कसले दिने जवाफ ?


अर्थमन्त्री सुरेन्द्र पाण्डेले असार २९ गते संसदमा प्रस्तुत गरेको बजेटमा ट्राफिक व्यवस्थापन कडा पारिने उल्लेख गरेपनि त्यो प्रतिबद्धता व्यवहारमा भने फिटिक्कै लागू भएको छैन। तस्विरमा हेर्नुस् न- पथलैया ट्राफिक प्रहरी कार्यालयकै अगाडि छतभरि यात्रु हालेर दौडिरहेको बस। यदि यो बस दुर्घटना भयो र त्यसका यात्रुहरुको मृत्यु भयो भने नेपाली जनताले कति दिन थप बन्दको मार खेप्नु पर्ने हो यकिन छैन। किनभने नेपालमा यतिखेर दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति माग गर्दै सडक बन्द गर्ने नजिर नै बसिसकेको छ।

पथलैयामा सशस्त्र प्रहरी र नेपाली सेनाका ठूला ठूला मुख्यालय छन्। ट्राफिक प्रहरीको पनि ठूलै कार्यालय यहाँ छ। तर कार्यालयकै अगाडि ना३ख २४५२ नम्बरको गाडीले यसरी दिउँसै संम्भावित दुर्घटनालाई निम्त्याउँदा पनि ट्राफिक प्रहरी के हेरेर बसेको छ ? यसको उत्तर कसले दिने ? – नवराज न्यौपाने/फोटोः नारायणप्रसाद शर्मा

41 Comments

  1. नियम पालना भएन भने अमेरिका, europe मा पनि मान्छे हरु यसरी नै छट मा चडी सवार गर्थे होलन /
    दुखुद कुरो के छ भने , यहाँ त भ्रस्त नेता र फोहोरी राजनीती ले demoralised भएका ट्राफिक, प्रहरी प्रसाशन ले बरा केन्नै मात्र गर्न सकलान त/ सबै उतीकै दोषी छन /

  2. Bus baata ladera marne ani sahid ghosana garnu paryo bhanera chakka jam garne.
    nepal ko ahileko ramro kheti nai yehi ho ki kaso?

  3. Luna Jee, yesto colour dekhdai ma kina bharat ko yad ayo ni? Yo ta Castrol Lubricants le free ma gareko advertisement ho. Its international brand colours of “Castrol” company. Also you can see the sign next to bus number plate.

  4. छतमा चढ्रने तपाञी हामी राजिनामा दिने मंत्रीले अलि पचेन है । हाम्रो पनि त केही कर्तब्य होला नि, कि जनतालाइ अधिकार मात्र चाहिने हो नेतालाइ घूस चाहिए जस्तो ।

  5. हाम्रो देश को नियम कानून कागत पत्र सबै कर्मचारी को दराजमाँ थन्किन्छ
    घुस खान पाए जे नि हुन्छ
    अब यस्तो बेला माँ जे कानून बने की कसलाई के मतलब भयो र

  6. यो सिन्डिकेटको उपज हो जस्तो पनि लाग्छ?यो त साधारण नै हो जस्तो लाग्यो। राम्रो चिल्लो फराकिलो सडक देखे मैले त। कती सङुरो सडकमा त यसरी नै छत भरी यात्रु बोकेर कुदिरहेको पनि देखिन्छ। हामी सँग स्प्रस्ट भन्ने हो भने प्रयाप्त मात्रमा आबस्यक यातायातको साधनहरु पनि छैन। भएको यातायातको साधनलाई पनि बिभिन्न नाम मा हुने बन्द हड्तालमा तोड फोडको सिकार बनेको छ। यसरी यातायातको साधनमा गरिने तोड फोड जलाएर नष्ट गरिने कार्य तुरुन्त सबैले बन्द गर्नु पर्छ। सुरक्षाको दृष्‍टिकोणले पनि नेपाली जनताको हितमा छैन।केही यातायात साधनको चालकहरु पनि जिम्मेबार छन जस्तो लाग्छ। समग्र मा हामी सबै यस्ता गतिबिधी प्रती जिम्मेबार छौ नचाहदा पनि तेही परिस्थितीलाई स्विकर गर्नु पर्छ किन कि हामी सँग अरु उपाय हरु हुँदैन। जसरी पनि आफ्नो गन्तब्यमा पुग्नु छ। हामी सबैले ट्राफिक नियम पालन गर्नै पर्छ। जस्ले गर्दा अकास्मात् हुने दुर्घटना बाट बचाउने छ।

  7. नियम कार्यान्वयन गर्न सजिलो छैन नेपालमा। लागु गर्‍यो कि यता बन्द उता बन्द, कती मात्रै नियमहरु फिर्ता लिएको छ सरकारले गत पन्ध्र बर्षमा हेर्नुस् त! नेपालमा जुनै professional संगठन पनि ३~४ वटा छन, कांग्रेस सरकारमा भए एमाले र माओवादीले हद्ताल, माओवादी रहे अरु दुई ले – पालैपिलो। कस्ले छुन सक्छ यिनिहरुलाई?

  8. बिग्रे को मान्छे को भात्कको घर भात्केको घर को के को धर ” जेस्स ले जे गरे पनि हुन्छ।

  9. बस को क्षमता भन्दा बढी यात्रु चढायेर बढी भन्दा बढी पैसा उठाउने बस संचालक हरु को मनपरी हो यो
    यदी बस संचालक ले क्षमता भन्दा बढी यात्रु नराख्ने हो या सम्बन्धित निकाय ले कन्ट्रोल गर्ने हो भने कसरी हुन्छ एस्तो बिजोग ??

  10. niyam kanoon kada sanga palana nabhaye USA, europe ma pani manish haru yasai gari travel garthe holan.

    main kura k bhane, yaha ta Trafic police pani neta ra dirty politics ko karan dherai demoralised chhan. bara traffic police lai matra dosh diyera pani hudaina.

  11. yeah, our nepal like this, anybody can do anythink ” who care to anyone ???? right “”” lathaling desha ko bhatabhunga chala””””””””

  12. वास्तवमा हामी नेपाली जनता नै अटेर अराजक र असभ्य छौ त सरकारले के गारोस र उस्ले त नियम बनाउनु र भन्नु हो पालना त हामी आँफै जनताले गर्नु पर्छ नि, सरकारले आफ्नो स्वार्थ का लागि नियम बनाउने होइन क्यारे, जनाता कै भलोका लागि त नियम ल्याउने हो, अब बाँदर नेपाली जनताले एस्तो कुरा क् बुझोस् त। ट्राफिक प्रहरीले कानुन कडा बनाउने हो भने जनता फेरी उसै लौ हामीलाई प्रहरीले ज्यादाती गर्‍यो भनेर उल्तै सरकार सँग निहु खोज्दै ढुङ्गा मुढा र बन्द गरिहाल्छन वास्तवमै मेरो बिचारमा हामी जनतालाई साहारै असभ्य र असिछित जस्तइ छौ रोग लाग्नु अगाबै सरसफाइ रहन जाँदैनौ अनी रोग लागिसकेपछी औषधी दिएन भनी गाली दिन्छौ। यो सब भेडे नेपाली जनताले नै जवाफ देही hunu पर्छ, अथवा यि अटेर गर्ने आफुलाई बहादुर ठान्ने नेपाली बाँदर र गाडी वाला साहु………………….

  13. The issue raised in this blog is a valid one but I have one reservation about the blog entry. Why people travel like this? Because everyone has to reach on destination on time. There are two reasons that buses do not follow time schedules, and second few number of buses plying on the roads and that’s the reason why people travel like this.

    To remove this problems, government should intervene by plying affordable public buses and they should stick to time. The transportation system should be nationalized and government should strictly adhere to the traffic rules while plying these buses.

  14. अभाब अनि हामी नेपाली जनतामा अनुशासन साथै सरकारको व्यवस्थपनको कमजोर हो र यसमा यदि कुनै दुर्घटन भयो भने सरकारको गल्ती होइनन जो दुर्घटनमा पर्छ त्यसैको कमजोरी र गल्ती भन्ने हामीले बुझे कसो होला?

  15. के गर्नु एक हातले ताली पनि त बज्दैन हामी जनताले पनि अाफु सावधान हुनु पर्छ । अझै हामीले कसले के गर्न सक्छ हेरैा भनेर झन नराम्रो बाटो तर्फ लागी रहेकाछैा ।

  16. ‘Over-load’ ta bhayo, bhayo – tesmathi pani ‘Desh’ ko lagi potential bokeka hamra ‘Naau-jawan’ kheladi haru po rahicha ta ‘Chat’ vhari!!!

    khatai-bari, awareness nai na-bhayera pani ho!!

    Sarkar lai matra kati gali dinu,
    Hami ‘Janta’ haru pani ‘Assemblage’ bhayera,’basti-basti’ bata ‘Naya Nepal’ ma chahine purwadhar ra system bhanauna ‘Suruwat’ gernu parcha!!!

    laau, abo laagum hami ‘Afno-Afno’ Gaau tira, mero chamta anusar ko mero Gyan ra financial support mero gaau lai maile dieula, tapai haru ko pani palo

  17. Trafic police have recentaly revised/upped their punishment scale. They will obsrve and implement it only if they think they can do so without much resistance from the traffic rule violator. On the otherhand, if they think the violator is mighty than them they will do nothing and let it go. Furthemore, they do not deposit the fine collected to government coffer as well. I will see next year how they will do it.

  18. Navaraj jee

    This pic shows us two different issues that one is we are not serious about our rules and regulation whic is formed for us to regulate safe journey and other is the current status of vehicle access to the people.
    So, we have to think twice before what we do. I think everyone are careless over state’s law because they learnt what they did here. We only point to other not to us.
    I wish no one can bring the civilization in our society, we have to do ourselves.
    “Thank all.

  19. Niyam banayepachi teslai paalan garna ra garaauna kadaa niti pani banauna saknu parchha Nepal sarkarle.

  20. अब मैले जवाफ दिने कुरै भएन । कि त यातायात मन्त्री कि मन्त्रानी हो त्यस्ले नै जवाफ दिनु पर्ने होला नि, ? जवाफ दिने अनी नैतीकता को आधारमा राजी नामा दिने बानी यी नेताहरुको चरित्र भए त ति दुर्गाम जिल्लाहरुमा मरेका १७७ जनाको जवाफ स्वथ्य मन्त्री हो कि मन्त्रानी हो तेस्ले दिनु कता हो कता जर्मनी तिर झाडा पखाला को औषधी लिना पो हिंडेछन त । चरेस झा को सपथ ग्रहण सर्बोच अदालतले ब दर गरेपछी उस्ले नैतीकताको आधारमा रजिनामा दिनु पर्ने हैन, के हो यो बिडम्बना यो नेपाल देशमा ? हैन संबिधान नै कमजोर हो कि ? नेताहरु बलियो भएका हुन ? छुत्याउनै गाह्रो भो प्रभु ।
    उही कामरेड साधुराम सुकुमबासी

  21. Nepal ko ministers and politicians le bhaneka sabai kura ani kanoon ma lekhieka jati sabai niyam laagu bhaidieko bhaye hamro desh dherai agadi bhaisakne thiyo….

    Yaatru laafaile pani bichar garnu parne ho, tyasari chhat ma basera yaatra garda durghatana huna sakchha bhanera….. Chaat ma baske sabai teenagers dekhinchhan, yo age ko belanai usto….

Comments are closed.