साथीहरु, नझुक्किनुस् है नझुक्किनुस् !

दीपक/पोल्यान्ड

जुलाई ११ शुक्रबार प्रकाशित साप्ताहिक नामको पत्रिकाको एउटा विज्ञापनमा मेरो ध्यान तानियो। विज्ञापन स्ट्याण्डर्ड वर्ल्ड कन्सलटेन्सी ज्ञानेश्वरले निकालेको रहेछ। त्यहाँ भनिएको छ, पोल्यान्डमा इन्टर्नसिप प्रोग्राम अर्न्तगत काम र ट्रेनिंग गर्न सकिन्छ। काम गरिएवापत मासिक ८० हजार रुपैयाँ + ओटी + लजिङ फुडिङ निःशुल्क। अरु त अरु, कुनै योग्यता र उमेरको हद नभएको भनिएको रहेछ। उक्त कुरा सरासर गल्ती भएको कुरा म निम्न बूँदाहरुद्वारा प्रस्ट पार्न चाहन्छु-

१ म पोल्यान्डमा ५ वर्षदेखि बस्दै आएको हु। यहाँको सत्यतथ्य नेपालीहरुलाई दिनु मेरो कर्तब्य हो।

२ पोल्यान्डका आम कामदारहरूले पनि मासिक ३०० देखि ४०० युरोभन्दा बढी कमाउन सक्दैनन्।

३ अहिलेको मन्दीले गर्दा काम पाउन अति मुस्किल छ।

४ पोल्यान्डमा भाषाको उत्तिकै समस्या छ।

५ मैले एनआरएन पोल्यान्डका साथीहरुलाई सम्पर्क गरेर बुझ्दा त्यस्तो कुनै कार्यक्रम यहाँ सञ्चालनमा नभएको जानकारी आयो। यसको लागि तपाईँहरुले पोल्यान्ड NRN सचिव मित्रलाल पान्डेलाई mlpardey @ yahoo.com मा इमेल गरेर सोध्न सक्नुहुन्छ।

६ यसै गरेर झुक्याएर ल्याइएका नेपालीहरूले पहिला नै निकै दुःख पाइसकेका छन्। पहिला एक कम्पनीको लागि भनेर २० जना चेलीहरुलाई बोलाइएको थियो। ती चेलीहरुलाई ठगियो यहाँका दलालहरुसँग मिलेर। अहिले तिनीहरू यता न उताका भएका छन्। यसरी नै ठगिने नेपालीहरुको सूचि यहाँ लामो छ। यहाँ नेपाली काउन्सुलर अनि एम्बेसी केही छैन।

७. अहिलेसम्म यहाँ आएका नेपालीहरुको संख्या ६००/७०० मध्य धेरै जस्तो अन्य युरोपेली देशमा पलायन भइसकेका छन्।. अहिले पलायन पनि त्यति सजिलो छैन। आजकल निकै कडा गरिएको छ।

८. पोल्यान्डमा आउन चाहने नेपालीहरुले कृपया राम्रोसँग बुझेर मात्र आउन अनुरोध गर्दछु।

177 Comments

  1. ausat student le nepal ma nai basera dukha garyo bhane afu pani bancha ra des pani bancha, ramro student le matra bides basera padera afno des aaye sabbanda ramro huncha. its the fact.

  2. Though I have not seen both Mr. R. Khanal and Deepak, but studying the language of their comments, I can say that Mr. Deepak is more trustworthy. Thank you Deepak for all this. If you don’t know the language pls don’t try to go to countries like Belgium, France, Germany, Hungary, Poland, Luxembourg,etc.unless and until u do have strong support in the case of not having job.

  3. Deepak jee lai pani hyaaaaaa ke ko thyas!! thyas !!ab bhanekai chha no Visa no charge bhanera abo kura rahyo food ra house ko tyasko pani chajo pajo milaye ko rahe chha
    baki rayo Ticket ko tyo ta tirera Poland ghumi firi aauda bhai halyo ni. 🙂 lol

  4. my sansar what you write that fact.we are the open eyes of nepalese people.i work in macau but i dont about poland.hi!! how can they get big salary there .plz read all comment.we work in macau 4days 12 hours 3 day off but we get 1 lakh nepali but here also some agent bring people from nepal to get work .very difficult to find work and very hard.plz think before come anyplace any where ???asked some your relatives before go there.that the best idea.

  5. beggar can’t be chooser.. aafno desh ma shanti le basera afnai samaj ma kaam garne batabaran bhaidiyeko bhaye bibhinna bahaana ma desh chodnu parne awastha aauthyo ra? manchhe lai sachet banaunu ramro initiative ho tara back to square 1 bhane jasto yo samachar le bidhesheni haru matra rokla?? well poland 80,000 realistic bhayena -mysansar ma tannai comment aayo – romania ma 70,000 or estonia ma 65,000 or lativa ma 60,000 or macedonia ma 55,000 try garam bhanne agent niskelani chhitaai (i randomly picked some east european blocks…no offences meant).

  6. right now im in denmark.if there is job oppertunity lie this in poland may be polisk people never have come to denmark .this advertisment is spliting on governmet face.be clever and tryt o find out the fact befroe u pay

  7. जब बिदेशमा पुगिन्छ, त्यसपछी दुई दिन मात्र भएपनी काम नपाएपछी खल्ती रित्तो हुन्छ । भाडा के ले तिर्ने, पढाई खर्च कसरी ब्यहोर्ने, खाने कसरी भन्ने अनगिन्ती समस्याले मानसिक चिन्ता थपिदिन्छ । त्यतिखेर लाग्छ कि बेकार आएको भन्ने ।

    बिदेशमा कुनै कुर पनि सजिलो छैन । काम गर्न कसैले पनि बोलाँउदैन । काम खोज्नु पर्छ । काम खोज्दा कसैले राम्रो पाउछ । कसैले पाउदैन । त्यस देशको नियम कानुनले के भन्छ, त्यही अनुसार काम गर्ने हो । गैर्कानुनी रुपमा गरेको कामको भरोसा हुँदैन । तेसैले बिदेश जानुभन्दा पहिले आफ्नु आर्थिक अवस्था कत्तिको बलियो छ भन्ने कुरा निर्धारित हुनुपर्छ । घर खेत बैना राखेर कहिले पनि बिदेश जानु हुँदैन । छात्रब्रित्ती पाएर सित्तैमा पढ्न आउनु भन्दा अर्को उपायले बिदेश जानु हुँदैन । आर्काको काम गरेर बचेँको समय मात्र पढाईलाई दिने हो भने चाँही त्यो पढाई नेपालमा नै गर्नु अती अती अती उपयुक्त हुन्छ । बिदेश आउने रकमले नेपालमा नै पढ्दा इज्जत पनि पाउने र काम पनि पाउने हुन्छ । बिदेश्मा गरेको पढाईले नेपालमा सिन्को पनि भाँच्न सक्दैन । सस्ता कलेजमा गरेको पढाईले नेपालमा दस क्लास पढेको जत्ती पनि काम लाग्दैन । केबल बोल्न जान्दैमा सबै कुरा जानेको ठहर्दैन होला !! अर्को कुरा, आफुलाई जन्म दिने बाबु आमाको सम्पत्ती बेचेर बन्दकी राखेर बिदेश्मा गएको र फर्केर पनि नआएका मान्छेका कुरा सुन्नु पनि हुँदैन । घर समाज र परिवारप्रती जिम्मेदार नहुने कुराको शिक्षा लिन किन बिदेश जाने ?? तेसैले, अरुको लहै लहैमा लागेर बिदेश जाने सोच आँफैमा गलत छ । त्यो पनि मात्र सर्टीफिकेट वा बिए पास गरेर बिदेश जानु सरासर गलत हो । मस्टर्स गरेर जानु चाँही केही उपयुक्त हुनसक्छ । मात्र २ वा ३ बर्ष पढेर पढाईको एक अन्श सकिने र केही गर्न पनि सकिने हुन्छ । नेपालमा नै केही काम गर्न समेत जानी सकेको हुन्छ त्यो अवस्थामा ।

    जय देश

  8. These people get away so easily. Why Nepali government is silence in this issue? If these people/agency are not stopped or prosecute now, they will grow like mushrooms.
    Please do something!!

  9. hi all,

    Seems nobody getting Rs, 80,000/month though working in Europe and USA.

    Since I was regular member of Mysansar.com, I assume that most of viewer are students. Person with good educational background may get lots of opportunity, but u have to keep trying.

    Some scholarship is > 1,000 euro/month for PhD and even for master. And after completion of study definitely salary is more than 80,000, either u work as a researcher or postdoc student.

    I don’t bother what the add is published, its up to individual caliber. So i hope the add is just for attraction at the beginning and if u interest on it, u should know in detail. If the salary is for professional its really less. They did not mention here for whom, so better go and ask, it doesn’t cost.

    I think the add is just uncompleted, cannot say totally fraud because many Nepalese people like to go aboard in any cost so it may be one chance for them.

    So for student I strongly recommend to get scholarship and jump.

  10. laxman!
    i have also lived there and it is not true! Do you have some connection to the advertiser ?

  11. Mr khanal

    well i think the way u r debating leaves you here completely unaware of the fact.
    well i am curious 2 knw that if u live in USA then how you came to knw all the fake fact abt poland

    And thanks to Deepak ji for letting neplease to knw abt real information abt poland through my sansar

    I myself being a student here in poland and i am completley aware of the fact abt poland cuz i am facing the truth

    The things that i heard in nepal abt poland is now i realize how fake was that

    anyway thanks deepak ji

  12. Deepakji, posting articles (or notice) based on guesswork does not sound fair. The details in the ad is least credible does not mean that it was displayed for the purpose of robbing people as you have pointed out. Please do not get me wrong!

  13. thanks dipak ji for providing awareness to the nepalese people who otherwise might have thought true of the advertisement and had almost gone to ruin their life…we all the responsible people should do such things as dipak ji…its the humanity……its highly appreciable dipak ji…keep it up

  14. good job thanx man, so that other neplese frenz won’t have problem of the same u have illustrated,, good job

  15. namaste

    Hami Nepaliharu nepalma chhada Swarnim europko kalpana garchhau tara europ ma aafnai tarikako sukha dukha chha,legal basneharulai bachnako laginai samasya chhaina tara Nepalbata short term visama aayara ilegal basneharuko bijog vairahechha,pls pahile ramrari bujhnus.

  16. पोल्याण्ड मा ८०००० कमाउन नसकिने त हैन होला तर बिना अनुभवका अदक्ष कामदार को लागि चाही असम्भव नै हो.
    म लण्डन मा छु र यहाँ मेरा धेरै पोलीश साथीहरु छन् जो काम को खोजीमा पोल्याण्ड बाट आएका छन्/ उनीहरुका अनुसार poland-ma महिनामा 3००-4०० euro चाही कमाउन सकिन्छ तर
    काम पाउन एकदाम नै गार्हो हुन्छ रे
    तेस्माथी उनीहरु आफै भन्छन हामीहरु अलि racist छौ

    नेपालमा ठगहरुको कुनै कमि छैन. बिना अनुभव नै महिना मा ८०००० कमुना सकिने, पानीजहाजमा जागिर lagaidinchaa रे , दलाल लै भेट्ने जाने हैन भनेर साथीले भनेकोले हामी दुइ चार साथीभाई के के भन्छन सुनु न त भनेर गको…तिहा २०-२५ जना जति मान्छे भेला भाका थिए होलान- meeting place चाही संखामुल पार्कमा. हामित बल्ल १६-१७ बर्साका थियोउ अरु चाही सबै उमेरका थिए तर कोहि पनि राम्रो पढे लेखेका जस्ता थिएनन/
    काम को description एक अधबैसे महिलाले येसरी दियिन- उता काम को अनुभव को लागि नेपालमा हामी अलिकति तालिमको बेवास्था गर्छु. जो जोसलाई जना मान्छ अहिले एकलाख ठिक गर्नु, बाकी चार लाख विस लागे पछि मात्रै बुझाए हुन्छ. ति आइमाई को कुरो सुन्दै हामीलाई त यिनी हरु ठग हुन् भन्ने परिहाल्यो. एस्तो कुरो पत्याएर तिहा गकोमा पचुतौदै फर्किहल्योउ, अरु सोझा साझा दुइ-चार जना त पक्कै पनि ति ठाक को चंगुल मा परे होलान.

  17. I wonder why police and home ministry do not care about all this. The culprits must be punished strictly. It is straight away a crime, unforgivable crime.

    Makune ji show your dignity and respect to your people and country.

  18. यसै गरेर ठगेर त हो नि यहाँका consultancy ले पत्रीकाको first page नै ढाक्ने हरी एड्भर्टाइज गरेका।

  19. धन्यवाद दीपक जी ।
    कुरा सत्य हो ।कुरा सुन्दा अचम्म लागेयो। पोल्यान्ड युरोप को एक गरी देश हो यहाँ का मान्छेले यदि ८०००० नेपाली पहुने हो भने अरुदेश मा तल्लो स्तर को काम गर्न आउनी थिअन्न । म आहिले युरोप मा नै छु यहाँ देरै पोल्यान्ड को मान्छे काम गर्छन । केही पहिले महिले एक पोल्यान्ड को साथीलाई पनि सोदेको थिएए के पोल्यान्ड मा काम पहुँदैन? पाउछ तर पैसा थोरै हुन्छ २०० देखि ३००० युरो मात्र हुन्छ भने को थियो ।यो सरासर झुत हो

  20. उमेश् जि, १२ जुलै मा प्रकशित् दीपक जि को लेख पढेर केहि लेख्न मेरो कर्तब्य ठान्दछु ।त्यहा मेरो इमेंल दियकोले धेरै साथी हरुले मलाई सम्पर्क गर्नु भयको छ। अहिले कार्य ब्यस्तताले सबै साथीहरुलाइ जवाफ् दिन नसकेको ले मै सन्सार् ब्लग् लाइ नै जवाफ् फर्काउने आधार बनाउन चाहन्छु। दीपकजि ले औल्याउनु भयका कुराहरु सान्दर्भिक् छन् र सत्य पनि।यसको लागि मुरी मुरी धन्यवाद ।
    १ पोल्यान्डमा धेरै ठ्गियका नेपालीहरु छन्। ।
    २ राम्रो स्किल् भयेमा ३०० – ४०० यूरो कमाउन गारो त छैन तर अहिले काम पाउन मुस्किल भएको छ ,आर्थिक् मन्दिले गर्दा।
    ३ त्यसैले यहा आउनु भन्दा पहिला राम्रो संग बुझेर मात्र कदम चलाउन अनुरोध् गर्दछु ।
    हावादारि बिग्यापनमा बिस्वास् नगर्दिनु होला /
    हाल पोलैंडमाँ यस्ता कार्यक्रम ( बिग्यापनमा देखिएजस्तो जस्तो) हरु सन्चालन्मा भयको कुनै पनि जानकारी छैन ।

    मित्र लाल पार्दे
    पोलैंड
    सचिब एन आर एन

  21. go poland, bhanne pani chan, naja bhanney pani chan.
    khai k khai k?

    polish bhayera basne sokh pani gai gobar mai sidhiney bho?

  22. it’s an important information for all neplese who want to go abroad through fraud consultancy

  23. aru kura thik bhaye pani date ta mile ko chaina hai hajur ko जुलाई ११ शुक्रबार mileko chaina july 11 friday nabhayera
    saturday bhayeko jankari dina chaheko matra ho ///

  24. साथीहरु!
    सबैले आशा गर्ने भनेको देसमा भयको सरकार को नै हो तर नेपाल भन्ने देसमा (जुन मेरो पनि देस हो र बडो दुखको साथ लेख्दैछु) यस्ता ठगहरुलाई कारबही भन्ने कुरा त धेरै पर को कुरा हो, झाडापखला जस्तो सामन्य रोगको कारणबाट सयौ मन्छेले ज्यानै गुमाउने अबस्था मा त कुर्चीको लागी झगडा गरेर बस्ने नेताहरु, सरकारमा भयकाहरु बिषेसगरी, जनता को ज्यानको त पर्बाह छैन येस्ता ठगी को के कुर गर्ने हो।

    धेरै मान्छे मरीसके, पहीला जनताको ज्यान बचाउँ, त्यस्पछी यो सब् कुराको छान्विन गरौला, हुन्न र??

    प्रभु रक्षागर!!!!

  25. Thanks Mr Dipak for your right information on right time. Your job is appreciable. We all Nepalese should be very careful with such advertisement. You have done your part by informing. Now our part is to get more details from that Standard World Consultancy and verify it.

  26. Sathi haru ho, I am here in Poland for the last 7 years and I had a salary above Rs.65,000 back in 2002.Right now, my salary is slightly higher than the one advertised here. So, it all depends upon your potential and caliber..
    It is highly possible that this advertisement is true.
    Thanks,
    Abinash Thapa, Ph.D.
    Poland

  27. ma bhanchu,SOMETHING IS BETTER THAN NOTHING!
    Npali ukhan aru ghoda chadera hidyo bhandaima afu dhuri chadna hudaina. Sake maja sanga ayehunchha europe ma.
    Beter than musalteko cuntry!

  28. This giroha is organized by big Mafia, could be corrupt political leader, corrupt government employee. now a days , Nepalese girls are transporting to Europe, Hongkong, Mumbai for prostitute purpose.

    I know, thousand of Polish girl are working sex trade in UK, and other western Europe. Go and search google website , you will find ….

    I guess, these Dalal want to send nepalese girl in Poland…through Mafia…

    Hoshiyar

  29. This add seem 2b published by R Khanal. Otherwise how come he goes aggressive against the true suggestion given by sones’ better thinker Dipak? Nonsense cheater Khanal you had better make up your mind,ok??

  30. Nepali le aafnai dajubhai thagne khel kina khelchhan? k janne le j gare ni hunchha jun subidha ni upayog garera tesko galat faida lina laj lagdaina.Yesto ni kunai bigyapan huncha?

    Polyand ko eak jana sathi ya qatar ma ni chha mero.tyo aafai ya kam garna aayeko chha.Kam nakhulai k gayesi farkina napaune gari kam lagauna khojeko ho? ki kasto khale trainning dina lageko ho?

    Tyo kura jhut nahola bhanera positive R.Khanal le bhane jasto sochna ko lagi eauta ni option dekhdina ma ta.Dipak ji yesta kura hamile sabai samu lyaunai parchha.dherai dherai dhanyabat.

  31. Is that correct.bcoz ma pani switzerland ma baseko 4 year bhayo kati nepali ko halat pani testai rahechha. Thats way if are you educated people you have some option for this countries otherways don’t take this hell and wrong information.

  32. Yaar sabai jana europe ra america matrai takne? ke paisa tehi matrai cha ra? Ahile ta economic crisis le ti sabai udo munto lagi sake, edi afu ma capabilities cha vane hami jasto gulf country ma ayera saan le paisa chapne garum na gumne kursi ma basera, ke tyo khali europe ra america ma matrai third class kaam garne ani paiso vanya 00 ani saan chahi ke ke nai thulo!!!

    KK
    Doha, Qatar

  33. समयमा नै वास्तबिकता अबगत गराईदिनु भएकोमा यहाँलाई धेरै साधूवाद दीपक जी | अचम्मको कुरा त यो पो छ की बकैदा पत्रिकामा यस्ता देख्दा नै पत्यार नलाग्ने बिज्ञापन छापेर दिउसैं नेपाली युवालाई ठगेको देख्दा पनि त्यसको निगरानी र नियत्रण सरकारले गर्न सक्दैन | मैले देखेर बुझे सम्म अहिले सम्मकै कमजोर, निरीह र निकम्मा सरकार त नेपालमा यो संभिधानसभाको चुनाब पछिको तीनवटा सरकार लागेको छ | जसले जे अपराध गरे पनि छुट छ नेपालमा |
    Thank u so much Dipak jee!!

  34. नेपालीलाई कसले पो ठगेको छैन ? भ्रस्टाचारी राजनीतिज्ञ, घुसखोरी कर्मचारी, नाफाखोरी ब्यापारी सबैले नेपालीलाई ठगेका छन / यी यस्ता एजेंटहरु यिनिहरू मध्यका उपदफाहरु हुन /

  35. म आँफै बिदेशमा बसेर नेपाली दाजुभाई दिदीबहिनीहरुलाई कुन मुख ले भन्नु बिदेश नजानुस् भनेर? तर यती चाँही भन्न सक्छु कि कुनै पनि देशमा जानु अघी कमसेकम त्यो देशको आर्थिक स्थितिको को अध्ययन गर्नुस्।

    नेपाली दाजुभाइ दिदीबहिनीलाई कुनै देशको अवस्था बारेमा बिदेशमा बस्नेहरुले कसरी मद्घत गर्न सक्छन त? मेरो संसार जस्ता blog र अन्य नेपाली forum हरु द्वारा धेरै मदत पुर्‍याउन सकिन्छ जस्तो लाग्छ।

    सरकारले कसरी control गर्न सक्छ त यस्ता ठगहरुलाई?
    १) सबै थरी complain गर्न hotline को बन्दोबस्त गर्ने (घुस खाने, बजार भाउ,नक्कली सामान देखी लिएर रोजगारी सबै थरीको complain) – जुन चाँही recorded (voice recording) हुनु पर्छ र २४ घण्टामा सम्बन्धित निकायबाट जवाफ नआएमा re-complain गर्ने बन्दोबस्त हुनु पर्छ। सबै complaint website मा publish पनि हुनु पर्छ र प्रत्येक compliant को status पनि देखाइनु पर्छ।
    २) पत्रपत्रीका ले पनि जिम्मेवारी लिनु पर्छ, तर उनिहरुले बिज्ञापनदाताहरु बाट धेरै सफाइ लिएमा ब्यापारमा असर पर्न आउछ। त्यसैले बिदेशी रोज्गारी जस्ता बिषयहरुमा बैदेशिक रोजगारीअध्ययन आयोगले permit number दिने बन्दोबस्त गर्नु पर्छ र यस्तो number नभएमा पत्रपत्रीकामा बिज्ञापन छाप्न नपाईने नियमको लागु गर्नु पर्छ। बैदेशिक रोजगारीअध्ययन आयोगको website पनि हुनु पर्छ र त्यहाँ पत्रपत्रीकामा छापिएको रोजगारी वा अध्ययन चुनौती को permit number search गर्न सकिने हुनु पर्छ।

  36. Thanks for such kind of awareness. This problem is not only in Poland, we can get anywhere.

  37. Haine Nepal ma k vayeko cha vanya. Jasle J man lage tehi garne.Rules and regulations ko ta kasailai baalai chaina. It’s not definitely a good signal of being civilized citizen rather a degradation of human civilization. I feel jealous of American people when I am here who always stick to the rules and regulations. This is what a civilized and aware citizen should do.

  38. Alisa naam ko women lai please karbai garnu hola
    nepali haru saga money liyara Nepal bata poland pathuda 5 to 6 lak line garchha please Alisa la karbhai na garun jail rokinna.
    Her name is ALISA HO

  39. लेख को निम्ति धन्यबाद है तपाई लाई, पोलैंड मात्र हैन सिंगापूर मा पनी थुप्रै नेपाली चेली हरु को बेहाल बनाका छन दलाल हरु ले, सकेसम्म राम्ररी बुझेर मात्र बिदेश जानुहोला| समाया खराब छ, आज मात्र मैले एकजना नेपाली दीदी लाई बेहाल अवस्था मा भेटे अनी उंहा को कथा सुन्दा म कहालिये, बर्बाद छ हाल बिदेश मा पनी कटी नेपाली हरु को

  40. के गर्ने ! हामी नेपालीहरुलाई के लागेको छ भने बिदेश्मा गएपछी जे गर्नु परे पनि गरौला नि । तर जब बिदेशमा पुगिन्छ, त्यसपछी दुई दिन मात्र भएपनी काम नपाएपछी खल्ती रित्तो हुन्छ । भाडा के ले तिर्ने, पढाई खर्च कसरी ब्यहोर्ने, खाने कसरी भन्ने अनगिन्ती समस्याले मानसिक चिन्ता थपिदिन्छ । त्यतिखेर लाग्छ कि बेकार आएको भन्ने ।

    बिदेशमा कुनै कुर पनि सजिलो छैन । काम गर्न कसैले पनि बोलाँउदैन । काम खोज्नु पर्छ । काम खोज्दा कसैले राम्रो पाउछ । कसैले पाउदैन । त्यस देशको नियम कानुनले के भन्छ, त्यही अनुसार काम गर्ने हो । गैर्कानुनी रुपमा गरेको कामको भरोसा हुँदैन । तेसैले बिदेश जानुभन्दा पहिले आफ्नु आर्थिक अवस्था कत्तिको बलियो छ भन्ने कुरा निर्धारित हुनुपर्छ । घर खेत बैना राखेर कहिले पनि बिदेश जानु हुँदैन । छात्रब्रित्ती पाएर सित्तैमा पढ्न आउनु भन्दा अर्को उपायले बिदेश जानु हुँदैन । आर्काको काम गरेर बचेँको समय मात्र पढाईलाई दिने हो भने चाँही त्यो पढाई नेपालमा नै गर्नु अती अती अती उपयुक्त हुन्छ । बिदेश आउने रकमले नेपालमा नै पढ्दा इज्जत पनि पाउने र काम पनि पाउने हुन्छ । बिदेश्मा गरेको पढाईले नेपालमा सिन्को पनि भाँच्न सक्दैन । सस्ता कलेजमा गरेको पढाईले नेपालमा दस क्लास पढेको जत्ती पनि काम लाग्दैन । केबल बोल्न जान्दैमा सबै कुरा जानेको ठहर्दैन होला !! अर्को कुरा, आफुलाई जन्म दिने बाबु आमाको सम्पत्ती बेचेर बन्दकी राखेर बिदेश्मा गएको र फर्केर पनि नआएका मान्छेका कुरा सुन्नु पनि हुँदैन । घर समाज र परिवारप्रती जिम्मेदार नहुने कुराको शिक्षा लिन किन बिदेश जाने ?? तेसैले, अरुको लहै लहैमा लागेर बिदेश जाने सोच आँफैमा गलत छ । त्यो पनि मात्र सर्टीफिकेट वा बिए पास गरेर बिदेश जानु सरासर गलत हो । मस्टर्स गरेर जानु चाँही केही उपयुक्त हुनसक्छ । मात्र २ वा ३ बर्ष पढेर पढाईको एक अन्श सकिने र केही गर्न पनि सकिने हुन्छ । नेपालमा नै केही काम गर्न समेत जानी सकेको हुन्छ त्यो अवस्थामा ।

    जय देश

  41. dear sir
    please let us know what exactly is the scope of poland for nepalise like us mentioned in this add….

  42. जब जब देसमा कानुन र प्रहरिले आफ्नु कर्तब्य र दायीत्व पुरा गेर्न बाट टाढा हटछन। तब तब दिपकजी जस्ता यिमान्दर र बफादार बिना बदीका प्रहरी हरुको जन्म हुन्छ। अब हामी सबै नेपाली मिलेर झुट र दलाली हरुकी भन्डाफोर गेर्नु पेर्छ।

  43. Tyeto consultancyma campus nai urler januparchha-form bharnako lagi,todphhod chhahi garne haina ni.
    chiya,pani, biskut j-j dinchha khane ani aune.
    TARA APHNO PAISA BHANE YEK RUPAIYA PANI NADINE NI.
    sakinchha bhane walet nai naliyikan jane.
    SABAILAI DHANYEBAD.
    kamko mamala ma Rakshol ra Poland usatai ho.

  44. दिश इज नेपाल … हा हा … यहाँ जसले जे गरे नि हुन्छ … अहिले नेपाल मा सरकार छैन…. न त कसैले केहि गल्ति गरे पछि उसलाई सजाय दिने मान्छे नै छ … त्यहि भयर यहाँ यहाँ जसले जे गरे नि हुन्छ … यस्तो नेपाली सोजा साजा जनता को पैसा ठग्ने ओफिस कम्पनी ठुलो मैदान मा राखेर मर्नु पर्ने हो … तर यहाँ कसैले केहि गर्दैन … सबै हेरेर मात्र बस्छ …. तै पनि म नेपाली जनता लै भन्छु कि राम्रो संग कुरा भुझेर मा बाहिर जाने विचार गर्नु … नत्र कुकुर ले नपायको दुख खानु पर्ला … पछि सोच्नु भन्दा पनि अहिले नै राम्रो संग सोचर मात्र काम गर्नु …..

  45. ya,deepak ji le bhannu bhayeko kura true ho.tesaile kohi pani yesta kura ma nafasnu hola.Pass auf!

  46. What is Nepali Government doing about all these thug educational consultancies and manpower companies in Nepal who are exploiting innocent Nepalese?

  47. धन्यवाद दिपक जि,
    यस्ता जनचेतनाको र जनसरोकारको चेतना मुलक र समाजमा ब्यप्त दुबिधा अनी ठगी जन्य कार्य हरुको सामाजिक बहस र पर्दाफास गरी सम्बन्धित निकाय को ध्यानाकर्षण गराउने लगायत सम्बन्धित लोक समक्ष यथार्थता जानकारी गराउने तथा सचेतता जगाउने कार्यको धेरैनै जरुरी छ हामीकहा।
    यस कार्य प्रती माइ संसार ले केही सराहनिय भूमिका खेलेको छ तर अझै बढी गर्न सकिन्छ र गर्नु जरुरी छ।
    तेसैले माइ संसार लाई पनि मेरो आग्रह र सल्लह के छ भने, कम्तिमा पनि हप्तामा एक पल्ट हाम्रो समाजमा छरपस्टियको यस्ता र संकास्पद कार्य लाई खोजी गरी समाचार बनाएर बहस माल्याउनुका साथै सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने तर्फ पनि ध्यान देवोस।
    अनी हरेक समस्या लाई बहस मा ल्याउदा तेस्को समाधान र निर्मुलिकरन को उुपायहरुमा पनि बहस गर्ने कार्य तालिका मिलाउदा अझै उपयोगी हुनुका साथै सुनमा सुगन्ध हुनेथियो भन्ने कुरा गगने को हो।

    यो माथिको समाचार ठगी भन्न नमिल्ने ठगिको एउटा तरिका हो, यस्बाट अरुकुनै कुरा उनिहरुले गाह्रोस नगरोस त्यहा संपर्क मा जानेलाई दिमाग छाती घुमायार अन्य किसिमा ले ठगी गर्न सक्ने कुरा निस्चित छ जस्तोकी, नाम दर्ता गर्न दर्ता शुल्क अनी फारम शुल्क भनेर एक जना सँग ५० रुपैया लियपनी तेस्ता हजारौ संग पचासौ हज्जार गुमुर्क्याउछन त्यो कुरा सायदै कसैले देख्ला र देखेमा पनि केही भन्न सक्ने अवस्था रहदैन, यो एउटा घुमाइरो ठगी हो।
    तेसैले पत्रीकामा प्रकाशित हरेक बिग्यापन लाई सम्बन्धित निकायले द्रिस्ट्री पुर्यायर छानबिन गरी करबाही गरुन भन्ने गगनेको जनचाहना छ।

  48. समयमा नै वास्तबिकता अबगत गराईदिनु भएकोमा यहाँलाई धेरै साधूवाद दीपक जी | अचम्मको कुरा त यो पो छ की बकैदा पत्रिकामा यस्ता देख्दा नै पत्यार नलाग्ने बिज्ञापन छापेर दिउसैं नेपाली युवालाई ठगेको देख्दा पनि त्यसको निगरानी र नियत्रण सरकारले गर्न सक्दैन | मैले देखेर बुझे सम्म अहिले सम्मकै कमजोर, निरीह र निकम्मा सरकार त नेपालमा यो संभिधानसभाको चुनाब पछिको तीनवटा सरकार लागेको छ | जसले जे अपराध गरे पनि छुट छ नेपालमा |

  49. Nepalma pani garne ho bhane ta dherai chha ni. Tara k garnu $$$ bhane pachi nepali ka tin netra.Bidesh ma ta bhada majhna, cleaning ni garna ready hunchan. Nepal mai teti dukha gare ta sworga bhaisakthyo hola. Ki kaso nepali daju bhai ho. Jay nepal

  50. This is a very good information. Yo bigyapan ta sarasar jhut ho. Bigyapan me lekheko kurale nai tha hunchha. Yesto lai ta sarkaar le punish po garnu parchha ta. Sarkar le ni k garchha ra (Makune ko). Garne haru ta holani YCL, Youth Force. K herera basiraka hun khai. Rajnaitik danga ma ra pura bhaag linchhan yiniharu. Samaj Kalyan ta kehi tha chhaina jasto chha.

  51. HOOOOOOOOOO NEPALI LAI NEPALI AGENTS HARU LE NAI LADAUCHAN POLAND MATRAI HAINA DUBAI KUWAIT QATAR SAUDI SABAI NEPALI HARULEY NEPALI LAI NAI THAGIRAHANCHAN NEPAL GOVERMENT SHOULD CATCH,AND CHECK THEM……

  52. yo STANDARD WORLD consultancy pani CROSS COUNTRY, dillibazar jastai fraud ho. CROSS COUNTRY le pani dherai hami jastai student haru lai wrong information diyera jhukkaudai dherai ko paisa khayeko cha. Accomodation ko lagi each student 70000 rs liyera pani, accomoadation ko kunai bewastha gardaina. kati student haru le train station mai raat bitayeko pani chan. so be careful neplese students before coming to europe.

  53. poland ko mancha le yaha £20 ma yaha rat bhar kam garauchan uk ma tyo des ma kasari paisa kamaune nepal is best so nepal ma basera ke garnu parcha sathi haru ho

  54. Mero sathee haru le pani Canada ko MAGIC SCOT RARM (www.magicscotfarm.com) bhane company ma farm work ko lagi” Pokhara Ko Royal educational foundation’ advertise gare ko chha re tesai le ma lai sathee haru le sode ko thiya yo company real ho ki hai na bhane ra tara Ma hile USA bata contact garda phone uthena, Tesai le Yadi kohi sathee haru tala ko address:

    Bill Scot JR (Director)
    Magic Scot Farms Inc.
    P.O box 5123
    Minaki, Ontario, POX1JO
    Canada
    Tel:+1- 416 628 66 39
    Fax:+1- 416 3527569
    please, kasai le yo company ko bare ma jana kari chha bhane plese posting garnu hola.
    ma tapahi ko sujhaba ko pratikshya ma hune chhu.

  55. khai k bhannu nepali buddi kahile ferine ho kunni. Jasle pani thagna nai khojchhan. Pakkai pani yo add nikalne forum hola haina

  56. never believe these kinds of advertisement:::::::

    i have some fren from poland who r studying in sweden :::::. they told me abt the problem in poland::::: so poland is not good for nepali student:::::

  57. Sathiharu, dhanyabad yasarinai kura garnu parchha ntra Nepali haru nepali le nai thagne rahecha. Poland ka manchheharu dherai hamisanga kam grchhan uniharu ko deshma kam and dam rambro nabhayekole arko desh ma janchhan pheri english jandainan hami lai poland bhasa awngdaina. Tyo bigyapan ko bhar naparnu hola please, rambro bujhera matra agadi badnus hi, Natr arkako desma royera hindnu parne hunchha. Sabai bhanda pahile ta bigyapan nikalne agensi lai nai sakdo karbai garnu jaruri chha.

  58. Hi frens ..
    I tried to call this Mafia but he didnt receive and finally switched off….
    We all Nepali will get problem untill these Mafias will be sweeped away …….

    And thank you very much to all those who mentioned it here!!!

  59. आघिल्लो हप्ता मात्र अमेरिका को लागि भनेर यस्तै बिज्ञापन को कुरा सुनेको हैन र? फेरि आर्को पनि यस्तै कुरा?? यो कुरा ठगि नै हो भने सम्बन्धित ठाउँमा किन उजुरी नगर्ने? कि नेपाल मा जस्ले जे गरे पनि हुन्छ? नेपाल बाट केही नहुने हो भने, लौ न कहाँ बाट हो कसरी हो केही गर्नु पर्यो। जो कोही ठगीए पनि आखिर नेपाली दाजु भाई नै त हो नी।

    दिपक जि लाई धेरै धन्यबाद, समयमा जानकरी दिएकोमा।

  60. Hamro nepal ma j gare ni bho ! j lekhe ni bho !! ani j bole ni bho !! One of the Poorest nation in eastern europe polland ho ,even people from here migrate to other country…k ho yasto advertisement

  61. poland ka nagarik haru tyahan ko income THORAI BHAYEKO LE HOLLAND,BELGIUM UK IRELAND TIRA LAGEKA CHHAN KAM KO KHOJIMA. POLAND KAI NAGARIK LE NEPALI 40 HAJAR BHANDA KAMAUNA SAKDAINA
    NEPALI THAG HARU KTM MA BASERA EUROPE KO DREAM DEKHAYERA NEPALILAI NAI LUTDAI CHHAN
    AHILE EUROPE KO KUNAI PANI DESH MA BASNA RA KAM PAUNA SAJILO CHHAINA. NEPAL MA BHAYEKA NEPALI HARULE RAMRO SANGA BUJHERA MATRA AAUNU HOLA …….
    HOSIYAR HAI SATHI HARU FATAHA HARULE BARBAD BANAI DELA NI FERI…….

    SANDHYA,GERMANY BATA

  62. ho yestai yestai kura ma sachet garaune paryas garnu hola,yesta thagina lageka yuba ko lagi marganirdesak banos mysansar.ra yad garun sabai nepali le nai nepali lai thagi huna bata jogau hai kin ki nepali nai dalal haru sakriya chan hamro samaj ma.sayad yes bata kamtima pani yo blog padne ma jasta yuba ta jogiye.yo blog post garidinu bhayeko ma dhanyabad dipk ji.

  63. नेपाल एउटा यस्तो देश भइसक्यो जहां जसले जे गरे पनि र जे भने पनि हुन्छ। यो त एकप्रकारको अपराधनै हो नि। कारबाहि कास्ले गर्ने हो?

  64. I feel really proud to have such a gr8 people In Nepal who provide general awareness information to general pulbic. This is really a gr8 Information . Thank you so much to everyone who helped all Nepalese to know the real truth. Now we public need to be aware and make all aware of fake information

  65. Dear Mr. Deepak Ji thank you very much for your information.As per government, they are still waiting for official approval to send worker in Poland. Anyway We should ware of this kind of fraud advertisement.

  66. पत्रीका लाई बिज्ञापन चहिएको र थगहरुलाई यस्तै पैसा को लागि जे पनि छाप्ने पत्रीका चहिएको
    झन गजबको कुरा त थगिनेहरुलाई पनि सुनपानी छर्केर खारानी बेच्ने नै मन पर्ने।
    मित्रहरु
    जानुस् घुम्नुस्, ब्रैन वास गर्नुस् थगहरुको तर
    झुक्किएर पनि पैसा चाहिन खुरुक्कै भन्ने बित्तिकै नदिनु होला।
    यस्ताहरुले त तपाईं हामीलाई फर्म मात्रै भराएर पनि थग्ने मेलो गर्छन्।

  67. नेपाल एउटा यस्तो देश भइसक्यो जहां जसले जे गरे पनि र जे भने पनि हुन्छ। यो त एकप्रकारको अपराधनै हो नि। कारबाहि कास्ले गर्ने हो?

  68. यो ठग्ने कंपनिलाइ सबै मिलेर शफाया गरिदिउ साथि हो यिनि हरुले समाजमा बिक्रिति ल्याउछन।अनि ख्याति जस्तो घटना घट्छ यहा।पहिले नै सजक हौ।

  69. पोल्यान्डमा जागिर गर्न तम्सिनु भन्दा अगाडि कुन काम हो त बुझ्न पर्यो।
    खोइ त खुलाको के काम हो भनेर?
    जे पनि गर्ने ८०००० को लागि, यो त अलिक भएन हो ।
    जुन उमेरको ले नि गर्ने, के काम हो एस्तो?
    जुन् सैक्षिक् योग्यता ले नि हुने?
    खान पनि फ्री बस्न नि फ्री?

    ओवर्टाईम नि छ फेरी?

  70. Auta ‘Jimewar – Nagarik’ ko kartabe palana gernu bhaye cha Deepak ji le,

    Thanks for information !!!,

    Hami sabie Nepali sansar vari charera base pani ‘ek jhut’ hunu jaruri cha, ra testo auta madhem mysansar.com pani baneko cha,

    Keep up d Gud works – Guys….

    Nepali rockzzzz

  71. Thousounds of Polish are coming UK day by day, and they are doing whatever jobs they find including cleaning, in minimum wages, and how other people can go in Poland and get good jobs?????????????????????

  72. Haina yasore Jhotho add nekalera keena manche lai problem banayeko. Yesto lai keena aakteyar lay, kaanon lay nasamayeko. aakhir yesto add ma nirmul gareeb haru matra ho aakarsit hunay aane thage khane. Paisa waala ta phasne hoena. So please becareful. and beaware.
    Yesto add nekalnay lai karwahe hoonu parcha.satya to Jay. Asatya lai Jail.

    Kancha

  73. धेरै धेरै धन्यवाद दीपक जी । बिदेशमा अाएर दुख पाउदाकाे पीडा नेपालमा बस्नेलाइ के थाहा । अाफ्ना नेपाली दाजुभाइ सडकमा भाैतारिदै देख्दा मनै धर्केर अाउँछ । तर के गर्नु टुलुटुलु हेर्नु सिवाय केही उपाय छैन । अनुराेध छ सम्पुर्ण नेपालीहरूसँग जहाँ कहिँ जाँदा राम्राे सँग बुझेर मात्र जानुहाेला । अर्काकाे लहैलहैमा लागेर अाफ्नाे भविष्य ध्वस्त नपार्नु हाेला ।

  74. if that is true,standard world consultancy shoud be punished.Thank you deepak for your suggestion, keep it up.

  75. येसरी खुलेआम ठगी गरि सोझा साजा नेपालिहरुलाई फसाउने खालको विज्ञापन प्रकाशित गरि लुट्मारको तान्दब गरि हामीलाई जिउँदै मारदा नेपालको सरकार भानाउदो नपुंशक जंतु के गर्दै छ हँ?

  76. It could be true opportunity for job seekers. Salary may be 80,000 Paisa per month. Ha haaaaa! (As far as I knew that the most of Polish are out of country for the better earnig so that Poland needed cheap workers.)

  77. Can any government or non- governmebt body Punish those dishonest consultency called enemy of all Nepali people. Thanks for information.

  78. Haina saathiharu, bigyapan pani kasto aauna thaleko. “No visa, no charge, no qualification, no age bar”. Haina yesto bigyapan garda pani patyayera koi jancha bhane ta ke bhannu khoi. Tara sachet garaunu bhako ma dhanyabaad. K nepali haru yeti sarai bibas ra lachaar bhaisake bhanya, yesto chharlanga jhuto dekhine bigyapan ko pani pachi daudine? lakhattam.

  79. दिपक जि

    अग्रिम सुचना प्रबाह गरेकोमा धन्यवाद। हो म पनि स्कट्ल्यान्ड यु,के मा बसोबास गरेको निकै बर्ष भयो मेरा पनि पोलिस साथीहरु छन उनिहरुपनी यो बिज्ञापन देखौदा तीन छक्क परे। हैन यो सरकारले यस्ता माफियाहरुलाई किन त ह नलगाएको नि । यो बिज्ञापन गर्ने कन्सल्ट्यान्सी लाई त पक्कै मुद्दा हाल्नै पर्ने भो त ।

    उही कामरेड साधुराम सुकुमबासी

  80. Nepalma yesto nakkali kaam garna ti sabai netaharule nai sikayeka hun ani testo kaam garemapani tinai netale bachaune garchhan kinaki kamisanko lamo sambandha chha tesaile yesto desma jasle je garepani hunchha ra jasle jhuto bolne, jhuto kaam garne ani nakkali kaam gari jhukauna sakchha uhi dhani, ijjatdar ra nami hunchha. Hosiyar sojha nepali dajubhai tatha didibahiniharu.

Comments are closed.