पत्रकारलाई फसाउन राज्यको निकाय षड्यन्त्रमा लागेको ठहर

नेपाल पत्रकार महासंघले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहित पत्रकारहरु वीरेन्द्र केएम र रामशुभक महतोलाई फसाउन राज्यको निकायनै षड्यन्त्रमा लागेको ठहर गरेको छ। आज महासंघले संचारग्रामस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी घटनामा पत्रकारहरुलाई चरम यातना दिई मानवअधिकारको गम्भीर उल्लंघन गरिएको निष्कर्ष निकालेको छ।

महासंघका कोषाध्यक्ष रमेश विष्ट संयोजक, सदस्यहरु प्रमोद दाहाल र उजिर मगर सदस्य रहेको तीन सदस्यीय छानविन समितिले तयार गरेको प्रतिवेदनमा तीनै जना आरोपित पत्रकारहरु हातहतियार र खरखजाना, अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगमा संलग्न नरहेको भन्दै आरोपहरु निराधार रहेको ठहर गरिएको छ। प्रतिवेदनमा भनिएको छ, “राज्य आफैंले घटनाक्रम सृजना गर्ने, पक्रने र त्यसपछि मात्र प्रमाण जुटाउने कोसिसले पत्रकार ऋषि धमलालगायतलाई फसाउन राज्यको निकाय नै प्रायोजित रुपमा प्रयोग भएको देखिन्छ ।” धमलालाई हिरासतमा राख्‍ने कि नराख्‍ने भन्ने बारे भोलि आइतबार पुनरावेदन अदालतले फैसला गर्दैछ।

निराधार आरोप

प्रहरीले आरोपित पत्रकारत्रयलाई प्रमाणको रुपमा अदालतमा उभ्यान नसकेको र यस प्रकरणमा जोडिएका व्यापारी भनिने सुरेश रावलको हालसम्म पहिचान खुल्न नसकेको प्रतिवेदनमा उल्लेछ । प्रतिवेदनमा भनिएको छ, “प्रहरीको दाबी अनुसार कुनै पनि प्रमाण फेला नपर्नुले आरोपहरु निराधार रहेको देखिन्छ । ” प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको टेपरेकर्ड हिरासतमा रामशुभक महतोलाई यातना दिएर तयार पारेको निष्कर्ष निकालेको छ ।

रणवीर सेनाको नाम जोडिन आएपनि उक्त संगठनले पनि कुनै प्रतिक्रिया नदिएको र घटनामा पक्राउ परेका भनिएको मनोज मेहता उक्त संगठनको नभई मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका उपाध्यक्ष भएको दाबी आएको उल्लेख छ।

हिरासतमा शारीरिक र मानसिक यातना
आरोपितहरुलाई हिरासतमा मानसिक तथा शारीरिक यातना दिइएको भन्दै मानवअधिकारको गम्भीर उल्लंघन भएको प्रतिवेदनले ध्यानाकर्षण गराएको छ। प्रतिवेदनमा भनिएको छ, “हिरासतमा पत्रकारहरुलाई दिइएको यातनाबारे थप अध्ययन गर्न राष्ट्रिय मानवअधिकार आयोग, नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, मानवअधिकारवादी संघसंस्थासंग समिति आग्रह गर्दछ ।” घटनामा मानवअधिकार उल्लंघनमा संलग्न प्रहरीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

प्रतिवेदनमा आरोपित पत्रकारहरु ऋषि धमला, वीरेन्द्र केएम, रामशुभक महतो, मधेश राष्ट्र् जनतान्त्रिक पार्टी क्रान्तिकारीका उपत्यका इञ्चार्ज भनिने मनोजकुमार महतो बिनायक, रामशुभक महतो बसेको घरधनी राजु महर्जनको बयानका अलावा उनका गाउंलेको बयान समावेश गरिएको छ । प्रहरीको भनाई पनि समावेश गरिएको छ ।

आन्दोलनको चेतावनी
प्रतिवेदन सार्वजनिक पछि बोल्दै नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाले राज्य प्रेस स्वतन्त्रताप्रति उदासिन रहेको बताए । पत्रकारहरुलाई अपराधी देखाउन खोजेको भन्दै त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए । दण्डहीनता बढेको र यसले न्याय प्राप्तिमा वाधा उत्पन्न भएको उल्लेख गर्दै राज्यले जनताको मौलिक अधिकार संरक्षण गर्न नसकेको बताए । प्राकृतिक न्यायको सिद्धान्त विपरित जिल्ला प्रशासनमा हतियार तथा खरखजानाको मुद्या राखेर अलमल्याउन खोजिएको बताए ।

चरम यातना
महासंघका कोषाध्यक्ष एवं छानविन समितिका संयोजक रमेश बिष्टले घटनामा मानवअधिकारको चरम उल्लंघन पाइएको बताए । ऋषि धमलाविरुद्ध बयान दिन पत्रकार रामशुभक महतोलाई चरम यातना दिइएको भन्दै मानवअधिकारवादीहरुसंग छुट्टै छानविनको आग्रह गरे। घटनामा प्रहरीको एउटा टोलीनै लागेको पाइएको बताए ।

समितिका सदस्यसमेत रहेका महासंघ सदस्यद्धय प्रमोद दाहाल र उजिर मगरले पत्रकारलाई बदनाम बनाउने उद्येश्यबाट प्रेरित घटनाबाट सचेत हुनुपर्ने बताए । पत्रकारलाई सशस्त्र समूहसंगको वार्ताका लागि मध्यस्थकर्ता बनाउने र कुरा नमिले सुराकीको आरोप लगाउने दोहोरो क्रियाकलाप भइरहेको भन्दै त्यसप्रति सजग हुन भने ।

पत्रकार ऋषि धमला, वीरेन्द्र केएम र रामशुभक महतो पक्राउ प्रकरणमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्ययन समितिको प्रतिवेदन २०६५ को निष्कर्ष

प्रहरी प्रशासनले लगाएको आरोप र आरोपित पत्रकारहरुको मुद्या यतिबेला सम्मानित जिल्ला अदालतमा विचाराधीन छ । समितिले यो प्रतिवेदन कसैलाई प्रभाव पार्ने उद्येश्यले सार्वजनिक गरेको होइन । तसर्थ अध्ययन, अनुसन्धानका क्रममा समितिले प्राप्त गरेका सूचनाका आधारमा समिति निम्न निष्कर्षमा पुगेको छ ।

१. उपरोक्त आरोपहरुमा राज्य आफैंले घटनाक्रम सृजना गर्ने, पक्राने र त्यसपछि मात्र प्रमाण जुटाउने कोसिसले पत्रकार ऋषि धमलालगायतलाई फसाउने राज्यको निकाय नै प्रायोजित रुपमा प्रयोग भएको देखिन्छ ।

२. प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको फोन रेकर्ड प्रहरी हिरासतमै रहेका व्यक्तिलाई चरम यातना दिई आफूअनुकुल कुराकानी गर्न लगाई तयार पारिएको पाइयो ।

३. आरोपित पत्रकारहरु हातहतिरा र खरखजाना, अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्ने प्रहरीको दाबी अनुसारका कुनै पनि प्रमाण फेला नपर्नुले आरोपहरु निराधार रहेको देखिन्छ । यस प्रकरणमा जोडिएका व्यापारी भनिने सुरेश रावलको हालसम्म पहिचान खुल्न नसकेको र प्रहरीले उनलाई प्रमाणका रुपमा अदालतमा उभ्याउन नसकेको पाइयो ।

४. यस प्रकरणमा रणवीर सेनाका नाम मुख्य रुपमा जोडिन आएको भए पनि उक्त संगठनले कुनै प्रतिक्रिया नदिएको र रणवीर सिं भनिने मधेस राष्ट्र् जनतान्त्रिक पार्टी क्रान्तिकारी का उपाध्यक्ष भएकाले नाम मिले पनि उनीहरु एउटै संगठनका नभएको दाबी हिरासतमा रहेका मनोज मेहताको छ ।

५. प्रहरी हिरासतमा पत्रकारहरु रामशुभक महतो र वीरेन्द्र केएमलाई चरम यातना दिइएको पाइयो ।

उजिर मगर
सदस्य
प्रमोद दाहाल
सदस्य
रमेश बिष्ट
संयोजक
मिति २०६५ चैत २२ गते

75 Comments

  1. whatever the event of dhamala,make the decision fast . If it proves he will be punished as per law if not release with respect .

  2. Dhamala is not the one who gets sympathy of Nepalese public.. may b because of his irritating image of self publicity..

  3. dhamala patrakar ta hoina tara patrakar bhanaudalai jamma parera nachaune chataki aayojak chahi ho. parrakar haru ko najarma dhamala nirdos pakkai ho kinaki patrakarka bare ma sabai kura phataha dhamala urf dhamilo lai thaha chha nirdos nabhaneta pol kholi dinchha tesaile girija sahit lagi pare ko chha dhamala lai nirdos sabit garna tara satay tathay nepali janatale thaha pai sake ke ko aru natak garnu.

  4. Dhamala most have to go jail again.
    He is not a journalist….look at his previous statement and his interviews…Even he don’t no how to talk.
    He is just a frauder and broker.
    99% journalist are corrupted…and most are working for money not for truth and people rights.
    They are threatining to protest….what a shame.
    All journalist should have to stay out of autorities business…
    Just wait and see court decision.

  5. Nepali journalists are stern believers of manipulative journalism. Most of the so called journalists are close to illiterate and have no passion. The old ones mostly fall on this category. Old or young; Nepali journalists want one thing in common: they want special treatment from people and the government. I am sick and tired seeing the banners which read ” Rights of Journalists”. Everyone’s rights need to be equally protected. It is a shame that we have journalist who want all the privileges without contributing anything.

    Now going to Mr. Dhamala, i have one question in mind; उजिर मगर,प्रमोद दाहाल,रमेश बिष्ट are these three people qualified for a probe committee. DO they have necessary competence and expertise to probe and are they not biased. I doubt that these three and many others don’t qualify for a job as difficult as probing. So guys we better not trust them and ask them to go to hell.
    संयोजक

  6. एक पल्ट कृष्ण प्रसाद भट्टराई ले पत्रकार हरू चोर हुन्छन् भन्थे, नेपाल को सन्दर्भ माँ यो एक्दमै ठीक हो. malai yo sab parer ra NCka neta GANESHMANSIONGKA ko banaiko yada aayo…. nepali janta bhe……………………………………………………………………………..

  7. धमला खराब मान्छे हो तर अहिले माओवादी सरकारले अरुले reporter’s क्लब मा गएर आफ्नो सरकारलाई गाली नगरुन भनेर झुटो आरोप लगाएको छ

  8. कति बोल्नु यस विषयमा !!! प्रहरीलाई आफ्नो काम गर्न दिउँ ।

  9. chhodnu hudaina hai testo fataha badmash Dhamalalai. sala tesle garda hami news herne darsaklai sarai aatankit parya chha. Jun news channel heryo, netako pachadi tehi chor Dhamalako anuhar matrai dekhinchha ba.Yeso kehi naya kam garna lagyo bhane pani tesko anuharle garda sab kam bigranchha.ani k re Dhamala patrakar re!!!! kasle bhanyo, tyo ta arkalai bolna lagayera paisa kamaune dalal ho. chhodnu hunna yesto dalal lalai.

  10. एक पल्ट कृष्ण प्रसाद भट्टराई ले पत्रकार हरू चोर हुन्छन् भन्थे, नेपाल को सन्दर्भ माँ यो एक्दमै ठीक हो. हिजो का दिन माँ ” शंकासपद माओबादी मारिएका ” भनेर यी पत्रकार नै ख़ुशी भएर समाचार छप्थे. अर्थात मारीन को लागी शकास्पद भए मात्र पनी पुग्थ्यो. आज प्रमाण सहित समातिएको धमाला डांका निर्दोष रे. दोषी र निर्दोष छुत्य्याउने न्यायलय ले हो की “पत्रुकार र पर्चाकार” हरु को जमात ले? अदालत को फैसला आउनु भन्दा पहिला टेस लाइ प्रभाव पार्ने हिसाब ले यो रिपोर्ट आएको छ. कृष्ण सेन पत्रकार मारिदा चुप लागने यो समूह पर्चाकार भन्दा केही होइन. शंकास्पद लाइ
    नियंत्रण माँ लिएर प्रमाण खोज्नु के नराम्रो हो? धमाला बाहेक अरु ती दुई भाई कती नाम चलेका पत्रकार हुन र राज्य ले षड़यंत्र गर्नुपर्ने? अदालात को स्वतन्त्रता भनेर नाथाकने र अरु लाइ अर्ति दिने यी पाखंडी हरू एउटा अपराधी लाइ बचाउन नांगे दगुरेका छन. तेत्रो संबाद प्रमाण हुदेन भने के हून सक्छ प्रमाण?एस्ता पाखंडी हरु ले कती निष्पक्ष समाचार देलान र हामी ले बिश्वास गर्नु

  11. credibility of police force is in stake here. let them do their job. “patrakar mahasangh” is acting like a pack of hounds, instead it should be working towards establishing its lost credibility. remember, “patrakar mahasangh” if you r able to potray “police force” weak, it will help to make our country “weak”. “patrakar mahasangh” of a weak country will no doubt be an irrelevant.

    so which direction r u heading???…

    be an accountble organisation, take accountability to all your actions…work on building credibilty thus.

  12. I don’t read a full report of this article but I know Nepal is only a country in the world where murderer are proved clean… Sad nepalese are well educated but lack of fairness… That reporter would have killed many innocent if he didn’t get cought.. to me he should have death penalty who posses or intends to takes other’s life. No point of having these people but Nepalese government, authority and most the people are blank of it and when it happens to themselves and obstruct the public… Dhikkar Chha Tapaiharulae. Just get rid of it. chop off your finger if it doesn’t help you or gives you more pain and make other fingers rotten. You can do better without that finger.

  13. I thought, only section left to be trusted in Nepal was Journlism. It seems I proved to be wrong by knowing what they are upto; declaring these alleged suspects innocent before the court’s decision !!! They should have known better than us that when court case is running whether one is guilty or not; it can not be appropriate to comment thereby influencing the case itself. Only thing I could come up with this unacceptable acts by so called Journalist Group is either they themselves are involved or being corrupted by people wanting these people Dhamala, Ramshuvak etc out of the Jail. Shame on them to call thmeselves Journalist of Nepal.

  14. रिसी धमाल का अफना मामाका छोरा दीपक नाम गरेकाले तनहू लम्जुंग पोखरा गोरखा लगायत का बरिसत ब्यक्ति हरु बता रिपोर्ट्स क्लब को इ डी कार्ड देखायारा थागेको घटना सकियाको धरे भयको चाइना यो कुरा सबै ली ठहने छ भन्ने मलाई लग्छा. उसलाई रिसी धमलले नै तेस्तो कम गर्न लगायाको थियो र पुलिस ले इन्देरेक्ट इन्कुइरी गर्दा धमलले दीपक ढकाल मेंरो मान्छे होइना भनेर थाग्यो भने यस्ता उसका केऊ कुरा हरु छान. उसका बिगत माँ कलिमतिमा तरकारी पसले संग हप्प्ता असुले झै अझै मान्छे ली झुक्कौदैछां

  15. khai yo report le chitta bhujhe na. thyo dhamalo ko boli hamra khan ma aahile samma gungi raheko cha. Ram Ram patrakar pani pathak lai lathuwa sochan ki yeho. Hamilai sarai lata nasamjha. thyo subhak lai ta yatana diye re tara tyo dhamalo lai ta kasai le yatana diyeko thiye na ta. sabai danka haru bade ra khane.

  16. महको टेलेसिरीयलको याद आयो – हरीबंशले “मेरो भन्जा पत्रकार” भन्दै मदनकृष्णलाई तर्साउने! पत्रकार भनेपछी जे पनि गर्न सक्ने! प्रधान मन्त्रीनै पत्रकारको खल्तीमा! होला, पत्रकारको खल्तीमा केही strings हरु, चाहिएको बेलामा तान्न, तर sensitive कुरामा त जथाभवी गर्न भएन नि! बलिको बोकानै बनाउनु परेनी यस्तो समयमा त अली चुप लागे पो ठीक हुन्थ्यो कि न ?

  17. testo badmas garne manchhe lai kina chodne natra ta jasla ja gara pane vayo ne hoina ra tes karan chosbechar garnu natra mapane chodna chayna la bae

  18. पत्रकार महासंघले ठहर गर्दैमा के फरक पर्छर, के उसले ठहर गर्दैमा धमला निर्दोष साबित हुन्छ? धमला लाई फ़साउन राज्यले षडयंत्रनै गर्नु पर्ने किन? त्यसरी आ-आफ्नो मान्छे लाई बचाउन जसले पनि ठहर गर्न सक्ने भयोनित होइनर?

  19. ani tayte belata rishi dhamala ta bahirai thiya , ani unle kina tesari phone ma uniharu lai adeash de raheko ta.ke yo pani banawati ho janna paya hunthiyo. unle ta manchee marne wa je pani garnu bhane ka chhan ni ke patra kar bhaya pachi je pani garna paine ho ra.thikai chha aru ta pulish ko bhanda ma thiya. uniharu lai tessto bolauna lagaeyo re tara dhamala jasto manchhe le tesari bolna hunchha .ma lai ta aba patra kar sangha prati pani ………..

  20. भ्रस्ट्चार का लाइसेन्स् पाएको न्यायल्एले छाड्न पनि सक्छ तेसैले जनताले नै सजाए दिनु पर्ने बेला आएको छ!

  21. Dhamala anuyayi haru nepali lai aja bhaneko kura bholi birsane thanchhan ki ke ho ? Suru-suru ma ta “Proof” nai chhaina bhanthe.Pachi samachar ko suchana sankalan garna patrakar le phone ma testo kura garnu parchha re . Kohi chhahi ” Nepal ko Adalat le “phone conversation” lai Proof nai mandaina” re. AAhile pheri yatana diyera bhanna lagayeko bhanidai chha. Bholi pheri ke sunnu parne ho kunni ?

  22. la hain yi nakachara patrakar, wakil ra neta lai andolan garna deu, hami arko andolan garera puchar ma ago lagayera india lakhetchau yiniharulai, paisa ma bikne pit patra kar harun, khabar dar sarkar yedi tiniharulain dabav ma chodiyo vane , aba ko gumsiyeko andhi le sablai badharcha

  23. shama shame NC and patrakar mahasangh shame shame. What they think themselves? People are BHEDA? Whatever nthey say people will believe them?

  24. लहरो तान्दा पहरो आउछ भन्ने डरले सब फटाहा पत्रकारहरु डराए जस्ता छन । पुलिशलाई र सरकार लाई आफ्नो काम गर्न त दिनु पर्‍यो नि । । नत्र सत्य तथ्य कसरी बाहिर आउछ ?यीनीहरु सबलाई चाकमा पेट्रोल हालेर शहर घुमाउनु पर्छ अनी देख्छन नेपाली पुलिशहरु को तागत । होइन भने किन किच किच गरिरहन्छ । सन्खा लागेको मान्छे लाई सोध पुछ गर्न त पाउनु पर्‍यो नि। नत्र त पुलिश र सरकार काम नै के भो र ?

  25. shame on nepali police for mis handling the journalist without any prove..and of coz nepal government too…

  26. जस्ले जे सुकै भानून, जस्तो सुकै प्रतिबेदन प्रस्तुत गरून्, म पत्याउदिन. त्यो धमला अपराधी नै हो. डांका हो डांका, अझ डांका को सरदार नै हो त्यो. मुला औंठा छाप, आतंकबादी!!

  27. हैन किन यि पत्रकार महासङघ भन्ने बौलाहा हरु त्यो धमला जस्ता ल्याप्चे छापलाई पत्रकार भन्दै भुकिरहेका छन ? अनि त्यो टिलिफोन बार्ता चै कसलाई चरम यातना दिएर तयार पारेको रे ? कुत्ताहरुलाई जे भुकेपनि हुने, लाज, सरम, घिन पचेपछि । त्यो महासङघ भन्ने पनि लठैत हरुको जमात रैछ, थुक्क थुक्क थुक्क ।

  28. khai k gare ko ho ho.jhan bigrado sthiti po chha,jhan constitution banaunan sabai le milera bhane ko.

  29. एकाध फटाहा कुहेको आलुले राष्ट्रको चौथो अंग जस्तो सम्मानित संस्था लाई बदनाम नगरोस जुन प्रतेक पत्रकार ले बुझ्नु पर्ने कुरा हो . संगठित हुने नाममा गलत प्रब्रिती लाई हौसला दिनु हुदैन .

  30. Ram suvak ko teliphon barta ma ram suvak lai ta yatana diyara bolna lagaya thik chha ani Rishi dhamala lai kale kaha bata tesko sahi jawaf dina lagayo ta k kura gareko hola chhay

  31. एक पल्ट कृष्ण प्रसाद भट्टराई ले पत्रकार हरू चोर हुन्छन् भन्थे, नेपाल को सन्दर्भ माँ यो एक्दमै ठीक हो. हिजो का दिन माँ ” शंकासपद माओबादी मारिएका ” भनेर यी पत्रकार नै ख़ुशी भएर समाचार छप्थे. अर्थात मारीन को लागी शकास्पद भए मात्र पनी पुग्थ्यो. आज प्रमाण सहित समातिएको धमाला डांका निर्दोष रे. दोषी र निर्दोष छुत्य्याउने न्यायलय ले हो की “पत्रुकार र पर्चाकार” हरु को जमात ले? अदालत को फैसला आउनु भन्दा पहिला टेस लाइ प्रभाव पार्ने हिसाब ले यो रिपोर्ट आएको छ. कृष्ण सेन पत्रकार मारिदा चुप लागने यो समूह पर्चाकार भन्दा केही होइन. शंकास्पद लाइ
    नियंत्रण माँ लिएर प्रमाण खोज्नु के नराम्रो हो? धमाला बाहेक अरु ती दुई भाई कती नाम चलेका पत्रकार हुन र राज्य ले षड़यंत्र गर्नुपर्ने? अदालात को स्वतन्त्रता भनेर नाथाकने र अरु लाइ अर्ति दिने यी पाखंडी हरू एउटा अपराधी लाइ बचाउन नांगे दगुरेका छन. तेत्रो संबाद प्रमाण हुदेन भने के हून सक्छ प्रमाण?एस्ता पाखंडी हरु ले कती निष्पक्ष समाचार देलान र हामी ले बिश्वास गर्नु..

  32. It is very shame to read this report of Patrakar Mahasangh. Don’t try to hide the sun with your palm. Dhamala is a DESHDHROHI. Many political leaders, including GP Koirala and KP Oli are afraid of this issue that’s why they are trying to protect Dhamala. They have been thinking that one day they will also be affected by a chain action of Dhamala’s case. Big guys might be involved in this issue.
    Pit partrakar mahodaya, try to learn the good lesson from this bad experience. You shouldn’t threatened the government and people. Try to improve your bad intension so that we will always respect you. Then there will be your good future. Otherwise, people also know how to do Andolon. Thanks!

  33. Who the hell says Rishi Dhamala is a journalist? if anyone is there I give them a challange can you show me one popular article or news report written by him? He us the precident of reporter’s club coz he owes it,coz it is made out of some minority of so called journalists who are from his wallet only.In kings regime they wrote for him and never write against him in any ways. When seven parties started revolution agains the monarchy they thought that king is no more powerful so they started fighting against the king. Now they are going against the government because they think that maoist gov cant do anything without their support so. They are just trying to disable it. I think there is no work of journalists in nepal.

  34. संसारमा कतै नभाको पत्रकार नियम नेपालमा भयको कुरा यसबाट प्रस्त गर्न खोजियाकोछ नेपालका पाजी जानने बुझने र बिद्वान भंनेहरूले / चोर , डंका ,फटाहा, देश द्रोही गद्दार लैत फंसिको सजयाँ दिनुपर्छ ताकि भोली कसैले यस्तो कम नगरोस र सुनौलो नेपालको कल्पना गर्न सकुन सबै नेपालीले औने दिनहरुमा / सबैलाई कानून अनुसार कारवाही गर्नु पर्छ र यस्मा नेपालको प्रशासन कसैको डर र धमकी मा पर्नु हुन्न/ नियमलाई आत्म साथ गर्नुस र बधाई छ नेपाली पोलिसलाई/

  35. जित गुरुङ जी
    तपाईंको कुरा ठीक हो तर यहाँ सबैको पावर भए सम्म कसैले केही गर्न सक्दैन। फलानाको फलाना सचिब रे, सान्सद रे, मेजर रे, डि एस् पि रे, मन्त्री रे, हाकिम रे, हुँदा सम्म तपाईंले मानब अधिकारको कुर गर्न सक्नु हुन्छ, अधालतमा सयौ पल्ट मुद्दा लड्न सक्नु हुन्छ, जेल मुक्क्त हुन सक्नु हुन्छ। अपराध गरेको पनि समाज सेवाको नाम दिन सक्नु हुन्छ। पैसा छ भनेत झन अर्काको हात खुट्टा भान्च्नु कुनै ठुलो कुरा हुँदैन। बिचरा ति प्रहरी जवानहरुलाई मुस्किलले आफ्नो नाम लेख्न त आउला कि न आउला कसरी जानुन तिनिहरुले कानुन र राजनीति। माथिको आदेस नभए सम्म काम गर्न नसक्नु भनेको माथिल्लो पद्को हुकुमी शासन चल्दो रेछ जस्तो लाग्यो। कानुन त गरीबको लागि मात्र हो यहाँ। यदी धमलाको ठाउँमा तपाईं वा म भकोभे यो मुद्दा सकिएर हामी जस्ता जेलमा हुने दिन हो यो। हैन र?

  36. इ पत्रकार हरु सबै चोर को खेती गर्ने वालाहरू हुन यिनी हरुले पुलिस र ठुलाबदा धन्दुकारी हरु संग घुस खयर बच्छन याक पल्त को kura हो siraha jilla ko lahan ilaka prahari karyalayama tyahaka sthaniya patrakar haru picnic janu pare chha tyo belama prakas lama namko inspector tyiyo tya office ma bajet navayara guasti garne gadilai tel halne paisa thiyana ra police haru fut patroling wa cycle ma gasti garthe tara patrakar le thana ma aayara picnic jana lai tel mage thana le 20 litter tel diyo ra picnic gaya e garnu nadiya dekhi voli bat vako navako kura haru lekhna thalchhan yi ptrakar chor vaneka tak pare tiwari nata gotame hun paisa paya ramro lekhchhan napaya naramro yiniharu ko kurama malai ta biswas lagdaina |

  37. नेपाल सरकार ले पत्रकार माथि हैन पत्रकार महासंघ ले पुरै नेपाल माथि साध्यन्त्र गरी राखेको छ।

  38. nachahido kura,hello patrakar bhnauda vrasta haru ho timi haru dhamala ko bare ma ke pachha linchhau?timi haru nepal ko bikat thau ma prasasan bat pidit ek nepali ko bare ma yesari bigyepti nikalna sakchhau? kahli timi haru hune ko pachhi ta lagchhau ni .ali nam kamako le ta manchhe mare pani tyo usle hatya gareko hudaina,baltkar gare pani tyo satya hudaina balki teslai police ani prasasan le charam yatna die fasako hunchha haina ta? patrakar bhanauda timi haru voli dhamala le timi haru ko ghar ko astitwo mathi balatkar garo bhane pani yesatai kura haru ko bigyepti nikalnu hai mahasaya haru …….ani hunchha desh ma sachha patrakarita………ghusya bhrasta patrakar ko jaya hos…….

  39. के हाम्रो देशमा एउता सुरुङ खोर पनि छैन? सबैले भन्छन, नेताहरुले देशको बिकास गरेनन तर म भन्छु, नेताहरुले गर्न नखोजेको हैन, गर्न नदिएको! कस्ले ? कही पनि बिक्न नसकेर पत्रकार महोदय बनेका ताइ न तुइ का मान्छेहरु को जमात ले/ जिल्लामा कार्यालय प्रमुखहरु लाई सधैं तर्साउन खोज्ने, केन्द्रमा सरकारलाई। कमिशन झार्न पाये चुप लग्ने, अन्यथा बर्गेनिङ गर्ने।
    जिल्लामा जानु हुन्छ भने ग्र्याजुयसन पास गरेको पत्रकार एउता पनि पाइदैन।
    तरुनी फकाउने, एस एल सि मा चित चोराउने, थेक्का पत्ता मा कमिसन खाने, कार्यालय प्रमुख लाई तर्साएर तर मार्ने, नेता हरु लाई फकाएर वा तर्साएर बोसो तार्ने, फोकदमा पाये छेरुन्जेल जाँद धोक्ने, तास खेल्ने, अनी चिया पसलमा बसेर सबैको कुरा कात्ने काम बाट पत्रकारिता जिबनी सुरु गरेका झिङे पत्रकारहरु देखी दराउने हो भने हाम्रो देश कैले बिकास हुनेवाला छैन है ।।
    यदी मिल्छ भने यिनीहरु लाई कम्तिमा एक बर्ष खोरमा कोचेर केही गर्ने हो कि?
    All of those are exactly like Rishi dhamala in their level. They can do every thing for personal advantage because of their lowest background.
    so do not care these desh dhroi and go ahead to do sth for the country.
    And kick out all of the undergraduate patrakar. They can not communicate the right message to the people.
    I think it is enough for this time. This is my 1st comment.
    Narisaunus hai patrakar mahodayaharu! if u have proof againt it, I want to hear from u. First start from qualification of them form one district.then we can interact again. Ok.

  40. कमेन्ट लेख्दा प्राय सबैले ब्यक्तिगत पाराले मूल्यांकन गरेको पाएं, स्वतंत्र भएर मूल्यांकन गर्दा साएद कसैलाई बाधा पर्दैन होला, नेपालमा पत्रकार र पत्रकारिता अहिलेसम्मको इतिहास हेर्दा सबैभन्दा जनप्रिय सस्था हो, धरै थोरै राजनैतिक आस्था बोकेपनी जनताको आवाज लेखेको छ, र जती अपराध गरेपनी यो राजनैतिक छाला ओडेका मुर्ख ज्यान्मारा हरुको बथान भन्दा त हजारौगुना पबित्र र शांतिप्रिय छ यो सस्था, एस्ले कहिल्यै कसैलाई हिंसा गर्न सिकायेन, हमेशा कलमले हजारौ युद्ध जितिसकेको छ त्यसैले मेरो सदा सलाम छ, फोहोरी राजनीती गर्नेहरूले सकुनिको पासा फ्याकेका नहोलान भन्न सकिन्न, किनकी तिनिहरू सयौ चोटी गिरिसकेका छन जनताका नजरमा, ऋषि धमला अरु कुनै प्रसंगमा वा बिशयवस्तुमा गलत हुन सकलान तर शत्रु पनी अन्यायमा परेकोछ भने ख़ुशी हुनु मुर्खता हुन्छ, आज पाडो खानेले भोली बाच्छो नखाला भन्न सकिन्न.

  41. होइन, यि पत्रकारहरु आफुलाई के सोच्छन कुन्नी। कि पत्रकार को पगरी भिरे पछी जे गर्न पनि छुट हुन्छ भन्नु पर्‍यो। होइन भने त्यो गद्दार धमलाई बचाउन यिनिहरु किन लागि रहेका छन। यदी रणबिर् धमला निर्दोश छ भने अदालत मा प्रमाण पुराएर साबित गर। सक्दैनौ भने न्यायपालिका मा विश्वाश गर र दोशी लाई कारबाहीगर्न सहयोग गर। तर होसियार! जनताहरु अब अलिक कुरा बुझ्ने भाईसके। पत्रकार ले जे बोले पनि हुन्छ भन्ने कुचिन्तन लाई आगो लगाउ।
    RB

  42. What a nonsence Report!! nepalkaa dalal type ka patrakaar yestai hunchhan, Rishi Dhamal jasta lai bachaune kasta patrakaar, mathi Luna jee ko coment thik chha.
    sheela

  43. Dhamala jasto aparadhi ko hoina kina yatro kura garchhan yi patrakaar haru. Aba pani yesta aparadhiko muktiko kura garyo bhane jo agi sarchhan usko birudda andolan nai garnu parchha. tyo record gareko kura yek patak Girija, Madhave, sabailai sunae bhai halchhani.. waiyaat..

  44. उमेशजी,

    अब नयाँ प्रतिकृया माथि आउने गरि राख्नु पर्यो। यसो गरेमा नयाँ नयाँ प्रतिकृया पहिले पढ्न पाइने थियो। यसो भएमा आफ्नो कमेन्ट पहिले देखाउन सन्दर्भ मिले पनि नमिले पनि पहिलो प्रतिकृयामा मुख फर्काउने चलन हट्ने थियो कि?

  45. I suggest ‘Patrakar Mahasang’ to summit the facts collected to the court. If the collected materials are facts Dhamala will realese soon. There is no need to talk about ‘andolan’. If they talk about ‘Andolan’ then they it proves that they no proofs.

  46. पत्रकार को पगरी भिरे पछी जे गर्न पनि छुट हुन्छ ? जे बोले पनि हुन्छ ? थुक्क !

  47. hoina patrakarle nai doshi nirdosi chhuttaune vaya kina adalat chaiyo. sabai patrakarlai garna diya vayo ni pit patrakar.

  48. माओवादी सरकार ले पत्रकारिता लगायत का लोकतान्त्रिक तथा प्रजातान्त्रिक प्रणाली का स्तम्भ हरु बिस्तारै निर्मुल गरेर देश मा एकतन्त्रिय शासन लाद्ने प्रयास मा छ। यदी यो blog माओवादी समर्थित वा प्रजातन्त्र बिरोधि हुँदैनथियो त २-४ महिना आगि नै बन्द भैसकेको हुन्थ्यो। अहिले लाई एत्ती बुझिराखौ।-

  49. बिशु जी को कमेन्त चित्त बुझेन।
    हाम्रो देशमा राम्रा भन्दा नराम्रा काम धेरै होलन म मान्छु।
    तेसो भन्दैमा एक पछी अर्को कान्द नेपालको प्रचलन अनुसार नौ दिन्मा नौलो र बिस दिन्मा बिर्सने गर्नु पर्छ भन्न खोज्नु भएको ? वा, एउटा नराम्रो कामलाई अर्को नराम्रो उदाहरण ल्याएर छोपिदिन खोज्नु भएको ?

  50. बिशु जी को कमेन्त चित्त बुझेन।

    हाम्रो देशमा धेरै नराम्रा काम भएका होलन, म मान्छु।

    तेसो भन्दैमा एक पछी अर्को कान्द नेपालको प्रचलन अनुसार नौ दिन्मा नौलो र बिस दिन्मा बिर्सने गर्नु पर्छ भन्न खोज्नु भएको ? वा, एउटा नराम्रो कामलाई अर्को नराम्रो उदाहरण ल्याएर छोपिदिन खोज्नु भएको ?

  51. होइन यि नेपाली पत्रकारहरु आफुलाई के सोच्छन कुन्नी। कि पत्रकार को पगरी भिरे पछी जे गर्न पनि छुट हुन्छ भन्नु पर्‍यो। होइन भने त्यो गद्दार धमलाई बचाउन यिनिहरु किन लागि रहेका छन। यदी रणबिर् धमला निर्दोश छ भने अदालत मा प्रमाण पुराएर साबित गर। सक्दैनौ भने न्यायपालिका मा विश्वाश गर र दोशी लाई कारबाहीगर्न सहयोग गर। तर होसियार! जनताहरु अब अलिक कुरा बुझ्ने भाईसके। पत्रकार ले जे बोले पनि हुन्छ भन्ने कुचिन्तन लाई आगो लगाउ।

  52. यातना भन्ने कुरो ब्लग पढेर अनुभव गर्न सक्नु हुन्न लुनाजी, मैना कान्डमा केबल समाचार पढेर उन्को पिडा मापन गर्न सक्नु हुन्छ तपाईं ? त्यो त भोगीलाई मात्र थाहा हुन्छ यातना। यही सन्दर्भमा पनि त्यो मोबाईल सम्बाद नै ठोस् प्रमाण भाको भएे ति सरकार र न्यायलय किन बिलम्ब गरिरहन्छ त । अरु कुनै प्रमाण किन जुटाउन सक्दैन पुलिस प्रशासन । नौटन्की पुलिस प्रशासनको पक्षमा के बोल्नू हुन्छ? आजैको कान्तिपुरमा ठमेलमा पुलिस चौकिको अगाडि 14/15 बर्षकी बालिकालाई देहब्यापारमा वाध्य बनाइदा (माथिको) आदेश पर्खेर मुक दर्शक भैइ बसेको भनी पढ्न पाइयाथ्यो।

  53. What a perfect comment! I agree with you Luna jee

    Umesh/Premaya jee where is the Nepali Typing box again?

  54. yi saaraa deshdrohi harulaai khaaldo khanera purne saasan kahile aaulaa ?pratikchhaa garna garo bhai sakyo nepaliharulaai.pheri janga bahadur ko janma huna jaruri dekhinchha.

  55. katti sunnu ho damala nirdos chha bhanera??? katti sunnu ??? kina nepal ko manchhe jahile pani purano manchhe ko khutta ma tel ghaschhan ?? kina naramro prabiti lai hatauna sadaina tyasari varbal rup ma bheteko telephone barta praman nabhayera kasto praman chahiyo ??sayed feri girija babu , darbar ko bharaute feri rajtantra farkaune manchhe haru ko jal hola , aba nepal ma pani fasiko sajaya danda paune niyam banaunu paryo ra pahile tyo damala lai haina tyasko supporter lai fasi dinu paryoooo.

  56. हैन त्यो च् र म यातना भनेर केल्लाई भन्न् खोजेको हो ? कसोरी च् र म यातना भो ?
    त्य त्रो प्रमाण मोबाइल – फोन बाट सुनेर पनि फेरी कस्तो अझै शुद्द प्रमाण चाहिने रहेछ त !!!
    अनी यातना चाँही कसरी भएछ त नि ?
    धमाल को हात खुट्टा भाच्ने गरी प्रहरी ले पिटेछन ?
    धमलाको जिउ अङ्ग भङ्ग बनाएछन प्रहरी ले ?
    त्य त्रो प्रमाण को आधार मा धमला लाई थुन्या हो नि कारबाही गर्न ।
    कोइराला जस्ता घोर भ्रस्टचारी देखी लिएर मुलुक कै बडे बडे काला कोटे बकिल हरु नै उर्लेर लागे पछी त बिचरा मुलुक को हित सोच्ने प्रहरी या सि डि यो को नै के पो लाग्न सक्यो र !
    तर सचेत जनता ले नबुझेको होइन , मा त्र ति चुप चाप बसे स हेर सब को चर्तिकला हेर्दाइ ।
    अपराध को खेती हुँदै छ मुलुक मा —–
    तर यिनको पनि दिन आउछ छिट्टै नै । पाप धुरी बाट कराउछ छिट्टै नै ।

  57. “मइसन्‍सार बिन दु:ख बिसाउने ठाउ नहुदा दिन कटाउन गाह्रो हुदो रहेछ।”

    मान लामा

Comments are closed.