धेरै साताको अन्तरालपछि हामी फेरि फोटो हेरी कविता लेख्न तपाईँलाई चुनौति दिन आएका छौँ। कृपया शीर्षकसहितको कविता बाहेक यसमा अरु कमेन्ट नगरिदिनुहोला।
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.
26 Comments
Comments are closed.
“खातेको वेदना”
मनमा जति भएपनि, पढ्ने लेख्ने रहर
साझ बिहान छाक टार्न, घुम्दै हिड्छौ शहर
जति सुकै परिवर्तन, देशमा आएपनि
खाते भनि छि-छि गर्छन, बाटो हिड्दा पनि
खानलाई गास छैन, न बस्नलाई वास
रमिते भै बाँचेका छौ, बनि ज्युदो लास
भुस्याहा कुकुर-फोहोर हाम्रा, नजिक का साथी
रात-बिताउछौ तारा गन्दै, खुल्ला मैदान माथि
भावीले पनि भुल गरेछ, यस्तो कर्म लेखि
मृत्यु पनि डराई भाग्छ, “फोहोर” खाएको देखि
मैला लुगा फोहोर खाना, सपना होइन हाम्रो
तारा जस्तै चम्कने छौ, मौका पाए राम्रो !
तारा जस्तै चम्कने छौ, मौका पाए राम्रो !
र्सवहारा जिन्दगी
– गणेश घिमिरे’मार्मिक’
आकाशको छानो धर्तीको ओछ्यान तकिया आफ्नै शीर
अभाव ओढी चौरीमा लडी खेलाउँछन् मनमा पीर
शहीदका तस्वीर हातमा लिई पल्टेर हेर्दैछन्
व्यर्थैमा मर्यौ शहीद भनी गुनासो गर्दैछन्
घाम र पानी तुषारो शीत छेकेन क्रान्तिले
गरीवका घरमा दुःखीका मनमा टेकेन शान्तिले
पेटभरि खाने आङ्भरि लाउने बोकेर रहर
लाला र बाला लिएर साथ पसेको सहर
जिन्दगीभरी परिश्रम गरी सुध्रेन अवस्था
पर्खेर बसे ती र्सवहारावर्गको व्यवस्था
कामले थाकी थकाइ मार्न पल्टेका घाँसमा
ती र्सवहारा मनमा कुरा खेलाउँदै आशमा
०००००
e-mail address : [email protected]
“गरीबको सपना “
भाई तलाई थाहा छ यो फोटो कसको हो
कोही भन्दैनन तर मलाई थाहा छ
मलाई त लाग्छ यो फोटो मा तेरा बा अनी
मेरा बा तेरी आमा र मेरी आमा पनी छन
तेसैले त मलाई यो फोटो को धेरेनै माया छ
मलाई याद छैन मेरा बा आमा कस्ता थिय
मलाई के थाहा कसले मलाई जन्म दिए
सबै मलाई सर्वहारा किन भन्छन थाहा छैन
जसको जन्मदै केहि हुन्न त्यों कसरी सर्वहारा हुने
त चिन्छस तेरो बा आमा हेर न त यो तस्बीर
कतै ठुलई मान्छे हून भने त खुल्छकि तक़दीर
कति प्रयास गरिसके बा आमा चिन्न
कसले गरिदेला सहयोग यो कुरा भन्न
कसैले मलाई भन्थे बीर योद्दाको छोरा
कोही भन्छन बिदेसिको सबका दस्थर कुरा
कसको छोरा हुला म एस्तो भाग्यमानी
खाते भयो भन्छन कोही नेताको छोरो भानि
येही फ़ोटोका मान्छे जस्तै राम्रा हुना पाए
राम्रो काम गरी गरि नाम कमौन पाए
पैसा धेरै भा त लुगा राम्रो लाइनथ्यो होला
राम्रा भा त हाम्रोनि एस्ता फोटो हुन्थ्यो होला
डाँडा घरे काइलोमा
डाँडा घरे काइलोमा ठूलो आशा उमंग पलायको थियो,
किन्तु उसले आफ्नो शहीद संगिनी को साथ गुमाए पनि,
नयाँ नेपालको खोजीमा ऊनि अझै भौतरी रहेछन ,
उनी खुला आकाश मुनि हेर्दैछन बिचित्र का चित्रहरु ,
उनी फालेका कागजको तस्बीर लाई देखौदै भन्छन,
हेर छोरा येही हो नेता तलाई टुहुरो पार्ने,
तर बीढम्बना………………………………….,
खोई त नयाँ नेपाल
डाँडा घरे इनिगिन्ति कइला हरु अझै उस्ता को उस्तै
तेहि खुला आकाश मुनि अझै तेहिछन नयाँनेपाल को खोजीमा
नयाँ नेपाल को खोजीमा अहोरात्र ………………………..
टिका चामलिंग धारण-८
(बेलायेत)
वर्तमान र भबिस्य
खै के छ र भबिस्य मेरो
मेरो बाजे पनि भरिया अनि मेरो बाऊ पनि
म पनि त भरिया अनि भाबी पीडी पनि
यही भरियाकै गोल चक्र मेरो वर्तमान अनि भबिस्य
सार्बजनिक स्थल मेरो बिछौना अनि खुला आकाश मेरो छत
न झ्याल छ न ढोका, यो गरीबको घरमा सबै लाई छ है स्वागत
अनि यही घरको पर्खालहरुमा फेरी रहने बिभिन्न आकृति
रातको सुनौलो सपनापछि बिहानको शीतसंगै बिलौने मेरा रहरहरु पनि //
नयाँ नेपालमा
केही बर्ष अगाडि सर्वहाँराको नाममा सपनाहरु बाँडेर
ठूला ठूला ठाउँमा पुगे पछी
हामी जस्ता सर्वहाँराको नाम भजाएर
सुकिला लुगा र चिल्ला कार चढेर
हामीलाई बिर्सनेहरुलाई
चिन्दैछु,हेर्दैछु,कती मोटाएछौ/
तर
समय आउछ,हामीलाई सम्झने
त्यो समय टाढा छैन
फर्केर त आउ नयाँ नेपालका कुरा गर्दै!
म तयारी गर्दैछु तिमीहरुको स्वागतको
नयाँ नेपालमा!
बिनोद
धरान
बिदुर अधिकारी
तस्विर
******
सुन्सान ठाउँ,केही धक् नमानी
पल्टि रहेछौँ,दुई जिन्दगानी
सम्झी बिगतका,इतिहांसलाई
तस्विर हेर्छु,खूब याद आई
*******************
हामी गरीबको,कही छैन ठाउँ
सरकार भन्द्यौ?,कुनठाउँ जाउँ
हुँदैन क्या हो,गरिब्को भलाई
तस्विर हेर्छु,खूब याद आई
******************
यी बीर पूर्खा,हरुको निसानी
शहीद्हरुको,बुझिल्यौ कहानी
एउटै रगत् हो,नभन पराई
तस्विर हेर्छु,खूब याद आई
******************
यो टन्टलापुर,चरक्क घाम
गरीबको हुन्न,यहा उठान
गणतन्त्र के हो?,बुझिएन भाइ
तस्विर हेर्छु,खूब याद आई
******************
यो राष्ट्र हाम्रो,बहुतै छ प्यारो
परन्तु राहत, हुनगो उधारो
कुर्ची र सत्ता,अती भो लडाइँ
तस्विर हेर्छु,खूब याद आई
******************
नयाँ नेपालको,सुनिदै छ नारा
नेताहरु कत्ती, नटार झारा
महँगी बढ्दै छ,गगन् उचाई
तस्विर हेर्छु,खूब याद आई
******************
न आङमा छन, कपडा सुकिला
न जिन्दगीमा,सपना सुकिला
शोषक बस्याछन,जनता कजाई
तस्विर हेर्छु,खूब याद आई
*******************
नौलो बिहानी,अब ल्याउनु छ
उन्मुक्ती हाम्ले,अब पाउनु छ
ठुला बढाकै,अती भो रजाइँ
तस्विर हेर्छु,खूब याद आई
*******************
” टुडिखेलका भाषाण हरु मेरो गीत अनी मेरो यथार्त —-”
____________________________
यो यही हो चौर टुडिखेल
जहाँ एक हुल हाम्रा सपनाका सारथिहरु
अभिलाषाका रथमा चढेर आउछन
उही मन्त्र दोर्याउछन बारम्बार
जनता ! जनता ! जनता !
अनी फूल स्बरुप पर्चाहरु छर्दै
हामीलाई पूजा गर्दै जान्छन
पर्चा हेर्दै म गुनगुनाउथे
” आशा सपनाहरु
तिमी मै खोजेर
आँखाले हेरिरहे
तिमीलाई नै रोजेर —
°
नहराउ है तिमी
कागजमा बनेर सिमित
रोजेको थिए मैले तिमीलाई
मेरै निमित्त
°
यि औलाहरुले
ला’ एको थियो तिमीलाई मायाको छप
त्यै माया
नबनोस मेरो लागि अभिशाप
°
मुर्झाइ कती दिन बसू
बनेर म बेसाहारा
म तिम्रै हुँ
माया गर मलाई देउ सहारा —
°
मैले धेरै पटक गुनगुनाए यसरी आशाको गीत
धेरै पटक —–
तर आज यो प्रचन्ड घाममा
यो पर्चा स्बरुपको फूल
हिजो अस्ती झै सुगन्धित लागेको छैन
यस् बाट हररर मग मग बास्ना आएको छैन —
यो गन्हाउने हुन थालिसकेको छ
यस्को दुर्गान्ध ले
म कम्जोर भएको छु
बिश्राम गर्ने निहुमा ढलेको छु
मलाई यि पर्चा रुपी फूलहरु
पत्र पत्र गरी च्यातिदिउ झै लाग्छ
यहाँ मुस्कुराएर हासेका अनुहार हरु कोपरिदिउ झै लाग्छ
सधैं मेरो नाममा मन्त्र जपेर
भेटी खाने हरु
मलाई आस्थाको बन्दी बनाएर
देश को ढुकुटिमा हालिमुहाली गर्दै
आफ्नै महल ठड्याउने हरु
तिम्रा अनुहार हरु च्यात चुत पारीदिउ झै लाग्छ
मेरो आस्था हराउदै छ तिमीमा
किनकी
तिमीले मलाई पूजेका छौ
तिम्रो लागि
न कि मेरो लागि —–
के मैले झुटो बोले ?!
बिस्बास लाग्दइन तिमीलाई ? !
हेर त मलाई गहिरिएर नियालेर
म सदियौ देखी उस्तै थिए
आज पनि उस्तै छु —–
के खोजि रहेको ?
………………………….
आकाशको छाना मुनी
धर्तीको विछ्यौना माथी
सपनीको संसारमा
वीहरुका चित्रहरुसँग खेल्दै
आफ्ना विगतहरुसँग गाँसिएर बनेका
वर्तमानका तिता यथार्थहरुसँग
जीनका अनमोल क्षणहरु साट्दै
टुडीखेलको चौरमा सुतेर हामीहरु
के खोजीरहेछौं ?
म गरीब होइन
यो आकास मेरो हो, यो धर्ती मेरो हो
को भन्छ गरीब मलाई, यो सारा संसार मेरो हो
यहाँ मलाई हर मौसम को साथ छ ,
खाना लाई भात यी दुई हात छ
बीताउन रात बिस्तारा झारपात छ
यती नै मेरो लागी प्रयाप्त छ
यस्मा नै खुसी को बर्षात छ
यो झरी पनि मेरो हो, यो गर्मी पनि मेरो हो
को भन्छ गरीब मलाई, यो सारा मौसम मेरो हो.
पवन लामिछाने (माल्दिप्स )
सपना
मेरो सपना
एक दिन सबैलाई
केहि गरेर देखाउने
त्यसैले त गाँउबाट
भागेर आएको शहर
अवसर यहि पाइन्छ भनि
तर,
खैं मैले के पाएँ
के नै पो गर्न सकें र
न कसैको नजरमा नै पर्न सकें
केवल,
कामको खोजि गर्नु
कहिले के कहिले के
तर त्यो काम त
कहिले पो गर्न पाइयो र
अनि दिनभर घुम्यो, सुत्यो
तर खैं,
कहिले पुरा गर्ने
मैले साँचेको
मेरा ती सपनाहरु
मेरा ती कल्पनाहरु
सिवाय,
सधैंको बेरोजगारी
अनि त्यसैमा रुमलिरहेको जिन्दगि
कहिले सुत्दै,
अनि कहिले थरीथरीका फोटाहरु हेर्दै!!!
देव गुरुंग, घचोक कास्की, हाल हंग कंग
माई संसारको आँखामा,,,,,,,
बाबा आमा कोही छैन टुहुरो दाजु भाई,
सोध्नी खोज्नी कोही छैन कतै हामी लाई ,,
खुला चौरमा आकास ओढी सुत्छु खाली पेट,
धेरै भयो दालभात संग भाको छैन भेट,,
बाबा मर्यो गोलिले आमा रोग र शोकले,
हाम्रो पनि आयु लामो रहन्ना होला भोकले,,
जन्म दिने बाबा आमा स्वर्ग जस्तो घर,
चूड़ी लग्यो भाग्य बाट छितिज़ भन्दा पर,,
भाको भए हामी आज बा आमाको काखमा,
यो अवस्थामा पर्ने थिएन माई संसारको आँखामा,,
देव गुरुंग
घाचोक कास्की
हाल हंग कंग
म नै हु सच्चा नेपाली
मन मेरो नेपाली नै हो आखिर मैले नभने पनी.
सुन्दर सपना देख्छु सधे कसैले साथ नदियेपनी
म गरीब छू त के भयो खुसी छू सधैभरी
आखा सधे रसाई दिन्छ म नरोयेपनि
सुन्दर सपना बुन्छु सधे सोच्दिन कुभलो कसैको
प्राण रहे सम्म गन्रेछु सेवा म आफ्नै सुन्दर देशको
भत्किया मुटुहरुको गर्छु सधे कल्पना
म खुसी नहुदा कसलाई के फरक पर्छ र गर्छु
सधे मेरो सुन्दर देशको खुसी अनी शांति पुनरागमनको
कामना! कामना! कामना! कामना! कामना! कामना! कामना!
हे शहीद !
तिमीले सोच्यौ
सायद
मैले आहुति दिंदा
साच्चीकै नया नेपाल बन्ने छ,
यहाँ कोही भोको नांगो आशिक्षित बेरोजगार रहने छैन,
त्यही सोचेर तिमीले
सजिलै प्राण आहुति दियौ
नेपाल आमा को लागी
तर हेर त
तिम्रो सपना लाई
तिमीले जन्मायेका
तथाकथित रास्त्रबादी नेता भनौदाहरूले
कसरी भतभुन्ग बनैदिये
र आज म
एउटा बेरोजगार आम नागरिक र,निरीह आबिभावक
तिम्रो तस्बीर हेर्दै
खुला आकाश मुनि
तुन्दिखेल लाई बिस्तारा बनाएर यसरी नै जीवन यापन गर्दै छू .
नोट: मेरो नेपाली टाइप राम्रो नभयेकोले युनीकोड को सहारा लिएको आशुद्धि प्रति क्ष्यामा प्रार्थी छू
‘एकछिन’
——————-
म एकछिन आनंदको सास फेर्न चाहन्छु /
मलाई हत्या र बन्दको समाचारले दिक्क पारेको छ /
मसंग अहिले काम छैन, तर मैले भर्खर सुने अब बेरोजगार बस्नु पर्दैन रे /
अनि, मलाई बेलुकाको खाना कसरी जुटाऊ भन्ने छ,
मैले भर्खर यो पनि सुने नेताहरु डिनरको लागी नगरकोट जान लागेका छन रे /
तर मलाई पीर छैन म एकछिन आराम लिन चाहन्छु.,
कसैले आयर भन्न के बेर, यो मेरो टूडिखेल हो, यंहा किन घाम तापेको ?
आरामले सुस्केरा लीयको कसले देखि सहला र ?
——————————–
मेहनत गर्ने उद्धोगको खोजी मेरो
हा, बाँझो चउरको छेउ भेटेको छु ।
वर पिपल रोपेर चौतारीमा लेट्नु पर्ने
हातैले छेकी घाम सियालको रहर मेटेको छु।
कर्ममा व्यस्त जीन्दगी जीउने सपना थियो
हा, अस्त व्यस्त पो जवानी छोडेको छु।
मादलु र रोधिमा रमे पो मनोरन्जन भन्नु
नौरंगी पर्चामा हरे बेफ्ँवाकमा रुमल्लिएको छु।
चारमा जानुपर्ने यसपालि ढाडे यो छोरो
साथ डोराएर उस्को जीवनलछ्य अल्मल्याउदै छु।
हौसला बढाउने गित गाउँदै हिँडिन्थ्यो पहिले त
जोश ब्युँझाउनेको पर्खाइमा प्रहरहरु पार लाउँदै छु।
आमा
फेरी आज सनिबारको दिन,एकान्तमा बुबा म आएका छौं।
निकाली तस्बिर गोजी बाट,गित हजुरकै गाएका छौं।।
देखेन स्कुल सक्दैन पदन,के के कागजमा कोर्नु हुन्छ।
आमा,हजुर हुनुहन्छ कहाँ,बुवा रुदै हजुर लाई नै हेर्नु हुन्छ।।
किन्न भनी घरमा नुन,दाउरा काट्न गएको त्यो दिन।
बिर्सने छैन इतिहास कहिल्यै,जिबन हाम्रो रात भएको त्यो क्षण।।
आवाज सुन्दा बन्दुकको अहिले पनी,बादल आँखामा भर्नु हुन्छ।
आमा,उशा बनी उदाईदिनुस सबको,बुवा संधै पूर्ब तिर हेर्नु हुन्छ।।
भन्नु हुन्थ्यो हजुर संधै,दिन गरीबका पनी आउने छन।
अनी झुपडी हरुमा यी,सदाको लागी खुसी छाउने छन।।
“भुले हाम्रा नेताहरु शहिदका सपना”,बुवा भन्दै अतेर्नु हुन्छ।
आमा,आनुस उज्यालो बिपना बनी,बुवासंधै भुलेको सपना हेर्नु हुन्छ।।
उज्यालो बिहानी आउछ जरुर,मेरी आमाले भने पछी।
धल्नेछ बिषबृक्ष संसार बाटै,सबैमिली जरा खने पछी।।
सवर्ग गई तपाई हरु,सास सान्तीको फेर्नु हुन्छ।
आमा,बुद्द बनीआउनुस बिन्ती,बुवा संधै कोलाहलमा हेर्नु हुन्छ।।
यातना का कथा चित्र हरु भित्र
यातनाका कथा चित्र हरु भित्र नियाल्दै
घामका पाइला संग सुस्केरा हाल्ने
सर्बहाराहरु को साम्राज्य सुर्तिका बोटमुनी बाट लुटियेपछि
चौर आँगन मा लीलाम उन्मुक्तिको आवाज कोर्ने
सपूत हरु का खोजी भित्र मेरा आँखाहरु हराउछन||
कालो इतिहास भित्र बाट उछिटिएका बर्तमानहरु
झलमल्ल सुन्केशरि लिएर आउछन
देश दोरण भित्र रामाउने रातका ब्वासाहरु
हत्केलाले घाम छेक्दै अन्धकारको खोजी मा सल्बलाए पछि
चौर आँगन मा लीलाम उन्मुक्तिको आवाज कोर्ने
सपूत हरु का खोजी भित्र मेंरा आँखाहरु हराउछन||
सुमधुर देशको साहित्यबोकी हिंद प्रदेश हिड्ने गद्दारहरु
टेम्केका डांडातीर पुगे पछि थकित हुँदै जान्छन
सुन्दरीजलतीर का चिहानहरू एकाएक बिउझियेपछि
अत्तालियेर राष्ट्र भाषा नै भूल्ने त्रिदंडीहरु का बिरुद्ध
चौर आँगन मा लीलाम उन्मुक्तिको आवाज कोर्ने
सपूत हरु का खोजी भित्र मेंरा आँखाहरु हराउछन||
जीवनको हूरी कछाड को प्रयायी हैन
गरीबी भित्रै बाट उन्मुक्ति का आवाज बुलन्द गर्ने
राष्ट्र नायक हरु पनि आजका रात बिलायेपछि
चौर आँगन मा लीलाम उन्मुक्तिको आवाज कोर्ने
सपूत हरु का खोजी भित्र मेंरा आँखाहरु हराउछन||
बलदेव भट्ट “बिहानी”
रोचेस्टरपार्क, सिंगापुर
मेरो सपना
मेरो सपना यति मात्र हो
खुल्ला आकाश मुनि
एउटा मिठो निन्द्रा सुत्ने
भोक प्यास र पिडालाई
कसैकोमा वन्दकि राखि
यहि आकाश मुनि मस्त सुत्न मन छ
म जस्ताले हेर्ने सपना देख्न मन छ
एक जोर सग्लो लुगा
एक थाल पेटभर खाना
गोजिमा दुई चार रुपिँया
छोरो रुन्दा किनि दिन चकलेट
थप तिन चार रुपिँया
मेरोको नै छ र
कोहि झाडापखालाले लगि सके
कोहि पहिरोले पुरि सके
म खुल्ला आकाशमा पुगेको छु
यहि आकाश मुनि मिठो निन्द्रा सुत्न मन छ
म जस्ताले हेर्ने सपना देख्न मन छ
“कहिले पनि नपाक्ने महान नेताहरुको आश्वासनको फल”
======================================
एकसय चार बर्षे जहाँनिया शासन पनि त्यस्तै थियो रे
गरीब र निमुखाले कहिले हँसिलो मुख गर्न पाएनन रे ||
पंचायतलाई पनि कालरात्रि भनिन्थ्यो
त्यसमा पनि सुखको सास फेर्न पाइएन ||
गणतंत्र आएपछि त साच्चिकै परिबर्तन आऊंछ भनेर
यही कानले सुनेको धेरै पटक
तर त्यो पनि झुठ नै रहेछ
गणतंत्र त नेताको लागी पो रहेछ ||
गरीबले त धरतीको ओछ्यान माथी
खुला आकाशको सिरक ओडेर सुत्नु नै रहेछ ||
यो रंगीन फोटो जस्तो त हाम्रो जीबन कहिले नहुने रहेछ
हाम्रा नेताको आश्वासनको फल कहिले नपाक्ने रहेछ ||
तुदिखेल को घाम
खुला आकाश को बसाई
काठमाडू को फोहोर
आकाश ओढेर
सुतिरहेछन घाम जून
म माथी
म आफ्नै जिवन को कथा सुन्न चाहन्छु
कुनै सपना बोकेर मस्ती मा डुब्न चाहन्छु
म आफ्नै धर्ती मा आनन्द को सास फेरन चाहन्छु
कुनै चिन्ता बिना आफ्नो जिन्दगी जिउन चाहन्छु
त्यही सपना बोक्दै
कहिले कहाँ कहिलेकहाँ भौतरी रहेछु
थाहा छैन मलाई आफ्नै जिन्दगी को काहानी
वाध्य छु यि दिन र रात जसरी पनि काट्न
कहिले टन्टलपुर घाम म हराउ छु
कहिले कगत को पन म हराउ छु
साहरा छैन कसैको मलाई
एक्लो जीवन आँफैलाई भार हुने
तर पनि म हार मान्दिन
आउछ एक्दिन मलाई थाह छ
कुनै कुना बाट उदाउछ मेरो सुनौलो बिहानि
सर्बहारा
आङ ढाक्न लाई कोरा छैन बिछ्याउन बोरा छैन मल्मल को के कुरा /
सिङो संसार मा केही छैन सुकुम्बासी हामि हामी महल केकुरा /
सुतेर नाङो ध्रर्ती यो माटो माथि हेर्दाइ छौ तस्बिर ति बिरहरुको /
केयस्तै थियो होला र सपना लडेर मर्ने हाम्रा ति वीर सहिद को /
भन्थे करान्ति कारी कदम लियर बढ् हे वीर नेपाली हो /
रुन्छौ नि कती देश भरका हामि जस्तै सर्बहारा कङाल हो /
क्रान्तिकारी कदम लियर अघी बड्ने चर्को पर्तिज्ञा गर /
भिक्षा मगेर पैदाइन हक बुझ है सँगर्स को ठीक गर /
लगलग कापुन लहरे छिचिरा साम्राज्य बादी जती /
तिनकै चाकरी दार वा अरु सबै रोयर जाउन सती /
चर्को मानव बाद बढाउ अब हामि मिलेर चारै तिर /
लागौ मदेश पहाड भंदै देस तुक्र्याउने दलाल भगाउनतिर /
सान्ती सुरक्षा महङि नियन्त्रण गर्दै सम्पन्न नेपाल तिर /
मर्नु छ एक्दिन मानव बिर हरु ले पारेर छाती खुला /
पुरौ सबै मिली यो देश का सामन्त ले चुसेर खाने दुला /
चर्को जोश लियर होस सित को अब चट्याँङ परेझै पर/
हिम्मतिलो नेपाली बन लौ भिरेर खुकुरी पारेर ठाडो सिर /
भाई फुटे गवार लुटे हुनगयो यहाँ बिदेसी लाई मलजल /
मिलेर सबै अब अघी बडौ सुसम्पन्न बनाउन नयाँ नेपाल /
धन्यवाद
राम चन्द्र ज्ञवाली