अब वायु तपस्या रे

बारा रतनपुरीको जंगलमा तपस्या गर्ने तपस्वी बोम्जनको चर्चा सेलाएको के थियो, सुन्दरीजलको जंगलमा गत फागुन १३ गतेदेखि बिनाअन्न तपस्यामा बसेका अनौठो तपस्वीको ‘वायु तपस्या’ हेर्न अहिले सयौँ मानिस त्यहाँ भेला हुन थालेका छन्।

धादिङका कृष्णप्रसाद ढकालले एक महिनादेखि केही नखाई तपस्या गरेको भनिएको छ। ढकालको तपस्याशैली हेर्न टाढा टाढाबाट आउनेको सङ्ख्या बढ्न थालेको छ।

सुरुमा सुन्दरीजल गाविस-८ स्थित ताप्केटारको वर पिपल र चाँपको रुख भएको स्थानको पिपलको रुखमुनि तपस्या गरेका ढकालले एक सातासम्म पाँच फिट गहिरो खाडलमा बसेर ‘स्थल तपस्या’ समेत गरेका थिए। स्थल तपस्या सकेपछि उनले पुनः पिपलको रुखमुनि नै तपस्या गरे।

एक हप्ताअघि सोमबारदेखि पिपलको रुखको हाँगामा काठको कोक्रोजस्तो बस्ने ठाउँ बनाई तपस्या गर्दै आएका छन्। यसैलाई उनले वायु तपस्याको नाम दिएका छन्।

प्रायःजसो खुला हावा चल्ने ठाउँमा जमिनदेखि २० फिट उचाईमा तपस्या गरेर उनले सबैलाई चकित बनाएका छन्।

पानीसमेत नखाई तपस्यामा बसेका भनिएका ढकाल चलमल नगरेको देखेपछि स्थानीयवासीको भीड जम्मा भई तपस्वी मरेको हो कि भनी हल्ला चल्यो, त्यसपछि तपस्वी ढकालले हात उठाइदिन्थे अनि स्थानीयवासी शान्त रहन्थे। तपस्वी ढकालमा कुनै न कुनै दैवीशक्ति छ, उनी सामान्य मानिस होइनन्, तीनचोटी तपस्वी हेर्न आइसकेका नयाँपाटी-३ का दण्डपाणि खनाल बताउँछन्।

वायु तपस्या सकिएपछि फेरि जल तपस्या गर्ने तपस्वी ढकालले बताएका छन् रे।

उनले विश्वशान्तिका लागि आफूले तपस्या गरेको बताएका रहेछन्। तपस्वी ढकालकै आग्रहमा सुन्दरीजलवासीले बुद्धपूर्णिमाका दिन ताप्केटारस्थित तपस्यास्थलमा विश्वशान्ति महायज्ञ गर्ने तयारी गरिरहेको त्यहाँको सुरक्षामा खटिएका स्वयंसेवक दीपेन्द्र तामाङले बताए। हेरौँ

16 Comments

  1. We should always be in positive state. The way Nishan is treating our Country as he is not in a position to think more than this statements. He might be in an influence that our country will be sold soon to the other nations.
    Nishan you seem a great virus for Nepal and you are doing every efforts to ruin it. Donna worry you shall be treated later on as Rishi Dhamala. Pleas be careful before blaming to our motherland.

  2. He is not holding any Guns and not a criminal. Let him do so. That is his right and we should not criticize on his act……

  3. Ya it’s something wonder & something intersted events. Any way the persons who r doing this work his thinking is good. He is praying to god for peace. That’s good all the best Mr.TApaswi

  4. aru kasailai pane tapasya garna man chha bhane garna suru gare huncha 1 mahena jati garne bepatta hune arko aaune ane thyo pane jane nepal ra nepali ko kam tei ta bhako chha ni aru pragati ta kasaile garna nai sakenan

  5. God sends representatives in time to time in earth. Very few persons recognize such sage. Who does not recognizes but act against such activities, is foolish. Who does not recognizes but still respects or keep quite, is wise one. So, time to respect everyone; time to be wise.

    Jay desh
    sammukh

  6. meditation is good for heath but that mustn’t be made publicize and rumor, some people if they like to modify or manipulate or they see their vested interest they can do every thing making those issue so be care ful, how nepalese be awaken!!!!!!!!!!!!!!!!!!!!!

  7. anikaal lagya desh lai daiba le matra bachauna sakchha bhanera bhagawan lai pukareko bichara tes manisle. Safal Hos !

  8. jatisukai santi ko lagi tapsya garda pani ke garnu sadhai asanti matra hunchhha tara mannuparchha uhalai sachhai shakti chhha.

Comments are closed.