मनाऔँ गाईजात्रा हाँसेर

गाईजात्रामा व्यङ्ग्य गरेर हास्ने हँसाउने काम पनि हुन्छ। माइसंसारले पनि गाईजात्रामा केही हाँस्ने हँसाउने सामाग्री पहिलेदेखि नै राख्दै आएको हो। यस पटकको गाईजात्रामा यो एउटा व्यङ्ग्य गीत नेपालका मोबाइलहरुमा निकै लोकप्रिय भइरहेको छ।

आउनुस्, हेरौँ र सुनौँ यो एउटा रमाइलो व्यङ्ग्य गीत। मोबाइलमा फरवार्ड हुँदै आएको गीत भएका कारण कसको रचना हो, कसको आवाज हो थाहा पाउन सकिएन। भिडियो हेर्नलाई भित्र आउनुस्-


22 Comments

  1. एउटा ज्ञानेलाइ भज्याएर कतीवटा गाइजात्रा मनाउनु ?
    मरेको बाघको जुंगा तानेर कस्तो पुरुषार्थ देखाउनु ?
    सक्छौ भने नामर्द जितुवाहरुमा गाइजात्रा बनाऊ !
    हारेर पनि सरकार चलाउनेहरुको गाइजात्रा मनाऊ !!

  2. साथीहरु हामीले सधे एकैथरिको गाईजात्रा मनाउनु पर्छ भन्ने के छ र येस्पलाको गाईजात्रामा हाम्रा सबै संबिधान सभाका सदस्यहरु लाई कालो मोसो दलेर काठमांडू घुमौने हो की?? उनीहरुले बर्शौ देखि देशमा यत्रो ठुलो जात्रा देखैरहेका छन त्यसको पुरस्कार त उनीहरुले पाउनु पर्यो नि हैन र ????

  3. prasabga ali beglai ho.yadi jantale jaslai chahanchhan tesailai support garchhan arthat jasle jantako man jitne kam garchha usailai man parchhan.prasanga ho pradip nepalko 22/4/2066 lekhko maobadile 16 hajar balbalikako jeeban bardad gare bhanne bare?yadi kohi maobadima lageko chhabhane usle maobadiko sampurna siddanta bujhera lageko chha.yadi absarbadi bhayera lageko chha bhane tyo really barbad bhayeko chha.yadi pradip nepal le nepali jantako lagi ramro gareko bhaye uhale sambidhansabhako chunabma jitnu hunthyo.uhako party le nepali jantako lagi ramro gareko bhaye party le jitne thiyo.tar party dekhi pradip nepal jastchhuchcha netale pani ramro kam nagarekale hareko swekarnu jaruri chha.maobadile barbad gareko chhaina maobadima bhayeka kehi absarbadi ra uml bardad hunecchan.

  4. के गर्नु हास्न पनि पैसा लाग्छ, महङो पैसा तिरेर गाइजात्रा प्रोग्राम हेर्न सकिन्न यो पनि अचेल ब्यपार हुन थालेको छ? हैन त?

  5. यता पूर्व राजा ज्ञान भाषण गर्ने उता पारसे गुंडा म्यूजिक लगाउदै डांस मा मस्त
    क्या मोज छ है आफ्नै वंश नास गर्ने नालायक हरु को

  6. सम्बिधानसभामा ६०१ जनाको गाइजात्रा, सरकारमा हरुवाहरुको गाइजात्रा, सुरक्षा निकयामा जर्ज साब र हाकिम साबहरुको गाइजात्रा, सरकारी ओफिसहरुमा पिउंन देखि हाकिमहरू सम्मको गाईजात्रा, पुर्बी पहाड़ र तराईमा जातीयताको नारा घन्काउदै चंदा आतंक मचाउने सस्त्र समुहहरुको गाइजात्र, राज्यको चौथो अंग संचार जगतमा अपराधी समूह रणबीर सेनाको काठमांडो प्रमुख ऋषि धमलाहरुको गाइजात्रा, सरकारी क्याम्पसहरुमा भाले भिडन्त गर्न खप्पिस एमाओं, एमाले र कांग्रेसका भाते बिधार्थिहरुको गाइजात्रा, सोझा साझा नेपाली युवाहरुलाई ढाटेर बिदेशको बिमान स्थालहरुमा अलपत्र पार्ने नेपालका मानव तस्करहरुको गाइजात्रा, कृतिम महँगी सिर्जना गर्न अफना गोदामहरुमा दैनिक उपभोग्य सामान लुकएरा राख्ने काला बजारीहरुको गाइजात्रा, एकले अर्काको अस्तितो स्वीकार गर्न नसकेर समाजमा आफ्नो बर्चस्व देखाउन सधै अपासमा लडेर नै समय खेर फालने एमाले र एमाओका अर्ध सैनिक भाते संघठन वाहियात स्याल र युर्थ फोर्सको गाइजात्रा, हुनै नसक्ने एक मधेस एक प्रदेसको वकालत गर्दै हिड़ने मधेसी नेताहरुको गाइजात्रा, भन्ने बेलामा “कसको कलाकार होइन सबैको कलाकार” अनि “हामी कलाकार भनेका त देशको गहना हो नि” भन्ने तर आफ्नो स्वर्थाको लागी हुलका हुल राजनैतिक दलहरुको झंडा मुनि ओत लागेर नेताहरुको गुप्तांग छूना जाने कलाकारहरुको गाइजात्रा, नेपालमा काम छैन भनेर लाखौ खर्चा गरेर परिवार समेत अफु चाही यूरोप र अमेरिका भास्ने अनि ब्लगमा “ए यहाँ त काम नगरी खाना पाइदैन १२/१४ घंटा काम गर्नु पर्छ भन्दै उफ्रिनेहरुको गाइजात्रा, मानौ नेपालमा बसने नेपालीहरूले कामै नगरी खान्छन, सधै यी यस्ता गाई जात्रा भई रहने र हेरी रहने नेपालीको लागी आज भुत्रोको गाइजात्रा

    मेक गुरुंग

  7. गाई जात्रे अङ्रेजी बाह्रखरी ( आन्दोलन बिशेष )

    सधैं आन्दोलन चक्का जाम हुने नेपाल जस्तो मुलुकको लागि A for apple, B for Ball जस्तो जस्तो बाह्रखरी पढाएर केही उपलब्धी हुन्छ जस्तो मलाई लाग्दैन । त्यसैले माटो सुहाउँदो शिक्षाको लागि मैले केही पाठ्यक्रम तयार पार्ने सोचेको छु । त्यसको लागि यो पहिले खुड्किलो हुनेछ ।
    A for आन्दोलन
    B for बन्द
    C for चक्काजाम
    D for दङ्गा
    E for ईमर्जेन्सी
    F for फाएर
    G for गोलाबारी
    H for हडताल
    I for इटा
    J for जबर्जस्ती
    K for कालोमोसो
    L for लाठिचार्ज
    M for मुर्दाबाद
    N for नेपाल बन्द
    O for अपरेसन ठोक्ठाक
    P for पक्राउ
    Q for कुटा कुट
    R for रक्तपात
    S for सत्याग्रह
    T for टायर
    U for उथलपुथल
    V for भन्डाफोर
    W for वार्ता भङ्ग
    X for छ्याप छ्याप्ती
    Y for एक्यबद्धता
    Z for जम्काभेट
    शिशु तहको यो पाठ्यक्रम परीक्षणको रुपमा राखेको छु । यसले अत्याधिक सफलता पाएको खण्डमा बिस्तारै प्राथमिक र माध्यमिकको साथसाथै बिश्व बिद्यालय स्तरको बनाउने सोंच छ ।

  8. अबको दश बर्षसम्म नेपालमा यस्तै गंजागोल भैरहने छाँटकाँट छ, के दसै बर्षसम्म रोएर बस्ने? एकदिन त हाँसौँ न हौ !

  9. भोक मेटाउन दल्ला परेको चामल खाएको गाउँ नै सोतर बनाइदियो

  10. देश रोइरहेको छ बुद्ध कता लुके, शान्तिको परेवा कुन बिरालोले खाइ दियो, १० बर्से युद्धकाल मा हराएको छोरा फर्केनन, स्कुल गएका नातीको अत्ती पत्तो छैन, मोबाईल फोन पैसा खाने फिरौटेहरुले बजाइ रहन्छन, घरमा चामलको गेडा सकिएको उहिले हो, चुल्हो नबलेर घरको दलिन कालो हुन छ्ड्यो dalin धमिराले सिद्द्याउने बेला भईसक्यो, बजार गयो खाद्द्यान्न को भाउ छोइसक्नु छैन, गल्लीबाट हिडौ भने पकेटमाराको डर छ सडकको पेटी हिडौ भने ज्यान मार गाडी बेहोसी तालमा रेलिङ माथि चढछ, ओहो यो अवस्था मा कुन शब्दले हसाउने र गाइजत्रा मनाउने …..

  11. u made me laugh continue but no stop how can i stop my laugh ? my stomach getting problem aiya :)):)) :)) :)) :)) :)) :)) :)) :)) :)) :)) :)) :)) :)) :)) :)) :)) :)) :))ha ha ha ha ha ha ha ha

Comments are closed.