प्रस्तावित राजदूतका बारेमा उजुरी भए दिइहाल्नुस् है

नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार भारतमा रिक्त रहेका राजदूत पदमा डा.चन्द्रकान्त पौडेल (लमजुङ) र फ्रान्समा रिक्त रहेको राजदूत पदमा सुरेन्द्रकुमार कार्की (सिन्धुली) को नाम संसदीय सुनवाईका लागि प्रस्तावित भएको छ। ती प्रस्तावित नामहरु अनुपयुक्त वा आपत्तिजनक लागेमा उजुरी दिनसक्ने प्रावधानका लागि आम सञ्चारका साधनमार्फत आम नागरिकमा सार्वजनिक सूचना जारी गर्ने निर्णय व्यवस्थापिका-संसद, संसदीय सुनुवाई विशेष समितिले गरेको छ। लौ केही उजुरी भए दिइहाल्नुस् है।

बैठकमा परराष्ट्र मन्त्रालयको १३ गतेको पत्रानुसार संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र जर्मनी देशमा रिक्त रहेका राजदूत पदमा क्रमशः डा.शुकदेव साह (धनुषा), डा.रामस्वार्थ राय (सर्लाही) र सुरेशप्रसाद प्रधान, सहसचिव परराष्ट्र मन्त्रालयको नाम संसदीय सुनवाईका लागि प्रस्तावित भई प्राप्त हुन आएकोमा उक्त प्रस्तावित नामहरुविरुद्ध आमसञ्चारका साधनमार्फत आम नागरिकमा सार्वजनिक सूचना जारी गरी प्राप्त भएका उजुरीहरु उपर व्यापक छलफल भएको थियो।

चैत २३ गते बस्ने समितिको बैठकमा उजुरीकर्ता अमर यादव र हीराबहादुर थापालाई उनीहरुको उजुरीका सम्बन्धमा छलफल गर्न समिति समक्ष बोलाउने र नेपाल राष्ट्र बैङ्कलाई डा.शुकदेव साह उच्च शिक्षा हासिल गर्न अमेरिका गएको सम्बन्धी कागजात पठाइदिन लेखी पठाउने समितिमा निर्णय भएको समितिले जनाएको छ।

17 Comments

  1. भारत नेपालको नजिकको छिमेकी हो, नेपाल हरेक कुरामा भारत संग निर्भर छ अनि भारतले नेपालको लागी जहिले पनि खोकिलामा छुरी लुकाएर राखेको हुन्छ, यही बास्तविकता हो त्यसैले भारतको राजदुत बन्नु भनेको धेरै चुनौती सामना गरेर पार पाउनु पर्ने जिम्मेवारी बहन गर्नु हो, अहिले प्रस्तावित गरिएको नाम माओवादीले प्रस्ताव गरेको हो, भारतको राजदुत कुनै भागवण्डा भन्दा पनि सक्षम व्यक्तिलाइ नियुक्त गर्नु पर्छ, यदि सही मान्छे छनौट गर्न नसकेमा नेपालले ठुलो दुर्भाग्य सहनु पर्ने हुन्छ ।
    हरिराम पौडेल
    [email protected]

  2. यो सबै नाटक हो जनता को मत चाहियो भनेर जो नेता ले भन्छ् त्यो चोर् को खुट्टा कात् भने झै हो?फेरी समाबेशि को कुरा कहाँ गयो यो सबै?खलि मन्डल र शाह लाई राख्ने बित्तिकै बस पुरा भयो समाबेसि को कुरा? हरे शिव के मात्ररै हुना लागेको देश मा जो आयो सबै भ्रस्तचारी अनी राज्नतिक नियुक्ती गर्न मात्रै खोज्ने हरे कसरी देश मा पएला टेक्नु होला अब त् सबै गु नै गु छन त्यो पवित्र मात्रe भुमी मा, बरु सबै भन्दा राम्रो त डोल्पा को थिण्ले लाई बनाउ किन कि उस्मा त कम्से कम् नेपाली हुँ भन्ने मुटु त छ अरु सबै मा त खाली साली भाई, अनी भतिजा बिदेश भित्र्याउने दाउ मात्र हो।।।।।।।।।।। के कमेन्त मात्र लेख्नु अब जाउ देश तिर अनी सबै मिलेर डाँडा कताउ यि खाते चोर् नेता हरु लाई,,,, एउता लाई उहा देश धुरुधुरु रोएरा अचक्ली भाको बेला स्वास्नी र छोरा च्यपेरा बिदेश हन्निनु भनेको कतिको सक्छम नेता हो त हरे हरे ? हौ सुझाब दिनु अरु ले पनि …………………………..

  3. Mere formality. वाहियात Government.वाहियात Ambassadorial candidates.
    म हुनु पर्छ France को राजदुत! मलाई Franceका ठिटी हेर्नुपरयो के।

  4. ओहो उजुरि दियेर आफ्नै नाम अगि सार्नु पर्ल जस्तो लग्यो….तर सबै दर्बन्दि नेता जि अनुसार होला..बरु कुन नेतजि लाइ समाते बेस होला त…

  5. उपरास्त्रपति को चाहि उजुरि गर्न मिल्दैन,सबै को मिल्ने गरौदा कस्तो होला प्रधन्मन्त्रि को पनि.

  6. अमेरिकाकोलागि समाबेसी राजदूत मन्डलमा …. हरु चयन

  7. अबदेखि पर्त्येक देसमा ५०-५० जना राजदूतहरू सेलेक्ट गर्नु पर्ने सुजाब दिनु पर्च . समाबेसि नेपालमा सबैले मौका पऊनु पर्च्च .

  8. घोर आपत्तिः

    बाहुन क्षत्रि मदिशेबाद हावि!
    समावेशि भएन!

    शङ्खुवासभा, ओलाङ्चुङ्गोलाका डा. जसबहादुर तुम्बाहम्फेको नाम लिस्टबाट कस्ले
    गायब गर्यो?

  9. लमजुङ र फ्रान्समा रिक्त रहेको राजदूत पद

    अर्को अप्रिल फुल.

Comments are closed.