नुनि किन अर्काको देश मा गाको नि
    सराम बिनाको मन्च्हे
    लाजै मरदोू

  15. यो त सारै नराम्रो समाचार सुन्नु पर्यो!यस्ता बद्मास हरु लाइ त पुलिस को जिम्मा लगाइदिनु पर्थ्यो,देश र सारा नेपालि को बेइज्ज्त गरने काम गर्चन चोरहरु !

  16. खोइ अप्रिल १ को लेखको के बिश्वास गर्नु? मलाइ त नेपालीहरुले त्यस्तो गर्दचन जस्तो लाग्दैन है. कतै ऊमेशजिले हामिलाइ बेवकुफ बनायको त होइन!!!

  17. This did not surprises me. Simply, everyone can realize our priminister of our country Prachanda in visit to Nordic countries just for some help (a kind of begging). I don’t want to write more. What do you think guys?

  18. तेरिमा मोरा भुस तिघ्रे हो पाखुरा बजाउन नसकेर लाज पचायछ्न. गोरु जोतन बरु हामिले जस्तो.

    बिर्खे हलि

  19. malai ta thaha nai thiyena nepali le pani magera khanan janeko cha bahnera ma pani bides ma basne nepali ho tara yaha ta nepali haru ratbihan nabhani j kaam garchan mihenat garcha yahha junsukai thau ma pani nepali nai testo manche ho ki sansar ma mihenat garne ma ganinachan.so aba dekhi sathi haru jasle testo kaam garnu bahyeko cha tyo kaam naridinuhola.

  20. magante nepali bhanera chinine bhayo aaba sansarmai nepali haru. koi direct magchha koi indirect. hamro pradhanmantri pani aajabholi norway finland ma magnai aako ho!desh ma arabau rajaso uthayako kura arthamantri baburam le garchha tyo rakam chaheko thauma lagaudaina. desh andhakar ma chha lagani garnu paryo bhandai magnu pani bhikhnai honi. bhayako paisha alagani bihin bhayako aafnai desh janta andhakarma bachha. desh neta janta sab magante bhayo:

  21. KG JI
    haina hau Girija ra sujatalia matra soduparne ta?EK choti tapai sacho bolni hunchha bhane ma tapailai nai sodchhuni hai …………lol

  22. Fare call!! but there are some different level of stealing and begging happen all over the world just different is legal and illegal if you do some practical research you will know lot’s of people are stealing and begging from Nepal too. There name are UNICEF, World Vision, UNDP etc etc but did you ever compare these beggar in the same way when you see there stall in super market with these innocent kids picture , No, No ,No Is that confidently means you made right decision to help those kids ? Think, Think and think .who is going to stop them from doing these crimes. There are people living with disaster and people living from disaster in this world but that doesn’t justify there crime too. If we all human being reflet on themselves as human being and treat human being as human being these things will not exists in this world but unfortunately it is not going to happen easily.

  23. के यो सत्य हो ? हो भने त्यसरी ठगी गर्ने हरु को नाम पनि लेख्नुस् र सके सम्म तिनिहरुको फोटो पनि राख्नुस् ता कि अन्य ति जस्ता ठग हरु बेलाइमा सचेत हुन सकून ।
    ( यस्तो कुरा लाई प्रमाण स हित राख्नु राम्रो हुन्छ )

  24. हो पूरी जी !
    तपाई को कुरा सोरह आना ठीक होला !!! , मलाई लग्द्छ तपाई सक्षम हुनुहुंछ आफनो घर जादै हुनुहुन्थ्यो !!
    , एक , दुई जनाले भने bitikai पुरी नेपालीको beijat ,, wa sasto lokpriyata ko NIYAT …………………………………..!!!!! … bhgawan ley तपाई lai sabudhi diun !!!! euta nepali को galat . ” kriyakalap तेहि नेपाली दाजू- bhai को सहयोग वा प्रयास बाट निराकरण न गरी संसार भरी
    pracchhar – प्रसार गारी नेपाली को beyijjat garney jamarkoo गर्नु bhyey को छ ” waha ! kasto तपाई nepali ,, nepalityo MAAYA ANI
    RASTYABAAD !!!!!!!!!

    !!!!

  25. How these people went there?dont they feel shame?may thin bhakta gurung also doing same here in USA ,so i should stop him..cheers frens stop these things anywhere happening.Damn bhakta..boston

  26. पुरु जि, अक्टोबरतिर मैले पनि सिओलको वेदे(हान्गुक युनिभर्सिटि अफ़ फ़रेन स्टडिज)मा यस्ता मान्छे आएर मागिरहेको सुनेको थिएँ। तर यहाँ अरु पनि नेपालि बिद्यार्थी हरु छन। तिनिहरु संग सोधेर कुरा गरौँ भनेर कोरियनले भन्दा बित्तिकै तिनिहरु फरार भएका थिए।कोरियामा यस्ता गिरोहको ठुलो सन्जाल नै छ।

  27. Yes, I have also seen such (begging) activities several times. I have seen an Indian and 2 Nepali girls were begging in the name of Nepali children. I heard that except some individuals, some Christian missionaries are behind this. Note: MANY NEPALESE CONVERTED TO CHIRSTRIAN IN KOREA TO EXTEND THEIR VISA.

  28. OMG.. this is such a shocking news..never knew that before.. yes the government should do something.. This is really embarrassing. 🙁

  29. सबैलाई के थाहा यसले देशको कति बेइज्जत गराइरहेको हुन्छ ? आफ्नो देशको स्वाभिमान गुमाउनु भनेको आफ्नी आमालाई अरु लोग्ने मान्छेसँग लसपस गरेको आरोप लाग्नु बराबर हो ।
    म खुसी छु कि यस्तो काम रोक्न केही राम्रा विचार भएका नेपालीहरु लागिपर्नुभएको रहेछ । त्यस्ता नेपालीहरुलाई समातेर नेपाल फर्काइदिनुपर्छ , नत्र तिनीहरु भेष र ठाउँ बदली-बदली मागिरहन सक्छन् ।

    जय नेपाल..(जय नेपाल लेख्यो भन्दैमा काँग्रेस रहेछ चाँहि नभन्नु नि)

  30. Hello Bhakta Gurung Boston US
    Tapainle pani americama magne b4 garnu bho ki? Kasto bematalabi manchhe?

  31. MD ji tapai kati hattaarinu bhayeko comment lekhna! alli bujhera lekhnu bhayeko bhaye hunthyo ni.

  32. यो एक्दमै नराम्रो प्रथा हो , बिदेस्मा गएर मागेर खानेलाई नेपालको पसुपथिनाथ मंदिरका बादर सग संगे राकनु पर्छ

  33. ई मगन्तेहरु लाई समातेर बोरामा कसेर नेपाल फर्काएर श्रम शिविर मा दुई छाक खान दिएर फखुरी बजाएर खान सिकौनु पर्छ। लाज नभयक निर्लाज्जहरु

  34. It should be stop as soon as possible, why nepalese became shameless day by day? as far as I think its serious matters & we (Nepelese) must sincere where ever around the world.

  35. Ya thats true..Korea ma tanna chan testa magney..magi hidney lai k ko laaz sharaam.. I think strict rule must be implemented to those magantey…Whole over korea red notice against them must be issued and if such people are caught in such activities they must be deported frm korea and even in nepal penalty much be imposed.
    Nepali Jaha Gaye ni izzat dhanna sakenan…2-4 jana ley garda desh lai nai barbad pareee….
    Kam se kam neta haru agatila bhaye ni janta ta thik hau na …aaba ta neta(moral-less) haru lai matra gali garney kura ni b hayena.,..
    Jai Pashupati Nath.

Comments are closed.