कति निर्दयी कार चालक

नवराज न्यौपाने

काठमाडौँको वीर अस्पतालनजिकैको भोटाहिटी सब वे नजिकैको सडक पेटीमा हिँडिरहेका ६ जनालाई गएराति पौने १ बजे प्रतिष्ठित परिवारका सदस्यले कारले किचेर सामूहिक हत्या गरिदिएका छन्।

निर्दयी कार चालकले किचेर मारेकाहरुमा भारत सितामणि घर भई हाल वाङ्गेमुढा बस्ने बर्ष २९ को मदन गुप्ता भारत कसवा नेन्सी घर भएको बर्ष ५० को धर्मराज सिन्हा भारत सितामणि घर भई हाल बाङ्गेमुढा बस्ने बर्ष १५ को संजिब गुप्ता भारत मोतीहारी घर भई हाल कमलाक्षी बस्ने बर्ष ४६ की विना सिंह भारत सितामणि घर भई हाल कमलाक्षी बस्ने बर्ष ४० की कृष्ण देवी र तत्काल नामथर नखुलेको वर्ष १८ को पुरुष रहेको छ। भारत सितामणि घर भई हाल बाङ्गेमुढा बस्ने बर्ष २८ को दिपक गुप्ताको स्थिति गम्भीर छ।


हत्यामा संलग्न नयाँ सडक बस्ने शान्तिमान सिंह भन्ने व्यक्तिको छोरा भएको बुझिएको छ। स्थानीय बासिन्दाले शान्तिमान भन्ने नेपाल प्रहरीको डिआईजी भएको बताए पनि त्यसको एकिन भने हुन सकेको छैन। हत्यामा संलग्नहरुलाई नेपाल प्रहरीले राति नै भगाएको छ भने गाडी मात्रै पक्राउ गरि बग्गीखानामा पुर्याइएको बुझिएको छ।

यता, हत्या अत्यन्तै विभत्स मात्रै होइन, क्रुर तरिकाले भएपनि प्रहरीले राति नै रानीपोखरीको पानी निकालेर सडक सफा गरेको छ। प्रत्यक्षदर्शीका अनुसार मंगलबार अपरान्ह चार बजेतिर भारत घर भई हाल काठमाडौंको जमल आसपासका क्षेत्रमा सडक किनारामा फुटपाथमा व्यापार गर्ने एक व्यक्तिको बालकलाई वीर अस्पतालमा भर्ना गरिएको थियो। वीर अस्पतालले राति ११ बजे डिस्चार्ज गरिदिएपछि विरामी र विरामी कुरुवा लिन परिवार नै गएका थिए। फर्कँदै गर्दा सब वेको ठीक अगाडि सडक किनारामा बा ४ च ८०३० नम्बरको कारले ठक्कर दियो। त्यसपछि चिच्याहटका बीचमार उक्त कार पुन व्याक गरेर अन्यलाई पनि किचेर हत्या गरियो। यतिसम्म कि रेलिङ चढेर सव वेको गेटमा पुगिसकेकालाई समेत रेलिङ भाँचेर पेटीमा गाडी उकालेर हत्या गरियो। घटनामा दुई जना भने बाँच्न सफल भएका छन्। जम्मा नौ जनाको समुहमा आएका सात जनाको हत्या भएको छ। छ जनाको शव वीर अस्पतालमा राखिएको छ भने १ जनालाई थप उपचारको क्रममा नर्भिक अस्पतालमा नै मृत्यु भएको थियो।

विहान ८:४५ सम्म वीर अस्पतालमा आसपासमा सयौँ मानिस भेला भइसकेका छन् भने नेकपा माओवादीका नेवा राज्यसमितिका इन्चार्ज हितमान शाक्यले घटनास्थल तथा शवको अवलोकन गरी फर्केका छन्। हत्याको विरोधमा राष्ट्रको सीमालाई छोडेर उपस्थित सबै नेपाली आक्रोसित बनेका छन्। रातिदेखि नै भोटाहिटी, वीरअस्पताल, नयाँ सडकमा प्रदर्शन गरिएको छ। प्रहरीले घटनामा संलग्न बा ४ च ८०३० नम्बरको कारलाई नियन्त्रणमा लिएको छ।

यता, हत्याकाण्डका अपराधीलाई प्रहरीले निकै राम्ररी जोगाएको देखिएको छ। प्रहरीले हत्या पछि भागेको गाडीलाई राति नै टेलिफोन गरी बग्गी खाना पुर्याउन लगाई हत्यामा संलग्न विनय डंगोल र उद्धवमान सिंहलाई प्रहरीले नै भगाएको स्थानीय बासिन्दाले आरोप लगाएका छन्। यता, विभत्स हत्या गरिएको स्थलमा रातारात प्रहरीले रानीपोखरीको पानी निकालेर सफा गरेको छ। हत्यास्थलको प्रमाण नष्ट गर्नुले प्रहरीले घटनालाई ढिसमिस गर्न चाहेको भन्दै स्थानीयबासिन्दा आक्रोसित बनेका छन्।


प्रहरीले रानीपोखरीको पानी झिकेर सफा गरेकोले घटनास्थलमा जीवित माछा समेत भेटिएको छ।


जसोतसो बाँचियो।


145 Comments

  1. mritak aatma haruko shanti ko kama na gardai tyo hatyara lai kada bhanda kada sajay ko maag garda chhu.mero school dekhi ko close fren bikash kumar sing,usaiko sapariwar ho accedent ma bitnu hune haru.tyo kto sune anusar addict ho ra nasako sur ma haneko hola.yaha maile dherai political comment haru payen jun malai mann parena.bikash mero six class dekhi ko sathi ho.ahile samma pani.k bhanne khi thaha chhaina.hatyara lai kada bhanda kada sajay diyiyos.kanun le chodyo bhane kaha janchha ra.hami jasto dherai kta haru chan kth ma.kaha chodla tini harule bichar gare hunchha.

  2. hatya bhayeko 6 jana ma mero sathi bikash kumar sing ko baba ra ama pani hunu hunchha.ani aayo kura accident ko.manchhe haru harek ghatana lai kina rajnitik rup ma herchha.tyo keto addict thiyo sune anusar.tyasai le nasama chalauda hanyo hola chor le ani hanechha.aba bachyo bhane jindagi bhar palnu parchha yadi lulo langado bhayo bhane,jasto dimag ma aayera pheri hanyo hola.hearlty condolence to all 6 ppl who have to leave this world b’coz of any one’s fault.hatyara lai kada karvahi dinu parchha.natra jail bata niskera pani kaha janchha ra tyo.

  3. कार चालक ब्रों महा क्रन्तिकारी पो रहेछ तालिबान, बिन लादेन को प्रभाव परेको होकी

  4. यी हत्या र अपहरनको घटनाहरु हेर्दा नेपालमा नया कानुन को खाचो छ त्यो हो यस्ता अपराधिहरु लै सिधै फासी नत्र मृत्युदण्ड ! त्यो भन्दा अरु बिकल्प नै छैन !

  5. This is really very bad news for every people n also bad for nepal..so plz plz plz hang until death to those police who help that evil..and also, all we people must find that evil n hang him until his blood comes out of his mouth……

  6. २० बर्षको छोरो त यती निर्दयी छ, यस्को बाउ अझ कस्तो होला !
    अझ यस्को बाउले प्रहरीलाई सहयोग गर्छु रे यो केसमा
    शहरले त जङलीलाई समेत मात गरी सकेछ
    कन्क्रेतको जङगलमा कन्क्रेतकै मुटुहरु !!

  7. i think that media should face off these kind of people to let the people know the person…… coz laws cant do anything but we people…. yes we can!!!!!!!!!!!

  8. Dear Friends,
    It was a very unfortunate incident and words will not be sufficient to condemn this heinous crime.If it were an accident, it would have been understandable but the way killings have been done is the ugliest face of cruelty.
    It seems the land of Mahatma Buddha has become an epicentre of violence & hatredness.
    The law and order has become elusive. are we heading towards a complete destruction? if the youths of the country are so spoilt, can we imagine of brighter future.
    May God give peace to the perished souls.

  9. DIG ko chora bhaya tha ka bhayou ,thyo dig ko chora pani thai manchanai tha hoo ,teeslai tesko nam ata patha lagayara tesko kundili harnu parcha chaya heajatai gayara base pani ?aba nepal ko police ko ka kura paisas payou bhane sabai kam police le nai garidincha ?tara sabai ghana chai bhanu mildaina ?

  10. car chalaune ko sampati bata chyatipurti ko rupama pratek ko parivar lai 10 lakhs ra gadi chalaaune lai janma kaid natra kamtima 20 years jail halnai parcha.

  11. मृत आत्माको चिर शान्तिको कामना, हत्यारालाई हदै सम्मको सजाय र आफ़न्त जनहरुमा न्यायको आभाष चाडै मिलोस

  12. सम्पूर्ण मृतकप्रती हार्दिक श्रद्धान्जली अनी शोकाकुल परीवारप्रती हार्दिक सहानुभुति

    यो दुर्घटनाको जती विरोध र निन्दा गरे पनि मुख्य कुरा देशमा नियम-कानूनको व्यवस्था र कार्यान्वयन कै कमी-कमजोरीहरुमा सुधार नगरेसम्म खासै तात्पर्य निस्कदैन ।

    यसो गर्दा कसो होला ??
    १- दुर्घटनाले कसैको मृत्‍यु भएमा चालकलाई कुनै जनावर किन्न सकिने किसिमको न्युनतम आर्थिक भार पर्ने तर घाइते भए बढी दु:ख सहनु पर्ने र उपचार खर्च पनि धेरै हुने कारण चालकले गाडी फर्काएरै भए पनि नमरेको मान्छेलाईसमेत मार्ने प्रचलनलाई निरुत्साहित गर्न अनिवार्य कारावास अनी चालक अनुमति-पत्र खारेजी जस्ता अती आवश्यक व्यवस्था
    २- दुर्घटनामा चालकको गल्ती देखिए कडा सजाय (नगद जरिवाना र अनिवार्य कारावास दुबै) को व्यवस्था, अनुमतिपत्र खारेजी प्रकृया,
    ३- मादक पदार्थको सेवन गरी यातायातको कुनै पनि साधन चलाउने व्यक्तिलाई थप नगद जरिवाना र कारावासको व्यवस्था
    ४- दुर्घटनामा मृत्‍यु भएकाको परिवारलाई नगद सहयोग (दुर्घटना गर्ने सवारी साधन धनीवाटै क्षतिपूर्ति पाउन सकिने गरी वीमाको व्यवस्था) को व्यवस्था
    ५- चालक अनुमति-पत्र वितरणको लागि प्रकृया सरल तर कडा अनी निस्पक्ष हुनु पर्ने व्यवस्था
    ६- हरेक सवारी-साधनको अनिवार्य विमा अनी नविकरण प्रकृया सरल तर कडा अनी निस्पक्ष हुनु पर्ने व्यवस्था

    [email protected]
    तौलिहवा

  13. मृतआत्माले शान्ति र आफन्त न्याय पाऊन् ।

  14. Dear my sansar viewer, I am writing this specially to the license providing authorities and traffic police department.
    All these are due to lack of proper rules, regulations and law and orders. Licensing system in Nepal is very weak. It is true that If u pay Rs5000 , your license comes to see u at your room. It does not matter u can drive or not but u aloud to drive legally . I think it is one of the most corrupted bodes in Nepal .
    there should have been proper licensing system. All type of vehicle drivers should be checked in driving in a regular basis whether they are drunk or not.if drunk, their license should be cancelled totally. can u imagine how many drivers are there who knows traffic rules properly? and how many of them apply the rules? if there is no traffic police, then the answer will be zero. what does this mean? this means radical changes are must in preliminary phase, not in the accident. But if there were some strict rules like punishment in drunk driving, technical test of the vehicle in a regular basis, night time supervision provision, this accident might not be happened.
    anyway deep condolence to the people who are killed in the accident whether they are indian or nepali. the killer should be punished at any cost whether he is son of high level force of low level. Because murder is always murder. if he is left without punishment than u could be a victim next day.

  15. The nation of Gautama Buddha, Janak, Sita, Bhrikuti!!
    What’s going on these days?!!
    There are no words to condemn these heinous acts!

  16. मेरो बिचारमा यो आक्स्मिक घटना होइन । मधेश र् राजधानीबासी को बीचमा कटुता ल्याउने कुनै नियोजित योजना हो ।

  17. May the departed souls rest in eternal peace and may the bereaved family have the strength to bear the loss.

    The guilty must be brought to justice. He has committed a heinous crime. It also seems that the policy has acted unjust and unlawful. Whom can we the citizens of Nepal trust? I my opinion all law abiding citizen of Kathmandu should go to the streets and not stop protesting until the guilt are found and brought to justice. Today it is someone else’s son, daughter, brother, sister, mother or father. Tomorrow it could be yours!!!

  18. nepal maa kaanoon bhaye poo hunchha …kanun ta thulaa badaalaae kaha lagchha ra nimukha gareeb ra sidha saadhhaa laae matra ho ni. kaanoon ko rakshak haru lay jo sukae hos sagaaye dilaau nu par chaa. nepal sarkar ko laagi laaza marnu kuraa ho yo.

  19. Paaras lai karyabahi gareko bhay ahile yesto hundainathyo.
    Hatyaralai kasle phashi dine khai!
    mysansarma matra chichyaer k garne?

  20. Naya Nepal ma sabai kanoon matrai todchan ta? Tyo apradi lai kada bhanda kada sajaye dinu parcha.

    Cesar
    GUAM
    GU

  21. ओइ हर्के भाई माओवादीले अन्त ,सन्तको नम्बरप्लेट हालेको होइन होला ? सम्बन्धित निकायमा बिधिपुराएर नै काम गरे जस्तो मलाई त लाग्छ ! किनकी अहिलेको भरसिलो पार्टी भनेको नै माओवादी हो भन्ने कुरा तिमीले राम्ररी बुझ्नु पर्छ ! बुझेउ हर्के ?

  22. This is one of the cruelest killing of innocents. It is a shame that those two involved murderers are going to escape because of the corrupt police and judicial system. This kind of cruelty is seldom heard, and there should be a greater public pressure to punish these culprits maximally.

  23. phataha, criminal haru ko desh hune bhayo Nepal chai. kasari bachhan manchhe yesto desh ma. Yesta criminal paisa , corrupttion ko bhar ma kehi hudaina. Police haru lay kati paisa khayera tyo deadly criminal lai lukai sake holan. Hey god save my country.

  24. yo ghatana kunai pani traffic rule sanga sambandith chaina. Kina ki peti ma hideko manche lai thaakkar dinu back garera 7 janalai marnu yo yeuta sochniye ra ghambir bisaye ho…Probably the most be something behind in this murder. Let the police and goverment must be faithful in this case. Otherwise “We gave ours today, your will be tomorrow” vanne kura lai samjhana garuchha.

  25. Polices are much corruption & against of law,even Loktantra
    also, nothing change in Nepal. Corruption is one of the cancer. How to eradicate of this kind of cancer? Hey! give
    answer of cruel incident.Nepalese government & leaders are
    sleeping already because by diarrhea died some people from
    west parts of Nepal. Actually, we don’t have government.

    If democracy system failure then………………leaders
    are shouldn’t forget it!

  26. दुर्घट्ना भन्ने कुरा भई हाल्छ नि !!! कसैले रहर ले गर्नी त होइन नि । हो आफ्नो मान्छे दुर्घट्ना मा पर्दा दु:ख त लाग्छ नै जस्को कुनै बयान गर्न सकिदैन होला । यो त देस को कानुन को रक्षा गर्नी प्रहरीहरु को कर्तव्य हो कि दोसी लाई सजाय दिन को लागि सम्बन्धित ठाउँ म लैजानी । तर विडम्बना हाम्रो देस मा कानुन को उचित प्रयोग उचित ठाउँ मा गरिदैन ।

    !!!जय नेपाल !!!

    ईन्द्र शाही , सिड्नी

  27. हत्या हिन्सा अनि आतन्कको राजनितिको परिणाम हो भन्दा केहि फरक नपर्ला यो !!! हिजो टी सी अगाडी माईक्रो जलाउने अनि गोलिहान्नेलाई छुटाउन चक्काजाम अनि बन्द, हडताल गर्ने बिध्यार्थी यूनिएन. औध्योगिक मालिकलाई कुटेकाहरुलाई छुटाउन कारखाना नै बन्द गरेर नेपाली समाजमा आतन्क फैलाउन खोज्ने मजदुर यूनिएन, अनि ती सन्घसन्स्था अनि यूनिएनहरुलाई राजनितिको नाममा सरक्षण दिने हाम्रा देशभक्त राजनितिग्यहरुले गर्दा नै यस्ता हिन्सक गतिविधिले प्रस्रय पाएका हुन नया नेपालमा . उपराष्ट्रपतिले कानूनको धज्जी उडाउदै झुठको खेति गर्दा पनि सहमतिबाटै सुल्झाउने भन्दै सन्सदमा स्पष्टीकरण दिने लाचार पी.एम. अनि रोल्पा, हुम्ला, जुम्लामा जीवनजल नपाएर झाडा पखालाले जनताहरु मरिरहदा पनि आन्दोलनको खाचो नथान्ने, तर आफ्नो नेत्रुत्वमा राष्ट्रिय सरकार बनाउनु पर्ने माग राख्दै देशैभरि आन्दोलनको घोषणा गर्ने देशभक्ता राजनितिग्यहरु रहेसम्म यस्ता घटनाहरु घटी नै रहने छ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हाम्रो नया नेपालमा .
    बिभत्सरुपमा हत्या गर्ने एउटा हत्यारालाई कारवाहि गराउन पनि हामिले चक्काजाम, उपत्यका बन्द अनि नेपाल बन्द जस्ता कार्यहरु हामीले गरिरहनु परिरहेको छ . अनि त्यस्ता हत्यारा अनि आतन्ककारिलाई छुटाउनको लागि पनि चक्काजाम, उपत्यका बन्द अनि नेपाल बन्द जस्ता घ्रिनित कार्यहरु गरिरहेका छौ र नेताहरु त्यस्ता हत्यारालाई छुटाउन अनि सरक्षन दिन कोठे बैठक गर्दै राजनिति सहमति खोज्दैछन . खै कसैलाई फुर्सद छ हामि नेपालीहरु कतातिर हिड्दै छौ भनेर सोच्न ? के नेपाल डनहरुको देश हो????

  28. प्रहरी को आड लागेर, त्यो अपराधी उम्किन नपाओस् । यदि प्रहरी ले गद्दार गर्‍यो भने, तीनीहरुलाई तह लगाउन अर्को समूह जन्मिन पनि बेर लाग्दैन । अत: त्यो जोसुकै होस्, अपराधि भनेको अपराधी नै हो अझ बढिजसो सडक दुर्घटना मा गाडिचालक सँधै कारवाही बाट बच्ने गरेको छ, लाग्छ अब नियम कानुन मै परिवर्तन गर्नुपर्छ ।
    अन्त्यमा, मारिएका परिवारका सदस्यहरु प्रति हार्दिक समवेदना, उनीहरुले हत्यारालाई कारवाही गराउन सकुन् ।

  29. yo manche kunai party co vayena natra ta dosi lai karbahi hunthiyo hola. sabai chor neta haruchor police haru mantri kai chora vaye pani goli hanu parcha

  30. ma pani parkash ji sangha sahamat 6u tyasto police haru lai to karbahi hunu par6 jasto lagcha malai! madhav nepal ko sarkar la jhan bikerti layo jasto lagyo malai t! plz plz plz desha ma santi vanko kayahi ho jaslai payo tyslai ni maarne? thuka… yo nepal ko rajniti hijada haru ko jasto !

  31. प्रहरी बाट नै यसरी यो दुर्घटनालाई हत्त न पत्त सामसुम गर्ने प्रयास गरे बाट यो बुझिन्छ कि अपराधीहरु टाढा पुगेको छैन । अपराधीहरु कही सुरछित सम्रछित छन ।
    हाम्रो मुलुकमा डि आ ई जि आदी आदी जस्ता उच्च पदमा कार्यरत कर्मचारीहरु जब सम्म छोटे राजाको हैसियत ले राज गरिरहन्छन तब सम्म ति छोटे राजा हरु को सन्तान – नातेदार हरु बाट हुने यस् हद सम्म्को जघन्य अपराधलाई यसरी नै सामसुम पार्ने प्रयास गरिने छ —– हामी जो कोही पनि सरबसाधारण तिनिहरुको शिकार हुन सक्ने छौ भोलिका दिनमा पनि —–
    सामन्ती प्रथाको बिख यस् हद सम्म्को बिखालु हुन्छ ——
    अपराधीलाई सर्बस सहित आजिबन काराबास को सजाय होस् !
    अपराधीका जाय जेथा नेपाल सरकार ले बेच बिखन गरेर बचेँका ति म्रितक का परिवार लाई छेतिपूर्ती स्बरुप दियोस !
    ( यस् हद सम्म्को क्रुरताको छेतिपूर्ती त के ले नै पूरा हुन्छ र ! तैपनी )
    ————–
    राजनैतीक रङ्ग लगाइनु अघी नै नेपाल सरकार ले सक्दो न्याय म्रितक को परिवारलाई र अपराधीहरुलाई कडा भन्दा कडा सजाय देओस !

  32. Kina baulako Nepali police???????????? Papko ghainto pani bhariyo. Basturd, bulshit Police.Bharatka nagarik rahechhan aba chhodla timra bau Bharatle? Australialai ta chhodena, Nepal….

  33. Biplav Man Singh- name given in kantipur online.
    Googled. I hope he is not the driver.

    Biplav is the President of Computer Association of Nepal, an active body promoting the use of Information Technology in the country. He is also the President of CAS trading house, a computer company which offers various name brand computers and accessories for Nepal. Nepal, being the immediate neighbor of India, which is the #1 largest software exporter in the world, Nepal has the potential to grow. Biplav works towards making Government and Private sectors serious on many IT issues to bring Nepal’s Information

  34. रत्नपार्क काण्डका मृत आत्माहरु प्रति हार्दिक श्रद्धान्जली मृतक परिवारप्रति हार्दिक समवेदना हत्याराहरुको कहिल्यै भलो नहोस् जीवनभर तड्पिएरै बाच्नु परोस् ।नेपाल प्रहरीको निकम्मा र नकचरोपनालाई थुक्क भन्नु बाहेक विकल्प छैन ।
    प्रकाश हुमागाईं
    सिड्नी

  35. यो पनि एउटा मान्छे मार्ने नयाँ शैली होला
    हत्यारालाई फासिको सजाय हुनुपर्छ

  36. Bhaninchha Nepalihareu kasailai alikati dukha parema aphuno jyankai wastanagarikan tyo dukhiko sewa garthiyore, tara aja samya le khoikasto mode liyako ho yo. k yahinai ho ta naya Nepal ? yadi yastai ho bhane chahidaina hamila naya Nepal! gariba Jantale nyaya ra adhikar ta ramro sanga payan payan huda huda bachana ni napaunu, yo kaha samma ko annyaya ho ? jesto sukai bhayani hattyara lai sajaya ta dinai parchha. yaha samasya nepal ko mattra bhayana bholi Indiama basera aphuno pariwar paliraheka nepali mathi yasto bebahar bhayama kaslai dos dine? so yo case lai tyatikai close garna 1 mildaina 2 mildaina 3 mildaina ! HATTYARALE SAJAYA PAUNE PARCHHA !!!!!!!!!!!!

  37. First our heartfelt condolences to the bereaved families. This is a tragedy beyond imagination. We hope that the decent citizens of Kathmandu, the press and responsible political leaders take actions to ensure that justice is done. It is unimaginable that a human being would purposely commit murders to avoid treatment of the injured. This crime is equivalent to the terrorist attacks at public places and should be a test case to see how rule of law prevails in the new Republic of Nepal. Laxmi and Santoshi, Lalitpur

  38. This is a very bad news. Nepal ma ni josle j gareni hune bho. Nata public security nai chha, na human right nai. My heartfelt condolences to deceased peoples.

    Govt. should introduce tougher law on road accident. Penalty on death should be made more severe than injury claims. Also traffic regulations should be introduced, wider roads, speed limits and liscence issue should be closely monitered.

    THis might not be a personal revolt, but rather the intelligent way out to avoid the expensive injury claims rather than cheaper death cliam.

  39. hatyara lai fasi de, yesto prakar ko crime aaba nadohoriyoss
    Heartfelt condolense to deceased.
    mey their soul rest in peace.

  40. कुनै कारण ले दुर्घटना भैसके पछि प्रत्यक्ष साक्षी लाइ समेत नामेट गर्ने उदेश्य लिएर गराइएको ह्त्या हुन सक्दछ. जसरी गराए पनी यो जघन्य ह्त्या हो तर नेपाल प्रहरी भने कहिलै सुध्रिने भयेन , किन भागाएको गाडी चालाक लाइ?.

  41. Nepal ko kanun lai auta putali banaako chhan yo sarkar ra thula manish le so for the dam political parties and high posted person be loyal to the nation not to dog of crime. there is many thing rough to tell but i dont want to mess up my pride and the glory of my nation.

  42. sale chor killer lai dhunga hanera marnu parcha, tesko ghar jalai dinu parcha, sale chor gadha, parasle pani yesto sarai ta gareko theyena hola, sale kun chai chor rahecha

  43. my gawd..another dreadful incident
    may the deserted soul RIP

    let us hope nepal police and the legal authorities do full justice to their families

    there may be a valid reason for police to clean the spot
    probably it was to control the fury of ppl

  44. हत्या त्यों पनी सात जनको…………..?
    नेपाली जनतामा दम नै छ भनी यसलाई फाँसी दीयको न्यूज़ पढ़ना मिलोस आन्दोलन गरेर बिकासका पुर्वाधार मात्र तोड़ने टी हट हरु अब यस्ता अपराधी तोड़ना लागुन .

  45. Ghushya police haru lai goli thoknu parcha. Nepal bigarne chakari baaz police haru nai hoon. Kunai lai chodnu hunna..

  46. ma ta bhanchu j bhayo ramro nai bhayo j bhaye pani tini haru bharat ka theye mare ramro nai bhaye timi haru le pani hamro nepali haru lai dheri ataychar gareka theye badala ko bhawana hunai parcha mare pani bharatiya mare
    ma ta khusi chu jasle j bhanos i dont care every thingz damn ….yesto ghatna aajhai garnu parcha bharat bata aayeko haru lai marnu nai parcha thik gareo prahari le bhagayera…yek yek gari marnu parcha bharatko sabailai marnu parcha aru kura baal matlab jai nepal

  47. I am a nepali, whether they are nepali or not , they are all my sisters and brothers because they are human first…..and this is also true that all nepali police are crap….” FALAM MA NARAMRO SULIS, NEPALI HARU MA NARAMRO POLICE.” SABAI PPOLLICE FORCE KHARAM CHHAN NEPAL MA…

  48. मृतकहरु प्रति हार्दिक संवेदना ! ” विकृत समाजमा धनीले कानुन माथि र कानुनले गरिब माथि शासन गर्दछन् ।” यो त्यसैको ज्वलन्त उदाहरण हो । २३७ वर्षे दरबारिया सामन्तलाई भत्काए पनि यस्ता सामन्तीहरु समाजमा व्याप्त छन् नै । जबसम्म कानुनको डर हुँदैन तब सम्म यस्ता तत्वले शिर उँचो पारिरहन्छन् । त्यस्का लागि राम्रो सिस्टम हुनु जरुरी छ न्यायपालिकामा ,प्रहरी प्रभागमा ।

  49. kill the murderer with torture in front of public is only the law we need to stop all those killing events. may the soul of decieved rest in peace.

  50. त्यस्को घरमा गएर अागो लगाइ दिए हुन्छ ।

  51. O God !

    Makune Sarkar le k gardo ra chha hernu parchha. Yesto ghatana lai dismis pariyo vane puna: testa prabitti ka ghatana nadohorinna vanna sakinna.

    Lets join our Hand !

    Namaste Nepal
    Dina

  52. घटना नियोजीत तरीकाबाट गराएको देखिन्छ, कति निर्दयी भएको होला अपराधीहरु, सुनसान रातमा त्यों पनि सड़कबाट बाहिर पेटीमा लगी किचेर मार्नु कस्तो दया माया नभएको होला. यस्ता अपराधिलाई प्रसाशनले होइन नेपाली जनताको अगाडी फासी दिनु पर्छ जसले गर्दा फेरी अर्को घटनाले समाचारमा स्थान पाऊने छैन.यस्ता घटनाको जति नै भर्संना गरे पनि कमी हुन्छ.नेपाल प्रहरी ले यस्ता अपराधीलाई लुकाउने भन्दा पनि सक्दो कोसिस गरेर कानूनी राज्यको सथापना गर्नु पर्छ. यस्ता घटनाको राम्रो छानबिन गरि नेपाली जनतालाई सार्बजनिक गर्नु पर्छ.
    घटना घटाउनेलाई सबैले तिरस्कार गर्ने बानी बसालौ.

  53. Condolence to the family. Yesto ghatana pheri Nadohorina ka lagi Traffic mechanism tayar garnu parchha. so, Sabai le shantipurna tarika le yasko samadhan ma jana Thik hunchha hola. natra arko apriya ghatana chahi naghatos.

  54. This incident clearly jokes for the law and order of Nepal.We people strongly condemned this accicent and urge that whoever involved in this accident should be punished and government should completely take action in order to maintain security and protection of public. We have no word to sampthy for the victim’s family . May the souls rest in peace and give courage to bear this loss for family and friends of the victims.

  55. Some year back , we heard that Mr. Paras killed somebody by hitting him with his vehicle accidentaly.
    Political parties have given very high priority to that case.
    Now this time also some new paras has killed those innocent peoples.

    However , this time it is not an accident.

    Those persons should not be left at any cost.

    I request mysansar and to all media to follow up the issue till those culprits are behind the bars.

  56. In my opinion these people must have bribed the police and the administration to escape, whoever had done and supported in doing this should be killed in the same way as these inocent people who lost their lives.
    Whole bladdy sysytm of Nepal run through Money, you have money you can kill anbody and run away.
    what will happen if the same happen to the family members of us and our friends?
    if this had happened to som rich or powered person there would be checking, investigation adn so many cases but this happened to the poor people so nobody will rise their voices.
    poor Nepali and selfish thinking…..what a co-incidence1

  57. joon desh ko nagarik bhayapani ragat autai hoo.Hatyara lay karbahi paunai percha.Yedi India maa hamra daju bhai marida doshi lai sajay dinako lagi pani yo case maa sajay hunai percha doshi lai.

    Yesari manis marna paidaina.

  58. Human Rights comes first:::
    Everyone has right to live their life.
    Everyone can use their right but can’t snatch others right.
    They are criminal by law who commits the crime and shall be punishable by law.
    Punishment takes place for everyone equally regardless of their post,,from President, vice-president, Prime minister to a begger.

  59. thukka hatyara sala bhatuwa yeslai ta yesto sajaye dinu parchha jo duniyale yad rakhosh. ani tesma sanglagna prahari lai pani jagir chat garera sajaya dinu parchha chhodnu hudaina khabardar hatyara……………

  60. नेवा राज्य समितिका इन्चार्ज हितमान शाक्यजी ले अवलोकन त गरेर जानुभएछ । मार्ने मान्छे बाहुन क्षेत्री मगर आदि परेको भए अहिले सम्म नेपाल बन्द गरीसक्नुहुन्थ्यो होला । के गर्नु, अब चाहि शान्तिपुर्वक हत्यारा लाइ कार्यवाहि गर्ने माग राख्ने होला।

  61. जो मारिए उनीहरु न त भारतीय नै हुन् न नेपाली नै हुन् । गर्वको साथ म यो देशकै हुँ भनेर भन्ने स्थति छैन उनीहरुलाई । अब यो हत्या किन गरियो ? रक्सी खाएको तालमा होस गुमाएर हो कि ? अथवा व्यक्तिगत रीस ल्याएर ति निर्दोष व्यक्तिहरुमा थुपरेको पो हो कि ? वा भारतीय मूलका आधिवासिन्दाहरुसँग ठूलै रीस उठेर कसैलाई देखाउनको लागि पो गरिएको हो कि ? यो अत्यन्तै लज्जास्पद र निर्दयी हत्याकान्ड हुन पुगेको छ । तिव्र गतिमा भएकोले झुक्किएर १ वा २ जनालाई किचेको भए कुरा बुझ्न अलि सजिलै हुन्थ्यो , गाडीलाई रोक्दै ब्याक गराउँदै , तल र माथी चलाउँदै त्यत्रोजनाहरुलाई किचिन्जेलसम्म किन कतैबाट रोकतोक हुन सकेन ? प्रहरीलाई कसैले फोन गरेन ? टोटल कति समयमा ती व्यक्तिहरुलाई किचेर सखाप पारियो ? अनि किन सबै कुरा सार्वजनिक गराइएको छैन ? ती हत्याराहरु को हुन् ? के कारणले उनीहरु त्यस्तो गर्न पुगे ? नेपाल प्रहरीकै व्यक्तिहरु हुन् भने त्यस्तो मान्छेहरुलाई सार्वजनिक गराएर कारबाहि गरे नेपाल प्रहरीको केहि मान त बढ्थ्यो , किन त्यसरि भगाइएको छ हत्याराहरुलाई ? जनतालाई बाँच्न पाउने अधिकार खोइ ? नेपालमा त्यस्ता मूलका मानिसहरु कति छन् , उनीहरुलाई सुरक्षा कस्ले दिने ? उनीहरु अब कसरी ढुक्कसँग काम गर्न सक्ने ? कुनै राष्ट्रको भन्दा पनि यो मानवियताको मामिला हो ? माया खोइ ? दया खोइ ? मान्छेलाई कुकुरलाई भन्दा पनि तल्लो व्यवहार गर्ने ? हामी कता गइरहेका छौँ ? के का लागि बाँचिरहेका छौँ ? धर्म , भगवान … के यहि हो ??

  62. तुरुन्त कारवाही गरिएन भने नेपालीहरूको पनि भारतमा विजोग हुन सक्छ।

  63. धेरै दुखद घटना

    तर पनि……….

    यस्तो घटना नहुनु पर्ने थियो भयो तर नेपाली नागरिक भन्दा भारतीय नागरिक परेर राम्रो भयो। यो भारतीय नागरिक प्रतिको मेरो घ्रिणा होइन। बस भारतीय दुताबासको दबाबमा हत्यारा चालकलाई कारबाही होला भन्ने मेरो आस हो।

    किन कि यदी यो घटनामा सबै नेपाली परेको भए, हत्यारा डिआईजीको छोरालाई कारबाही गर्न सक्ने आँट यो सरकार सँग हुँदैन थियो।

    नेपालको दन्डहिनता देखेर मेरो मनमा यस्तो बिचार आयो है साथीहरु। गलत भए माफ पाँउ

  64. सर्बप्रथम माइ संसारका सम्पूर्ण पाठकहरु र लेखकहरु अनी सम्पूर्ण कबीहरु(स्टुडेन्ट इन बर्लिन ,लुना,बलदेव,गोले दाई ani aru sabai , बिदेश बाट खोजी खोजी मिठो ब्यन्जन पस्किनु हुने र महत्वपूर्ण समाचार लेखेर बहस्मा राख्नु हुने सम्पादक ज्यु ,अनी माइ संसारमा फोटो प्रतियोगितामा judge को भूमिका निभाउने न्याधिसहरु र अरु छुटेका सम्पूर्ण कबी र शुभचिन्तक हरुमा यो पुरुशोत्तम बाबुको दर्शन भेट छ ) आफ्नै बिबस्ताले गर्दा लामो समय भेट हुन सकेन , सर्बप्रथम कबिता प्रतियोगिता खोजी गर्दा पाइएन कसरी यस्को अन्त भयो त्यो पनी बुझ्न सकिएन पुरा ब्लग खोज्दा पनि भेटिएन पुरै परिवर्तन भएछ र परिवर्तन परिस्क्रित होइन लोप भएर गएछ साह्रै दु:ख लाग्यो हाम्रा बल्देब्जी जस्ता कबिहरु पनि कतै लोप हुनेत होइनन लुनाहरुले कलम बिसाएर निदाउने त होइनन ? अनी गोले दाई पहाड तिर जङ्गल को बिच तिर सुइय सुसेल्दै गोठालो हुँदै गाई चराउन त जाने होइनन ? अनी जन्मने भाबी पिढीहरु कसरी जन्मेलान ? अनी रचनात्मक खोजी गर्ने जिम्मा कस्को होला ? भोली नयाँ नेपाल बनाउने बाटोमा काढा राखेर बल्छी खेल्ने नेताहरुलाई ठिगुर्याउने कस्ले ? अनी यो ब्लग मा आएजस्तो हत्या फेरी फेरी नहोला त ? किन भयो होला हत्या ? कानुन छैन त्यसैले । उत्तर सजिलो छ । पुलिश्ले नै राता रात अपराधी भगाउछ किन भन्दा अपराधी ठुला बडा हुन कानुन लाग्दैन किनभने उनिहरुसँग प्रसस्त पैसा छ प्रहरी र सरकार लाई किन्छन बास् राता रात महल्तिर छिर्छन । चिसो छिडी तिर जाने त उही सर्बसाधारण हुन , हामीले पारस जस्तो अपराधी को नस्ट भयो भन्ने सोच्नु बेकार हो किनभने यहाँ अनगिन्ती पारसहरु छन । संबिधान सभा बेकम्मा छ केही कडा कानुन सम्म बनाउन सक्तैन । कुर्सिको मोहमा नै सबै लठ्ठ छन सबै , कानुन भएपनी पुलिश प्रशासन नै अपराध गर्छ ठुला ठालु कहिले पनि सजायका भागी हुँदैनन जे गरेपनी छुट् छ । सत्ता भन्ने कती सम्मको लागाम हुन्छ सरकार ढल्ने डरले सरकार केही बोल्न सकेको छैन सर्खार टिकाउन मात्रै उस्को दाउ छ अरु कुरा बाल मत्लब । यिनिहरुको बेबाहार हेर्दा त प्रचन्डलाई प्रणाम गर्न मन लाग्यो मलाई किनभने उनिले पनि सत्ता टिकाउन अनेक खेल गर्न सक्थे नि त सत्ता नै किन छोड्नु पर्थ्यो ? मेरो एक पल्ट होइन प्रचन्डलाई दस पल्टा सलाम लौजा । उनी जस्तो देस्भक्त नेता पैदाइन नै होला जस्तो लाग्छ। गिरिजाले सत्ता मा कती नाटक गरेर लिप्सो टासिएझै टासिरहो ? जनादेश हुँदापनी गिरिजाले सता छोडेन हेरौ त कती बेक्म्मा ?
    देश द्रोही उपरास्ट्रपनी उर्फ चरेसानन्द झा सर्बोच्च ले अबैध ठहर्याउदा पदमै टासिएर बसेको छ अरुदेश्मा भए कानुनको काठघरामा उभ्याएर कोर्रा हानिन्थियो वा रजिनामा गरेर बेकम्मा ठहरिन्ठ्यो पत्झर हुन्थ्यो तर हाम्रो देशको सरकार र निती हेर्दा थुक्न मन लाग्छ । कम्तिमा कानुन त सबैलाई लाग्ने बनाओ बेकम्मा हो यतित गर । नागरिक को बाँच्न पाउने अधिकार त सुरक्षित गर । शही न्याय गर । आफु उम्किने कानुन नबनावो । गल्ती गर्नु हुन्न भन्ने मान्यता राख र गरिहाले पनि कानुन्को अगाडि सिर झुकाउन सरम नमान यस्तो राता रात घटनाको ढाक छोप गर्ने पुलिश प्रासानलाई सुली मा जाक जस्ले हरियो नोठ्को नाम्मा अपराधीलाई अरु अपराध गर्न सिकाएको छ तेस्को हात र मुख भच्ने काम गर अनी मात्रा नयाँ नेपालको खाका कोर्न सकिन्छ । ए मुर्ख नेता हो तिमीहरुलाई सबै थाहा छ , तिमीहरुले के गर्दैछौ भन्ने सबै जनतालाई पनि थाहा छ अब धेरै दिन होइन होला यो लुछाचुडी खबर्दार जनताले बिद्रोह गर्नै पर्ने भएको छ फेरी एक पल्ट । बुद्दी मा गुहुको बिर्को लगाएर चोखो छु भन्न छोड । एक छिन एकान्तमा गएर सोच अनी प्रायस्चित गर । अब जनाताहरुलाई नरुवाओ अती भयो ।
    ए मावोबादी स्वचछ भनेका तिमीहरुनै छौ केही त गर छिटो यो देश्ले केही खोजिरहेको छ पानी पानी भनेर तिर्खाले छट्पटाइरहेको छ देश, अब पानी पिलाओ । यहाँ अरु कसैले केही गर्दैन तिमीहरुले नै केही गर्नु पर्छ यहाँ ।

  65. यो त अति नै भयो मान्छे मरने त कुकुर बिरलो भन्दा पनि बदतर भई रहेको छ , यो चोर पुलिस हरु ले गर्दा नै
    देश मा धेरै जसो अराजकता फैलिएको छ , अपराधी लाई भागाउनु र रानी पोखरी को पानी ले सफा गर्नु ले बयान
    गर्छ अपराधी ठुलो अथवा पहुच बाला हुनु पर्छ , अब यसलाई इंडिया ले कुन दिर्ष्टि ले हेर्ने हो ,
    यो ठक्कर दिएर तेस्पछि ब्याक गरेर मार्नु देश मा सबारी साधन सम्बन्धी घटिया कानून बनाएको हुनाले भई रहेको छ , यस सम्बन्धी जब सम्म नियम कानून परिमार्जन गरिदैन तब सम्म ब्याक गरेर मारने काम चली नै रहनेछ

  66. marne harulai hardik sambedana

    nepal sadhain ustai ho.rajtantra ma parase le maanche marthyo aaile janatale mardaichan.yahi hola sarbabhaum sampanna janata bhaneko.

  67. KO HO YO CHOR PARAS KO PANI BAU BHAYARA NIKLIYO TA. YASLAI PANI HANG GARNU PARCHHA. TARA POLICE AFAI SADHAI KINA HANG HUH

  68. ..yi Car chalaune GoRu harulai pani yasri nai carle kulchayar maridinuparchha aani matrai hisab barabar hunchha…natra bhane nepai ko bikne kanun…2/4 lakha….tes pachhi pheri aarko ghatana…..

  69. Hello everybody,
    where is our law & order.Is this our new Nepal? “garib lai ain dhani lai chaian” gajab chha ba.aba ta naya Nepal ma banchnu pani garo bhayo ba.kumbha karna pani 6 mahinama 1 palta nindra bata biujanthe re tara nepalko neta haru ta barsau bhae sakyo ahele samma pani suteko sutekai.
    enihahuko nindra kahile napugne ho?

    Jai naya Nepal

  70. Hearty Condolence to all victims.

    Is this “New Nepal”?if yes then I don’t it.Give me my old nepal back,i was much more happy with that.

    kulesh,
    nepal

  71. Police refuesd that the culprit is a son of DIG. Please make it sure whether it is just a baseless claim or truth.

    Honorable Home minister must take action against the responsible police officials if your news is correct.

    People travelling in the car and the driver must have been injured, who drove the car to Baggi-Khana? we must get the answer.

    Honarable Home Minister it is a seruous TEST of your security plan. Please take it seriously

  72. खै के भन्ने? किन एक पछी अर्को घट्ना हरु दोहोरी रहन्छ नेपाल मा एसरी, के नेपाल मा अब सोझा र साधारण मानिस हरु बस्न र बाँच्न नपआव्ने नै हो त? अब कती दिन आन्दोलन हुने हो, स्कुल हरु कती दिन बन्द हुने हो, अनी कती असहज बातावरण हुने हो राजधानी को कती दिन सम्म?? जे भये पनि मृत्‍यु हुने हरु को आत्मा ले शान्ती पऔन् र घाइते हरु को उपचार् अनी दोशी लीए उचित सजाय् पव्न पर्छ भन्ने भावना राख्न सिवाय के नै पो गर्न सकिन्छ र!

  73. यो दुर्घटनाको रुपमा भएपनि ह्त्या नै हो !
    हिजो को ब्लॉग (आफ्नै नम्बर प्लेट) मा अखिल मजदूर यूनियन को जस्तो नंबर को वकालत गर्ने साथिहरुले कानूनी नंबर प्लेट को महत्व बुझ्नुभयो होला !
    तेस्ता अन्ट-सन्ट नंबर प्लेट भएको भये त्यों हत्यारा कार चालक को थियो पत्ता लागौना कठिन हुन्त्यो !!

  74. छ जना को एकै चोटी हत्या गर्नी चालक लाई फाशी दिनु पर्छ नि .. नेपाल सरकार ले के हेर्दै छ त?

  75. hoina nepal ma jasle je gare pani hune bhayo hoina r ?

    yo marne ta mari gayo yo sale marne lai pani ratnapark ma fashi dinu parchh natra feri yo ghatna dorinchh sakchh.

    ke jasko pawar chh usale ne raj garne ho desh ma ?

  76. कस्तो निर्दाही घटना !यदि यो कुरा इंडियन हरुले कुन रूप माँ हेर्ने हो!यही कुरालाई बिपछि पार्टी ले संसद माँ कुरा उठाया माँ नेपाल सरखर ले के जवाफ दिने हो त्यों ता voli का दिन ले बताउने छ !सची नै अपराधी लाई बचाउने काम vaya माँ नेपाली हरु का दुख का दिन सुरु vaya जो नेपाली हरु इंडिया माँ काम गर्दै आफ्नो परिबार पालन पोसन गर्दै आयका छान!हेर पुलिस हो तिमीहरु ले अपराधी लाई बचौना खोजे माँ तेस्को परिणाम कती घातक हुन्छ बिचार गरेस

  77. gunda haru le sarkar chalaya pachi gunda gardi hatya hinsa ta huncha ni aru k nai huna sakcha heartly condolence to all

  78. Bhim Rawal Dai alias! now you are minister! we can no more call you Dai. That was a time 25 years ago.

    ANYWAY,
    This time now what you are going to do with this DIG putra, the henous murderer? Why don’t you dare to change the traffic accident compensation system and make law to punish these hynae to 200 years without parole.
    By the way I am against the capital punishment ( I have been against it because of human rights ground but I am inceasingly becoming more convinced that they need to die every day every hour every minute rather dying once and getting salvated which is like equivalent to getting pardoned.

    So Mantri jyiu, K CHHA BCHAAR?

  79. सडक दुर्घटना जस्तो देखिए पनि यस्ले नव-संभ्रान्त समाजको प्रवृतिलाई इंगित गर्छ। प्रारम्भिक जानकारी अनुसार क्यसिनो वा कुनै त्यस्तै ठाँउबाट नशा चुर चुर भएर गाडि हाँकेको देखिन्छ र ब्याक गरेर ४ जनालाई मारेको भन्ने कुरा पनि प्रत्येक्षदर्शीको भनाई आएको छ। मोजमस्ति र परिवारबाट छाडा छोडिएको परिणाम स्वरुप आज अकल्पनिय जनविनस भएको छ। गाडि चालकलाई प्रचलित कानुन अनुसार कारवाहि गर्ला नै तर यसले भविश्यमा यस्तै लापरवाहि हुँदैन भनेर ग्यारेन्टि गर्दैन। न यहाँको प्रहरी संयन्त्र चुस्त छ न त तिब्रगतिमा हाँकेको गाडिलाई पिछा गरि कारवाहि नै गरिन्छ। दवाब र राजनितिक खेल शरु हुन्छ र दुई चार दिनमा यो घटना पनि सामसुम हुन्छ र फेरि यस्तो घटना दोहरिन्छ। यस्ता घटनाबाट चेत खाएर ट्राफिक नियममा केहि सुधार गर्ने हो कि?

  80. In a country where even the vice-president does not follows the rules what law and justice we can expect. I feel very sorry for these people. Is there anything called heart !! and humanity with people anymore ??

  81. Kantipur news looks like a accident !!!

    एक पत्रकार र छ भारतीय सहित नौ को मृत्यु

    काठमाडौ, साउन २१ – राजधानी र कपिलबस्तुमा भएको छुट्टा- छुट्टै दर्ुघटनामा एक पत्रकार सहित ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ भारतीय नागरिक छन् ।
    राजधानीको रत्नपार्कमा बुधबार बिहान निजी कारले ठक्कर दिदा ६ जना भारतीयको मृत्यु भएको हो । अर्का एक जना गम्भीर छन् । बिहान पौने १ बजेतिर बा ४ च ८०३० नम्वरको कारले सडक पेटीमा हिडिरहेका सातै जनालाई ठक्कर दिएको थियो ।

    उपचारका लागि अस्पताल पुर्‍याउदै गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारत बिहारका धर्मनाथ सिन्हा, सितामढीका मदन गुप्ता, कृष्णादेवी र संजय गुप्ता, मोतिहारीका बिणा सिन्हा छन् । अर्का एक जनाको नाम खुल्न सकेको छैन् ।

    मृत्यु हुने सबै राजधानीमा व्यापार गर्दै आएका थिए । घाइते सितामढीका दिपक गुप्ताको वीर अस्पतालमा उपचार भइरहेको छ ।

    घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले भोटाहिटी, जमल र वीर अस्पताल क्षेत्रमा प्रदर्शन गरिरहेका छन्

  82. खै के भन्ने? किन एक पछी अर्को घट्ना हरु दोहोरी रहन्छ नेपाल मा एसरी, के नेपाल मा अब सोझा र साधारण मानिस हरु बस्न र बाँच्न नपआव्ने नै हो त? अब कती दिन आन्दोलन हुने हो, स्कुल हरु कती दिन बन्द हुने हो, अनी कती असहज बातावरण हुने हो राजधानी को कती दिन सम्म?? जे भये पनि मृत्‍यु हुने हरु को आत्मा ले शान्ती पऔन् र घाइते हरु को उपचार् अनी दोशी लीए उचित सजाय् पव्न पर्छ भन्ने भावना राख्न सिवाय के नै पो गर्न सकिन्छ र!

  83. ओहो यो के भईरहेछ नेपालमा मान्छे मार्ने काम त कुकुर मारे सरह,आफुनो सत्रु पत्रु जतिलाई जसरी जती पनि मार्न पाइने, भारत मा नेपालीलाई यसरी मारेको भए अहिले नेपालमा टाएर बाल्ने र रेलिङ भान्च्नेको भिड थामी नसक्नु हुन्थ्यो। भारतमा एस्तो नहोस्। अराजक तत्वोहरुको राज कानुन मिच्ने हरुको भिड……………… उफ अब कसरी हुन्छ…………

  84. कस्तो मूला पारश जस्तो रहेछत कार चलाउने मान्छे. तेस्लाई छोद्नु हुदैन यार. त्यों साले लाई पनी मरनु पर्छ.

  85. j hos yesto chai hunu vayana..yesko ghor birodh garnu parchha anyatha yesto kram haru vai rakchan ani case haru file mai simit vai yettikai harauchhan…des ka janata haru chodnu hunna hai hatyara lai…

  86. this is really very big issue, goverment should condiser about this accident and definetly implement more security at night service and take care about population,polution of vally. most important things every one going to ktm for get the job. goverment only consider and provide facilites more to ktm not to other major cities and remote distric places. i think this is the main things. KTM only not a nepal, nepal is from illam to mahendranagar.

    mero pray cha god sanga mirtak haru le heaven pahos.

  87. हत्यारालाई उम्केर जान दिनु कदापी हुँदैन। राष्ट्रियताको दृष्‍टिबाट होइन, मानवीयताको दृष्‍टिबाट विचार गरौँ। हत्यारलाई कडा सजाय अनिवार्य छ।

  88. Please tyo sala kukur lai fashi dinu parchha jaad khayera gadi chalko thiyo hola tyo kaha bhakchha yedi usa aayama hami teslai thikana lagauchhu,Europe ma pani testa kukurlai thik parnay nepali chhan ani tyo kaha janay.Better chup chap aatma samarpan garos tyo tesko bhalai chha.

  89. jhan jhan bigriyo suraksya sthiti k vako ha hamro Nepal?
    Hertfelt condelnce to the deceased.
    hatyara lai jhundyera marnu parcha. tagat cha vane griha mantri yeti garera dekhau.

  90. prayers to the dead..

    the bigger issue here is the traffic system of nepal (speed limit, license, narrow roads, pedestrian roads)

Comments are closed.