नेपालीले नै नेपालीको शोषण गर्छन् फिनल्यान्डमा

नूतन साकार, हेल्सिन्की फिन्ल्यान्ड

थुप्रै विद्यार्थीहरु अरबी, इण्डियन, बङ्गाली, तुर्किस लगायत कम्पनीहरुमा एकदमै कम तलबमा काम गर्न बाध्य छन्। अझ अचम्मको कुरा त नेपाली विद्यार्थीहरु विदेशी कम्पनी तथा नागरिकहरुबाट त ठगिए ठगिए, हेल्सिन्कीको रेस्टुरेन्ट क्षेत्रमा ठूलो हिस्सा ओगटेका नेपाली रेस्टुरण्टबाटै शोषणमा परिरहेका छन्। नेपाली विद्यार्थीहरुको बेरोजगारीको फाइदा उठाउन तँछाड मछाड गर्छन् नेपाली रेस्टुरन्टका मालिकहरु। एकदमै थोरै तलब जसबाट खाने बस्ने तथा बसपास र टेलिफोनको बिल तिर्न पनि नपुग्ने पैसामा काम गर्न बाध्य छन नेपाली विद्यार्थीहरु।

फिनल्यान्डमा नि दुखै छ है
नूतन साकार, हेल्सिन्की फिन्ल्यान्ड

साइप्रस, पोल्यान्ड र स्वीडेनमा नेपाली कामदार तथा विद्यार्थीहरुले भोगेका पीडा र ठगिएका कहानी माइसंसारका अघिल्ला ब्लगहरुमा पढ्न पाइयो। त्यहाँ मात्र होइन फिन्ल्यान्डमा पनि उस्तै छ नेपाली विद्यार्थीहरुको हालत। फिन्ल्यान्ड आउनुभन्दा पहिला नेपालबाटै सुरु हुन्छ नेपाली विद्यार्थीहरु ठगिने कार्य। सुरुमै काठमाडौं र अन्य शहरहरुमा च्याउ जस्तै उम्रेका नेपाली कन्सल्टेन्सीहरु बाटै ठगिन्छन धेरै विद्यार्थीहरु। language training, accomodation, airport pickup तथा entrance exam preparation लगायतका सुविधा प्रदान गर्ने भन्दै प्रति ब्यक्ति २५ हजारदेखि २ लाखसम्म असुल्छन् कन्सल्टेन्सीहरु। तर भने अनुसार केही हुँदैन। अझ फिन्ल्यान्ड आइसकेपछि काम खोजिदिनेसम्मका आश्वासन दिन्छन क्रस कन्ट्री, काठमाडौं इन्फोसिस, आईबीएन, साइन, एभिन्यू लगायतका थुप्रै कन्सल्टेन्सीहरु। तर उनीहरुले भने भन्दा ठीक विपरित एअरपोर्टमै अल्पत्र परेर रात गुजार्न वाध्य हुन्छन कतिपय विद्यार्थीहरु ।

पढाइ भने निःशुल्क छ यहाँ। त्यसैले धेरै नेपालीहरुको गन्तब्य बन्न पुग्छ फिन्ल्यान्ड। युरोपको ठाउँ, पढाइको साथसाथै महिनाको लाखौं तलब आउने आकर्षक जागिर अनि युरोपका २७ भन्दा बढी मुलुकमा वैधानिक रुपमा आउजाउ तथा काम गर्न पाइने सपना। यस्तै सपना बोकेर काठमाडौं विमानस्थलबाट उड्नासाथ सुरु हुन्छन पीडाका दिनहरु।

एकातर्फ भाषाको समस्या त छँदैछ, अर्कोतर्फ काम पाउन साह्रै गाह्रो। जहाँ जुन कम्पनीमा काम माग्दा पनि फिनिश भाषा खोज्छ। कम्पनी तथा पसलहरुमा मात्र होइन, कुनै ब्यक्तिको घरमा घरेलु कामदारको रुपमा काम गर्न पनि भाषा जानेको छस् भनेर सोध्छ। फेरि यहाँ धेरै जस्तो नेपाली विद्यार्थीले गर्ने काम भनेको पानीजहाज सफा गर्ने र पत्रिका बाँड्ने नै हो। पानीजहाज सफा गर्न त्यति सजिलो छैन। बीसौँ कोठा सफा गर्नुपर्छ। त्यसका लागि मेशिनले जसरी हात नचलाई सम्भव नै छैन।


जहाजभित्रको भूँइ सफा गर्दै। फोटोः काक्सिज्ट

पत्रिका बाँड्ने काम त झन गाह्रो -२० डिग्रीको चिसो, जताततै हिउँ नै हिउँ। अझ राति २ बजेदेखि नै साइकलमा पत्रिका बोकेर घर-घरमा बाँड्दै हिंड्नुपर्ने । आजकाल यी कामहरु पनि पाइन छोडेको छ। फिनिश कम्पनीहरुमा काम पाउन त लगभग असम्भव जस्तै भएको छ आजकाल। थुप्रै विद्यार्थीहरु अरबी, इण्डियन, बङ्गाली, तुर्किस लगायत कम्पनीहरुमा एकदमै कम तलबमा काम गर्न बाध्य छन्। अझ अचम्मको कुरा त नेपाली विद्यार्थीहरु विदेशी कम्पनी तथा नागरिकहरुबाट त ठगिए ठगिए, हेल्सिन्कीको रेस्टुरेन्ट क्षेत्रमा ठूलो हिस्सा ओगटेका नेपाली रेस्टुरण्टबाटै शोषणमा परिरहेका छन्।

नेपाली विद्यार्थीहरुको बेरोजगारीको फाइदा उठाउन तँछाड मछाड गर्छन् नेपाली रेस्टुरन्टका मालिकहरु। एकदमै थोरै तलब जसबाट खाने बस्ने तथा बसपास र टेलिफोनको बिल तिर्न पनि नपुग्ने पैसामा काम गर्न बाध्य छन नेपाली विद्यार्थीहरु। सात-आठ महिनासम्म काम नगरी बसेका थुप्रै साथीहरु हुनुहुन्छ फिन्ल्यान्डमा। फिन्ल्यान्ड बाहिर बस्ने माइसन्सारका पाठकहरुलाई पत्यार नलाग्ला तर यो साचोँ हो कि गत अगस्तमा आएदेखि कामै नगरेका थुप्रै साथीहरु हुनुहुन्छ हेल्सिन्कीमा।

यहाँ नेपाली सङ्सस्थाहरु नभएका पनि होइनन, एनआरएन फिन्ल्यान्ड, फिन्ल्यान्ड-नेपाल समाज, सेउरा नेपाल लगायतका नेपाली संस्थाहरु कृयाशिल छन फिन्ल्यान्डमा। तर यी संस्थाहरुले अहिलेसम्म नेपाली विद्यार्थीहरुको लागि केही सोचेका छैनन्।

त्यसैले म माइसन्सारमार्फत् फिन्ल्यान्डबासी नेपाली ब्यापारी, नेपाली स‍घसस्थाका पदाधिकारी तथा बुद्धिजीवी भनाउँदाहरुलाई के आग्रह गर्न चाहन्छु भने प्लिज यो विदेशी भूमिमा आएर अलपत्र परेका नेपाली विद्यार्थी भाइबहिनीहरुको बारेमा पनि केही सोच्दिनुस्।

त्यसै गरी फिन्ल्यान्ड आउन लाग्नु भएका विद्यार्थी साथीहरुलाई पनि कन्सल्टेन्सीको प्रलोभनमा नफस्न आग्रह गर्दछु, केही इन्फर्मेसन चहिएमा मलाई [email protected] मा सम्पर्क गर्नुहोला।

112 Comments

  1. tapai haru ko kura sunda dikka lagera ayo……………..
    yaha pani ghadada………..??
    yaad rakhnusss
    STRUGGLE NAGARI KAHI PANI KEHI HUNDAINA

  2. Mr/Mrs Nutan! I read the post about the students studying in Finland. What you posted is not correct exactly. Not only nepalese students, finnish students also doing same cleaing and early morning paper distribution work, do you mean to say that Nepalese students deserve table work or like management post as soon as they arrive to Finland or what? Why don’t you write about students in Nepal? As soon as students arrive to Finland, they start searching for work, they don’t think about the language.
    Moreover Nepalese and Indian restaurants are employer for many nepalese students , providing good money as well. It is not possible for them to give work for all students.
    Stop posting fake and bad news.

  3. I liked all’s comments but its true that all students are going abroad for study purpose specially. If student’s know this fact and they are allowed just to work 20 hour/week maximum and also no job gurantee then why they go?

    Yes, there might be some fraud consultant too but I say to the students themself that even the people are going for job doing lots of agreement and after approval of Ministry of Labour, Nepal and they are being cheated, then how can you expect job gurantee from one educational consultancy? It’s your problem.

    If any consultancy says you that there is NO JOB, VISA IS NOT POSSIBLE etc then certainly you will not apply from that consultancy. You will start to find another consultancy who does such kind of foolish promises.

    Look now in market that many consultancies are advertising that saying “WE ARE WITH YOU ALL THE WAY TILL UK” and “UK OFFICE” etc. What does it mean? Do they give you free accomodation? Do they give you job or visa gurantee? What they do?

    But I know 99% students looks such kind of false information and apply from that consultancies. Yes, I don’t say such promising words and that’s result I don’t have big numbers of students applying from my consultancy.

    Even ECAN, NECA & NAAIR was formed to cheat students in some means. They are just like political parties. They want to eradicate all the genuine consultancies and who are known now like top like: DOLPHIN, ORBIT, UNIVERSAL, THE NEXT, NIEC, COSMIC Do you dare to ask their past? From which level come to this stage and what they had done bad practices in past?

    But currently they are saying they are the leading consultancies. Students also being mis-leaded by them. Even with the help of the position they hold in ECAN, NECA, NAAIR they are cheating even other general members of their organizations too.

  4. Those written topicks is focus under how to earn money rather than studies.Student allowed just study than the concentrate in the work.Why they came here who has lack of finance ,occupation and rule and law of country.”Nobody donate to everybody without nothing”.
    it is just their dream which is brust away.
    helsinki

  5. Before jump into new phase there is certain knowledge needed for jumper. As a general reader it is difficult to understand what writer is trying to say. Is he complaining to finish job market? If he is, let me add something once visa is granted student has to take responsibility of his all expenses. Before applying visa the finish government has clearly written in their web page (www.cimo.fi) regarding the issue which Mr. Writer has raised in his article. On the other hand there are number of students who are working and continuing their studies nicely. And I must say Mr. Writer please do not expect the life which you had in your home country. Mr. Writer try to respect other and work. Your status in Finland is student not a worker. Further this is just a transaction period work, if you expect more than you have to be also exceptional. Blaming other never solved the problem. Let me remind you one thing the president of Finland was doing cleaning job when she was studying. Try to see the world from your real eyes, not from your virtual eyes. I guess, you came Finland for study. My advice is concentrate on your study rather than complaining and blaming it will just kill your time. if you are really in problem I know there are number of people who help students to find a part time job. Writing your frustration in the article never help you to find job.

  6. aafno ta kaile kahi paune kam ho…..tyo pani dikchi driver …tesaile pugeko chha ahile samma …tara 1 kura chain satya k ho vane yeha nepali student ko ra resturant chalune haru ko tetti bandaina kina ki tiniharu le khali lutna matra khogchhan …….Nepali haru ko teti ramro unity pani chaina yeha …

  7. kina hero bannu parya feri , paisa kharcha gareni aafno baau ko kharcha garya ho, aru lai kina naramro bhanne ho? la sabai jana nepal manai basyo bhane nepal ghanta develop hun6?? katti padhya lekhya manche 6n nepal ma kam napayeka!! yeso bidesh gayera j jasto bhayeni kam garera desh ma paisa pathaidin6au, sarkar le ni remittance lin6, sabai lai faidai 6 ni. ajha padheko ni 6au, k chaiyo aru? napadheka haru le ni kamayeka 6n , ramrai ho at least help ta gardai 6n ni afno family lai??
    nepal ma basera dinbhari churot , gaaja khayera bike chadera , bauko paisa udayera nabhayeko saan ta dekhayeka chainau ni!!
    ajhai, k nepal ma padhiraka haru ni tyestai ta hun ni, ‘hya afno ta bhagya nai raina6, sathi haru le tyetro kamaisake afu vanya yehi fasyo? yo padhera ni k garnu 6 vanyo basyo, kamti ma tyaha padhirako harule ta tyeso nasochdeko bhaye hunthyo ni, kehi tension 6aina ananda le padhe bhaihalyo ni. hamle ta yaha yetro dukha garda ta padhdai 6au.

  8. नुतन जी, तपाईंको कुरा सुनेर दुःè त लाग्यो नै, म पनि फिन्ल्यान्ड्को नजिकै पर्ने मित्र राष्ट्र नर्वे बाट हो, नेपाली बिद्दार्थी ठगिनुमा धेरैको हात त हुन्छनै तर ८० % दोस् भने आफ्नै हुन्छ । युरोप्, अमेरिका, अस्त्रेलिअ जस्ता मुलुक हरुमा, एस्-एल्-सी मात्र गरेर त पक्कै पनि कोही गएको हुँदैन, कम्तिमा +२ नत्र ब्यच्लोर सकेकै विद्यार्थीहरु न जान्छन । तेसोत उनिहरु कहाँ कस्तो छ भन्ने कुरा नबुजी कन्सल्टेन्सी को कुरामा लागेर लाखौं पैसा बुजौछ भने, त्यो ब्यक्ती बिदेश गएर पढ्न योग्य छैन । नत्र आफ्नो तयारी आँफै गर्न सक्छ मास्टर र पि-एच्-
    डि गर्न औने विद्यार्थीले । कति मैसंसारका मित्रहरुलाई यो कुरा मन नपर्ला तर यो नै सत्य हो ।
    and खाएको थाल जुठेल्ना सम्म पुर्याउन नसक्ने अल्छिले बिदेश आएपछी ससुरली गएर पाउने मेजमानका हातभरी पैसा पाएको भये यस्तो लेख लेख्नु पर्ने थिएन होला। के गर्नु अल्छि तिग्रो स्वादे जिब्रो, यस्तै हो। धेरै गह्रो भये नेपालमै गये भाईहाल्छनी। जुनथाल्मा खाने तेसैमा आची गर्ने? यो त हद भो। परिस्रम् गरेर कमाउन सिकौ, जहाँ गएपनी स्वर्ग हुन्छ। ठुलोभाग एकै चोटि ताक्नुहुन्न।
    बेलामा बुध्दी नप्पुर्याउने,सबैकाम अर्कैले गरिदेवस भन्ने अनी अन्त्यमा आएर मलाई सित्यैमा गरिदेकोभये हुन्थियोनी भन्ने?
    its true:::: but everybody must think abt a country before make a decision to study abroad:: ys,, of course there r lots of problem for student but we should struggle n try to manage both study n work. especially in europe: language is a main problem… its difficult to find a job without language… now we r only looking negative sides : try to find out positive way n keep struggling:::
    France

  9. If they can find better job, why don’t they take it. If they cannot find better job, then they should stay in the current job without any complain. It is the productivity of worker that determines wage not the need of the worker. It is good news that at least they are having a least paying job. They should appriciate it.

    Dilli

  10. अल्छि मान्छे अल्छि काम ठुलोबन्ने सोच
    मगज छैन, गीदी छैन होच्याउनलाई सोच
    ख्याति पाउने कर्म गरेउ, आउछ सबैको पालो
    कट्टु खुस्क्या थाहा छैन, औल्यौने अरुको टालो

    खाएको थाल जुठेल्ना सम्म पुर्याउन नसक्ने अल्छिले बिदेश आएपछी ससुरली गएर पाउने मेजमानका हातभरी पैसा पाएको भये यस्तो लेख लेख्नु पर्ने थिएन होला। के गर्नु अल्छि तिग्रो स्वादे जिब्रो, यस्तै हो। धेरै गह्रो भये नेपालमै गये भाईहाल्छनी। जुनथाल्मा खाने तेसैमा आची गर्ने? यो त हद भो। परिस्रम् गरेर कमाउन सिकौ, जहाँ गएपनी स्वर्ग हुन्छ। ठुलोभाग एकै चोटि ताक्नुहुन्न।
    बेलामा बुध्दी नप्पुर्याउने,सबैकाम अर्कैले गरिदेवस भन्ने अनी अन्त्यमा आएर मलाई सित्यैमा गरिदेकोभये हुन्थियोनी भन्ने?
    मित्रहरुलाई यो कुराको जानकारी गराउन चाहन्छुकी, जो मान्छेले निक्कै ठुलो हृदय बनाएर नेपालीलाई नेपालीले ठगेको कुरा माथि पटक पटक प्रतिकृया दिएकोछ उसैले कसरी सानु सानु कुरामा नेपालीलाइनै ठगेकोछ भन्नेकुरा यहाँ ब्यात्ती तोकेर भनिहाल्ने जमर्को गरेकोछुइन। फेरिपनी यस्तै ठुलाकुरा गरेको पाएको खन्डमा सप्रमाण प्रतिकृया जनाउने जानकारी गराउछु।
    लेख प्रकासित गर्नुभएकोमा लेखकलाई धन्यबाद!
    तर यो लेखबाट अरु नेपालीहरुलाई कामबाट बिमुख हुनुपर्ने परिस्थिती श्रीजना हुन्छकी भन्ने कुरा माथि बिचार गरिदिनुहुन्छकी भन्ने कुरा सविनय निवेदन गर्न चाहन्छु।

    उही च्यासे फुच्ची
    विमला

  11. its true:::: but everybody must think abt a country before make a decision to study abroad:: ys,, of course there r lots of problem for student but we should struggle n try to manage both study n work. especially in europe: language is a main problem… its difficult to find a job without language… now we r only looking negative sides : try to find out positive way n keep struggling:::

    every nepali wants to come in europe : coz : we have lots problem in nepal….

  12. Such kind of true messase is help a lot to our Nepali students.Such kind of environment is increasing more or less everywhere. I also giving such kind of messase there is no need to pay money for entrance in Finland but employment opportunity is not so good. Still people cannot believe it. But any way such kind of exploration could help a lot and especially I will like to give a lot thanks who wrote such kind of good articles.

  13. फिनल्यान्ड वासी नेपाली जी !
    फिनल्यान्डमा गुल्मी आप्चौर का खरेल भाईहरुका Restaurants (हीरामणि खरेल का छोराहरु ) छन नि
    उनिहरु पनी ठगने गर्छन की ?
    ति भाई हरु को phone Number येही लेखी दिनुशं न !
    बिष्णु from Vienna

  14. Bahira kaam garna janeko silsila ma sayad Pahilo soshan ta Manpower agent batai suruhunchha hola ni. Paisa haat ma parepachhi manchhe maryo ki banchyo matalab rakhadainan agent haru. Kattilai bichallima paridinchhan. Ke bhanne.. Saram lagchha ..

  15. sabi helsininki ma vayeka nepali haru chor ani pulish huun. tya vayeka nepali ko dau vaneko kaam garne ani paisa kamaune matra ho.
    padna ko lagi ayeka haru sabai jana padai ani college chadera ship ma kaam garna marchan,,, jaad khanchan,, jhagada garchan,,, nepali nepali ma gang banuchan ani nepali kai beijat garchan.

    malai laghca aru thau ma vayeka nepali haru jasto struggle garna siknu paryo.
    jai nepal

  16. साक्ष्यात सुशिल
    thanks for this
    but really jasto chha testai okalchha vanne tha paauna jari chha ki

    aafno desh ma ta raamro kaam paainna vane arkako desh ma kaha aash gareko nutan ji le hatterika yar

    tapai ta nepal m na aaunus sab lai bigarla feri ni haina ani job garna gaako ki padna ho khas ma?? ha nutan ji yeso reply paauna hai

  17. महिनाको लाखौं तलब आउने आकर्षक जागिर अनि युरोपका २७ भन्दा बढी मुलुकमा वैधानिक रुपमा आउजाउ तथा काम गर्न पाइने सपना।
    ***********************************************************
    tapain le lekheko yo kura bilkul galat ho, student ko rule anusar , tapain jun des ma study garnu huncha tyo desh ma matrai one week ma 20 hour matrai kam garna saknuhuncha , banki 26 muluk ma kam garne permition hudaina, and ghumfir ko lagi just sengen country tyo pani tapain sanga there ko residence permit cha vane matrai.

    my sansar ka sathi haru lai information dinu pare bujhera matrai dida ramro hunthyo ki??

  18. Dear Friends,
    Let me first remind you. The Finnish Embassy might have asked you to show the bank balance of minimum 6000 euros. Just think for a while, for what reason that money was needed. You should first realize it. You, yourself, is a cheater in the sense that you have told Finnish Embassy that you have sufficient money to survive even you will not get any job. Now if you don’t get any job, then why are you blaming? I ask one question to those students who think that consultancy has taken lots of money from them. Don’t you know that education in Finland is free??? Had you never used computer before so that you can collect information where you are going or in which University you are applying?? Yes, you had used computer but not for the purpose of collecting information but just for chatting. Why did you apply to Consultancy? You thought that you should not have to do anything yourself. Because you believe on Consultancy rather than the Embassy or the University.
    If we talk about job, then i tell you the majority of the students are not looking job for how to survive, instead they are looking job for gathering money and planning trip to European countries. They are looking job to buy a new model mobile, to buy laptop, to buy ipod and so on. May be not all students are like that but majority of them have similar attitude. I still remember someone told me: “Daju i have problem of momey now, i need job, please help me”. He shared me just after arrival of 1 month. I questioned him where is your 6000 euros. He told me that he has transferred money back to Nepal and only 1000 euros he kept. He continued sharing that out of 1000 euros, he bought a laptop of around 500 euros. I asked him: was Laptop needed at the moment? Instead, you could have bought a desktop if it was necessary. Then he told me that he thought it was cheap laptop thats why he bought. From this fact, you can analyse what is his goal. I have seen many students who are working too hard during nights and days but ultimately their plan is to go for Europe trip. They can invest 500-1000 euros for Europe trip but could not save money so that they will not have problem during study.
    I was getting scholarship from Finnish Government as 460 euros per month for accomodation, fooding and so on. But during my study period, i never went outside of Finland. My target was to finnish study first.
    To those students who are looking for job, i can just remind you please realize that you need job only to manage your living expenses during your study period nothing than else.
    Best of luck for your career!

  19. Moi..i am also from finland..Here it is difficult to get job that is why all the resturant owener are taking benefit but if you try you can get some other job…

  20. नुतन साकार जि ,

    म केही दिन देखी एउटा कार्यक्रमको लागि “मोडर्न रामायण” नाट्क लेखनमा ब्यस्त भएकोले माइसन्सारमा कमेण्ट गर्ने फुर्सद थिएन । तर नुतन साकार जि को लेखलाई ” सुशिल गौतम ” ले नाम परिवर्तन गरेर लेखेको भन्ने हल्लाबाट मेरो ध्यान आक्रिष्ट भएको छ । यो लेखको प्रकाशन पछी पुन मेरो बारेमा कुरा काटिने क्रम सुरु भएको रहेछ । यसर्थ म त्यस्ता ब्यक्तीहरुलाई के जानकारी दिन चाहन्छु भने यस किसिमका लेख सिर्फ साक्ष्यात सुशिल अर्थात सुशिल गौतमले मात्र लेख्दैन । किनभने म बाहेक पनि यस फिन्ल्यान्डमा यथार्थ बोध भएकाहरु छन । अझै पनि कसैलाई शन्का लाग्छ भने सालोक्य जि लाई आइ पि एस माग्न बिन्ती गरे हुन्छ । तर यो कुरा बुझ्नुहोस् – यो लेख साक्ष्यात सुशिलको होइन ।

    फिन्ल्यान्ड आउन तयार भएर बसेका विद्यार्थीलाई समयमै भाषा सिकेर आउन, अथवा कन्सल्टेन्सीको प्रलोभनमा नपर्न गर्नु भएकोलाई म भित्री हृदय देखी नै सह्राना गर्दछु । आर्थिक संकटको कारण नेपाली विद्यार्थीले जागिर नपाएर परेको समस्या वास्तव मै सहि हो । -२० डिग्रीको जाडोमा करीब तीन महिना पत्रीका बाढ्ने काम पनि गरे मैले । त्यसको पिडा म सँगै छ । र अहिले सरसफाइको काम गर्दै छु । मलाई मेरो काम क्लिनिग भन्दा कुनै लाज लाग्दैन । मैले शिपमा काम गर्न चाहेको थिए तर त्यहा मिलेन । फिन्निश भाषाको केही ज्ञान भएको कारण म अहिले बलिङ हलमा क्लिनिग गर्छु ।

    मैले केही समय अगाडि लेखेको कमेण्टको आधारमा यो लेखलाई मेरो भन्ने र ” त्यो पनि शिप मै काम गर्न खोजेको थिए नपाएर लेखेको भन्ने ” जस्ता मेरो चरित्र हत्या गर्ने कुरा भएको रहेछ । म त्यस्ता ब्यक्तीलाई सुझाव दिन चाहन्छु यदी तपाईं सिक्षित ब्यक्ती हुनुहुन्छ भने आफुले गर्ने श्रमको सम्मान गर्न सिक्नुहोस् । मैले मेरो घर परिवार इष्ट मित्र सबैलाई खुलेर भन्छु ” म क्लिनिग काम ” गर्छु । किनभने म संगै काम गर्ने ३ जना रसियन लजाउदैन, एउटा स्पानिश लजाउदैन भने म संसारको अती गरीब राष्ट्र नेपालको एउटा विद्यार्थी किन लजाउने ?

    फिन्ल्यान्ड जस्तो सिक्षित र बिकासित समाज बसेर पनि आफ्नो चेतनामा सुधार नआएको देख्दा अचम्म लाग्छ । काकाले थाहा पाए के भन्ला , मामाको अगाडि बेज्जत होला । चिनेको केटीले थाहा पाउली । छिमेकीले कुरा काट्ला भनेको भरमा कैयौ मित्रहरुले आफ्नो काम लुकाएको पाईन्छन । बाबा तपाईंले चोरेको छैन , लुटेको छैन , अपहरण गरेको होइन । आफ्नो परिश्रम् गरेर खान के को लाज ? अचम्मको छ हाम्रो सस्कार । इराकमा १५ हजार कमाउन गोली थाप्न जान हुने । अनी सुरक्षित साथ काम गरेर महिनाको झन्डै १ लाख हात पार्दा लजाउने ?

    मित्रहरु हाम्रो देश गरीब र असिक्षित हुनुमा सधैं नेतालाई मात्रा गाली नगर्नुहोला । जब सम्म तपाईं हामी जस्ता ब्यक्तीको सोचाइ र चेतनामा परिवर्तन आउँदैन तब सम्म हाम्रो मुलुक जहाँको त्यही हुनेछ । नेता भनेको चन्द्रमाबाट झरेको होइन । तपाईं हामीले नै जन्माएको हुर्काएको र पढाएको ब्यक्ती हुन । तपाईं हाम्रै चेतना यस्तो घटिया छ भने तिनीहरु कसरी राम्रा हुन ???

    अझै पनि केही बिग्रिएको छैन । फिन्ल्यान्डमा क्लिनिङ जब गरिनछन भनेर कुनै समाचार आउँदैमा सुशिल गौतमको कुरा काट्न हतार गर्नु भन्दा अगाडि एक पटक राम्रोसँग सोच्नुहोस् ” के तपाईंले अपराध गरेको हो र तपाईंको काम लुकाउन ?”

    -साक्ष्यात सुशिल

  21. I do not agree 100% with this article and also the comments that are posted. As far as I know every students (including students form Europe) who studies in Europe (especially until the masters level) has to arrange money for living by them self. Its not like in US or UK where you have to pay thousands of dollars as a semester fee.Therefore, its not so difficult to earn money for living (if you don’t want to save money). This is equally applied to citizens from the host countries as well as students coming from outside. Therefore, one of the most important point for those who wishes to come to non-English speaking countries is that he or she should be fluent in the language of host country. This is because it will be easier to find a part-time job (if he or she is without the scholarship). Every citizens who is above 18 years arranges their money for living through part-time job. Its not like in Nepal where you will be entirely dependent upon your parents for studies. In conclusion what I want to say its upto you if you are serious about studies and you are here not for earning money and you have a good language proficiency then you don’t have to ask for a job to Neplease restaurant or to some Asian restaurant. Its because of us itself these restaurant owners are behaving badly because either you are very weak in language or you try to find a job very lately or you are not smart enough in finding the information’s or you do not have a valid visa.

  22. huna ta finland ma matra nabhayeera england ma pani nepali student lai soshan hune gardacha pheri nepali hotel malik dwaara. Yaha euta HOLYCOW bhanee resturant cha taha pani mero ek jana dai lai sarai pelne ghareegahree bhada majhna lagayeedeien ani bida magyoo ki pheri derai bhanda magna lagayeedine jasto kam haru hunegarcha

  23. aru le dhuri chadiyou bhandai ma aafu pani chadnu hudaina…as far as i know if you are student and really want to study there is lot of ways. However for first 6 month you have to be financially secure later its you who has to descover. Never wait for someone to come and give you job. always tell them how you are and what you can do. this is the way you can sell your qualification. However you will not get anythign without hard work. If you come for master than it is great because you have to struggle for 2yrs, once you get european degree you can apply anywhere in europe with that degree. But just be carefull you are studying in good university. So for the student how wants to come i would say be mentally prepared for worst case but dont leave your track from studying than you can go head and never run after money until you dont finish your target…dukka ta sabai thou ma huncha dukka deki daraunu hudaina just have to fight against that..this is the way you learn lot of things in your life…tara illegal basne bichar le chai europe ma aauna chai ma suggestion didaina…however for engineering specially IT, computer, electronics and electrical,bio engineering there are quite scope and once you get european degree you might get job in company and yuo are not binded with language also.tara jun desh ma basiyou tyaha ko languague jannu pani ramrai ho jasto lagcha malai ta..we should take language as big thing..europe ma aaye pachi language sikchu ani garnu bhanne motivation le aaunu parcha ani sabia kura thikk huncha…

  24. नेपालीले नेपालीलाई ठगनू भनेको गाईको मासु खानु बराबर हो

  25. Hi Nutan Sakar,

    Thanks for posting the ground reality of what, when, where, how, who does all those type of stuffs. I appericate your courage. keep on..wish you good luck for further days…..

  26. Same situation in London as well. Family and friends might think that their son or relatives are in London and are living like londoners. It is false, many nepalese students are living here in deliberate conditions. 4-5 people share a single room to save money and they find work only in shops owned by indian, sri lankan.I believe it is really difficult for any nepalese student to get a job in firms owned by english people. As british government has eased the student visa, think twice before coming to england.

  27. यता अमॆरीका मा चाहि अली थिक हालत रहॆछ… study कॊ लागी आकॊ साथीहरु सानॊ सहरकॊ कलॆजमा जानॆ अनी समरमा मजालॆ काम गरॆर बस्नु भा छ…अब काम गर्दा दुख त हुन्छ तर आफ्नॊ futureकॊ लगी आफै मॆहनत गरॆर आगादी बधॆकॊ रमइलॊ लाग्छ मलाइ त…हॊ थुलॊ सहर जानॆ प्रायलॆ पैसा त कमाउछन् तर padhai बरबाद हुन्छ….sano sahar ko basai sasto cha..college sasto cha..time ma Bachelors sakkincha..grade ramro aaucha…ani Masters/Phd ko lagi Thulo college aaply garda grade ramro huda paune chance badi huncha..maile pani undergrad sano college ma gareko ho..sasto fee thiyo..summer kaam le bhyauthyo..ho moj masti gariyena..padhera basiyo…sathi haru Dallas, Chicago gayera Gadi sadi chadhera baar hannithye..aafu tyata tira lagiyena…Aahile ma full schoalrship +$1800 per month stipend ma US ko top 5 college ma Phd Garira chu..mera sathi aajhai tyahi Gas station ma kaam garira chan…
    Also..be aware of Consultancies..US ma pani nepal bata consultancy bata thagiyera aaune dherai chan…

    उही तपाइकॊ….
    चर्कॆ

  28. यथार्थ मा हामी नेपाली विद्यार्थी कुरा नै न बुझी विदेस जान हतार गर्छौ ! जब आफै ले गल्ति गर्छौ त तेस्को परिणाम पनि आफै भोग्नु पर्छ ! आजकल +२ study गरदै गरेको student लै सोध्यो कि mostly एउतै उत्तर आउछ “म त विदेस जानी हो ” ! हुन त यो हामी नेपाली को विवसता पनि हो ! देस म ब्याप्त Unemployment, Uncertainty अनि Sustained Poverty ले हामी जस्ता लाखौ लाख नेपाली लाई बिदेस जान बाध्य पारी रहेकोछ ! म कसैलाई पनि दोस दिन र गाली गर्न को लागि यो Comment लेखेको होइन ! हामी Student नै सचेत हुनु पर्छ ! आफ्नो Education , Common Sense अनि Ability को प्रयोग गर्नुस ; सहि गलत मा फरक खोज्नुस ! मात्र पैसा पैसा नभन्नुस !
    अरु तपाई आफै नै म भन्दा बढी Analysis गर्नुस !

    तपाईहरु को सुभचिन्तक
    इन्द्र शाही, बुटवल, हाल सिड्नी

  29. Gopal, Sydney.
    You are very true, thats why when I travel to abroad I never contact nepali nor trust them, unless I knew them from nepal.It is true “CHINAYKO CHOOR LAY JAAYAN LINCHA” (non thives will kill you)

  30. डिमांड भन्दा सप्लाई बड़ी भएर होला एस्तो भएको तर पनि कम्जोरीको बाद्ध्याताको फाईदा उठाएर सामन्ती शोसाक बन्नू राम्रो होइन , धन संपत्ति भन्ने कुरा हातको मैला जस्तै हो आउछ जान्छ, गरीबको रगत पसिनाले धनिहरुको ख़ुशी किनिएको हुन्छ भन्छन सायद होकी?

  31. next 2- 3 years latter, American and british will come to Nepal for employement !!!!! due to recession !!!

    Nepal has fertile land, river, forest…

    We have everything like chicken, goat, buffalo, cow, bull, cawliflower, cabbage, rice, maize, wheat , fruit and vegetable, oil.

    Every Nepali is dependent on own household economy. Nepalese rural society is the perfect example of communism not communist…

    communism means like in Honey bee, ants etc….not a communist like Mao, lenin , Marx..

    Communism is the example of honey bee….how do they work and share work without conflict each other. we should learn from hoeny bee….. millions of honey be live together without fighting each other..

    I like Karna shakya view..@@@ listen Karna shakya idea !!!

    Nepalese rural community is the perfect example of heaven…complete satisfaction !!!.

    I grew up in rural community. I used to play with soil, animal, maize, rice, and enjoy with cultural function like Dashai, tihar, ekadashi, sakrati, chaite dashai, holi, shiv ratri, marriage time, pooja etc…….

    Khaire ko toilet safa garer ke paincha… uhi dollar and bhujayo campus ko fee, apartment, hostel fee….

    Hamra Babu Baraje, Bajai haru kasari Hamra Gau gharama Ramayer hasi hasi bitayeka thiya..

    marda kheri gaule haru malami janthe….

    Gauko, clean water, dahi, Mohi, atoo, rice, roti kati , kodo ko roti ko samjhana ahile pani ayerahancha….

    Bidesh bhaneko, Khaire ko sewa garne ho… sathi ho…….

    farka sabai nepali ho!!!!!! kathmandu ma basne hoina !!!!!!! Hamro afno Janmeko thau ma jao and ani gau ma gayer ke hi garau …hamra gauleko lagi ani afno lagi…..

  32. “पत्रिका बाँड्ने काम त झन गाह्रो -२० डिग्रीको चिसो, जताततै हिउँ नै हिउँ। अझ राति २ बजेदेखि नै साइकलमा पत्रिका बोकेर घर-घरमा बाँड्दै हिंड्नुपर्ने” यो लाईन १००% ठीक छ म भन्दिन। मलाई याद छ जाडो को महिना थियो रातिको २ बजे -२० तापक्रम,हातमा बाक्लो पन्जा, NORTH FACE को हीउमा लगाउने जुत्ता,उुनीको टोपी,बाक्लो ज्क्केट झत्ट हेर्दा बाग मार्न हिंडेको जस्तो देखिन्थे तर म पत्रीका बाड्न हिंडेको थिए। साईकलमा सरररर रातो आकाश वरिपरि सेतो हीउ सुनसन बस्ती कती राम्रा घरहरु मनिषहरुले स्वोर्ग स्वोर्ग भन्थे शायद त्योनै थियो होला। कहिलेकाही घर हरुको झ्यालमा हेर्थे भित्र रातो बत्ती बलेको,फेरी सोच्थे झ्याल भित्र पनि अर्कै स्वोर्ग भैरहेको होला। कहिलेकाही साईकल पनि म पनि उदै सललल हुन्थ्यो। हीउमा उुदै सललल हुन पनि कति रमाइलो। त्यो दु:ख थियो या सुख मलाई थाहा छैन, तर जब आज त्यो दिनहरु सम्झन्छु साह्रै रमाइलो लाग्छ। साह्रै आनन्द आउछ।

  33. एउटै हो नी ब्यथा तिमि त्येता म एता!!
    नेपालीबाटै ठगिनू पर्नेहरेशिव!!!

    येता अष्ट्रेलियामा पनि नेपालीहरूले नै नेपालीहरु माथी शोषण गरेको कुराहरू प्रसस्त सुनिन्छन। लामो समय देखी बसोबास गर्दैआएकोले दुइटा कुरा मैले देखेको भन्न मन लाग्यो। बिगत दुईबर्षको समयमा धेरै नेपाली उच्वशिक्षाको मिठो सपना बोकेर एहां ओइरोनै लागे। नेपालीहरु कमीलाको तांतीझै आएको देखेपछि यहां होस्टेलको ब्यबशाय पनिनिकै फस्टायो नेपालीहरुलाइ सहयोग गर्ने बहानामा एअरपोर्टमै लिन जाने अनिमिठो बोलीले लठ्ठ पारेर होस्टेलरुपी ठगगृहमा लगेर भेडाबाख्राझै राख्ने अनि पैसापनि कसेर लिने जब पैसा सकिन्छ अनि होस्टेलबाट पनि निकालिदिने त्यो बिचरा कहां जाने?? बिरानो देस, बेरोज्गार….??
    कर्मलाइ धिक्कार्दै कामको खोजिमा निस्कन्छ बिचरो अनि भेट हुन्छ आर्को नेपालीदाइ
    मिठो कहानी सुन्छ अनि कामको पक्कापक्की गरेर छुटिन्छ, बिधाता नै भेटाएसरी खुशीले दङग पर्छ। दुई हप्तापछी थाहा पाउंछ कि उस्को ज्यालाको चार डलर त दाईको खातामापो जाने रहेछ।
    अनि येस्तै गर्दागर्दै दुइचार बर्ष बित्छ, त्येस्पछी त सनोतिनो ठगीको पत्तोपनि पाउंदैन त्यो नेपली ठिटो……..
    येस्तै नेपालीले नेपालीलाइ ठग्ने कैयौ अरु उदाहरण छन,
    कलेज मिलाइदिन, हवाई टिकट आदी इत्यादी कामको लगी नेपालीकोमा नै जाने गरिन्छ, ता की, दुई पैसाभने पनी नेपालीले नै कमाओस् तर नेपाली लाई ठग्न पल्केको दाई झन मिठो हांस्दै त्यै नेपालीको गला रेटीरहन्छ।।।।।

  34. I am also student of the malaysia , many kinds problem i saw so i like to write a some advices but malaysia has not problem for work in malaysia never come to many students from nepal so nepali students are working easlly .

  35. if anyone do struggle in student life .they will success in future.if u can get part time job with good salary ,u never success in your dream or further study.i mean sukha pauna dukha ke ho siknu parcha

  36. यहाँ पनी नेपाली स्टुडेंट हरु को हालत येस्तई छ.यहाँ काम पैहेन्छा तर कॉलेज लाइ तिर्न पर्येई गर्यो छ यहाँ पानी.तर पानी नेपाली हरु जहा पानी कुरा नाबुजी जन्छां तेहि वयेर धुखा पूछा.

  37. होईना तपाईं काम गर्न गएको की पढना गएको, जसको पानी तेहि गुनगुन वक्का लगी सक्यो, कलेज छ कि छैन, पढ्न पाईन्छ कि पाई दैन ,कति राम्रो पढौछ , त्यो कुरा पनि गरौ न अनि शोषन गर्छ भने किन त्यहाँ काम गर्नु पर्‍यो , नगरे भाई हाल्यो नि ,अल्छि हरु को कुरा यस्तै हो ढुङ्गा हनेर खौउला भनेको होला फिन्द्ल्यान्ड मा .

  38. sabai ko comment ramro chha ,but what i wuild like to say everyone if u r going to abroad for study or work you must need langauge and proffestionlasim abt the job. its true most of of us dont have quality to do the acieved job. we have a quality only less work talk to much. i know it you people dont like it and can say me big headed but its happed with nepalese student due to the lack of confident.

  39. LIFE IS LIKE ROLLING STONE,WHERE IT WILL BOUNCE YOU NEVER KNOW.
    My dear country fellow, NO JOB IS SMALL JOB IN FINLAND, I been to Nordic country several times and it is a best country to live in the world. Social system is very good comparing to any other country in the world. One of my very good friend used to be a President of 3rd largest Insurence Co, in Finland and he lost the business and right now he is working as a construction worker in helsinki, in that country no job is small job.

  40. dhanna canada ma cahi yasto sosan attyachar cahi chaina .aru ko comment herda yasto lagcha canada is the best country

  41. नुतन जि
    त्याहा फिन्ल्यान्डमा मात्र हैन यहाँ यु,के अधिराज्य भरी नै नेपालीले नेपालीलाई नै शोषन गरेको पाइयको छ । के गर्ने यस्तै छ यहाँको चलन भन्ने गीत गुङुनाउदै हिंड्न बाहेक अर्को बिकल्प छैन ।
    उही कामरेड साधुराम सुकुमबस्सी

  42. Yet another sad story. People need to think before going anywhere out of Nepal. Think and do some research before spending money.

  43. I am also a student here in Finland. Don’t just curse anybody. You are here to study and complain if there is no university or college and/or university or college doesn’t teach the courses.
    This issue is just for political goals for upcoming NRN election. However, this may backfire.

  44. work visa ma gako hau timiharu ?
    patta murkha haru ?
    ke aggrement garera gako thiyau ra dukha payau ?

    scholarship ta bhaneko jati pako chau ni hoina?
    aarkako desh ma bhasa ni sikna pardaina timiharulai ?

    alikati bibek le gako bhaye po ijjat pauchow ta?
    timi murkha haru lai k kaam diney ta?

  45. sab chor sau haru, padhai lekhai kehi chhaina yehi yetro student haru berojgar huda hudai nepalbata aafno manchhe bolayo, khali thorai paisama kaam lagaayo…..gulako sworga janu….sala gulmeliharu

  46. बिद्यारथी मात्र होइन होटेलमा काम गर्ने नेपाली दाजु भाईहरुपनी मालिकको शोषनमा परेका छन। कम् पढेका सोझा साझा मान्छेलाई ल्याएर कम् तलब दिने, बढी काम गराउने, खातामा दिएर फिर्ता गराउने पनि गर्छन् यि मलिक हरु। तर सबै मलिक हरु चै एस्ता छैनन नि कोही मलिक हरु त राम्रा र साहयोगि पनि छन। धन भनेको केही होइन मर्ने बेलामा एक्सरो कपद पनि लान पौदैनौ तेसैले बेलाइमा बुद्धिपुराउ।। कम्सेकम स्वर्ग त जाउ। बेलाई म बुद्दि आयोस्।

  47. हेल्सिन्की मा job पाएका नेपाली हरु,पानीजहाज सफा गर्नेहरु job नपाएक नेपाली सँग बोल्न पनि हिचकिचाउछन !

  48. म पनि राती राती २ बजे wake up -२० को तापक्रम मा काम गरेको छु। तर मलाई केही नयाँ नौलो लाग्दैन। आज भोली त मलाई त्यो काम गर्न एती रमाइलो लाग्छ कि त्यो काम गर्न पाएन भने मलाई राम्रो सँग निद्रा लाग्दैन। अब slowly language पढि राको छु। पढाई पनि गरेको छु। हो मलाई दु:ख लग्नु पर्ने कुर हो कि मेरो एक बर्ष भन्दा पहिले mbbs entrance prepare गर्दा डाक्टर बन्ने सोच बनएको आहिले आएर कुल्ली सरह को job गर्दै छु तर। मलाई केही आपसोच छैन। मलाई रमाइलो लाग्छ। job भन्ने ठुलो सानो हुँदैन so साथी हरु सबै मिलेर हामी नेपाली हरु example बनेर देखौउन सकिन्छ। हामी सबै मिल्ने हो भने के गर्न सकिदैन र। तर म त bindas भएर लेखेको हो brother हरु। कुर ठीक छ भने ठिकै छ छैन भने पनि मलाई बाल नै छैन.

  49. well as we know because of the global recession its not that easy to find a job …….u have to be well prepared to face the bad situation….n esp for student who has planned to come over finland …..student mustnt make up their mind that they will earn so much money over here….however if yr first intension is giving priority for study, finland isnt a bad country…u dont have to pay at all for tuition fees……….lots of opportunity r here……

  50. je hos afno ta gajab ko life chha finland ma balai ho,bujera aaeyeko thiyo,masti chha,saab kura ramro chha,dhukka chha,ananda ko chha!!!

  51. एउटा कुरा त हामी नेपाली हरु deal गर्नमा अली अली पछी छौ। हामीले sivooja भन्दा माथिको job को बारेमा कहिले पनि सोच बनएनौ। language नभयपछी पका पनि तल्लो स्तर को काम गर्न पर्ने भएको हो। केही example हेर्ने हो भने केही नेपाली हरुले field of study सँग related job हरु गरेको पाईएको छ। मलाई लाग्छ यहाँ को पढाई ले हामीलाई हाम्रो future मा केही दिन सक्छ। हो पैसा पनि कमाउुनु पर्छ तर study काम भन्दा important लाग्छ मलाई। कतीपये student हरुको आफ्नै problem होला तर। हामी यहाँ आउनु भन्दा पहिले नै सोच्नु पर्ने कुर हो। कतिपये student हरुले पढाई लाई bindas बनएका छन। alcohol बढी मात्र म खाने बानी पनि धेरै student हरुमा पाईएको छ। पढेर केही माथि लाग्दैन भन्ने लगयता क नकरत्मक सोच हरु student हरु मा भाईसकेको छ। वास्तव म हामी नेपाल बाट यहाँ आउनु भन्दा पहिले नै embassy ले student हरु लाई job को बारेमा inform गएको मलाई याध छ। यहाँको government ले नै student हरुलाई restrict गरेको छ कि every बर्ष student ले ६००० एुरो जम्मा गर्नु पर्ने भनेर। यो कुरा थाहा हुँदा हुँदै पनि यहाँ आउने हाम्रो पहिलो गल्ती हो। जब यहाँ अैइसके पछी काम पाएन काम गाह्रो भयो भन्न लाज् लाग्ने कुरा नै हो। next कुरा हेल्सिन्की मा job पाएका नेपाली हरु job नपाएक नेपाली सँग बोल्न पनि हिचकिचाउछन। यो चै अली बढी नै भएको छ। गर्नु पर्ने आँफैले हो। तर नेपाली बिच केही union भयो भने हामी सबै नेपाली लाई सजोलो पर्ने थियो।

  52. its true. I am also in finland and i faced lot of problems as mention above. Aba Nepal mai international standard ko education affordable cost ma dine university banaai parchha. Nepal mai yesto 2 ..3 ota university haru hos jaha international students haru aayera padne environments hos ra multicultural hos. Bidesh ka university ko ramro bhaneko nai very good infrastructure, multicultural environment and research ho. yesta kura Nepal kai university haru ma pani garna sakinchha. yedi ramro education Nepal mai paune ho bhane , ma chai yesto bidesh kadapi aaune thiyena.

  53. मित्रले लेखेको सबै कुरामा सत्यता छ । तेसैले जो पनि फिन्ल्यान्ड आउँदैहुनुन्छ बिचार गर्नु होला ।

  54. yo sabai kura haru sancho ho. yeha kaam pauna sarai garo cha aaja bhanau aahile ko situation ma ta chances nai chaina bhanda huncha. yeha 1 barsa dekhi kaam nai napayera tesai basnu pareko dherai nepali students haru chan. sayad aahile yo dukha dhuprai countries ma dherai nepali haru le bhognu pareko cha. yo awastha chadai ramro hos…ishwor sanga kamana

  55. nepali haru kam garna ka hanchan ra 🙂 padna po gako ta hau :)bhaera kaslae deksara mysansa bayak …nepali sekchay lae poisa ma tula na garda testo huncha hae :)24@work ma halnu parnae bhachu ma ta 🙂

  56. के गर्ने ?ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेत्छ जस्तो छ यहाँ

  57. u r right nutan ji , yeha sweden ma pani testai behal cha nepali student haru ko.

  58. हो नेपाली हरु नेपाली बाट ठागिनु को पीडा थुप्रै नेपाली ले भोगेका छन बिदेश मा.,फिनलैंड मा झन गार्हो रहेछ!बिद्यार्थिले प्राय काम नापाउनु को कारण चाही उनीहरूले पढ्नु पर्ने भएर हुन सक्छ!उनीहरूले फुल टाइम काम दिन सक्दैनन यदि पढने पनि हो भने.,स्वीडन मा यस्तो कुरा सुनिन्छ!

Comments are closed.