रिङटोनमा नेता र पूर्वराजा

गाईजात्रा सुरु हुनुअघिदेखि नै नेपाल टेलिकमका रिङटोनहरुमा गाइजात्रे आवाज सुन्न पाइएको छ। नेताको आवाजमा कलर रिङब्याक टोन सुनिएको यो वर्ष पहिलो हो। अहिले केही नेता र पूर्वराजाका समेत आवाजमा रिङटोन सुन्न पाइन्छ। दुई साता चलाउन कर बाहेक १० रुपैयाँ पर्ने यस्ता रिङटोनको व्यापार खुबै हुने गरेको छ आजभोलि। नेताहरुको शैलिको आवाज प्रयोग गरे पनि नेताले भने सुको पैसा पाउँदैनन् है यसबाट। सबै पैसा रिङटोन बनाउने र टेलिकमले बाँडेर खान्छन्।

गाईजात्राको बेलामा आउनुस्, त्यस्ता केही रिङटोन सुनौँ। सुन्नलाई भित्र आउनुस्।

सबैभन्दा पहिला श्रीकृष्ण सिम्खडाको एउटा व्यङ्ग्य गीत सुनौँ यहाँ क्लिक गरेर।

अब रिङटोनहरुको पालो। सुरुमा नेताहरुको आवाजको रिङटोन। सुन्न यहाँ क्लिक गर्नुस्।

पूर्व राजाको आवाजमा रिङटोन सुन्न यहाँ क्लिक गर्नुस्।

23 Comments

  1. यो रिङटोन बनाउने र नेपाल टेलिकमका माफियाहरु कति सम्म निचको छ भन्ने कुरा हरु यहा प्रस्तुत गर्दछु।
    गायिका अन्जु पन्तले गाएको गीत न पाए तिमीलाई न बिर्से तिमीलाई को CRBT १ करोड ५० लाख सम्म डाउनलोड गरेको तथ्यांक छ। यति धेरै रिङटोन डाउनलोड गरेकै ईतिहासमा पहिलोपटक रे। अब हिसाब गरौं। एउटा रिङटोन डाउनलोड गरेको जम्माजम्मी १२ देखी १५ रुपैया पर्छ रे। अब डेढ करोड को त १८ करोड को हाराहारी मा पुग्छ। तर खै त यो पैसा??? गाउनेलाई खोई त रोयल्टी??? गितकारलाई खोई रियाल्टी?? गायिका अन्जु पन्तले रिङटोनको रोयल्टी बापत रु ३००० (तिन हजार) मात्रै पायो रे। अनि बाँकी त्यत्रो मोटो रकम खै त???
    यो सब माफियाहरुको चलखेल रे। नेपाल टेलिकम देखी लिएर म्युजिक ईन्डष्ट्रीज हरुको ठुलै माफिया हरु छन।

    यदी यो रोयल्टी पारदर्शी गर्ने हो भने नेपालमा पनि गित गाएर पनि जिन्दगी निर्वाह गर्न सकिन्दोरहेछ।
    तर सङ्गीत माफियाहरुले मोटो रकम असुलेर गायकगायिकहरुलाई जबरजस्ती पलायन गर्न र गराउन खोजिरहेको छ रे गरिरहनेछ त्यसर्थ किन नेपाली कलाकार हरु अमेरिकामा थुप्रिन्छन त??? कारण यै चोर माफियाहरुले गरेर खान दिन्दैनन्।
    अस्तु!!!!!!!!!

  2. thikai ho .kin bhane raja ko aawaj ra tv chhanal ma dekha an sunna painna ring tone ma kehi aawaj rakhema kehi phark pardaina hola jasto lagchha. nepqa tele com lai thanks bhannu parchha nai

  3. color tune matra sunera kegarnu, mobilema call garda ramro sunidaina, network khattam cha. kaag lai bell pakyo harsa na bismat!!!!

  4. not that much interesting which is likely to get such attention on the blog.
    It would be much better if the tone had some information that would help people at least to keep them healthy.
    The voice of these bloody leaders and king is up to the neck of the people of Nepal.
    If you guy can, dont give place for such type of valueless things.
    Olny the musical tone is far better than this.
    Who wants to hear the voice of Bloody Prachande, Corrupted Girija, Shere, MAKUNE and all and that.
    Post the good thing. Dont waste your and our time.

Comments are closed.