पत्रकारलाई फसाउन राज्यको निकाय षड्यन्त्रमा लागेको रे

नेपाल पत्रकार महासंघले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहित पत्रकारहरु वीरेन्द्र केएम र रामशुभक महतोलाई फँसाउन राज्यको निकाय नै षड्यन्त्रमा लागेको ठहर गरेको छ। आज महासंघले संचारग्रामस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी घटनामा पत्रकारहरुलाई चरम यातना दिई मानवअधिकारको गम्भीर उल्लंघन गरिएको निष्कर्ष निकालेको छ।

महासंघका कोषाध्यक्ष रमेश बिष्ट संयोजक, सदस्यहरु प्रमोद दाहाल र उजिर मगर सदस्य रहेको तीन सदस्यीय छानविन समितिले तयार गरेको प्रतिवेदनमा तीनै जना आरोपित पत्रकारहरु हातहतियार र खरखजाना, अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगमा संलग्न नरहेको भन्दै आरोपहरु निराधार रहेको ठहर गरिएको छ। प्रतिवेदनमा भनिएको छ, “राज्य आफैंले घटनाक्रम सृजना गर्ने, पक्रने र त्यसपछि मात्र प्रमाण जुटाउने कोसिसले पत्रकार ऋषि धमलालगायतलाई फँसाउन राज्यको निकाय नै प्रायोजित रुपमा प्रयोग भएको देखिन्छ ।” धमलालाई हिरासतमा राख्‍ने कि नराख्‍ने भन्ने मुद्दामा पुनरावेदन अदालतले आइतबार फैसला गर्दैछ।

“यातना दिएर बयान दिन लगाएको”
प्रहरीले आरोपित पत्रकारत्रयलाई प्रमाणको रुपमा अदालतमा उभ्याउन नसकेको र यस प्रकरणमा जोडिएका व्यापारी भनिने सुरेश रावलको हालसम्म पहिचान खुल्न नसकेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, “प्रहरीको दाबी अनुसार कुनै पनि प्रमाण फेला नपर्नुले आरोपहरु निराधार रहेको देखिन्छ। ” प्रहरीले पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको टेप रेकर्ड हिरासतमा रामशुभक महतोलाई यातना दिएर तयार पारेको निष्कर्ष निकालेको छ ।

रणवीर सेनाको नाम जोडिन आएपनि उक्त संगठनले पनि कुनै प्रतिक्रिया नदिएको र घटनामा पक्राउ परेका भनिएको मनोज मेहता उक्त संगठनको नभई मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका उपाध्यक्ष भएको दाबी आएको उल्लेख छ।

हिरासतमा शारीरिक र मानसिक यातना
आरोपितहरुलाई हिरासतमा मानसिक तथा शारीरिक यातना दिइएको भन्दै मानवअधिकारको गम्भीर उल्लंघन भएको प्रतिवेदनले ध्यानाकर्षण गराएको छ। प्रतिवेदनमा भनिएको छ, “हिरासतमा पत्रकारहरुलाई दिइएको यातनाबारे थप अध्ययन गर्न राष्ट्रिय मानवअधिकार आयोग, नेपालस्थित संयुक्त राष्ट्र्संघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, मानवअधिकारवादी संघसंस्थासँग समिति आग्रह गर्दछ ।” घटनामा मानवअधिकार उल्लंघनमा संलग्न प्रहरीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

प्रतिवेदनमा आरोपित पत्रकारहरु ऋषि धमला, वीरेन्द्र केएम, रामशुभक महतो, मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका उपत्यका इञ्चार्ज भनिने मनोजकुमार महतो बिनायक, रामशुभक महतो बसेको घरधनी राजु महर्जनको बयानका अलावा उनका गाउँलेको बयान समावेश गरिएको छ। प्रहरीको भनाई पनि समावेश त्यसमा राखिएको छ।

आन्दोलनको चेतावनी
प्रतिवेदन सार्वजनिक पछि बोल्दै नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाले राज्य प्रेस स्वतन्त्रताप्रति उदासिन रहेको बताए। पत्रकारहरुलाई अपराधी देखाउन खोजेको भन्दै त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए। दण्डहीनता बढेको र यसले न्याय प्राप्तिमा बाधा उत्पन्न भएको उल्लेख गर्दै राज्यले जनताको मौलिक अधिकार संरक्षण गर्न नसकेको बताए। प्राकृतिक न्यायको सिद्धान्त विपरित जिल्ला प्रशासनमा हतियार तथा खरखजानाको मुद्दा राखेर अलमल्याउन खोजिएको बताए।

महासंघका कोषाध्यक्ष एवं छानबिन समितिका संयोजक रमेश बिष्टले घटनामा मानवअधिकारको चरम उल्लंघन पाइएको बताए। ऋषि धमलाविरुद्ध बयान दिन पत्रकार रामशुभक महतोलाई चरम यातना दिइएको भन्दै मानवअधिकारवादीहरुसँग छुट्टै छानबिनको आग्रह गरे। घटनामा प्रहरीको एउटा टोली नै लागेको पाइएको उनले बताए।

समितिका सदस्यसमेत रहेका महासंघ सदस्यद्वय प्रमोद दाहाल र उजिर मगरले पत्रकारलाई बदनाम बनाउने उद्देश्यबाट प्रेरित घटनाबाट सचेत हुनुपर्ने बताए। पत्रकारलाई सशस्त्र समूहसँगको वार्ताका लागि मध्यस्थकर्ता बनाउने र कुरा नमिले सुराकीको आरोप लगाउने दोहोरो क्रियाकलाप भइरहेको भन्दै त्यसप्रति सजग हुन भने।

पत्रकार ऋषि धमला, वीरेन्द्र केएम र रामशुभक महतो पक्राउ प्रकरणमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्ययन समितिको प्रतिवेदन २०६५ को निष्कर्ष

प्रहरी प्रशासनले लगाएको आरोप र आरोपित पत्रकारहरुको मुद्दा यतिबेला सम्मानित जिल्ला अदालतमा विचाराधीन छ। समितिले यो प्रतिवेदन कसैलाई प्रभाव पार्ने उद्देश्यले सार्वजनिक गरेको होइन। तसर्थ अध्ययन, अनुसन्धानका क्रममा समितिले प्राप्त गरेका सूचनाका आधारमा समिति निम्न निष्कर्षमा पुगेको छ-

१. उपर्युक्त आरोपहरुमा राज्य आफैंले घटनाक्रम सृजना गर्ने, पक्राने र त्यसपछि मात्र प्रमाण जुटाउने कोसिसले पत्रकार ऋषि धमलालगायतलाई फसाउने राज्यको निकाय नै प्रायोजित रुपमा प्रयोग भएको देखिन्छ।

२. प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको फोन रेकर्ड प्रहरी हिरासतमै रहेका व्यक्तिलाई चरम यातना दिई आफूअनुकूल कुराकानी गर्न लगाई तयार पारिएको पाइयो।

३. आरोपित पत्रकारहरु हातहतिरा र खरखजाना, अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्ने प्रहरीको दाबी अनुसारका कुनै पनि प्रमाण फेला नपर्नुले आरोपहरु निराधार रहेको देखिन्छ। यस प्रकरणमा जोडिएका व्यापारी भनिने सुरेश रावलको हालसम्म पहिचान खुल्न नसकेको र प्रहरीले उनलाई प्रमाणका रुपमा अदालतमा उभ्याउन नसकेको पाइयो।

४. यस प्रकरणमा रणवीर सेनाका नाम मुख्य रुपमा जोडिन आएको भए पनि उक्त संगठनले कुनै प्रतिक्रिया नदिएको र रणवीर सिं भनिने मधेस राष्ट्र् जनतान्त्रिक पार्टी क्रान्तिकारीका उपाध्यक्ष भएकाले नाम मिले पनि उनीहरु एउटै संगठनका नभएको दाबी हिरासतमा रहेका मनोज मेहताको छ।

५. प्रहरी हिरासतमा पत्रकारहरु रामशुभक महतो र वीरेन्द्र केएमलाई चरम यातना दिइएको पाइयो।

उजिर मगर सदस्य
प्रमोद दाहाल सदस्य
रमेश बिष्ट संयोजक
मिति २०६५ चैत २२ गते

6 Comments

  1. hoina yo mula patrakaar haru k bhako ?? why they are behind dhamala to save ??? tyo dhamala herda ni chor jastai thiyo. sabai jana kina tesko pakshya ? chuppo lagera afno patra karita garana , kina chahi desh ko security sanga khelbaaadh garna khojcha.. bholi dhamala niskelare ani kathmanduko kati bomb padkayo bhaney timi mula haru ley jimbewari liney ??

  2. yesta dhamala jasta fataha haru le des dubaune bhayo , asti ko photo ma aula tharayera rastra lai challenge garney le , khoi aba k baaki rakhla ra…

  3. ma danga paari raako chu kasai ko asirbaad payera patkrarko sngalo banai sadhai neeta ko aad ma media haruma dekhidai ma patrakar bhanincha ra? ko ho rishi aakhir ma u desh drohie nai ho ra rishi lai patrakar bhanna patrakar harule suhaudaina. na usko yogyeta nai cha na ta usko dacchyeta
    patrakar mahodaya haru rishi lai patrakar bhane ra tapai haru ko mulye lai kaam nagarnus

  4. Yestai ho nepal ma, josle jati paap ra kukarma gare pani last ma gayero, nirdosh sabit hunchan, tyasaile testa harulai pakrane bitikai tudikhel ma lagera jhundaihalnu parcha. Uhi ukhan ko yad aucha: Nepal ko kanun bhagwan janun. Lato ka bhut bata se nahi manta bhaneko – yiniharunai hun.

  5. उजिर मगर सदस्य
    प्रमोद दाहाल सदस्य
    रमेश बिष्ट

    Yi sabai uhi dyangka mula ta hun. Chor lai chorikai chhanbina garna lagauda pani kahi ramro kura bahira auchha. Patrakar sangh ko pratibedanle police lai kahile pani biswas nai garnu hunna bhanne ma chha hola sayad. Aba Girija lai bhane hunchha ra tyo pratibedan ko file pani Girijalai nai lagera bujhaidiya hunchha. Je garchhan tehi budo le garchhan.

  6. it is ridiculous to hearing such news that u guys who are for the criminal dhamala..i believe that you guys( above patrakars) have been bribed a big amount of money by someone…there is no doubt all most nepali journalists have no more own status and standard..however those who are debating about for Dhamala..definitely, they all are run after money and they never tried to know what is jounalism..those patrakar should be punished brutally more than DhMALA….

Comments are closed.